world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Bhupi Sherchan's poems

[Please view other pages to see the rest of the postings. Total posts: 51]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 28832 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 11-26-05 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूपी शेरचनका मीठा, मार्मिक र मन छुने कविताहरूबाट प्रभावित नहुने कमै होलान्। उनका कविता मध्ये एक:-

जीवनको अँध्यारो सडकमा

जीवनको अँध्यारो सडकमा
सफलता
साइकलको डाइनमोबाट बल्ने बत्तीझैं लाग्छ
कि जबसम्म
गतिको पैडिलमाथि
मेरो खुट्टा चलिरहन्छ
मेरो पथमा यो बत्ती बलिरहन्छ
तर जसरी नै म थाक्छु
र मेरो खुट्टा रूक्छ
अन्धकार मेरो अगाडि आएर भुक्छ।
 
Posted on 11-26-05 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै अगाडी भूपीको "मेरो चोक" अनुबाद गरेको थिएँ । यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । भुलचुक माफ पाऊँ ।

my yard ? A Translation

in a narrow alley is my yard.
what isn?t here? everything is.
countless disease,
endless hunger,
boundless grief,
only bliss is absent,
there?s a ban on it.
in a narrow alley is my yard.
what isn?t here? everything is.
in this yard of mine
god-made men and
man-made gods
both live.
but both are dejected.
both are frustrated.
men are dejected
because they are
tortured by fleas all-night-long
tortured by monies all-day-long
and the gods are frustrated
because
no one worships them, no one respects them
so, in this yard
gods and men
blaming each other
curse their luck together
in a narrow alley is my yard.
what isn?t here? everything is.


- Translated from ?Mero Chowk? by Bhupi Sherchan in ?Ghumne Mechmaathi Andho Maanchhe.?
Published by ? Sajha Prakashan, 2051 Bikram Era.
(Poem first published in 2017 Bikram Era in ?Sharda?)


 
Posted on 11-26-05 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थकित bro,
That was indeed a good and perfect work .
After reading that I felt like writing that poem in nepali.
It goes like this -

मेरो चोक -

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ
असङ्ख्य रोग छ,
केवल हर्ष छैन,
यहा त्यसमाथि रोक छ
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ

यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता,
यी दुबैथरीको निवास छ
तर यहाँ यी दुवैथरी उदास छन्
दुवैथरी निरास छन्
मानिस उदास छन्
किनकी तिनलाइ यहाँ
रात रातभरी उपियाँले टोक्छ
दिन दिनभरी रुपियाँले टोक्छ
र देवता उदास छन्
किनकी तिनलाइ यहाँ
न कसैले पुज्छ न कसैले ढोग्छ
त्यसैले यो चोकमा
देवता र मानिसले
एक अर्कालाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ




 
Posted on 11-26-05 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear WP (world-perfect rather):

Wow... !!! Not following a Sajha for few days onward, and see what I am missing in my daily doze.

Thanks, thanks and thanks for reviving Bhupi here in Sajha. My goodness, one of the awesome poet that Nepal has ever produced. I am not sure, is he a prabhashi? But who cares, he is a true Nepali.

Now trying to reminiscence Bhupi, but as "Bhaute" said, I also forgot many verse of his poems. The one I like the most o Bhupi aref Gurubhakta Eklavya correlation and that one on which he correlate his table lamp as his wife (other significant half). I wish I can recall each and every stanza now. Thanks "Tired" for translating "Mero Chowk."

Many thanks you all for your wonderful recital of the great Bhupi!!!

You guys really makes my weekend- Just superb...!!!

HD
 
Posted on 11-26-05 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे माइला जी

जदौ गरेँ। आफ्नो काम बने पछि जदौ गर्ने नेपालीको पुर्खेउली बानि नै हो के रे। :-) भूपिका सबै कविता मर्मस्पर्सि छन्। त्यसमा पनि दुइ हरफ नै भए पनि मेरो जिब्रोमा झुन्डिरहने कविता " मेरो चोक" र "शहीद" हो। सम्झिदै गयो भने उ भन्दा उ राम्रो लाग्दै जान्छ।

"हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन देश दुइचार सपुत मरेर नगए" यो कविता कृपा गरेर टाँस्दिम न प्रभो।

ए साच्चि अर्को पनि लटर पटर सम्झेँ।

"केही लेख्छन
यसो हेर्छन
चित्त बुझ्दैन
अनि केर्छन
..... भूपि शेरचन" भाव मात्र सम्झेँ मैले शब्दहरु त मिल्यो कि मिलेन खै।

:-)
-भउते

 
Posted on 11-26-05 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'भूपि' शेरचन
(व्यङ्ग्यात्मक self-portrait)

केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुन: लेख्छन्
पुन: हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, बिचरा
'भूपि' शेरचन !


---
[थोरै खान्छन्
धेरै हग्छन्
कठैबरा, बिचरा
कवि 'भूपि' शेरचन !]
---
 
Posted on 11-26-05 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थकित ब्रो,

पहिलो भागको लागि धन्यवाद। दोश्रो भाग त खै के भनम, लाज लाग्यो।

:-)
-भउते
 
Posted on 11-26-05 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भौते गुरुले धेरै राम्रो कबिता सम्झाउनु भयो...
शहिद -

हुँदैन बिहानी मिर्मिरे तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए

ओठम हाँसो, गालामा लाली तब आऊछ जगत को
देशको पिरले भेटि जब विरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी विरले हाँसदा
मातृभूमीको चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बिउ छरेर नगए
हामीले खाने प्रत्येक गाँसमा रगत छ शहिदको
हामिले फेर्ने प्रत्येक सासमा रगत छ शहिदको
हाम्रो मुटुको प्रत्येक चालमा छ धडकन् शहिदको
पाउने थिएनौ खुशी तिनले छाडेर नगए
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
..................................... लाश ले धिक्कार्ला
...............................................धिक्कार्ला
शहिद रोलान् हामीले उन्नति गरेर नगए
हुँदैन बिहानी मिर्मिरे तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए



 
Posted on 11-26-05 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahha tired bro...the second part was hillarious....:D:D
 
Posted on 11-26-05 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जी, धन्यबाद,

हैन, कसरी सम्झ्या हो गाँठे ! सबै। माने प्रभो।
 
Posted on 11-26-05 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो second part चैं धेरै अगाडी सुनेको थिएँ । भूपि किन दुब्लाका भन्नेबारेमा explanation रे ।
---


मेरा विगतका सपनाहरू

भारी ट्रकमुनि थिचिएर
मर्यो एउटा कलिलो ठिटो
हत्केला खोलेर
उसको आयुरेखा लामो थियो
लामो थियो
मेरा विगत असफल सपनाहरू जस्तै
 
Posted on 11-26-05 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ohhh man,

mero mann nai yo madhya raat ma pani bihana ko suryamukhi jhai fakrakka fulera aayo yaar.

yeti ramra kabita ka kosheli haru ekai saath ta kamai padhiyeko thiyo.

kya ramailo lagdai chha, extremely amusing, people.

some more please.
 
Posted on 11-27-05 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म आफ्नै बाटो हिडिरहेको हुन्छु तर पाइला अन्तै कतै गैदिएको हुन्छ
सत्य म तिमिलाइ नै सम्झेको हुन्छु, तर मन अरु कसैको भैदिएको हुन्छ
म बिबश छु पृय तिम्रो मुस्कान जस्तै यो रक्सि सित...,
कहिले म यस्लाइ खाइरहेको हुन्छु,
त कहिले यस्ले मलाइ खाइरहेको हुन्छ।

-कटुवाल

नेपालिमा पहिलो प्रयास, गल्ति भए क्षमा पाऊँ
 
Posted on 11-27-05 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महासागरजी,
साह्रै राम्रो टुक्रा लेख्नुभो हरिभक्त कटुवालको, साथै तपाईले पनि नेपालीमा लेख्न थाल्नु भएकोमा खुशी लाग्यो। यो अर्को टुक्रा मैले सम्झेको, कटुवालकै।

पिउन नचाहनेहरू पिएर त हेर पिउन कति गाह्रो छ
पिउन नचाहनेहरू पिएर त हेर पिउन कति गाह्रो छ
जिउन नचाहनेहरू जिएर त हेर जिउन कति गाह्रो छ।
 
Posted on 11-27-05 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विश्वमानचित्र जि, धन्यबाद !

र यो पनि.....

जिन्दगी जिन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ,
कस्लाई के चासो ?
कस्लाई के चासो कहाँ रात बिताएँ मैले,
यतिनै काफि छ कि
म मा अझै बैँश बाँकि छ ।
.....................
लौ अब म पनि बाटो लागेँ...
 
Posted on 11-27-05 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा सत्य...... भूपी शेरचन द्वारा व्यक्त गरिएको, उनको तसविर संगै (साथै
हरिभक्त कटुवाल को तसविर पनि -

जीवनको अँध्यारो सडकमा
सफलता,
साइकलको डाइनामोबाट निस्कने बत्ती झैँ लाग्छ
जबसम्म गतिको प्याडिलमाथि
मेरो खुट्टा चलिरहन्छ
मेरो पथमा त्यो बत्ती बलिरहन्छ
तर
जसरी नै म थाक्छु
र मेरो खुट्टा रुक्छ
अन्धकार मेरो अगाडि आएर भुक्छ!!
 
Posted on 11-27-05 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-27-05 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-27-05 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-09-06 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुरोहरु,
अरु कुरा छाडिदिउँ ।
यो धागोलाई सिरानमा राखऔं ।
 
Posted on 01-09-06 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो लागि भूपिजति प्यारो कवि अरु कोहि छैन। नेपाली भाषाको सौन्दर्य र मिठासलाई यति सरल ढंगले अरु कस्ले पस्किन सक्छ!?
साथीहरुले माथि भूपिका अरु धेरै कविताको कुरा गरिसक्नु भो। म आज अर्को कविताको सूत्र राख्दैछु यहाँ। असाध्यै मन पर्छ यो मलाई।


-http://www.nepalikavita.com/kavita-sangraha/ghumne-mech/ek_kavita.pdf


------र त्यसबेला लेख्नेछ इतिहासकारले
-----------------------------
------उहिले-उहिलेको नेपाल
एउटा बासी अखबारजस्तो थियो ।
 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters