[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १६५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 295]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-biggrin.gif
[VIEWED 111590 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 11-20-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   ~ चौतारी १६५~




कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 165 editions.
 
Last edited: 20-Nov-09 04:09 PM

 
Posted on 11-25-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे पापीहरुका पनि महापापी,मतिभ्रष्टहरुका पनि महामतिभ्रष्ट,कुलङ्घारहरुका पनि महा कुलङ्घार,पाखन्डिहरुका पनि महापाखन्डि पुन्टेन्द्र प्यारा परियार! प्लेगको वेगमा तडपिएकोले हैजाको कुरा गर्दा यस्तो लाग्छ मानौँ घोर समूद्रमा डुब्दै गरेकोले अरुलाई एक डाडु पानीमा डुबेर मर भन्दैछ। हे शैतानी शक्ती,हे दयनिय प्राणी,हे अधमहरुका पनि महाअधम, हे अधोमुखि प्राणी नेवरइन्डिङ (यसको संसकृत अथवा नेपाली भाषामा रुपान्तर गरेर बुझ्नु) चिन्तामा परेकोले चीतामा परेकाहरुको तस्विर खिच्ने कुरा गर्दा यस्तो लाग्छ मानौँ अग्लो भिरबाट खस्दै गरेकोले अर्कोलाई भर्याङ्को खुट्किलाबाट लड भन्दैछ। हे धरतीलाई बोझ,हे दैत्यहहरुको खोज,हे पिशाचहरुको भोज,तसविर हेरेर निद्रा खोज्ने अधमहरुले अरुले 'चिज' भन्दा हाँस्छन भन्ने धारणा तिमीले राख्दा यस्तो लाग्छ, मानौँ बाह्र वर्षे कोमामा परेको विरामीले राति एकछिन सुतेको बालकलाई मर्यो भन्दैछ।
लौ न कसैले यो जिउँदो लासको पउकार गर्देऊ!
हुहुहुहाहुहुहाहाहाहाहा...अवश्य पनि हामि हाँसेको देखेर यो मनुष्यलाई बि आर चोपडाको सिरियलमा रावण हाँसेको जस्तो लागेको हुन पर्छ। हुहुहुहुहाहाहुहुहुहाहाहाहा
 
Posted on 11-25-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!


स्लमडग त हैन कुन चइनिले टन्न चिलिम खान द्या जस्तो छ, पक्कै यहि पातकी पुन्टे बुडाको काम हुन पर्छ। बिचरा केट्केटिलाई बिगारेर!


 
Posted on 11-25-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<अन्खेरुन ठुल्दाइ सँग लपक्कै टाँसिने, मुख हेर्दा
स्लम्डोग् जस्तो, आफुलाई कत्तिन मिथुनै ठान्ने, कट्टु तान्दिये गु भेटिने,
सुकुल्गुन्डो चै तेइ पातकी बिर्खे>>>

LOL LOL LOL
BM
LB BMLB BMLB

 
Posted on 11-25-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<हे धरतीलाई बोझ,हे दैत्यहहरुको खोज,हे पिशाचहरुको भोज>>>>

LOL LOL LOL
BM
LB BMLB BMLB




maren ni aaiyaaa haaseraaa... hahahahahahahahahahahahah MAHALOL

 
Posted on 11-25-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 







<<<अन्खेरुन ठुल्दाइ सँग लपक्कै टाँसिने, मुख हेर्दा
स्लम्डोग् जस्तो, आफुलाई कत्तिन मिथुनै ठान्ने, कट्टु तान्दिये गु भेटिने,
सुकुल्गुन्डो चै तेइ पातकी बिर्खे>>>

LOL LOL LOL
BM
LB BMLB BMLB

 

 
Posted on 11-25-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<अन्खेरुन ठुल्दाइ सँग लपक्कै टाँसिने, मुख हेर्दा
स्लम्डोग् जस्तो, आफुलाई कत्तिन मिथुनै ठान्ने, कट्टु तान्दिये गु भेटिने,
सुकुल्गुन्डो चै तेइ पातकी बिर्खे>>>

LOL LOL LOL
BM
LB BMLB BMLB


 
Posted on 11-25-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब पहिलेको अनुतरित प्रश्न: यी औतारीहरु चाँही को को हुन् नि?  

 
Posted on 11-25-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि यसका चाँही:
पुनश्च: अस्ती शुक्रबारको आरोप सरासर झुठो हो भनी फेरी दोहोर्याउँदै फोटो मैले नै खिचेको कुरा स्पष्ट पार्न चाहन्छु। साथइ त्यही दिन सोधिएका प्रश्नहरु मध्ये प्राय:को चित्त बुझ्दो जवाफ नआएकोले फेरि राखेको छु।   


यो बस कहाबाट कहाँ जान लागेको हो र कहाँ अनि किन रोकिएको छ?
फोटो खिच्ने ब्यक्ती कहाबाट चढेर कहाँ झरे?
यसमा असत्य कुरा के लेखिएको छ?
पाँचौ झ्यालको ठीक तल के देखिन्छ?


र यसमा देखिएका औतारिहरु को को हुन्? 



 
Posted on 11-25-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लेको अन्तिम प्रश्नको उत्तर-



माथि बिर्खे मिथुनको अनुहार प्रश्ट नदेखिएकोमा तल राख्दैछु, साथै पुन्टेन्द्रा प्यारा परियारको पनि थुतुनो जुम गरेर राख्दै छु।


बिर्खे-



पुन्टेन्द्र प्यारा परियार-



तक्मा पाम


 
Posted on 11-25-09 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sunauli baata pokhara jaana laako bus ko mukhaimaa lekhyaa chha...

rest area maa relief stop garyaa holaa...eheheheh

timi aafu kaahan baata chadeu ra kahaan jhareu ke thaa? ani haamlai ke chaaso?

asattya kuraa..."speed control"...haamro desh ko bus yaattraa maa hundai nahune kuro...

5th jhyaal...hmmmm...timrai kodi paryaa aankhaa le maattra dekhine kuro

 
Posted on 11-25-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल
फोटु क्याप्सन सहित को उत्तर आएछन्त
बिर्खे मिथुन र पुन्टे चोपडा को थोपडा हा हा।
हसुर्न गए म त भोक लाओ।
 
Posted on 11-25-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा लोल
लोल पूण्टे दा लोल


हैन के बिघ्न हसाउन सक्या होला यी पाट्या बुढाहरुले । अहिले त यस्तो, उहिले कस्तो थियो होला। लरकीहरु त जुम्रासरी टाँस्या टासेइ होला। मखुला??


 
Posted on 11-25-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुच्चेपाटी बाट बौध तिर जाँदै गर्दा जिम्मालले सोचे "कस्तो बुद्धि ल हेर उही बेलाँ यसरी दुई चार वटा न्वारन गर्न पा भए? थुक्क! कति जना उम्की सके नी नारन मेरो बुद्धि नपुगेर --" तर फेरी सोचे "जे होस खाता चै खोल्ने भैयो आज--"  उनको मन सोह्रखुट्टेको ओरालो मा ब्रेक फेर्न पर्ने भन्दै गर्या पुरानो एट्लास साइकल सुइंकेको जस्तो बत्तिराथ्यो। ब्रेक लाउँदै त थिए जिम्माल तर त्यो सुइकिन्तामको रमाइलोमा उनी ब्रेक छोडम छोडम झैं पनि गर्दै थिए।


****


साझामा जिम्माल भन्दा टोल छिमेक सबैले चिन्ने। चौतारीको त हाकिम जस्तै भैसकेका थिए। त्यसैले मनमा लागेको कुरा भन्न कम्तीमा  दुइचोटी  सोच्नु पर्ने हालत थ्यो। उनलाई यो पटक्कै मन परेको थिएन। उनी पैला पैला बानेश्वर देखि बालाजु सम्म जसरी गस्ती गर्थे त्यस्तै मस्ती साझामा गर्न खोज्थे तर डराउँथे। "ल हेर हेर जिम्मालले गती छोडेका --" भन्लान बाहीर कसैले भनेर त्राहीमाम हुन्थे। घरमै भा एकजनाको त झन उनलाई असाध्यै डर थ्यो। जिम्माल दिक्दार थिए। त्यसैले उनी अचेल बिहानै भगबान बहाल जान्थे अनि उतै समय बिताउँथे। तरुनीहरु हेर्थे, आफ्नो मनमा ताल्चा मारेर घराँ साँचो बोकेर बसेकीलाई सम्झिन्थे। हुरुक्क हुन्थे।


त्यस्तै एउटा शनिबार बिहान  त्यै भगवानबाहलमा पूजा गर्न आएका सुन्दरीहरुलाई हेर्दै आशा चुरोट तान्दै आफ्ना रहरहरुलाई त्यै धुवाँ जसरी उडाउँदै थिए बिस्टे टुप्लुक्क आईपुग्यो "के हो जिम्माल--" भन्दै। जिम्मालले बिस्टेलाई देखेका थिएनन, आत्तेर भजन गाए " भष्म दलेर शम्भु तिमीले --- " । सुन्दरीहरुलाई कर्के नजरले छिर्के हान्दा तरुनीहरु भडकिएर सराप्न थाल्लान जस्तो लाग्यो उनलाई भने मन्दीर तिर हर्दै हत्तनपत्त त्यै भजन गाउँथे। त्यो भष्म दलेर शम्भु तिमीले भन्ने भजन उनलाई कण्ठै थ्यो।


"म हो जिम्माल, के को शम्भु हुनु -- अनि खरानी सरानी नी दल्द्या छैन मैले तिमिलाई सम्धि" बिस्टेले जिम्मालको हातबाट आशा चुरोट लिएर आफ्नो याक सल्काउँदै भन्यो। 


"ए ए सम्धि के गर्या यस्तो? पेट फुटाल्दिने यत्तिकै आर्काको भन्दैमा?" जिम्मालले हात लम्काउँदै भने।


बिस्टेले पैला त बुझेन तर जिम्मालले फिर्ता लिएको आशा चुरोट तिर हेर्दै भन्यो "अब चुरोटको नाम मात्रै आशा तर निराश भैसकेको रैछ सम्धि जस्तै--अन्त सल्काउनलाई अलि जोड सँग झोसेको फुटेछ पेट--ल ल भै गो म सँग याक छ ल " बिस्टेले एक खिल्ली चुरोट जिम्माल तिर दिंदै भन्यो।


जिम्मालले एक चोटी बिचमा फुटेर अलिकति सुर्ती निस्केको आफ्नो आशा चुरोट तिर हेरे अनि बिस्टेले देको याकलाई त्यै आशाले जतन सँग सल्काए।


"के भो जिम्माल, दिक्दार देख्छु नी -- त्यत्रो चौतारीको हाकिम जस्तो मान्छे -- ठिटाहरु ठीटीहरु जम्मै जिम्माल भनेर हुरुक्क हुन्छन -- "


बिस्टेको कुरा काट्दै जिम्मालले भने "ठीटाहरु त हुरुक्क हुन कि सिद्धिउन, मलाई वास्ता छैन ---"


"अनि ठीटीहरु? --" बिस्ट्ले मुस्कुराउँदै सोध्यो।


"मुस्किल त्यै त भो त सम्धि --" जिम्मालले तानेको लामो सर्को छोडदै भने।


"के मुस्किल?" बिस्टेले सोध्यो।


"कस्तो के मुस्किल रे? अब मनको कुरा भन्न मन लाग्छ ठीटीहरुलाई, तल माथि पर्यो भने जिम्माल भनेर सबैले चिन्छन, अनि परेन मुस्किल?" जिम्मालले भने।


"ल हेर सम्धि पनि--यति सानो कुरामा पनि दिक्क मान्ने हो के त?" बिस्टेले हाँसेर भन्यो।


"के गर्ने त?" जिम्मालले उपाय छ कि झै गरी सोधे।


"नाम फेर्ने नी जिम्माल, फरक फरक सुन्दरीहरुको लागि फरक फरक नाम --" बिस्टेले फुर्ती सँग भन्यो।


"हैन --काम गर्छ र?" जिम्माल अलि अलि पाउलिए--नत्र त खडेरीको रुख जस्तो भैसकेका थिए।


"कस्तो गर्छ र भनेको? गरीरा छ -- गोडा दशेक चोटी त मैले न्वारन गरी सकें आफ्नो" बिस्टेले बिजयी मुस्कान छर्दै भन्यो।


"ए हे सम्धि, हो र भन्या?" जिम्माल अहिले भने हाँसे।


"किन होइन्त? अब मेरा नामहरु चै नसोधम है जिम्माल --भन्न मिल्दैन" बिस्टेले सुनायो।


"पुराना नामहरु भन्न नमिले नी नयाँ चै भनीराखम न -- फेरी म र सम्धि नै जुधिम भने के गर्नु?" जिम्मालले भने।


"त्यो त हो --- ल ल मैले हिजै मात्र राखेको छ "किरण" भन्ने। हाललाई किरण वाट अलि टाढै बसम् झै सम्धि" बिस्टेले हाँस्दै भन्यो।


"ल ल  -- बरु म के नाम् राखम यसो आईडिया पाम्न" जिम्मालको स्वर निकै चखिलो हुन थाली सकेको थ्यो।


"नाम त अब जे राखे नी भो नी -- "बिस्टेले यता उता हेदै अघि भरखर जिम्मालले फालेको आशा चुरोट देखाउदै भन्यो "आशा राखे नी भो"


"काँ आशा राख्ने? त्यो त केटीको नाम भो नी" जिम्मालले भने।


"सम्धिको नाम आशाकाजी नी त छोटकरीमा आशा नी" बिस्ट्ले अर्थ्यायो।


बिस्टेलाई जिम्मालले सामाखुसी ओर्लीने बाटै छेउको भोजनालयमा लगेर दरो चिया नास्ता गराए त्यो दिन।


ठमेलमा फेरी मान्छेलाइ शंका होला भनेर नक्सालको साईबर क्याफेमा पुगे जिम्माल र "आशा" भन्दै साझामा दर्ता गराए आफुलाई।


एक दुई दिनमै जिम्मालले पेमा भन्ने भेट्टाए, जाउलाखेलकी रे।


अब कसैले चिन्ला भन्ने डर थिएन, जिम्माल निर्धक्क कुरा गर्थे, पेमा पनि उस्तै।


एकहप्तै नभै पेमाले भेटने कुरा झिकी -- जिम्मालले नाईँ भन्ने कुरै भएन।


पेमा जाउलाखेलमा नभेट्ने भन्ने जिम्माल ठमेल तिर हुन्न भन्ने -- "न्युटल ठाममा भेट्नु पर्छ" भन्नेमा दुईटैको सहमती भो र बौधमा भेट्ने भए।


"छ्याङ स्याङ पनि तान्यो दुबैले --अन्त --" भन्दै जिम्माल दंग परे।


*****


चुच्चेपाटी बाट बौध तिर जाँदै गर्दा जिम्मालले सोचे "कस्तो बुद्धि ल हेर उही बेलाँ यसरी दुई चार वटा न्वारन गर्न पा भए? थुक्क! कति जना उम्की सके नी नारन मेरो बुद्धि नपुगेर --" तर फेरी सोचे "जे होस खाता चै खोल्ने भैयो आज--"  उनको मन सोह्रखुट्टेको ओरालो मा ब्रेक फेर्न पर्ने भन्दै गर्या पुरानो एट्लास साइकल सुइंकेको जस्तो बत्तिराथ्यो। ब्रेक लाउँदै त थिए जिम्माल तर त्यो सुइकिन्तामको रमाइलोमा उनी ब्रेक छोडम छोडम झैं पनि गर्दै थिए।


***


कुमारीगाल तिर स्याँ स्याँ र फ्याँफ्याँ गर्दै कुदेका जिम्माललाई रोक्दै हर्के र बिस्टेले सोधे "के भो ए जिम्माल?"


जिम्मालले दुईटैलाइ हेरे -- अनि बिस्टेलाई अलि पर तानेर भने "बर्बाद भो नी, सम्धी"


"के भो?" बिस्टेले पनि चिन्तीत हुँदै भन्यो।


"पेमा थिईन? हो उसैलाई भेटन आएको बौध --" जिम्मालले हर्के कता छ भन्दै हेर्दै सानो स्वर्मा भने।


"हत्तेरी सम्धी -- कस्तो आत्तेको त -- अब बौध जानु पर्ने मान्छे यसरी फाल हाल्दै कहा यता कुमारीगाल तिर आईपुगेको त?" बिस्टेले मुस्कुराउँदै भन्यो।


"बौधै पुगेर आएको हो सम्धी" पल्याक पुलुक हेर्दै जिम्मालले भने " -- त्यो पेमा भन्ने त दोहोरो ज्यानको अजंगको मान्छे रे छ पो रे छ तरुनी भनेको त ---- मै हो आशा भनेको त सम्धी --राम् राम् राम्--बिच्किएर भनेको-- कम्ती खेदायो र ----- "


******


 


 


 
Posted on 11-25-09 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु कुरा त्यस्तै हो पुन्टे बुढा को फोटो चाँही मिलाकै हो जिम्माल ले हा हा


चिप्ले लाई त अस्तिनै चिनेको हो त्यो फोटो मा


पुरे चाँही सिक्स प्याक देखाउन खोजेको होला बिचरो "सिक्स प्याक मखुला" भन्दै बर्बराउदैछ !


 


 
Posted on 11-25-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप पर्भो लोल महा लोल।


बिर्खेले चाँही बस कण्डक्टर हुन रोजेछ। नजिकैबाट हेर्दा:   



 
Posted on 11-25-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, मीति सूचकले छेकेछ अलिकती। लौ ठाम पनि चिन्ने कोही छन् कि?  
 
Posted on 11-25-09 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा दीप ब्रो को घमाशान हा हा
 
Posted on 11-25-09 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आफ्नो त छुट्टी हुने बेला भयो !


अर्को हप्ता भेटम्ला रमाइलो गर्दै गरम !



 
Posted on 11-25-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पनि चिनौं न त। 

 
Posted on 11-25-09 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निएमापत्ती       निएमापत्ती          निएमापत्ती              निएमापत्ती           निएमापत्ती
 
हिजो मिती Nov. २५, २०००९ मा प्रकाशित् बिर्खे मायिला ले लेखेको पुरेको एक दिनको दैनिकी पुरै रुपमा दिग्भ्रमित, कपोकल्पित, हास्याद्पद रहेको पायिएको छ । पुरे ले साँच्चीकै गरेको कार्यलाई ढाक्छोप गरी, काल्पनिक कथा बनायी पुरेको जोबन/योबन को खिल्ली उडाएकोमा, म लगायत, सबै साझा बासिको घोर आपती छ । यो कुरा पुरे आँफैले आजको मिती, बिहान ९:४८ मा भनेको वाक्य "त्यो त जिम्मालबाको काल्पनिक कथा पो त, तिम्ले कस्तो नबुझ्या " ले पनि प्रूफ गर्दछ । बिर्खे बुढाले जे भने पनि हो, हो, हजुर ठीक हो भन्दै, हाथ मोल्दै, उन्कै दाँया बाँया घुमिरहने चाकडीबातहरुप्रती पनि हाम्रो गुनासो रहिआएको छ ।  बिचरा पुरेको भर्खर खुलेको योबन लाई दारी काट्ने रेजर सँग दान्ज्दा मलाई मात्र नभयी सबै साझा बासिलाई नमाज्ज लागेको अनुभव गरेका छौ । त्येसैले सत्य तथ्य कुरा सार्वजनिक गरी चौतारीमा आएर सबैको अगाडि बिर्खे बुढाले माफि मग्न पर्ने र आयिन्दा एस्तो दिग्भ्रमित, कपोकल्पित कुरा नगरने बाचा खान पर्ने कुरा आजको साझा बासिको धारणा छ ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters