[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 134907 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-24-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए जिम्माल बा यो कुम्ले हउरलै कोइबेलाँ जिम्माल बा कोइ बेला जिम्माल हजुरबा भन्छन त ?
अनि क्या त जिम्माल बा हउरले भन्या के त चिलिम कस्तो हुनछ् भन्ने । 'सानो काठको ढुंग्रोमा झारपात को धुलो राखेर मुखमा जोड्ने अनि अनि मुख मै आगो सल्काउने ' मलै त तेहि होला अस्तो लागेर राहुलदा लै चिलिम नतान्नुस भनेओ हो
 
Posted on 01-24-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे कुम्ले, के जाति चिन्तित बना' त होइन ब्यारे!
घरको छानो प्वाल परेओ जुग भओ तेसइले छाउनु परो भनेर झिँगटि बटुल्न खोजेओ गैराबारिको राउँरो कि, खोला पारीको राउँरो, कान्ले पाटोको राउँरो कि तारे भिरको केइ निर्कोल अर्न नसकेर चाइन्जो टोला'र बसेओ मात्तै हो! :)

क्यार्नु माष्टरनी नानि, मेरि सानि नातिनी तितौरीओ साथि परो यो मोरो कुम्ले तेसइले तितौरीले भनेओ अस्तो हजूरबा भनेओ होला नि बजियाले!:)
 
Posted on 01-24-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न मिस् नि चिलिम तान्न थाल्नु भो कि के हो ? मिस् होस् पुर्या नुस् है सर ले थाहा पाउनु भो भने खुता सुत्ता कात्देलानी ।
कुम्लु के छ तिम्रोताआआआआआ । मेरो त सबै ठीक थाक छ । अलि बोर भाई रा छु । खै आज गालब को कथा मिस् भाई रा छ ।
 
Posted on 01-24-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ठूली कत्ति छुच्छी:( :(
 
Posted on 01-24-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा जिम्माल बा, अब एपोलोको जस्ता पाता किन्न छोडेर के को झिँगटि खोज्नु परेको? गाउँ धनिमानी मान्छे भएर, यस्तो कुरोमा नि चिन्ता लिएर भो? बरु अपोलोको रङिन जस्ता पाता पाउन थालेको छ रे, तपाइँको मनपर्ने पिन्क कलरमा पाउँछ कि पाउँदैन त्यो चाँहि हेर्नुपर्ला।

हा हा हा!! ठुलीले गालबको कथा मिस गरेकी कि गालबलाई नै मिस गरेकीईईइ? गालबलाई मिस नगर है, त्यो मेरी सुन्दरी कि साथी आउली तिमीलाई लखेट्न। अहिले घोर तपस्या गरिरहेकी छे रे त्यस्ले!
:-)
 
Posted on 01-24-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुली हो नाकैमा फूली
साझा बस चढेर सिन्धुली

:)
 
Posted on 01-24-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् कत्ति छुच्छी भनेको के हो ?
कुम्ले तिमी चुप लाग । मेरो गालब लाई तिम्रो सुन्दरी को साथ मिलाउन पर्दैन । गालब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब व्हेर आर यु । आ एम मिसिङ यु माइ दियर ।
 
Posted on 01-24-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई कस्तो राम्रो लेख्नु भा । धन्यबाद् :D
 
Posted on 01-24-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

( मनमनै: ल यो ग्वाँचे मोरा त, अस्ति झन कसैले नदेख्ने गरि गैराबारीको कान्ला मुनि लुकेर तानेको, काँ बाट मास्टर्नी दिदीलाई कुरो पो लाईदेछ। म पनि तेल्लाई पोहोर मास्टर्नी दिदीको खेताँ रोपाईं गर्दा राम्रो खाजै खुवाउन्नीन भन्दै ठगेर काममै नआ'को नभन्दि त)

हैन हो मास्टर्नी दिदी, म काँ चिलिम तान्छु र, कुरो पो गर्देको त :P
(फेरी ठूल्दाइले नदेलान भन्ने पीर, उफ)

मामा दर्शन गरें है, कुम्ले के छ? एपोलोको जस्ता पाता रे, यो चोटी मावल जाँदा त जस्ताको छाना होला जस्तो छ है, नभए पानी छुहिएर हैरान!
 
Posted on 01-24-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठूली,
गालव त सुतिसक्यो होला जापुनमा, फुजी पर्वतको टुप्पोमा। ;) कि तिमीलाइ नै सपनामा देखिरा' होला। :P

आज चैं आ-आफ्नै कथालाइ स्वस्थानी सम्झेर प्रसाद खाने ल सबैले। :)
 
Posted on 01-24-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे के भनेओ भान्जा? चाइन्जो आफ्ने मावलको नि बेइजत अर्छन कोई? :)

ठुल्नानी, धन्यबाद् :D भनेको के हो? :P
 
Posted on 01-24-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली!

...'कुम्ले तिमी चुप लाग । मेरो गालब लाई तिम्रो सुन्दरी को साथ मिलाउन पर्दैन । गालब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब्ब व्हेर आर यु । आ एम मिसिङ यु माइ दियर '..भनेको के हो ?
 
Posted on 01-24-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-24-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitru ke cha timro. bg ho timi
 
Posted on 01-24-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, Hehheehhe भनेको के हो? :P
 
Posted on 01-24-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली!
'ehheehhe ' गरेको के हो ?
;)
 
Posted on 01-24-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली 'bg ho timi ' भनेको के हो?:P:D
 
Posted on 01-24-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस मलाई नि कुखुरा बन्न त काँ आउँछ र, बनाउन मात्तै आउँछ । हरिलाइ मै सिकाइदिन्छु ल!
हरि, यता आउ त अनि अलिकति झुकेर खुट्टाको पछाडिबाट हात छिराएर दुईटै कान समाउ ....................हो त्यसरी नै ................. लौ अब यो पिरेड भरि त्यसरी नै बसिराख । ठीक्क परो, बडो चिलिम तान्ने भा थेउ नि!

जिम्मालबा के हो हिजाआ कुरा त आज ब्यानै चौतारीको सुचना पाटिमा टाँसिइसकेछ नि, जिम्मालनी आमाले कुचो तयार गरेर राखेकी छिन रे, होस गरुम है!
 
Posted on 01-24-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो । कस्तो जाडो हौ आज त हिउ परेर ।

अनि ठूली, खोइ त सिन्धुलीको जुनार कोसेली? बरु अस्ती नेपाल जाँदा चिलगाडीको टिकस् कहाँबाट काटेको हो? अनि कुन बाटो उडेको हो ? शान्तिभूमी (Peace Land)मा त फुन अरेको थिएँ आफू पनि जाम भनेर । अरु ठामबाट पनि हेरुम भनेर के ।
 
Posted on 01-24-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ्रे!!! गफ मजा'सँ चलिरा'रच।

चित्रे - म सुत्या छैन। अबको १५ मिनेटमा चैं सपना नै देखिरा' हुन्छु होला। :)

ठुलीईईईईईईईईईईईईईई - आई एम हियर!!! :D :D

कुम्लेको सुन्दरीको साथीले पछ्याउने भई केरे! अब त्यसको तपस्या भङ्ग गर्न एउटालाई पठाउन परो। कोही छ भोलन्टियर? :p
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters