shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 181358 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 07-16-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरु, रस लिईराखेको छु हजूरका सुन्दर गजलहरुको।
 
Posted on 07-23-06 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The 12th edition of my "Weekly Shayari". This week features no other than our own Gautam-jee. Enjoy !

- http://www.dkhadka.com/chithi/sounds/Basanta.mp3

Nepe
 
Posted on 07-23-06 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर एकको चिर्ने शैली अति किताबी देखियो
र त मेरा अङ्गहरु बाटोमा जथाभाबी देखियो...
......ताराको समेत उज्यालो चोर्नेको हाबी देखियो


शिरीष गुरू, शब्दहरु कस्तो मिठो बुन्नुभएको! सधैँ झैँ गजब छन्!
 
Posted on 07-24-06 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe, Gotame, Bhaute

Because of you (few) guys this thread is alive. Keep inspiring me. I would love to have some critical analysis so I would know where I am heading to.
Here is some thing I am working but could not proceed....

पछि लाग्दा भाग्ने छाया जस्तो चाला
भाग्दा पछि लाग्ने छाया जस्तो चाला


बल्दा सम्म ताप्यो साथ रह्यो पनि
खाक हुंदा त्याग्ने छाया जस्तो चाला
 
Posted on 07-24-06 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-24-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नया त झन खराँट निक्ल्यो गुरु! मानवीय स्वभावलाई सही बयान गरेका छन् यी शेरहरुले। अनि कता कता अध्यात्म पसेजस्तो पनि छ गुरुको मनमा।

गुरु कमेण्ट पनि गर न साईँध्वा हो भनेर भन्नुहुन्छ, आफ्नोचैँ कमेण्ट गर्ने खुबी पनि छैन, आँट पनि छैन। मलाईचैँ रस मात्तै लिएर रमाउन दिनुस्। नमिठो लागे बोलौंला, नत्र चूपचाप आनन्द लिउँला।

***********************

दिमागमा केहि हरफहरु बोकेर हिँडेको धेरै भईसकेको थियो। जबर्जस्ती एउटा गजलको रुप दिएको छु। मनको तितो मात्रै पोखेकोले गजल जस्तो नहोला पनि, माफ पाऊँ, यो यात्रामा साथ दिने एउटा निहुँकै रुपमा भएपनि राख्दैछु।
लालीगुराँस क्रान्तिपछि फक्रेको मेरो मन लालीगुराँससंगै ओइलाएको छ। मनमा अनगिन्ती दृश्यहरु छन् वर्तमान नेपाली राजनीतिका। यस्तै दृश्यहरुले जन्माएका हुन तलका टुक्राहरु।


सुनको कात्रो ओढाइरहेछ को?
सिनोको आयू बढाइरहेछ को?

मलामी हैन, सतीनै पो जान्छौ कि!
अझै सलामी चढाइरहेछ को?

तोपको मुखमा मलाई घचेटेर
बर्दीमा ढाड अड्याइरहेछ को?

आलै छ हिजो बगाएको रगत
आजै चित्त यो डढाइरहेछ को?

कोइली बन्न खोज्दैछन् कागहरु
मलाई भाका पढाइरहेछ को?
 
Posted on 07-24-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish,

You are introducing a rare poetry tool in Nepali ghazal.

पछि लाग्दा भाग्ने छाया जस्तो चाला
भाग्दा पछि लाग्ने छाया जस्तो चाला


The above is an example of antimetabole (एन्टिमेटाबोली) type of chiasmus (काईज्मुस) । People use this kind of tool just for the sake of producing an effect, I mean without much regard for the accuracy of meaning. However, your antimetabole makes a perfect sense too. It's wonderful.

बल्दा सम्म ताप्यो साथ रह्यो पनि
खाक हुंदा त्याग्ने छाया जस्तो चाला


You have placed the metaphor so perfectly.

*** *** ***

अनि गौतमजीका यी दुई बेजोड शेरहरु पढ्दा त अहिले नै "साप्ताहिक शायरी" को विशेषांक बनाएर प्रसारण गर्न मन लाग्यो मलाई ।


सुनको कात्रो ओढाइरहेछ को?
सिनोको आयू बढाइरहेछ को?

मलामी हैन, सतीनै पो जान्छौ कि!
अझै सलामी चढाइरहेछ को?


Nepe
 
Posted on 07-24-06 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gautam jee

Your ghazal is superb. Keep on going. gajjab cha !
Ek se Ek sher haru.

Malai ta Nepali ghazal ko website banau ki justo lagyo !

Nepe,

Thank You for your comments.

I adore your knowledge of Ghazal and Poetry. You are attributable to this progression.

I have a format for next sher. I will write on my way back home in the commuter rail.

The choice of "Kaffia" and attempt to write every thing with words containing "two syllables" made it hard to express. Lets see.

Virus

Thank You for your intentions to take the thread on the top. Ali Jhelli bayena ra bhanya??
 
Posted on 07-24-06 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lou tat-tato euta sher

पछि लाग्दा भाग्ने छाया जस्तो चाला !
भाग्दा पछि लाग्ने छाया जस्तो चाला !

बल्दा सम्म ताप्यो साथ रह्यो पनि
खाक हुंदा त्याग्ने छाया जस्तो चाला !

गढी बस्यौ मन भित्र यति सारो
सोच्ना साथै जाग्ने छाया जस्तो चाला !

 
Posted on 07-25-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के भनौँ शिरीष गुरु शब्द नै छैनन्! एक एक शब्दहरु कस्तो मिलाएर राखेको हो

गढी बस्यौ मन भित्र यति सारो
सोच्ना साथै जाग्ने छाया जस्तो चाला


गौतमजी, गजब छन् सबै शेरहरु!

तोपको मुखमा मलाई घचेटेर
बर्दीमा ढाड अड्याइरहेछ को?


हेर्दै छु, पढ्दै छु र सिक्दै छु... :)
 
Posted on 07-25-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe jee

kHOI AFULAI TETI CHITTA BUJYA CHAINA TYO SHER. fURSAD MA MODIFY GARAMLA.

yO NAYA BUJHINCHA KI BUJHINNA, THAHA PAUN.

पछि लाग्दा भाग्ने छाया जस्तो चाला !
भाग्दा पछि लाग्ने छाया जस्तो चाला !

बल्दा सम्म ताप्यो साथ रह्यो पनि
खाक हुंदा त्याग्ने छाया जस्तो चाला !

गढी बस्यौ मन भित्र यति सारो
सोच्ना साथै जाग्ने छाया जस्तो चाला !

आर्का माथी भर पर्दै कति बाँचु ?
जिजी-बिषा माग्ने छाया जस्तो चाला !

 
Posted on 07-25-06 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब छ शिरीष गुरू! एउटा कुरा सोध्न मन लाग्यो, यो जीजीविषा को वास्तविक अर्थ के हो? बाँच्ने आश ? अलि Enigmatic लाग्छ मलाई। धेरै साहित्यिक लेखमा देखेको छु यो शब्द तर त्यती खुट्ट्याउन सकेको छैन मैले। त्यस्तै अर्को शब्द पनि भेट्छु म नेपाली साहित्यमा ‘कोलाज’ भन्ने। म अलि अल्छि भएर नेपाली शब्दकोश नपल्टाएर होला हुन त!

एउटा प्रयास गरेको छु, शब्द अलि सस्तो प्रयोग गरेको छु, जस्तो मनमा आयो त्यस्तै। काफिया अनि बेहर सुझाव पछि मिलाउने छु-


गजल-

बल्झिने यो मुटुको यहि हो साथि चाला
कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला

अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा
उपेक्षाको लात हान्छ जिन्दगी यो साला

प्रेयसीको मुस्कानले काँडेतार बार्दा
पासो परि उम्केँ भन्छ जिन्दगी यो साला

प्राप्तिको नजिक पुगि हात थाप्न खोज्दा
अत्यासको खाडल खन्छ जिन्दगी यो साला

डाँडामाथी घाम देखि उठि हिँड्न खोज्दा
मध्य दिनमै थाकेँ भन्छ जिन्दगी यो साला

 
Posted on 07-26-06 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish,

It is difficult to find plenty simile of छायाँ with the same rigorous correlation as seen in the first two couplets. So I'd suggest to work hard to find a few good similes rather than too many loose similes meant just to increase the number of couplets. Ghazal like this should not/does not require more than 4 couplets to be perfect. So go for just 4 couplets but perfect couplets.

*** ***

बिर्खेज्यू,

जिजीविषा= desire to, will to, striving to live.
कोलाज‍ (collage) = क्यानभासमा विभिन्न वस्तुका टुक्राटाक्री टाँसेर बनाएको चित्र
 
Posted on 07-26-06 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'साला' जस्तो प्रेमपूर्ण नाता अपमानको प्रतिक बन्नु दुर्भाग्य नै हो । तर यो नेपाली भाषाको मौलिक प्रतिक भने होईन । हामीले दक्षिणतिरबाट यसलाई हुलेका हौं । यो शब्दको सम्मानको पुनर्स्थापना होला कुनै दिन । तर त्यतिन्जेल यसलाई सहज रुपमा लिनै प-यो ।

एनिवे, बिर्खेज्यूको रचनाले मलाई प्रेम बानियाको "साला काठमाण्डु" शिर्षकको यो कविताको स्मरण गरायो-

शिरीषको गजल पनि संगै छ ।
- http://www.kantipuronline.com/Nepal/Archive/154th%20issue/sahitya.php

Nepe
 
Posted on 07-26-06 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजू धन्यवाद् शब्दको अर्थ र लिङ्क को लागि!
मलाई त प्रेम बानियाँको कवितामा 'साला' शब्द गजब संग घुलेको जस्तो पो लाग्यो!


हे हे हे शिरीष गुरू वहाँ पो हुनुहुँदो रहेछ! अन्त पनि गजल पढेको छु मैले केहि :)
 
Posted on 07-26-06 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनको तितो अर्को पनि पोखिहालौँ।



देश र दुनिया साक्षी छ
हिसाब किताब बाँकी छ!

फच्चे हुँदैन कानूनले
पूरै इतिहास थाती छ!

ढोग्न सबले छाडे, तर
ज्यूँदै अझै सेतो हात्ती छ!

नेता हुन् या हुन् विदूषक!?
क्या जात्रा! वाह! क्या झाँकी छ!

जात जनिन स्यालहरुको
एक हुइय्याँ यहाँ काफी छ!
 
Posted on 07-26-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या बात छ गौतमजी!

जात जनिन स्यालहरुको
एक हुइय्याँ यहाँ काफी छ!


अति नै तिखो प्रहार! माने गुरु
 
Posted on 07-26-06 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि पढ्दै छु, बुझ्दै छु, स्वाद लिँदै छु। दिन कै २-४ वटा गजल आउन थाले। कति पाइलै पिच्छे वा ! वा ! वा ! वा ! वा ! वा ! गर्नी हो र खै।

लास्टाँ एकै चोटी वाSSSSSSSSSSSSSSSSSSSSSSS गर्न पर्ला जस्तो भो।

नेपेगुरुको हरफलाई थोरै परिमार्जन गर्दै :

जब शिरीष आयो, बिर्खे आयो, गौतम आयो
नेटो काटेको पुरानो फर्केर मौसम आयो
 
Posted on 07-27-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी टाढा भए देखि मुस्कुराउन छोडि सके ..
कसलाE सुनाउनु गजल गुन गुनाउनै छोडि सके ।
 
Posted on 07-27-06 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute is busy in something else ! LLCCMGMG

Gautamjee is writing ek-se-ek sher.

Nepe must be writing and correcting the same sher again and again so he is not posting.

Birkhe needs to get acquinted with the rules of ghazal.
http://www.cs.wisc.edu/~navin/india/songs/ghalib/ghazal.def.html

Shirish'appreciates Nepe's comments and he is trying hard to "produce".
He created many alternatives not knowing what to do. For e.g.

शीत्तलमा स्वरुपको ब्याख्या फिक्का
चर्को घामै माग्ने छाया जस्तो चाला
Or
मेरो रातमा उस्को रुप हरायो रे !
चर्को घाम माग्ने छाया जस्तो चाला
Or
रातले अस्तित्व बचाई दिंदा दिंदै
चर्को घाम माग्ने छाया जस्तो चाला

Please suggest.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters