[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी ११८~

[Please view other pages to see the rest of the postings. Total posts: 958]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 311855 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 06-04-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                -चौतारी - ११८


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८  औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 118 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



 
Posted on 06-05-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा सान्नानी! जिम्माल बा लाई त अझ कुम्ले भतिज हुन लागेको हो कि भन्ने कुरा सोध्ने होला नि हैन त? अब उनकी साख्खे नातिनी हाम्रो त्यस्तो मिल्ने साथी परेपछि उनि पनि त मेरा हजुरबा पर्छन् नि कता कताबाट घुमाउदा! हैन त? लोल

ठुल्नानी टेक योर् टाइम क्या!

हो रिट्ठे! गाह्रो छ कुरो पत्ता लगाउन अचेल! लोल! बरु हिजो किन हो एक्लै अर्को चौतारीमा भौतारी रहेको देख्या थिएँ नि। के पिर परो कुन्नि?


 
Posted on 06-05-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो के को भीड हो ह्याँ?  के के भा हो? को बाउ बन्न ला हो? को काका बन्न ला हो? हामी के बन्ने हो?  सबै बेलिबिस्तार लाउनु परो!!!

झण्डै नमस्कार पनि गर्न बिर्सेको, सप्पैलाई साष्टाङ्ग प्रणाम


 
Posted on 06-05-08 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे यु मिस्ड अ लट, पिन्क फन्ट वाली वाज सक्सेस्फुल टु टर्न होल चौतारी इन्टु कलरफुल फुल्बारी!!


लोल कुम्ले तेइ त है?  


लौन यो हाम्रो हरी नै हो त? दुइटा एक्स्क्लामेसन मार्क्स थियो र हरीको नाममा?  


 
Posted on 06-05-08 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबका सब अन्मरियछन आज।

नेत्रे ले ठीक कुरा गरेछ।
दिपइका == इडिट

आफ्नो त बिहान भर्खर भयो, तेसैले कुनै तरिका पनि छैन छिर्ने।

ठन्नु?? के हो त्यस्तो? ठुलि लाई अन्याय भएछ। ल ठुलि धेरै दिन देखिको सलामा है मेरो पनि।

अनिखेरिन अन्तरे दाई पनि हराएको हरी पनि भागेको भन्ने सुनेको थें, आजत यतै देख्छु।

अन्तमा सबैलाई २ र ४ पैसा तिरेर।

अनी रिठ्ठेलाई कस्ले फकाएर अनसन तोडेछ त, हिजो त गुलाबी हो के केजाती कुरेर उता पुरानो चौतारी तिर बाटो धुकेर बसेको झै मानेथें।

जय होस् सबैको।


 
Posted on 06-05-08 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यतै छु हौ सुन्तले। हरि कताटी हो बाटो बिराको आज?
 
Posted on 06-05-08 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हो तेस्तो भागेको हराको केई हैन।  ट्याम मा फूर्सत, फुर्सतमा ट्याम नमिलेर हो आउन नपाको।

हो हो सान्नानी मै हो, अलि दिन देखेन रे भन्दैमा यस्तरी नचिन्दिने भन्या? 


 
Posted on 06-05-08 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो झुत्रे झाम्रे भ'र आम्ने हाउँरो भान्जो हैन र भन्या? हन ए भान्जो जिम्दै छौ?


 
Posted on 06-05-08 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो हरितालिके आएछ। ए हरितालिके के छ तिम्रो खबर? घराँ सुपारी आ'थियो तिउँरा घरबाट बिहेको निउतो भनेर। काँ ब्या अर्न लागेउ? कसकी छोरी हुन् हाउँरी भान्जी बुहारी? कत्ति ओटा गाडी बन्दोवस्त गरेउ जन्तीलाई? चाइन्जो सप्पै आउने भनेका छन् यता मावली तिरका भाजो को जन्ति बाख्रो खान भनेर! ल राउँरो बन्दोवस्त गर्नु!

सुन्तले के छ?

अन्तरे दाइ के हो हाम्रो त नाम नि लिन नहुने हो कि कसो?

सान्नानी हा हा हा! एउस्लामेसन् भुनेओ के परो?


 
Posted on 06-05-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैमा ११ -२ अनी ४।


सबै ५ त होला नि?


हरी को मनपरी जारी छ। युग पछी चौतारी आउने ?


जे भए नि जिम्मालेको भान्जो, जथाभाबी भन्यो भनेर बुढाले सराप्ला। हरि-४ है।


 
Posted on 06-05-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबिता नि पढे, सबिता नि पढे
भ्याइ नभ्याइ चौतारीनी धाये

हरेक दिन,हरेक पल चौतारीमा बिसौछु
आठ  घण्टा को काम छ घण्टा साझामै थकाई मार छु


पेउने भये,ठुल्दै पीउ न त भोड्का, तकिला, या 'थ र्‍र रा'
के थाहा यो दुई दिने जिन्दगी कहेले मर्ला

 

सबैमा ११ -२ अनी ४।


 
Posted on 06-05-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1 1

2,   4

5?


 
Posted on 06-05-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा कुम्ले १

तिम्लाई सम्झ्यो कि माथिको चौराँ क्रिकेट खेल्या सम्झिन्छ। ऐले भने ठुल्दाई र रिठ्ठेले क्रिकेटको कुरा गर्दा के र'च यो किर्केट भन्या चाईं जस्तो लाउनि क्या।

 


 
Posted on 06-05-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ मेरो पहिलो राउन्ड है।

 
Posted on 06-05-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठेको स्टाईलमा दोस्रो राउन्डको सलाम सप्पैलाई। सप्पैको हसुर्याइ भयो नै होला?
 
Posted on 06-05-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(धतुरे भनेर लात हानेको ठुल्दाई परेको थाहा पाए पछि च्याङ्बा ट्वाँ पर्यो)

च्याङ्बा- (मनमनै) "आप्पुई धादुरे भनेरु भागुरेको नाइधिसे पो पारेछा ताला ढुङ्गामा खाप्पार ठोगिएरा मर्यो कि कादाई?"

(तलबाट आवाज आउँछ)

"अह्हह.....ता..रेमाम....ऐया....अहअह!"

च्याङ्बा- (मनमनै) "मारेकु छाइनाराछा जिउँदाइ रेछा,म्हो आबा धादुरेलाई खोज्ना जान्जा, कासाइले देख्यु बाने फेरि आस्दि जास्दु आदालात लान्जा म्होँलाई!"

 

(च्याङ्बा त्यहाँबाट लुसुक्क हिँड्छ, फेरि मैच्याङ सम्झिन्छ, फेरि उसको गाला सम्झिन्छ र फेरि धतुरे सम्झेर रिसले आगो हुन्छ)

(अलि पर एउटा पसल बाहिर एक जना एक्लै बसेर पान चपाउँदै मोबाइलमा गफ गरिराको देख्छ)

कुमलवा- "कथि बात कर्नुहुन्छ तपाइँ? त पहारि खेल हमिलाई भि आवँछ! तेल कासा लाठिकासा सबके सब खेलेँछु हमि !..हाँ..बिलकुल बिलकुल..बिलकुल धमाका होनेको पर्छ..."

च्याङ्बा- "धादुरे जास्दाई बोलिराकु छा,धादुरेको साथि भाए यासलाई पानि भागुर्छा म्हो आजु!"

कुमलवा- (फोनमा आफ्नै धुनमा) " पेसा?..उ को तपाइँ कोनो चिन्ता नालिनोस..हमरो दोस्त हर्ताल्के जो छ उ सब मिलाएछ पेसाके बन्दोबस्त् कोनो बात छेन..हाँ? कथि? ..उ कुस्ति भि रखनेको?..त को खेलनेको छ हमरो साइडसे?..मदनवा ?..बढियाँ बात बोलेछ तपाइँ, मदनवा भन्दे थियो कि उ अखाडेमे कोइ ५-६ बार जितेछ कुस्ति.....एक मिनट...

(मुखभरिको पानको रस थुक्छ र त्यति बेला नै हातमा खुकुरि लिएर उभिएको च्याङ्बालाई देख्छ)

च्याङ्बा- (मनमनै) " धादुरेको नाम भान्जा ता!(पान थुकेको देखेर) रागात छाददाई राइछा, म्होँलाई रा मेरो खुगुरि देख्यारा मुटु फुट्यो जास्दो छ आर्गो धादुरेको  हेँख हेँख हेँख!" (प्रतक्ष)" ओइ धादुरेको साथि आर्गो धादुरे? धादुरे काता छा लु बान बान!"

कुमलवा-(मनमनै डराउँदै) "भुत प्रेत पिशाच सब जावे जय हनुमान गाथा जब गावे!" (प्रतक्षत,रातो दाँत देखाउँदै)" हिहिहि चयाङ्गबा दाजु राम राम!किधरसे आवनुभयो तपाइँ? चाय वाय केहि पिउनुहुन्छ? बहुते करारि चाय बनावँछ हियाँको सावनि!हिहिहि!"

च्याङ्बा- "म्हो तेँरो सादिको रागाद पिउजा,लु बान बान काता छा आर्गो धादुरे??"

कुमलवा-" कथि भन्नुभयो तपाइँ? हमि कोनो धुत्रे चिनेछेन !"

च्याङ्बा- "चिन्याकु छाइना पो भान्दो राइछा,  धादुरे भन्याकु तोँ जास्दाई कुरा गार्ने आर्गो धादुरे भन्याकु!त्यो स्वाइदेमा ओगाति दिने धादुरे भन्याकु म्होइँले!"

कुमल्वा-"सवाइदे, ओगाटि? हमि बिलकुम बुझेन तपाइँ के भनिरहनुभएछ?"

च्याङ्वा- "तोँ पारेलेखेको छाइना? आछ्छार चिन्जा तोइँले? पारने बेलामा खाच्चार चरायु जास्दो छा तोइँले? स्वाइदे चाउगि बन्याकु तोँ मोर्ना लाग्यु बाने ओगाति खाने घार हो!"

कुमल्वा- "अरे स्वास्थ् चोकि भन्नुभएछ तपाइँ और ओख्ती भनेछ?"

च्याङ्वा- " हो तेइ भन्याकु, स्वाइदेमा ओगाति दिने धादुरे काता छा लु बान बान?"

कुमलवा- " तब तो मदनवा भैयाको बात कर्नुभएछ तपाइँ!"

च्याङ्बा- "लु बान बान काता छा? आजु म्हो त्यासगो गार्दान छिनाल्छा येइ खुगुरिले!"

कुमलवा- (मनमनै) " अरे बाप रे, चयाङ्बा सला त मरने मारने पर उतारु छ!" (प्रतक्ष) " अरे चयाङ्बा दाजु, गुस्सा थुकिदिनोस मदनवा जो छ देहात गएछ, अब आवन्देन हियाँ!"

च्याङ्बा- "आबा आउँदाइना रे? के भान्जा आर्गो धादुरे? तोइँले म्हो तेरो सादिलाई काट्छा भन्यारा नबनेकु? आबा म्होँ तोँलाई भागुर्छ!यादा आइजा!त्यो बेन्चा बाटा उठेर आइजु यादा!"

कुमलवा- (बेन्च बाट उठ्दै डराउँदै लुग लुग काम्दै) " बात त कर्नुस चयाङ्बा दाजु पर उ खुक्री जो छ जमिनपे रखिदिनुस!"

च्याङ्बा- " आइजा यादा..आलि यादा बन्याकु..लु आइजा!"

(खुकुरि भुइँमा राख्छ, र..)

"चड्याम्म्मsssम् म् म्!...चड्याम चुडुम.. चड्याम चुडुम!"

कुमलवा- "आहssss रे ...मेरा कान!!! आहss!..मेरa गाल..जोर से मारेछ रे सुसरा! हायsss"

(च्याङ्बा, लात्ति उचाल्दै..)

"भ्वाक्कss भुक्कss ब्याङ बुङ..भ्वाक्क..ड्याम्म..भ्वाक्क..भुक्क"

(कुमलवा रनथनिँदै भुइँमा लड्छ)

कुम्लवा- " आह...हायss..अरे पसलीमा पडेछ रे लात!! आह! चयाङ्बा दाजु बस करिहाल्नुस..आह!..अरे दिल छ रे उधर....आह पिछवाडा छाडिदिनुहोस..आह! मैदान किएछेन रे आज्......! उधरको नमारिहाल्नोस.....दिल फुँटछ रे हमरो.........आह! अरे बालबच्चेदार आदमि छु......हाय! आह!"

च्याङबा- "पाइला आर्गो धादुरे कादा छा लु बान आनि छाद्छा म्हो तोँलाई?"

कुमलवा- (एकै सासमा)" आह्!.....आज् बिहान् करिब छे बजे उठे थियो ६:३० पे दतिवन मेदान कियो उकरके बाइदमा साइकिल लियो साइकिलके चैन खराब थियो फिर साइकिल लिएन पैंटवा उतारके लुङ्गिया लगायो इसि दुकानपे चाय पियो स्वास्थ चोकि गियो ३ गो बिमारिको देख्यो एकको झरापख्ला लगेथियो उ को सैलनवा चढायो दुसरेको पिछवाडेपे पिलो आएथियो उके पिछवाडा फोड्यो तिसरेको कुछ भएथिएन उको भैटामिन दियो फिर से इधरको इसि दुकानमे आयो हमरो संग चाय पियो एक्टा लरकि आयो उसके नाम मइचयाङ थियो कुछ गाल वाल मे बिमारि छ भन्यो लरकिके गालपे निशान थियो हमि सोचेँ कोइ बुरबक पागल जानवर दाँत से गहरा टोँकेछ मदनवा फाँस्ट ऐडके बाँक्स निकाल्यो लरकिको संगमा यहि दुकानके अन्दर गियो गालके उपचारके लागि अहिले इसि दुकानके भितर मदनवा उ लरकिके गालपे ऐन्टिसप्टिकवा लगाइरहेछ होला उ सुसराको काटनेको छ त अन्दर जानुहोस पर हमिलाई छारिदिनुहोस हाय!..आह..!"

च्याङ्बा-

 

बाँकि ब्रेकके बाद...


 
Posted on 06-05-08 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठेको स्टाईलमा दोस्रो राउन्डको सलाम सप्पैलाई। सप्पैको हसुर्याइ भयो नै होला?
 
Posted on 06-05-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा जिम्माल बा १

यो च्याङबाले नि गर्नु गर्नि भो। सबैलाइ भकुर्नि भो जस्तो छ। आज कुमलवा फेला परेच।


 
Posted on 06-05-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-05-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ जिम्माल बा १
१ जिम्माल बा १
१ जिम्माल बा १
१ जिम्माल बा १

 
Posted on 06-05-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अब मर्ने भयो मदन्वा, च्याङ्बा ले के गर्ने हो बिचरालाइ

"तोँ पारेलेखेको छाइना? आछ्छार चिन्जा तोइँले? पारने बेलामा खाच्चार चरायु जास्दो छा तोइँले? स्वाइदे चाउगि बन्याकु तोँ मोर्ना लाग्यु बाने ओगाति खाने घार हो!"

सुन्तले दाइ छुच्चा, हेर पहिले नै खुसुक्क नभनेर अहिले सबैले थाहा पाए पछि दिपइका == इडिट भन्ने

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters