[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 199833 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-09-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गालव नमस्ते! ल राम्रो गयो
सन्चै छ हजुरलाइ ?
 
Posted on 09-09-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्चै छु माड्साप्नी दिदी! तर अहिले चैं निद्रामा भुस छु।

गोताएँ बुढाबाट दामी धारबाह गयो। आर्यालाई भेट्न मन लाग्यो। मैले देख्दा त अलि अलि हिंड्ने मात्तै थि'न् केरे। अहिले हिंड्नी नै भैसकिन्?

लौ प्रभु हो, सबैलाई हिरकको बधाइ सहित, ईतिश्री:॥
 
Posted on 09-09-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गरे है सप्पैलाई, चौतारी मउसबाँ आफ्नो त यस्तै छ, आज फेरीकूक मास्टर भइया'छ आफु त। को को छन कुन्नी?

 
Posted on 09-09-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो हिरक त मैलाइ लागेछ । सायद जुगौ पछि होला चौतारीको सप्पै थ्रेड पढेको । कथा, कबिता कुनै पनि छुटाइन । झन त्यसमा कागजमै नकोरि कबिता लेख्दा म त्यसै दंग छु। सायद भानु जयन्ति पछिको कबिता होला । हिरक महोत्शब आइराखोस जस्तो । अनि त नेपे दाजी गजल लिएर आउथे, मिस कथा, गालब गजल, बिर्खै गनथन , अन्तरे कबिता, राहुल दाइ कबिता र कथा, गोतामे दाइ दैनिकि आदी आदी । मानौ एस एल सि दिएर फुर्सत भाको जस्तो कस्तो हलुंगो भाको । सबै थ्रेड पढ्न नि आनन्द आउदो रैछ , नत्र अरुबेला कस्ले के भन्छ के छुट्छ अनि फेल भएको बिध्धार्थी जस्तो ट्वाल्ल पर्नु पर्ने । काममा पनि इन्टेरनेट ट्रयाक हुन्छ । अब साझा यस्तो खतरानाक छ कि कुन बेला कस्तो फोटो आउने, कुन बेला कस्तो थ्रेड आउने , अलकाइदा को बम भन्दा पनि ड्यानजर , साझा खोल्ने त आटनै आउदैन ।
जे होस हरेक दिक्क लाग्ने क्षणलाइ साझा चौतारीले लाइनमा ल्याएको छ । तर यो हिरकमा केही हस्तिहरु हराएको र कोइ हाटा गरेको अलि मिलने क्या । हुन त भन्न सजिलो, उनिहरुलाइ ट्यामले रोटेपिंग खेलाउदै होला । तर पनि यसो मगज फुलाएर हामलाइ पनि चौतारीमा रोटेपिगं खेलाइदिए रमाइलै हुन्थ्यो । दिप तिमि त एक हातलिएर पाखा तिर लागेछौ, यसो चौतारीको हागों समातेर दुइहात सितै उक्लन , बांगेको तालमा उता भागेर नि हुन्छ ? गोतामे दाइले दैनिकि पुरा गरेर रमाइलो थपेकोमा धन्यबाद । राहुल दाइ खोइ त अनुराधाको कथा सक्काको ? यसो सांझ तिर फेरी लाइभ कबिता हान्ने जमर्को गर्ने छु, अहिलेलाइ बिदा !

 
Posted on 09-09-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे दाई तारेमाम।
सबैको प्रस्तुतीहरु पढियो। गोतएँ दाई, नेपे दाई, अन्तरे, मिस, राहुल दाई र अरु नि धेरै।
सुन्दर, उत्क्रिस्ट र रमाईला लागे कथा कबिता र गजल्हरु।

मैले केही नयाँ लेख्न सकिन। यहाँ पुरानो एउटा राखेको छु।

नयाँ वर्ष!

.................................
शुभकामना लथालिँगै छरिएछन्
सिसौका पालुवाहरु फेरिएछन्
घरको भित्ते पात्रो पनि बदलिएछ
करै लागेर सोधेथेँ संगिनिलाई
फेरि एउटा नयाँ वर्ष थालिएछ।

पुरानो शाल फेरियो नयाँ आयो
खै के भयो र देख्ने मैले
मेरि संगिनि पुरानै छिन्
चोलोको पाखुरो टालेकै छ
नाम्लोको डाम् बसेकै छ।

खै के भयो र कहाँ खोज्ने मैले
भुन्टेको भोक् चिच्याईरहेकै छ
च्यान्टीको जाडो काँपिरहेकै छ
सेतै फुलेकी मेरि आमा
आँसु पिईरहेकै छिन्।

खै के भयो र,
सिर्फ,
एउटा नयाँ अँकै त रहेछ - नयाँ वर्ष
एउटा नयाँ पात्रै त रहेछ - नयाँ वर्ष।

मेरि सँगिनि झोक्किइन्,
देखेनौ बुढा नयाँ वर्ष -नियालेर हेरत।

बल्ल पो आँखा खुले,
नयाँ वर्ष,
कपाल पालेर पनि आएछ
नयाँ वर्ष,
कपाल फालेर पनि आएछ
नयाँ वर्ष,
मुन्द्रि हालेर पनि आएछ
नयाँ वर्ष,
मुन्द्रि फालेर पनि आएछ।

टोल-टोलमा - Beauty Contest बनेर आएछ,
मोल - मोलमा - Fashion Show बनेर आएछ,
गितारको तार बौलाएर पनि आएछ,
मैयाँको प्यार मौलाएर पनि आएछ।

त्यसैले,
शुभकामना मेरि संगिनिलाई पनि
पाना आकारमा टालिदेउ त पाखुरो चोलोको
तिम्रो पनि नयाँ वर्ष गाँजिएर आइहाल्छ।

......................
सुर् न ताल्
 
Posted on 09-09-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मायालुलाइ हरबख्त झुठ्ठी संज्ञा दिदा
हउरको मुटु हैन त्याँ जहर याद आउछ "

घत लाग्यो मिस दिदी। तर कुरो त्यसो हैन। खालि मायालुलाई मात्तै किन गालि गर्‍या भन्नुभ’च। सच्च्याउँछु, लु यो पढम है त।


सारा दुनियाँसंग लड्ने तिम्रो साहस याद आयो
म नै थिएं कायर फेरि तिम्रो साहस याद आयो

गर्ने छैन गुनासो ख्वाए नि सिस्नु फाँडो
भिजेका आँखाले हेर्दै तिमीले गरेको आश याद आयो

सबै हजुरकै भरमा, म रित्तै हात आउनेछु
मेरो झुपडिमा प्यारी तिमीले खोजेको बास याद आयो

कस्तो भुल भएछ अहो! अब पछुताएर के गरुं,
च्यातेका तिम्रा प्रेम पत्रहरु रासका रास याद आयो

ति दिन फर्किन्नन् 'नि हेर त के गति भो मेरो
के भुल गरेछु 'नि हरे, भो यो जुनि नाश याद आयो
 
Posted on 09-09-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ एक् से एक महारथीहरुको रचनाले चौतारी हीरा सरि जाज्वल्यमान भै सकेको रैछ। वरिष्ठ चौतारी बासिन्दा पूण्टे दाइ सङ्ग शिखर वार्ता रात्रीभोजमा मोज गर्दै बसेकोले चौतारीको बेग समात्न नसेकोमा क्षमा प्रार्थी छु। पहिला सबै पढुम् अनि टिप्पणी गर्ने हिम्मत गरुंला।
सबै गाम्लेहरुमा आइतबारे तारेमाम्।
 
Posted on 09-09-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो, म त अवाक ! गजलको चक्रपात नै आएछ यहाँ । मिसनानी, गालउ, अन्तरे र अन्य बान्धवहरुलाई धन्यवाद ।

सबै स्रष्टाका रचना र पुनर्चनाका सबै पक्षमा टिप्पणी गर्न त ठूलै गृहकार्य बेगर सम्भव छैन । त्याँमाथि, यस अंकमा विस्तृत टिप्पणी भन्दा संक्षिप्त टिप्पणी गरेर बढी भन्दा बढी ठाम मौलिक प्रस्तुतिहरुलाई दिनु वान्छनिय होला भन्ने ठान्छु ।

तैपनि गजललेखन बारे एउटा उपयोगी अघोषित मान्यता भनिहाल्न मन लाग्यो । त्यो के भने गजलका शेरहरु कुनै कुराको वर्णनको लागि कम र टिप्पणीका लागि ज्यादा हुन् । वर्णनको लागि उत्तम विधा त गद्य (निबन्ध, कथा) हो । जब सादा वर्णनमा वर्णन बाहेक अन्य कुरा नथपी कुरा पूर्ण हुँदैन, तब कविताको सहारा लिईन्छ ।

त्यसैसंग सम्बन्धित अर्को महत्वपूर्ण कुरा, कवितामा -- गजलमा त अझ ज्यास्ती नै – सिधा (literal) भाषा भन्दा प्रतिकात्मक (figurative) भाषाको प्रयोग बढी सुन्दर हुन्छ ।

स्रष्टाहरुले यस पक्षलाई कमोबेसी ध्यान दिएकै छन् र अझ बढी दिदै जानेछन् भन्ने विश्वासमा छु ।

अनि मिसनानी, हजुरको गजल पनि नपढी बस्थें म ? पढें । भनें नि, अवाक् बनाउने । अरु कुराले हैन, हउरको रुमानी साईडले, हि हि हि !

बट सिरियस्ली, मैले बुझेको कुरा के भने हाम्रो जीवनका कुनै कुनै प्यारा कुरा यस्ता हुन्छन् जसलाई हामीले जान दिनै पर्छ । तिनीहरु जान कै लागि बनेका हुन्छन् । र हामीले जतिसुकै चाहे पनि, कोशिस गरेपनि ती हामीसंग बस्ने होईनन् ।

पाकिस्तानका सुप्रसिद्ध प्रगतिवादी कवि स्व. फैज अहमद फैज यसो भन्छन्- चाहे फूलपसल्नीको हातको कोमलता प्रयोग गरुम चाहे व्याधाको मुठ्ठीको कठोरता, फूलको बासना र बुलबुल चरीको गीत हाम्रो पञ्जामै रहनको लागि होईनन्, जानको लागि हुन् ।

दस्त-ए-सैय्याद भी आजिज है कफ-ए-गुल्चीं भी
बु-ए-गुल ठहरी न बुल-बुल की जबाँ ठहरी है

दस्त = हात
सैयाद = व्याधा
आजिज = विफल
कफ = मुठ्ठी
गुल्चीं = फूल पसले
बु = गन्ध
गुल = फूल
जबाँ = आवाज

_____________

Nepe
 
Posted on 09-09-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै (नया पुराना अनि नेपथ्य मा चौतारी पढेर बस्ने) गाम्लेहरु लाइ आइतबारे जदौ। हिजै हो जस्तो लाग्छ, चौतारी मा लेख्न थालेको (चौतारी ११ हुदा छिरेको हो क्यारे) ।। हेर्दा हेर्दै ७५ भाग पुगिसकेछ।

चित्रे लाई ७५ औं चौतारी चिनेको मा धेरै धेरै धन्यवाद ।।

रिट्ठे को टुक्रो सानो भए पनि मिठो थ्यो।

गोतामे दाइ को कथाहरु पढेर एक चोटी हाम्रो पनि कुनै दिन यस्तै कथा लेख्ने दिन आउला भन्ने (२ ओटा कथा पढेर २ चोटी) सोचियो। जीवनको रमाइलोलाइ कलात्मक ढंगले चित्रण गर्नु भएको छ।

नमे को "सेन्टी" अनि "फन्नि" दुबै कबिता राम्रो छ। लेख्दै गर्नु, बेला बेला मा।

मिस दिदी को कथा ले चाइ अलि भाबुक हुन बाध्य पार्यो।

जिम्माल बा को गन्थन नि रमाइलो लाग्यो। फेरि एक चोटी आफ्नो नि तेसरी गन्थन गर्ने दिन पनि आ उला भन्ने लाग्यो।

ठुल्दाइ को आत्मकथा को पहिलो भाग दामि लाग्यो। कथा चाइ हिन्दी सिरिअल रोकिए जस्तो गरि "सस्पेन्स" मा रोकियो। बाकी भाग छिटै पढ्न पाइन्छ भन्ने आस छ।

नेपे दाइ को गजल सदा झै उत्तम छ। बरु यसो बेला बेला मा आउदै गर्नु भए हुन्थ्यो।

अन्तरेको गजल पनि मिलाएर पढियो, राम्रो लाग्यो। अरु पनि पढ्न पाइएला के रे?

धेरै लाइ धेरै को याद आए जस्तो छ। "याद आयो" गजल को त लहर नै चलेको रैछ। मिस दिदी, अन्तरे अनि गालब जम्मै को गजल मन पर्यो।

सुन्तले को नया बर्सको सन्देश पनि राम्रो छ।

अन्तमा, हाम्रो चौतारी को हिरक अंकको मा एउटो सानो टुक्रो म नि टास्नु परो।


A "love"


I’ve never felt vigor
like this before;
it's a love that
I will always adore.

A love with friendship,
humor and heart;
a bond so strong
it would never part.

A love that makes me smile
from eye to ear;
a love that is joyful
without any fear.

A love that is beautiful
from the inside out;
a love with no tears,
panic, pain, or doubt.

A love with soul
so tender and true;
a love that I have found
only in you...




 
Posted on 09-09-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरु गरौं है त:

सबैभन्दा पहिला माफ पाउँ, चाहेर पनि हिरक महोत्सबमा अहिलेसम्म राम्ररी भाग लिन पाइएन। शुक्रबारसम्म काम कै धपेडी थियो, शनिबार, आइतबार पहिल्यै देखी बनाएको आउट डोर प्रोग्राम ! बल्ल क्षणिक फुर्सद भयो, मिले सम्म हिरक महोत्सबमा आफ्नो तुक्ष सहभागीता जनाउने नै छु।

सबैभन्दा पहिला गोताएँ दाइको सडकमा ओर्लिएको घामको बारेमा एउटा मात्रै शब्द: सुन्दर! अती सुन्दर प्रस्तुती। आफ्नो सडकमा पनि घाम ओर्लिएको बेला याद आयो। मेरो भतिजा जन्मेको केही महिना सम्म फुच्चेको साथी बन्न पाइया थियो। कती निस्चल, निस्पाप हुन्छन बच्चाहरु! फुच्चे एक महिना जती को थियो क्यारे, जाडोको महिना, तेल लगाइ सकेपछी एकचोटि खेलाउनु पर्‍यो भनेर हिटरको नजिकै लगेर छातीमा राखेर खेलाउन सुरु गरे। भर्खरै तेल लगाएको हुनाले कपडा पनि लगाएको थिएन, डाइपर पनि थिएन। महासयलाई मसँग खेल्न मन नपरेको हो कि के हो, अचानक टाउको भरी पुरै कपाल, नाक, मुख भिजाउने गरेर सिंचाइ गरिदिनुभयो। सबैले जिस्क्याउन थाले, बाबुले तलाई पवित्र गरिदियो! अहिले त भतिजा महासय पाँच बर्ष पुग्न आँटे, प्राय: फोनमा कुरा हुन्छ, रमाइलो लाग्छ।

नमे ब्रो, साँच्ची अन द स्पट कबिता लेखेको हो? हामी माथि अन्याय नगरुम न प्रभु, यस्तो प्रतिभा हुने मान्छेले त बेला बेलामा चौतारीमा आफ्न सिर्जना पस्केर हामीहरु माथि उपकार गरुम न यार।

मिस दिदिको, एज युजुयल, गहन प्रस्तुती। फटिङ्रे पात्र मार्फत समाज मा ब्याप्त रुढिबाद्,जात भात जस्ता बिक्रिती माथि सटिक प्रहार।
रगत मेरो रातो, रातो रगत तिम्रो पनि
किन साथी तिम्रो ठुलो, मेरो जात नछुने?


जिम्माल बाको के कुरा गर्नु, अद्वितिय प्रतिभा। चौतारी हिरक महोत्सबमा बुढालाई दोसल्ला ओढाएर सम्मान पत्र दिए पनि फरक नपर्ने। अहिले सम्म चौतारीका सबैभन्दा नियमित गाउँले! हुन त जिम्माल न हुन, जिम्माल नै चौतारी आउन छोड्यो भने उरु कसरी आउँलान र, हैन? मनोबाद राउरो छ। कमलिको कुरा सम्झाएर मुटु चसक्क पारीदिनु भो।

ठुल्दाइ, सरि है बल्ल मात्रै कथा पढियो। ठुल्दाइको आफ्नै मौलिक प्रस्तुती, साधारण कुरालाई पनि अती राम्रो किसिम्ले बर्णन गर्न सक्ने प्रतिभा। तपाईंको कलमको फ्यान भएको हुनाले अनुराधा जीको बारेमा तपाईंको लेख्न सुरु गर्नुभएको कथाको अर्को भागको ब्यग्र प्रतिक्षामा।

नमे ब्रोको पहिलो आँसु, दोस्रो हासो प्रस्तुती। रमाइलो रहेछ, हेरी नकचरो बिर्खे, उप्स हेरी श्रीमान नकचरा जिम्माल बा! खित खित खित.....

गोताएँ दाइको दोस्रो प्रस्तुति जस्तो सुन्दर यात्राको प्रतक्ष्य अनुभव भएन तर प्रस्तुतिको मौलिकताले गर्दा उहि भतिजा महासयको फेरि याद आयो। पाठकले कथाका घटनाक्रमहरु आफ्नै वरीपरी भईराखेको जस्तो अनुभव गर्न पाइने प्रस्तुती, वेल डन! तपाइँ, भाउजु र आर्यालाइ सुन्दर यात्राको निरन्तरताको लागि धेरै धेरै सुभ कामना!

नेपे दाजीले आफ्नो पहिलो स्रीजनाको लागि हाम्रो फोरमलाइ योग्य सम्झिनु भएको मा धन्यबाद। तपाइहरुको माया र आसिर्बादले चौतरि अनन्तसम्म फैलिरहने छ।

अन्तरे ब्रो, मिस दिदि, मित्र गालबका निरन्तर गजल बर्षा तथा सुन्तले साथि तथा नेप्चे ब्रोका कबिता बर्षामा भिज्न पाँउदा मजा आयो। भर्खर महोत्सब त सुरु मात्रै भएको छ, अझै धेरै धेरै निथ्रुक्क भिज्न पाइयोस।

सबैलाई फेरी पनि हिरक महोत्सबको शुभ कामना!
 
Posted on 09-09-07 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब आफ्नै गनथन:
एउटा टुक्रो जानि नजानि लेखेको थिए महोत्सबको लागि, कस्तो पो हुने हो? पढि दिएर प्रतिक्रिया दिनु भए सुधार गर्ने मौका पाइने थियो। कसैले पनि अन्यथा नलिनु भए एउटा कुरा भनुम् है, प्रतिक्रिया दिँदा राम्रो छ, मन छुने, राम्रो कथा बस्तु त सबैले भन्न सक्छन तर स्रिजनाका कमि कमजोरिका बारेमा सर्जकलाइ सजक गराउने हिम्मत प्राय जस्तो गोताएँ दाइले मात्र देखाउँछन तसर्थ त्यस्तै कमेन्टहरुको आसामा मेरो सानो प्रयास, चौतरि हिरक महोत्सबको उपलक्ष्यमा:

ममता

धेरै पहिलेको कथा हो, एउटी बुढी आमै आफ्ना दुईजना नातिहरुलाई साथमा लिएर कतै गइरहेकी थिइन। छोरीको छोरालाई काखमा बोकेकी थिइन, अनी छोराको छोराको हात समाएकी थिइन। त्यती नै बेला कता कताबाट एउटा भुस्याहा कुकुर उनिहरुको नजिक आउँछ। कुकुरलाई देखेपछी काखमा रहेको छोरीको छोराले आफ्नो तोतेबोलिमा भन्छ, 'ए कुकुल, मलाई होइन यो बुडिलाई टोक है!'
आफ्नो भाईको कुरा सुन्ने बित्तिकै छोराको छोराले एउटा लट्ठि उठाउँदै भन्छ,' ए कुकुर, मेरी बज्यैलाई टोक्ने हैन, नत्र तेरो टाउको फुटाइ दिन्छु।'

*****************************************************

'ड्याडि, हजुरआमाले मलाइ र दिदिलाइ एक एक टुक्रा स्याउ मात्रै दिइन, फुफुको छोरिलाइ चाहि सिङ्गै दाना दिइन।' आज पनि पसलबाट घर पुगेको मात्रै थिए, सुनिलले रुँदै रुँदै भन्यो।
'केहि छैन बाबु म तिमिलाइ भोलि पसलबाट फर्किंदा धेरै स्याउ ल्याइदिन्छु, तिमि र दिदि मात्रै मिलेर खानु, कसैलाइ नदिनु।" सुनिललाइ फकाउने प्रयाश गरें।
बच्चा न हो, एकैछिनमा फुर्किहाल्यो, भोलि धेरै स्याउ पाउने भइयो भनेर दिदिलाइ बताउन दौडिंदै गइहाल्यो। तर हाम्रि आमा त बच्चा होइनन र पनि किन बच्चा बच्चिको जस्तो ब्यबहार गर्छिन। बहिनिको छोरि र मेरा छोरा छोरी, उनकै नाति नातिना त हुन, तर किन भेदभाब? अस्ति पनि बजार गएकि रहिछन, बहिनिको छोरिको लागि मात्रै फ्रक किनिदिइन, सुनिल र सुनिता कति रोएका थिए त्यो दिन, हामिलाइ चाइ केहि पनि किनि दिएन भनेर। अब त यसरि सधैं सगोलमा बस्न मुस्किल नै होला जस्तो छ।

मैले रमासँग बिहे गर्छु भन्दा कस्तो प्रतिबाद गरेकि थिइन आमाले, अहिले हुँदैन, बिहे गर्ने बेलै भएको छैन, अहिल्यै बिहे गर्‍यो भने घर ब्यबहार सम्हाल्न मुस्किल हुन्छ रे, के के भनिन के के भनिनन त्यतिबेला। खै त परिवार पालेकै छु अहिले, दुइजना छोरा छोरि भइसके, श्रीमति, छोरा छोरीलाइ मिठो मसिनो खान दिएकै छु, बस्ने बास छँदैछ, आङ नाङ्गो राखेको छैन। के चहियो यसभन्दा बढि?

एउटै स्कुलमा पढ्थ्यौ रमा र म, रमा आठमा म दसमा। सँगै स्कुल आउने जाने क्रममा माया प्रेम कुन बेला बसेछ थाहै भएन। जब थाहा भयो एक अर्का बिना बाँच्नै नसक्ने भइसकेका थियौं। बिहे गर्ने निर्णय गर्‍यौं, सहमति पाइएन, न रमाको घरबाट न मेरो घरबाट। समाजले, घर परिवारले, नाता कुटुम्बले कसको पो साँचो प्रेमको कदर गरेका छन र, लैला-मजनु, हिर-राँझा, रोमियो-जुलियट देखि लिएर मुना-मदन, मालति-मङ्गलेसम्म कसैले समाजको साथ पाएनन।

मन्दिरमा गएर सिन्दुर पोते लगाइदिए रमालाइ। परिवारको ढिपि कति दिनसम्म चल्थ्यो र, आमाले रमालाइ बुहारि भनेर भित्र्याउनु परिहाल्यो, रमाको आमा बुबाले मलाइ ज्वाँइ स्विकार्नु परिहाल्यो। हो, बिहे गरेर घर ब्यबहारको चक्करमा परेपछि रमाको पढाइ छुटिहाल्यो, मैले पनि दुइचोटि गरेर पनि एस. एल. सि. पास गर्न सकिन। तर पढाइले मात्र के हुन्छ र, घर ब्यबहार चलाउन पुग्ने पैसा पसलबाट कमाउन सकिराखिएकै छ। मेरो बिहे हुँदा दाइको भरखर एस एल सि सिद्धिएर आ इ ए पढ्न चितवन गएको थियो, बल्ल यो बर्ष एम ए सिद्ध्याएर बिहे गर्‍यो। अहिले काठामन्डौंमा पाँच छ हजारको जागिर खाँदैछ, मेरो महिनाको बार्‍ह्र चौध हजारको कारोबार हुन्छ। दोस्रो चोटि पनि एस. एल. सि. पास गर्न नसके पछि ब्यापर सुरु गरेको हुँ, अहिलेसम्म राम्रै चलिराखेको छ।

'यसरि कति दिनसम्म साबुन तेल मात्रै बेचेर बसिराख्छस? बरु हिंड मसँग इन्डिया, म काम गर्ने फ्याक्ट्रिको साहुले पनि मान्छे खोजिराखेको छ, १५-१६ हजार भा रु तलब हुन्छ।' स्कुल पढ्दा मेरो सबैभन्दा मिल्ने साथि केशबले यसपालि छुट्टिमा घर आउँदा भन्यो।
केशबको कुरा ठिकै हो, फेरि अहिले ब्यापार गर्ने बाताबरण पनि त्यति राम्रो छैन, कहिले कसलाइ चन्दा देउ कहिले कसलाइ, फेरि उधार माग्ने पनि उति नै हुन्छन। पसल बेचेर केशबसँगै गएँ। काम पनि राम्रै रहेछ, कार्पेट फ्याक्ट्रि रहेछ साहुको। मेरो काम चाइ ग्राहकहरुलाइ सो रुममा कार्पेटहरु देखाउने। कहिलेकाहि ठुलो क्लायन्ट छ भने एयरपोर्ट या स्टेसन सम्मै लिन जाने अनि कार्पेट्को मोल मोलाइ गर्ने। १५ हजार भा रु चानचुन तलब, बस्न अफिस कै क्वार्टर। हरेक महिना केहि पैसा घर पठाइसके पछि पनि अलिकति बचत हुने। अब त सुनिल र सुनिता पनि स्कुल जाने भइसके। म इन्डिया आएको केहि दिनपछि नै रमा पनि सुनिल र सुनितालाइ लिएर माइत मै बस्छिन, आमासँग बस्न सकिनन रे। आमा पनि त्यस्तै रमालाइ देखि सहन्निन्।

कार्पेट फ्याक्ट्रि मै काम गर्ने एकजना पन्जाबी साथिको दाइको रेस्टुरेन्ट रहेछ जर्मनीमा। पाँच लाख भा रु मा नक्कलि इन्डियन पासपोर्ट बनाएर कुकको भिसामा जर्मनी उडाइदिने कुरा गर्‍यो। अंसबन्डा गरेर आफ्नो भागको सम्पत्ति बेचेर जर्मनी जाने निधो गरे। अंसबन्डा गर्न न त दाइले मान्यो न त आमाले नै। आफ्ना पुर्खाहरुले कमाएको सम्पत्ति भागबन्डा गरेर बेच्न नदिने कुरामा आमाले त अड्डि नै कसिन। नियमानुसार मैले पाउने मेरो भागको सम्पत्ति पाउन मुद्दा नै हाल्नु पर्‍यो। आफ्नो भागको सबै खेत-बारिहरु बेचेर पनि भनेको जति पैसा पुर्‍याउन सकिएन। बाँकि पैसा ब्याजमा खोजेर उडियो, पैसा फल्ने सपनाको देश।

पन्जाबिले त भिसा लगाएर उडाइदियो, अब गर्ने के, कसरि काम खोज्ने? त चिता म पुर्‍याउँछु भने जस्तै हाम्रै गाउँको एक जना दाइको ठेगाना थियो मसँग, एउटा रेस्टुरेन्टमा वेटरको काम गर्दा रहेछन, त्यहि रेस्टुरेन्टमा भाँडा माझ्ने काम मिलाइ दिए। काम गर्ने कागज नभएको हुनाले पैसा थोरै थियो तर नेपालिमा हिसाब गर्दा नेपाल-इन्डियामा कमाएको भन्दा कति हो कति बढि।
यसरि बिना कागज त कति काम गर्ने कुन दिन चेकिङमा परिन्छ भनेर जहिले पनि ढुक ढुक! दाइले नै एउटा केटि मिलाइ दिए बिहे गर्नको लागि। जर्मन केटिसँग बिहे गरेर तिन बर्ष संगै बसेपछि जर्मन पासपोर्टको लागि एप्लाइ गर्न पाइने रहेछ, त्यो दाइले पनि त्यसरि नै जर्मन नागरिकता लिनु भएको रहेछ। बिहे गर्दा रमा र छोरा छोरि नसम्झेको त हैन तर तिन बर्ष त हो, फेरि मैले जे गरिराखेको छु उनिहरु कै राम्रोको लागि त गरिराखेको छु भन्ने लागेर फेरि दुलहा बनियो। अब चाहि अस्थाइ नै भए पनि काम गर्ने कागज मिल्यो, पैसा पनि पहिला भन्दा राम्रो पाइन थाल्यो। केहि महिना पछि घर गएर रमा र छोरा छोरिलाइ काठमाण्डौं मै डेरा लिएर राखेर आए। उनिहरु एक्लै हुन्छन भनेर सासु र ससुरा पनि उनिहरुसँगै बस्न थाले। यसपालि घर जाँदा आमालाइ भेट्न पनि भेटिन।

बिदेशी केटीसँग बिहे गरेर आफ्नो स्वार्थपुर्ती भइसके पछी छोड्ने चलन सामान्य रहेछ। मेरो नेपालमा बिहे भाईसकेको छ भन्ने कुरा यता बताउने कुरै भएन, उता नेपालमा पनि मैले यत पनि बिहे गरे भनेर कसरी भन्नु? रमासँग फोनमा कुरा गर्दा कहिले काही कहाँ बस्छौ, को सँग बस्छौ, के गर्छौ जस्ता दर्जनौ प्रश्न सोध्थिन। शायद मैले यता बिहे गरेको कुरा कसैले बताइ दियो कि? यता पनि श्रीमतीले बच्चाको रहर गर्न लागिन, शायद दुई तीन बर्षपछी मैले छोड्छु भन्ने अनुमान गरिन होला। बच्चा भएपछी कमसेकम बच्चाको मायाले त बाँधिराख्ला भन्ने सोचिन होला।

यसपाली घर जाँदा रमा अली बिरामी रहिछिन। डक्टरले मानसिक समस्या भएको कुरा बताए। शायद मेरै बारेमा धेरै सोच्छिन होला, मनमा के के कुरा खेलाउँचिन होला। स्कुल मै छँदा माया पिरती बसेपछी सबैसँग बिद्रोह गरेर बिहे गरेको, टाढा रहन त मलाई पनि कहाँ मन छ र तर के गर्ने मैले जे गरिराखेको छु रमा र छोरा छोरी कै लागि त गरिराखेको छु नि। फेरी अब त उता पनि छोरा जन्मिसक्यो, उनिहरुलाई पनि त चटक्कै छोड्न सकिंदैन। नराम्रो दोधारमा पारीयो, कसलाई बताउने आफ्नो ब्यथा, कसैलाई बताएर नै के हुने हो र? यता सुनिल र सुनिता राम्रै स्कुलमा पढिरहेका र सासु ससुरा पनि सँगै बसिराखेका हुनाले अलिकती भए पनि चिन्ता काम हुन्छ।

दाइले फोन गरे बिहानै: रमाले हामीहरु सबैलाई छोडेर गइन रे, कहिल्यै नफर्किने गरेर। मानसिक रुपमा यती बिक्षिप्त भइसकेकी थिइन कि हातको नसा काट्नु अगाडि छोरा छोरीको बारेमा पनि सोचिनन। अस्ती मात्रै त कुरा भएको थियो रमासँग, अब एक्लै बस्न नसकिने कुरा गर्थिन। एक डेढ बर्ष अझै कुरौं, त्यसपछी सधैंको लागि सँगै बसौला भनेर सम्झाएको थिए। चाहेको समयमा जर्मनी छोड्न नपाईने हुनाले रमाको अन्त्यस्टिमा भाग लिन पनि जान सकिन। यो खबर सुन्ने बित्तिकै आमा काठमाडौं आएर सुनिल र सुनितालाई आफुसँगै लिएर गइन र अब सधैं आफैसँग राख्ने कुरा गरिन रे। उनिहरुको स्कुलमा तिर्नुपर्ने बाँकी पैसा पनि सबै आमाले नै तिरीदिइन रे।

************************************************

राती अचम्मको सपना देखे: त्यही पुरानो कथा, त्यही बुढी आमै, त्यही नातिहरु, त्यही कुकुर अनी त्यही संबादहरु। सबै कुरा पुरानै छन भने के अचम्म भयो भन्ने सोच्नुभयो होला। अचम्म कसरी भयो भने त्यो द्ऋस्यमा म पनि रहेछु, अचम्म किन भयो भने पुराना कथाका संबादहरु सिद्धिसकेपछी, ति बुढी आमै मेरी आमामा परिवर्तन भइन, काखको नाती मेरी भान्जी अनी हिडिरहेको नाती मेरो छोरा सुनिलमा!

आमाले भनिन्,' बाबु तैले सोचिराखेको होला मैले नाती नातिमा पनि भेदभाव गरे, छोरीको छोरीलाई बढी माया गरे, तेरा छोरा छोरीलाई कम । तर त्यसो होइन, आमाको माया कसैको लागि पनि कम हुँदैन, आमाको मायामा कहिल्यै पनि भेदभाव हुँदैन, आमाको मायामा कहिल्यै पनि शँका नगर्नु।"

मैले सोधे,' त्यसो भए किन तपाईंले भान्जिलाई काखमा बोक्नु भएको अनी मेरो छोरालाई हिंडाइ रहनु भएको, के यो भेदभाव होइन, के आफ्नै आँखाले देखेर पनि तपाईंको मायामा शंका नगर्नु?'

आमाले भनिन, 'मलाई तैले मेरो मायामा शंका गरिस् भन्दा पनि तैले आमाको माया बुझ्न सकिनस भनेर दु:ख लागेको छ। छोरा, कुरा के हो भने, छोरीको छोरा छोरी आफुभन्दा टाढा हुने हुनाले पराइ नभए पनि पराइ जस्तइ लाग्छन। तर त्यस्तो होइन, उनिहरु पनि छोराका छोरा छोरी जस्तइ आफ्नै हुन। कहिले काही मात्रै भेट हुने हुनाले अली बढी माया गरिएको जस्तो देखिने मात्रै हो तर आमाको माया सबैमा बराबर नै हुन्छ। आज तेरी भन्जिलाइ काखमा बोक्नुको कारण पनि त्यही नै हो, बर्षमा एक दुई चोटि मामा घर आउने नाती-नातिनीहरुलाई बर्ष भरिको माया दिएको मात्र हो। फेरी काखमा बोकेको नातिले कुकुरसँग आफुलाई नटोक्न बरु हजुर आमालाई टोक्नु भन्नु र हिडिरहेको नातिले हजुर आमालाई नटोक्नु भन्ने कुरालाई पनि अन्यथा नलिनु। यसमा आफ्नो पराइ भन्दा पनि खाली बाल मनोबिज्ञानले मात्र काम गरेको छ। छोरीका छोरा-छोरी आफु भन्दा टाढा हुने र कहिले काँही मात्रै भेट हुने हुनाले मामाघरका नातेदारहरुलाई पराइ जस्तइ ठान्छन तर छोराका छोरा-छोरीहरु सधैं सँगै हुने हुनाले आफ्नै ठान्छन। त्यही भएर छोरीको छोरा र छोराको छोराको व्यबहारमा फरक देखिएको हो तर समय सँगै बुझ्ने भएपछी दुबै जनाको व्यबहारमा फरक हुँदैन। तैले त दुई चार क्लास पढेको थिइस, देस बिदेश देखेको थिइस तर पनि यती कुरा पनि किन बुझ्न नसकेको?'
आमा भन्दै गइन, ' तैले सोचेको होलास मैले तलाई कहिल्यै माया गरिन, तैले गर्छु भनेको काममा कहिल्यै साथ दिइन तर त्यस्तो हैन । छोरा, तैले सानै उमेरमा बिहे गर्छु भन्दा मैले हुँदैन भनेको हुँ, अहिले त तैले पनि बुझिस होला, सानैमा जिद्दी गरेर बिहे गरेर पढाई पुरा गर्न सकिनस, कहिले कता कहिले कता हंडर खाँदै हिंड्नु पर्‍यो। आखिर तेरै अपरिपक्व निर्णयले गर्दा रमालाई पनि गुमाउन पुगिस। तेरो दाईलाई हेर त पढाई सकेर समाजमा सानै भए पनि आफ्नो ठाँउ बनाइ सकेको छ। पुर्खाको सम्पत्ती बेच्छु भनिस, मुद्दा हालिस तर के पायिस आखिरमा? तेरा बाबु बाजेले हाड खियाएर कमाएको सम्पत्ती पनि गुमाइस हैन?
'बाबु, यती बुझी राख आमा कहिल्यै स्वार्थी हुँदिनन र यदी हुन्छिन भने पनि आमाको एउटा मात्र स्वार्थ आफ्ना छोरा छोरीहरुको प्रगती भएको देख्नु, छोरा छोरीको मुहारमा खुशी झल्किएको देख्नु मात्र हुन्छ। नौ नौ महिना गर्भमा राखेर, आफ्नो शरीरको अङ्ग जस्तै स्याहारेर, अनेक दु:ख कस्ट गरेर जन्माएका छोरा छोरीको कुभलो चिताउन कुन चाँही आमाले सक्लिन। शायद मैले नै तलाई म कती माया गर्छु भनेर देखाउन सकिन तर मैले संसारमा सबैभन्दा माया गर्ने भनेको नै तँ, तेरो दाई र तेरी बहिनी नै हौ, मेरो मायामा, आमाको मायामा कहिल्यै शंका नगर्नु।

*******************************
सुनिल ले फोन गर्‍यो बिहानै, 'ड्याडी दिदी र मेरो चिन्ता नगर्नु, अब हामीहरु हजुरआमासँगै बस्छौं, स्कुल धेरै दिन नछुटोस भनेर आज बिहानै हजुरआमासँग हामीहरु काठमाडौं आइसक्यौं, अब हजुरआमा सधैं हामिसँगै बस्ने रे!'

आमासँग कुरा गर्न मन त लागेको थियो, कसरि गर्ने, कुन मुखले गर्ने। माफि नै मागौं भने पनि मैले माफि नमाग्दै मलाइ माफ गरि सकेकिछिन होला तर कसरि बोलौ आमासँग। अब सबै भन्दा पहिले घर जान मिल्ने भए पछि आमाको खुट्टा समाएर धक फुकाएर रुन्छु, मैले गरेको पाप मेरै आँसुले नपखलिन्जेलसम्म रोइ रहन्छु, आँसु झारि रहन्छु।

***************************************************


(नजिकिंदो पर्ब तीजको उपलक्ष्यमा चौतरिका सम्पूर्ण ममतामयि दिदि बहिनिहरु प्रति समर्पित)
Last edited: 09-Sep-07 04:40 PM

 
Posted on 09-09-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle sathiharu taaaaaaaaaaaaaaaaaa
 
Posted on 09-09-07 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कुकुरलाई देखेपछी काखमा रहेको छोरीको छोराले आफ्नो तोतेबोलिमा भन्छ, 'ए कुकुल, मलाई होइन यो बुडिलाई टोक है!' " यो कथाले रेडियो नेपालमा आउने नाटक "तिमीहरुको पनि छोरी छे " भन्ने याद आयो , दामि छ ग्वाचे ब्रदर, थप्दै जाउ यस्ता सिर्जनाहरु । तिजमा दिदी बहिनी सितै दाजु भाइलाइ पनि सम्झे हुन्छ नि, हाम्रो नि यो बिरानो मुलुकमा को छ र ?
हो ग्वाचे मैले ति दुइटा कबिता मेसज बक्समा सिधै टाइप गरेको हु, ओभअरल स्वरुप राम्रो हुन्न कि भनि डर मानी मानी टाइप गरे, सबैले राम्रै माने, मेरो माना, पाथि र मुरी धन्यबाद । तर आजकाल नेपालि भोक्याबुलेरी घट्दै गएको हुदा साझाका हस्तिको अगाडी कबिता लेख्न आट नै आउदैन ।
Last edited: 09-Sep-07 05:36 PM
Last edited: 09-Sep-07 05:38 PM

 
Posted on 09-09-07 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले नि यै हिराको चौतारीमा तिजको गित डेलेकट गरे सप्पै दिदी बहिनिलाइ ।


 
Posted on 09-09-07 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले नि यै हिराको चौतारीमा तिजको गित डेलिकट गरे सप्पै दिदी बहिनिलाइ ।


 
Posted on 09-09-07 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-09-07 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै को को कता कता छन त?

 
Posted on 09-09-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा यो LaTeX-बिद्वान कोही छ?
मेरो दिमाग खान लाग्यो यसले।

त्यो टेबल भित्र चित्र हाल्नु पर्ने !


त्यो नगरी म त नपढ्ने चौतारी-सौतारी।
 
Posted on 09-09-07 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

जोड्दार गजल, कविता, कथाहरू आइरहेका रहेछन्। मिस दिदी र अन्तरेका गजल दोहोरी दामी छ, अति रमाइलो।

गालबको गजलले हँसायो!

सुन्तलेको कविता राम्रो लाग्यो नयाँ वर्षको।

नेउचेको अंग्रेजी कविता पनि दामी छ प्रेमको बारेमा।

ग्वाँचेको कथाले मन छोयो, अति मार्मिक। तिम्रो ओरिजिनल ईस्टाइलमा छ, जीवनको वास्तविकतालाइ दार्शनिक ढंगले प्रस्तुत गरिएको छ।

रिठ्ठे, नमे, ठूली र अरूलाइ जदौ!

भौते, मलाइ LaTeX को बारेमा त्यति थाहा भएन। यो लिङ्ले मद्दत गर्ला कि?
- http://www.hep.man.ac.uk/u/jenny/jcwdocs/latex/figures.html
 
Posted on 09-09-07 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज म काठ्माडौं उपत्यकाको एक दन्त्यकथा लेख्दैछु, सानो हुँदा केशर लाल द्वारा लिखित ‘Lore and Legends of Nepal’ नामक पुस्तकबाट अंग्रेजी कथाहरू आमाले उल्था गरी सुनाउनुहुन्थ्यो, पछि अलि ठूलो भएपछि आफैंले उक्त पुरानो पुस्तक फेला पारी पढेको थिएँ। अहिले धेरै कुरा भुलिसकें तर पनि सम्झन सकेजति र केही आफैंले थपेर प्रस्तुत गर्ने जमर्को गरेको छु।

चार यात्री

कुनैबेला काठ्माडौं उपत्यकामा चार जना मित्रहरू थिए, विभिन्न पेशाका:- सिकर्मी, चित्रकार, दमाइ र दहीको व्यापारी। उनीहरूलाइ बस्ने ठाउँको खाँचो थियो, त्यसैले शहरबजार चाहर्दै थिए। उनीहरूसँग आ-आफ्नो पेशागत सामग्रीहरू साथै थियो, जस्तो सिकर्मीसँग किला र घन, चित्रकारसँग रंग र कूची, दमाइसँग बाजा अनि दहीको ब्यापारीसँग दही। बाटोमा हिंड्दा हिंड्दै उनीहरूले एउटा लामो डोरी र ठूलो नाङ्लो किने। केही समय हिँडेपछि चारैजना यात्रीहरू शहरको कुनामा आइपुगे जहाँ एक सुन्दर घर थियो र घरको अगाडी एउटा ईनार।

उनीहरूले आपसमा सल्लाह गरी त्यही घरमा बस्ने निधो गरे तर उक्त घरबाट कोही घुरेको आवाज बाहिरैसम्म आइरहेको थियो। तैपनि उनीहरू बिस्तारै भर्याङ् उक्लन थाले, घरको तेस्रो तलामा पुग्न लाग्दा घुरेको आवाज ठूलो र भयानक भैसकेको थियो। तेस्रो तलामा पुगेपछि चारैजना मित्रको होसहवास उड्यो, मुटुमा ढ्याङ्ग्रो ठोक्न थाल्यो। त्यहाँ त चारजना अजंगका डरलाग्दा राक्षसहरू पो सुतिरहेका थिए। लामा लामा दाह्रा, जिङ्गिङ्ग कपाल, टाउकोमा सिङ् भएका र भयानक आवाज निकालेर घुरिरहेका राक्षसहरू देखेर चारैजना मित्रको हरेक अंग काँप्न थाल्यो। तर उनीहरूले त्यहाँबाट नभागी केही जुक्ति गर्ने विचार गरे।

त्यसपछि चारजना मित्र मध्ये चित्रकारले आफ्नो रंग र कूचीको प्रयोग गरी सुतिरहेका राक्षसहरूको अनुहारमा जथाभावी रंगहरू पोतिदिए। त्यसपछि उनले भित्तामा अर्को अजंगको राक्षसको चित्र कोरे, त्यस चित्रको विभिन्न भागमा सिकर्मीले किला ठोकिदिए। किला ठोकेको आवाज सुनेर राक्षसहरू ब्युझिन लागे। यो देखी चारैजना कोठाको नदेखिने एक कुनामा लुक्न गए। चारै जना राक्षसहरू ब्युझिएपछि एक अर्कालाइ देखेर मरीमरी हाँस्न थाले। तर एकैछिनपछि उनीहरूलाइ यो अरू कसैको दुष्ट्याईं हो भन्ने लाग्यो र भयानक आवाजमा कराउन थाले, “हाम्रो अनुहारमा जथाभावी रंग पोतेर कुरूप बनाउने धृष्टता गर्ने को हो? हिम्मत छ भने अगाडी आइज!!!”
चारजना लुकिरहेका मित्रहरू मध्ये सिकर्मीले ठूलो स्वरमा भन्यो, “हा हा हा! म तिमीहरू जस्तै राक्षस हुँ, म तिमीहरू भन्दा ठूलो र बलियो छु! ज्यान जोगाउने मन छ भने यहाँबाट भागिहाल्!!! हा हा हा हा!!!”

यो कुरा सुनेर राक्षसहरू अत्यन्त क्रोधित भई जंगिए, “हाम्रो घरमा आएर हामीलाइ नै निक्ली भन्ने? तेरो यत्रो हिम्मत? ल आइज तँलाइ अहिले नै मारिदिन्छौं!!!”

यो सुनी सिकर्मी झन् ठूलो स्वरमा अट्टहास गर्ने थाले,” हा हा हा! लौ भित्तातिर हेर्, म यहीं छु!”

भित्तातर्फ हेर्दा आफूहरू भन्दा भयंकर र अजंगको राक्षस देखी एकछिन त उनीहरू डराए, तर चारजना मिलेर भिड्ने विचार गरी नजीकै पुगेर न्वारनदेखिको बल निकालेर राक्षसको चित्रमा हिर्काउन थाले चारैजनाले। भित्तामा ठोकिएको किलाले राक्षसहरूको हात रगताम्य भयो। यो देखेर उनीहरू “ यो राक्षस त हामी भन्दा पनि बलियो रहेछ” भन्दै हतार हतार भर्याङ् ओर्लन थाले। बाहिर पुगेपछि उनीहरूले अझै पनि माथिको ठूलो राक्षसको बल जाँच्ने बिचार गरे।

एउटा राक्षस तलबाट चिच्यायो, “तँलाइ हामी भन्दा ठूलो र बलियो छु जस्तो लाग्छ भने आफ्नो एउटा कपाल देखा, कत्रो छ हेरौं हामी पनि!!!”

दमाइले अघि शहरमा किनेको डोरी झ्यालबाट खसालिदियो, राक्षसहरू छक्क परे। एउटा रौं नै यत्रो मोटो छ भने बाँकि कपाल कस्तो होला भनी सोची मनमनै डराए।

फेरी अर्को राक्षस करायो, “ तेरो अनुहार कत्रो छ देखाउन सक्छस्?” चित्रकारले नाङ्लो झ्यालबाट फ्याँकिदियो। त्यति ठूलो नाङ्लो देखेर उनीहरूको डरको मात्रा बढ्न थालिसकेको थियो।

तेस्रो राक्षसले अब हिम्मत गरेर सोध्यो “तैले एक चोटी खोक्दा कति खकार निकाल्न सक्छस्?”

दहीको ब्यापारीले आफुसँग ल्याएका चार भाँडा दही झ्यालबाट हुत्याइदियो।

यो देखेर चार जना राक्षसहरूको डरले सीमा नाघ्न लाग्यो। तर त्यहाँबाट भाग्नु भन्दा पहिले उनीहरू माथि रहेको राक्षसलाइ एकपल्ट हेरेर यकिन गर्ने चाहन्थे। उनीहरूमा भर्याङ् उक्लेर माथि जाने हिम्मत भने थिएन। त्यसैले एकजना राक्षस घर अगाडिको ईनारमा चढ्यो, दोस्रो राक्षस पहिलोको जीउमा चढ्यो, तेस्रो दोस्रोको जीउमा र चौथो तेस्रोको जीउमा चढ्यो। यसरी सबभन्दा माथिको चौथो राक्षस तीन तला माथिको झ्यालको उचाइमा पुग्यो। ऊ चिच्यायो, “ए बज्जिया! लौ तेरो अनुहार फेरी एक पल्ट हेरौं! अनि सक्छस् भने एउटा गीत गाएर सुना!”

यो सुनी दमाइले आफ्नो लामो बाजा एक्कासी झ्यालबाट निकाली जोडले बजाइदियो, ”प्याँयाँयाँयाँयाँ!!!”
अचानक त्यति जोडदार आवाज सुनेर सबै राक्षस तर्सिए, अनि सन्तुलन बिग्रेर चारैजना राक्षस ईनारमा खस्न पुगे।

यो देखी चार जना मित्रहरू हतार हतार तल ओर्लिए र ईनारमा खसेका राक्षसहरूलाइ ढुंगाले हानेर मारिदिए। तत्पश्चात ती चारजना मित्रहरू उक्त घरमा आनन्दका साथ रहन थाले।
Last edited: 09-Sep-07 11:24 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
TPS Re-registration
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters