[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३१ **

[Please view other pages to see the rest of the postings. Total posts: 387]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 103618 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 11-15-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......





ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ




 
Posted on 11-16-06 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बाबा ठाकुरे!!! लु सकिएन आज नि गर्नु अरेछन गाम्लेहरुले!!
पछि बिस्तारमा माथिको खलबल पडेर चाइन्जो मिला'र लेख्नु पर्ला।

लु न्वारन स्वारन अर्न एसो अछेता पाति खोजेर ल्याम्न परो।
म अइले तर खोरिया सम्म पुएर आम्छु, तिमेरु बस्दै अर। तर के भर् आफु आ' ट्याममा चरो मुसो कोइ हुन्न चौतारिआँ। एक्लै फत्फताओ अनि सुरुवाल टक्टक्याम्दै हिनो..एइ चाल भैरा'छ गोडा तिन-चारेक दिन देखुन।
हरिशरणम्!
 
Posted on 11-16-06 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका!!! कति हसाए यि केटकिटिहुरले

अब 'निस' त चौतारियाँ आउदैन के रे । निस को साथिलै पैसो तिर्न जाउ भुन्यो भने फेरि नाङ्ला गएर बिएर र कोक खाएर अर्को विल आउला भुन्ने डर। निस को सबभन्दा नजिकको मुन्छे 'निसकि' साली नानी यइ चौतारियाँ नै छिन ।

जिम्माल बा पुनि आउनु भे'च बरै । पञ्चायत त बोलाउनै पर्यो

'निस' को सालीनानीले झन ठुलो डिफेन्स गरिसकिन पैसो तिर्न पर्च भुनेर॒-
ग्वाँचेलै झुट अरे ।
तिरु ल निकाल दशै तिहाराँ बेला टिको'ला अउरिकन रुप्पे
 
Posted on 11-16-06 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्री सुभे दि पनि के भा'कि :p ग्वाचे को पक्ष्ये लिएर, ऐले आ'र मैले तिर्नु रे काम् गर्नि कालु मकै खाने भालु जस्तो कुरो अरेको ।
त्यो पनि टिका ला' दक्षिना ले :( । (दक्षिना नि दिने बेलाँ एउ पैसो गाइ छाप् दिने आफु)

खास् मा कुम्ले ले तिरिसक्या रे'छ ग्वाचे ले झूट् बोल्या रे'छ।
 
Posted on 11-16-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मेरो नि काउन्टर स्टोरी आयो। तितौरीको सपोर्टर अलि कम जस्तो लागेकोले तितौरीको पक्षमा लेख्न खोजेको, कुम्लेलाई भने अलि अप्ठ्यारो पो पर्ने हो कि। कुम्ले, तपाईको उपरोक्त नामको साँच्चिकै साथी छन् भने अहिले नै क्षमा माग्छु है, यो कथा पूर्णत: काल्पनिक हो। :P


मिति:- १६ नोभेम्बर ०६
स्थान:- हेलेना, मोन्टाना

डायरी लेख्न छोडेको पनि धेरै भएछ, अब त लेख्ने तरीका नै भुलिसकेछु, रिसर्चमा यति व्यस्त भएछु कि समय गएको पत्तै भएन। तीन वर्ष त चालै नपाई बितिसकेछ अमेरिका आएको पनि।

आज निशान्तेको ईमेल आएको थियो, H1B भिसा मिलाएर आएछ न्यू योर्क, बिहे पनि गरेछ आउन भन्दा पहिले हतार हतार। हुन त उसको पहिले देखि नै लप थियो, त्यसैले नगरोस् पनि किन? बरू उसको पहिलो डेटिङ्को पो याद आयो, त्यो नि बर्थ डे ट्रिट। म र कुम्लेले उसलाई बर्थ डे ट्रिट दिन भनेको त मोरो, ‘ मैले त समिधालाई ट्रिट दिन ला’छु, कवाफमा हड्डी नबन्न यार!’ भन्छ बा! मलाई त्यसले नाङ्लोमा समिधालाई लान्छ भन्ने कुरा थाहा थियो, त्यसैले कुम्लेलाई क्रिकेट खेलिसकेर त्यहीं पुर्याएँ। संयोग पनि कस्तो, कुम्लेको पैसा फिर्ता लिनु पर्ने ठाउँ पनि नजिकै रहेछ। नाङ्लोमा म जसरी पनि ट्रिट लिने दाउमा थिएँ, त्यसैले त कुम्लेलाई तानी तानी, क्रिकेट खेलेको मैलो ड्रेसमै लगें।

समिधासँग आउने अर्की केटी पो गज्जबकि रैछ त, हेर्दा चुल्बुले जस्तो, राम्री देखिने, पछि थाहा भो ऊ त समिधाकि फुपूकी छोरी रैछ। मलाई त्यो बेला पो गल्ती महसूस भो, कुम्लेले जस्तो लुगा लगाएको भएनि म चैं सुटेड बुटेड भएर जानु पर्ने रैछ। हुन त ऊ नि अमेरिका ट्राई गरिरहेकि भन्ने त सुनेको थिएँ तर यत्रो ५० वटा स्टेटमा कहाँ होली कसरी पत्ता लगाउने?

जे भए नि, त्यो दिन मैले पैसा चैं झ्याप हानेकै हो बा, कति मज्जा आयो! एउटा सोझो देखिने वेटर थियो, नयाँ जस्तो देखिन्थ्यो। हुनत बिचराले हामीलाई कति सत्कार गरेथ्यो, तर धन देखेपछि महादेवको त तीन नेत्र हुने, म जाबो मनुष्यको के लाग्छ। निशान्तेले पहिले पैसा तिरेर समिधाहरूलाई बाहिर पुर्याएर आयो, त्यसपछि नयाँ वेटरसँग पैसा फिर्ता माग्यो। त्यो साह्रै सोझो वेटर पो परेछ, फिर्ता नि दियो। पछि खाएको बिल कुम्लेले तिर्ने सहमति अनुसार मलाई फोल्डरमा पैसा राखेर दिन भन्या थियो। तर मैले त दुइटा हात्ती आफ्नै खल्तिमा राखें, बाँकि चानचुन मात्र छोडिदिएँ।

बिचरा त्यो नयाँ वेटरले पो गाली खायो होला, च्व च्व, मैले त्यसो गर्न नहुने पो थियो कि। आऽऽऽ जे भए पनि भैहाल्यो नि, उहिलेका कुरा खुइले। बरू यो कुरा कसैलाई थाहा दिनुहुन्न। हरेऽऽ, निशान्तेको ईमेलको कुराबाट ईतिहास नै पो उप्केछ, के लेख्न थाल्छु, कहाँ पुगेर टुंगिन्छ। त्यसैकारण मलाई यो डायरी लेख्न नि मन लाग्दैन आजकल।
थाके बाऽऽऽऽऽऽ, गएर सुत्छु बरू।

हितेश
 
Posted on 11-16-06 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोरहरु !!! बिचरा हाम्रो ग्वाँचे
 
Posted on 11-16-06 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-16-06 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D हा हा हा लौ मार्यो चित्रे नाइस वान्!
ए ए कुरा त्यस्तो पो , छट्टु जस्तो देखिदै त थ्यो त्यो अर्को टेबल् मा बस्ने केटो हरे भनेछि ग्वाचे च्व च्व बिचरा फस्या नै रे'छ (पछि न २ जना ले ५०-५० बाडेर लिये कि के थहा )। अब कुम्ले को साथि भएको ले गर्दा कुम्ले ले नै ग्वाचे को त्यो रकम् बिचार् अर्नु पर्यो, पछिभेट्या बेला हितेश् स मिलाउनु के हेहेहे।
thanks chitre for your supporting story नत्र या निशान्त् लाइ उडाएर ,मलाइ पैसो तिराउने कुरा हुदै थ्यो ;)
 
Posted on 11-16-06 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा कुम्लेको काउँठर कथा र पुन्टेदाईको जुवा!
हा हा हा कति हाँस्नु। बल्ल सबै पढिसकियो!

तितौरीलाई जोगाएर म नि अर्को कथा लेखुम भनेओ आफू बगुल्लाको हुलाँ कौवा अस्तो कतै याड्जस (adjust) गराम्न मिले मारिदिनु।तेसैले चुप लाएको फेरि बुडो बड्ता बोलो भन्लान गाम्लेले भनेर नि।
यसो निशान्तेओ लपर को फुपुको छोरि र के जाति केरखिट (cricket) खेलेर नाउँलोमा जाने मुन्छेको कथा हाम्रो गाममा आ'र हालेओ भ' म नि कतै अटाम्थेँ हुँला गाँठे! साह्रै जो रमईलो अरेछन गाम्लेहरुले!

:)
 
Posted on 11-16-06 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा जदौ
यान्जस् रे मरे है म हासेर :D:D:D:D:D.............
(हासेर सास् जाला जस्तो भयो आज दिनै भरि)
 
Posted on 11-16-06 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेकको वन
ढपक्कै ढाक्यो रगिंन गुराँसले
लेकको वन
ढपक्कै ढाक्यो ... ... ...


ए बाबा ठाकुरे!
नाउलो मा गे'र ३ पाथि जाउलो कुम्ला्याम्नी डुकुलण्ठकले अम्रिका छिरेसी नामै निस पो राखेर मोरेच.

 
Posted on 11-16-06 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर त तितौरी हाँसेकि?
हाम्लाई नि अलि अलि अउँरेजि आउँछ बाबै :)

जदौ दादा!
कता को फोटु टाँस्नुभओ? यि राता पँहेला पात हुन कि फूल हुन?
 
Posted on 11-16-06 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा चित्रे!!
क्या भन्दिने यार मेरा साथीहरुलाई!

आफ्नो त जिग्री दोस्तहरु भनेकै निशान्त र हितेश हुन क्यारे!! त्यहि भएर तिनीहरुको बारेमा लागेका लान्छनाहरुको खन्डन त गर्छु गर्छु तर अघि सम्म मलाई kumle nice defence भन्ने मान्छे अहिले हेर त खुसुक्क "(पछि न २ जना ले ५०-५० बाडेर लिये कि के थहा )" भन्दा चाँहि छाँगो बाट खसे झैँ भा'छ।
 
Posted on 11-16-06 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कुम्ले पनि खुसुक्क भन्या कुरो नि कसरि सुन्या होला ,काहा कान् थापेर बस्या रे'छ। "राज कि बात्" त बल्ल खुल्दैछ अनि अब ...अहम् .....अहम्....... तिम्रो मिल्ने साथि त्यो छट्टु हितेश् अनि के हो के नि, होइन्त जिम्माल् बा । :D

दादा ले फेरि तिन्पाथि जाउलो खाने निशे रे भो अब । चराले जति मात्र खा'देख्या हो है मैले त :p
 
Posted on 11-16-06 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ "होइन त जिम्माल बा" रे??
हन म बुडोले कसरि बुझ्नु हउ तिमेरको कुरा?? अब "होईन त?" भनेसि-
हो बाबै हो.....
लौ जा त भन्देँ मैले त :)
( मनमनै- कुरो बुझे मार्दिनु!)
 
Posted on 11-16-06 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Roll no 3- AAITE SINGH TAMANG

yes miss
 
Posted on 11-16-06 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राति नि हाजिर् गर्न पाइदो रे'छ, अचम्म बन्द इस्कुलाँ आ'र :p
 
Posted on 11-16-06 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है सप्पैले मेरो संसारमा भेट्टाको कुर पढेकोमा धन्यबाद । अब यि नेता राजा त के देउता भन्दा पनि माथि भए के रे, तेसो भर नेपाली जनता दु:ख गरेर यिनीहरुलाइ दक्षिणा बुझाउछन
रमाइलै छ काउन्टर । मेसो परे मैले नि काउन्टर दिनी सोचेको हो, कसरी फाइट चलिच मेसो नै पाको छैन ।
दादाले झिलीमिली रुखको फुटो टास्दा मेरै मेला अर्नि ठाउको फुटोको याद आओ । काना सुन्नी फुनले आजकाल त देख्न नि थालेच के रे, तेसैको आखाबाट चोरेको ।

 
Posted on 11-16-06 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कारम्!

ए तितौरी! चौतारी त २४ घन्टा खुल्ला हैन र? :D
नमे दाइको आर्टिकल पढियो उमेशको ब्लगमा! ए गाँठे, त्यो कुइरेले कुन काममा खुमेलाई घुस दे'च गाँठे? भन्ने सोचेर पढेको त, कुरा अर्कै र'च।

ल, ग्वाँचेलाई बेस्सरी अन्याई भा र'च। ल पैसा नतिरी खानीकुरा पचाउनीहरुलाई चैं समाउनै परो।
:)
 
Posted on 11-16-06 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सबैलाई। हाँस्दा हाँस्दा झण्डै खुस्केको! कति कुरा जान्या हुन् गाम्लेहर्ले पनि!
 
Posted on 11-16-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>कता को फोटु टाँस्नुभओ?
Nikkou, Japun
>यि राता पँहेला पात हुन कि फूल हुन?
पात हुन
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters