Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 462883 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 11-06-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कही नभएको जात्रा साझामा। त्यस्तो बाङेलाई पनि "मेरो बाङु तिमी कसरी पुग्योउ नि हनुमानढोका ?" भनेर रुने पनि हुँदारहेछन। खप्पर त लिएरै आएको रहेछ बाङेले।
 
Posted on 11-06-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cheli,

के गरेछ त बाङ्गेले?
कस्तरी चिच्याएर सोध्या नी? कानै रन्न भो गाँठे! त्यसमाथि भंगेरे टाउकोले आँखा उस्तै फीरीरी घुमाउने रे छ -- त्यो फिरीरी आँखा घुमाउने भ्रिकुटीमण्डपमा बस्थ्यो कि के हो पहिला? रमाईलो मेलाँ थ्यो नी त्यता-- त्यै रोटे पिङ्ग को छेउछाउ अखाडा थियो जस्तो छ त्यसको -- रोटेपिङ् चढ्या तरुनीलाई आँखाले फलो गर्दो हो -- अन्त लागिहालेछ नी बानी त्यसरी आँखा घुमाउने --फिरीरीरी ---
 
"नक्कली लाई भगाई लाग्यो बाङेले
बाङेलाई जेल हाल्यो ...................."
 
के हो प्रभो, बाङ्गे-महोत्सबको कार्यकारी अध्यक्षको हैसियतमा उक्त कार्यक्रममा साँसक्रितिक झाँकी निकाल्दा घन्काउने गितको अभ्यास गर्दै गर्या हो कि के हो?
 
ए अनि ब्रोलाई चै कता हाल्या थ्यो रे? छेत्रपाटीमा कि हनुमानढोकामा रे? "छेत्रपाटीको त रड्डीज रछ हो--पूरा पिसको गन्धले हो पिनासै खोलोन्त" भन्ने प्रभो कि को हो बिर्से अहिले ---
 

"Sachhi nai hanuman dhoka ma pareko bhaye ta twak ra aaru sathi makkha hune hola."

हेर हेर भन्या --ट्वाक र अरु साथी किन खुसी हुने ? प्रायोजकै जाक्किए पछि हाम्रो मनोरन्जनको कार्यक्रम भास्सीएन? राम राम राम -- त्यस्तो पाप पनि चिताउन हुन्थ्यो के त?

chipledhunga,

"यी सबै कुरा पेलम् है छिटो छिटो पेलम्।   "

पेल्नु पनि पर्ने अनि त्यो पनि छिटछिटो? कस्तो पेसर देको हो प्रभो?

....फेरी आम्छु है -- अहिले बोलाम्न आए।---

 


 
Posted on 11-06-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-06-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मेरो बाङु तिमी कसरी पुग्योउ नि हनुमानढोका''


 
Posted on 11-06-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मेरो बाङु तिमी कसरी पुग्योउ नि हनुमानढोका'

देवर राजा(RajaHarischandra ),

कथाले त हसाएरै मार्न आट्याथ्यो । फेरि त्यो बांगेलाइ   हजुरले 'बाङु' किन त?

 

Last edited: 06-Nov-08 11:44 AM

 
Posted on 11-06-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्पाली प्रभो को पुरान सुन्न लास्टाँ परियो एकै चोटि भ्याएँ सप्पै भाग,अत्ती मजा आयो।

 निकै खरिएको जवानी राइछ हो प्रभु हरु को हुन त हामी सप्पैको तेस्ताइ त हो नि,परबाट हेर्यो,अनेक कुर कल्पियो दङ् पर्‍यो,भरे अर्कै ले लेर जान्थ्यो।

लौ प्रभो बाङे किन पुगेछ त थाना। छिट्टै राखम अर्को खन्ड।


 
Posted on 11-06-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nAyAni,

"होइन त्यो बाङे ले च्यापेर हिंड्या केटीको बाउ पुलिस परेछ कि क्या हो?"

खै क्या हो क्या हो?

chipledhunga,

"बडो राम्रो प्रश्न आयो नयनीबाट "

किन आउँदैन थ्यो? नयनीबाट आएको प्रश्न बडो राम्रो त हुने भै गो नी -- अहिले त्यै कुरा हाम्ले सोध्या भे "ह्या ब्रो, खुरुक्क कथा चुपचाप नसुनेर बिचाँ के त्यस्तो झारे कुरा सोधिरा?" भन्ने सुन्न पर्थ्यो होला--

Stat,

"जे होस् शुभेक्षा लाई छिट्टो देख्न पाइयोस प्रभु   "

हो प्रभो, शुभेक्षा लाई छिट्टो देख्न पाइयोस -- गती नै नपरी मरीएला कि भन्ने डर भो --!

ctal,

जय होस प्रभो --

Poonte ,

"shiv puri ko paari patti ko kuro ta bujhiyo jasto lagyo...LOL...gori na gori...rat-raato gaalaa bhaaki..."

राम राम राम -- प्रभोले सधै उस्लाई मैले भेटेर गए पछि देख्ने गर्या थ्यो कि क्या हो? राता न राता गाला भनेको सुन्दा त त्यस्तै लाग्यो --

"aglaa aglaa rukhaat daahine tira...tyo pyaaraa ko saaidai side laagera ghumdai feri pavitra workshop nera niskane baato ko kura ho, pravo? o-ho! euti-duiti...eutaa ghar-duitaa ghar ho ra? tyaa ta daiva le fursadai fursadaan banaako taruni haru ko sangrahalaya jhain thyo ni!"

हो प्रभो -- खचाखच थिए त्यहाँ तर सबै ओगटन कहाँ पाउनु? तरुनी देख्यो कि "रिजाप" गर्नु पर्थ्यो। पहिलो चोटी बुलेट सुन्दरीलाई देख्ना साथ मैले रिजाप गरीहालें। भरे त खचाखच रेछन। अरुहरुले नी रिजाप गरे। मैले रिजाप गर्या तरुनीलाई सबै साथीहरुले त्यो त दीपको भन्दीन्थे -- बडो आनन्द हुन्थ्यो --गर्न लाई उ बेलाँ मैले रिजाप गरें उस्लाई --भरे जन्ति चै अर्कैले ल्यायो रे पछि भन्ने खबर आयो -- अलि अलि बढेको दारी लिएर --रक्सीले टिल्ल भएर त्यो जग्गेमा पुगेर चै ने बोतल हाताँ लिएर लर्बरिदै कति कमजोर रहेछ भाग्गे तिम्रो सिउँदो कोर्न सकिन --- अनि सफल तिम्रो त्यो जिन्दगीलाई -- जस्ता गितहरु गाउँ भने पनि आफु परदेशाँ भा मौका पारेर बे गरेछन -- बबाल सेन्टी भो नी --


 

 


 
Posted on 11-06-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-06-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-06-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji

Kaha paap chitako ho ra ni.....

Tyo ta malai thaha  chha ni bina aayojak ra prayojak ta majja nai hunna ni

Nice story.

(And finally thanks.Hernuna maile delete garera reply nai garna aayena bhanya so kaha gayera hunchha yeso idea dinuna.)


 
Posted on 11-06-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि नि पून्टे प्रभो -- त्यो रस्सिएन एम्बेसीबाट उकालो लागे पछि दाहिने लागे शिबपुरी देब्रे लागे ओरालो तिर --त्यो दांग तिरका रण बहादुर शाह सरको घर थ्यो नी -- त्यता तिरको कुरा गर्न मिल्छ?  :)

Birkhe_Maila,

"पवित्रवर्कसपबाट सिधा पश्चीम, शीवपूरी स्कुललाई दाहिने पारेर जाँदा, बाटो हल्का दायाँ काठमान्छु होटलतिर मोडिँने बेलामा त्यता नलागी बयाँतिरको सिधा गल्ली भनेको हो प्रभोहरुले?"

जिम्माल पनि काल्धारा देखुन रिजाप गर्न माराजगन्जाँ? राम् राम राम्!

हैन ए जिम्माल, त्यो कन्या स्कुल अगाडी बाट ओर्लिने बाटो थिएन तल धारा तिर?  हामी त त्यता पनि भ्याउँथिम्। अनि त्यो डेरी छेउ बाट कभर्डहल लाई देब्रे पारेर जाने बाटो थियो नी -- त्यहाँ अगाडी बढिन्थ्यो -- भट्टराई सरहरुको निबास पनि थ्यो प्रभो -- बुझियो कि बुझिएन कुन्नी?

*~Spring~*,

"Lau k garyo bange le?  "
लौन नी! त्यै त ---

miss_ me , 

"लौ दिपदाले बांगेलाई जेलमै पुराइदिनुभा ?

बिचsssरा बांगे माया नै लाग्यो मलाई त "

मैले पुर्याको रे जेलमा? हेर भन्या? तर जेलैमा पुग्या भे पनि के र आज एक द्शक पछि पनि चिन्दै नचिन्या मान्छे समेत माया गरेर बसीराछ्न -- छाकै छोड्या होला अझ पीरले के नी?

nepalibabu101,

ange ta Khatara nai raicha ta ??

हो नी प्रभो-- डेन्जर भन्दा खतरा बढी भन्थे नी त्यस्तै थ्यो। उ जति डेन्जर थ्यो त्यो भन्दा बढता खतरा हामीलाई भिडाईदिन्थ्यो बेला बेलाँ --

RajaHarischandra,

"त्यस्तो बाङेलाई पनि "मेरो बाङु तिमी कसरी पुग्योउ नि हनुमानढोका ?" भनेर रुने पनि हुँदारहेछन।"

त्यै त प्रभो -- कल्जुग -- घोर कल्जुग --हामी कहिले साईकलाँ, कहिले हिंडेर, कहिले मोटरसाईकलाँ, कहिले बसाँ, कहिले ट्याम्पु, कहिले के गर्दै पाटन ढोका कति चोटी पुगीम कति चोटी गनी साध्य छैन -- कसरी पुगीस नी पाटनढोका भनेर कसैले सोधेन -- हाडीगाउँबाट पाटनढोका टाढै छ नी -- बाङ्गे हनुमानढोका के पुग्या थ्यो सोध्न थाली हाले -- किन पुग्या रे? कसरी पुग्या रे --

बिस्टे ,

"निकै खरिएको जवानी राइछ हो प्रभु हरु को हुन त हामी सप्पैको तेस्ताइ त हो नि"

म त झट्ट हेर्दा खारीएको लेख्या जस्तो लागेर खारीन त खारीएकै हो भन्नु पर्यो भन्या त खरीएको पो लेख्या रे छ -- हत्तेरी!

अब पोल्याण्डको कुरा त के झिकी भो र? हँ प्रभो?

amiran,

"Tyo ta malai thaha  chha ni bina aayojak ra prayojak ta majja nai hunna ni"

ब्यापक गयो ल यो चैं।

"Hernuna maile delete garera reply nai garna aayena bhanya ..."

डीलिट गरेर रिप्लाई गर्ने रे? अब डिलिट गरीसके पछि फेरी के रिप्लाई गर्ने त? ए, राम नी।

 



 
Posted on 11-06-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि नि पून्टे प्रभो -- त्यो रस्सिएन एम्बेसीबाट उकालो लागे पछि दाहिने लागे शिबपुरी देब्रे लागे ओरालो तिर --त्यो दांग तिरका रण बहादुर शाह सरको घर थ्यो नी -- त्यता तिरको कुरा गर्न मिल्छ?  :)


 
Posted on 11-06-08 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Lau k garyo bange le?  "

 
Posted on 11-06-08 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Lau k garyo bange le?  "
लौन नी! त्यै त ---
 
 
 
tei ta k garyo bange le....naam pani bange kaam pani bange nai hola.k garyo hola bhanera kasto pir parisakyo  bhanya. bhare dinner ni khau ki nakhau bhairacha pir parera. lol

 
Posted on 11-06-08 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही त भनेको दीप प्रभो। पाटन ढोका को बसमा खादाखाद गरेर जुत्ता हराउदा पनि कठै भन्ने कोइ भएन। खप्पर मा लेख्न पर्ने रहेछ प्रभो। तपाईं हाम्रो खप्परमा लेख्ने बेलामा बिधाताको मसी सकिएको रहेछ कि क्या हो । फेरी हाम्री भाउजुलाई के को पिर हो ? बाङे हनुमानढोका जावोस कि पाटनढोका जावोस ?
 
Posted on 11-06-08 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही त भनेको दीप प्रभो। पाटन ढोका को बसमा खादाखाद गरेर जुत्ता हराउदा पनि कठै भन्ने कोइ भएन। खप्पर मा लेख्न पर्ने रहेछ प्रभो। तपाईं हाम्रो खप्परमा लेख्ने बेलामा बिधाताको मसी सकिएको रहेछ कि क्या हो । फेरी हाम्री भाउजुलाई के को पिर हो ? बाङे हनुमानढोका जावोस कि पाटनढोका जावोस ?
 
Posted on 11-06-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-06-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

देवरराजा,

  माथि कता पो हो पेल्ने कुरा भैराथ्यो, हजुरले चै मलाई पेल्न आट्या जस्तो लाग्यो।अब त्यो  बाङे मोरो जता गएनि मलाइ तात्तो न छारो । बरु  सुन्दा सुन्दै  के भन्च रे  नाम राख्दै  हेपेर बांगे रे  अब त जेल मै पुर्याउनु पर्ने त--- दिपदाले साह्रै हेपेको हो के बाङे लाई चै  त्यहि भएर  माया लाग्यो भनेकि पो त। नत्र पाटन ढोका पुगेनि  पुल्चोक पुगेनि मलाइ के   

 


 
Posted on 11-06-08 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL

Deep mulaa! Aba ta parvo-sarvo laauna ni man laayena...eutai jamaanaa ko damtari haru parechham ke re...eutai taruni taakiyeko belaan katai haamro ni ghuraa-ghur pareko ta thiyena? :p

Rana Bahadur Shah...haami bhandaa budhi nai thiye duiti chai...euti chai junyaar (junior ke!)...haami BC bhanthem....Budhi Chwaak...LOL...kalkalaaundaa umer kaa bhuraa haru haamlaai har-harti paarthe...uffffffffff!

Ani, usko gharaant sidhai laagesi...Maharajgunj bazaar niskane galli tira...arki duiti dd-bahini, bisttai chanchali thiye...kuro ke bhane, dd-bahini ta thiye, thiye....aamaa chai pani uu jamanaan seusi banera maarning waalk dina niskanthee...LOL...unlaai ni BC nai bhanthem, tara Budhi mattra nabhayera Bajai Chwaak...

Maile pahilo choti bhaneko Russian embassy nira ko chai...Bajhaangi Raajaa kaa santaan...cheli beti le latarammai paareko compund thyo...puginthyo teta ni?

Birkhe budhaa le bhaneko galli chai arkai parechha...tara kuraa bujhiyo...kurai nagaram, parvo! haamro maarajgunj ho ni! Roji Roji najar laauna payinthyo...amrikaa bhassiyera khoji khoji bho...LOL

 
Posted on 11-06-08 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL

Deep mulaa! Aba ta parvo-sarvo laauna ni man laayena...eutai jamaanaa ko damtari haru parechham ke re...eutai taruni taakiyeko belaan katai haamro ni ghuraa-ghur pareko ta thiyena? :p

Rana Bahadur Shah...haami bhandaa budhi nai thiye duiti chai...euti chai junyaar (junior ke!)...haami BC bhanthem....Budhi Chwaak...LOL...kalkalaaundaa umer kaa bhuraa haru haamlaai har-harti paarthe...uffffffffff!

Ani, usko gharaant sidhai laagesi...Maharajgunj bazaar niskane galli tira...arki duiti dd-bahini, bisttai chanchali thiye...kuro ke bhane, dd-bahini ta thiye, thiye....aamaa chai pani uu jamanaan seusi banera maarning waalk dina niskanthee...LOL...unlaai ni BC nai bhanthem, tara Budhi mattra nabhayera Bajai Chwaak...

Maile pahilo choti bhaneko Russian embassy nira ko chai...Bajhaangi Raajaa kaa santaan...cheli beti le latarammai paareko compund thyo...puginthyo teta ni?

Birkhe budhaa le bhaneko galli chai arkai parechha...tara kuraa bujhiyo...kurai nagaram, parvo! haamro maarajgunj ho ni! Roji Roji najar laauna payinthyo...amrikaa bhassiyera khoji khoji bho...LOL

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters