[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 असारे फूल र एक जोडी आँखा।

[Please view other pages to see the rest of the postings. Total posts: 176]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Keywords associated with this thread

crazy
[VIEWED 89969 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 04-28-09 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिँड्दा हिँड्दै उसलाइ सधै हिडेको यो बाटो आज सार्है रमाइलो लाग्छ। बाटो वरपरका रुखहरुमा रातो रातो पातहरु पलाउदै छन्। हरियो रुखको बिच बिचमा रातो पात हरु लुकामारी खेल्दै छन् जस्तो भान हुन्छ। कति नरम अनि कलिला पातहरु। कति सुन्दर रङ, नेहा पालुवा हेर्दै मुग्ध हुन्छे। कस्ले भर्छ यति सुन्दर रङ्हरु बोटबिरुवामा। उस्लाइ अचम्म लाग्छ, एक फेरि निलो आकाशमा एक नजर पुर्याउँछे अनि  मुस्काँउछे उ। सारा आकाश उसैलाइ हेरेर मुस्काए जस्तो, एक टुक्रा बादल छैन त्यहाँ उस्लाइ  लुकि लुकि जिस्काउने।  सर्‍सर चिसो बतासले एकचोटि नेहाको कोमल अनुहारललाइ हलुका स्पर्श गरेपछि उ आफुलाइ ताजा महसुस गर्छे। मानौं यो मात्र बतासको उपहार होइन, यो उसले पठाएको माया हो। धत्! पागल केटी! आफैसङ कुरा गर्छे उ। उस्को छेउमा गुलाबी फूलहरु फुलेका छन्, ती फुलहरु असारमा फूल्ने असारे फुल झैँ देखिन्छन्। नेहालाइ फूलको नाम त्यति आँउदैन तर असारे फूलसङ उस्को आफ्नै सम्बन्ध छ, कहिले नटुट्ने खालको। उ नजिकै गएर फूललाइ निहार्छे, उसलाइ झन् झन् सुन्दर लाग्छ। त्यही फूलको गुलाबी रङ चोरेर लाँउ जस्तो, फूलकै जामा लगाँउ जस्तो। कहिलेकहि उसलाइ यस्तै लाग्छ, फूल हुन मन लाग्छ, पात हुन मन लाग्छ, अनि चिसो बतास हुन मन लाग्छ।


अहिले के महिना होला नेपालमा? उ मनमनै सोच्छे। तर अड्कल लाउन सक्दिन। महिना जे भए पनि उसको मनमा बसन्त छाएको छ, उसलाइ हर बस्तु सुन्दर लाग्छ। रुखबाट झरेको पातलाइ पनि मायाले सुम्सुम्याँउछे। उसलाइ हरेक कुराको माया लाग्छ। मानौं उ भित्र मायाको ठुलो ज्वालामुखी फुट्दैछ, र उ त्यो लावालाइ प्रेमको रुप दिदैंछे। उसलाइ अचम्म लाग्छ, उसको मन कहाँ कहाँ उडिरन्छ अचेल। उसलाइ आफुवरिपरि के भाको होश हुँदैन। बिनाकारण मुस्काउन मन लाग्छ, सुमधुर गीत गुनगुनाउन मन लाग्छ। उसलाइ यस्तो लाग्छ, उ नशामा  डुबे जस्तो लाग्छ। उसलाइ रात, दिन, अध्याँरो उज्यालो केहिको मतलब छैन। हर क्षण उ असारे फुल हाँसिरहेको देख्छे।


"तिम्रो गाला किन यस्तो गुलाबी हँ?" अफिस पुग्ना साथै उसकी मिल्ने साथी साराले उसको रुमानी मौसम भत्काउन खोज्छे।


"गर्मीले तातिएको होला नि।" नेहालाइ कसैसङ कुरा गर्न मन लाग्दैन।


"हैन, तिम्रो गाला गर्मीले होइन अरु कुनै कारणले तातिएको जस्तो देखिन्छ।" सारालाइ झन् जिस्किनु पर्छ जहिले पनि।


"के कारण?" आफ्नो अनुहारलाइ एकचोटि लिप्स्टिक राख्ने बट्टाको ऐनामा हेर्दै सोध्छे उ।


"तिमी प्रेममा छौ। प्रेममा यस्तै गरी फक्रिन्छन् बासन्ती फूलहरु अनुहारमा। त्यसैले तिमी उज्याली देखिएकी छौ। भर्खरै नुहाएर आएकी परी जस्ती।" सारा जोडसङ हाँस्छे। वरिपरिका क्याबिनमा काम गरिरहेका कर्मचारीहरुको नजर उनिहरु दुइमा केन्द्रित हुन्छन्। नजरहरु मध्यको एक जोडी आँखा नेहाको आँखामा जुध्न पुग्छन्, अनायासै नेहाको अनुहार गुलाबीबाट रङ रातो हुन्छ। नेहा ती आँखाबाट आफ्नो आँखा हटाउन सक्दिन, जवाफमा एउटा मिठो मुस्कान आँउछ। उ झन् एकोहोरो हेर्न थाल्छे ती एक जोडी आँखालाइ।


"उस्तै हेराइ! उस्तै मुहार! उस्तै मुस्कान!दुरुस्तै उस्तै।" सानो स्वरमा आफ्नो आस्चर्यलाइ लुकाउन खोज्छे उ।


"उसलाइ चिन्छौ?" सारा प्रश्न गर्छे।


"अहँ, चिन्दिन त।" नेहा अनभिज्ञ देखिन्छे।


"तिम्रो आँखाले त्यस्तो भन्दैन।" सारा नेहालाइ बिस्वास गर्छे तर उसको अनुहारको भाव बिल्कुल अर्कै देखिन्छ।


"साँच्चै उ को हो?" नेहा उल्टै सारालाइ सोध्छे।


"मलाइ के थाहा? मुस्कान त उसले तिमीसङै साटेको हो नि।" सारालाइ लाग्छ नेहा साँचो कुरा लुकाँउदैछे।


"तर उ "उ" जस्तै लाग्छ मलाइ।" नेहा प्रस्ट भन्छे।


"को उ?" सारा छक्क पर्छे।


"मेरो एउटा साथी!" भन्दै नेहा कम्प्युटरमा ब्यस्त देखिने प्रयाश गर्छे।


सारा ट्वाल्ल परेर नेहालाइ एक्छिनसम्म हेरि रहन्छे।


क्रमश:


 


 



 

Last edited: 28-Apr-09 08:10 PM

 
Posted on 06-02-09 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागो पनि उस्तै छ त - के भाको हो -
 
Posted on 06-02-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागो उस्तै होइन, तिम्रो आँखा चाहि उस्तै हो। लुकिङ् लन्डन देखिङ् टोकियो होला।
 
Posted on 06-02-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज पनि कथा छैन क्रेजी - खोइ अर्को भाग -
 
Posted on 06-02-09 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज पनि कथा छैन क्रेजी - खोइ अर्को भाग
 
Posted on 06-02-09 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल,ल! खुशी नि काले काले दिलवालेलाइ ह्यान्सी देख्दी रैछ। ल बधाइ छ!


पुरे,
सगरलाइ आउ भन्या, अस्ट्रेलियादेखि आउन प्लेन भाडा महङो छ रे? अब हिडेर आउ भन्नु पर्ला।


यो बैरेको बोली किन यस्तो? शक्ति कपुर जस्तो।


लहरेलाइ त जहिले नि मेरो कथा छोटो लाग्छ।


कालेदाइ,


नमस्ते नमस्ते!


 यतिका दिन कालेदाइ कहाँ हराउनु भयो भनेर झन्डै रेदियो नेपालमा मान्छे हराएको सुचना निकाल्न लाग्या। धन्न फुर्सद मिलाएर आउनु भएछ। खुशी लाग्यो।



हेर्नु न! नेहा र नील खालि निहुँ मात्रै खोज्छन्, झगडा गर्छन्, पर्दैन जस्तो छ तिनिहरुको लोप। के गर्ने?


पुरे र लहरे,



आज त भ्याँउदिन होला, काम छ। फुर्सद हुनासाथ लेख्छु है।


 
Posted on 06-02-09 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<यो बैरेको बोली किन यस्तो? शक्ति कपुर जस्तो।>>
शक्ती कपूर रे, मैले त झन काहानी लाई इन्तेरेस्तिङ मोद तिर लागि रहा नि हेहेहेहेहे


<<आज त भ्याँउदिन होला, काम छ। फुर्सद हुनासाथ लेख्छु है। >>
किन नभ्याउने हो र काम भने पछी गर्दै गरुम यहाँ चाँही पेलुम न हो मन नै चुक चुक भई सक्यो 


 
Posted on 06-02-09 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त बैरे, कुरा सुन्दैन क्रेजीले  - काम भनेको त आउछ जान्छ - अनी फुर्सद मिल्नासाथ गरिन्छ पनि -


कथा चाँही लेख्दै गर्नु पर्छ, मजाले पढिरदाँ घच्याक्क ब्रेक हान्नु पर्दा कस्तो हुन्छ होला - एसो बिचार  गर्नु पर्छ नि -


ल अर्को भाग को प्रतिक्षा मा

Last edited: 02-Jun-09 04:56 PM

 
Posted on 06-03-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


"तिमी नि तिमी!" नीलको स्वर लै कडा सुनियो। "तिमी मलाइ देख्नासाथ आउने तिम्रो आँखाको चमकलाइ लुकाएर जहिले पनि सगरकै कुरा गर्छ्यौ। तिमी आफुलाइ "कुकून" भित्र सुरक्षित महसुस गर्छयौ। सगर खालि तिम्रो बहाना हो, बास्तबमा तिमी जिन्दगिमा गति लिन चाहन्नौ। तिमी त्यही सगर नामको जालोभित्र खुम्चिएर बस्न चाहन्छौ। तर एउटा कुरा तिमी स्वीकार गर्न सक्दैनौ। मलाइ थाहा छ, तिमी पनि मलाइ चाहन्छौ। फरक यति छ, म ब्यक्त गर्छु, तिम्रो आँखाहरु बोल्छन।" नीलले मनको कुरालाइ जस्ताको त्यस्तै उतारिदियो नेहाको अगाडी।


"तिमीहरुको कुरा मिल्यो कि मिलेन?" सारा फेरि ढोकामा उभिएर हाँसी। नील र नेहा दुबै केहि बोलेनन्।


"खाना खान आउ अब!" भन्दै सारा फेरि भित्र गइ, नील चुपचाप साराको पछि पछि लाग्यो, नेहा नील गएको एक्छिन पछि भित्र पसी।


भाग-१२


बुक-क्लबको भेटपछि नील फेरि उसको मुख्य अफिसमा ब्यस्त भयो, केहि दिन उसको नेहासङ भेट हुन सकेन। ती दिनहरुमा आफैमा हराउन थाली। नीलको आरोप र बास्तबिकताबिचको दूरीबारे सोच्न थाली। कहिले उसलाइ नील ठिक जस्तो लाग्थ्यो, कहिले आफै। नीलले भनेजस्तै नील सगर र उसको बिचको माध्यम भएकोथ्यो वा सगर नील र नेहाबिचको माध्यम हुन आएकोथ्यो, उसले छुट्याउन सकिन। उ हरेक रात आफ्ना कुराहरु ताराहरुलाइ सुनाँउथी, चन्द्रमासङ सोध्थी र आकाश हेरेर रुन्थी। कहिलेकहिँ असारे फूलहरुसङ आफ्नो बह पोख्थी। उ कोशिशमा थी नीलको को आरोप साँचो हो वा उ आफै संकिर्ण घेराभित्र सुरक्षित रमाउने केटी हो?


यस्तैमा उसलाइ रुघाखोकीले सताउन थाल्यो, केहि दिन औषधी नखाएर सही, तर अति भएपछि बिरामी बिदा लिएर आराम गर्न कर लाग्यो। नेहा बिदामा बसेको दिन नील अफिस आयो, उसको पहिलो खोज नैं नेहा थियो। नेहालाइ नदेखेपछि शुरु भयो उसको बेचैन मनको छटपटी। साराले नेहालाइ बिसन्चो भएको कुरा बताइ। सामान्य रुघाखोकि मात्र भने पनि नीललाइ नेहाको अनुहार एकचोटि नहेरी सन्तोष भएन। उसले सारालाइ नेहालाइ भेट्न जाउ भनेर अनुरोध गर्‍यो। साराले ब्यस्त भएको कारण त्यो दिन जान नसक्ने कुरा बताइ। अर्को दिन सम्म नील कुर्न नसक्ने भएकोथ्यो। उसलाइ भित्र भित्रै नेहाको चित्त दुखाएकोमा ग्लानि पनि भइरहेकोथ्यो। नील सारालाइ जसरी पनि समय मिलाउन अनुरोध गरिरहेकोथ्यो नेहालाइ हेर्न जान। साराले समय मिलाउनै सकिन, नील निराश भयो।


 सूर्य दिनसङ बिदा माग्दै अस्ताउन लागेको बेलामा नेहाको ढोकामा कोहि "ढक ढक" गर्दैथ्यो। आलस्य शरीर र अनुहारभरि छरिएको केशलाइ सम्हाल्दै नेहाले ढोका खोली।


"साराले तिमीलाइ कस्तो छ भनेर हेर्न पठाएकी!" नीलले अफिसदेखि तयार गरेको बाक्य बोल्यो।


नेहा एक्छिन छक्क परी, केहिबेर नीललाइ हेरी, अनि भित्र बोलाइ।


"साराले आज हामीलाइ झगडा नगर्नु भनेकी छे।" नीलले अर्को बाक्य पनि गल्ती नगरीकन बोल्यो।


नेहा अलिकति हाँसी तर पनि केहि बोलीन। नेहा हाँसेपछि नीलको साहस बढ्यो।


"अहिले तिमीलाइ कस्तो छ?" नील नेहाको अनुहारमा केहि खोजिरहेकोथ्यो, त्यो उसलाइ पनि थाहा थिएन।


"हिजो भन्दा आज धेरै राम्रो छ। दिनभरी औषधी खाएर सुतेको, बल्ल उठें। भोक पो लाग्न थाल्यो।" भन्दै नेहा उठी।


"के खाने त? म किनेर ल्याँउछु।" नीलले सोध्यो।


"खासै केहि खान मन छैन, तातो तातो सुप खान मन लाग्यो। तिमी के खान्छौ? अरेन्ज जुस कि पानी?" नेहाले किचेनतिर जाँदा सोधी।


"पानी मात्र!" नीलले फेरि सोध्यो "म सुप किन्न जाँउ त?"


"पर्दैन! यहाँ चिकेन छ, त्यसैको सुप बनाएर खान मन लागेको छ।" नेहाले पानी दिंदै भनी।


"म पकाइदिन्छु, तिमी आराम गर। कहाँ के के छ देखाउ, मलाइ चिकेन सुप मिठो बनाउन आँउछ।" नील पानी पिइ सकेर किचेनमा आयो।


"म दिनभरी आराम गरिराको त हो नि! भैगो, तिमी पाहुना जस्तो भएर बस।" नेहाले फ्रिजबाट चिकेन झिकी।


"म तिम्रो पाहुना हैन। मैले बनाको सुप त खाएर हेर आज! सधैं बनाउ भन्छौ तिमी मलाइ। तिमी आराम गर्न बस।" नीलले जिद्दि गरेपछि नेहाले कहाँ मसला, नुन, तेल, गोल्भेडा, चाहिने जति सामानको ठाँउ देखाइदी, नील सुप पकाउन थाल्यो। नेहा टि बि हेर्न थाली। बेला बेलामा उठेर किचेनमा पनि हेर्न जान्थी। नील एकोहोरो भएर चिकेन सुप पकाउन थाल्यो।


"खै तिम्रो चिकेन सुप पाक्न कति बेर लागेको? मलाइ यहाँ भोक लागि सक्यो।" नेहाले १० मिनेटपछि सोधी नीललाइ।


"पाक्नै लाग्यो एकैछिन धैर्य गर।" नीलले किचेनबाट भन्यो।


केहि बेरपछि नीलले ठुलो कचौरामा चिकेन सुप ल्याइदियो नेहालाइ। नेहा उठी  र डाइनिङ्  टेबलनिर गएर बसी। सुपको बासनाले नेहाको पेटमा इन्जाइम्सहरु  दौडिन लागेका थिए। फु -फु गर्दै नेहाले सुप खान शुरु गरी। नील नेहालाइ हेरिरहेकोथ्यो।


"एक्दम मिठो बनाउदो रहेछौ। के के हाल्यौ सुपमा?" नेहा सुप पिउनमा ब्यस्त थी।


"माया!" नीलले एकै स्वाशमा भन्यो।


नेहा चुप लागी, केहि नबोली सुप पिउन थाली। नीललाइ अप्ठ्यारो लाग्यो, बेकारमा फेरि के बोलेछु जस्तो भयो।


"तिमी के खाने नि?" नेहाले एकछिनपछि सोधी।


"म त तिमीले सुप खाएको देखेरै अघाँए।" नीलले हाँस्दै भन्यो।


"साँच्चै हो? नत्रभए, त्यहाँ फ्रिजमा के के छ, आफै पकाएर खाउ। मलाइ तिमीलाइ जस्तो मिठो पकाउन आँउदैन" नेहाले आफै पकाउने दुख गरिन।


"नेहा!" नीलले बिस्तारै बोलायो।


"हुँ--" नेहा सुप खानमैं ब्यस्त थी।


"मलाइ एक चम्चा  तिम्रो सुप खुवाउ न।" नीलको स्वरमा अनुरोध थियो। नेहा एकछिन सकपकाइ, तर केहि नसोची एक चम्चा सुप आफ्नै हातले नीललाइ खुवाइ। नील दङ पर्‍यो। नीलको शब्दकोशमा त्यो क्षणको खुशी बर्णन गर्ने शब्द थिएन।


"एकछिन बाहिर जाने?" चिकेन सुप सकेपछि नेहाले सोधी।


"कहाँ?" नीलले सोध्यो।


"यहीँ बाहिर अलिकति हिंडौ न है। मलाइ कोठाभित्र बस्दा बस्दा वाक्क लागि सक्यो।" नेहाले कारण प्रष्ट बताइ।



"हुन्छ।" नीललाइ के आपति हुन सक्थ्यो।


"आज त मौसम पनि कति राम्रो है?" नीलले नीलो आकाश हेर्दै भन्यो। उनिहरु नजिकैको "स्विमिङ् पूल" हुँदै केहि हरियो रुख भएतर्फ जाँदै थिए। बाटोमा रातो, कलेजी, पहेंलो थरि थरि फूलहरु एकै लाइनमा फुलेका थिए। नजिकैका रुखहरुमा हरियो सिल्क जस्तो नरम पालुवाहरु थिए। केहि पर असारे फूलहरु नेहालाइ मुस्काएर स्वागत गर्दैथे।


"नील मलाइ यी फूलहरु असाध्यै मन पर्छ।" असारे फूलहरुलाइ देखाँउदै भनी नेहाले।


"यति राम्रा फूलहरु कसलाइ मन नपर्दो हो?" नील गुलाबी फूलहरुलाइ निहार्दै थ्यो।


"तिमीलाइ पनि मन पर्‍यो?" नेहाले सोधी।


नील नेहाको प्रश्नको उत्तर नदिकन अगाडि गयो र एक झुप्पा असारे फूल टिप्यो, नेहालाइ  दिदैं भन्यो "यो तिम्रो लागि!"


नेहाले "धन्यबाद" भन्दै लिइ।


"हेर न! यी फूलहरु कति सहनशील छन्, बर्षा, घाम, हुरी जे मा पनि यस्तै मुस्काइरहेका हुन्छन्। मलाइ यिनीहरुको सार्है माया लाग्छ।" नेहाले फूलहरुलाइ चुमी र छातिमा लगाइ।


"अनि फूल दिने मान्छेको नि?" नीलले ठिक समयमा सोध्यो।


"के?" नेहाले  नबुझेको जस्तो सोधी।


"तिमीलाइ मेरो माया लाग्दैन?" नीलको यो सोधाइले नेहा गुलाबी भइ, अलिकति लजाइ फेरि आफैलाइ सम्हाली।


"भन न, नेहा! तिमीलाइ मेरो माया लाग्दैन?" नीलले फेरि सोध्यो।


"सबै कुरा भन्न जरुरी छ?" नेहाले बनावटी रिस देखाइ।


"छुच्ची!" नीलले पनि रिसाएको जस्तो गर्‍यो।


"छुच्चो!" नेहा नीललाइ जिस्काँदै हाँसी, नील पनि हाँस्न थाल्यो। दुबैजना धेरै बेरसम्म हाँसिरहे। असारे फूलहरु उनिहरु सङै हाँसिरहेका थिए, आकाश मुस्काइरहेकोथ्यो। बसन्त, पालुवा, सबै फूलहरु उनिहरुलाइ हेरेर रमाइरहेका थिए।


समाप्त!


 


 


 


 


 

Last edited: 03-Jun-09 01:35 PM
Last edited: 03-Jun-09 02:17 PM

 
Posted on 06-03-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्या यो क्रेजी ले - सकेको हो कथा


कसरी सक्यो केही बुझिन मैले त -


ल क्रेजी सप्रसँग व्याख्या गर त -


 
Posted on 06-03-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के बुझेनौँ लहरे?
 
Posted on 06-03-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा पढेर कमेन्ट गर्ने साथीहरु र कमेन्ट नगरी मौन पढ्ने सबै साथीहरुलाइ मेरो धन्यबाद!
 
Posted on 06-03-09 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very sweet ending, thanks...
 
Posted on 06-03-09 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै सगर? कुरिराछ रे।
 
Posted on 06-03-09 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cl,
माफ पाउं है छिटो कमेन्ट लेख्न भ्याइन । कथा निकै राम्ररी सकियो । संयोगान्तक कथाहरु पढ्न रमाइलो हुन्छ। कथा कथा नै त् हो ।

"सबै कुरा भन्न जरुरी छ?"।।।।।।।।।।।।।।।।

फेरी अर्को कथा पढ्ने आशा राख्दै

गुच्चाचोर
 
Posted on 06-04-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी ज्यु को कथाको अन्त्यमा दुई जोडीको मिलन भई छाड्यो तर सगर चै निल होइन रहेछ।


त्यसैले serial जि ले कथाको अन्त्य नभएको जस्तो लागि रहेको छ। मैले पनि अझ अरु भाग पनि आउँदै छ भनी तर इस्टिमेट् चै १ दर्जनको रहेछ। 


मैले त सोचेको थिए कि डबल रोल होला भनेर, त्यही निल सगर भएर आउनेछ भनेर।


यस्तै यस्तै अरु कथाहरुको पर्खाइमा रहने छु, तपाईंको कथाको सिर्जनाको मुल फुटि रहोस् भन्ने शुभ कामना!

कालेदाइ

Last edited: 04-Jun-09 02:35 PM

 
Posted on 06-04-09 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब कमेन्ट गरे शक्ती कपूर भन्छ त्यही पनि गर्छु है कमेन्ट
भने पछी आइ लोप यू कसैले कसैलाई भनेन ? कसै को अंगालो मा कोही बाधीएन ? हरे यात्रो पढेको केही काम लागेन हेहेहेहे ।
कथा एकदम राम्रो लाग्यो प्रस्तुती पनि एकदम राम्रो , हरेक शब्द चुनेर नै हालेको रहेछौ । अन्त्य चाँही यस्तै हुन्छ होला जस्तो लाग्या थियो तर अली ट्विस्ट रहेछ । अरु पनि उत्कृष्ट सैलीको कथा पढ्ने आशा छ ।


कीप इट अप


 
Posted on 06-04-09 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ctal,


Thanks for the sweetest comment!


पुरे,


सगर त बगरै बगर डौदिरहेको छ रे। कुर्ने चाहि होइन, बालुवा झिक्दै पुर्दै गरिरहेको छ रे।


गुच्चा चोर,


माफि त मैले माग्नु पर्छ जस्तो छ, अनि त्यो असारे फूलको फोटो राख्नु भएकोमा धेरै धेरै धन्यबाद!


कथा जिबन कै एउटा भाग हो साथी। त्यसैले हरेश नखाँउ, चरेश पनि नखाँउ।


कालेदाइ,


घाममा कालो छाता ओडेर हिँड्नु होला है दाइ, पानीमा मात्र छाता ओडेर हुँदैन नि।


बेला बेलामा यसो सम्झिनु होला।


तपाइ जाँगर चलाएर कमेन्ट लेख्नु हुँदो रहेछ, त्यस्तो कमेन्टले लेख्नलाइ धेरै अभिप्रेरित गर्दो रहेछ।


बैरे उर्फ शक्ति कपूर उर्फ खैरे,


Thank you very much for your support!


 


 
Posted on 06-04-09 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी लभ,
 
समय मिलाएर आउने प्रयास गर्ने नै छु। सुझाबको लागि धन्यवाद, घाम र पानीमा छाता ओढ्ने छु।


के गर्नु? समयले मानिसलाई कहाँ - कहाँ पुर्याउछ भन्ने गीत झै भैरहेको छ। मेरो कथा भए पनि लेख्न असमर्थ छु।


बरु तपाईंहरुको कथा पढेर आनन्द लिन्छु कथा संगै बग्छु बिलाउछु अनी coment का साथ हौसला पनि दिने गर्छु।    


कालेदाइ


 


 


 
Posted on 06-04-09 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालेदाइ,


मलाइ क्रेजी मात्र भने पुग्छ,


अनि अर्को कुरा घाम र पानीमा छाता मात्र ओडेर हुँदैन, फेयर एन्ड लवली पनि लाउनु पर्छ।


दाइ, अब कथा लेख्ने पालो हजुरको, अनि म पढेर कमेन्ट लेखुला।


समयले मान्छेलाइ कहाँ कहाँ पुर्‍याँउछ दाइ, हजुरले लाखौँको कुरा गर्नु भयो।


 
Posted on 06-04-09 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

beautifully narrated!
तर  ending चैँ लेख्दा लेख्दै अल्छि लागेर छोडेको जस्तो लाग्यो। कथा भरी सगरलाई धेरै importance दिइएको छ तर अन्त्यमा उस्को अस्तित्व आँफै फिस्स बिलायो। मनमा लगेको कुरा भनी हालेको नि।
enjoyed reading it. keep on writing.

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
nrn citizenship
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
if you are in USA illegally and ask for asylum it is legal
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters