shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 181062 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 04-25-06 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फलाम चिसिए पछि घन हान्न खोज्ने होलान नि शिरीष गुरु! :)
 
Posted on 05-01-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रहारहरू सहेर कठोर बन्न सक्छु !
कोमल ओठ छोई कमजोर बन्न सक्छु !

सके लुकाऊ है यौबनका प्रमाणहरु,
मौका मिल्ने बित्तिकै चोर बन्न सक्छु !

फलामै भैसकें या आकारको उग्र आशा,
पोलिदा अझ हर्षले बिभोर बन्न सक्छु !

पछिल्ला क्रिडाका दागहरु सफा नगर्दै,
एकै क्षणमा अरु फोहोर बन्न सक्छु !
 
Posted on 05-04-06 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मौका मिल्ने बित्तिकै चोर बन्न सक्छु !

एकै क्षणमा अरु फोहोर बन्न सक्छु !


What a coquetry !

सानो सुझाव: "यौवन" र "ओठ" शब्द प्रयोग नगर्दा पनि यी शेरहरुमा शृङ्गार रस न्यून हुँदैनन् । त्यसमाथि शेरहरुले फराकिलो व्याख्याको स्वतन्त्रता पनि पाउँदछन् ।

मेरो तर्फबाट थप:

छिट्टै घरमा निम्ता गर है मलाई, नत्र
तिम्रो गल्लीको ओहोर-दोहोर बन्न सक्छु

 
Posted on 05-04-06 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष-जी, सार्है मीठो ! एक पल्ट पढेँ, अनि खिसिक्क हासेँ। अनि अर्को पल्ट पढेपछि बिस्तरामा ढलेर सोँचमग्न भएँ। :-)

नेपे-जी, बचन चुक्न लाग्यो है। म त प्रत्येक हप्ता तपाईँको साइटमा पुगेकै छु। अल्छि गर्न भएन गुरु। कि सबैले बिर्सिसके भनेर हो? :-)

:-)
-भउते
 
Posted on 05-04-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुहरुका अगाडि धेरै पछि यो पेश गर्दैछु। सल्लाह र सुझावको आशा छ।



आफ्नै पौरखले आर्जित छु म
म जनता हुँ, अविजित छु म


कहिल्यै हार्दिन बन्दूकसंग
खाली हातैले सुसज्जित छु म

कुद्छु भन्थ्यौ, जञ्जीर तोडिदिएँ
अझै घस्रँदैछौ! आजित छु म

जीत थमाएँ, तर ढुक्क छैन
तिम्रो विगतले लज्जित छु म

मूर्दा शान्तिको गीत चाहिएन
ज्यूँदा सपनाले सिर्जित छु म
 
Posted on 05-05-06 1:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कत्ति देश प्रेमको मात्रै लेख्‌ने ल यौटा सौन्दर्य को पनि थपिदिएँ .अलिकता मुड Fresh गरौं



उनी टाडा हुंदा सधैं उनलाइ भेटने आश हुन्छ ।
साथमा आई उनी वस्दा छुट्टीनु पर्ने त्रास हुन्छ ।

अरुले नी’ वुझ्लान भनी इशाराले बोल्छीन उनी
त्यसैले त उनको नजर मेरो लागी खास हुन्छ ।

उनको उदाशीमा मेरो संसार निरस हुन्छ, तर
उनकै मुस्कान मेरोलागी जिवन दिने सास हुन्छ ।

उनी 'उनी' मात्रै नभई 'मेरी' बनीन जब देखि
मेरो दिल र दिमागमा त सधैं उनको वास हुन्छ ।

केवल उनकै सहारामा जिउदो छ यो प्रेमी ‘दिलीप’
उनले छाडे ‘म’ रहन्न मेरो शरीर लास हुन्छ ।
 
Posted on 05-05-06 3:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वालुवा भुट्दैमा खाजा बन्दैन,
श्रीपेज लाउदैमा राजा हुँदैन ।
 
Posted on 05-05-06 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe Guru

Your सानो सुझाव turned out to be a big one for me and I am going to redo the whole thing. Thanks a lot. What an eye opener!

Bhaute,
Thanks.

Gautam jee

I think you need to work on the quafia. Otherwise, I found it superb
 
Posted on 05-05-06 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीषजी,

तपाईले बुझें भनेपछि मात्र मैले बुझें म आफैले भन्न खोजेको कुरा के हो भनेर, सत्ते ।

*** *** ***

दिलिपजी,

स्वागतम् साझामा सबै साझा-कविमित्रहरुको तर्फबाट । तपाईको गजलप्रतिभा झल्किन्छ यो गजलमा ।

एउटा सानो सामान्य टिप्पणी के गर्न चाहन्छु भने, स्रष्टाहरुले सदैव ध्यान दिनुपर्ने कुरा के हो भने -नविनता

स्रष्टाले आफ्नो रचनामा कुनै न कुनै पक्षमा केहि न केहि नविनता भएको कुरामा सन्तुष्ट नभएसम्म त्यसलाई पूर्ण भएको ठान्नु हुँदैन । किनभने रचनाको अर्थ नै 'नविनता' हो ।

*** *** ***

गौतमजी,

वाह ! क्या समयबोध ! क्या सतर्कता !

*** *** ***

राहुलजी,

तपाईलाई पत्यार नलाग्ला, सरल र निष्कपट कविता नै मलाई सबभन्दा बेसी प्रिय लाग्छन् ।

*** *** ***

भौतेजी,

कस्तो लाग्यो त यो साताको कविता ?

नेपे
- http://www.dkhadka.com
 
Posted on 05-05-06 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe guru

I lost the original tone. However, I think I have achieved that layered kind of expression. I need to go to sleep.


मौका मिल्ने बित्तिकै चोर बन्न सक्छु !
एकै क्षणमा अरु फोहोर बन्न सक्छु !

संधै धर्मै गर्नेले पूण्य खै कमाएका ?
मीठा पाप गरेर बिभोर बन्न सक्छु !

भलै नियत होस् पछि फेरि छुट्टिने
तर अहिले सशक्त जोर बन्न सक्छु !

माग या पीडाका आबाज दमन गर्दै
आफ्नो तृप्ति हेतु कठोर बन्न सक्छु !

 
Posted on 05-05-06 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OOPs kya thulo bhayecha !



मौका मिल्ने बित्तिकै चोर बन्न सक्छु !
एकै क्षणमा अरु फोहोर बन्न सक्छु !

संधै धर्मै गर्नेले पूण्य खै कमाएका ?
मीठा पाप गरेर बिभोर बन्न सक्छु !

भलै नियत होस् पछि फेरि छुट्टिने
तर अहिले सशक्त जोर बन्न सक्छु !

पीडाका आबाज या माग दमन गर्दै
आफ्नो तृप्ति हेतु कठोर बन्न सक्छु !

 
Posted on 05-05-06 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मौका मिल्ने बित्तिकै चोर बन्न सक्छु !
एकै क्षणमा अरु फोहोर बन्न सक्छु !

संधै धर्मै गर्नेले पूण्य खै कमाएका ?
मीठा पाप गरेर बिभोर बन्न सक्छु !

भलै नियत होस् पछि फेरि छुट्टिने
तर अहिले सशक्त जोर बन्न सक्छु !

पीडाका आबाज या माग दमन गर्दै
आफ्नो तृप्ति हेतु कठोर बन्न सक्छु !
 
Posted on 05-05-06 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष-जी, नढाँटी भन्नु पर्दा मलाई त पहिले कै भाव मीठो लाग्यो, एक दुई अलिक सस्तो लागेका शब्दहरु परिमार्जन गरेको भए हुने।

कसले मन पराउने , कसले मन नपराउने भन्ने कुरा उमेर र परिवेशले ठूलो भुमिका खेल्दो हो। :p

नेपे-जी, यो साताको कविता घच्चिको छान्नु भएछ। आजकाल मेरो दम्भी र नारा-बादी शब्द-संयोजन प्रति मोहभङ्ग भएको छ। "सरल शब्द-गहन भाव" सदाबहार देखेँ मैले पनि।

म त त्यो "जमिन दूरी हैन रे'छ ....." को ब्यग्र प्रतिक्षामा छु है। त्यो शेर त ठुला ठुला अक्षरले भित्तामा टाँसेरै राखुँ जस्तो थियो भन्या।

गौतम जी,
जीत थमाएँ, तर ढुक्क छैन
तिम्रो विगतले लज्जित छु म

यो शेर त १०० मा १ नै छ ल। अन्तिमको शेरको " मुर्दा शान्ति, जिउँदो सपना" जस्ता शब्द गलत समुहले धेरै प्रयोग गरेकाले हो कि अलिक चित्त बुझेन है मलाई।
 
Posted on 05-06-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is so not fair ke!!! :( :(
 
Posted on 05-06-06 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो मुस्कान्ले मलाई हैरान बनाउन्छ
तिमी तर्किदिंदा जीवन त्यसै गन्हाउंछ ।

अब त तिमी बिनाको जीवन नै लाग्छ कहाँली लाग्दो
के गरु म तिम्रो यादले एक्छिन् पनि नछोडेपछि
त्यसै हल्लियर हिंडिरहेछु
कहिल्यै फुर्सद नभयको कुकुर जस्तो ।

तैपनी आशा छ तिमीले एक्दिन बुझौली भन्ने
त्यसपछी फेरी जीवनको सुर्य उदाउँछ
अहिले लाई धेरै बोल्ने मन छैन
किनकी डर छ मलाई तिमीले उल्टो सम्झौली भन्ने
बरु मलाई यसै जिउन मन् लाग्छ
तिम्रो यादले नै मेरो दिन जिउन योग्य बनाउँछ ।


he he ma pani kabi bhai dya re ke :)
 
Posted on 05-06-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष,

मेरो विचार भौतेजीकोसंग समान छ । अलि संकुचित विम्बलाई असंकुचित बनाउनु नै पर्याप्त हुने थियो ।

पाकिस्तानी प्रगतिशिल शायर स्व. फैज अहमद फैज प्रचुर मात्रामा "महबुब" शब्द प्रयोग गर्छन् । तर यो अक्सर "देश", "जनता", "साथी", "सपना" आदिको अर्थमा प्रयोग भएको छ । (बाई द वे, मैले पनि त्यसैको अनुकरण गरेको छु, पछिल्ला समयहरुमा )

परम्परागत रुमानी विम्बहरुलाई फराकिलो अर्थमा प्रयोग गर्ने अभ्यास प्रिय लाग्छ मलाई । मीठासमा मीठास, अर्थमा व्यापकता, अरु के चाहियो ?

एनि वे, पछिल्लो संस्करणको यो शेर अदभूत छ,

भलै नियत होस् पछि फेरि छुट्टिने
तर अहिले सशक्त जोर बन्न सक्छु !


यसमा प्रोटागोनिस्टको जुन ईमान्दार र स्पष्ट कथन छ त्यो र सबभन्दा बढी चाहि "भोली" र "आज" लाई dispassionately पृथक गर्न सक्ने बौद्धिक चेतना, यी दुई कुराहरुले यो शेरलाई अदभूत बनाएको छ ।
__
 
Posted on 05-06-06 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्कोजी,

कविता संभवत: मानवको primordial भाषा हो । त्यसैले हामी सबै नैसर्गिक कवि हौं । तपाईले आफुलाई कवि होईन कि भनेर ठान्दै नठान्नुस् ।

तपाईको यो कवितामा मलाई खट्केको एउटै कुरा के हो भने तपाईले तपाईको प्रियतमको गर्नु चित्रण । मुस्कान दिने, तर फेरि तर्किने अस्थिर मनस्थितिकी अनि सम्भवत: तपाईको भावना बुझ्न नसक्ने बुध्दु- हेर्नुस् त कति नकारात्मक चित्रण गरिदिनु भयो तपाईले ।
 
Posted on 05-06-06 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe Jyu
धेरै धेरै धन्यबद हौसलको लागि । तर कविता मेरो बसको कुरा हैन । मैले त पहिला आफ्नो post गरेर पो शुरुबट पढन थालेछु । अनि पो थह भयो यहाँ कस्तो उच्चस्तरक कविताहरु रहेछन् भन्ने । म यस्तो quality को अगाडि त आफ्नो post नगरेको भय हुन्थ्यो जस्तो लग्यो ।
 
Posted on 05-06-06 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद गुरुहरुलाई।
शिरिषजी, काफियामा अबश्य पनि ध्यान दिने कोशिश गर्नेछु। हतारमा लेखिहाल्ने र पछि सच्याउन जाँगर नचल्ने बानी छ मेरो, अलि जाँगरिलो बन्नैपर्ला।
भउतेजी, सपनाहरु अधूरै रहेर आएको शान्ति मूर्दा शान्ति हो र त्यस्तो शान्ति स्विकार्य हुन सक्दैन भन्ने भावलाई पेश गर्न ती शब्दहरु ऊचित लागेर प्रयोग गरेको हुँ। सुझावको लागि धन्यवाद। होश पु-याउने छु।
र अन्त्यमा, दिलिप दाइलाई मेरो पनि स्वागत हाम्रो जमघटमा। अरु सहयात्रीहरुमा एउटा सानो जानकारी पेश गरिहालौँ, दिलिपजीसंग मेरो लामो र अत्यन्त आत्मीय चिनाजानी छ। उहाँका मुक्तक र लघुकथाहरुको त म "फ्यान" नै हुँ। उहाँले आफ्नो लेखनीको पेटारो साझामा अझ बढी खोल्नुहुनेछ भन्ने आशा छ।
 
Posted on 05-07-06 12:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well, अन्त लेख्दा लेखिन्छ मात्रै यहाँ लेख्दा कस्तो लेखएछ देखीन्छ पनि । त्यसैले यो thread मा प्रवेश गरेको छु । सल्लाह सुझाब र सिधा कमेन्टको आशा गरेको छु ।

स्वागतको लागी धन्यबाद र सुझाबको अपेक्षा सहित ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters