[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 असारे फूल र एक जोडी आँखा।

[Please view other pages to see the rest of the postings. Total posts: 176]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Keywords associated with this thread

crazy
[VIEWED 90306 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 04-28-09 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिँड्दा हिँड्दै उसलाइ सधै हिडेको यो बाटो आज सार्है रमाइलो लाग्छ। बाटो वरपरका रुखहरुमा रातो रातो पातहरु पलाउदै छन्। हरियो रुखको बिच बिचमा रातो पात हरु लुकामारी खेल्दै छन् जस्तो भान हुन्छ। कति नरम अनि कलिला पातहरु। कति सुन्दर रङ, नेहा पालुवा हेर्दै मुग्ध हुन्छे। कस्ले भर्छ यति सुन्दर रङ्हरु बोटबिरुवामा। उस्लाइ अचम्म लाग्छ, एक फेरि निलो आकाशमा एक नजर पुर्याउँछे अनि  मुस्काँउछे उ। सारा आकाश उसैलाइ हेरेर मुस्काए जस्तो, एक टुक्रा बादल छैन त्यहाँ उस्लाइ  लुकि लुकि जिस्काउने।  सर्‍सर चिसो बतासले एकचोटि नेहाको कोमल अनुहारललाइ हलुका स्पर्श गरेपछि उ आफुलाइ ताजा महसुस गर्छे। मानौं यो मात्र बतासको उपहार होइन, यो उसले पठाएको माया हो। धत्! पागल केटी! आफैसङ कुरा गर्छे उ। उस्को छेउमा गुलाबी फूलहरु फुलेका छन्, ती फुलहरु असारमा फूल्ने असारे फुल झैँ देखिन्छन्। नेहालाइ फूलको नाम त्यति आँउदैन तर असारे फूलसङ उस्को आफ्नै सम्बन्ध छ, कहिले नटुट्ने खालको। उ नजिकै गएर फूललाइ निहार्छे, उसलाइ झन् झन् सुन्दर लाग्छ। त्यही फूलको गुलाबी रङ चोरेर लाँउ जस्तो, फूलकै जामा लगाँउ जस्तो। कहिलेकहि उसलाइ यस्तै लाग्छ, फूल हुन मन लाग्छ, पात हुन मन लाग्छ, अनि चिसो बतास हुन मन लाग्छ।


अहिले के महिना होला नेपालमा? उ मनमनै सोच्छे। तर अड्कल लाउन सक्दिन। महिना जे भए पनि उसको मनमा बसन्त छाएको छ, उसलाइ हर बस्तु सुन्दर लाग्छ। रुखबाट झरेको पातलाइ पनि मायाले सुम्सुम्याँउछे। उसलाइ हरेक कुराको माया लाग्छ। मानौं उ भित्र मायाको ठुलो ज्वालामुखी फुट्दैछ, र उ त्यो लावालाइ प्रेमको रुप दिदैंछे। उसलाइ अचम्म लाग्छ, उसको मन कहाँ कहाँ उडिरन्छ अचेल। उसलाइ आफुवरिपरि के भाको होश हुँदैन। बिनाकारण मुस्काउन मन लाग्छ, सुमधुर गीत गुनगुनाउन मन लाग्छ। उसलाइ यस्तो लाग्छ, उ नशामा  डुबे जस्तो लाग्छ। उसलाइ रात, दिन, अध्याँरो उज्यालो केहिको मतलब छैन। हर क्षण उ असारे फुल हाँसिरहेको देख्छे।


"तिम्रो गाला किन यस्तो गुलाबी हँ?" अफिस पुग्ना साथै उसकी मिल्ने साथी साराले उसको रुमानी मौसम भत्काउन खोज्छे।


"गर्मीले तातिएको होला नि।" नेहालाइ कसैसङ कुरा गर्न मन लाग्दैन।


"हैन, तिम्रो गाला गर्मीले होइन अरु कुनै कारणले तातिएको जस्तो देखिन्छ।" सारालाइ झन् जिस्किनु पर्छ जहिले पनि।


"के कारण?" आफ्नो अनुहारलाइ एकचोटि लिप्स्टिक राख्ने बट्टाको ऐनामा हेर्दै सोध्छे उ।


"तिमी प्रेममा छौ। प्रेममा यस्तै गरी फक्रिन्छन् बासन्ती फूलहरु अनुहारमा। त्यसैले तिमी उज्याली देखिएकी छौ। भर्खरै नुहाएर आएकी परी जस्ती।" सारा जोडसङ हाँस्छे। वरिपरिका क्याबिनमा काम गरिरहेका कर्मचारीहरुको नजर उनिहरु दुइमा केन्द्रित हुन्छन्। नजरहरु मध्यको एक जोडी आँखा नेहाको आँखामा जुध्न पुग्छन्, अनायासै नेहाको अनुहार गुलाबीबाट रङ रातो हुन्छ। नेहा ती आँखाबाट आफ्नो आँखा हटाउन सक्दिन, जवाफमा एउटा मिठो मुस्कान आँउछ। उ झन् एकोहोरो हेर्न थाल्छे ती एक जोडी आँखालाइ।


"उस्तै हेराइ! उस्तै मुहार! उस्तै मुस्कान!दुरुस्तै उस्तै।" सानो स्वरमा आफ्नो आस्चर्यलाइ लुकाउन खोज्छे उ।


"उसलाइ चिन्छौ?" सारा प्रश्न गर्छे।


"अहँ, चिन्दिन त।" नेहा अनभिज्ञ देखिन्छे।


"तिम्रो आँखाले त्यस्तो भन्दैन।" सारा नेहालाइ बिस्वास गर्छे तर उसको अनुहारको भाव बिल्कुल अर्कै देखिन्छ।


"साँच्चै उ को हो?" नेहा उल्टै सारालाइ सोध्छे।


"मलाइ के थाहा? मुस्कान त उसले तिमीसङै साटेको हो नि।" सारालाइ लाग्छ नेहा साँचो कुरा लुकाँउदैछे।


"तर उ "उ" जस्तै लाग्छ मलाइ।" नेहा प्रस्ट भन्छे।


"को उ?" सारा छक्क पर्छे।


"मेरो एउटा साथी!" भन्दै नेहा कम्प्युटरमा ब्यस्त देखिने प्रयाश गर्छे।


सारा ट्वाल्ल परेर नेहालाइ एक्छिनसम्म हेरि रहन्छे।


क्रमश:


 


 



 

Last edited: 28-Apr-09 08:10 PM

 
Posted on 05-26-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेको गेसमै जिन्दगी जाने भो प्रभु! रक्षे गरिदेउ।


नेपे ज्यु,


शब्द अर्थ राखिदिनु भएकोमा धन्यबाद। उर्दुका शब्द जस्तै अर्थहरु पनि सुन्दर हुन्छ, गजल त झन कुरै गर्नु पर्दैन।


किनारा,


मलाइ सन्चै छ, तपाइलाइ कस्तो छ?
हिथक्लिफको माया त के कुरा गर्नु? आँखामा आँसु आँउछ, मनमा चाइ डरको भुइंचालो जान्छ।
आँउदै गर्नु होला माया नमार्नु होला है।


बैरे,


यो निल्ले आफ्नो ढोकामा अवसरले ढक्ढकाको सुनेन कि क्या हो , म त नेहाको माध्यम बन्न पनि तयार छु , निल बोकापन बाट ग्र्याजुएट भाको छैन जस्तो छ हेहेहेहेहेहे


बोकापनबाट ग्र्याजुएट गर्न कुन युनिवर्सिटि जानु पर्छ? कुरा गहिरो जस्तो छ नि।


 
Posted on 05-26-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो निल पनि अन्त्यमा "बिचरा" होला जस्तो छ नि, यस्तै हो भने त निल लाई अस्तिनै को निलु सँग भेटाइदिनु पर्छ है
अनी साच्चै कोही झाक्री चिनेको भए लौन भन्नु पर्‍यो 'एउटी' लाई 'क्रेजी' जस्ताइ क्रेजी बनाउन के गर्नु पर्ला भनेर सोध्नु छ के

 
Posted on 05-26-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<बोकापनबाट ग्र्याजुएट गर्न कुन युनिवर्सिटि जानु पर्छ? कुरा गहिरो जस्तो छ नि।>>


चौतारी आए त ठुल्दाइ, रिट्ठे , लहेरे , पुरे, हर्के , बिस्टे र मैले नि टिउसन दिउला निल लाई के छ र


 
Posted on 05-28-09 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"उदरिङ हाइटस्" भन्ने किताबबारे सुनेको छौ? त्यो बिश्व प्रसिद्ध प्रेम कथा हो "इमिली ब्रोन्ट" भन्ने लेखिकाले लेखेकी। हामी त्यही प्रेम कथा बारे चर्चा गर्नेछौ यसपाली।" साराले भनी।


"प्रेम कथा त रोचक नैं हुने भयो नि समय र परिस्थिति अनुसार। म अहिल्यै अमेजनबाट किताब किन्छु,आजैदेखि पढ्न पनि शुरु गर्छु।" नेहालाइ छड्के हेर्दै भन्यो नीलले।


"त्यस्तो हतार गर्नु पर्दैन, हामीसङ अझै दुइ हप्ता बाँकी छ, आरामले पढे हुन्छ।" सारा हाँसी।


नेहा "उदरिङ् हाइट्स्"की नायिका "क्याथरीन"को प्रेमबारे सोच्न थाली। यो उपन्यास नेहाले धेरै पल्ट पढेकी छे र उ हरेक पल्ट आफुमा "क्याथरीन" पाँउछे, अनि फेरि नेहामा हराँउछे।


भाग-१०


साराको घरबाट छुट्टिए पछि नेहा केहि दिन एक्लै भइ। सारा बिदामा उसको ब्वाइफ्रेन्डको परिवार भेट्न अर्कै सहर गएकी थी। नील अलि ब्यस्त भएको थ्यो, नेहाको शाखामा आउनै भ्याएन। यस्तै एकाकिपनमा उसले आफुलाइ सोध्न थाली, खोज्न थाली, तर उ के चाहन्छे त्यसको उत्तर अझै भेटिन। जब नील उसको नजरबाट टाढा हुन्थ्यो,उ उदास उदास रहन्थी। उसको उदासीको कारण आफैलाइ थाहा हुन्थेन। जब नील नजिक आँउथ्यो, सगर सङसङै छाँया बनेर उसलाइ जिस्काउन आँउथ्यो। सगरलाइ उसले कलेज छोडिसकेपछि पनि खोजेकी थी, तर भेटाउन सकिन। त्यस्तै दिक्क लागेको एक साँझ उसले फेसबुकमा सगरलाइ देखी। फोटोमा अनुहार उस्तै भए पनि शरीर अलि मोटो र परिपक्व देखिएको थ्यो। नेहालाइ लाग्यो उसको खोज सकिएको छ। सगरको इ-मेलमा चिट्ठी पठाउन एक सेकन्ड पनि लाग्दैनथ्यो। तर के भनेर लेख्ने? हेल्लो सगर, तिमीलाइ कस्तो छ? मलाइ चिन्यौ भन्ने कि। सगर, तिमीलाइ त्यो असारे फूल, त्यो कलेजको दिन याद छ भनेर लेख्ने। नेहाले चिट्ठीको  शुरुवात लेख्न सकिन। मनमा डर पनि लाग्यो कतै सगरले "बिर्सेँ" भन्यो भने।


अर्को दिन नील आयो, नेहालाइ राहत जस्तो महसुस भयो। रातभरि एउटा प्रश्नले पिरोलिरहेकोथ्यो, सगरलाइ चिट्ठी लेख्ने कि नलेख्ने भनेर। नीललाइ देख्नासाथ साहस आयो। शायद उ भरै साँझ एकान्तमा सगरलाइ लेख्छे। लन्च-ब्रेकमा नील नेहासङै कुरा गर्न आयो।


"तिमीले "उदरिङ हाइट्स" पढ्यौ?" कुरै कुरामा नीलले नेहालाइ सोध्यो।


"मैले त कलेजमा हुँदै पढेको, त्यसपछि पनि २-४ चोटि पढिसकेको छु। तिमीले नि?" नेहाले सोधी।


"हेर न! मलाइ पढ्नै अल्छि लाग्यो भन्या। अलिकति मोटो पनि रैछ किताब है।" नीलले उत्तर दियो।


"त्यस्तो मोटो त छैन, बरु पढ्न मन छैन भन न!" नेहाले जिस्काइ।


"होइन, होइन! पढ्न कोशिस गरेको हुँ। राति सुनसान थियो, त्यो पहिलो अध्यायमैँ भुतको कुरा रहेछ, डर लाग्यो, अनि बन्द गरें।" नीलको जवाफ सरल थियो।


"केटामान्छेलाइ पनि भुतको डर लाग्छ त?" नेहाले नीलको कुरा पत्याइन।


"किन? केटामान्छेलाइ चाहि भुतले तर्साउदैन?" नीलले उल्टो प्रश्न फ्यांक्यो।


"मलाइ त डर लाग्दैन भुतसङ। मान्छेसङ मात्रै डर लाग्छ।" नेहा मुस्काइ।


"मान्छेसङ त फाइट खेल्न सकिन्छ, त्यो भुतलाइ हान्दा त हावामा लाग्छ अनि कसरी हिर्काउनु। त्यसैले मलाइ भुतसङ डर लाग्छ। ल भइ हाल्यो, तिम्रो मुटु धेरै ठुलो रैछ। अब मलाइ छोटकरीमा त्यो उपन्यासको कथा भन।" नीलले अनुरोध गर्‍यो।


"सक्दिन म! आफै पढ।" नेहाले ठुस्केर जवाफ दी।


"पढ्ने भन्या त हो नि जहिले पढ्न लागे पनि त्यहि भुतको अध्याय मात्र आँउछ शुरुमै। अनि के गर्ने त?" नीलले फेरि कारण बतायो।


"क्याथी र हिथक्लिफको प्रेम हुन्छ, तर सामाजिक प्रतिस्ठाको कारण क्याथरिन अर्थात क्याथीलाइ उसको बुबाले अर्कै धनी केटोसङ बिहे गरिदिन्छ। गरिब केटो हिथक्लिफलाइ सानैमा क्याथीको बुबाले कतैबाट काम गर्नको लागि ल्याइेको हुन्छ। तर आफ्नो प्रेमलाइ पाउन नसकेको पीडामा हिथक्लिफ बदला लिन्छ। क्याथी पनि उसलाइ यति माया गर्छे कि "म नैं हिथक्लिफ हुँ" भनेर घरमा सघाउनी आइमाइलाइ भन्छे। उ हिथ्क्लिफलाइ यति माया गर्छे कि हिथक्लिफ र उसको अस्तित्व एउटै मान्छे। तर हिथक्लिफ प्रेमको चोटमा सबैलाइ दुख दिन चाहन्छ, उसको प्रेमको चरम बिन्दु बदलामा परिबर्तन हुन्छ--" नेहा बताँउदै थी, नीलले सुनेको जस्तो लागेन उसलाइ।


"यो कथा मन परेन मलाइ, भैगो नभन।" नीलले बिचमै रोक्यो नेहालाइ।


"किन नि?" नेहा छक्क परी।


"त्यस्तो बदला लिने मान्छे पनि प्रेमि हुन्छ, यो कथा प्रेमको होइन रहेछ। ल अरु कुनै कुरा गर।" नीलले रोक्यो नेहालाइ।


"त्यसो भए जे सुकै गर।" नेहा एक्छिन मौन भइ अनि फेरि केहि सम्झे जस्तो गरेर भनी। "नील! तिमीसङ एउटा सल्लाह माग्छु, दिन्छौ?"


"के?" नीलले सोध्यो।


"मैले हिजो फेसबुकमा सगरलाइ देखें।" नेहा बिस्तारै बोली।


"अनि के भयो त?" नीललाइ सगर त्यति मन पर्ने बिषय होइन।


"हेर न! चिट्ठी लेखु कि नलेखु भयो भन्या।" नेहाको कुराले नील झस्क्यो।


"किन र? तिम्रो सगरसङ कुराकानी हुँदैन?" नील अचम्म परेर हेर्दैथ्यो नेहालाइ।


"अँह, उसले कलेज छोडेपछि हाम्रो भेटघाट, कुराकानी केहि पनि भएको छैन। अहिले उ अस्ट्रेलियामा रहेछ। हिजो मात्र फेसबुकमा देखेँ।" नेहाको कुरालाइ एकछिन राम्ररी मनन गर्‍यो नील।


"त्यसोभये सगरलाइ तिमी उसलाइ चाहन्छौ भनेर थाहा छ कि छैन?" नील गहिरिएर नेहालाइ हेर्न थाल्यो।


"खोइ?" नेहाले छोटो उत्तर दी।


नील ठुलो स्वरमा हाँस्यो एकैछिन, वरिपरिका मान्छे हरु उसैलाइ हेर्न थाले।


"नेहा! तिमीलाइ स्वागत छ सहिदको संसारमा!" नीलले हाँसो रोक्दै भन्यो।


"तिम्रो भनाइको मतलब के हो?" नेहाले बुझिन।


"कुरा सजिलो छ। हामीहरु मायामा सहिद हुँदैछौँ। तिमी सगरलाइ एकोहोरो मन पराँउछौ, सगरलाइ थाहा पनि छ कि छैन। म तिमीलाइ त्यसरी नैं मन पराँउछु, तर तिमी थाहा भए पनि थाहा नपाको जस्तो गर्छौ। यस अर्थमा म मात्र सहिद भइन, तिमी पनि सहिद हुँदैछौ।" नीलको कुराले नेहाको अनुहार खुम्चियो।


"कहिलेकाँहि तिमीलाइ आबश्यक्ताभन्दा बढी बोलेको जस्तो लाग्दैन नील?" नेहा रिसाइ।


"नेहा! मलाइ मनलाइ लुकाएर कुरा गर्न आँउदैन। यथार्थमा, हामी आफु सहिद भएको फोटोमा लाउने  माला हामी आफै तयार गर्दैछौँ। बास्तबमा सहिदको फोटोमा अरुले माला लगाँउछन्, तर यो प्रेमको सहिदले आफै माला लगाँउछ।" नील फेरि हाँस्न थाल्यो।


"तिमी अर्थ न बर्थका कुरा गर्दैछौ नील!" नेहाको अनुहार रिसले तातिन थाल्यो।


"सहिद नेहा!बधाइ तिमीलाइ र मलाइ पनि। हामीहरुको गन्तब्य एउटै रहेछ।" नील नेहाले आँखा तरेको देखेर अलिकति हिच्कियो, धेरै बोल्नु उपयुक्त छैन भनेर त्यहाँबाट उठ्यो। नेहा आगो हुन लागि सकेकी थी। ढोकामा पुगेर नीलले फेरि हेर्‍यो नेहालाइ।


"मायामा सहिद म! सहिद तिमी! जोडी त मिलेकै हो है?"


नेहा रिसले बोल्न पनि सकेकी थिइन। नील ढोकामा उभिएर एकोहोरो हेर्दैथ्यो उसलाइ, नेहा जुरुक्क उठी र अर्कैतिर फर्केर बसी। नीललाइ एकचोटी फर्केर पनि हेरिन।


क्रमश:


 


 


 
Posted on 05-28-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<त्यस्तै दिक्क लागेको एक साँझ उसले फेसबुकमा सगरलाइ देखी। >>
<<अहिले उ अस्ट्रेलियामा रहेछ। हिजो मात्र फेसबुकमा देखेँ।>>


फकेबूकमा त साथी को प्रोफाइल बाहेक अरु को त हेर्नै मिल्दैन, तरुनी एसो त्यसो मिलाई होला उकुस्मुक्स भाकी होली ।


यो नेहा पनि के भाको निल अघी नहुँदा छट्पटाउने तर निल अघी हुँदा चाँही सागर्को याद आउने , कुकुर लाई घिउ नपच्या भन्या यही हो , तर बिचार  गर्दा त ठिकै पनि हो आफ्नो अपसन त खुल्ला नै राख्नु पर्छ , वोह नही तो कोही और सहि कोही और नही तो कोही और सहि


दरो छ पेलुम पेलुम


 
Posted on 05-28-09 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

stat,
नील को पनि पीर पर्ने तिमीलाइ, नीलुको पनि पीर पर्ने तिमीलाइ।


झाँक्रीनी त तिमीलाइ पो लाउनु पर्ने जस्तो छ है?


बैरे,


चौतारी युनिवर्सिटीमा पनि धेरै कुरा पो पढाइ हुँदो रैछ है?


धेरै जान्ने होइन त्याँ, मैले तिम्रो प्रोफाइल पनि देख्या छु फेसबुकमा। भन्दिउँ रियालाइ?


 
Posted on 05-28-09 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेस्बुकमा add नगरि कसरी सब देख्यो खै कुन्नी, तर मेसेग पठाइ हाले हुन्थ्यो, सगर नि उता australia मा कुर्दै होला, नेहा जत्ती फेस्बुक चलाऊंदैन होला तेइ भेर नेहा देखिन, नत्र त पक्कै लेख्थ्यो सगरले, नेहा सगरलाई 'हेल्लो' मात्र भे नि लेख्देउ। अरु केइ लेख्न पर्दैन, लेख्देउ लेख्देउ!
 
Posted on 05-28-09 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त सहिद हरुको कथा पो रहेछ । अब सहिद् सहिद् एक हौ भन्ने त होलान नि हैन
अनी त्यो झाँक्रिनी कस्ती छे नि? त्यो मोहनि मन्त्र पनि सिकाउछे?
 
Posted on 05-28-09 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पारीजातको जस्तै कथाको नौलो बाटोमा हिँडेकोमा क्रेजीलाई शुभकामना!


 
Posted on 05-28-09 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो फेस बुक मा साथी नभीई प्रोफाइल हेर्न मिल्दैन -


नेहा ले कहाँ बाट भेट्यो त सगर को प्रोफाइल


त्यसो हेर्न मिल्ने भा भे त उहिले नै क्रेजी को प्रोफाइल खोलेर हेरेर फोटो टाँस्दिन्थे

Last edited: 28-May-09 04:45 PM

 
Posted on 05-28-09 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, त्यो काले काले हिस्सि पर्‍या चाहि को त त्यो फेसबुकमा, म त जहिले नि देख्छु बा! इटलीको भनेर आइराको हुन्छ, कहिले अफिसमा भन्या हुन्छ, कहिले के भन्या हुन्छ। म चाहि पढ्छु मात्रै क्या। कि उसले नि मलाइ देख्छ?


 ए नारायण ! के हो यो? कि मलाइ झुक्यायो हँ फेसबुकले साथी हरु हो?


सत्ते सत्ते, मैले झुठ बोल्या हैन है।


 
Posted on 05-28-09 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Profile pictures and info herna ta sathi bannu nai pardaina ni facebook ma for most of the FB users; just send some message provoking other side to reply you. once he or she would reply, click on her/his name next to message to go to her/his profile. Ani kunai sathi ko sathi ho ra sathi lai tag gareko photo album chhirna tesai pani mili halchha ni. Neha le pani tesai gare hune ni. Teso nagare pani Sagar ko profile photo ali thulo parera herna bhaya ta profile picture ma right click garera "Copy URL" lai click garne, browser ma paste garne ra photo number ko agadi ko "s" for small size picture lai change garera "n" for normal size picture garne and enter garna le jhandai double thulo hunchha picture. Teso gare kaso hola, Nehe le.

ani Crazy 8, 9, 10 bhag haru garlam gurlam padera sakiyo; ekai chhin ma, dhit nai maryachhaina, interesting chha katha ani bejod chha prastuti, pheri arko bhag ko parkhai ma....
 
Posted on 05-29-09 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरी ! पुरेले कस्तो नबुझ्या ! मैले होइन क्या नेहाले लेख्ने हो नि चिट्ठि, मैले लेख्ने भए त उहिले शुरु गर्थे "माइ डियर--" भनेर।


stat,


अस्ति त्यो एउटी छे भन्या होइन? हो, उसैलाइ पठाउनु पहिला कुनि के जाति मन्त्र सिक्न, अनि बला उ बाट तिमी सिक्नु। तिमी नैं डाइरेक्ट झाँक्रिनीलाइ भेट्न जाँदा सातो जान सक्छ है मैले भन्द्या छु?


हैन साँचि तिमी नर्सरिमा नैं हो कि क्या हो? १८ बर्ष मुनि हो भने चहि अहिले बेला भाको छैन साथि, धैर्य गर्नु पर्छ।


बिर्खे चा,


शुभकामना मात्र होइन त्रुटिहरु पनि देखाउनु पर्‍यो, म नि सिक्दैछु नि गुरु बा बिस्तारी।


लहरे,


जे भने नि मैले देख्या छु अब कसरी भनेर तल शीतलले भनि सक्यो।


तिम्रो त्यस्तो राम्रो फोटो झिकेकोमा धन्यबाद्।


Ctal,


बल्ल मिल्ने कुरा गर्‍यो शीतलले, मलाइ त के भनम के भनम भाको थ्यो। बेलिबिस्तारसङ प्रोफाइल हेर्ने कुरा सिकाइदिएकोमा धन्यबाद।


दामी आइडिया दियो साथीले, म अब त्यसरी नैं फोटो हेर भन्छु नेहालाइ है?


 


 


 
Posted on 05-29-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ghachchi chha katha.


ani fb ma profile herna mili halchha ni profile private nagarne haruko haina ra? paila ta milthyo ahile ke chha kunni, kattiko profile heriya thyo paile ta... ho tyo kale ko ni herya the maile ni crazy kya hancy hai?


 
Posted on 06-01-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मायामा सहिद म! सहिद तिमी! जोडी त मिलेकै हो है?"


नेहा रिसले बोल्न पनि सकेकी थिइन। नील ढोकामा उभिएर एकोहोरो हेर्दैथ्यो उसलाइ, नेहा जुरुक्क उठी र अर्कैतिर फर्केर बसी। नीललाइ एकचोटी फर्केर पनि हेरिन।


 


भाग-११


दुइ हप्तापछि फेरि साराको घरमा बुक-क्लबको लागि नील र नेहाको भेट भएको थियो। उनिहरु एक अर्कासङ प्रत्यक्ष कुरा गर्न हिच्किचाइ रहेका थिए। नील बहाना बनाँउदैं नेहासङ कुरा गर्न खोज्थ्यो। नेहा कुरालाइ गम्भिरतापूर्बक नसोची समाप्त गर्थी। सामान्य "हाइ, हेल्लो" पछि केहि बेरमैं साराले बुक क्लबको लागि छलफल शुरु गर्ने अनुमति मागि, उपस्थित सबैले शुरु गर्ने सहमति दिए।


नील पहिलो बक्ता थियो, उसले "उदरिङ् हाइट्स्" कि पात्र क्याथरिनको बारेमा बोल्न शुरु गर्‍यो।


"क्याथी एक आफैमा प्रष्ट नभएकी पात्र हो। उ प्रेममा होइन कि जिबनमा कतै अड्किएकी छे, उ कहिँ रोकिएकी छे, जहाँ उ गति लिन सक्दिन र हिथक्लिफलाइ माध्यम बनाएर उ असफल प्रेमको जालोभित्र लुक्न चाहन्छे। उ दिग्भ्रमित छे, जिबनमा उ अघि होइन, पछि मात्र फर्किन खोज्छे। यसले जिबनको नियमलाइ चुनौती दिएको छ, फलस्वरुप उ हिथक्लिफलाइ खराब बाटोतिर लाग्ने प्रेरणा दिन्छे। उ आफ्नो दुखको मात्र होइन, पारिबारिक तहसनहसको लागि पनि जिम्मेबार छे।"


"हिथक्लिफ क्याथीको पहिलो प्रेमि हो, उनिहरुको प्रेम साँचो हो, क्याथी हिथ्क्लिफको अस्तित्वलाइ आफ्नै मान्छे। त्यसैले "म हिथ्क्लिफ हुँ" भन्छे। नेहाले तुरुन्तै नीलको कुरा काटेर बोली। सारा लगायत सबै जना अरु अचम्म मानेर नेहालाइ हेर्न थाले।


"त्यो किशोराबस्थाको प्रेम "प्रेम" हुन सक्दैन, त्यो एउटा आकर्षण मात्र हो क्याथी र हिथक्लिफ बिचको। त्यसैलाइ कारण बनाएर हिथक्लिफको धनी हुने योजना र क्याथीको दुखी बन्ने रहर दुबै आसक्तिका घातक परिणाम हुन्। जिबन गतिशील हुनु पर्छ, तर यस कथामा प्रेमले बिनाश निम्त्याएको देखिन्छ। प्रेममा कहिले त्यस्तो हुन सक्दैन।" नीलले नेहालाइ हेर्दै अरु जोशिएर बोल्न थाल्यो। कोठामा झन मौनता थपियो।


"प्रेमको परिभाषा तिमी आफै बनाँउदैँ छौ, सारा संसारले  मानेको प्रेमलाइ प्रेम होइन भन्ने तिम्रो प्रयाश "उदरिङ् हाइट्स" प्रतिको लक्ष्य होइन, म प्रतिको तिम्रो ब्यक्तिगत प्रहार हो।" नेहाको स्वरमा पनि रिस देखियो।


बुक- क्लबमा भइरहेको कुरा बुझ्नलाइ सारालाइ केहि गार्हो भएन। उसले नील र नेहालाइ एकछिनको लागि बाहिर लगी र भनी।


"यो बुक- क्लब हो, तिमीहरुको झगडा गर्ने ठाँउ होइन, तिमीहरु दुबै उपन्यासको पात्रको सहारा लिएर एक अर्कालाइ ब्यँग गर्दैछौ। यो कुरा राम्रो होइन, भित्र सबै साथीहरु तिमीहरुको चर्तिकला देखेर दिक्क भएका छन्। म तिमीहरुलाइ आज बुक-क्लबमा समाबेश गराउन सक्दिन।"


"तिमीले त हो नि यो सबै शुरु गरेको?" नेहाले नीललाइ आँखा तर्दै भनी।


"हो, हो मैले हो सबै गल्ती गरेको तिमी त चुप लागेर बसेकोथ्यौ।" नीलले तुरुन्तै जवाफ फर्कायो।


"मलाइ तिमीहरुको झगडामा केहि रुचि छैन। तिमीहरु दुबै राम्ररी कुरा गरेर यो समस्यालाइ आजै समाधान गर्ने। त्यहीँ बसेर कुरा गरे पनि हुन्छ।" साराले नजिकैको कौसी देखाइ दुबैलाइ।


"तिमीहरुको कुरा नमिलेसम्म भित्र नआउने।" ढोकाभित्रै पस्ने बेलामा साराले दुबैलाइ सुनाइ।


नेहा कौसीको एक कुनामा गएर आकाश हेर्न थाली, त्यो साँझ पनि आकाश उस्तै सुन्दर थियो, चन्द्रमा उस्तै मुस्काइरहेकी थिए, ताराहरु उदाश देखिन्थे, नेहाकै दुखमा रोइरहेका जस्ता। नीललाइ त्यसरी नबोली बस्न झनै गार्हो भयो।


"आज आकाश कस्तो सफा देखिएको है?" नीलले आकाश र नेहाको अनुहारमा हेर्दै भन्यो।


"म सङ नबोल तिमी!" नेहा अझै रिसाइरहेकी थिए।


"नबोलीकन कसरी कुरा हुन्छ त हाम्रो? साराले कुरा गर्नु र मिले पछि मात्र भित्र आउनु भनेकी होइन?" नील अलि टाढै बसेर बोल्यो।


"तिमीले मलाइ जिबनमा गति लिन नसकेकी आफैप्रति प्रष्ट नभएकी केटी भन्यौ?" नेहाले कुरा फेरि निकाली।


"त्यो त उपन्यासकी नायिका क्याथरिनलाइ पो भनेको मैले। तिमीलाइ भनेको जस्तो लाग्यो भने ल मलाइ माफ गर। सरी!" नीलले माफी माग्नु उचित ठान्यो।


"तिमीले मेरो र सगरको प्रेमलाइ किशोराबस्थाको आकर्षण मात्र ठान्यौ?" नेहाले स्पस्टिकरण मागि फेरि।


"त्यो कुरामा त म माफि माग्न सक्दिन। त्यो मैले जे भने ठिक भनेको हुँ।" नील यसपालि कठोर देखियो।


"तिमीलाइ त म सङ राम्रो ब्यबहार गर्नै आँउदैन, एउटी केटिसङ कसरी कुरा गर्नु पर्छ भन्ने नै थाहा छैन। जे मुखमा आयो त्यही भन्या छ। तिमी कहिल्यै रोमान्टिक हुन सक्दैनौ।
एकोहोरो गुनासो मात्र गरेको छ। म के चाहन्छु भन्ने कुरा कहिले बुझेको छौ?" नेहाले सोधी।


"त्यो त तिमीले भन्नु पर्छ मलाइ, नभनीकन म तिम्रो मनको कुरा कसरी बुझुँ नेहा? हो, म तिमीलाइ प्रभाव पार्न झुठो कुरा गर्न सक्दिन। म जे छु, यस्तै छु। तिमी पनि त म सङ रुखो ब्यबहार गर्छौ नि। फोन नम्बर मागेको त दिएनौ, अब रोमान्टिक भएर फूल दिउँ भने त्यही फूलले मलाइ उल्टो झटारो हान्लौ भन्ने पीर। डेटको लागि जाँउ भनौं भने फेरि नबोली बस्लौ भन्ने पीर। ल भन, म के गरुँ?" नीलको आफ्नै पीरमाथि पीर  थियो।


"तिमीलाइ त सगरको माध्यमले कटाक्ष ब्यँग गर्न मात्र आँउछ, मलाइ चोट पुग्ने गरी। तिमी मलाइ कहिलें कहीँ पत्थर हुनु पर्ने जस्तो लाग्छ।" नेहा उस्तै रुखी भइ।


"तिमी नि तिमी!" नीलको स्वर लै कडा सुनियो। "तिमी मलाइ देख्नासाथ आउने तिम्रो आँखाको चमकलाइ लुकाएर जहिले पनि सगरकै कुरा गर्छ्यौ। तिमी आफुलाइ "कुकून" भित्र सुरक्षित महसुस गर्छयौ। सगर खालि तिम्रो बहाना हो, बास्तबमा तिमी जिन्दगिमा गति लिन चाहन्नौ। तिमी त्यही सगर नामको जालोभित्र खुम्चिएर बस्न चाहन्छौ। तर एउटा कुरा तिमी स्वीकार गर्न सक्दैनौ। मलाइ थाहा छ, तिमी पनि मलाइ चाहन्छौ। फरक यति छ, म ब्यक्त गर्छु, तिम्रो आँखाहरु बोल्छन।" नीलले मनको कुरालाइ जस्ताको त्यस्तै उतारिदियो नेहाको अगाडी।


"तिमीहरुको कुरा मिल्यो कि मिलेन?" सारा फेरि ढोकामा उभिएर हाँसी। नील र नेहा दुबै केहि बोलेनन्।

"खाना खान आउ अब!" भन्दै सारा फेरि भित्र गइ, नील चुपचाप साराको पछि पछि लाग्यो, नेहा नील गएको एक्छिन पछि भित्र पसी।


क्रमश:


 


 



 

Last edited: 01-Jun-09 11:45 AM

 
Posted on 06-01-09 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त सगरको आगमन कुर्दै छु। आउला नि है कतै त। सगरलाई फेस्बुक्मा मेसेग त गरी नि, नेहाले?

 
Posted on 06-01-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या दरो , नोवल र जिन्दगी , तर म पनि यहाँ नेहाकै गल्ती देख्छु , तर खसै भन्ने हो भने सब तरुनी त्यस्तै हुन्छन । लौ लौ लोप भाको सुनुम न हो कत्रो लामो समय लाग्यो आइ लोप लोपा लोप यू भन्न । यो निल त क्या सुस्त रहेछ तरुनी लाई झ्याप आफ्नो अंगालो मा समाउनु नि
 
Posted on 06-01-09 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले सम्म त निल ठिकै लागिराछ - निल ले जे भन्यो ठिकै भन्या छ -


त्यो भाग पनि एक्दमै राम्रो गयो - अब यतिका दिन पछी कथा आउँदा पनि कती छोटो -


 
Posted on 06-02-09 6:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समस्तलाई नमस्ते,


ईमर्जेन्सीमा छुट्टी लिनु पर्‍यो, आज १० - १२ दिनमा त कथाको ११ औ भाग पनि आइसकेको रहेछ। एकै चोटि धेरै भाग पढे, कथा राम्रो गैरहेको छ।


नेहा र निलको लभ परिसकेको होला भन्दै पडिरहेथें तर झगडा पो परिरहेछ।


कालेदाइ    


 
Posted on 06-02-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयो, आयो! बल्ल ढुक्क भयो।

Last edited: 02-Jun-09 10:32 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters