[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 181088 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 03-30-06 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here is one under construction
I am working on one more sher. could not resist posting.


तिम्रा पानीका अणु अरु भिन्न लाग्यो
झन् पिएं झन् अरु तृष्णा जाग्यो

संगै हुंदा पनि हर्ष र बिस्मात उस्तै
तैपनि टाढिने बहाना क्षोभ लाग्यो

नींद बिथोल्ने बिजुली चम्क्यो यादको
आधा उध्रेका आखाबाट सपना भाग्यो
 
Posted on 03-30-06 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीत भन्न गजब हुन्छ जस्तो छ। (हुन त गीत का पनि आफ्नृ नियम छ कि कुन्नि)। नभए काफिया खोजेर बीच बीचमा हाल्नु परो, गजल बनाउने भए। जे होस जिम्मालका ईतिहास गजल र कवितामा छताछुल्ल पोखिएका छन। :-)

शिरिष गुरु,

तिम्रा पानीका अणु अरु भिन्न लाग्यो
झन् पिएं झन् अरु तृष्णा जाग्यो


मलाई त यस्ता शेरले त्यसै त्यसै उचाल्छन भन्या। समयको लेखा त होला नि। :-)
चौथो शेरको प्रतिक्षा ब्यग्रताका साथ गरिरहेको छु।
 
Posted on 03-30-06 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात्तेरी, सम्बोधन नै गर्न छुटेछ बिर्खेजीलाई। :-(
त्यो माथिल्लो भाग चैँ बिर्खेजीलाई लेखेको हो है। तपाईले त्यसलाई गीत बनाउनुभयो भने गजब होला जस्तो छ भनेर।
 
Posted on 03-30-06 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गजल लेख्ने काम मेरो बसमा नभएको जस्तो लाग्यो! तै पनि मन लाग्छ र कोर्छु, मिल्दैन! फेरि कोर्छु फेरि मिल्दैन र फेरि कोर्छु!
धन्यवाद् नेपे दाजु र शिरीष गुरु! मलाई हौसला दिनुभएकोमा!
नमिले पनि म अझै कोर्छु पाएको बेलामा। बस समालोचना र सुझाव दिनुहोस! :)
भाउते, क्यार्न सम्बोधन गर्नु परो र 'ओई बिर्खे' भने नि हुन्च! :)
 
Posted on 03-31-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रा पानीका अणु अरु भिन्न लाग्यो
झन् पिएं झन् बढि तृष्णा जाग्यो

संगै हुंदाका हर्ष र बिस्मात एउटै
टाढिने बाहाना भने बरु क्षोभ लाग्यो

नींद बिथोल्ने बिजूली चम्कयो यादको
नऊघ्रिदै आखाबाट बांकी सपना भाग्यो

झस्के शायद पूतली देख्दा मेरो बागमा
ऊपहार दिईएको सुबास फिर्ता माग्यो

Bhaute

I am pretty encouranged to write in a different tone since you comments. You will need some patients and it will come in increments as I write. I hope they will not make Nepe smile.

तिम्रा पानीका अणु अरु भिन्न लाग्यो
अलिकति पिएथे तृष्णा अरु बढि जाग्यो

स्पर्शको अनुभुतिमा उत्कर्ष थपिदो हो
पर्दा पछाडीको अध्यारोमा उज्यालो माग्यो
 
Posted on 03-31-06 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-)
अलि अलि रस नभरे त खल्लो हुन्छ के गुरु। :-) (चल्लो बाठो)
 
Posted on 03-31-06 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-03-06 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I started this with totally different tone but ended up like this. I still need to work with the beher.

जोडको योग फलाक्ने होडमा सबैजाना
निकाले निकालुन् बिजोडमा सबैजाना

सरासर सिधा बाटो हिड्छु कसैगरि
पर्खे पर्खुन् भाड्न मोडमा सबैजाना

चिन्तन मननमा भबिष्य छ उज्यालो
दुखे दुखुन् बर्तमानको बिछोडमा सबैजाना

न सस्तो भएको छु न त लिलामी नै
कबोले कबोलुन् करोडमा सबैजाना

आधा भरेको भन्दा आधा खाली भन्छन्
हांसे हांसुन् मेरो निचोडमा सबैजना
 
Posted on 04-03-06 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

posted a wrong version. here is the right version

जोडहरुको फल फलाक्ने होडमा सबैजाना
योग निकाले निकालुन् बिजोडमा सबैजाना

सरासर सिधाबाटो हिड्छु कसैगरि
पर्खे पर्खुन् भाड्न मोडमा सबैजाना

चिन्तन मननमा भबिष्य छ उज्यालो
दुखे दुखुन् बर्तमानको बिछोडमा सबैजाना

न सस्तो भएको छु न त लिलामी नै
कबोले कबोलुन् करोडमा सबैजाना

आधा भरेको भन्दा आधा खाली भन्छन्
हांसे हांसुन् मेरो निचोडमा सबैजना
 
Posted on 04-03-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great !, खरो गयो प्रभु !


सरासर सिधाबाटो हिड्छु कसैगरी
पर्खे पर्खुन् भाड्न मोडमा सबैजाना
कति मीठो ! कति मीठो ! सब एक से एक !

यस्ता गजलहरु देखेपछि त त्यसै त्यसै उडुँ कि बुडुँ हुन्छ।

सानो जिज्ञासा है

न सस्तो भएको छु न त लिलामी नै
कबोले कबोलुन् करोडमा सबैजाना

मा "करोड" को सट्टा अलि सस्तो सुझाउने शब्द भेटिन्न भन्या, दुइ लाइनको अर्थ अलि बाझिए जस्तो मानेर। हुन त मैले कुरो नबुझेको पनि हुन सक्छ।


मेरो तर्फ बाट:


सुम्पिन्छ गुरुहरुमै सबै यो गजल यात्रा "भक्त"ले
चाकडीमा डुब्यो भने भनुन् जोड-तोडमा सबैजना।
:P

:-)
-भउते
 
Posted on 04-03-06 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को दामी गजल । दामी मात्र होईन, मजा पनि आउने पढ्दा ।
 
Posted on 04-04-06 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you Nepe.

Bhaute

Thank You for your encouraging words.

Actually, I appreciate your Ghazals more than mine. I am not kidding.

The expressions, flow and melody in yours are simply marvellous and keep motivating me.

Keep Going.
 
Posted on 04-06-06 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute GURU gave me some great suggestions and I modified the previous ghazal accordingly. Thank You Bhaute.

तापे तापुन् बल्ने खोडमा सबैजाना
पोले पोलुन् ताप्ने होडमा सबैजाना

बलियो सांठगांठ छ सजिलै नछुट्ने
देखे देखुन् बिछोड यो जोडमा सबैजना

सिधा हिडेरै पुग्छु गन्तब्य कसैगरि
कुरे कुरुन् भाड्न मोडमा सबैजाना

चिन्तन मननमा उज्यालो भबिष्य छ
दुखे दुखुन् बर्तमानको तोडमा सबैजाना

न किन्न सक्छन् न त लिलामै हुन्छु
बोले बोलुन् मूल्य करोडमा सबैजाना

म जे भरेको देख्छु तिन्का आखाले आधा
हांसे हांसुन् मेरो निचोडमा सबैजना
 
Posted on 04-06-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-) अति भो प्रभो !, मलाई गुरु नभन्नुस। लाज लाग्यो। म त चेलो हुँ तपाईँको, चेलै रहन दिनुस। :-)
 
Posted on 04-06-06 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tara...mero ta ta GURU nai ho kyare..
:P
 
Posted on 04-06-06 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tara...mero ta GURU nai ho kyare..
:)
 
Posted on 04-25-06 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी थुनेर हाल्न नसकेको बाधालाई हेर !
आफ्नै रगत पोखेर पौडेको माछालाई हेर !

शिशाको ढुंगासित जुध्ने आंट भ्रम हैन र?
नपत्याए हावाले बनाएको छायालाई हेर !

तिम्रो शिकार मरेरै पनि घात गरि रहेछ
तिनै चपाई खिईएका ठूटा दा-हालाई हेर !

निराधार बिचारहरुका आधार बनाउदा
दरबारको भत्कनै लागेको छानालाई हेर !


under construction
 
Posted on 04-25-06 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निराधार बिचारहरुका आधार बनाउदा
दरबारको भत्कनै लागेको छानालाई हेर !

छानो भत्किईसक्यो गुरु, गारो पनि भत्कियो। अब बाँकी जगमा त्यै भत्केका ईँटा थुपारेर फेरि ठड्याउँछन कि भन्ने पीर मात्र हो। त्यसैले जग उधिनेर पाल्ने तयारी हुँदैछ।
 
Posted on 04-25-06 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाल्ने = फाल्ने।

झुक्केर पनि कस्तो अशुभ अशुभ शब्द पर्छ भन्या। :-)
 
Posted on 04-25-06 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते
भत्काउने नै भए यस्तो ता’तातोमा नभत्काई के साईत हेरेर बस्या होलान् कुन्नि ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters