बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १६५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 295]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-biggrin.gif
[VIEWED 111717 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 11-20-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   ~ चौतारी १६५~




कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 165 editions.
 
Last edited: 20-Nov-09 04:09 PM

 
Posted on 11-24-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनम त दाई सुनम! मिल्नी भये ट्राइ गर्छु केरे, तर धेर पीरो पनि बनाउन भएन र पो त, नत्र त हाकु छ्वेला बनाउने प्लान थ्यो

 
Posted on 11-24-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेस्भये हाकु छोइला बनाउ, पानीले पखालेर लग

 
Posted on 11-24-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरेले के गर्यो? (भाग-१)


पुरे बिउँझियो।
बाहिर चराहरु कराईरहेका थिए र पर कुनै मन्दीरमा घन्टबजिरहेको थियो। मान्छेहरुको कल्याङमल्याङ अश्पष्ट स्वरहरु पनि वातावरणमा फैलिएका थिए। एक पटक हाई गर्दै जिऊ तन्कायो र फेरि सिरकमा गुटुमुटु भएर घुँडा खुम्च्याउँदै कोल्टे फर्कियो र भित्तामा टुलुटुलु हेर्न थाल्यो। उसको मनमा र दिमागमा सधैँ झैँ सुन्तली छाइन्। उसलाई आफ्नो सम्पूर्ण शरीरमा मदकता भरिएको आभाष भयो। हल्का मुस्कान ओठमा ल्याउँदै उसले सुन्तलीलाई टाउकोदेखि पैताला सम्म सम्झियो। रेशमी सल्सलाउँदो कपाल,सुलुक्क परेको जिऊ,रसिला गाला तथा ओठहरु...सोच्दा सोच्दै उसको शरीरमा रोमांच भरियो।
ऊ जुरुक्क उठ्यो र ट्वाईलेट गयो। ऐनामा आफ्नो अनुहार हेर्यो,एकपटक आफ्नो हातले आफ्नै निधार,नाक र गाला सुमसुम्यायो र दैनिक कर्मतिर लाग्यो।
भर्खर सोह्र सत्रको उमेर थियो र सबै किशोरहरुमा जस्तो पुरेको दिमागमा अनेकन प्रश्नहरु, कौतुहलताहरु र उत्सुकताहरु व्याप्त थिए। उसलाई अब केटिहरुसंगको सम्बन्ध दिदि बहिनीहरु र साथिहरु भन्दा  अरु पनि हुन्छन भन्ने थाहा हुन थालिसकेको थियो। सुन्तली उसको छिमेकि थिइन र उसकै उमेरकि थिएन्। पुरेले आफ्नो सम्पूर्ण वाल्यकाल सुन्तली र ऊ संगैका साथिहरुसंग खेलेर बिताएको थियो। पहिले त सुन्तलीले उसलाई पछ्याउँथिन र लगभग हरबखत उनिहरु संगसंगै हुन्थे, तर बिगत १-२ वर्ष देखि उसले सुन्तलीमा परीवर्तनहरु देख्न थालेको थियो। परीवर्तनहरुका साथसाथै उसलाई सुन्तलीसित नजिकिने चाहना बढ्दै थिए र यसको ठिक विपरित सुन्तली ऊ संग टाढा टाढा हुँदै थिइन्। उसले निकै लामो समयसम्म बुझेको थिएन कि किन सुन्तली ऊ संग आजभोली खेल्दिनन्। उसलाई थाहा छैन तर केहि समय भयो शायद उसले केटि र केटाबिचको फरक थाहा पाउँदै आएको थियो।
नित्यकर्म सकेर ऊ बाहिर निस्कियो। पारी घरको आँगनमा सुन्तलि कुचो लगाउँदै रहिछिन्। ऊ आफ्ने घरको आँगनमा टक्क अडिएर सुन्तलीलाई हेर्न थाल्यो। सुन्तली उसको विपरीत दिशातर्फ फर्केर कुचो लगाउँदै थिइन र उनि हिँड्दा उनको जिऊ सल्वलाउँथ्यो र प्रत्येक सल्वलाईसंगै पुरेको मुटु हल्का जोडले धडकिन्थ्यो र सम्पूर्ण शरीरमा उसले रोमांच महशुस गर्थ्यो। सुन्तली सिधा भएर यता फर्किइन्। पुरेका आँखा संग सुन्तलीका आँखा जुधे,केहि पलको लागि पुरेको संसार उज्यालो भयो। पुरेले एकोहोरो हेरिरह्यो, सुन्तलीले केवल एक उपेक्षित नजर पुरेतिर दिएर तत्कालै झुकेर कुचो लगाऊन थालिन्। पुरे झन हेरेको हेरेई भयो, उसको झन्डै अँध्यारो हुन लागेको सानो संसार झन उज्यालो भयो। तत्कालै सुन्तली केहि सजग देखिईन्,उनले तुरन्तै आफूले ओढेको सल घाँटिमुनि केहि तानेर खसालिन्। पुरेको संसार अब फेरि अँध्यारो भयो।
पुरे हेरिरहेको थियो। सुन्तली आँगन बडारेर एकपटक पनि पुरेतिर नहेरि घर भित्र छिरिन्।
पुरै दौडिएर आफ्नो घर भित्र छिर्यो र ऐना खोजेर एकपटक फेरि आफ्नो अनुहार हेर्यो। लगभग दौडिएर झ्यालतिर गयो र सुन्तलीको घरतिर हेर्न थाल्यो। सुन्तली बाहिर आँगनमा आएर फेरि भित्र छिर्दै रहिछिन्। सुन्तलीको जिऊको सलवलसंगै पुरेको मन सलवलायो।
पुरे नजिकैको कुर्सिमा बस्यो,केहि सोच्यो र मनमनै बोल्यो-"गर्न पर्छ कि क्या हो?"
यति भन्दै ऊ फेरि आत्तिएको जस्तो देखियो।
"धत्..मान्छेले थाहा पाईहाल्छन नि!"
उसले फेरि मनमनै बोल्यो।
"लुकाऊन मिल्दैन होला फेरि, गरेको र गरेपछि कसैले देख्यो वा थाहा पायो भने सबैतिर हल्ला चल्छ!"
उसको एकपछि अर्को मनमा तर्कनाहरु खेल्दै थिए।
"ह्या अब म बच्चा हैन नि,सबैले बच्चा भन्ठान्छन। जे पर्ला पर्ला गरेरै देखाउँछु अब त!पहिलेदेखि नै गर्ने गर्या भए अहिले सुन्तली मसंग मस्केर बोल्ने गर्थिन्।"
"तर...गर्ने कसरि? बाले थाहा पाए भने?"
बाउको डरलाग्दो जुंगा सम्झेर उसको मुटु हल्का उफ्रियो।
"लौ गर्छु गर्छु,बा आज दिउँसो बजार जाने कुरा छ, आमा पनि संगै जाने रे, बेलुका सम्म आउँदैनन्। घरमा कोहि नभएको बेला पारेर गर्छु!"
अब ऊ अलि दृढ देखिन्थ्यो।


(बाँकि भाग पछि)


Last edited: 24-Nov-09 01:03 PM

 
Posted on 11-24-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरु पुरे हाम्लाई नि ट्रेनिङ दिने हो कि पुरी कसरी बनाउने भनेर


बरु पुरे मास्टर भनेर बोलाउला -


बनाउ न आर नि खुब दुख्ख पाइयो - ल एसो सिकाइदिम न पुरे मास्टर


 
Posted on 11-24-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>तेस्भये हाकु छोइला बनाउ, पानीले पखालेर लग <<

 
Posted on 11-24-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल


महा लोल हाहा लोलै लोल लोल लोल


गर्नु गरेछ पुरेले -


अब सबै कुरा क्लियर हुन्छ ल


अर्को भाग को प्रतिक्षा मा


फेरी पनि लोल लोल लोल लोल


 


 
Posted on 11-24-09 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<तेस्भये हाकु छोइला बनाउ, पानीले पखालेर लग >>>


<<< सुन्तली सिधा भएर यता फर्किइन्। पुरेका आँखा संग सुन्तलीका आँखा जुधे,केहि पलको लागि पुरेको संसार उज्यालो भयो। पुरेले एकोहोरो हेरिरह्यो, सुन्तलीले केवल एक उपेक्षित नजर पुरेतिर दिएर तत्कालै झुकेर कुचो लगाऊन थालिन्। पुरे झन हेरेको हेरेई भयो, उसको झन्डै अँध्यारो हुन लागेको सानो संसार झन उज्यालो भयो। तत्कालै सुन्तली केहि सजग देखिईन्,उनले तुरन्तै आफूले ओढेको सल घाँटिमुनि केहि तानेर खसालिन्। पुरेको संसार अब फेरि अँध्यारो भयो।
पुरे हेरिरहेको थियो। सुन्तली आँगन बडारेर एकपटक पनि पुरेतिर नहेरि घर भित्र छिरिन्।>>>



ए बाSSSSS जिमाल बा, अैया मरेँ म हाँसेर हेर्दा हेर्दाइ कथा पो बनी सकेछ। के सार्हो ट्यालेन्ट भन्या नि। ल बबाल छ, माने प्रभो मैले त। पैले पनि मानेको, ऐले पनि मानेँ। तर त्यो कथाको पुरे भन्नेले चाइँ गर्न के लाको हो, ल सुनम सुनम
 
Posted on 11-24-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौन पुरे ले के गर्‍यो हँ? 


पिरो चिल्लो केही हुन्न रे त खैर्या सन्तान हरुलाई !


नभये त अस्ती हर्के बज्जे लाई ख्वाये जस्तै गरी चिकेन सुकुटी बनाम्न सिकाइदीहाल्थे नि म


 
Posted on 11-24-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा को पुरे र पुरे प्यारे लाल पुँइक्क एउटै ब्यक्ती हो


पुरे ले के गर्‍यो त - ल गेस मारौ


 
Posted on 11-24-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बाह्र बर्ष रामायण सुनायो, सीता कस्को जोइ भन्दा ट्वाँ परे जस्तो कुरा पो गर्छ पुरे त । हेर्दा हेर्दै कथा बनीसके छ, अझ पुरे ले के गर्‍यो पो भन्छ बा।


लोल जिम्माल बा लोल।


 
Posted on 11-24-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म त हाँसेर मुर्छै पर्न लाई सकेँ भन्या! ल न जिमालबा, गर्‍यो के त्यो पुरेले

रिट्ठे काजी, भन न रेसिपी, कुइरेयालाई पो हुन्न त, हाम्लाई त हुन्छ नि

 
Posted on 11-24-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो रेसिपी त मिठो चाँही हुन्छ गज्जब तर सजिलो चाँही छैन ! समय पनि धेरै लाग्छ ! अहिले हर्के ले भन्छ
 
Posted on 11-24-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


पुरेले के गर्यो? (भाग-२)


टाढा पसल देखेपछि पुरे मोडमै टक्क अडियो। उसले शंका गरे जस्तै पसलमा भिड थियो। ऊ अलिकता अगाडि बढ्यो। पसलमा २ जना आइमाई,एउटा करिब ४-५ वर्षको बच्चा जुन शायद दुई मध्ये कुनै आईमाईका थिए र एकजना बुढा मान्छे थिए। ऊ पसल भन्दा केहि पर पसलका मान्छे जाने प्रतिक्षा गरेर उभियो।
"खुरुखुरु गएर किने पनि हुन्छ नि, म अलि धेरै डराउँछु!"
ऊ मनमनै आफैँसंग बात मार्न थाल्यो।
"के भन्लान यिनिहरुले फेरि, भर्खर त जुंगाको रेखि बस्या छ किन्न हतार भैसक्यो भनेर हल्ला गर्लान फेरि। यिनिहरु जाऊन अनि किन्छु। बेकारमा किन दुनियाँ हँसाऊनु!"
ऊ पसलतिर हेर्दै प्रतिक्षा गर्न थाल्यो।
पसलबाट एकजना महिला बच्चा डोर्याऊदै फर्किईन र पुरे नजिक पुगेर पुरेलाई हेर्दै भन्न थालिन-" हैन तिमी पुरे हैन,ठुलोमाड्सापको छोरा?"
पुरेले अक्मकाउँदै जवाफ दियो- "हजूर हो!"
"ल हेर कति कल्कलाउँदो भैसकेछौ....केहि किन्न आयौ कि?"
आईमाईको प्रश्न सुनेर पुरे भित्र भित्रै रिसायो।
"कल्लकलाउँदो रे,जो जे सुकै किन्न आएको होस,यो भैँसिलाई के को चासो!" मनमनै भनेता पनि प्रत्यक्षत: उसले भन्यो-"कापी किन्न आएको आन्टी!"
आन्टि गइन्। पुरे फेरि पसलतिर हेर्न थाल्यो।
अर्कि आईमाई गैसकेकि थिइन र अझै एउटा बुढो अवरोध पसलमा थियो।
ऊ बिस्तारै पसलतिर गयो। ऊ अब पसल भित्र प्रश्टसंग देख्न सक्थ्यो। पसलेसंग पसलेको स्वास्नी पनि रहिछिन्।
उसलाई अप्ठ्यारो लाग्यो। पसलेसंग त उसले लाज पचाउन सक्थ्यो तर पसलेकि स्वास्निको अगाडि उसलाई किन्न सक्छु जस्तो लागेन।
ऊ अलिकता निराश देखिन्थ्यो।
बुढो मानिस उसलाई टाउको देखि पैतालासम्म हेर्दै गयो।
ऊ पसलको नजिकै थियो र उसले केहि सोच्न नभ्याउँदै पसलेले उसलाई देखेर प्रश्न गरिहाल्यो-"के चाहियो भाई?"
उसले पुलुक्क पसलेलाई हेर्यो।
पसलेको स्वास्नी पनि उसैलाई प्रश्नवाचक दृष्टीले हेर्दै थिइन्।
उ अक्मकायो। मनमनै सोच्यो-
"यस्तोमा त किन्न सकिन्न, बरु बा कै लिएर गर्ने हो कि?...आबुई हुन्न बा ले थाहा पाए भने बरबाद हुन्छ!"
"ए भाई निदायौ कि के हो? के चाहियो भनेको?"
पसलेले फेरि उसलाई प्रश्न गर्यो।
"म्..म्..मलाई...साहुजी ग्लुकोज बिस्कुट एक बट्टा दिनुस न!"
हडबडाएको बेलामा उसको मुखबाट फुत्त 'ग्लुकोज बिस्कुट' निस्कियो।
पसलेले बिस्कुट दियो, उसले पैसा दिएर बिस्कुट लिएर अलि पर आयो, र आफैँसित भुन्भुनायो!"
"त्यहि कुरो माग्या भए नि हुनि नि, थुक्क म!"
ऊ अलि पर उभिएर बुगुल्टो बिस्कुट मुखमा हुल्दै मनमनै बोल्न थाल्यो।
त्यत्तिकैमा पसलेकि स्वास्नी पसलबाट निस्किएर उतातिर हिँडेको उसले देख्यो।
उसको साहस बढ्यो।
ऊ फेरि पसलतिर गयो।
पसले मुखभरि बिस्कुट चपाईराखेको भर्खर फर्केर गएको ग्राहकलाई देखेर वाल्ल पर्दै हेर्दै थियो।
पुरेले पसलमा हतार हतार यताउता आँखा डुलायो। केहिबेर पछि उसले आफूले खोजेको कुरो देख्यो।
उसलाई मुटुको धडकन बढ्न थालेको आभाष भयो।
"स्..स्..साहुजी!"
उसले अक्मकाउँदै बोलायो।
साहुजीले प्रश्नवाचक दृष्टीले ऊ तिर हेर्यो र सोध्यो-
"के चाहियो अब?"
पुरेले एकातिर दाहिने हातको चोर औँलाले देखाउँदै भन्यो-
"ऊ त्यो पाउँ त!"
बोल्नासाथ उसलाई शरीरभरी खल्खली पसिना आएको आभाष भयो।
पसलेले पुरेले देखाएको दिशामा हेर्दै साबुनको बट्टा छामेर सोध्यो- "यो भनेको?"
"हैन साउजि..त्यसको देव्रेपट्टि तलपट्टिको!"
पसलेले पुरेले देखाएको कुरा चिन्यो। अचानक खितितिति हाँस्न थाल्यो।
पुरेलाई झन अप्ठ्यारो पर्यो। उसको अनुहार पसले हाँसेको देखेर कालो भयो।
'यहि किन्न खोज्दा लाज लागेर अगि ग्लुकोज बिस्कुट किन्या हो भाई तिम्ले?"
पसलेलाई हाँसो थाम्न गाह्रो भैरहेको थियो। पसलेले भर्खर सोह्र सत्र वर्षको केटोको कुरो बुझ्यो।
"भाई तिमी केटाकेटि हैनौ अब,यत्रो जुङ्गाको रेखि बसिसक्यो, झुसे दाह्रि पलाई सक्यो, अब त लाठे भयौ लाठे, शानसंग घच्चिले मागेर किने हुन्छ, किन लाज मान्छौ। सबैले ठिटो भएसि गर्ने कुरा तिम्ले गर्न लाएछौ के को लाज?"
पसलेको कुरा उसको मनको कुरासंग मिले पनि उसको लाज र धक र डर भने झन बढेको थियो।
उसले पसलेसंग सामान लिएट हत्त न पत्त पैसा फाल्यो र लगभग दौडिएर त्यहाँबाट हिँड्यो।
पसले मुसुमुसु हाँस्दै पुरे गएको हेरिरहेको थियो।


(बाँकि भाग पछि)

Last edited: 24-Nov-09 02:07 PM

 
Posted on 11-24-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पसल मा गएर किन्न नि भ्याएछ है - सोझो कहिको पुरेले


हैन किन्न चाँही के किन्यो हँ पुरे ले


जिम्बाल गज्जब छ लोलै लोल लोलै लोल छ


अर्को भाग को ब्यग्र प्रतिक्षा मा


लास्टाँ फेरी एकचोटी लोलै लोल लोल लोल


पुरे ले पनि गर्नु गर्या - क्या बालक त पुरे है है है 


 


 
Posted on 11-24-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



लौ भो त अब, के किनेछ त पुरेले, कस्तो पसल रेछ, कापी पनि पायिने, ग्लुकोज बिस्कुट पनि पायिने, अनी खै के पो हो त्यो पनि पायिने, लौ भो त अब। किन्न चाइँ के किनेछ, ल न जिम्मालबा लास्टै उत्सुक्ता भो, भन्दिम भन्दिम छिटो। भक्खर जुँगाको रेखी बस्या छ, बा संग नि भाको के होला त। ल छिटो!

लोल लोल महालोल

 
Posted on 11-24-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा लोल ।
कथा त "केवल वयस्कों के लिये " भन्ने प्रमाण पत्र टास्नु पर्ला जस्तो छ ।


 भुराभुरी पनि छन चौतारी मा।


बेलुकी बेलुकी ( लुकी लुकी ) सुन्नु पर्ला जस्तो छ।


 
Posted on 11-24-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ए लौन पुरेले त गर्नु गरेछ
मैले सोच्या भन्दा चौबर पो गरेछ
लौन सम्धी ज्यु कती छिट्टो दिमाग अनी ति आउँला चल्या हुन...
आटँ गरेर त माग्यो पुरेले अब कसरी प्रयोग गर्‍यो त ।।त्यो कहनु पर्‍यो प्रभो ..
 
Posted on 11-24-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<कथा त "केवल वयस्कों के लिये " भन्ने प्रमाण पत्र टास्नु पर्ला जस्तो छ ।>>>

योमाSSSSSS साSSSSSSS

<<<आटँ गरेर त माग्यो पुरेले अब कसरी प्रयोग गर्‍यो त ।।त्यो कहनु पर्‍यो प्रभो ..>>>

 
Posted on 11-24-09 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब पुरे ले किनेर प्रोयग गरिसकेपछी के टँवा पर्‍या नि


कती न सोझो पल्टेको होला अहिले


अर्को भाग पुरा डिटेल मा छिटो राख्नु ल


 
Posted on 11-24-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भये न्वारन कैले ख्वाउनी त अब?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters