[Show all top banners]

बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सफल जिन्दगी

[Please view other pages to see the rest of the postings. Total posts: 204]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 131852 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 05-12-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोनको घन्टी बज्दै थियो कस्ले गरेको रहेछ भन्दा नचिनेको नम्बर देखियो, - "हलो " भन्दै मैले सम्भोदन गरे


" के छ काजी "


सुनेको आवाज तर ठम्म्याउन सकिन , मैले प्रश्न गरे - "को हो मैले त चिनिन नि ? "


"कहाँ चिन्थीस, त जस्तो ठुला बडाले हामीलाई "


"ओहो च्याङ्ग्रा , कहाँ बाट सम्झिस आज, " हामी दुई नङ र मासु छुटेको करीब करीब, ४ बर्ष भएको थियो, समय र परिस्थितीले हामीलाई एक अर्का बाट निकै टाढा लगेको थियो । यहाँ सम्म कि हामीलाई एक अर्काको खबर नै थिएन, तर उसले मेरो नम्बर चाँही भेट्या रहेछ ।


" के छ तेरो, के गर्दै छस आजकाल ? " उसले प्रश्न गर्‍यो


"के हुनु त्यही त हो नि अमेरिकाको जिन्दगी घर काम, काम घर । अनी तेरो के छ सुना न त "


"केही छैन यार मेरो पनि उही पहिलेको जस्तै नै हो चली रहा छ । अनी सुन न मैले विवाह गर्न आट्या छु, त आउनु पर्छ है ? "


म अच्चम्म परे " कहिले, को सँग ? " भनी मैले फेरी प्रश्न गरे


" यही सेप्टेम्बर ४ तारीक , केरेन सँग "


को केरेन मैले चिन्या थियिन, केटोले खैरिनी पट्टाएछ भनी मन मनै सोचे ।


च्याङ्ग्रा - " त अली चाडै आउनु पर्छ , यहाँ केही नभएनी २ दिन अघी आउनु पर्छ र विवाह सक्के पछी ४-५ दिन अरु बस्ने प्लान मिला । टिकेटको पर्वा नगर म पठाइ दिन्छु, अनी सुट पनि ल्याउनु पर्दैन, यही मैले मिलाको छु,   त मेरो बेस्ट म्यान होस् "


हामी दुई बिच धेरै दुरी फैलेको थियो तर उसले मलाई आफ्नो बेस्ट म्यान बनाएर त्यो दुरी लाई तुरुन्तै मेटेको थियो । मलाई च्याङ्ग्रा कहाँ थियो पनि थाहा थिएन तर नम्बर देखेर चाँही अमेरिका मै छ भन्ने चाँही थाहा थियो । जमानामा उ सबै छोडेर नेपाल फर्केको सुन्या थिए कहिले फिर्ता आयो त्यो पनि थाहा थिएन । मैले त्यही थाहा पाउन उसलाई सोधे । उु अहिले टेनेसी मा रहेछ । हाम्रो निकै लामो गफ भयो त्यही बिच पुराना कुरा हरु पनि भए र आफु बिच को त्यो ४ बर्षे दुरीलाई त्यही केही घण्टामा मेटाउने प्रयास पनि ।


मैले उसलाई म त्यहाँ हुने आश्वासन दिए र जसरी भए नि एक हप्ता को थप छुट्टी मिलाई आउने बचन दिए । लेबर डे को लामो छुट्टीमा आफुले ३-४ दिन थप छुट्टी लिए उु सँग १० दिन बिताउन मिल्थ्यो र मैले त्यही गर्ने निर्णय गरे ।


फोन राख्नु अघी मैले उसलाई सोधे - " मैले चिन्या चाँही को को आउँदै छ नि ? "


उसले हाँस्दै - " सबै भन्यो, उु पनि आउँदै छे " मेरो प्रश्नको "को" र च्याङ्ग्राले जनाएको उु चाँही रिया थियो । म, च्याङ्ग्रा र रिया चाँही सँगै एउटै कलेजमा पढेका थियौ । च्याङ्ग्राले " ल ल अब बाँकी कुरा यही आएपछी कुरा गरुला , उु पनि विवाह सक्के पछी अझै बस्छे " भनी फोन राख्यो ।


सेप्टेम्बर ४ तारिक आउन १५ दिन बाँकी थियो, तर जानु पर्ने २ दिन अगाडि , भित्ते पात्रो पल्टाएर हेर्दा ४ तरिक सोमबार परेको रहेछ भने पछी म १ तारिक जानु पर्ने थियो । तर अब मनमा अनेक कुरा हरु खेल्न थाले, अतितका कुराहरु झल झली पुरानो सिनेमा हेर्या झै आँखा प्रतक्ष आउन थाले ।


आज भन्दा  ८ बर्ष अगाडिका कुराहरु याद आए .....................


 
Posted on 06-05-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am starting to read now....


 


want to be the 1st to comment...


 
Posted on 06-05-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Done!! Absolutely going as it should be... Keep up the good job bro!!


 


NepaliThita


 
Posted on 06-05-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बैरे खतरा गा छ अहिले सम्म -


अब त्यो ढोका मा रिया होला के रे -


मलाई त अन्त बुझ मन लाग्यो -


धेरै राम्रो छ - बयान गरेर नसकिने कथा छ - अरु त म क भनौ -


ल अर्को भोली नै थप्ने कि - सोमबार त नकुरौ होला केरे


 
Posted on 06-05-09 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे र NT सँग म पनि सहमत् छु। एकदम दामी छ कथा अनी रिया को सँग आउनु पर्ने बैरे???
 
Posted on 06-05-09 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माकुSSSSSSरी, आँफै मुस्कान छरियो, बज्ये बैरेले देस्क्राइब गरेको पढेर, सत्ते क्या खग्गु लेख्छ यार केटो, एस्को आधा लेख्न जान्या भे नि म क्या हुन्थी होला, स्वस्ति गरें प्रभो, ढोका मै हेर्दै छु म नि अनी कस्ती देख्या भन्ने सोच्न नि सक्या छुइन। जे भे नि बबाल देख्या छ चाँही पक्का भो।

पुरा सीन आँखा अगाडि फिलिम जस्तै स्वार्-स्वार्ती गये। केरेनको surprise खै के होला, अब चाँही कथा झन इन्तेरेस्तिङ हुने भो। फोन नम्बर त तेइ रैछ नि हैन त? पैले चेक गर्न पर्थ्यो नि, लिन्क म सँग माग्या भे दि दिन्थें, मागेनौ केरे।

 
Posted on 06-05-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यबात बैरे, खुब लेख्यौ,
रिया को रूप मेरो आँखा अगाडि झल्झली आई रहेछ, अन्य अर्थ नलागोस बैरे, लेखाइ नै तेस्तै छ मन  छुने।  पछील्लो भाग पढेर कमेन्ट नगरि बस्नै सकिन, जिन्दगी का उतार चडाव हरु लाई एसरी प्रत्क्ष्य चित्रन गर्न सकेको मा। अर्को भाग पनि चाडै पढ्न पाए मन को कौतुहल्ता मेटिने थियो।


जय होस्।


 
Posted on 06-05-09 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जती पढ्दै गयो, कथाले त झन झन रोमन्चित बनाउदै छ, रक्सी तान्या जस्तो । लौ सकिएन प्रभु, चाँडो आर्को भाग पनि टास्नुस भनेर जोडदार माग रख्दछु ।

 
Posted on 06-05-09 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्दै जाउ बैरे, उत्तम, रोमान्चक छ,  नछोड----बरु छिटो अप्डेट गर.
 
Decide to stay happy
Posted on 06-05-09 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire,


I am following your story closely. It is really well expressed.


My guess is that you will end up being reunited with her as a huaband and wife. I feel that if this is a real story, you donot deserve it after hurting her feelings knowingly so may times and for so long. But if she will be happy in this then i would surely wish for her.


Hope to read more..............asap


 


 
Posted on 06-05-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Launa baire desperate housewives herna pani ma yeti desperate hunna hola jati ahile timro katha padna bhai rakheko chhu...riya should show up with another man ani baire lai thikka parthyo......anyways nice story ekdam interesting.

 
Posted on 06-05-09 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

may be its baire's wedding and he has no idea abt that??  teti pani nahola tara the way story is flowing and because of the title, it pretty much feels like, Baire and Riya end up getting married.


 
Posted on 06-05-09 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Riya ta soche jastai single nai rahichhan.


Bihe ma eklai ayeko baire pharkinda chahin sathi sangai hune bho ta .


 
Posted on 06-08-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali Thita
<<Done!! Absolutely going as it should be... Keep up the good job bro!!>>


प्रभु कथा पढिदिनु र टिपणी को लागि आभारी छु


serial
<<ल बैरे खतरा गा छ अहिले सम्म -
अब त्यो ढोका मा रिया होला के रे -
मलाई त अन्त बुझ मन लाग्यो -
धेरै राम्रो छ - बयान गरेर नसकिने कथा छ - अरु त म क भनौ -
ल अर्को भोली नै थप्ने कि - सोमबार त नकुरौ होला केरे >>


बौचा ढोका मा खै बेहुली हो कि रिया ढोकामा हेर्या, हेर्या हेरै भए, द्रिश्य त सहि छ


NitiSa
<<लहरे र NT सँग म पनि सहमत् छु। एकदम दामी छ कथा अनी रिया को सँग आउनु पर्ने बैरे???>>


साधारण कथा लाई रोमान्चक गरी पढिदिनु भएको मा म धेरै आभारी छु


perfectionist
<<माकुSSSSSSरी, आँफै मुस्कान छरियो, बज्ये बैरेले देस्क्राइब गरेको पढेर, सत्ते क्या खग्गु लेख्छ यार केटो, एस्को आधा लेख्न जान्या भे नि म क्या हुन्थी होला, स्वस्ति गरें प्रभो, ढोका मै हेर्दै छु म नि अनी कस्ती देख्या भन्ने सोच्न नि सक्या छुइन। जे भे नि बबाल देख्या छ चाँही पक्का भो।
पुरा सीन आँखा अगाडि फिलिम जस्तै स्वार्-स्वार्ती गये। केरेनको surprise खै के होला, अब चाँही कथा झन इन्तेरेस्तिङ हुने भो। फोन नम्बर त तेइ रैछ नि हैन त? पैले चेक गर्न पर्थ्यो नि, लिन्क म सँग माग्या भे दि दिन्थें, मागेनौ केरे। >>


अस्ती देखी कुन कुरी भएर सोच्या माकुरी रहेछ थाहा नै भएन । के भन्या प्रभु त्य्सतो मेरो जस्तो आधा लेखाइ रे लेखे बेला चाँही म भन्दा त्रिप्ल खतरा लेख्ने अनी अर्का लाई उडाउने भएन नि प्रभु यस्तो त । केरेन को सर्प्राइस त मलाई नि सुन्न मन छ खैरेनी ले के जाल बिछौने हो हेर्नै पर्‍यो । कस्तो जान्या सर ले नम्बर को बारे पहिले नै आफु ले नि कल ब्याक गर्नु पर्ने रहेछ , खप्पर खप्पर कि बाट है भन्या यही हो


pacific salmon
<<क्यबात बैरे, खुब लेख्यौ,
रिया को रूप मेरो आँखा अगाडि झल्झली आई रहेछ, अन्य अर्थ नलागोस बैरे, लेखाइ नै तेस्तै छ मन  छुने।  पछील्लो भाग पढेर कमेन्ट नगरि बस्नै सकिन, जिन्दगी का उतार चडाव हरु लाई एसरी प्रत्क्ष्य चित्रन गर्न सकेको मा। अर्को भाग पनि चाडै पढ्न पाए मन को कौतुहल्ता मेटिने थियो। >>


लौ न रिया नै हो र प्रभु त्यो आफ्नो आँखा त तिर्मिर झ्याई भई रहा छ , अब गुलाब लाई गुलाब भन्दा म के अरु अर्थ लगाउ प्रभु ? तपाईलाई कम्मेन्ट लेख्न वाध्य बनाउन सके त्यो नै मेरो पुरस्कार हो अरु त खै के भनौ ?


Bhakte
<<जती पढ्दै गयो, कथाले त झन झन रोमन्चित बनाउदै छ, रक्सी तान्या जस्तो । लौ सकिएन प्रभु, चाँडो आर्को भाग पनि टास्नुस भनेर जोडदार माग रख्दछु ।>>


प्रभु तपाई रौउसी को नशा मा चुर म स्याउसी त्यही त नशा दुबै ले टुन दिन्छ , तपाईलाई एक दिन ह्याङ ओवर हुन्छ आफु लाई सधैं लाई


Krs  84
<<लेख्दै जाउ बैरे, उत्तम, रोमान्चक छ,  नछोड----बरु छिटो अप्डेट गर>>


प्रभु हात मन भन्दा मन्द मन्द चल्छ क्या अर्नु लेख्दै छु तपाई सबै ले यसरी नै पढिदिनु होला ।


decide to stay happy
<<Baire,
I am following your story closely. It is really well expressed.
My guess is that you will end up being reunited with her as a huaband and wife. I feel that if this is a real story, you donot deserve it after hurting her feelings knowingly so may times and for so long. But if she will be happy in this then i would surely wish for her. >>


यो एकै चोटि उडाउने र पक्षर्ने प्रभु को लीला बुझ्नै गाह्रो भयो । तल जमिन कडा छ प्रभु अली सुस्तरी पछारु , ढाड खुस्क्यो भए यो औरिका मा कसले पाल्ला प्रभु दया गरौ । प्रभु कथा त यथार्त नै हो तर यसो मेरो मर्म नि बुझौ न , अतित मा गर्या गल्ती त अन्जान मा भयो जस्तो लाग्छ क्यारे तर भबिस्य नै त्यो पाप को प्रयासचित मा कटाउन नपरोश ।


Rachel Green
<<Launa baire desperate housewives herna pani ma yeti desperate hunna hola jati ahile timro katha padna bhai rakheko chhu...riya should show up with another man ani baire lai thikka parthyo......anyways nice story ekdam interesting>>


ओह के भन्नु भाको यस्तो , यात्रो मान मेरो अब यो शान सँगै नाक झर्ने भयो , हेहेहेहे ।


nepali  man6e
<<May be its baire's wedding and he has no idea abt that??   teti pani nahola tara the way story is flowing and because of the title, it pretty much feels like, Baire and Riya end up getting married. >>


कहाँ wedding प्रभु , माफि पाए धन्य हुन्थे बिहे भए त मेरो दिन दुनो रात चौगुनो हुन्थ्यो । प्रभु को मुखा दूध भात मेरो कल्याण सोच्नु भएको मा


desperate soul
<<Riya ta soche jastai single nai rahichhan.
Bihe ma eklai ayeko baire pharkinda chahin sathi sangai hune bho ta .>>


प्रभु रिया एक्लो हुनु त मेरो अहोभाग्य नै हो , अब आउँदा एक्लै जादा दुक्लै भए त अरु के खोज्नु ? अहिले त तपाई को नाम झै म पनि उसको माफि को लागि desperate छु , माफी बाहेक अरु केही सोच्नै सक्या छैन । 


 


 
Posted on 06-08-09 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baire jyu. maile ta 1st bhag dekhi sabai padhe ekai palta ma...
ramro katha chha..
 
Posted on 06-09-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे ज्यु,


कथा दामी गएको छ ।


रिया एक्लै छिन् त भाग्य बलियो नै मान्नु पर्छ।
 
कालेदाइ


 
Posted on 06-09-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या खै कथा बैरे? कत्ती कुरा'को? महिनौँ भईसक्यो, लु छिटो टासुम प्रभो

 
Posted on 06-09-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो नजर पनि हल भित्र पर्दा, आँखाले झिम्किन पनि छोडे, मुटुले धन्ड्किन पनि, मानौ कि सारा जगत नै अडिएको थियो र सम्पूर्ण जगत को दृष्‍टि नै त्यही हल भित्र छिर्ने ढोकामा परेको थियो ................


त्यो काला टक्सीडो र सेता ड्रेस्स को सामु उनी रङ भरिएको रातो लामो ड्रेस्समा सुसज्जित भएर भित्र आउँदै थी, काध देखी पैतला सम्म बगेको त्यो एक जोडे ड्रेस्सले आज आफ्नो लक्ष पाएको थियो । हातमा, कानमा हिराको ब्रेसलेट, टप र छातीमा चम्केको हिराको आसुँ थोपा झै जडित नेकलेसमा उु चम्की रहेकी थि । उसका मृग नयन गाजलको कालो पनले आँखाका नानी हरु लाई झन उज्यालो परेका थिए भने , लाली र लिपस्तिकले  गाला अनी ओठ स्याउ झै राता र रसिलो बनाएको थियो । समुन्द्रका लहर झै उसको केश हावाका बेग सँग  बगी रहेको थियो , नदीले धर्तीलाई बङ्गाए झै उसको कमर लच्किरहेको थियो । हरिणको चालको सुनेको थिए आज देखियो पनि । त्यो केल्विन क्लेन को सुगन्ध पनि कस्तुरीको सुगन्ध झै सधैं उु सँगै बल्झेको थियो । सृष्टी कर्ता पनि आफ्नो काली गढी देखी, अचम्म भए होला । 


 

उु च्याङ्ग्रा र म भए ठाउँमा हेरी मुस्कुराइ , च्याङ्ग्रा लाई हेरेर मुस्कुराउनु त जरुरी नै थिएन, त्यो मुस्कानको हरेक मुस्काइमा मेरो नाम लेखिएको थियो । हामी उभिएको ठाउँ कटी आफ्नो सिट तर्फ लागि ।  सबैको नजर उु माथि नै थियो , आकाशमा लागेको बादल पनि हटाउदै सुर्यले पनि उसको दर्शन गर्‍यो ।

च्याङ्ग्राले मलाई हेर्दै , "केही याद आयो ?" भनी सोध्यो । म केवल मुस्कुराइ रहे कसरी बिर्सिउ मैले च्याङ्ग्राको पुरानो खैरेनी लाई मेरो सपनाको परी रातो ड्रेस्समा आसुँ थोपे नेकलेस लगाएर आउछे भनेको ? उसले आज मलाई उु नै मेरो सपनाको परी हो भन्ने संकेत गराएकी थिईन् । तर मनको कुनै कुनामा अझै निराश पन छाई रहेको थियो ,मेरो गल्ती हरु के उसले माफ गर्न सक्थी ?


एकै छिन को सुन्यता पछी विबाह सुरु भयो । पहिले च्याङ्ग्रा र पूजारी गई अल्टरमा उभे , त्यस पछी म र एउटा ब्राईड्स मेट गयौ र हाम्रा पछाडि अरु । अल्टरको अघी गएर ब्राईड्स मेटलाई आफ्नो ठाउँमा लगि म आफु उभिने ठाउँमा बसे । सबै जना आफ्नो ठाउँमा उभीए पछी पूजारीले "अल राइस " भन्यो । सबै जना उठे , मधुरो स्वोर ले धुन गुन्जिदै थियो । केरेन आफ्नो बाबुको हात समाइ अल्टर तिर आउँदै थिई । उसको बाबुले च्याङ्ग्राको हातमा आफ्नो छोरी स्वोम्पेर आफ्नो सिटमा बसे । विबाह आरम्भ भयो , नेपाली विबाह जस्तै लामो नहुने रहेछ ३० मिनट मै सकियो सबै कार्यक्रम । विबाहको अन्तमा पूजारीले " आइ प्रिजेन्ट टु यू, Mr. एन्ड Mrs. च्याङ्ग्रा भन्यो " सबैले ताली बजाए । उनीहरु अल्टर बाट भित्र मुख्य कक्ष तिर लागे, सोहि गरी हामी ग्रूम्स मेन र ब्राइड्स मेट पनि पछी लाग्यौ ।


केरेनको बाबु आमा पनि हात अंकमाल गरी आए र उनका अरु परिवार पनि , रिया एक्लो भएकोले वेद्दिङ प्लानरले मलाई "गो ब्याक अन्द ब्रिङ्ग च्याङ्ग्रा's फेमिली " भन्यो । के खोज्छस काणो आँखा , म मन मनै डौडे तर वास्तबिकता मा चाँही सरल हिडाइ थियो । रिया छेउ उभी मैले मेरो हात कमरमा राखी कुईनो बाहिर निकाली बिचमा उसको हात अट्ने प्वाल बनाए । उसले आफ्नो हातले मेरो हातलाई अंकमाल गरी र हामी फेरी मुख्य कक्ष तर्फ लाग्यौ । मन मनै कती नजिक यो मुख्य कक्ष भन्दै सरापे । उसलाई मुख्य हल लगि, उु बस्ने सिटमा राखी म आफु उभिनु पर्ने ठाउँमा उभिए ।


केही क्षणमा आफुले खैरे पराम्परा पालन गर्न आफ्नो टोस्ट गरे , च्याङ्ग्रा र केरेनको सफल जिन्दगी को शुभकामना गरे र खुशी साथ दाम्पद्य जीवन बितोश भन्ने कामना पनि ।


खाना र केक खाइ सके पछी, बेहुला बेहुली को पहिलो डान्स भनी च्याङ्ग्रा र केरेन नाच्नको लागि तयार भए । म्युजिक ब्यान्ड पनि रहेछ सुरुवात "वोन्डरफुल टुनाइट " बाट भयो , च्याङ्ग्रा र केरेन एक अर्का सँग नाची रहेका थिए, दुबै जना एकदम खुशी देखिन्थे, समय समयमा दुई जना एक अर्काको कान मा केही कुरा भन्थे अनी मुस्कुराउथे, कहिले कही एक अर्का लाई आफ्नो प्रेम जनाउन दुईको ओठ हरुको मिलन हुन्थ्यो । म लगायत सबै उपस्थित पाहुनाहरु दुईको प्रेम देखी खुशी थियौ ।


त्यस पछी "टाईटेनिक" को गीत बज्यो " माइ हर्ट विल गो ओन " भन्ने , केरेन आफ्नो बाबु भए ठाउँमा गई, आफ्नो बाबु सँग नाच्न थाली, च्याङ्ग्रा केरेनको आमा सँग, एकै छिन पछी केरेनको आमा बस्नको लागि च्याङ्ग्रा लाई छोडि आफ्नो सिटमा गई बसिन् । च्याङ्ग्राले रियालाई नाच्न आग्रह गर्‍यो । रियाको सौन्दर्ताले सारा माहोललाई आफ्नो कब्जा गरेको थियो, उस्को हरेक पाइला सँग सारा जगत नै झुमी रहेको थियो । म रियालाई हेर्दै आफ्नो फोन हेर्दै केही सोची रहेको थिए, तर मेरो सोच लाई भंग गर्न केरेन आइपुगी - " Can I have this Dance Please "    


मैले उसको त्यो प्रस्ताव लाई - " Pleasure is all mine " भनी स्वीकारे ।


डान्स फ्लोर मा केवल केरेन, म, च्याङ्ग्रा र रिया नाची रहेका थियौ । गीत गायकले सबै लाई नाच्न को लागि आग्रह गरे, सबै जना आ-आफ्नो जोडी बोकी नाच्न डान्स फ्लोर मा आए ।  गीत सकियो, केरेनलाई छोडि म आफ्नो सिट मा बस्न जानु भनेको मेरो भलाद्मीपन बिर्सनु  हुन्थ्यो त्यसैले म केरेन सँगै त्यही उभी रहे । केरेनले "excuse me for a while, I will be right back " भन्दै गीत गाउँनेको कानमा केही भनी र रियालाई लिएर मेरो सामु आइ । " I think you two need to dance in this song " भनेर उु च्याङ्ग्रा सँग नाच्न गई ।


मेरो मुटुले ढड्कन तेज गर्‍यो, धुन सुरु भयो ...... ड्रम र पिआनोको मिसेको धुनमै मैले गीत चिने " लेडी इन रेड "  मैले रिया को हात मेरो हातमा लिए , मेरो एक हात उस्को हातमा थियो हने अर्को उस्को कम्मरमा, उस्को हात मेरो काधले धामी रहेको थियो । मेरो हरेक चाल सँग उसको चाल मिली रहेको थियो । गीतको धुन सँग उु पनि मेरो नजिक नजिक आयो, गीतमा भने झै " The lady in red is dancing with me cheek to cheek " । उसको स्पर्श, सुगन्धले मेरो मन काबुमा राख्न मलाई निकै गाह्रो भएको थियो ।


गीत को भाको सँगै "And when you turned to me and smiled, It took my breath away I have never had such a feeling ,Such a feeling of complete and utter love, as I do tonight" मलाई उु मुकुराएको महसुश भयो, म पनि मुस्कुराए तर उु सँग कुरा गर्ने म सँग अझै आट आएको थिएन ।


त्यो गीतको अन्त हुने साथ " ह्याव आइ टोल्ड यू " बज्न थाल्यो , उसको आँखा रसाको मैले देखे तर उसले आफ्ना आशुलाई नबहने आग्रह गरीन् । भाग्य झै आशुका थोपा कती बेर आफ्नो लक्ष्य पुरा नगरी छोड्थ्यो र ? उसका आशुका थोपामा सारा देवलाई डुबाउने शक्ती थियो । शायद त्यही डरले होला वा उसको रसाको आँखा सबै बाट छोप्न, मैले रियालाई आफ्नो अंगालोमा बाधी त्यो आशुको बोझ आफ्नो काधले थामे । मेरो पापको प्रयासचितको पहिलो बोझ उसका आशुका थोपा हुन पुगे, सारा संसार हाक्ने म मा अझै शक्ती थियो, तर उसको आशुका थोपा मेरो लागि ब्रह्मन्ड बनेको थियो, जो सँग लड्न म काविल नै थिईन ।


गीतको अन्त पछी त्यो आशुको बोझ बोकी म बाहिर निस्के, वातावरण रमाइलो थियो हावाको मन्द मन्द लहर हरु बगी रहेका थिए, घाम पनि ढल्किन खोज्या थिएन र आफु र मेरो बिचमा परेको बादल लाई रियाको लुगालाई झै रत्ताएको थियो । म गई बगैचामा राखेको पिङमा बसे मेरो छेउको पिङ खाली थियो ।


म एक्लो भएको थिए , आफ्नो अतित र गरेका गल्तीहरु सम्झी म आँफैलाई धिकार्दै थिए । म कस्तुरी जस्तै आफ्नो सुगन्ध आफु सँग भएको ज्ञान नपाएर चारै तिर भौतारी रहेको थिए । मेरो सपनाकी प्रियासी सधैं मेरो सामु नै थियो, मैले उसलाई जान्न र बुझ्न कहिले प्रयत्न गरिन । मेरो पशुपती नै मेरो सब से ठुलो धाम थियो तर त्यो कुरा बाट म अज्ञान थिए,  तर अब निकै ढिलो भए झै मलाई लागि रहेको थियो । म रियाको माफि चाहन्थे तर त्यस्को लायक थिए कि थिईन त्यो मलाई थाहा थिएन । म जिन्दगी नामको महासागरको घुम्तिमा दुब्दै गएको थिए ।


मलाई अचानक बाहिर निस्क्या देखेर च्याङ्ग्रा पनि बाहिर आयो । "के भयो , किन बाहिर आको " उसले सोध्यो  । म केही बोलिन, म मौन नै बसी रहे । -"बैरे, त कुरालाई भए भन्दा जटिल बनाइ रहा छस , रियाले तलाई अझै मन पराउछे त्यो अहिले सम्म तैले बुझ्नु पर्ने हो , बुझ्या छैनस भने त मुर्ख होस् । अब त उु सँग आफ्नो गल्तीको माफि माग्न सक्छस कि सक्दैनस त्यो तेरो कुरा हो । मैले गर्नु पर्ने कुरा सब गरी सके , म भित्र जान्छु, रियालाई यहाँ पठाउछु, सायद तेरो यो अन्तिम मौका होला कसरी ईसतमाल गर्ने त्यो तै सोच । " भनी च्याङ्ग्रा भित्र गयो ।


 


 
Posted on 06-09-09 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<च्याङ्ग्रा र केरेनको सफल जिन्दगी को शुभकामना गरे र खुशी साथ दाम्पद्य जीवन बितोश भन्ने कामना पनि ।>>>

गुरु खतरा लेख्यौ, तर गल्तिले मिस्तेक भा हो कि खै के हो, क्रमस: लेख्न भुल्यौ जस्तो छ, तर गल्ती नै भये गल्ती माफ। जाउ यार रियाको हात समाउ, सदा-सदाको लागि। म भेट्न आउँदा रिया नि हुन पर्छ त्याँ भन्द्या छु, भनेन भन्न पाउन्न। हुन त अतितको कुरो भो यो त, भन्जा भन्जी भैसक्या होलान केरे

 
Posted on 06-09-09 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow Riya is so beautiful! Very well narrated Baire.

haina pure ra baireko ke relation ho?

 
Posted on 06-09-09 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The story is really super. I felt like my own story. My story has already ended and we never met again but you luckyass bright future is near. I wish I could I have moment, that glance in my life but Daiba le kahile jurayena.

Very nice presentation. I read all of your story. its simply super. Some places I felt its my own, truely. I had tears on my eyes. touched my heart. Keep writing. I see some grammatical mistakes in the story but the flow of the story is like the river in the winter. Please have some guy who has good command in nepali and your story is one of the best on Sajha.

Good Luck.

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters