[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सबिता र कबिता

[Please view other pages to see the rest of the postings. Total posts: 152]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 63843 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 03-06-08 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिता कबिता

{आदरणीय पाठक मित्रहरु,
यो कथा दुइ नारीको जीवन ब्यथा भएकोले क्रिपया यसलाई नारीबादी क्रान्तिकारि चस्मा लगाएर पढि नदिनु होला। }


बिहानै देखि छोरि चिन्तित् थिई। एक त टोफलको टेस्ट त्यसै टेन्सन् मा हुने अर्को बिगत हफ्ता देखि तराई आन्दोलनको कारण मोटर साइकलमा थोपो पेट्रोल् थिएन।

"ड्याडी ! कसरी जाने होला, ज्ञानेश्वर् सम्म, त्यसै त टेन्सन्, त्यसमाथि हडताल् बन्द यही बेला पर्ने भने?"
 
"बाहिर् रिङ रोड सम्म हिड्ने, अनि बस् सस्, ट्याक्सी टेम्पू जे भेटिन्छ त्यही समात्ने।"
"बरु आज म नि अफिस जान्न, हिजै खबर् गरिसके। संगै जाउला। काठमाडौको सिचुवेशन भदौरे मौसम भन्दा पनि अनिश्चित छ। कहिले कुन चाहि पार्टीको जुलुस् हुन्छ, कहिले कुन पार्टीको हुलुस्। केहि भयो कि तोड्-गोड् (तोड्फोड+ गोदागोड)"।

"लौ हिड,२ घण्टा त बाटो म्याद राख्नै पर्‍यो।"

"के हुने हो के?"

छोरि को चिन्ता मुख सम्म मसिनो स्वरमा निस्के।

"चिन्ता नलेउ, केही हुन्न, नो टेन्सन्, ओन्लि आटेन्सन्।
तिम्रो क्षमता र मेहनतमा बिश्वास छ हामीलाई। यो छुसि टोफल् के हो र?
हाम्रो जमानामा हामीले नि बाया हातले दिएका थेम् क्या रे। "
छोरी मुसुक्क मुस्काइन् मात्र, मेरो कुरा गर्ने स्टाइल पचिसकेको हुनु पर्छ। १ बजे को शिफ्टमा टेस्ट् भएकोले हामी ११ बजे नै निस्क्यौं। रिङरोडमा बस् त देखा परे तर सबैजना उठ् को पोजिशनमा यात्रा जारी राखेकोले बस् मा नजाने संकेत गरें।
एउटा टेक्सि नि छिट्टै दर्शन दिन आए।
 "ज्ञानेश्वर्जाने? "

"जाने २०० लाग्छ।"

२०० लाई बार्गेनिङ् गर्न थाल्ने हो भने अर्को १० ओटा ट्याक्सी कुर्नु पर्ने हुन्थ्यो, समय को तकाजालाई ध्यानमा राखी मैले नि भनें-

"२०१ दिन्छु, लौ छिटो हिड।"
 
ट्राफिकलाई मज्जाले छल्दै, फूटबलका कुशल फरवार्ड जस्तै कमल पोखरी चोक सम्म आशा गरे भन्दा चाँडो के पुर्‍याएको थियो, अगाडी बाटो बन्द। कसले कसलाई कुटेकोमा बिरोध रे, चक्का जाम। कस्तो आम बात भएको यो चक्का जाम् पनि।
संक्रमणकालको फाइदा जस्ले नि उठाउने।

"लौ यहि सम्म मात्र, आगे जान सकिन्न।"

 ड्राइभर साहेबले उर्दी जारी गरि हाले।
बचन अनुसार् २०१ हातमा राखि दिएं।
५ मिनेट हिड्ने हो अब, के गर्ने । देशमा सरकार् नै न भए जस्तो। भए जस्तो भए नि केही गर्न सक्दैन सरकारले मात्र। जन चेतना नै छैन। अलिकति सरकारी अफिसर् को पोज दीहालें।
छोरी पनि हस् भन्दै हिड्न थालिन्।

कमलपोखरी र ज्ञानेश्वर बिचको चोकमा पुग्दा एकजना नीलो कुर्ता सुरुवाल् लगाएकी महिला संग जम्काभेट भयो। मुस्काउने खोजे जस्तो मुस्काइ सकेको अनुहारलाई जबर्जस्ती रोके जस्तो बेढंगको आक्रिति देखें। छोरी ले पनि अचम्म मान्दै ट्वाँ परी।  बिचरीको टेन्सन् टोफल मै। त्यहाँबाट युसेफको बिल्डिङ अगाडिको के पुगेकाथियौं अर्को जिन्स् पाइण्ट लगाएकी भेट भयो। उनी भने मुस्काए जस्तो अनुहार्  पारेर गैइ। तर एक छिन पछि फर्केर फेरि हेर्न थाली।
टेस्ट सेंटरमा प्रबेश पाउन अझै २५ मिनेट  बाकी थियौ। छेवै को पसलमा चिया खानु परो भनी उतै गयौं। चिया र चुरोट, १२ बज्यो कि चाहि हाल्ने। सरकारी जागिरेको परिचय पत्र जस्तै भैसक्यो।

"ड्याड्डी, त्यो अघि चोकमा हाँसे जस्तो गरेर जाने र अहिले पछि फर्कि फर्कि जाने लाई चिनिसिन्छ? "

"अबश्य।"

"कुर्ता लाउने, हाँसे जस्तो गरेर नहास्ने चाहिँ 'सबिता', मेरो सहपाठी स्कूलको।
अनि फर्की फर्की तर्की जाने चाहिँ कबिता, स्कूलको जुनियर।"
 
"न बोली त्यसरी तर्केर फर्केर जानु को रहस्य नि?"
 
छोरीले पनि मेरै स्टाइलमा प्रश्न सोध्ने भैसकी अब त। संगत कस्को? मनमनै भने।

"लामो कथा छ, पहिला टेस्ट सक्याउ, भरे हिड्नै पर्ने हुन्छ। बाटो भरि सबिता र कबिताको कथा भन्दै जाउला हुन्न र?"

"हुन्छ ड्याडी।"

"लौ गेट खुल्यो, अब जाउ। "टेन्सन् लेने का चिज नहिं है देने का है।"  मलाई थाहा छ, "यु विल डु दि बेस्ट।'

"बेस्ट अफ लक।"
 
"थ्यान्क्यु ड्याडी"
भन्दै छोरी युसेफको बिल्डिङमा प्रबेश गरी। म भने अर्को चुरोट सल्काउन थालें।

क्रमश:


 
Posted on 04-28-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे जी,
टाइम पास मात्र भनेर भाईगो भने त हुने हो, खै अब ज्ञानलाल को ज्ञानले के भन्छ। म भएको भए, यस्तो मिसावट प्रेमको पछी लाग्ने नै थिएन। मुटु कमजोर छ,  घडी  घडी घात् सहन सक्दिन  ।

 
Posted on 04-28-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"प्राणेश्वर रे- पत्रमा, उता नाथेस्वर बनाउन लागेकी छे। प्राण भन्दा प्यारो रे, ज्यान भन्दा प्यारो अर्को रोजी सकी। मुटुको धड्कनरे, गालामा चडकन् दिनु पर्ला जस्तो भैसक्यो।"

राहुलदाई लौ न यो कलिलो ज्यान हाँस्दा हाँस्दै खुत्रुक्क होला भन्ने डर।

तर बिचरा ज्ञानलाल, माया नै लाग्यो


 
Posted on 04-28-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"प्राणेश्वर ज्ञानु,
प्राणभन्दा प्यारो ज्ञानु,
मेरो मुटुको धडकन ज्ञानु
आदि इत्यादि। "

kura pani kati aaune yi keti haru lai. Dherai masala halera sambodhan garepachhi gyanlal ko gyan ali khulna parne ho, haina ra? Ramro gairachha. aru jawos la.


 
Posted on 04-28-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्राणेश्वर रे- पत्रमा, उता नाथेस्वर बनाउन लागेकी छे। प्राण भन्दा प्यारो रे, ज्यान भन्दा प्यारो अर्को रोजी सकी। मुटुको धड्कनरे, गालामा चडकन् दिनु पर्ला जस्तो भैसक्यो।
ज्ञानलाल रोए भित्र भित्रै। न रूस् कसरी? मुटु रेटिंदाको पीडा मुटु हुनेलाई मात्र थाहा हुन्छ।

 

 यसरी आबेशमा आएर केही हुन्न? आफ्नै ब्लड प्रेशर मात्र बढ्छ, त्यसै त कलकत्ताको गर्मी, रगत नै ब्वाइल होला फेरि।"

वाह्!, वाह् !  कबिताजी, क्या गजबको भावबिश्लेषण। सिनेमा हल, त्यो पनि दिउसै ट्युशन पढ्ने थलो रहेछ, कबिताको भावमा। राती मैनबत्तीको मधुरो प्रकाशमा टाँस्सिएर बियर संगै माइ डियर भन्नु ट्युशन पढाई रहेछ। पर्भू को लीला अपरम्पार रहेछ, त्यसै भनेको होइन रहेछ, पर्भू।

 

daami gayo rahulvai dai, katha babbal  hudai chha/.......


 
Posted on 04-28-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ को साथीहरु त गजबै राइछ त
ठुल्दै कै संगत ले गर्दा हो की
मलाई पनि ठुल्दाइ को संगत गर्न मुन लाग्युउुउुउ
 
Posted on 04-28-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपिका जी,
त्यस्तरी न हास्नुस् न भन्या, हास्ने कथा जस्तो त लागेको थिएन। एउटी नक्कचरी ले सोझो ज्ञान लाल लाई रुवाएको कथा हो यो।

 

पुण्टे जी,
होभन्या, त्यो ज्ञानलाल साह्रै सोझो भने, बुझ्नै सकेन माया जाल। प्राणेश्वर भनेर सम्बोधन गर्‍यो भनेर मख्ख।

 

रबी जी,
कथा भन्दा नि कबिताको चर्तिकला बब्बाल छन।

 

लहरे जी,
को साथी गज्जब लाग्यो? सबै साथीहरु म जस्तै सोझो, सिधा साधा छन। जिन्दगी बहुत हन्डर ठन्डर खाएका छन। गरिबी ले मारेका अनी प्रेममा बाँचेका। लौ संगत गर्ने भए दस्तुर तिरेर फाराम भर्नुस्, नत्र आराम गर्नुस्।
 


 
Posted on 04-28-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाइ स्वस्ति गरें ल !!! मैले कथा पढ्यो हगि । अन्त सविता भन्दा कविता खतरााा लाग्योन्त । सोमले यस्तो यस्तो केटीहरुको संगत गर्देको रैछ अन्त हाम्लाइ बाल नदेको रैछ हौ । बल्ल बुझ्योन्त । 


 
Posted on 04-28-08 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kabita sabita kathako ahiley samako sabai bhanda utkrista part jasto lagyou
 
Posted on 04-28-08 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबनम जी,
संगत त सबै संग गरियो। कबिता संग नि सबिता संग नि। लास्टाँ सबनम संग नि।

प्रेरणा जी,
धन्यवाद। उत्कृष्ट थियो थिएन मलाई थाहा छैन, तर यो पार्ट लेख्दा चाँही लाई मज्जा लेगेको थियो। 


 
Posted on 04-28-08 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"प्राणेश्वर रे- पत्रमा, उता नाथेस्वर बनाउन लागेकी छे। प्राण भन्दा प्यारो रे, ज्यान भन्दा प्यारो अर्को रोजी सकी। मुटुको धड्कनरे, गालामा चडकन् दिनु पर्ला जस्तो भैसक्यो।"

ठूल्दाइ लौन अब एउटा गिती कथा नि लेख्ने  जमर्को गरौं ।
 
Posted on 04-28-08 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हामीनी पढि राछौ है कमेन्ट मात्र नगरेको है, अब एक दिन मो मो खाँदै यि सबै कथाको बारेमा कुरो गरौलानी हुन्न।

 
Posted on 04-29-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""राहुलदाई लौ न यो कलिलो ज्यान हाँस्दा हाँस्दै खुत्रुक्क होला भन्ने डर।"""

मेरो नि यो बुडो ज्यान हाँस्दा हाँस्दै झिरिप्प होला भन्ने डर परो!

गजब गैरहेको रेछ ठूल्दाई, कथा मनोरंजक हुँदै छ, फन्नि!

 


 
Posted on 04-29-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली जी,
सुझाव सह्रानिय छ नै। गीत त लेख्न आउँदैन, गीती कथा कसरी लेख्ने होला? बरु गुरु मन्त्र छ भने सिकाइ दिनुस् न।

 

हर्क बहादुर जी,
पढि दिनु भो त्यती नै मेरो लागि आशिर्बाद भो। म: म: खानु हुन्थ्यो नि, तपाईं बोर्डर पारी हुनु भयो। यता आउने साइत जुरे छ भने मेरो डेरा म स्वागत छ।

 

बिर्खे जी,
हाँस्दा नि कोइ झिरिप्प हुन्छ र भन्या? फेरी यो कथा ब्यथा त नक्कचरीहरुले दु:ख दिएको सिरियस काहानी पो हो।

 


 
Posted on 05-02-08 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिता कबिता
भाग ९
 

 

गर्मि को छुट्टि मा हामी घर आयौं। संभवत म २ २ दिन् पहिला आएं। ज्ञानलाल  आउने बित्तिकै मलाई भेट्न आए।


"मैले भोलि नै भेट्ने प्लान बनाएको छु, कबिता संग।"
उस्ले श्री गाणेशाय नम: यही बाट गरे। मानौं भोलिको दिनको लागि उ सदियौं देखि पर्खिरहेको छ र जीवन मरणको कुनै निर्णय हुने वाला छ। न होस् नि कसोरी, जीवन साथीको जीवन को जो सवाल छ।

"हुन्छ, भेट तर डारेक्ट् कुनै कुरा पनि न भन। हामी ले जे सोचका थियौं त्यो गलत पनि हुन सक्छ।गलत ठहरियो र  कसैको चित्त दुख्यो भने त्यसको पश्चाताप गर्न सजिलो हुन्न। अझ प्रेम को मामलामा अक्ष्यम्म पनि हुन सक्छ। त्यसैले बडा होशियारपूर्बक यथार्थ उत्खनन गर्नु। तिम्रो प्रेमको जग पनि भास्सियोस्, सत्य पनि न छोपियोस्। शंका, उपशंका, शाखा शंका केही मात्र पनि प्रेम् रस भित्र घुल्यो भने सम्झ जिन्दगि भर पोल्यो।"

 बडा दार्शनिकपारामा मैले नि खोकिदिएं।

"ठिक छ यार, म भोलि बेलुकी नै सब बेलिबिस्तार् लगाउछु। त्यसपछि सल्लाह गरौला । "

"हुन्छ, बेस्ट अफ लक, जोस् मा होस् नगुमाउनु सब ठिक हुन्छ।"  खुट्टा उचाली सकेको ज्ञानलाल् को भनाइमा मैले नि बुट्टा भरें।

ज्ञानलाल् कबितालाई भेट्न गयो वा आफ्नो मुटु आफै रेट्न गयो, फर्के आए पछि थाहा हुन्छ। न भन्दै फर्केर आउने बित्तिक्कै "लौ हिड, म: म: खान" भन्छ बा।
 मूड हेर्दा कुरो सप्रेछ। प्रशन्न छ ज्ञानलाल। आफ्नो भने पेट टन्न। "भर्खर भात खाएको खान्न म: म: स: म:।"

 "असली कुरा भन्नु छ के, जाउ न भने १ प्लेट म: म: एक्स्ट्रा भागमा कोच न। "
त्यसो त ज्ञानलाल को कन्जुस्याइ जग जाहेर त न भनौं, टोल जाहेर थियो।अरु बेला तीन पाथी भोल्ट हाले नि स्वयम्भू माथी चढाए नि म: म: त के समोसा नि खुवादैनथ्यो। ठुलै उपलब्धी न भै म: म: खान जाउं भन्दैन।
मौका यही हो, चपा भैरे चपा, कसैले भने जस्तो लाग्यो।
म: म्: खान जाने बहाना मात्र  न थ्यो।

"ल भन आज साह्रौ प्रशन्न देखिन्छ्स्। के भो एक् एक गरेर डिटेलमा भन।"

ज्ञानलाल् भन्दै गयो-

हामीले सोचेको त सब गलत पो रहेछ। त्यो प्रदिप  पाक:चा, टाढाबाट नाता पर्ने मात्र न भएर दिदीको क्लासमेट रे।
"ए त्यसो पो?" मेरो शंका अझ निवारण भैसकेको थिएन।
"अनि बिस्तारै सिनेमा हल को कुरा निकालेनस् त?"
 
त्यो नि सोधें, मैले।
सोध्न नहुने रैछ, बिचरी त क्वाँ क्वाँ घ्वाँ घ्वाँ रुन थाली। चित्त दुखे छ। त्यो पाक: चा ले जबर्जस्ती गरेर मात्र उ गएकी रे। त्यो पाकचा: सधै पछि लागेर हैरान रे। त्यो हिस्सी न परेको पाकचा: बाट छुट्कारा कहिले पाउंछ भनेर बसेकी रे। अब म आए पछि आफै पाकचा: टाढा हुन्छ रे। सब पाकचा: को कमाल रहेछ, बिचरी त्यस्ती सोझी माथि शंका गरें मैले। तैले त हो उक्साएको मलाई बेकार मा। झण्डै ज्यानै खुस्केको।

"ए! सरि है, मैले पहिला नै भनेको ज्ञानलाल, त्यो सत्य नहुन सक्छ। तथ्य सत्य पत्ता लगाउनु छ। अब सब क्लियर भै हाल्यो नि।"
 
बिचरी कबिता होइन, कबिता त नकचरी हो मेरो बुझाइमा। बिचरा त ज्ञान लाल् हो। दुइ थोपा आँशुमा पग्लिए छ। तरुणीको आँशु को शक्ति बल्ल देखें। बर्षौंको देबादेबको भक्ती भन्दा शक्तिशाली हुंदो रहेछ।

मैले आफ्नै आँखाले देखेको र आफ्नै कानले सुनेको पुरै असत्य हुन सक्दैनथ्यो। केहि न केहि सत्य हुनै पर्थ्यो भन्ने लागेको  आज पूर्ण सत्य लाग्यो। नाटकको अभिनय चिन्न सकेन ज्ञानलालले। अथवा चिन्न जान्ने क्षमता आँशुको भेल ले भगै दियो।
मलाई राम्रो संग ज्ञान छ ज्ञानलाल, कर को हिडाइ , डरको हिडाइ र भरको हिडाई को भिन्नता। मस्किंदै, जिस्किदै पर पर होइन वर वर हुनु कुनै कर र डरले हुन सक्दैन। एक् दिन कर हुन सक्छ, दुइ दिन हुन सक्छ, दिन का दिन हुन सक्दैन।
जे होस्, सरोकारवालाले माने पछि मेरो के लाग्छ। बेकारमा कवाब हड्डी किन हुनु ?

"धेरै बेर पछि मैले फेरि भनें, आज सबै क्लियर भै हाल्यो। तं न रिसाउ, अझ बुझ्ने प्रयास गर, फाइदा मलाई हुने होइन , तंलाई नै हुने हो।"

"त्यो त बुझ्दै गरौला, साढे २ महिना छ गर्मीको छुट्टी, त्यतिन्जेल त सबक्लियर भै हाल्छ नै।"

त्यस पछी, ज्ञानलाल र कबिताको प्रेम लीला चल्यो, दैनिक २-३ शो मै। हाउसफुलका साथ।
ज्ञान लालको जीवन मा कहिलेइ नदेखिएको चमक थियो।  सधैंको कचकचले भएको घर भित्र माया के हो कहिले देखेको थिएन। यदि कबिताको माया बिटुलो र झुठो  भन्ने थाहा पायो भने ज्ञान लालले सहनै सक्दैन। म त्यो कुरा म चिन्तित थिएं।
 
एक दिन फेरि मैले कबिता  एक जाना ह्यान्सि संग हात समाई हिड्दै गरेको देखें, मासंगल्लीमा। साँझ को साढे सात बज्दो हो। पश्चिमको आकाश अझै रक्तिम नै थियो।ेक् छिन् झस्कें, कबिता र ज्ञानलाल होला, जम्काभेट् भयो भने बोर् हुन्छ, भनेर बिच् बाटोमै अन्तै मोड्न खोजें पाइला, तर मनले जोडले न मोड पाइला भने। त्यो ज्ञानलाल होइन जस्तो छ डबल चेक गर भने।

लौ त भनेर एउटा पसलको कुनोबाट लुकेर  चियो गरें। ज्ञान लाल होइन रहेछ, त्यो त प्रदीप अर्थात पाक: चा पो रहेछ। छाना बाट मात्र होइन आकश बाट खसे जस्तो भएं म।

"ह्या!!!!! आफ्नो लभ को कुरा हो र त्यति सारो  चिन्ता लिन लाई, आफैले सम्झायो। सम्झेन मन। आफ्नो न भए नि सानै देखि को मित्रलाई भित्र भित्र बाट यसरी भेट्दै रेट्दै छन्, सहनु हुन्न, केहि गर। अर्को चेतनमन ले भन्यो।

सिधै ज्ञानलाल् को घर गएं। ज्ञानलाल नि एक छिन भाको रहेछ घर हुलेको।

"लौ म नि भर्खर आएको, कताबाट अैस्।
म नि उता बागबजार तिर एक् जना मित्र भेट्न गएको थिएं। गफ गर्दा गर्दै ढिलो भयो। तं कहांबाट आएको नि, निकै झकास् देखिन्छस्।"
 
"कबिता र म गोदावरी घुमेर आएको। बडा खुशी छु यार। तं त कबिता मात्र लेख्छस्, आज म संग जिउंदो कबिता छ।"

 "कति बेला फर्केको नि?" टाइमिङ् चेक गर्न मैले भनें।


भयो यसो डेढघण्टा जति।
अनि कबिता खै त?
 अघि नै रत्नपार्क बाट छुट्टिएर आएको, घर गई।

ए ! भन्दै जुत्ताको फित्ता कसन् थालें

चिया खाएर जा न किन जान लागिस्, भन्दै थियो। भात खाने ट्याम भैसक्यो, ढिलो भयोकि भात होइन लात मात्र बाकी रहन्छ, त्यसैले हिडें, भोलि भेटौला।

क्रमश:


 
Posted on 05-02-08 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मौका यही हो, चपा भैरे चपा, कसैले भने जस्तो लाग्यो।

हैन अनि फेरि त्यो पाकचा सङ हिन्ने मैचा को रैछे त , कबिता हो कि कबिता ले देखाएको रमिता हो कुरा बुझिएन

एउटा पसलको कुनोबाट लुकेर  चियो गरें।

हत्तेरिका, राहुलदाइ यो गर्मि बिदा कबिता को चियो गरेरै बित्ने भयो बा  भाउजु हुनुहुन्थेन भन्या;
               

अर्कोभाग को प्रतिक्षा मा।


 
Posted on 05-02-08 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पनि पढियो,
हैन ठुल्दै, अली छीटो छीटो प्रकाशन गर्नु पर्‍यो।
सेकेन्ड पार्त आउँदा त फर्स्ट पार्त बीर्सने,


 
Posted on 05-05-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेरणा जी,
धन्यबाद। चियो नि गरियो, सियो नि गरियो। त्यतिबेला कहाँ भाउजु हुनु नि? पढ्दै थिए, बढ्दै थिएं।

 

लह्रे जी,
सप्ताहन्तमा पोस्ट गर्नु कारण छुट्टीमा पढ्न पाइयोस भन्ने थियो। यसो बुझ्दा, सप्ताहन्तमा कसैको फुर्सद नहुने रहेछ। छिटो छिटो लेख्न प्रयास त हुन्छ नै तर रि-सोचमा अनी ट्याम त दिनै पर्‍यो। फेरी भात्ता भन्दा गरिदेयो भने सत्ता गए जस्तै हुन्छ।


 
Posted on 05-05-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्ले नि उही दिन पढ्या हुम् ! फलाक्न मात्र आज साइत जुरेछ ठुल्दाइ ! गजब जादैछ कबिताको कथा !
धन्यवाद हजुर !

 
Posted on 05-05-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai Dai

kasto ramro lekhnubha. maile bharkhara sabitako bhag padisake. Kati hasaunu bha hajurle. Kabitako part pani padchu ra aru haschu.


 
Posted on 05-05-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लौ त भनेर एउटा पसलको कुनोबाट लुकेर  चियो गरें"-- ज्ञानलाल त दुई थोपा आशुमा बगेछ, बेक्कार हजुरलाई टेन्सन है राहुलदाइ? त्यो पसल को कुन बाट चियो गर्दा कसैले देखेको भए

ल राहुलदाइ छिटो छिटो अर्को भाग प्रकाशन गर्नु है फेरी लहरे ले भनेको जस्तै एउटा भाग पढ्दा पहिलो नि बिर्सिने बेला होला


 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters