[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५८~~

[Please view other pages to see the rest of the postings. Total posts: 614]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 229490 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-08-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५८

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५८ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा,Gr Bush Jr. -जर्ज बुश आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 58 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.





लौ यसपाली यो रुखलाई चौतारी पनि बनाम,एउटा पिङ पनि हालुम



चौतारी-५७
चौतारी-५६
चौतारी-५५



**********************************************************************
अनि, चौतारीकी हाम्री राम्री भाञ्जी को फोटो पनि राखुम न यहाँ ...


सान्नानी लाई बधाई, आर्नालाई स्वागत!
*********************************************************************




यो मदनवा अ हे व भएर हाम्रो चौतारीमा आएको नि धेरै नै हुन लायो। पहिले पहिले आउँदा साण्डे का तेल भन्दै कुन्नी के हो बेच्थ्यो। पछी धेरै बेच्न नसकेर सुर्ताउँदै एकदिन आफैले एक बोतल पिएको, अहिले सम्म पनि कहिले को कहिले को बन्दै यहाँ मात्र नभएर मासने गाम को चाट पसलमा सम्म गाम्लेहरुलाई हैरान पारिराको छ। बिचरालाई पीर पनि धेरै नै छ रे, लरकी खोजेको जन्मेदेखी, अहिलेसम्म नि पाएन रे!

उसको कहानी उसकै मुखबाट!

गोरि सब भाव खोज्छ कालि हमको आँख मार्छ
कभि हमको टुनटुन मिल्छ कभि हड्डि पर्छ

ठिक बदन ठिक कलर हमले कहिले पाएन
पहले भि भनेको हुजुर हमको लभ कर्न आएन

एक्टा भैया बोल्यो हमको अनलाईनमे लभ करो
च्याट रुममा हमि गियो मोड्ले हम्लाई आउट कर्यो

एक्टा लरकि भेटे थियो एम एस एन मे याड कर्यो
१ महिने बात करेथेँ भन्छे छोरि भेट्न पर्यो

पेसा वेसा जमा कर्के हमले पिलेनके टिकेट किन्यो
धक धक कर्दै भेटनेको गयो बल्ल हुजुर लरकि चिन्यो

नाम पता त ठिके थियो जो हमको बताएथ्यो
पता चल्यो उमरवा त पाँच साल घटाएथ्यो

सोचेँ ठिक छ हमि भन्दा दु साल बडि त के भएछ
भेटघाट करे पछि बात मिलाउन हमि गएछ

हलवा टाइट भयो हुजुर जब हमले थाहा पाएछ
रोज वेब क्याममा सुसरि सहेलिलाई पो बिठाएछ

सहेलिके सिलिम बाँडि देखि देखि हमि फँसेछ
हमि फँसेको देखेर सला दुनियाँ बहुते हँसेछ

अएरपोरटमा जब उसको देखेँ सहेलि संग
सहेलिलाई वहि सोच्यो भयो हमि दंग

पास आयो हमि हँस्यो भन्छ के छ मदनवा
चिनायो हमको असलि लरकि टुनटुन जैसे बदनवा

पेशाब कर्ने बहानामा हमि तबातौड भाग्यो
वापस घइर आएपछि बल्ल हम्रो सास जाग्यो

जे राम जि कि।







 
Posted on 06-11-07 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!! चिया खायौ ठुली?
 
Posted on 06-11-07 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khae ani timle ni hari
 
Posted on 06-11-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ठुली, हरि !! चिया खायौ हरि, ठुली?
 
Posted on 06-11-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ठुली, हरि, ग्वांचे !! चिया खायौ हरि, ठुली, ग्वांचे?
सोमबारे जदौ यो बिर्खे जिम्माल को।
 
Posted on 06-11-07 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gwache dharai din ma dekha parnu bho ni. hajur laai kasto cha.

namche ke cha? maile chiya khae.
 
Posted on 06-11-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ ग्वाँचे हालखबर? अनि ठुली? अनि हरि? अनि नेप्चे???
सोमबारे अटस-मटस सुरु भयो???

ठुलीले चिया मात्रै खा' कि बिस्कुट पनि खा'?
 
Posted on 06-11-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते नेप्चे, गालब !
मेरो हालसम्म खबर ठीकठाक नै छ, तपाईंहरुको नि?
ठुलि, यस्तै हो कैले के नमिल्ने कैले के, भ्याए सम्म मुख देखाएकै छु चौतारीमा , तिम्रो के छ नि हालखबर?
 
Posted on 06-11-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते नेप्चे, गालब, ग्वाँचे, ठुली !
मेरो हालसम्म खबर ठीकठाक नै छ, तपाईंहरुको नि? :-)
 
Posted on 06-11-07 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु, के छ ताअाअाअाअाअा?
ठुली चिया खायौ होलि? हरि कामकै वरि परि?
ग्वाँचे बहुत दिन बाद आयौ? कता भूमिगत? गालब गुरु, सन्चै?
 
Posted on 06-11-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे नि रैछ, कुना बसेको ले देखिन, तारेमाम् है।
 
Posted on 06-11-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि छु नि, तारेमाम् है।
 
Posted on 06-11-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो हाम्रो धेरै पूरानो कथा लेख्नै बाकी छ,
आफ्नो मुटुको अचानो ब्यथा लेख्नै बाकि छ।

सङ्गै बिताएका मीठा पलहरु यति छिट्टै भुल्यौ
नचिने झै गर्नेको फलानो कथा लेख्नै बाकी छ।

जन्मेको आँगन किन हो कुन्नी पराई लाग्यो रे
उही द्यौराली पाखाको बिरानो कथा लेख्नै बाकि छ।

ठुला ठुला सपना देख्नेले ठुलै बेग हान्दो रैछ,
बिपना मै बल्झिएको सानो कथा लेख्नै बाकी छ।
 
Posted on 06-11-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छन हामी पनि छम् के रे!

जदौ!
 
Posted on 06-11-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपना भरि हासिरहन्छु बिपना भरि रुन्छु
दुई दिनको जिन्दगीमा कस्को माया पाउछु कठै मैले के गर्नु

सोमबारे जदौ यो बिर्खे माइलाको
 
Posted on 06-11-07 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालबको अलिखित डायरीबाट:
गैंडाको बच्चोलाई के भनिन्छ?

'गैंडाको बच्चोलाई के भनिन्छ?'
केही वर्ष भइसकेको थियो मैले यो प्रश्न बिर्सेको। यस पटक मार्चमा नेपालमा जाँदा मेरो कान्छा हजुरबाले सम्झाइदिनुभयो। फेरि सम्झाइदिनुभयो भनौं न। मेरो हजुरबाहरु दुई भाइ। आफ्नै हजुरबालाई त मैले देख्दै देखिन। यस्तै अनुकुल नपरेकोले कान्छा हजुरबालाई पनि नभेटेको चाहिं तीन-चार वर्ष नै भइसकेको थियो। र, जब जब म वहाँलाई भेट्छु, यही प्रश्नको कुरा गर्नुहुन्छ। अनि गललल हाँस्नुहुन्छ। मलाई पनि त्यही क्षणको मिठो सम्झना आउँछ।

त्यो बेला म सानो थिएँ। मतलब स्याSSSनो थिएँ एक प्रकारले। चार कक्षामा पढ्थें। भनेपछि सानै थिएँ। स्कूलको रजत जयन्तीको हाजिरी जवाफ प्रतियोगितामा मलाई एउटा सदन (भृकुटी हो कि पृ्थ्वी सदन हो बिर्सिएँ)को टोली नेता बनाइएको थियो। प्रतियोगिता हेर्न गाउँ टोल भरिका मान्छे आएका थिए। र मेरो कान्छा हजुरबा पनि अगाडि अतिथिको कुर्चीमा हुनुहुन्थ्यो। अन्तिम प्रश्न आइपुग्दासम्म हाम्रो टोलीको ६ अंक आइसकेको थियो र हाम्रो सबभन्दा नजीकको टोलीको ४ अंक मात्रै थियो। र मेरो टोलीले जित्ने पक्का भइसकेको थियो। र यस्तैमा हेमराज सरले त्यो जादुको अन्तिम प्रश्न सोध्नुभएको थियो - "गैंडाको बच्चोलाई के भनिन्छ?" अरु तीन सदनबाट सही उत्तर नआएपछि प्रश्न हाम्रो सदनमा आयो। मैले आत्मविश्वासका साथ उत्तर दिएको थिएँ, र पुरा विश्वास थियो सही उत्तर दिएँ। मेरो उत्तर सुनेर सबैजना बेसरी हाँस्दा मलाई के गरौं के गरौं भयो। हाँसो कम भएपछि हेमराज सरले भन्नुभयो - "गलत" तर मलाई एकछिन लाग्यो, हेमराज सर पो गलत।

कान्छा हजुरबाले उही सेरिफ दोहोर्याउनुभयो जुन मैले दुई चार वर्ष दुई चार वर्षको फरकमा वहाँबाट सुन्दै आएको छु। "हेमराजले 'गैंडाको बच्चोलाई के भनिन्छ?' भनेर सोध्यो। (हेमराज सर हाम्रो ७ पुस्ते खलकको मान्छे। मेरो काका पर्नुहुन्छ।) अन्तिममा तिम्रो पालो आउँदा तिमीले जुरुक्क उठेर 'केटाकेटी' भनेर उत्तर दियौ गाँठे! सप्पै गलल्ल्ल्ल हाँसे। वावुराम (हेडसर) पनि हाँस्यो, यदुकुमार पनि हाँस्यो। साहु कान्छो पनि हाँस्यो। सप्पै हाँसे। अनि हेमराजले सही उत्तर 'केटो' भन्दा त झन सप्पै जना हाँसे हे! 'केटो' भन्या भए मिल्ने र'छ, तिम्ले 'केटाकेटी' भन्यौ।" अनि आफैं फेरि गलललल हाँस्नुभयो।

कहिले कहिले त गल्ती गरेको पनि राम्रै हुँदो रहेछ।

अस्तु:॥
 
Posted on 06-11-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) नमस्ते है सप्पै लै
सन्चै छ मैले नि चिया खाइसके है त ( अब सबैले सोध्ने गरेको यहि होला के रे )

राहुलदाको गजल राम्रो लाग्यो
गालव गैडाको बच्चालाइ 'केटो' भन्छन हो? :D:D
 
Posted on 06-11-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa launa ko ko aaisake chan. lau sapailai namaste takaraae haiiiiiiiiiiiiiiiiiiiii.
 
Posted on 06-11-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु!
मलाइ त सन्चै छ। चौतारीमा जो जो पाल्नु भाको छ सबैलाइ सन्चै होला भनि सोचेछु ।

ठुली ले आज च्या मा काँचो रहु माछा चोपेर खाको रे हो?
 
Posted on 06-11-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chi chi ke bhannu bhako durgi di le i dont like seafood. durgi di hijoko mo:mo kasto bho? hamleni chakna paa bhe kya huntyo.

mis darsan gar hai
 
Posted on 06-11-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदि, दुर्गेस्वरी नमस्ते ! सँचै हुनुहुन्छ होला?

ठुल्दाइ, तारेमाम ! गजल अच्छा छ। म भूमिगत त भा हैन, अर्ध भूमिगत जस्तो देखिएको चाइ हो।

गालब ब्रो, गैंडाको बच्चालाई केटा भन्छन हो, केटी भए पनि?

सबैलाई फेरी पनि जदौ है, आफ्नु त पौडि खेल्न जाने बेला भो, टाटा हर्न पिलिज !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters