[Show all top banners]

nakkali keti
Replies to this thread:

More by nakkali keti
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

ThahaChaena

Geology Tiger

shirish
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जय Facebook!

[Please view other pages to see the rest of the postings. Total posts: 30]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 25178 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 09-21-09 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

मैले आज गएर एअरपोर्टको एउटा ठुलो hangar रेन्ट नगरी भा छैन। "किन?" भन्ने लागिरा होला। यो वीकेन्ड facebook मा १७ वटा घर जाने प्लेन उपहार आको रैछ । अब उपहार जस्तो कुरो फाल्न नि भएन (फाले नि का फाल्ने?), राख्नलाई public storage मानि नअट्ने। अनी चाहिएन त hangar? अहिले facebook लाई जती दसैं खाध्य सँस्थानलाई पनि लागेको छैन होला। खाध्य सँस्थानले त खसी, बोका, चामल इत्यादी को मात्र ब्यबस्ता गर्छ नि, facebook ले त के के को मात्र ब्यबस्ता गरेको छैन-- जमरा देखी केटालाई नयाँ लुगा, केटीलाई नयाँलुगा, लाम्काने खसी, सेकुवा, भगवान थान, तास, पिङ ......you name it! मलाई त "बिज्ञाने बिदुरे भवतु भवताम किर्तिस्च नरायणे" लाई पनि चेन्ज गरेर " बिज्ञाने न्युटने भवतु भवताम किर्तिस्च फेसबुके" गर्न मन छ। हुन त म यती सार्हो जान्ने हुनु नहुने हो। मैले यो श्लोक शुद्ध भन्न जानेको धेरै भाको छैन। पैले पैले म "बिज्ञाने बिदुरे भवतु भवताम सिकिस्त नरायणे" भन्थें--- बिचरा नारायण! जस्तो लाग्छ अचेल।

हुन त facebook लाई दसैं मात्र लागेको हैन। २,४ हप्ता अगी तिज पनि गतिलै लागेको थ्यो। facebook मा म्यासेज हेर्दै थिएँ, एउटा यस्तो रैछ "if fasting is your cup of tea then go for it gal, if not then don't try to be SATISABITRI" रे। "AMENNNN"......भन्यो मनले तर त्यो म्यासेज सुझाब, चेतावनी, शुभकामना मध्धे के थियो बुझ्न सकिन। निक्कै बेर घोरिए पछी मलाई त्योम्यासेज मोनालिसाको मुस्कान जस्तो लाग्यो। मैले अहिले सम्म मोनालिसाको मुस्कान किन त्यती प्रसिध्द भाको भन्ने बुझ्या छैन। उसो त मैले बुझेका भन्दा नबुझेका कुरा धेरै छन, त्यसमा यि दुइटा थपिएर के फरक पर्यो र ? इन्फिनिटी मा दुई जोडे पनि इन्फिनिटी नै हो भन्ने गणितिय अक्कल लगार "happy teej" लेखेर पठाइदें।

ए साँच्ची शुक्रबारको कुरा- कामबाट घर पुगेर भारी बिसाको मात्र के थें फोन आयो।
"ओइ के गर्दै छस?"
"के गर्नु? भर्खर कामबाट आको" मेरी भुतपुर्व रुम पार्टनरले गरेकी
"शुक्रबार पनि यती बेला सम्म काम गर्छ कोही? म त ४ बजे नै हिन्दें"
"तेरै छ मोज"
"अस्ती long weekend मा कहीं गैनस?"
"गैन काइ--अस्ती भर्खर त्यत्रो घुमेर आको--घरै बसें। तिमीहरु त घुम्न गका रइछौ--फोटोहेर्या थें मैले facebook मा"
"फोटो हेरिस तैले--कैले हेरेको?"
"खै monday हो कि tuesday"
"मैले आइपुग्ने बित्तिकै upload गरेको--- किन comment नगरेकी त?"
"अब के comment गर्नु--घुम्न गएछौ--रमाइलो भएछ भन्ठाने"
"मलाई कस्तो देख्या छ त्यो हल्टर लाउदा?"
"राम्रो देख्या छ तर तँ अस्तिनै भन्दा अली मोटाइ छस"
"ला हो र! धेरै मोटी देख्खेको छ हो?"
"हैन हैन मलाई त्यस्तो लाग्या मात्र होला"
"मोटाइछस भनेर comment नगर है फेरी, तेरो त केही भरोसा छैन" facebook ‍
"अनी भर्खर गर भन्या हैन त ?"
"comment त राम्रो राम्रो पो गर्नु पर्छ, अरुले notice गरेका रैन रैछन् भने पनि गर्छन् "
"हरे!"
"अनी तिमीहरु अस्तीनै घुम्न गको फोटोहरु किन नराखेकी त?"
"कती धेरै फोटो छ यार--- मसँग त्यो फोटो छानेर facebook मा upload गर्ने जाँगर छैन ---बरुतलाई ईमेलमा attach गरेर पठाइ दिउँला २,४ वटा"
"कस्ती रैछे---राख न--म comment गर्छु नि"
"अब ईमेलमै comment गरेर पठा न"
"ह्या ईमेलमा comment गर्न मजा आउँदैन क्या"
"हे छोड् दे यो फोटो सोटोको कुरा--यो weekend के छ तिमीहरुको plan? सौरभको  के छ हालखबर? "
"उस्को सब ठीक छ--आज उस्को आन्टिको छोराको birthday छ--त्यहीँ जान लाको हामी"
"लौ लौ have fun"
"ल ल म फोटो रख्छु नि facebook मा--हेर न"
"हाहाहा---ल ल"
"ल त तँ पनि भुजा सुजा पकार खा अब--फेरी त्यतिकै काउचमै निदाउने हैन"
"हस हजुर हस---"

हाम्रो  वार्तालाप सकियो। फोन राखी सके पछी सबै कुरा एक चोटि remind गरें। हामीले गरेका कुरा मध्ये ९५% भन्दा बढी facebook सँग सम्बन्धित थिए। तेस्को कुरा सुनेर " how come everybody in facebook look so cute?" भनेर जीरा दाई (दाइ भन्देछी आफ्नो उमेरको पीर गरीराख्नु परेन नि) ले यही साझामा लेख्नु भाको सम्झे। हो दाई हो, सोर्है आना सही--अब त्यस्तो warning आए पछी सबै जना cute हुने नै भए । यस्तै positive comment सबैले सबैलाई गर्ने भए संसारमा कसैलाई depression ले छुने थिएन।

Birthday पार्टीमा जाने भन्दा याद आयो- facebook को अर्को महत्व पूर्ण event "Happy Birthday"--अब टाढा भका अथवा सधैं संपर्क नहुने साथीभाइ, नातागोता लाई birhtday को दिनमार्फत "Happy Birthday" भन्दा मेरो केही गुनासो छैन तर एउटै घरमा बस्नेश्रीमान/श्रीमती, प्रेमी/प्रेमिकाले "Happy birthday baby....you are my sweetheart"--- "Happy birthday baba....I love you" लेख्या देखेर चै अचम्म लाग्छ भन्या। "कृतिम माया प्रदर्शन" भन्छ त्यती बेला मेरो मनले। no offense है फेरी। अब facebook मा आफुलाई मन लागेको कुरा लेख्नपाउनु तपाईंहरुको अधिकार --याँ मैले गफ लाइरा बेला मलाई लागेको कुरा लेख्न पाउनु मेरो अधिकार। चित्त नबुझेको खण्डमा लास्टाँ comment गर्न पाउने तपाईंहरुको अधिकार सुरक्षित छँदैछ।

ए त्यो "what's on you mind?" को कुरा पनि गरौं न अब सुरु गरे पछी। कस्तो खतरा खतरा कुरा आउने बाबै सबको दिमाख मा? एक जनाले यस्तो लेख्या रइछन "The perfection of wisdom, and the end of true philosophy is to proportion our wants to our possessions, our ambitions to our capacities, we will then be a happy and a virtuous people"--फस चोटि पढे पछी अहा! हो त नि हैजस्तो भा थ्यो, दोस्रो चोटि पढ्दा अली अलमलिएँ, तेस्रो चोटि पढ्दा त ठ्याम्मै केही बुझ्याहैन। मेरो मात्र दिमाख किन यस्तो खाली हो? आफ्नो त अङ्रेजी पनि better game परेको बेला एउटा पनि sequence नमिलेको तास जस्तो छ। भगवानले पनि किन सौताको छो-छोरी लाई जस्तो व्यबहार गरेका होलान भन्ने सोचले बिरक्तिएर ceiling तिर हेर्दै थिए, झ्वास्स एउटा idea आयो। "why I am blank?" लेख्दें मैले पनि।

मलाई facebook का केहि कुरा मन नपरे पनि सबै कुरा मन नपर्ने चैं हैन नि फेरी। उहिले उहिले जामा लाएर सँगै स्कुल जाने साथीहरुको अहिले जामा लाउने भुन्टिहरु देख्दा रमाइलो लाग्छ। अनीपहिले प्रेम पत्र दिन आउने अनी आफुलाई पनि दिउँ दिउँ लागेका लिखुरे केटाहरु अहिले डम्म भुँडी लाएर बुढीलाई अँगालो मारेर खिचेको फोटो हेर्न पनि खुब रमाइलो लाग्छ। आफ्नो राम्रोफोटो profile picture बनाउन पनि जाँगर चल्छ। अब के गर्नु त? समाचार उही हो- ओबामाको health care reform,माइकल ज्याक्सनको सम्पत्ती कस्ले कती पाउने, स्वाइन फ्लु कता सर्यो, जोन र केटले के के गरे, परमानन्द झाले किन नेपालीमा सपथ लिएनन, बाढि पैरोले कतीजना मरे-- कती सुन्नु? बरु laptop समात्यो अनी सुरु गर्‍यो--जय Facebook!


Last edited: 22-Sep-09 11:31 AM

 
Posted on 09-21-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Damn nakkali you brought smile on my face. That was xactly what I was thinking... Nice presentation..And I hate facebook these days because of these useless graffities on the wall. Today when I was lookin on the facebook one of my fren got a date with 'Shakti Kapoor' hahaha . Freakin hilarious..
Last edited: 21-Sep-09 12:32 PM

 
Posted on 09-22-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

San, thanks for fixing this......

stylish
now you can read the whole crap :) ....i don't like few things in facebook but i don't hate it either......thanks for reading.....
 
Posted on 09-22-09 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निकै रमाइलो प्रस्तुती -


पढ्न त हिजै पढेको तर पछी कमेन्ट लेख्छु भनेर एसो हेर्दा लेख नै गायब भइसकेछ


अनी अहिले लेख्दैछु


आफ्नो त अङ्रेजी पनि better game परेको बेला एउटा पनि sequence नमिलेको तास जस्तो छ।


हाँसी हाँसी पढियो - जय थुतुनो किताब


 
Posted on 09-22-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Padhiyo gathe! jaya bhudi bhanne thyo por pararai Bhairab sir ko ... tyam tyam ko kuraa...achel facebook ko chalan aayo... tara ramailo ustai chha...
 
Posted on 09-22-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दाइ भन्देछी आफ्नो उमेरको पीर गरीराख्नु परेन नि"


dui bisa katya chaina bhaney dai bhandey ni pharak parney chhaina


Good! good...:-)


 
Posted on 09-22-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब! पढ्दै जादा नसक्किएसम्म मुसुमुसु हाँसियो। ठ्याक्कै यस्तै यस्तै लाग्छ मलाई पनि फेसबुक।


प्रस्तुतीको त के कुरो गराई भो र, भैरव अर्याल र रामकुमार पाँडेको सम्झना आयो!


 
Posted on 09-22-09 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nakkali even the portion I read yesterday was superb. I liked the whole writing..


 


Birthday पार्टीमा जाने भन्दा याद आयो- facebook को अर्को महत्व पूर्ण event "Happy Birthday"--अब टाढा भका अथवा सधैं संपर्क नहुने साथीभाइ, नातागोता लाई birhtday को दिनमार्फत "Happy Birthday" भन्दा मेरो केही गुनासो छैन तर एउटै घरमा बस्नेश्रीमान/श्रीमती, प्रेमी/प्रेमिकाले "Happy birthday baby....you are my sweetheart"--- "Happy birthday baba....I love you" लेख्या देखेर चै अचम्म लाग्छ भन्या। "कृतिम माया प्रदर्शन" भन्छ त्यती बेला मेरो मनले।


This is something I never understood why people do this..


 


 


 
Posted on 09-22-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो रमाइलो प्रस्तुती !


>>>एउटै घरमा बस्नेश्रीमान/श्रीमती, प्रेमी/प्रेमिकाले "Happy birthday baby....you are my sweetheart"--- "Happy birthday baba....I love you" लेख्या देखेर चै अचम्म लाग्छ भन्या। "कृतिम माया प्रदर्शन" भन्छ त्यती बेला मेरो मनले।<<<



छक्क त म पनि पर्छु तर के गर्नु यो दुनियाँ नै देखावटी छ ! उसको sweetheart र उसको बाबा को आज birthday भनेर सुनाउनु पर्ने होला नि त त्यो लेख्ने मान्छेहरुलाई !



Keep on writing !


 
Posted on 09-22-09 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-22-09 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sajha ma pani tyo LIKE button bhayeko bhaye aaile chhai this was the most appropriate time to LIKE sth!!!! 
Facebook ko case ma , yo LIKE bhanne button banaune dimag le kina UNLIKE atawa LAME ki DISGUSTING  bhanne button banauna janena bhanne kura chahi mero dimag ko bahira cha.......kahile kahi ta UNLIKE pani ta garna paunu parcha ni!!!


 
Posted on 09-22-09 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you for wonderful story. Could not stop laughing..
 
Posted on 09-22-09 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nakkali keti, nice one. Enjoyed it.
 
Posted on 09-22-09 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-23-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

serial
अर्कालाई मार्का परेको कुरामा चैं कस्तो हाँस उठेको  नि ? मेरा शब्दहरुको लाई खर्च गर्नु भएको हाँसोको लागी धन्यवाद ।

Deep
कहाँ भैरब सर सँग दाँज्देको त मलाई? फेरी सर जागेर आउनु होला ....i think i owe this glory to somebody, what you think?

jira
दुई बिस छुन त अझै १०, १५ बर्ष बाँकी छ । यसो हिसाब किताब गर्दा त अँकल भन्दा पनि फरक नपर्ला जस्तो छ
i love to read your post.... it is my pleasure to have you in this thread.....

Birkhe_Maila
तपाईंलाई त जिम्बाल भन्दा रैछन है सबैले ? फोटो हेर्दा त सलमान खानको जस्तो छ, किन "जिम बाल" भन्या होलान ? हाम्रो कुरा चै सार्है मिल्ला जस्तो छ। मलाई पनि ठ्याक्कै यस्तै यस्तै लाग्छ भन्या facebook........मेरो प्रयासले भैरब अर्याल र रामकुमार पाँडेलाई सम्झाउन सकेकोमा धन्य भएँ । कमेन्टको लागी आभारी छु ।

stylish
thanks again for taking time to read this ....when i don't understand things, i add them to infinity

ritthe
हो भन्या किन सुनाउनु पर्या हो? त्यसै पनि facebook चलाउन थाले देखी general knowledge बढेर हैरान छ .........हुन त कोही कोही त त्यसो नलेखे देखी कुच्चो भेटिने हो कि भन्ने डरले पनि लेख्दा हुन है ?

nepal_rocker
हुन त प्रसँग अर्कै पर्‍यो तै पनि आफ्नो मनको कुरा पोखी हालौ न । हाम्रा नेताहरु चैते बाँदर जस्ता भए भन्या, के गर्ने होला ? पहिले पहिले जङलबाट आतंक मच्चाउँथे, अहिले शहर पसेका छन । गाउँ घरका सोझा सिधा जनलाई मुर्ख बनाएर, उनिहरु कै बुइ चढेर कुर्सी ताक्नेहरु बाट अरु के नै expect गर्न सकिन्छ र? खाध्यान्नको अभाबले मृत्युको मुखमा पुग्न आटेका ति हुम्ला, जुम्ला, जाजरकोटका जनतालाई झन्डा तीनकुने भए पनि के, चारकुने भए पनि के? यदी हाम्रा नेता हरुले (गर्ने त सरकारले हो तर सरकार तिनै नेता हरुले त बनाउने हुन नि) सबै नेपालीको "minimum standard of living" maintain गर्न सके भने, मलाई चै नयाँ नेपालको नयाँ झन्डा बोकेर हिंड्न केहि आपत्ती छैन ।

Polly
मेरो प्रयास Like गरिदिनु भएकोमा म खुशी भए । अब Unlike, Disgusting जस्तो button राखेर Zuckerberg ले पनि किन झगडाको बिउ रोप्थे र ?

NitiSa
मेरो जिवनको सत्य घटना हो यो । मलाई चै ठीक ठिकै लाग्छ तर । पढिदिनु भएकोमा धन्यबाद।

Allegro
thank you.....my solo aim to write this was entertainment.....

Basanta Sir
thank you!

मेरा शब्दहरुका लागी तपाइहरुले खर्च गरिदिनु भएको समयको लागी सबै silent reader हरु प्रती  आभारी छु ।


 
Posted on 09-23-09 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि साइलेन्ट रीडरमा पर्या थिएं, कथा पढ्दा सार्है मज्जा लागेको थ्यो, झन कमेन्ट पढ्दा अझ रमाइलो लाग्यो। कथा पढ्दा त, एह है साँची यस्तो मलाई मात्रै हुनी भन्थानेको त, सब्बैलाई उस्तै हुँदो रेछ। अब अर्को पस्किउम केरे, कुर्दै छम
 
Posted on 09-23-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Majaa aayo baaaa.  Cheeseburger, fries ra soda khaadai padheko... sarkera jhandaiiiiii....... Haina Nakkali-le ta nikkai ramro lekhdi rahicha.  Ajjhai lekhnu hai naani.....
 
Posted on 09-23-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै राम्रो प्रस्तुती|  म पनि पहिला लिखुरे नै थिए, अनी फेरी अचेल अलिक ड्याम्म मोटाएको पनि छु र फेसबुकमा आफ्नीलाई अंगालो हालेको २-४ वोटा फोटो पनि राखेकै छु| "अनीपहिले प्रेम पत्र दिन आउने अनी आफुलाई पनि दिउँ दिउँ लागेका लिखुरे केटाहरु" मध्ये म त परिन ?

 
Posted on 09-23-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-23-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो पढेदेखि नै this was on my mind । त्यही भएर भर्खर 'what's on your mind' मा लगेर बिसाईदिएको छु ।


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters