[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 OSTAAJ

[Please view other pages to see the rest of the postings. Total posts: 28]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 25246 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 09-26-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 

ओस्ताज
 

शनिबारको त्यो दिन साँझले ओछ्याईदिएको बिछ्यौनामा ढल्किदो थियो। हामी चुरोटको धुवाँ संगै गफ उडाउँदै थिम धुम्बाराहीमा। हामी भन्या उही बाङ्गे, म, सुपारी, छ्याक, झ्यालिन्चा, ट्वाक र ओस्ताज।

ओस्ताजलाई त्यो नाम कस्ले कहा के समारोहमा दियो अथबा के कस्तो योगदानको आधारमा उस्ले त्यो उपाधि पाएको थ्यो, थाह् थिएन त्यति बेला। पछि थाह भयो। कसरी? पैले गर्न ला कुरै सकम न --कसो? हाम्रो त्यस्तो नजिकको साथि पनि थिएन उ। बेला बेला गफ गाफ हुन्थ्यो तर न त उ हाम्लाई खोज्दै हिन्थ्यो न हामी उस्लाई।

दुई चार दिन अगाडीको कुरा हो, किस्न मन्दिर पछाडी बसेर हामी स्कुललाई सराप्दै चुरोट तान्दै थिम, उ आयो। हुन त उ सुईकाउन आएको रहेछ, तर हामीले चुरोट तान्या देखे पछि "कसैले ठुटो किच्न अथबा हुर्याउन ला हो भने ठुटो म तिर पास गर्द्याओ है--एक सर्को तानेर धित मार्छु म पनि" भन्यो सुईँकाउँदै।

सुईँकाईसकेर ओस्ताज ठुटो पर्खिदै थ्यो, बाङ्गेलाई के सुर चल्यो, अघि भरखर किन्या बट्टै दियो ओस्ताजलाई। उ त धन्य भएर एउटा खिल्ली झिक्दै थ्यो, बाङ्गेले बट्टै तेरो भो भन्यो। ओस्ताज पहिला त झस्केको जस्तो गर्यो पछि गदगद भो। उ पनि उस्को स्कुलको कुरा गर्न थाल्यो। हाम्ले खोज्या जस्तो स्कुल रहेछ उस्को त। उस्को कुरा सुनेर रमाईलो भा थ्यो त्यो दिन।

आज अघि हामी धुम्बाराही तिर लाग्दा पन्चेधारा नेर भेट भा थ्यो ओस्ताजलाई। बाङ्गेले त्यो अस्ति एक बट्टा चुरोट दिए देखि बाङ्गेको भक्त भा थ्यो उ। बाङ्गेले हिन धुम्बाराही तिर भने पछि उ पनि पछि लाग्यो।

तेरो स्कुलको गफ सुनान यार। बाङ्गेले धुम्बाराही मन्दिर अगाडीको चौरमा पुगे पछि ओस्ताजलाई भन्यो।

"के सुनाउने यार -- खत्तम छ नी -- झुरेस्ट इस्कुलाँ परीयो।" ओस्ताजले भन्यो।

"के को झुरेस्ट , मोज रे छ नी तेरो त" ट्वाकले भन्यो।

"त्यै त झुरेस्ट त हाम्रो पो छ त --" मैले भनें।

"तिमीहरुको इस्कुलाड त सबै पास हुन्छन रे हैन एसेल्सीमा? भुसुक्कै फस् डिभिजना पास हुन्छन रे -- हो?" उस्ले सोध्यो।

"खै अहिले सम्म सुन्या त्यस्तै हो तर हामी ज्यान देर लाग्या छौ त्यो रेकर्ड तोडन हेरम के कति गर्न सकिन्छ" बाङ्गेले भन्यो। हामी सबैले सही थपिम।

"तिमेरको इस्कुलाँ चै के धेरै सेकेन डिभिजन हान्छन?" सुपारीले ओस्ताज तिर हेर्दै सोध्यो।

"खै फेलको डिभिजन हुँदैन क्यारे -- हाम्राँ त प्राय: सबैले त्यै हान्छन। पास हुनेलाई त लाज हुन्छ रे भन्छन हाम्रो स्कुलाँ -- सबैले देखाउँछ्न रे उ त्यै हो त्यै हो पास हुने भनेर" ओस्ताजले कुरा सकेर गतिलो सर्को तान्यो।

"ह्या गफ दिने पनि हुन्छ नी यार ---आँखा चिम्लेर दिने?" छ्याकले ओस्ताजको कुरा पत्याएन।

"हो भन्या, बिद्यानस, लास्टयरको एसेल्सीमा हाम्रो फसब्याई त चिलिमच्वाँट -- अब आँखा चिम्लेर गफ देको भन्नी की खोलेर देको भन्नी हो।" ओस्ताजले उदाहरण सहित आफ्नो भनाईको रक्षा गर्यो।

"फसब्याई नै गुल्टियो रे?" झ्यालिन्चाले सोध्यो।

"अनि के त?" ओस्ताजले गर्बका साथ भन्यो।

"के खान त्यस्तो इस्कुलाँ गा त?" छ्याकले सोध्यो।

"अन्त काँ जानी त? आफुलाई भुटीभाङ केई आउँदैन -- फसमा त पढ्नै मन लाग्दैन-- यसो कैले काईँ पढम् न त भनेर पढ्यो पढ्यो लास्टाँ पुग्दा फस्टाँ पढ्या सबै भुस। यस्तो तालले काँ जानी?" ओस्ताजले नी सोध्यो।

"लास्टाँ पुग्दा फस्टाँ पढ्या भुस रे?" मैले सोधें।

"लास्टाँ नी पुग्नु पर्दैन-- है सातौं पेज पुग्दा भरखर पढ्या छ पेज बिर्सीसक्छु -- बर्बादै छ भन्या -- के गर्ने गर्ने--" ओस्ताज भन्दै थियो।

"अनि कसरी नौ सम्म पुगिस? नौ क्लासमा हैन त तँ पनि?" सुपारीलाई अचम्म लागेछ।

"त्यै भएर त यो इस्कुल नछोड्या त -- बर्ष भरी धाएसी कक्षा चढाईदिन्छन -- गुन चै लाकै छन इस्कुलाँ-- अब जति चोटी गुल्टिने हो एसएलसीमा गुल्टिने रे -- अर्को स्कुल गा भे अहिले सम्म कति चोटी चिप्लीसक्थेँ -- घराँ करार बसिसक्नु हुन्थेन -- अहिले यो साल सम्मलाई ढुक्क भो नी" ओस्ताजले सुनायो।

"तेरो इस्कुलबाट कोई नी पास हुँदैन त एसएलसीमा?" ट्वाकले सोध्यो।

"सेक्सन ए बाट कैले काई एक दुई जना उम्किन्छन रे--ए मा टप टप राख्ने रे बि मा पट्याँस पट्याँस -- अब बि बाट पास भा त रेकर्डै छैन रे" उस्ले भन्यो।

"तँ कुन सेक्सनाँ त?" मैले सोधें।

"अघि भरखर भन्या सुनीनस? सातौं पेजाँ पुग्दा भरखर पढ्या छ पेज बिर्सीसक्छ रे भन्या? अब फेरी के सोधीरा कुन सेक्सनमा भनेर?" बाङ्गेले सम्झायो।

"हो यार के ढाँटनी? म बि मै हो -- लास्टेर हिसाबमा बिषय लाग्यो न्त मेरो -- जम्मै गर्देर आईदेको थेँ के मिलेन छ के--थाहै भएन।" ओस्ताजले निर्धक्क भन्यो।

"स्कुलाँ के गर्छन त तेरो?" सुपारीले सोध्यो।

"आ-आफ्नै धुन गर्छन नी -- है नेपालीको मास्टर छ एउटा गँजडी --ह्वास्सै गनाउँछ पढाउन आउँदा --"ओस्ताजले कुरा पुरा गर्न पाएन बाङ्गेले रोक्यो "मास्टर गाँजा खाएर आउँदा हेडमास्टरले केही भन्दैन?"

 
Posted on 09-26-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

...

"हेडमास्टरलाई सप्लाई गर्ने उही हो --त्यै नेपालीको मास्टर --कस्ले के भन्ने? बरु अस्ति केटाहरुले समेत मागिरा -- सर हाम्लाई नी सम्झिनु कैले काईँ --सर चै सधै शिबरात्री, फाउ मनाईदिने हामी चै ठण्डाराम --भन्दै।" ओस्ताजले सुनायो।

"दियो मास्टरले?"

"दियो नी घुरान चैं" ओस्ताजले भन्यो।

"है अनि त्यो नेपाली लास्ट पिरेडाँ -- हाफ ट्याममा खा चना, केराउ, तितौरा, बरफ त्यस्ता उस्ता कता हो कता-- भोक लागिरा बेलाँ आएर किताब पल्टाओ भन्छ--अनि हामी चैं भोक लागिरा सर पढ्नै मन छैन -- किताब हामी घराँ गएर पढम्ला बरु एउटा कथा सुनाउनुस भन्नी के" ओस्ताजले भन्यो।

"सुनाउँछ कथा?" झ्यालिन्चा ले सोध्यो।

"कैले सुनाउँछ कैले सुनाउँदैन -- अस्ति चै तर बोर गर्यो।" ओस्ताजले भन्यो।

"के गर्यो?" मैले सोधें।

"है --सबैले कथा सुनाउनुस सर भन्या कथा मैले धेरै सुनाएँ--आज तिमीहरु मलाई गित सुनाओ रे -- गीत सुनाउदै घर जाँदै गर्नी भन्यो। एक दुई जनाले गीत गाएर बाटो पनि तताई सक्या थे-- मैले "सर मलाई गीत आउँदैन" भन्या उसो भए किताब पल्टार घोक्न थाल रे -- अब काँ किताब पल्टाईरने? कुरै छैन नी -- मास्टरले मलाई नै बोलाई रा झन गित सुनाउन --अब के गाउने के? --मुसु मुसु हाँसी देउ लै लै भनेर गाला कान रन्काउँदै गाउँदै थिए -- सुमित्राले "अहिले तिर हेरेर मुसु मुसु हाँसी देउ भन्दा त मुखाँ हान्छु चप्पलले अनि" भनेर कराई रा भन्या --"

"को सुमित्रा?" हामी सबैको कान ठाडो भो।

"छे एउटी केटी -- धुनधानै राम्री छे--सबैले हेर्दा हेर्दा भैं मा भाँडा भाकी छे?" ओस्ताजले सुनायो।

"त्यस्ती राम्री छे भने उस्को ठाउँ अंगालाँ होन्त, कताको भैं भाँडा तिर राख्न खोज्या नी? खै बुझ्या तैले?" बाङ्गेले चुरोट सल्काउँदै सुनायो।

"त्यो हो, तर कस्को अंगालाँ? कुरो त्याँ छन्त"
ओस्ताजले थप्यो।

"यो रात पर्दै गर्या बेला तरुनीहरुको कुरा नगर -- झन अंगालो संगालो रे अझ--उसै अचेल निन्द्रा लाग्दैन" छ्याकले पिच्च थुक्दै भन्यो।

"सुमित्रालाई मैले बे गर्न पाए सुमी भनेर बोलाउथेँ" झ्यालिन्चाले अलि पर तिर हेर्दे चुरोट झिलिक्क हुने गरी तान्यो।

"तँलाई कस्ले सोध्या थ्यो के भनेर बोलाउँछस भनेर? दाईहरुले कुरा गरी रा बेलाँ त्यसरी बिचाँ प्वाक्क नबोल भनेर भन्या हो हैन तँलाई?" छ्याकले जिस्कायो।

"त्यै भाउजु भन्नु पर्ने बेलाँ सुमी भन्छु रे? आँट कत्रो नी  यस्को?" ट्वाकले नी पेल्यो।

"मान्छे सम्म देख्या छैन, कस्ले के नामले बोलाउनी? त्यस्तो कुरा उठ्या -- थुक्क जिन्दगी" सुपारीले साँच्चिकै थुकेर भन्यो।

"हैन बाङ्गे, तेरो घराँ त्यो बालुबा चाल्ने पनि हरिप छे नी यार -- अस्ति देख्या, हिंजो चै देखिन फेरी -- भोली आउँछे?" छ्याकले सोध्यो।

"त्यो बालुबा चाल्नेको पि हो ?" बाङ्गे जंगियो।

"हैन किन भड्क्या, यत्तिकै?" झ्यालिन्चाले सोध्यो।

"भडकेकी छे नी -- अस्ति एक दिन चिया खान्छेस भनेर सोध्या, जम्मैले सुन्ने गरी सरापेर उत्पात गरी --" बाङ्गेले दिक्क भएर भन्यो।

हेर ओस्ताज अरु कुरा भन्या तेस्तै उस्तै हो --तैले सुमित्रा मेरो कुरा मिलाईदिने हो भने पान्सेपचपन्न चुरोट ट्वाँटको पिर नगरे हुन्छ। अनि बेला बेला एभरेस्ट मोमो छदैछ। बिचार गर।" बाङ्गेले चौर बाट उठदै भन्यो।

गाँठको मामलामा बाङ्गे बलियो थ्यो। उस्को अफरलाई टपेर जाने हाम्रो आँट थिएन। तै पनि मनको तितो पोख्नै पर्यो।

"त्यै गीत गाउँदा अब तिर हेर्यो रे भनेर चप्पल हान्छु भन्नेलाई यस्ले तँलाइ मिलाईदिन्छ नी अब --" मैले भनें।

"आफु सँग कुस्त गाँठ नभएर पो -- नत्र पट्टाई सक्थें -- बाङ्गे जस्तो पोटवाल सँग तु पट्टिन्छे" ओस्ताजले सुनायो।

" अहिले घर जाँदा एक बट्टा पानसेपचपन्न लिएर जा" बाङ्गेले फुर्ती सँग सुनायो। हामी सबै झोक्राउँदै घर तिर फर्किम।

एक दुई दिन पछि सत्तेनारन थान अगाडी बाङ्गे, ट्वाक गफ गर्दै बसीराथिम, जगते त्याँ ढुङ्गे धाराँ नुहाएर आयो।

यो जगते पनि ओस्ताजकै इस्कुलाँ हो नी, हैन ? ट्वाकले सोध्यो।

" जगते यहाँ आईज " बाङ्गेले बोलायो।

"के?" जगतेले नजिकै आएर सोध्यो।

"तँ ओस्ताज एउटै इस्कुलाँ हैन?" बाङ्गेले सोध्यो।

"हो, किन?" जगतेले चुरोटको लागि हात तेर्साउँदै सोध्यो।

"ओस्ताजको क्लासाँ भा सुमित्रा भन्ने लाई चिन्या छस?" बाङ्गेले चुरोट दिदै सोध्यो।

जगतेले लामो सर्को तानेर भन्यो, "ओस्ताज्या सेक्सनाँ केटी छैनन अब --"

********


 
Posted on 09-26-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तिमीहरुको इस्कुला सबै पास हुन्छन रे हैन एसेल्सीमा? भुसुक्कै फस् डिभिजना पास हुन्छन रे -- हो?" उस्ले सोध्यो।

"खै अहिले सम्म सुन्या त्यस्तै हो तर हामी ज्यान देर लाग्या छौ त्यो रेकर्ड तोडन हेरम के कति गर्न सकिन्छ" बाङ्गेले भन्यो। हामी सबैले सही थपिम।"

lol... राम्रो छ सधैं जस्तो, Few lines are really hilarous दीप ज्यु ले नि अती हसाउने। Waiting for next part.


 
Posted on 09-26-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङ्गेलाई नै बाङ्गो बनाइदियो यो ओस्ताज ले
बाङ्गेको मा-धुलाई भेट्ला जस्तो छ त

केटा हरु ले के के सोचिसक्या थियो होला - यो गर्छु त्यो गर्छु भनेर
बाङ्गेलाई त जहिले नि दशा लाग्ने रैछ, बाङ्गेको त पैसा को पैसा पनि गयो अनी केटी पनि
आशै आश मा जिन्दगी बित्ने भो बाङ्गेको


 
Posted on 09-26-08 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very nice n interesting.Ma ta  yeha ko katha haru padepachi mari mari haschhu eklai.So keep writing n post another part soon.Eager to read.


 
Posted on 09-26-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पास हुनेलाई लाज हुन्छ रे भन्छन हाम्रो स्कुलाँ

हेडमास्टरलाई सप्लाई गर्ने उही हो --त्यै नेपालीको मास्टर --कस्ले के भन्ने? बरु अस्ति केटाहरुले समेत मागिरा -- सर हाम्लाई नी सम्झिनु कैले काईँ --सर चै सधै शिबरात्री, फाउ मनाईदिने हामी चै ठण्डाराम --भन्दै।"

सुमित्रालाई मैले बे गर्न पाए सुमी भनेर बोलाउथेँ"

जगतेले लामो सर्को तानेर भन्यो, "ओस्ताज्या सेक्सनाँ केटी छैनन अब --"

 

गजब गो दीप पर्भो पेलम पेलम अरु नि।  



 
Posted on 09-26-08 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा कती हसाउन सक्ने। मेरो एउटा साथीले नि भन्थ्यो "रितासँग बे गर्न पाए त यत्रो हाइ हील किन्दिन्थे" भनेर अली पुड्की थि रिता तर बिछट्टै राम्री
 
Posted on 09-26-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लास्टाँ नी पुग्नु पर्दैन-- है सातौं पेज पुग्दा भरखर पढ्या पेज बिर्सीसक्छु"  कस्तो दिमाग त त्यो, पढ्दै गयो अनी टिपेक्स ले फलो गर्ने होला

बाङ्गेलाई पनि छक्याउने महाबाङ्गे रहेछ ओस्ताज झन


 
Posted on 09-26-08 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नी हो र अर्को भागाँ?
 
Posted on 09-26-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्ने नि बाङ्गेले ओस्ताज को बङरा झार्या राख्ने नि
 
Posted on 09-26-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कला  नाम छ भने  के भनेर बोलाउदो हो ओस्ताजले?

 साथिलाइ किन त्यसतो नाम राक्दिने होला बाङ्गे, सुपारी, छ्याक, झ्यालिन्चा, ट्वाक


 
Posted on 09-26-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी ओस्ताज लाई किन ओस्ताज भनेको त ?
 
Posted on 09-27-08 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" अनी ओस्ताज लाई किन ओस्ताज भनेको त ?"

"ओस्ताजको क्लासाँ भा सुमित्रा भन्ने लाई चिन्या छस?" बाङ्गेले चुरोट दिदै सोध्यो।

जगतेले लामो सर्को तानेर भन्यो, "ओस्ताज्या सेक्सनाँ केटी छैनन अब --"

"बाङ्गेलाई नै बाङ्गो बनाइदियो यो ओस्ताज ले--"



 
Posted on 09-27-08 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" अनी ओस्ताज लाई किन ओस्ताज भनेको त ?"

"ओस्ताजको क्लासाँ भा सुमित्रा भन्ने लाई चिन्या छस?" बाङ्गेले चुरोट दिदै सोध्यो।

जगतेले लामो सर्को तानेर भन्यो, "ओस्ताज्या सेक्सनाँ केटी छैनन अब --"

"बाङ्गेलाई नै बाङ्गो बनाइदियो यो ओस्ताज ले--"

This has deeper meaning but outstanding. I love the way you present this story. It signifies the deep reflection that you have outstanding creativeness inside you. Keep up the good work.By the way, this is the best one I have come over in Sajha.


 
Posted on 09-27-08 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरिष्ठ छ, प्रभो बरिष्ठ !

 
Posted on 09-27-08 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरिष्ठ छ, प्रभो बरिष्ठ !

 
Posted on 09-28-08 1:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

For the first time i feel like the content of the presentation is not upto DEEP standard, especially if its compared with ur last story CHHITIZ.  But your presentation is superb as usual.


 
Posted on 09-28-08 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prem Chopda ji,
May I differ from you? For me there are two categories Deep writes on normally. One of em is his anecdotes with bangey, and another one he writes about serious stuff, last one started with anecdotes of bangey and friends and went on to become a fine blend story. This one was one of anecdotes ending on a twisting end as always and making me laugh. These anecdotes of Bangey never fails to amuse me, and this one didn't either. But then again it is just my opinion, and as they say "Opinions are just like a$$holes, everybody has one."
Cheers deep, you always nail it!
 
Posted on 09-28-08 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

great presentation and very well written deep.


 
Posted on 09-29-08 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जगतेले लामो सर्को तानेर भन्यो, "ओस्ताज्या सेक्सनाँ केटी छैनन अब --"" hehehe Thikka parechha Ostaj le bange lai !!

 
"
"सुमित्रालाई मैले बे गर्न पाए सुमी भनेर बोलाउथेँ"" hehe..
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters