[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सम्बन्ध

[Please view other pages to see the rest of the postings. Total posts: 177]
PAGE:   1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 64257 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 07-25-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस कथाका बिषयबस्तु, पात्र र  घटना  सबै काल्पनिक हुन। कसैको वास्तविक जीवन सँग मेल भएमा केबल सन्योग मात्र हुने छ।

बिहान उठेर निरनले घडी हेर्यो, आठ बजेको रहेछ। अर्ध खुलेका आँखाले कोठामा चारैतिर हेर्यो। अनी एकछिन अलमल्लमा पर्‍यो। कोठा अली नौलो पायो। आफ्नो भित्तामा टाँगिएको ठुलो बनाएर राखेको बिहेको फोटो खोज्दैथियो शायद वा खाटको अगाडि राखिएको ठुलो ड्रेसर खोज्दैथ्यो जहाँ एक छेउमा उस्की श्रीमती ले चुरा स्टन्ड मा छपक्क थरी थरिका चुराहरु राखेर सजाएकी थिई र अर्को छेउमा Made For Each Other लेखेको फ्रेममा हनिमूनको फोटो राखेकी थीई जस्मा उनिहरुले एक अर्कालाई प्रेमपुर्बक अँगालेका थिए।    
आँखा अझ उघारेर सबै तिर नियालेर हेर्यो। अघिल्लो रात को रक्सिले टाउको नराम्रो सँग दुखेको आभाष भईरहेको थियो। उस्ले बल्ल चिन्यो, त्यो कोठा जहाँ आफ्नो विद्यार्थी जीवनको सात बर्ष बिताएको थियो। त्यो डेरामा पहिले उ र बिशाल बस्दथे। पछी उस्ले घर किनेर सरेको थियो। बिशाल अझै त्यही बस्थ्यो, एक्लै। 
 
जुरुक्क उठ्यो, बाथ्ररूमको क्यबिनेटमा राखेको औषधीको बट्टा निकाल्यो। दुई ट्यब्लेट Alka-Seltzer लिएर भान्सा तिर लाग्यो र एक गिलास चिसो पानीमा घोलेर एक्कै सासमा तन्कायो।
 
बिशालको कोठाको ढोका खोल्यो। दुबै हात र खुट्टा फिजाउन सक्ने जती फिजाएर निर्धक्क सँग फ्वाँ फ्वाँ निदाइरहेको थियो बिशाल। एक फेर बिशाललाई हेर्यो। निरनको टाउको अझै घुमाइ रहेको थियो। बिस्तारै ढोका लगाएर आफु सुतेको कोठामा लाग्यो। 

"कस्तो नराम्रो सँग किक दियो यो पाली, ह्या एक्छिन सुत्छु अनी मात्रा जान्छु घर"-- मनमनै आँफैलाई सम्झायो घर जानु छ भनेर।
सुत्न खोज्यो तर सकेन। एकछिन यता उता चल्मलायो। तर मनमा अनेकौ कुराहरु खेल्न थाले। आफ्नो श्रीमती सम्झ्यो। उन्को निर्दोष अनुहार  सम्झ्यो र उ प्रती माया उम्लेर आयो। फेरी एकपटक आफ्नो अतितमा पुग्यो निरन।
 
**************************************************************************************************************************************
 
सपनाको आमा र निरनको आमा नेपालमा एउटै बैंकमा काम गर्नु हुन्थ्यो। धेरै बर्ष देखिको साथी। सपनाले नेपालमै बि. बि. एस. गरेकी थिई र आफ्नो सबै पढाई काठमाडौंमै पुरा गरेकी थिई। बाँकी पढाई बिदेशमा पुरा गर्न चाहन्थी। तर उस्को बाबा मामु सके सम्म बिहे गरेर मात्र उस्लाई बिदेश पठाउन चाहनु हुन्थ्यो।  एक त एउटै छोरी त्यो पनि बिहे गर्ने उमेर भाईसकेकी, त्यत्तिकै पठाउन त नातेदारहरुले पनि रोके र अर्को चाँही एक्लै पठाउनु भन्दा बिहे गरेर पठायो भने छोरी को हेर बिचार  गर्ने मान्छे हुन्छ, कुबाटो  तिर लाग्ने डर हुँदैन  भन्ने उहाहरुको धारणा थियो।  सपनाले बाबा मामु को कुरा कहिले काटेकी थिईन र सदाझै यो पाली पनि त्यही गरी। उहाँहरुको कुरामा आफ्नो मन्जूरी देखाइ।
 
निरनले १ देखी १२ कक्षा सम्म दिल्लीमा पढेको थियो। त्यस्पछी अमेरिका आयो, BCIS  मा ग्र्याजुएट भयो। तुरुन्तै काम पाएन। स्ट्याटस जोगाउन भएपनी मास्टर्स पढ्नु पर्ने भयो। त्यो पनि दुई बर्षमै सिध्यायो। बल्ल सोचेको  जस्तै काम पायो। पढुन्जेल अली अली रिन थियो, क्रेडिट कार्डमा। त्यो तिरी सकेको त थिएन तर काम पाएको  छ महिना भित्रै घर किन्यो।  अब उस्लाई साथी र साथ को आवश्यकता हुन थाल्यो। साथी त थुप्रै थिए तर जिन्दगी भर साथ दिन लायक कोही देखेन। घरमा बाबा मामु बाट पनि बिहेकोलागी कचकच सुरु भयो र आफ्नो आवश्यकताले पनि झक्झकाउन थाल्यो। अब उ त्यही अल्लारे party-boy रहेन। जहाँ पार्टी गर्‍यो तेही सुत्यो जता मन लागे गयो गर्न पनि उस्को बढ्दो उमेर, काम र समाजमा बिस्तारै बढ्दै गएको इज्जत ले पावन्दी लगाउन थाल्यो । उस्ले बिहे गर्ने निर्णय गर्‍यो। तर बिहे गर्ने भन्दैमा बिहे भईहाल्ने त कहाँ हुन्थ्यो र? सर्ब प्रथम त केटी नै चाहियो। उ आफ्नो मन मिल्ने साथीको साथ खोज्दै थियो।
 
त्यतिक्कै मा घरबाट सपनाको कुरा आयो। सपना उ भन्दा ५ बर्ष कान्छी थिई। उस्ले छ बर्ष अगाडि देख्दा सपना बच्चै देखिन्थी तर हिस्सी परेकी। मामुले पहिले फोनमा कुरा गर्दा निरनले त्यती उत्साह देखाएन। फोटो पठाउनु पहिले अनी हेरेर भन्छु भन्यो। उस्को नजरमा सपना अझ पनि त्यही निलो स्कर्ट र निलो सर्ट लगाएर जाने भर्खर स्कुल पढ्दै गरेकी फुच्ची थिई। मामुले अब त ठुलि भईसकी भन्दा पनि उस्लाई पत्यार लागेन।
 
"कती नै ठुलि भई होला र?" मामुको कुरा प्रती अबिश्वासको भाव पोख्यो।
भोली बिहानै अफिस पुग्ना साथ सधैं झैं पहिलो काम नै ईमेल हेर्यो। मामुको ईमेल देख्यो र खोल्यो। फोटो अट्यच गर्नु भएको देख्यो र फोटो खोल्यो, उ निशब्द भयो। सपना आफ्नो कल्पना बाट धेरै बाहिर पायो। हसिँली, तेजिलो अनुहार फोटो बाटै कुरा गर्ली जस्तो। उ मौन भएर त्यो फोटो हेरिरह्यो। मुटुको धड्कन पनि पनि अली तेज भएको महसुस गर्‍यो। त्यस्लाई साम्य गर्दै ईमेल बन्द गर्‍यो। काम गर्न खोज्यो तर सकेन। फेरी त्यही फोटो हेर्यो। सपनालाई दुलहिको जोडामा आफ्नो अगाडि उभिएको कल्पना गर्‍यो। कल्पनामै उस्लाई थरी थरिका लुगाहरुमा सजाउन थाल्यो र आफु पनि त्यस्मै हराउन थाल्यो।

काम त्यती केही गरेन तर बस्न चाँही ५ बजे सम्मै बस्यो अफिसमा। ५:१५ जती भएपछी घर जाने तर्खर गर्न थाल्यो। कती खेर बेलुकाको सात  बज्ला र मामु सँग कुरा गरौला भनेर घडी पनि हेर्दै थियो।

घर पुग्यो। राती पिएको बियर को बोतल त्यतिक्कै भुइमै लडिराथ्यो। सबै हटायो र फ्रिजबाट अगिल्लो  दिन बेक गरेको चिकेन निकालेर माइक्रोवेभमा २ मिनेट तताउन हालेर कोठातिर लाग्यो लुगा फेर्न। कटन को सर्ट र प्यन्टस लगाएर उ अफिस बाहेक अरु ठाउमा एक्छिन पनि बस्न सक्दैन थ्यो। लुगा फेरेर, हात मुख धोएर खाना खाइसक्दा झन्डै सात नै बजेको थ्यो। घर फोन गर्‍यो। मामुले सुरुमै फोटोको बारेमा सोध्नु भयो। उस्ले कुरा अगाडि बढाउनु भन्यो र सपना सँग कुरा गर्न खोज्यो। मामुले निसन्कोच उस्लाई सपनाको ईमेल एड्रेस र सेल को नम्बर दिनु भयो।

क्रमश:

 
Last edited: 25-Jul-08 10:20 AM

 
Posted on 07-25-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Its a nice starting but finished so fast...Good writing.

Will be waiting for the next part.

 

Nepali Thita


 
सान्नानी
Posted on 07-25-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto chhoto...
 
Posted on 07-25-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दिपीका, राम्रोसँग कथाको शुरुवात् भएको छ। यसो बीच बीचमा चौतारीमा पनि पस्दै अघी बढाउ न है।  

 
Posted on 07-25-08 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपिका जी,
छोटो भए नि भोटो जस्तो। न्यानो दिने खालको। सदा झै उत्तम लेखाइ।

 
Posted on 07-25-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वास्तविक जीवनसँग मिल्ला मिल्ला जस्तो छ है।

सुरुवात त झक्कास छ है - यू एस् को स्टुडेन्ट लाईफ भएर होला कि
आफुले पनि निरन सँग आइदेन्तिफाइ गर्न सके।

जस्तै - काममा मन नलागेपनी ५ बजे सम्म बस्नु
काम पुग्नु बितिकै ईमेल खोल्नु
माईक्रोवएेभ मा खाना तताएर खानु - नेपालआँ कहिलेनी बासी खानु परेन - यहाँ आएछी बासी न सासी खान पाये पुग्यो। जता मन लाग्यो तेतै जानु - आदी इत्यादी

तर अली छोटो भएन दिपिका जि - अलिकती लामो लेखौन है - 
 
Posted on 07-25-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Smooth starting. ali chito chito tasau hai dipu
 
Posted on 07-25-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dbl posting.....
Last edited: 25-Jul-08 10:39 AM

 
Posted on 07-25-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाको सुरुवात राम्रो छ दिपीका। अर्को भागको प्रतिछ्यामा छु।
 
Posted on 07-25-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढिदिनु भएको मा धन्यवाद। म सबै सँग एकछिनमा कुरा गर्छु है।

 
Posted on 07-25-08 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल नयाँ कथा आएछ। अहिले सम्म पढ्दा त अली गम्भीर खाल को जस्तो छ। लेखाइ राम्रो छ, बाकी कथा पनि चाडै पढन पाइयोस। 
 
Posted on 07-25-08 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि पढ्दै छु  है दीपीका जी,

 
Posted on 07-25-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika, the story is going good so far. Please post rest of the story soon.
Last edited: 25-Jul-08 01:51 PM

 
Posted on 07-25-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice! हसिँली, तेजिलो अनुहार फोटो बाटै कुरा गर्ली जस्तो।

हामीलाई पनि फोटो बाटै बोल्ने मान्छे चाहीयो।

 
Posted on 07-25-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका दिदी,

शुरुवात त गज्जबको रे'छ ! लौ न  त्यसपछि के के हुनेहोला  


 
Posted on 07-25-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipu! back with different taste, going well so far, post the next part soon
 
Posted on 07-25-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब गएको रहेछ।
 
Posted on 07-25-08 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिर्शक हेर्दा र पहिलो भाग पढ्दा त यसपाली कम हासेर धेरै अनुमान लाउनु पर्ने होला जस्तो छ नि, लौ धेरै खुल्दुलीमा नराखिकन अर्को भाग पस्किहाल्नुस् है
 
Posted on 07-25-08 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika, very good startig. keep it up


 
Posted on 07-25-08 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dippu!!can't wait for the next part out of curiosity.. what happens next?? does that guy get married to the girl or only dreams and talks on the phone ;).. please post the next part soooon!!!
 



PAGE:   1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters