[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 200368 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-06-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिरक अंक को चौतारीमा पहिलो तारेमाम गर्न पाउंदा गर्ब ले छाती फुलेको छ। चित्रेको हर मनोकामना पुरा होस्।
 
Posted on 09-06-07 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि दोस्रो त भैछु। मज्ज आयो।

कोटी कोटी असिर्बाद्, चित्रे लाई।

अनि राहुल् दा, खै त कबित-सबिता चहियो रे नि त यो अँकमा त। जावस् न एउटा। हामी वा वा भन्ने छदैछौ।
 
Posted on 09-06-07 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी को हिरक महोत्सवमा पाल्नु हुने महिला तथा सज्जन ब्रिन्द हरू लाई यो रिट्ठेको नमस्कार अनी ७५ औं बर्ष को हार्दिक् शुभ-कामना
 
Posted on 09-06-07 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचाँ कोही नघुसे म तेस्रा।
धन्यबाद चित्रे।
हामीसबैलाई बधाइ।
धेरै टाइप गर्न थाल्दा फेरि चौथा भइन्छ। अहिलेलाई यत्ति।
 
Posted on 09-06-07 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत् ! रिठ्ठे छिरिसकेछ।
 
Posted on 09-06-07 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे लाई ७५ औं चौतारी चिनेको मा धेरै धेरै धन्यवाद

 
Posted on 09-06-07 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे सुन्तले अनि रिट्ठे,
हिरक तारेमाम्।
अब यो चौतारी हिराले बनेको चौतारीहो हिरक चौतारी, फेरि औपचारिक कार्यकरम रे। अलि औपचारिक हुनु परो। टाइ खोज्दै छु, २५ बर्ष देखि न लाएको। अब टाइ खोजेर पुरानो कोट मा स्टिरी लागाएर कबिता सबिता सहित आउंला, त्यतिन्जेल प्रतिक्षा गर्नु होला।
 
Posted on 09-06-07 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत अरे आफु यहाँ पहिलो हुने दाउ मा हुँदा त जिम्मालले दिउसो लामो लेख्नु पर्छ केटा हो भनेर भनेका ले लामो लेख्न खोज्य त बुइस बुइस भएछ। ३ नम्बर मा परिएछ
 
Posted on 09-06-07 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ तारेमाम सुन्तले जी, भउते लाई नि तारेमाम
 
Posted on 09-06-07 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि फुराउदैछु यस्सो कबिता सबिता जे परे पर्ला आज।
 
Posted on 09-06-07 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि हिरक महोत्शबमा सबैलाइ हिरा नै हिराको उपहार ।
 
Posted on 09-06-07 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौलौ, म पनी आए। हिरक जयन्ती रे, ये रात्तै । नाच गान गर्नु पर्च, कीकुन्नी । बीएर मासु पनी दीने हो की!
 
Posted on 09-06-07 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीले सबैको जिन्दगिमा खुसियलि ल्याउन।
दुइ वर्ष पुरा गरिसक्दा दुइ दिन् जस्तो लगिरहेछ। लाग्छ यस्ले लामो समय सम्मन निरन्तरता पाईरहेनेछ,हामि सबै retired भै सक्दापछि चौतारि जमघट कस्तो होला?
लाग्छ तपाइंहरुको छोर-छोरी, नाति-नातीनी सम्मले पनि यहि चौतारीमा रमाउन पाउने छन्।

चौतारी हीरक-अंक रे, आफु सङ कुनै प्रतिभा छैन। अब के गर्नु, तपाइंहरुकै अनमोल लेखहरुमा रमाईरहनेछु।

रिट्ठे, नमे के छ हो? खाना भो?
 
Posted on 09-06-07 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची सिस दर्शन
माकुरे लौ लौ जiवस जiवस
 
Posted on 09-06-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे लाई पनि जदौ
 
Posted on 09-06-07 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको हीरक महोत्सबमा सबैलाई मेरो जदौ, तारेमाम, जे रामजी की!

एउटा कथा टाँसिहालौं (छन त दुइटा छन् के रे, अर्को भोलि टाँसम्ला!)।

कथा

घाम ओर्लिएको छ सडकमा

“छोरी अझै उठेकी छैन है!” म नुहाएर निक्लँदै सोध्छु उनलाई।
“उठेकी छैन। भर्खर कोल्टे फेरेर सुतेकी छे। अझै एक घण्टा उठ्ली जस्तो छैन।“
“आज पनि मलाई ढिला गराउने भई!” चिन्तित हुन्छु म।
“बदमाश बिदाको दिनचाहिँ पाँचै बजे उठेर दौडिन थाल्छे, अहिलेचाहिँ हेर न!” उनी छोरीतिर मायालु दृष्टि दौडाउँछिन्।
हामी खाजा खान थाल्छौं। हामीलाई लागेको मात्र त्यस्तो हो कि कुन्नि, विदाको दिन छोरी चाँडै उठ्छे, अरु दिन ढिलोसम्म सुतिदिन्छे।
“उठाए हुन्छ नि अब, सात बजिसक्यो।“
“के उठाउनु, बच्चाको निद्रा, बिथोल्नु त्यति राम्रो नहोला।“ यो हाम्रो लगभग दैनिकजस्तो सल्लाह हो!
********************
“साढे सात भईसकेछ। मलाई ढिला हुन आँट्यो, केहि गर्नु छ मैले?” तयार हुँदैछिन् उनी। एउटा कम्पनीमा इण्टर्नशिप गर्दै छिन् उनी र साढे आठ बजेसम्म पुगिसक्नुपर्छ। यो तीन महिना छोरीलाई बिहान तयार बनाएर होइकुएन सम्म लाने जिम्मा मेरो छ। बेलुका उनी लिएर आउँछिन्।
“होइकुएन मा लानुपर्ने सामान मिलाईदेउ। अरु म गरौंला।“
“छोरीको बिछ्यौना यो ठूलो झोलामा छ। पाँचवटा ओमुचु र पोलिथिनको झोला छोरीकै पहेंलो ब्यागमा छ। टि-शर्ट एउटा र कट्टु एउटा हाल्न बाँकी छ, ड्रयरबाट झिके हुन्छ।“ बोल्दा-बोल्दै उनी ढोकासम्म पुगिसक्छिन्।

म ढोका लगाएर आउँछु। पहिला उसको ज्वरो नाप्छु, अनि बेबी केयरको नोटबुकमा तापक्रम चढाउँछु। ज्वरो त छैन। अनि अझै मस्त निद्रामै रहेकी छोरीलाई ओछ्यानबाट उठाएर काखमा लिन्छु। आफू एकदम निर्दयी भएजस्तो लाग्छ मलाई र पछुतोले भरिन्छु। तर अरु केहि उपाय छैन मसंग अब। एकदम ढिला भईसक्यो मलाई।
“छोरी! बाबा! उठ त अब!” म विस्तारै बोलाउँछु, उ अझै मस्त निद्रामा छे।

एक छिनपछि उ चल्मलाउन र आँखा मिच्न थाल्छे, अनि गनगन गर्दै ब्युँझिन्छे।
“उठ छोरी अब! पापालाई ढिला हुन्छ नि फेरि!”
भर्खरै पिसाब गरेकी रहिछे। म ओमुचु निकालिदिन्छु र उसलाई एकछिन त्यत्तिकै छोडिदिन्छु। उ अझै गनगन गर्दैछे। आज अलि बढीनै झर्किरहेकी छे, सधैं यतिखेर उठाउँदा हाँस्दै उठ्थी।

म उसको हात समातेर उसलाई वाश बेसीनतिर लैजान्छु। हात-मुख धुवाएर ल्याएर पानी खुवाउँछु। उसलाई उसको सानो रंगीन कुर्सीमा राखेर, खाना खुवाउँदा लगाउने –याले भिराइदिन्छु। अनि भान्छामा गएर हतार-हतार उसको खाजा तयार पार्न थाल्छु। हल्का तातेको पाउरोटीलाई मसिना-मसिना टुक्रा बनाउँछु, लिटो भन्दा यहि चाँडो होला जस्तो लाग्छ। अनि पाउरोटी र मनतातो दूध लिएर उसको अगाडि हाजिर हुन्छु। शुरुमा दुई-चार टुक्रा सजिलै खान्छे, पछि टाउको घुमाउन र झर्किन थाल्छे। कहिले हल्का हप्काएजस्तो गरेर, कहिले गीत गाएर फकाएर, कहिले ठूलो-ठूलो स्वरमा हाँसेर उसलाई भुलाएर सबै खुवाइछाड्छु। त्यसपछि अघि बनाएर बोतलमा बाँकी रहेको दूध उसैलाई दिन्छु। उ बोतलबाट दूध पिउन थाल्छे। अनि हतार-हतार बेबी केयरको नोट बुकमा हिजो बेलुका देखि अहिलेसम्मको उसको स्वास्थ्यस्थिति, खाएको खाजा आदिका बारेमा भर्छु र आफू लुगा फेर्न थाल्छु।

आफू तयार भएर उसलाई पनि तयार पार्दासम्म आठ बज्न पाँच मिनेटमात्रै बाँकी हुन्छ। ‘समयमा त आज पनि नपुगिने भइयो।‘ मनमा यहि मात्रै हुन्छ। ‘तैपनि हतार-हतार जाँदा पुग्न पनि सकिन्छ। आठमा हिँडे भने आठ बीससम्म त पुगिहाल्छु। अनि त्यहाँ तिन मिनेट अल्मलिएँ भने पनि दौडेर गएँ भने त साढे आठको ट्रेन पक्कै भ्याउँछु।‘ बेबी केयरबाट धेरै टाढा छैन ट्रेन स्टेशन। ‘भनेजस्तो कहाँ हुन्छ र, भ्याइन्न होला।‘

उसको र आफ्नो जुत्ता निकाल्दै हुन्छु म, केहि गन्हाएजस्तो लाग्छ। दिक्क हुँदै उसलाई उचालेरै सुँघ्छु म। नभन्दै हो रहेछ, दिसा गरिछे। फेरि कोठातिरै फर्केर उसलाई कार्पेटमा सुताएर ओमुचु फेर्दिन्छु।
“बदमाश! अघि त्यतिञ्जेलसम्म नगर्नी, अहिले हिँड्ने बेलाँ गर्नी?!” म भुत्भुताउँदै ओमुचु ‘गोमी हाको’मा हाल्न बरण्डातिर निक्लन्छु।
म फर्केर आउँदा छोरी कोठामा हुन्न। हिजो सुकाएर उठाएका लुगा सबै छरेर बास्केटलाई उल्टाएर हिँडिछे। ‘सुकेकै लुगा त हुन्, के होला र?’ भनेर छोड्दिन्छु।
तर भान्छामा पुगेर छोरीले अर्को विध्वंश मच्चाइसकिछे, त्यहाँको ‘गोमी हाको’ लडाएर फोहर सबै छरेर!
“छोड्---! के ग-या यो---?” साँच्चै झर्किँदै उसलाई पन्छाउँछु म। म झर्केको देखेर ऊ रुन थाल्छे। यो पनि यत्तिकै छोडेर हिँड्न आँटेको थिएँ, तर देख्छु बढी भएर फालिएको खाना पनि छरिएको छ भान्छा भरि। यो गर्मीमा यत्तिकै छोड्नु हुन्न भनेर सफा गर्न थाल्छु। फोहर सबै उठाउँछु, भुईँमा लागेको दाग भने नपुछी छोड्दिन्छु।
‘अब यो तालले त नौको ट्रेन पनि छुट्छ!‘ म ट्याक्सी बोलाउँछु।

अघि मेरो हप्काइले शुरु भएको छोरीको रुवाइ ट्याक्सी आइपुग्दासम्म बन्द भैसक्छ।
“खावाइ ने!” ट्याक्सी ड्राइभर छोरीलाई हेरेर बोल्छ। छोरीलाई काम पुग्छ, ऊ फेरि गनगन गर्दै पिरल्ने पाराले रुन थाल्छे। सधैं त हाँस्थी कसैले बोलाउँदा, ‘आज देवी चढ्या छ यसलाई!’ म फुलाउने कोशिश गर्छु।

उसलाई फुलाउँदै गर्दा मेरो मनमा धेरै कुरा चल्न थाल्छन्। धेरै दिन भईसक्यो यसरी ढिला-ढिला जान थालेको। अफिसमा कसैले ठाडै त केहि पनि भनेको छैन अहिलेसम्म, तर खासखुस गर्न थालिसके। हाकिमले पनि थाहा पाईसक्यो होला यसरी म लगातार जसो ढिला आउन थालेको। कुनदिन ‘निक्ली’ बनेर कागत दिने हो! आफैंलाई पनि आत्मग्लानि हुन थालेको छ यसरी सबैको नजरमा कामचोर देखिन परेकोमा, एक किसिमले नेपालकै छवि बिगार्ने बनिएकोमा। ‘छोरीलाई संगै राखेर गाह्रो होला जस्तो छ, नेपाल पठाउनै प-यो, नसकिनै भइयो!’ दिक्क मान्दै सडकतिर हेर्छु म। अघिनै उदाएको भएपनि घाम अझै सडकसम्म आईसकेको छैन, अग्ला घरहरुले अझै छेकेका छन्।

“ उ चरी हेर त छोरी, चरी आएछ नि!” केहि गरेर पनि नफुलिएपछि बाहिरतिर देखाउँछु म। चरी देखिने न त कहाँ हो र कंक्रिटको जंगलमा!
“देतेत, देतेत----“ उसको रुवाइ अचानक बन्द हुन्छ र ऊ ताली बजाएर गाउन थाल्छे। यो ‘देतेत, देतेत----‘ केहि पहिले एकदिन सुत्ने बेलाँमा मैले सुनाएको लोरीबाट टिपेकी हो उसले। वास्तवमा ‘ताराबाजी लै लै---‘ बाहेक मैले जानेको अर्को लोरी त्यत्ति एउटा मात्रै हो (उसकी आमाले दशौं लोरी जानेकि छिन्! )। त्यो पनि बिर्सेको थिएँ, सम्झेको धेरै भएको छैन।

आइज चरी लैजा कान
हाम्री छोरीलाई गोसाईँथान
गोसाईँथानमा के के छ?
चरीले लौरी टेकेछ-----

यो लोरी पनि मैले जानेको यत्तिमात्रै हो। यसमै म जेपनि थप्दिन्छु, जस्तो ‘आर्याच्यानले देखेछ, मिकीच्यानले देखेछ, मामुले पनि देखेछ, पापाले पनि देखेछ, अंकलले पनि देखेछ, अण्टीले पनि देखेछ---‘ आदि। अनि उसले ‘देतेत’ भन्न जानेकी छे। ‘चरी’ भन्ने शब्द सुनेपछि उ ‘देतेत, देतेत’ गर्न थालिहाल्छे।

छोरी आफ्ना साना कोमल हातहरुले ताली बजाउँदै ‘देतेत, देतेत’ गर्दैछे, उसको अनुहार उज्यालिएको छ। बाहिर अग्ला घरहरु नाघेर घाम बल्ल सडकमा ओर्लिन थालेको छ। मेरो मन पनि उज्यालिन थाल्छ। ‘किन नेपाल पठाउनु छोरीलाई?! बरु अलिक लचिलो कुनै काम खोज्छु र यो काम छोडिदिन्छु। केहि लागेन भने ‘घण्टे’* हुन तयार छु। छोरी त आफैंसंग राख्नुपर्छ----! यत्री त बनाईयो, अब झन सजिलो होला हुर्काउन---!’

अनि म पनि हल्का ताली बजाउँदै छोरीसंगै गाउन र हाँस्न थाल्छु,

आइज चरी लैजा कान
हाम्री छोरीलाई गोसाईँथान
गोसाईँथानमा के के छ?
चरीले लौरी टेकेछ-----

हामी बाउ-छोरी अचानक खुशीले गाउन थालेको देखेर चालक दंग परेर ऐनाबाट हेर्दैछन् हामीलाई।
घाम पूरै ओर्लिसकेको छ सडकमा र सडक पूरै उज्यालिएको छ।
***************************************************
***************************************************

प्रयोग गरिएका जापानी शब्दहरु:

ओमुचु: डायपर
होइकुएन: बेबी केयर, किण्डरगार्टेन
गोमी हाको: फोहर हाल्ने भाँडो
खावाइ ने: कस्ती मायालाग्दी, So lovely भन्ने अर्थमा


--च्यान: बच्चीहरुलाई माया गरेर बोलाउँदा उनीहरुको नामको पछाडि ‘च्यान’ जोडेर बोलाईन्छ। नेपालीको ‘नानी’संग नजिक छ।

र जापानी त हैन तर त्यो ‘घण्टे’ भन्ने शब्दको बारेमा। घण्टाको हिसाबले दाम पाईने ‘पार्ट टायम’ कामलाई मैले गोताएँ पाराले न्वारान गर्देको!

Last edited: 06-Sep-07 09:53 PM

 
Posted on 09-06-07 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा पढिसकेपछि केहि कुरा। यो कथाभित्रको "साँचो कथा" कस्को हो भनेर चौतारीवासी गाम्लेहरुलाई किन भनिरहनुपर्ला र?! कथाको प्रवाह (flow) र शैली मिलाउन केहि कसरत भने नगरिएको हैन।अन्त भने कथै भनेर टाँसिनेछ।


यो र अर्को कथाले, वच्चा हुर्काईसक्नुभएकाहरुलाई ती दिनहरुको फेरि याद दिलाईदेला र हामीजस्तै हुर्काइरहनुभएकाहरुले साथ पाएको महशूश गर्नुहोला भन्ने आशा छ। अब कुरो बाँकी रह्यो बाउ हुन बाँकी उरण्ठेउला पातकी मोराहरुको ! तीनीहरुले भने राम्रोसंग जोगाएर राखेहुन्छ, पछि काम आउँछ। कुम्लेले भने कम्पुटाराँ जोगाएर राख्नुका साथै छापेर बिहान-बेलुका घोक्ने गरे हुन्छ, चाँडै काम आउँदैछ!


र अन्त्यमा, गोताएँ किन अचेल चौतारीमा धेरै आउन पाउँदैन र आएपनि किन दुई-चार खोकी मात्रै निकालेर भाग्छ भन्ने कुराको जवाफ पनि यिनै कथा हुन्।

Last edited: 06-Sep-07 09:57 PM

 
Posted on 09-06-07 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे,
राम्रो , सचीत्र रूप म बर्णन छ। अर्को भाग पनी छ की कुन्नी!
 
Posted on 09-06-07 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौलौ, यो सानो बुद्धीलाई पनी कथा त सत्य नै जस्तो लग्या थ्यो। लौलौ होनी रहेछ!
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters