[Show all top banners]

pcooler
Replies to this thread:

More by pcooler
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हरि श्रेस्ठ को हुन ?

[Please view other pages to see the rest of the postings. Total posts: 49]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 18145 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 03-19-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

........................................एक मिनेट सारा तर्क/ बितर्क छाडेर आउनुहोस हरि श्रेस्ठ को हुन , हेरौ ।
दरबारमार्ग स्थित होटल उडल्यान्डका संचालक हुन हरि श्रेष्ठ । गरिब मारेर पैसा कमाउन र होटलमा सामान सप्लाइ गर्नेको पैसा नतिर्ने मा एक नम्बरमा नाम आउछ यिनको । धादिङका तरकारी सप्लाइ गर्ने किसान हुन वा काभ्रेका , वा न्युरोड अथवा पुतिलीसडक का होटल सप्लायर , यिनले कति ब्यापारी डुबाए लेखाजोखा नै छैन । सप्लायरको मात्र होइन , कर्मचारिको तलब दिन भने पचि उनको टाउको दुखेर आउछ । म भने आज तपाइलाइ एउटा पुरानो कथा सुनाउछु ।

करिब एक दशक भन्दा अगाडीको भएपनि अहिले सान्दर्भिक भएको ले यहा उल्लेख गरिएको हो ।

एक जना बैद्य थरका ब्याक्तीको ए सी र रेफ्रीजेरेटरको पसल थियो , भोटेबहालमा (पछि पसल छोडेर पत्रकारिता गरेका यि ब्याक्ती नेपाल का एकजना चर्चित् पत्रकार हुन । नाम चै उल्लेख नगरौ कि?) बैद्यको पसल बाट यि श्रेस्ठ ले ए सी का सामान मगाउने तर पैसा तिर्न भने पछि यिन लाइ ज्वरो आउने । ६, ७ महिना सम्म पनि श्रेस्ठ ले पैसा नतिरे पछि बैद्य लाइ चल्न सम्म झोक चल्यो । एक दिन होटल मा गएर पैसा मागे बैद्य ले । तर कन्जुस श्रेस्ठ ले किन पैसा दिन्थे । केहि बेर को चर्का चर्कि भए पछि पैसा नपाएको झोक मा बैद्य ले पेपर वेट उठाएर हाने श्रेस्ठ लाइ । उनलाइ लाग्न त लागेन र श्रेस्ठ ले बबाल खडा गरे । पुलिस बोलाए , रिपोर्ट लेखाए प्रशासन मा ।

कुरो पुग्यो तत्कालिन अंचलाधिस बिष्णु प्रताप शाह को मा ।उन्ले दुबै पक्ष लाइ अंचलाधिस कार्यालयमा बोलाए । तर श्रेष्ठ किन जान्थे , उन्को होटल को कुक लाइ पठाए । बिचरा कुक अञ्चलाधिस को सामुन्ने पर्ना साथ होस हवास उड्यो । रुदै बिन्ति गरे - सर मलाइ केहि थाहा छैन , म त साधारण करमाचारी हु ।

अञ्चलाधिस ले पुन: अर्को दिन श्रेष्ठ लाइ हाजिर हुन बोलाए । किन जान्थे श्रेस्ठ मरेकाट्टे गएनन । झोकि शाहले प्रहरी लाइ आदेश् दिए - पक्रेर ल्याओ । प्रहरीले पक्रेर त लग्यो तर श्रेष्ठ ले बयान दिनै मानेनन । परेन फसाद ।

शाहले थुन्ने धम्की दिएपछि श्रेस्ठ ले बयान त दिए तर यसरी —
 कति पैसा तिर्नु छ?
 छ होला १०, १५ हजार जति ( पैसा तिर्न भने ८० हजार जति बाकि थियो )

 अनि समान लगेपछि पैसा तिर्नु पर्दैन त?

 तिरौला बिस्तारै , पैसा भएपछि ( स्मरणिय छ , श्रेस्ठ को मा बाकी उठाउन जाने सबैलाइ यस्तै जबाफ दिन्छन, पैसा भएपछि दिउला न ! )

 शाहले कड्केर भने - तपाइ सामान लाने अनि पैसा चै भएको बेला तिर्ने भनेर टार्ने?

 श्रेस्ठ के कम - मैले सामान बुझेको होइन , कस्ले सामान बुझेको हो मलाइ थाहा छैन भन्ने पो जबाफ दिए ।
बिल भर्पाइ खोज्ने काम भयो - स्टोर का कर्मचारीले सामान बुझेका रहेछन् । श्रेस्ठ ले भने - ति कर्मचारी अहिले होटल छोडेर गैसके। मलाइ थाहा छैन । कति तिर्नु छ?

वावा कत्रो फुर्ती?

आजित भएका शाहले यो केश हेर्न जिम्मा तत्कालिन सहयक अञ्चलाधिश लाइ दिए( बस्नेत थरका सहायक अञ्चलाधिश थिए , नाम् चै अहिले बिर्से मैले ) बस्नेत अलि कडा स्वभाबका - श्रेस्ठ लाइ तुरुन्तै भने - पैसा तिर्ने भए तिर नत्र थुनिदिन्छु । खोर मा पर्ने धम्कि आएपछि भने श्रेस्ठ कालो निलो भए र पैसा तिर्ना राजि त भए तर १५ दिन को भाका मागे र भने - पैसा लिन होटलमा आउनु । तर बैद्यले अडान राखे - म होटलमा पैसा लिन जान्न् -पैसा ल्याएर प्रशासनमा बुझाउनु पर्छ र कागत च्यात्नु पर्छ ।
१५ दिन बित्यो तर श्रेष्ठ पैसा तिर्न आएनन । होटलमा बुझ्दा थाहा भयो , प्रशाशन बाट फर्केको पर्सी पल्टै श्रेष्ठ थाइल्याण्ड भागेछन ।

बारम्बार ताकेता गर्दा पनि श्रेष्ठ को अत्तोपत्तो थिएन । थाइल्याण्ड बाट त फर्केछन श्रेष्ठ तर होटलमा नगइ कसै लाइ थहा नदिइ त्रिपुरेश्वरको होटल ब्लु-बर्ड मा लुकेर बसेछन । एकदिन यिनै बैद्य पैसा उठाउन ब्लु-बर्ड होटल के पुगेका थिए - श्रेष्ठ फेला परिहाले । अब परेन फसाद श्रेष्ठ ले बिन्ति गरे - पुलिस नबोलाउनु , अहिल्यै पैसा दिन्छु ।

यो त एउटा सानो उदाहरण मात्र हो , अरु कति को पैसा ति यिनेले सित्तैमा पचाए । .................................................................................
Source:- www.nepaldiary.wordpress.com
 
Posted on 03-19-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुटाइ खाने हरि श्रेष्ठ त चोर रहेछ । तर कुट्ने माओवादी त डाकु हुन ।
 
Posted on 03-19-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रस्तुत घट्ना संग परिचित छुइन र पनि म सँग भएको घट्नाले नजीक को सम्बन्ध राख्दछ । श्रेष्ठ महाको कन्जूस छ भनेर ।
घट्ना, २०५० -५१ तिर् को हो। उनको दरबार् मार्ग( पुलिस चौकि छेउको भित्र पट्टिको) घर मा तल्ला थप्ने नक्सा कोरि दिनु पर्यो भनेर मेरो अफिसमा कुनै कर्मचारि आए( होटलको)। अनि हुन्छ त भनेर मैले टाइम् दिएं र होटल् मा गएं। शायद् छोरो चाहि होला भेट् भयो र बुबा सङ कुरा गर्नुस् भनेर घर जाने सल्लाह् दिए र एक जना कर्मचारि सहित् नजीकै को घरमा लगे। नाप जाँच गरें, नियम कानून् ले मिल्छ मिल्दैन हेरें। त्यसपछि फोटो मा देखिएको बुढोले कति पैसा लाग्छ बाबु भनेर सोधे। त्यतिबेला को चलनचल्ति अनुसार् प्रति बर्ग फीट् ३ रुपैया लाग्छ, अन्दाजि जम्मा १२ हजार् जति लाग्छ भनेंबुढो त झन्दै बेहोस् ।
"मैले त २-३ हजार मा पो बन्छ भनेर बोलाको, ३ हजार दिन्छु हुन्छ ?"
भनेर भने । कहाँ को १२ हजार कहाँको ३ हजार्, मैले हुंदैन, त्यती मा गर्न सक्इन्न भन्दा, बुढोले भइगो त तपाईं जानुस् भनेर फर्काए ।
२-३ घण्टा उनीसङ को समयले मलाई लाग्याथ्यो, यो भन्दा कन्जूस् साहुजी छैन होला । चलन चल्तिको रेट भन्दा १ चौथाइ काम् गराउन खोज्ने।
जे होस् अहिले माथिको कथा पढ्दा त्यो काम् न गरिदिएको नै ठिक् रहेछ, नत्र मेरो त्यो थोरै पैसा पनि दिदैन् थ्य् होला। धन्न बचेछु, आफ्नो परिश्रम् खेर जान बाट्।

नोट्: यस्को अर्थ यो होइन कि कन्जूस, कर्मचारि मारा हो भन्दैमा त्यसरि चुट्नु चाँही मिल्दैन हो । माओवादी बाँदर्हरुले गर्या हो भने त्यो भन्दा नीच कार्य अरु हुन सक्दैन ।
 
Posted on 03-19-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रस्न या कस्ले कुट्यो या कस्ले कुटाइ खायो भन्ने हो जस्तो मलाइ लाग्दैन।देशमा कानूनको राज्य रहेन छ भन्ने देखिदैन र यो घटनाले?जसलाइ जे मन लाग्यो त्यो गर्ने अनि सरकार चुपो लागेर बस्ने जस्तो भएन यो? ए मा ले को ९ महिने बेलामा प्र म चाहि सोझा बूडा मन मोहन थिए अनि राज चाहि माधव नेपालको चल्थ्यो।उनि साच्चै निरिह प्र म थिए। गिरिजा बाबुलाइ यति निरिह देखेको सायद पहिलो पटक हुनु पर्छ।उनि जस्तो नेताले यो बुढेशकालमा प्रचन्ड पथको पछि लाग्नु को अर्थ के होला खै? साच्चि नै वहाँले अझै पनि कुर्सि मोह छ होला? शान्ति को नाममा यस्तो अशान्ति गरि राख्न मिल्छ त? यो देशको दूर्भाग्य-राजा देखि नेता सबै लै पद प्रतिस्ठा र पैसा भए पुग्ने,नैतिकता भन्ने त कुन चरिको नाम हो जस्तो भै सक्यो बा।
 
Posted on 03-19-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hari Deserve Tht Kutai........

Rahilvai Thnx 4 updating his background...
 
Posted on 03-19-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maoists thrashed Mr. Shrestha when he did not cough up the money. Had Mr. Shrestha paid that the Maoists would have honored him....like they do for the rest of the vampires...
They all belong to same league, but with some noticeable differences...पैसा नपाउदा मात्र हो माओवादीले गु नखाने.............
 
Posted on 03-19-07 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादीका कार्यकर्ताबाट पिटिएका भनिएका घाइते उडल्याण्ड होटल दरवारमार्गका संचालक हरि श्रेष्ठ । कुटपिटको विरोधमा सोमबारदेखि उद्योग व्यवसायीहरुले अनिश्चितकालिन आम हड्तालको घोषणा गरेका छन् । यता माओवादी नेताले सो घटनामा आफ्नो पार्टीको संलग्नता नभएको र ज्याला नपाएको रिसमा सोही होटलका पीडितहरुले उनलाई पिटॆको दावी गरेका छन् । nepalipost.com
Picture/अरुण बराल

 
Posted on 03-19-07 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Welcome to the world of SPA democracy and rule of law!!!
 
Posted on 03-19-07 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RahulVai,

A logical equivalent to your kind of posting is this:

Let's say that a woman gets raped.
Instead of treating that rape on its own demerits, intellectuals like yourself dig up that woman's entire sexual history to discredit that woman, and hence minimize or dismiss the rape charges.

Here the same thing.

Hari Shrestha, a businessmen, gets beaten up really bad.
Instead of treating that kutai on its own demerits, intellectuals like yourself dig up Hari Shrestha's entire history (whether that's true or not, I don't know and I don't care at this point) to discredit that man, and hence give the impression that his kutai is somehow all right.

Sure, Hari Shresth may be a khattam businessman.
But that's not for the Maoists or for anyone else to decide on their own to start beating him up. In a democracy, there has to be something called law and order and the due legal process.

Yes, these are difficult to get by in Nepal at this time, but as Nepali democrats we all need to put our heads together to strengthen these aspects of Nepali democracy.

oohi
ashu
 
Posted on 03-19-07 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvai if smart people like you dig up this person's past as if to somehow say that he deserved it, you are kicking the spirit of democracy and justice in the face.

If educated people do not condemn this kind of harrassment and disregard for law and order, then there is not much hope left.
 
Posted on 03-20-07 12:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PC Cooler's saying "एक मिनेट सारा तर्क/ बितर्क छाडेर आउनुहोस हरि श्रेस्ठ को हुन , हेरौ । is a classic Maoist-like rhetorical strategy of diverting the attention from serious issues to other issues.

Once you start talking about Hari Shrestha in this manner, it's hard to go back with greater anger to the the fact that he -- an ordinary citizen -- was beaten up.

For the record, I do NOT know Hari Shrestha -- and as a citizen, I am increasingly alarmed by these Maoist excesses all over the country.

oohi
ashu
 
Posted on 03-20-07 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई तेरो बाउले कमाएको पैसा त तैले पाउन मुस्किल हुन्छ भने तैले अरुसँग के फोकट्मा पैसा पाउन्छ भन्थनेको ?
वडा अर्काको रिस् गर्छस् । जे हो जब्सम्म माओवादी हुन्छ देशमा शान्ति हुन्न यो कुरा म लेखेर दिन्छु
 
Posted on 03-20-07 12:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't think he supported that, look at his last sentence... since the topic is who is hari rokka? how we gonna describe him then? people live with their deeds..otherwise what's the point of morality ? unfortunately rape victim's past character becomes relevalent (look any case in history.. recently.. duke, kobe) although we shout against digging it becos it has become convinience for few people. Only the similarity here, is about money (relevalent?) and we don't know the whole truth (like who really agitated it, though he is the one with black eye). I have sympathy with him , just tired of seeing too many drama in nepal these days.
 
Posted on 03-20-07 1:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It depicts the security state of Nepal. How fair is it to favour the mishandling of Mr Hari Shrestha in this situation? I dont know Mr Hari Shrestha and I beleive there are many legal ways to treat him as well as other people like him if they are really found doing wrong.

One of the Maoists leader is saying that the incident has nothing to do with Maoists people since their cadres are not involved in it where as some others including Prachanda and Mahara are trying to say that few of their cadres are doing wrong and they will find the truth. Have they ever tried to investigate and punish the guilty? Why they are trying to cheat the people and hiding the truth? "Kati din chalcha dhami pani afai jhakri pani afai bhayera?"

I wonder how some intellectual people are supporting this kind of inhuman act.

Do you think the way Maoists are taking law and order in their hands is the right thing and the country should be run in such a way in the days to come?

I shame on you guys who are trying to advocate this act.
 
Posted on 03-20-07 4:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I totally support Ashu ji in this regard.Mr Shrestha's greadiness and Maoist's voilence is two different subject and can't be compared.
 
Posted on 03-20-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आशु जी,
हतार मा टिप्पणी गरी हाल्नु भो, धन्यवाद । आफ्नै बौद्धिकताको नाङ्गो छाप छोड्नु भयो । यसै धागोमा एक मित्रले यसरी टिप्पणी गरेका छन् " I don't think he supported that, look at his last sentence... since the topic is who is hari rokka? how we gonna describe him then? people live with their deeds..otherwise what's the point of morality? unfortunately rape victim's past character becomes relevalent (look any case in history.. recently.. duke, kobe) although we shout against digging it becos it has become convinience for few people. Only the similarity here, is about money (relevalent?) and we don't know the whole truth (like who really agitated it, though he is the one with black eye). I have sympathy with him , just tired of seeing too many drama in nepal these days. "



जस्तो MR_TRUTH जी लेख्नु भएको थ्यो, मैले मेरो लेखाइको अन्तमा लेखेको थिएं, जस्ले जसलाई कुनै पनि निहुमा शारीरिक यातना, मानसिक यातना दिन मिल्दैन र जायज भन्न कुनै पनि बौद्धिक स्तर को मानिसले सक्दैन ।
माओवादी र तिनका दर्शन को कदापी समर्थन गर्दिन र गरेको छैन । अझ भनुम्, कुनै पनि बाम बिचार सँग मेरो बिमती छ । हिंसा को साहरामा आन्दोलन् वा जोर् जुलुम् गर्ने जो सुकै हुन्, चाहे प्रचण्डका ठिमाह सन्तान् हरु हुन् वा बिखण्डनबादि पर्मेन्दर् भगत् का चम्चाहरु हुन्,
कसैको पनि समर्थन् गर्न सक्दिन र गर्दिन पनि।
हरि श्रेष्ठ सँग को उक्त घट्ना मा माओवादी कार्यकर्ता को संलग्नता पुष्टी भैसकेको छ र माओवादीको चरित्र नाङ्गिने क्रम जारी छ ।

हो, एक जना मित्र ले हरि श्रेष्ठ को हुन भनेर लेख्नु भयो र धेरैलाई यो भ्रम हुन सक्छ कि हरि ष्रेष्ठ दुधले धोयका ब्यापारी वा उद्योगी हुन । न हुन पनि सक्छ । उनले गरेका अन्याय र चुसेका रगत हरु को बिद्रोह पनि हुन सक्छ ।
जस्को कारण आफुलाइ देश को अर्थ ब्यबस्थको मेरुदण्ड मान्ने कथित उद्योगी र ब्यापारी हरुले बन्द को आह्वान गरे, तिनको असली चेहरा पनि जन सामु आउनै पर्दछ । त्यहि दिन् छाउनी का एक् मुद्रन् ब्यबसायी मल्ल जी को पनि अपहरण गरियो भन्ने खबर् छ। के श्रेष्ठ् को कुटाइ मा मात्र यत्रो नाटक्? मल्ल जी को जीवन् को कुनै अर्थ छैन? किन कि उनी र उनका आफन्त ले नौटंकी को साहरा लिएन व लिन चाहेन। श्रेस्ठ् को नियत् मा शंका किन न गर्ने? देश् को अर्थतन्त्र स्वाहा गर्ने, अरबैँ बैंक को ऋण नतिर्ने कालो सुचीका नायक् हरु बन्द को समर्थन् मा बुर्लुक्क उफ्रेका छन्। तपाईको बौद्धिक् मस्तिष्कमा शंका उठ्दैनन् र? समय मा संबिधान् सभाको चुनाव हुन न दिने अनेक् षडयण्त्र भै राखेको बेला। त्यो भीडमा राजेश काजी श्रेस्ठ् बिनोद् चौधरि, सुरेन्द्र बीर् मालाकार् हरु देख्नु हुन्न? जो सधै ज्ञानेको सकृय साशन् को वकालत गरेर थाक्दैनन्।

उनलाई पिट्नु कदापी राम्रो काम होइन र देश मा कानून ब्यबस्था नहुनु को ज्वलन्त उदाहरण हो । तर त्यस्को कुटाइ पछाडि को कारण हरु पनि देखिनु पर्दछ र लेखिनु पर्दछ ।

मैले त त्यही फोटो मा देखेको ब्यक्ती र अज भन्दा १२-१३ बर्ष अघी आँफैले भोगेको घट्ना याद आएको ले कन्जुस् साहु हुन भनेर लेखेको मात्र हुं ।
यसलाई विद्वान महाशय हरुले अन्यथा लिनु भयो ।
अन्तमा, फेरी एक पटक दोहर्‍याउछु, हरि श्रेष्ठ र मल्ल जी माथिको माओवादी अत्याचार मात्र होइन, गैर कानूनी रुपमा गरिएका कुनै पनि काम कुरो को समर्थन गरेको छैन र तिनको बिरोध मा अग्र पंक्तिमा हुन्छु नै । तर नौटंकी बाज हरु को पनि असली रुप चिर्फार गर्न भने पछि हट्ने छैन । अस्तु!
 
Posted on 03-20-07 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम हड्तालभित्र लुकेको खेल

ब्यापारी कुटिएको बहानामा फेरी आम हड्तालको घोषणा भएको छ । घोषणाकर्ता हुन् हिजो आन्दोलन र बन्दको विरोध गर्ने उद्योगी व्यापारीहरु । होटल व्यवसायी हरि श्रेष्ठ आइतबार माओवादीका कार्यकतावाट कुटिएपछि यसरी आमहड्तालमा उत्रिएका हुन् ।

बन्द आब्हानकर्ताहरु हुन् नेपाल उद्योग वाणिज्य महासङ्घ नेपाल उद्योग परिसङ्घ चेम्बर अफ कमस्र नेपाल बैङ्कस्र सङ्घ खुद्रा व्यापारी सङ्घ डिपार्टमेण्टल स्टोर निजी विद्यालयलगायतका विभिन्न ६७ वटा व्यवसायिक सङ्गठन ।

कुनै ब्यक्तीमाथि पनि कुटपिट हुनु सामान्य कुरा हैन । यो निन्दाको विषय नै हो । तर सबै ब्यक्ति कसैवाट कुिटंदा लुिटंदा अथवा चन्दाको मारमा पिल्सीदा यस्तै प्रतिकृया आउंछ भन्ने सोच्ने हो भने यो बेकारको कुरा हो । यहां दैनिक कोही कुटिएका छन् कोही लुटिएका छन् । त्यसको विरोध पनि भएको नै छ । तर कुटिएकै विषयमा आम हड्तालको घोषणा भएको भने पहिलो नै होला ।

यसमा लुकेको रहस्य के हो भने अहिले आम हड्तालको घोषणा गर्नेहरु सबै राजद्रोहीहरु हुन् । नेपालमा बैंकवाट पैसा लिएर श्रुण नतिरि अमेरिकामा पेट्रोल पम्प खोल्ने चण्डिराज ढकाल हुन आन्दोलनका नेता । स्मरण रहोस् ढकाल ऋण नतिरेर राज्यको कालो सुचिमा सुचिकृत ब्यापारी हुन् । अर्का छन् चौधरी समुहका उद्योगि विनोद चौधरी उनी पनि काला ऋण नै हुन् ।

सरकारले बैंकहरुवाट ऋण लिएर सकेर पनि नतिर्ने ब्यापारीहरुलाइ कालो सुचिमा राखेर कार्वाही अगाडि बढाएपछि चण्डीजस्ता ब्यापारीका खोल ओढेकाहरुको सातो गएको छ । कतै अमेरिकामा लगानी गरेको पैसा फर्काउनु पर्छ कि भनेर तर्सिएका उनीहरु जसरी जुन बाटो प्रयोग गरेर आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ त्यसरी नै सरकारमाथि जाइ लाग्छन् । यो आम हड्तालको एक उद्धेश्य यो पनि हो ।

हिजो बेलुका एक होटल व्यापारीलाइ माओवादीका कार्यकर्ताले कुटेका छन् नी । सरकारले कुटेको हैन अनी अन्य कुनै सर्वसाधारणले कुटेका पनि हैनन् । कुटेमा माओवादीले हो भने किन सडकमा धर्ना बस्ने । हिम्मत छ भने माओवादीको बुद्ध नगरमा सम्पर्क कार्यालय छ त्यहा धर्ना बस्ने नभए कुपण्डोलको सडकमै भातृ संगठनहरुको कार्यालय छ त्यहा जाने । किन गर्नुपर् यो आम हड्ताल । माओवादी पक्षलाइ चुनौति दिए भएन ।

तर यसले त सरकारलाइ थर्काएर आफ्नो स्वार्थ पुरा गर्न सकिँदैन । यसका लागि त जसरी हुन्छ अराजकता फैलाउनु पर्छ नै । त्यसैले उनीहरु यसरी हुत्तिएर आमहड्तालको घोषणा गर्न पुगेका हुन् ।

म फेरी भन्छु माओवादीको ब्यबहार निन्दनीय छ । तर के नेपालका सबै सर्वसाधारण माओावदी हुन् र माओवादीले गरेका गल्तिमा उनीहरुलाइ सजाय दिने । त्यसैले यो आम हड्ताल तत्काल फिर्ता लिनुमा नै ब्यापारी उद्योगिको कल्याण छ ।

http://www.hamroblog.com/?p=366
 
Posted on 03-20-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maoists have said that they've identified the persons involved in the incident and have taken disciplinary actions. But that is very insufficient, they should be brought to justice by law of Nepal and brought behind bars of Nepal police, not the maoists law.

Government doesn't dare to take action either it's against maoists, or even police, or the solidiers. Example of lawlessness.

These cadres should be prisoned with proper procedures of Nepal's current law.
 
Posted on 03-20-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिम्मत छ भने माओवादीको बुद्ध नगरमा सम्पर्क कार्यालय छ त्यहा धर्ना बस्ने नभए कुपण्डोलको सडकमै भातृ संगठनहरुको कार्यालय छ त्यहा जाने । किन गर्नुपर् यो आम हड्ताल । माओवादी पक्षलाइ चुनौति दिए भएन

यस्तो हावा कुरा गरेर पनि हुन्छ त।कसैले मान्छे मार्यो भने हत्याराको घर अगाडि जुलुस् लिएर जानु रे।के लेख्या हो लेख्न्न पनि।हुन त उस्को ब्लग मा जे सुकै लेखोस नि।

व्यापारिहरु जसले रिन लिएर तिरेका छैनन,उनिहरुलाइ कार्वाहि गर्न नसक्ने नपुंसक सरकारको बिरोध पो गर्नु पर्‍यो त?अनि कानून हातमा लिएका हरुलाइ कार्वाहि गर्न नसक्ने सरकारको पो बिरोध् गर्नु पर्‍यो त? माथिको ब्लग जस्ले लेख्न्नु भा हो सायद् वहा पनि कानून म बिस्वास गर्नु हुन्न जस्तो छ?माओबादिले पिटे माओबादि कहि गएर न्याय माग्ने अनि, राजावादिले पिटे भने तेहि जाने हो भने राज्य सँयन्त्र के का लागि?अर्कालाइ दोश देखाएर पन्छिने यो पुरानो बानि छोड्नु पर्‍यो सबैले।अनि आफु गल्ति गर्दै जाने अनि हामि सरकार मा जान नदिन यसो गर्‍या बह्नेर हुन्छ?अनि यस्तो निकम्मा पनि सरकार हुन्छ।कमसेकम गिरिजा बाबुले यसरि कठपुतलि भएर सरकार चलाउछन भन्ने लाग्या थिएन।

नोट:बन्द समस्याको समाधान होइन।तर देशको द्वेद शासनले जनता वाक्क भै सकेका छन।माओबादि भन्दैमा जे पनि गर्न छुट दिनु चाहि भएन।
 
Posted on 03-20-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The strike imposed by the so called business person in Nepal is another great joke in Nepal. They do not support extortion but do not mind giving theories of good and great corporate governance by not paying the millions of rupees.
Imagine what about the millions of rupees that they have not paid??? Now, talking about law and order, yes, even judiciary is involved in corruption and that shows that no one has much hope in law enforcing mechanisms.

Then what is the choice? The popular sentiment will work.
It is simple that if the facts given by Pcooler are true, popular sentiments have acted and business community should help to strengthen law and order rather than calling for strikes coz any elements can take advantage of that.

I think PCooler in his post is trying to reveal some dark side of that businessman who has been made hero by some other hundreds of corrupt people.

Facts should undoubtedly, be revealed.
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters