[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 134916 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-22-07 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जपको चौतारि बनायौ कुम्ले! धन्देबात् छ!

यहि बर्ख छिट्टै जोइको पोई भएस् अर्को बर्ख लउना साथ झक्किको छोरोको बाउ भएस मेरो शुभकामना छ!:):)

हा...उडि जाने कालो बादल होsssssssssssssss
उडि जाने कालो बादल
पानी पर्छ झम झम
पानी पर्छ झम झम
नाचन मेरि मारूनी आँगनिमा छम छम


जदौ! यो बिर्खे माईलाको!
 
Posted on 01-22-07 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजप गरिलिएछ कुमलवा ले । हम भि आए यो न्या चौतारी मे । अब तिमीले लेउ दो चार धनियाके पात ।
उसके बात हम भि लागिलेए सरस्वतीके मन्दिर मे ।
सरस्वती मया दि्रस्टि बिध्धा देउ मुजे
हासमे तिमी चढि लेउ मलाइ एउटा मर्सिटिज देउ
पर्थममे किताब और कापी दुस्रे हातमे घडी
तिमि सधै बरदान देउ ऐसा खल्तीमे देउ मलाइ सधै पैसा
 
Posted on 01-22-07 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिएर मात्र के गर्ने यो बिश मर्नै नसकिने
तर पनि सक्दिन म पिउन छोड्न,
जिएर मात्रै के गर्ने जीवन बाँच्नै नसकिने
तर पनि सक्दिन म मेरो चाहना मोदन ।
 
Posted on 01-22-07 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे सरस्वती माता ! मलाई पनि बुद्धी देउ
सारा दु खहरु नसकेपनि आँफै लेउ
म त तिम्रो भक्त हु नि, सदा को लागि माता!
आशिश माताको नपाई म कसरी खोलौ भिकारी खाता???

हे चौतारीका बासिन्दाहरु, सबैलाइ मेरो नमस्कार
 
Posted on 01-22-07 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जपको चौतारि बनायौ कुम्ले! धन्देबात् छ!

यहि बर्ख छिट्टै जोइको पोई भएस् अर्को बर्ख लउना साथ झक्किको छोरोको बाउ भएस मेरो शुभकामना छ! :):)
 
Posted on 01-22-07 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले बनाएछ गज्जबको चौतारी यसपाला! जय होस् कुम्लेको!

अन्त्यमा, श्री पञ्चमीको उपलक्षमा सबैलाई 'पढेको जति सबै बिर्सिउन्, फेरि नयाँ पढ्न पाउन्।" भन्ने हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु।
 
Posted on 01-22-07 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कपिड एन्ड पेस्टेड फरम लास्ट चौतारी!!
कुरा गहिरो छ यहाँ।
हुन त पैसो चोरेको होइन म नि भन्दिन तर के को लागि चोरेँ त कुरो त्यहाँ आम्छ।
अब दश किलासमा दश चोटि फेल भे छि के गर्नु म लाहुर जाम भनेको सुद्ढाले पैसै निकाल्ने होइन। यो जिम्माल बटजे नि भन्नुको मात्र बाजे जावा ३ लाख माग्दा नि देनन्! त्यो बोरा का बोरा पैसा के गरेर राख्या कुन्न। अस्ती २४ बोरा पैसो धुसि लागो भन्थे ठिक्क परो। खुच्चीङ। :पि
अनि मेरो पालि बेच्दे चोरेर आमाको गहना। अझ बाउको राडो घडि बेचेको त था नै रेनछ बुढाहरुलाइ!! :पि
अनि तेसछि त्यो दलालसँअ कुरो मिलार अम्रिका लाग।
तर बज्या दलालले झन्दै फसाको। बज्यालाइ निशे ला र थर्का छि बल्ल ठीक ठाममा आयो!
अब अम्रिका त पुगियोम झन्दै एर्पोर्ट बाट फिर्ता पठाको। दश कछे फेल भेकोलाइ के को अउँरेजि आम्नु, म नि के कम, अलि अलि ति बुद्दि छ नि लाटा को एउटिं अरेर छिरेको। :पि
अब त्यसछि यो गिरिन कार्ड काँट आयो नसोध्नु फिरि के रे। लामै कहानि छ!। :पि
अब त्यो चोरेको पैसो खेर फालेको भे एउटा कुरा। पैसोको बिटा बोकेर फर्केर आएँ के रे , पजेरो नि किनेकै छु के रे सेकेन्ड हेन्ड भे नि। यो जिम्माल बाजे ले जे भने नि सिको घडि ल्याइदेको छु के रे।
अब त्यै तितौरीले मन खार याँ भाउन्न भैराको छ।
बरु उस्को सिँगाने पुछेर बस्न नि तयार लु! लौ न केहि गर्दिम भन्या।
मर्नै लागेँ मुटुमा ब्यथा ला'र!!
पि एस - त्यो म पोखरा तिर भाग्या होइन है; भाउन्न भे र डाउटर देखाम्न गे को!! डाउटरले मन परेकोसँअ बे गरे मात्र ठीक हुन्छ रे!!
हे पर्भु रक्षा अर।
:(
‍‍‍‍‍‍‍---->> पिलिज कन्टिन्यु फरम हियर!! :पि
क्यार्नु अलि अलि सिकेको अउँरेजी खोक्नै परो! :डि
 
Posted on 01-22-07 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले बनाएछ गज्जबको चौतारी यसपाला! जय होस् कुम्लेको!

पढ्ने बेला गुच्चा खेल्यौं

त्यसैले आज लुच्चा भयौं

सरस्वति पूजा गर्न छोडेर

सरस्वतिको पछि लाग्यौं

कबिता लेख्छु भन्दा भन्दै

सबिता लेख्न पुग्यौं
 
Posted on 01-22-07 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले ले कस्तो राम्रो चौतारी बनाएछ !
तिमिलाइ धर्म लागोस्, सन्तान् ले डाडा काडा समुन्द्र (पुरै अ मृका) ढाकोस् मेरो आशिर्बाद् तिमिलाइ। :D
 
Posted on 01-22-07 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसी, तिरुले दे'को आशिष लागो कुम्लेलाई भने औँरिकाको जनसंख्या पनि चीनकै जति हुनी भ!
 
Posted on 01-22-07 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ मीत्रहरु ! कुम्लर, बिर्खे, नमे, बिसे, हरि, गोताएँ अनि डम्मरेलाई नमस्कार !

ओइ डम्मरे ! त्यो छापाको चौतारीनेर खोपी खेल्दाको मेरो ३ सुका खोइ ? उतिखेर आमाको गहना चोरेर भाग्यो, मेरो तिनसुका नतिरीकन। एक बट्टा बिजुली खैनि र ३ खिल्ली देउराली चुरोट नि सापट लिएको थियो, नतिरी भागेछ। अहिले आएर तिर्ने त कुरै गर्दैन बा ! ङुरररररररररररररररररररररररररररररररर :-| अझ मेरै बुइनि ताक्न आउने।

सबै गरेर १० रुपिया लेउ, त्यही १० रुपियाले मैले बुइनिलाई सिँगान पुछ्ने रुमाल किन्दिन्छु। सप्पै मेरा कपडाका बाहुलाले पुछेर कुनै हेर्न नहुनि बनाइदिइ यो केटीले। कोट हेर्यो कोट, सर्ट हेर्यो सर्ट सबै बाहुलामा यसैको सिगान टल्केर झिल्झिले सितारा टाँसेको जस्तो देखिन्छ। आफ्नै बुइनी मयाँ लाउँच। पिटुम पनि कसरी। :-(

कुम्लेले गजबको चौतारी बनाएछ। धेरै धेरै धन्यबाद। मलाई यो चौतारि भरी दुकुरेको दुकुरेइ बनाउने भए है गाँठे। :-( :p

:-)
-भउते
 
Posted on 01-22-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु तितौरी नि यैँ रइछिन्, देखिनछु। अब बुइनिलाई नमस्ते भन्न भे'न के रे, कि खुट्टा यता देउ ढोग गरुम्ला, हैन भने तिनीले नै मलाई नमस्ते भन। :-)
 
Posted on 01-22-07 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सप्पैलाई!!
शुभकामना, धन्यबाद, आशिर्बाद दिनुहुने सबैको जय होस! :-)
भउते बाबु! दौडिनुपर्यो नि! एक्सरसाइज गर्नुपर्यो नि! खोइ कुरो बुझेको? :)
 
Posted on 01-22-07 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिट्टी तिमीलाई लेखु भन्छु
मन को कुरा मनमै रह्यो ।

जदौ मीत्रहरु ! कुम्लर, बिर्खे, नमे, बिसे, हरि, गोताएँ अनि डम्मरेलाई नमस्कार
 
Posted on 01-22-07 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनको कथा लेखु भने अधुरो नै रहन्छ कि
माया भनि बोलाउ भने गाली कताइ पाईन्छकी ? ? ?
मेरा प्यारा सारा चौतारीका मुखिया मुख्यानिहरुलाइ नमस्कार !
 
Posted on 01-22-07 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaskaaar!
kumle bhai lai dherai dherai dhanyavaad hai naya chautari banayeko ma:)
 
Posted on 01-22-07 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनिमा, भौते गुरुले सबै लाई सम्झे तर छेउमै बसेको, चिलिम न तानेको, २ दिन देखि म:म: न खाको यो बुढो लाइ बिर्से छ। खोलो तर्यो लौरो बिर्स्यो। अरु सबि काल् आओस्, बुढेसकाल् न आओस् भन्छन्, हो रहेछ। नानी हरु जन्ते लाई भकुर्ने कुरा गर्छन्। मलामि लाइ भकुर्ने काम् नि गर्लाउ, छुल्याहा हरु।
 
Posted on 01-22-07 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे चौतारीका बासिन्दाहरु, Jai Nepal
Ma Jwai hu, Raj Bahadur (Gyane ko Jwai) jasto na va e pani, Neta ko Jwai ta .....
 
Posted on 01-23-07 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ज्वै साप् पनि ,कचौरा त निक्कै हुन्च ससुरलि मा खादा खेरि भन्ने सुन्चु ,अब बस्नुस् चौतारि मा मजाले ज्वै लै के तेन्सोन् ,सिग्रेत मारुम् कि सुपादि??
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters