[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH - III

[Please view other pages to see the rest of the postings. Total posts: 142]
PAGE:   1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 70994 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 12-29-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा लेखिएका अनेकौँ कविताहरुलाई एकै ठाउँमा राख्न, पढ्न र प्रतिकृया आदानप्रदान गर्न सुरु गरिएको कविताको देशले पनि २ भाग पुरा गरिसकेछ। पहिलो र दोश्रो भागमा अनेकन मित्रहरुले यो धागोलाई अत्यन्त माया, सद्भाव र चाखका साथ पढिदिनुभयो, लेखिदिनुभयो र साथ दिनुभयो; ति सबै मित्रहरुलाई निरन्तर सहभागिताको आग्रह सहित धेरै धेरै धन्यवाद् छ!
पहिलो र दोश्रो भागमा जानको लागि तलको ठेगानामा जानुहोस!

पहिलो भाग- - http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557
दोश्रो भाग- - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=28216

बिश्वास छ, धेरैले यो कविताको देशमा गाउँहरु थपेर सिंगार्नुहुनेछ!

सुरुवातमा यो एउटा कविता-

जिन्दगी-

कहिले ढकमक्क
आँगन सिँगार्ने सयपत्रिको,
कोमल स्पर्ष र सुगन्धले
बाग बाग गराउँछ!
कहिले ओसिलो भुइँमा,
बर्षौँ फालिएको
पुरानो मजेत्रोको,
फोहोर चिप्लोपना सहित
डुङ्ग ढुसि गनाउँछ!
बलेसिबाट चुहिँदै गरेको
निराश थोपाहरु जस्तै,
कहिले एकछिन टल्केर
माटोमा कतै सेलाउँछ!
बिउ फाटेर कहिले,
नितान्त नयाँ संसार हेर्दै
मसिनो टुसा पलाउँछ!
यसैगरि, यता उता भौँतारिँदै,
कहिले चुलिँदै,
कहिले खस्किँदै,
मेरो जिन्दगी;
केवल जिन्दगी बिताउँछ!!

 
Posted on 12-29-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe

Nice development of idea and well wrapped by the concluding paragraph.

on quick note:

What if you wrote the first paragraph little differently as it reads so general ? Just a thought.

कहिले ढकमक्क
आंगन सिँगार्ने सयपत्रिको,
कोमल स्पर्ष र सुगन्धले
बाग बाग गराउँछ!


कहिले ओसिलो भुइँमा,
बर्षौँ फालिएको पुरानो मजेत्रोको,
फोहोर चिप्लोपना सहित
डुङ्ग ढुसि गनाउँछ!

कहिले बलेसिबाट चुहिँदै
निराश थोपाहरु जस्तै,
एकछिन टल्केर
माटोमा कतै सेलाउँछ!

कहिले बिउ फाटेर ,
नितान्त नयाँ संसार हेर्दै
मसिनो टुसा पलाउँछ!

यसैगरि,
कहिले यता कहिले उता भौँतारिँदै,
कहिले चुलिँदै, कहिले खस्किँदै,
मेरो जिन्दगी; केवल जिन्दगी बिताउँछ!!
 
Posted on 12-29-06 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-29-06 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नझारु भन्छु आँखाको आशु, अनयाँसै झर्छ'नी
सम्झदैन यो दुखी मन सम्झाउदा'नी जागरै मर्छ'नी,
आमाको यादमा रुदा त झन मुटु नै ठाउँ सर्छ'नी
जता गयो थक्करै मात्र बाँच्न त मैलएनै पर्छ'नी,
मै मरे भने फेरी एही प्याला कस्ले भर्छ्'नी
नसक्ने रैछु केही गर्न जे लेख्छ भाबी उहि गर्छ'नी !!!
 
Posted on 12-30-06 1:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविताको देशको नया विस्तारको लागि जिम्माललाई धन्यबाद। कविता पनि सुन्दर छ। विवशजीलाई कविताका लागि धन्यवाद।
 
Posted on 12-30-06 7:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK ITS GREAT TO READ THE 'KAVITA KO DESH'
 
Posted on 12-30-06 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow नया कबिता को देश कति राम्रो बनाउनु भएछ जिम्माल् बा ले राम्रो कबिता ले सिङारेर !
विवस् को कबिता पनि कति राम्रो!
 
Posted on 12-31-06 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् शिरीष गुरु हौसला र प्रतिकृयाको लागि!
लेखेर तात्तातो टाँसेको हो परिमार्जन गर्ने छु!

माष्टरनी नानि धन्यवाद्!

विवसजी, राम्रो रचना सहित कविताको देशमा आउनुभयो, स्वागत छ! अरु पनि पस्कँदै गरौँ!

गौतमजी, धन्यवाद् तपाईँले खनेको बाटोलाई निरन्तरता दिन पाएकोमा र कविता मनपराउनु भएकोमा :)

राजाजीलाई पनि स्वागत छ!

तितौरी, धन्यवाद्। अब तिम्रो कविता नि पढ्ने है?
 
Posted on 12-31-06 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ कामनाको कबिता अन्तै टासे छु, रिसानी माफ है ।
 
Posted on 01-02-07 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालो बिरालोले आज फेरि मेरो दैलो काटे छ
जसो तसो सम्हालेको मन फेरि आज फाटे छ

बाह्र बर्ष मा खोला त फर्किन्छ भन्छन् सबै जना
निस्ठुरिको मन् फर्किन्छ भनी फेरि आज ढाटे छ

साइत जुराएकै थिएं, देवी देउता भाकेकै थिएं
जुराएको जन्म कुन्डलि पनि फेरि कस्ले साटेछ

बिरहको गजल कति गाउछौ भन्छन् साथिभाइ
बिरहकै सुरमा "राहुल् भाइ" फेरि आज् माते छ
 
Posted on 01-02-07 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या कबिता छ राहुल दाइ तपाइको ! वाह् वाह् वाह् । मैले साझा खोल्ने भनेको कारण नै कबित खोज्न को लागि हो । लेख्दै गर्नु होस येहि नै शुभकामना ।
 
Posted on 01-02-07 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राक्षस जी लाई धन्यवाद, तपाईंहरुकै माया ले लेखिरहन प्रेरणा मिल्छ।
 
Posted on 01-02-07 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो जिन्दगी;
केवल जिन्दगी बिताउँछ!!


A beautiful example of "Antanaclasis", a rare poetic tool in which the same word is repeated in a different sense within a clause or line.
 
Posted on 01-06-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाई,
धेरै धन्यवाद्, एक त कविताको देशमा बिश्राम लिनु भएकोमा र अर्को कवितामा भएको शब्दप्रयोगको परिचय दिनुभएकोमा! मलाई थाहा थिएन यस्तो प्रयोगलाई के भनिन्छ भनेर, भविश्यमा अरु पनि यस्तै हौसला र सुझावको अपेक्षा सहित फेरि एकपटक धन्यवाद्!!
 
Posted on 01-06-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुटु हुन्छ लगलग मायाको जाडोले
पहिरिन खोज्छु न्यानो माया, यो मन मान्दैन,
हुँदा-हुँदा ज्यान पनि जाने भो तेही शित लहरले
तापौ भन्छु सल्केको मायाको थुतो , यो मन मान्दैन,
झरे'नी झरोस् दुई बार को जिन्दगी, तेही मायाको पिरले
बिश पिएर मरौ भन्छु , तर एही मन मान्दैन !


सम्झा उछु हजर चोटि यो मन लाई मदिराकै सह राले
सार्है निश्थुरी रहेछ तिमी भन्दा धेरै , यो मनइ मान्दैन
 
Posted on 01-07-07 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विवसजी, यो मदिराको सहारा भन्नु मात्र रहेछ! केहि बेर साथ दिने अनि पहिला भन्दा पनि अँद्धयारोमा छाड्ने! त्यसैले यसको विकल्प खोज्न थालेको म त :)


एउटा गन्थन पस्कन लाएको-

तिम्रो मुस्कान-

म; उन्मुक्त आफैँमा,
केहि लट्ठिएर,
केहि मात्तिएर,
तिमीलाई हेर्दा-
तिम्रो ओठ बाट
एउटा मिठो मुस्कान,
फक्रँदै गरेको फूल जस्तो
बिस्तारै फक्रन्छ!
सबै मदहोश!!
सबै प्रफूल्ल!!
सबै कोमल!!

हिजोको त्यो कालो
अत्यास लाग्दो पर्खाल,
केहि आत्तिए झैँ,
केहि बत्तिए झैँ,
अचानक केहि मक्किएर
बिस्तारै मेरो अगाडि भत्किँदै,
समथर भएको देखिन्छ!
लामो त्यो भारि पर्दा,
केहि फर्फराए झैँ,
केहि तर्किए झैँ,
क्रमश फाट्टिँदै
खुल्ला भएर उघ्रिएको देखिन्छ!
मेरो बहाव रोक्ने
हरेक बाँध,
केहि चर्किए झैँ,
केहि पग्लिए झैँ,
आफैँमा लाज मानेर
खुल्ला नदी बनिदिन्छन!

मेरो आँखामा
बर्षौँ तैरिएका जालोहरु,
बुनिएका बाटा पहिल्याउँदै,
केहि सुल्झिए झैँ,
केहि मेटिए झैँ,
एक एक गर्दै सबै फाटेर
खुल्ला खुल्ला भइदिन्छन्-
र मेरो अगाडि केवल
पवित्र तिम्रो मुस्कान हुन्छ!
जिवनको मिठो आधार हुन्छ!!!

 
Posted on 01-07-07 1:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-09-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन आउछ घरि घरि सपना बिथोल्न "बिपना"हरु
आफु बिर्सें कसै गरी फेरी किन आए "सम्झना"हरु
 
Posted on 01-09-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविता कोर्ने हात हरु काँपे,काँपेन हात उस्को
कलम बोक्ने हातहरु कटे,बोकिन बन्दुक उस्को
सिउँदो पुछियो तर, मागिन मुल्य तेस्को
जिउन त जिउँला तर ,कसरि हेरुँ सपथ ग्रहण उस्को
 
Posted on 01-09-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जपना बिथोल्न किन आउंछ घरि घरि "बिपना"हरु
आफुलाई बिर्सदां पनि आउंछ फेरि फेरि "सम्झना"हरु
अनिदो रातहरुमा किन चियाउंछ थरि थरि "सपना"हरु
खाली मस्तिस्कमा किन धाउंछ वरिपरि "कल्पना"हरु
 



PAGE:   1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters