[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 179835 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 11-19-05 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very Good ...
बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !
can't you take छ out from first line so that it can flow with others ?????
 
Posted on 11-20-05 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरु, नया धागोको लागि धन्यवाद।
अहिलेलाई यत्तिमै हा.टा.। बसिबियाँलो गर्दै गरम्ला।
 
Posted on 11-21-05 4:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब छ।
मैले भाखा फेरेर पढेँ अस्ति नेपेजीले गरेको नक्कल गर्दै।
यहाँनेर अलिकति अरु हरफहरुसित Sound को Freqency मिलाउन अलिकति गाह्रो प-यो कि।
प्रश्नवाचक चिन्ह राख्दै हरफलाई यहाँमात्र टुक्रा पारियो वाक्य वाक्यमा।

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

शिरिषजीले नि पढेर MP3 नै टाँस्नुपर्ला जस्तो छ अब त। पढेको सुन्नी बानी लागि हाल्यो।
रे क्या!
--- --- ---

 
Posted on 11-23-05 7:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरु,
राम्रा छन् शेरहरु। नया चल्लाको एउटा सानो सुझाव, शब्द कटौतीको आवश्यकता
भने देखिन्छ। फाइनल चाँडै पढ्न पाइयोस्।

मैले यसपटक हिमालको नाममा गजल लेख्ने कोशिश गरेको छु। टाँसिहाल्छु, गुरुहरुबाट
सुझावको अपेक्षा राख्दै।

गोतामेको गजल-८


रात नसकिँदै झुल्किन्छ हिमाल
कुन खुशिले टल्किन्छ हिमाल!?

घाममै छल्छ बादलका आँखा!
आकाशसंग पल्किन्छ हिमाल!

चित्त बुझेन आकाशै पाएर?!
किन अविराम् अल्किन्छ हिमाल?!

दुइटै यी आँखामा नेपाल छ
हरपल छचल्किन्छ हिमाल।


(अल्किनु=अग्लिनु, " अग्लो हुनु" को ग्रामीण उचचारण)








 
Posted on 11-23-05 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा शेर छुटेछ।

font color="#FF0000" size="4"> गोतामेको गजल-८ font color="#FF0000" size="4">


font color="#FF0000" size="2">

रात नसकिँदै झुल्किन्छ हिमाल
कुन खुशिले टल्किन्छ हिमाल!?

घाममै छल्छ बादलका आँखा!
आकाशसंग पल्किन्छ हिमाल!

चित्त बुझेन आकाशै पाएर?!
किन अविराम् अल्किन्छ हिमाल?!

तन्केको छ हेर्दै कस्को बाटो?
गोधूली छाया ढल्किन्छ हिमाल

दुइटै यी आँखामा नेपाल छ
हरपल छचल्किन्छ हिमाल।


(अल्किनु=अग्लिनु, " अग्लो हुनु" को ग्रामीण उच्चारण)
 
Posted on 11-23-05 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रंग हाल्न खोज्या के बिधि भद्रगोल भएछ गाँठे। गजलचैँ त्यै हो है साथी हो!
 
Posted on 11-25-05 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

usofa, dadagiri and gautamjee

I have planned to revise the written pieces after some time and see the mistakes and jerks that occur with the flow. Thanks for your close observations and keep finding problems hai !

here is another one I am working on:

चापको हद, मुटुले बेहर्र्यो, अरु सहने औकात थिएन
कोष्ठहरु किन कमजोर नहुन् - कुनै ईस्पात थिएन !

निर्णय जब टाउकाको गिन्तीहरुमा सिमित हुन्छ ,
कहिले अप्रत्यासित परिणाम आउनु, बिष्मात थिएन !

बेईमानले बगैचामा फूल उखेली कांडा रोप्दैछ क्रमश:
भ्रष्ट-आचरण झ्याङ्गिदै आएको त्यसै र अकस्मात थिएन !

चुलिने रहर थियो तर हिउं जस्तो ठोस हुन नसक्दा
अस्तित्वकोलागी पानीलाई, ओरालो बग्नु अजात थिएन !

परिस्थीति भिन्न आउंदा आफ्नो पनि कांचुली फेर्नै पर्यो
पूरानै अनुहारमा नंया परिचय, नौलो शुरुवात थिएन !

११/२५/०५

शब्दको किफायाती हुनु पर्यो हैन र? भन्नु हुन्छ नि भनेर यो पनि !
जबरजस्ती गर्दै बना?को यो सबै !
अब केहि बिराम लिनु पर्ला जस्तो छ !



चापको हद अरु सहने औकात थिएन
कोष्ठ, मुटुका हुन् - कुनै ईस्पात थिएन !

निर्णय जब गिन्तीहरुमा सिमित हुन्छ ,
अप्रत्यासित परिणाम बिष्मात थिएन !

फुलेको फूल उखेली कांडा रोपीयो क्रमश:
भ्रष्ट-आचरण मौला?को अकस्मात थिएन !

चुलिने रहर पूरा हुन नसक्दा पानीको
ओरालो खोजी खोजी बग्नु अजात थिएन !

नंया परिस्थितीमा स्बत: नंया परिचय,
मान्छेले कांचुली फेर्नु नौलो शुरुवात थिएन !

 
Posted on 11-25-05 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरुले फाइनल नदिँदै प्वाक्क बोलिएछ!

नाजवाफ छु गुरु। सब शेर उत्तिकै लाग्छन्।

"चापको हद अरु सहने औकात थिएन
कोष्ठ, मुटुका हुन् - कुनै ईस्पात थिएन !
-------
चुलिने रहर पूरा हुन नसक्दा पानीको
ओरालो खोजी खोजी बग्नु अजात थिएन ! "

 
Posted on 11-26-05 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

On current political development:

The quafia is pretty loose.
I will be correcting this later on.


सुन्छु, खेलिदैछ नया चलखेल, खाल अर्को
देख्छु, शत्रु भन्नेहरुको सांठगांठ अनौठो !

दापमा छिर्न मान्दैन कति खुकुरी त अझै
धारको चासो, कमलो कलिलो कलेजो मेरो !
(this can be an independent ghazal too)

फेरि नहोस् जालझेल, सिधा-साधाको खेलमा,
पर्दा पछाडी थुप्रै अरु रहेछन्, खेलाडी ओहो !

कतिले दिमाग लडाई त कतिले हचुवा मै
परिणामको ठोकुवा गरिसके थियो यस्तो !

काटिनु बाहेक छैन उपाय अब बोकोको
मुक्ति दिन्छु भन्नेले हराएछ बलिको सांचो !

च्याखें थापेर बाजी पूरै जित्न नसकिएला
आफ्नो दाउ छोप्न कौडा नहानी नहुने भो !


 
Posted on 11-26-05 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई यो मुन प-यो गरु!

च्याखें थापेर बाजी पूरै जित्न नसकिएला
आफ्नो दाउ छोप्न कौडा नहानी नहुने भो !

 
Posted on 12-02-05 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

under construction ghazal...

आंखा संधै बगेकोमा तिमीलाई दुखेसो छ
बालुवा झै सुष्क मेरालाई पानीको खांचो छ !

दौडी रहेछौ ओरालो सरी सहज मानी मानी
हिड्न नजान्दा, मलाई त्यही बाटो उकालो छ !

टुक्रेको शिशा पनि चम्कियो तिम्रो रहोबरमा
नटल्किने, मेरो हीरा हो की या किरणै बाङ्गो छ ?

शिखरमा एक्लै सुनी साथ दिन मन लागेथ्यो,
चुचुरो कहां नेरी, ठम्याउन पो मलाई गारो छ !

to be continued....

 
Posted on 12-02-05 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिखरमा एक्लै सुनी साथ दिन मन लागेथ्यो,
पहाड कहां नेरी, ठम्याउन पो मलाई गारो छ !

 
Posted on 12-02-05 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरु, यो धागोमा पसेर गुरुका शेरहरुको रसास्वादन गरेपछि अन्त कतै आँखै
लाग्दैन । यो नया चाहिँ त झन दामी लाग्यो।

"....टुक्रेको शिशा पनि चम्कियो तिम्रो रहोबरमा
नटल्किने, मेरो हीरा हो की या किरणै बाङ्गो छ ?......"

वाह वाह ......!
 
Posted on 12-04-05 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhanyabad Gautam jee.

Duita sher thapya chu feri.

आंखा संधै बग्ने गरेकोमा तिमीलाई दुखेसो छ
बालुवा झै सुष्क मेरालाई भने पानीको खांचो छ !

दौडी रहेछौ ओरालोमा जस्तै सजीलो मानी
हिड्न नजानेर , मलाई त्यही बाटो उकालो छ !

टुक्रेको शिशा पनि चम्कियो तिम्रो रहोबरमा
नटल्किने मेरो हीरा हो की या किरणै बाङ्गो छ ?

शिखरमा एक्लै सुनी साथ दिन मन लागेथ्यो,
पहाडको फेद कहां ठम्याउनै मलाई गारो छ !

बयान सुन्या? थिएं तिम्रो अचूक उपचारको
कति जांच्छौ मात्र? मेरो आलो घाउको गुनासो छ !

उदार भै सुन-चांदि बांडि हिड्यौ दूनियालाई,
भैपरी आउदा मलाई, सांचेको सम्पति सस्तो छ !

 
Posted on 12-08-05 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

with little change and addition of one more sher:

आंखा संधै बग्ने गरेकोमा तिमीलाई दुखेसो छ
बालुवा झै सुष्क मेरालाई भने पानीको खांचो छ !

दौडी रहेछौ ओरालोमा कस्तो सजीलो मानेर
हिड्न नजानेर , मलाई त्यही बाटो उकालो छ !

शिखरमा एक्लै सुनी, साथ दिन मन लागेथ्यो,
पहाडको फेद कहां ठम्याउनै मलाई गारो छ !

टुक्रेको शिशा पनि चम्कियो तिम्रो रहोबरमा
नटल्किने मेरो हीरा हो की या किरणै बाङ्गो छ ?

बयान सुन्या’ थिएं तिम्रो अचूक उपचारको
कति जांच्छौ मात्र ? आलो घाउको यस्तै गुनासो छ !

उदार भै सुन-चांदि बांडि हिड्यौ दूनियालाई,
पर्दा, अब आत्मै बेच्छु! सांचेको सम्पति सस्तो छ !

ककस्का ओठमा छाडी आयौ चुम्बनका रापहरु ?
तिम्रो अंगालो चीसो, डुबेको घाम बरु न्यानो छ !

 
Posted on 12-08-05 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो तोड परेको हो गुरु, यस्तो भन्नैपर्ने गरी!? गुरुले गलत अँगालो रोज्नुभएछ कि क्या हो?! जे होस् शेर संरचना र भाव संप्रेषण दामी छ यसमा पनि।

"ककस्का ओठमा छाडी आयौ चुम्बनका रापहरु ?
तिम्रो अंगालो चीसो, डुबेको घाम बरु न्यानो छ ! "

***************************************************************

गुरुको जस्तो लगन, परिश्रम र धैर्य राखेर लेख्न र गुरुका सारमा दौडन त सकिएन, तर बिस्तारै भएपनि पछि पछि
लाग्न भने छोडेको छैन। आज यो एउटा राख्दै छु, अचेल चल्दै गरेको;

गोतामेको गजल-९

पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा देश देखें।
 
Posted on 12-08-05 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु को ? भनेको त, आफ्नै गौतम पो रै’छ !
हजुरको देश-प्रेम सुन्दा नरुने, अधम पो रै’छ !

आर्को प्रि- भ्यू है

मेरो ईज्जत बढेको पक्कै हो
नभए किन हान्थे ढुङ्गा मुढा !
He He
 
Posted on 12-08-05 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो गुरु, हजुरकै गोतामे हुँ। आर्कै नाममा सही गरेर पसिएछ पहिला पस्दा।
 
Posted on 12-08-05 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जति पढे पनि मन भरिदैन, केवल आँखा भरिन्छ । वाह ! गोतामे, विक्षिप्त नै बनाउने शेरहरु भए यि ता ।

अनि मतलाको के कुरा । सारा शेरहरुको ढुकढुकी बोकेको मुटुको एक टुक्रा ।

पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें

 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters