[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 नयाँ नेपालको यात्रा

[Please view other pages to see the rest of the postings. Total posts: 50]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 45199 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 01-06-14 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     12       ?     Liked by
 

नयाँ नेपालको यात्रा

नयाँ नेपाल कहिलिए पश्चातको दोस्रो नेपाल यात्राको संस्मरण लिपिबद्ध गर्ने प्रयास गरेको छु | यहाँहरुको साथ पाएँ भने यो क्रमलाई निरन्तरता दिने छु | आशा छ केही तीता पल र केही मीठा पलहरुसंग तपाइँहरुको साथ रहने छ |

जे एफ के , टर्किस इअर र इस्तानबुल हवाई अड्डा
-----------------------------------------------------

धेरै बर्ष तामेली रहेको नेपाल यात्राको लागि सस्तो टिकेट खोज्दै गर्दा टर्किस इअरले लोभलाग्दो प्रमोशन रेट दिएकोले मात्र हैन उडान अवधि को हिसाबले पनि इस्तानबुल हुँदै यात्रा गर्नु उपयुक्त थियो नै | सस्तो कस्तो हुन्छ भन्दा नि अमेरिकी भूमिबाट झारे झुरे प्लेन उड्ने हुँदैन भन्ने बिश्वास थियो | जेएफकेको टर्किस इअर दिपार्चार गेट पुगे पछी सस्तो मालको छनक देखिँदो रहेछ| इअर्लाइन्सका कर्मचारी गफैमा मस्त थिए, लाइन अस्तव्यस्त थिए | कुन लाईन बिजिनेस क्लासको कुन चाहि इकोनोमी, अझ इकोनोमीमा पनि कुन ग्रुपको कुनै संकेत- सूचना थिएन ...नेपालमा लाग्ने जुन सुकै लाइनको झझल्को दिने गरी अब्यबस्थित थियो | टाइम भयो ...
“ बिजिनेस क्लास दिस वे ....इकोनोमी ग्रुप ए इज द्याट वे “ भन्दै लाइनलाई खण्डित बनाउँदाको दृश्य हेरी नसक्नु थियो | बेलाइनबाट र बे-क्लासको बोर्ड गर्दा नि बाल थिएन | जहाजको ढोका मै २ जना टर्किस भुसतिघ्रेहरु ह्याण्डक्यारी ब्यागको साइज नाप्न बस्या रैछन | मेरो ब्याग अलि ठुलो देखिन्थ्यो, तर अन्तर्राष्ट्रिय मापदण्ड भित्रकै थियो | “ तपाइले यो ब्याग भित्र लान सक्नु हुन्न, ब्याग ठुलो छ” भन्दै रोके |

एक जनालेले बोर्डिंग पास को अधिकत्ति लिएर कुलेलाम ठोके र मैले किन ब्याग लान नमिल्ने भन्ने बहस सुरु गरि हालें |
मेरो ब्याग चेक इन गर्दा तौलिदा के हेरेर बसेको, अझ बोर्डिंग गर्दा न रोक्ने , प्लेनको मुखै मा रोक्ने के चाला हो यो – म पड्किए | इन्टर्नेशनल साइजको हो, कसरी लान न पाउने म पनि हेर्छु भने | त्यतिन्जेल अघि मेरो बोर्डिंग पासको टुक्रा लिएर जाने लौका ब्यागको ट्याग बनाएर आइहालेछ | “तपाइंको ब्याग कार्गोमा जान्छ , काठमाडौमा पाउनु हुन्छ” रे | म यो ब्याग कार्गोमा राख्न दिन्न, नाप तौल गरौँ कसरी मिल्दैन हेरम , मैले नि अड्डी लिएँ | त्यसो भए यसमा छिराउनुस भनेर गेट संगै ब्यागको साइज नाप्ने भाँडो देखाए | लौ हेर कसरी छिर्दैन भनेर मैले नि मज्जाले छिराई दिएँ | बेफ्वांकमा मलाई मात्र हैन अन्य यात्रुलाई समेत असुविधा हुने गरी अपरिपक्वता दर्शाए | सस्तो टिकेटको यात्रा कस्तो कस्तो लाग्न थालिसकेको थियो |


प्लेन उड्यो | प्लेन भित्र वितरण गर्नु पर्ने सबै आइटमहरु दिए | रातको ११.१५ को उडान, भोकले साउती गरी सकेको थियो | टाइम मै खाना ल्याए | खाना ठिकै थिए तर मात्रा .....| म जस्तो औसत नेपाली साइजको पेटलाई त पुग न पुग थियो तर ज्याङ्गो खैरेको सन्तानलाई चाही... म सोच्दै थिएँ | १० -११ घण्टाको उडान मा बीच मा केही खाने पिउने नाई....| भोक लाग्न थाले पछी यात्रुले विमान परिचारिकालाई बोलाउने वटन थिच्ने क्रम सुरु भयो | मलाई नि तिर्खा लाग्यो, मैले नि थिचें ...| बाल छैन बाई ...| त्यो घन्टीको कुनै जवाफ छैन | सब जना खाना राखेको सानो कक्षमा गएर स्यान्द्विच, पानी , जुस लिंदै फर्किंदै गरेको लाजमार्दो दृश्यमा आफु पनि समाहित हुन पुगें |


इस्तानबुल पुग्ने बेलामा फेरी खाजा खुवाए | इस्न्ताबुल पुगियो | प्लेनबाट निस्कदै ट्रान्जिट पेसेंजेर भन्ने सोचक हेर्दै गएँ | ट्रान्जिट पेसेंजेर भन्ने लेखिएको बाटोमा रातो रिबनले बन्द गरिएको भेटियो | सबजना त्यता रोकिए | किन बन्द, बन्द भए बैकल्पिक बाटो देखाउने कोइ आएन | धेरै बेर सप्पै जम्मा भैसक्दा पनि कोइ आएन | पाइलट महाशयहरु निस्कँदा बल्ल यही बाटो जाने भनेर देखाई दिए | निस्कने बित्तिकै फेरी सेक्युरिटी चेकजाँच | त्यो नि गरियो | अब्यबस्था यस्तो थियो कि पाइन्टको पेटी अर्कै डुकुलंथुकले लिएर हिडी हाले |


भर्यांग उक्लेर मुख्य ट्रान्जिट एरिया त फूड कोर्टको मुखैमा रहेछ | एक छिन आराम गर्नु पर्ला भनेर यसो निस्कें... बिसौनीको खोजीमा ...| बस्ने ठाउँ भए पो पाउनु ....हजारौं ट्रान्जिट यात्रीको लागि मुश्किल ले १०-१२ कुर्सिको ब्यबस्था रहेछ | ट्रान्जिट एरियामा यति मान्छे थियो कि मानौ दशैँ तिहारको बेला असन चोकको हाल जस्तो थियो | बाटोको बीच बीच मा खाने र पिउने पसलहरु | तपाईलाई थकाइ लागेको छ भने आउनुस , बस्नुस पैसा तिरेर जानुस भनेर स्वागत गर्न बसेका कफी शप र स्यन्द्विच पसल| नबसी धरै भएन | एक कप फिका चियाको ६ टर्किस लिरा ... एक्सचेन्ज रेट १ डलर बराबर २ लिरा | ३ डलर तेरेरै भए नि एक छिन त बस्नु पर्यो भनेर एक कप चिया मागें ..| ६ लिरा प्लिज – भने | मैले डलर डलर भनें, ४ डलर भन्छ बा टर्किस तरुनी ...| हाउ ४ डलर भनें , तरुनीले मस्किन्दै १ डलर इज १.५ लिरा पो भन्न थाली . ठग कहीं कि ....| त्यै पसल को सामुन्ने मैले पैसा साट्ने बैंक देखेको थिएँ | मलाइ नि झोंक चल्यो | १ मिनेट. आइ विल गिभ यु टर्किस लिरा भन्दै अगाडीको सराफीको पसलमा डलर साटेर दिएँ |


झन्डै ४ घण्टा ट्रान्जिट टाइम थियो | काठमाडौ फ्लाइटको लागि दिपार्चर गेट नै निर्धारण नगरेको अवस्थामा त्यो मूल एरियाको वरिपरी टहल्दै गेटको जानकारी प्रतिक्षारत थिएँ | ८.४५ बेलुकीको फ्लाइट, बल्ल साढे सातमा गेट नम्बर आयो ... दङ्ग परेको र फेरी खिस्स ....| ३.५ घण्टा ढिला भन्ने सूचना | ठिकै छ भोक लाग्या बेला खाएर आउनु पर्र्यो भनेर फूड कोर्ट तिर लागियो | दर भाउ चाहार्दा डर लाग्यो | एउटा क्यान कोक को ६ डलर, बर्गर किंगको डलर मेनु ५ डलर .... चाइनिज भात मासु को १५ डलर ... | भोकै मर्ने कुरा भएन | चिकेन भात नमिठो खाएँ |


१२.१५ राति उडान भएकोले ११ बजे तिरै निर्धारित गेट मा पुगें . एक जना तर्किस इअरको ब्याच लाउने आएर ... यु ह्याव फूड एत् बर्गर किंग पो भन्छ बा................| अघि नै भन्नु पर्दैन साले ...अब १० % यात्रु न भएको बेला खानाको ब्यबस्था छ भन्न आउनुको रहस्य र सस्तो टिकेटको बीच सम्बन्धन खोज्न कर लाग्यो नै |
प्लेन उड्यो | साढे ६ घण्टाको उडान | सिटमा टिभी थिएन | भित्ताको टिभी पनि अफ थियो | समय मुश्किलले कटाईयो | काठमाडौ पुगियो, तर प्लेन काठमाडौ वरिपरी घुमाएको घुमाए नै ... हुस्सु र ट्राफिक जामको दोहोरो मार |


जति कष्ट सहेर पनि आफ्नो माटोको सुगन्धको स्पर्शले दुख भुलियो | आफ्नी सुटकेस बोकी नयाँ नेपालको दर्शन भाग २ मा निस्कें........

क्रमश:

 
Posted on 01-06-14 12:00 PM     [Snapshot: 42]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई हजुरको संस्मरण पढ्न आतुर थिए.... पहिलो भाग त पढियो..... नेपालीको एउटा भनाइ छ नि .... समान हुन त सारै सस्तो तर खै कस्तो कस्तो .... तेस्तै भो होला त्यो तिकस नि ..... ल अब भाग २ नि पढम न त चाडै

थाहा छैन
 
Posted on 01-06-14 1:07 PM     [Snapshot: 93]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रहूल्दाईको यात्रा स्मरण कहिले पढ्न पौने हो भनेर कुरिराको थिएँ रमाइलो लाग्यो - टर्किस एरलाइन त्येस्तो अब्यबस्थित होला जस्तो त लागेको थिएन तर जे होस् अरु यात्रीहरुलाई हेल्प्फुल हुने भो हजुर को टिप्पणी - अर्को पार्ट छिट्टै पस्किनु होला | नया नेपाल कस्तो लाग्यो ?
 
Posted on 01-06-14 3:00 PM     [Snapshot: 158]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I resonate with RahulVai's experience.

The only thing I liked about the turkish airlines/airport was their amazing tea. But Air hostesses/ and hosts were irked by my asking for more tea :). There is no sense of customer service, and I wonder if it is cultural, but even so, there must be better accountability at the airport.

in anticipation of remainder of your story :)
 
Posted on 01-07-14 12:20 AM     [Snapshot: 260]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I is not no dem export peopal in customar service but I is go to back home in katmandu in them my simpal taxi driver brothars to some places and see customar service give to I and I just because how I is looking! Them my peopal do to I and my birader why dem blaming Turkish birader?
 
Posted on 01-07-14 12:38 AM     [Snapshot: 260]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ ...
भने पछी पाइन्टको पेटी पनि गयो ...
ल ल अरु पनि थप्दै जानुपर्‍यो
 
Posted on 01-07-14 11:25 AM     [Snapshot: 356]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

नयाँ नेपालको यात्रा भाग २

मिशन एम आर पी

इअरपोर्ट बाहिर पहिले जस्तो तानातान र हानाहानको दृश्य देखिएन | आफन्तहरु स्वागतमा २ ओटा निजी कार सहित उपस्थित भएकोले पनि होला ट्याक्सी संग पहिलो वार इअरपोर्टमा परेन | हुन त इनटरनेट, समाचार  र आफन्तहरुको सम्प्रेशनले गर्दा काठमाडौको भाग्नाबशेष चित्र अनौठो लागेन | बाटो हो कि माटो हो ?   खुट्याउन मुश्किल | धुलाम्य सडक र अटेसमतेस  सवारी साधनहरुको जाममय यात्रा गर्दै घर पुगियो | बिहानको ७.१५ मा अवतरण हुनु पर्ने प्लेन १२ बजे अवतरण हुनु र घर पुग्दा साढे १ भैसकेकोले बेस्मारी भोक लाग्यो | मिठो भातले मिठो निद्रा लाग्यो. अमेरिकामा साढे १२ हुँदो हो , नियमित सुत्ने समय |

 

भोलि पल्ट बिहान ग्वारमरी ब्रेकफास्ट, धीत मरुन्जेल खाइयो | १० बजे नेपाली चलन अनुसार भात बजाएर पहिलो मिशनमा निस्कें –मिशन एम आर पी |

सिडियो कार्यालय, बबरमहल हानियो | एम आर पी बनाउने तरिका भित्ता भरि टाँसीएको पढियो र सो अनुसार कम्प्युटरमा टाईप हानी फोटो खिच्ने पसलको मेलामा भेला हुन  गइयो | द्रुत सेवामा  एम आर पी बनाउने भए  रु १० हजार र सात दिन भित्र बन्ने, सामान्य अवस्थामा रु ५ हजार शुल्क लाग्ने र ६० दिनमा बन्ने जानकारी अनुसार द्रुत सेवाको लागि भनेर फाराम भरियो | एउटा छुट्टै निबेदन रु १० को टिकेट टाँसी नत्थी गर्नु पर्ने रहेछ | फोटो खिचेको र फाराम भरेको रु २५० अनि निबेदन ( जो पहिले नै प्रिन्ट गरिएकोमा नाम मात्र भरेको) को रु पचास | सशुल्क सेवा समापन पश्चात सिडियो कार्यालयमा लाइन लाग्ने काम सुरु भयो | धन्न त्यो टाईप हान्ने पसलले सानो  चिटमा लाइन लाग्नु पर्ने कोठा नम्बर लेखिदिएको थियो र सजिलो संग कोठा खोज्दै लाइन लाग्न गइयो | १०७, १०३ , १०६ , ३०५, फेरी १०७ कोठा नम्बर | १०७ मा लाइन लागियो , ८-१० जना थियो टाइम लागेन, त्यसको काम के थियो भने नागरिकता भेरिफाइ गरिदिनु भनेर १०३ लाई तोक आदेश दिनु रहेछ | १०३ सबै कागजात भेरिफाइ गर्ने कोठा रहेछ | अब्यबस्थित भिड | हराएको नागरिकता देखि अन्य कागजात भेरिफाइ गर्न त्यै आउनु पर्थ्यो | लाइन लागियो | आफ्नो पालो आउने हैन | धैर्य गरें| मुश्किल ले झ्यालको मुखै सम्म पुगें , अब त मेरो पालो भनेर त्यो फाराम तेर्साएको त , मेरो कागज माथि ३-४ ओटा अर्को निबेदनहरु एकमुष्ठ प्वालमा | अब मेरो धैर्यको बाँध टुट्यो|  मेरो हात माथि रहेको सबै कागज हुर्र्याई दिएँ – “तपाइँ हरु आफ्नो पालो कुर्न सक्नु हुन्न ?? के ताल हो यो ?”  ठिक पछाडीको अधबैशे महिलाले सरि भाइ , मलाई अलि हतार छ  है रे | जुन देशमा कसैको काम छैन , कुनै काम टाइम मा हुँदैन , त्यै देशमा सबलाई हतारो ??

त्यो सुब्बा साहेबले एक अक्षरको सही धस्काए पछी भेरिफाइ भयो रे , न त कुनै रेकर्ड फाइल पल्टाई हेर्नु छ न त कुनै सोधाइ नै |  यस्तो भेरिफाइ ले बंगलादेशीले मात्र होइन  अर्को ग्रहबासिले पनि पासपोर्ट बनाउछ , नेपाल बाट |  फेरी १०६ , अघि १०३ वालाले लेखिदिएको ठिक छ भनी सहि धस्काउने अधिकृत | त्यसपछि दर्ता गराउनु भनेर तोक आदेश लिन ३०५ , तिना तल्ला माथि सहायक सिडियोको कोठामा | लाइन भन्दा नि बेलाइनको भाउ हुने रहेछ त्यता नि | चिने जानेको कर्मचारी अघि लाएर सही गराउनेहरुको प्राथमिकतामा पहिलो |

फेरी १०७ मा दर्ता गराउन लाइन | पहिलो लाइन पनि १०७ , अन्तिम लाइन पनि १०७  भएकोले होला लाइन अलि  लामै थियो त्यति बेला |  पहिलो काम को लागि लाम लाग्ने समय सीमा सकिसकेकोले तिनीहरुको काम भएन | किन नहुने , जसरी भए नि गरि दिनु पर्र्यो भनेर किच किच गर्नेहरुको लर्को| यतिन्जेल त्यो भिडको फाइदा उठाउँदै केही व्यक्तिहरु लाइन भित्र घुसपैठ | एक जना त मेरै अघिल्तिर |

“महाशय, तपाईंको स्थान यहाँ हैन , लाइनको पुछार मा जानुस”  भनेर सभ्य भाषा मै निस्काशन गरिदिएँ | सात जुनी सराप्दै लास्टमा गएर बस्यो त्यो महाशय |  फाराम र फोटो मा सहि धस्काइ, रेकर्ड राखी  नारायण हिटी जानु भनेर एक प्रति फाराम फर्काइ दिए |

आधा दिनमा आधा काम सकियो, दङ्ग थिएँ | नारायणहिटी अर्थात परराष्ट्र मन्त्रालय, पासपोर्ट महाशाखा | एम आर पी बनाउने एक मात्र निकाय | दर्ता समय सकिसकेको थाहा हुँदा हुँदै भोलि आउँदा फाइदा हुन्छ भनेर नारायणहिटी लागें | गेटमा बसेको प्रहरीलाइ सोधें – एमआरपी दर्ता गर्न के गर्नु पर्छ |  प्रहरीले झर्को न मानी बताई दिए – बिहान ५ बजे सम्ममा टोकन लिइ सक्नु पर्छ र टोकन भएकालाई  बिहान १० बजे प्रवेश गराइन्छ र भित्र दर्ता गर्ने ठाउँमा लाइन  बसी आफ्नो पालो आए पछी पैसा तिर्ने र दर्ता गर्ने |

“अनि बिहान ५ बजे भित्र टोकन लिन  कति बजे आउनु पर्ने त “ मैले जिज्ञासा राखी हालें | टोकन त २-३ बजे तिर बाट दिन शुरु गर्छ, तर लाइन त रातीको नौ बजे देखि नै लाग्छन –रे |

मलाई लाग्यो मेरो बसको कुरा हैन, जाडोमा राति ९-१० बजे देखि रात भर लाइन लागेर टोकन लिएर दर्ता गराउनु | खुरुक्क दूताबासमा बनाउन दिएको भए घरै सम्म आइपुग्थ्यो |  गल्तीले मिस्टेक भएछ | तर के गर्ने एम आर पी न बनाइ धरै छैन |

परराष्ट्रले एम आर पी इस्स्यु गर्न थालेको बर्ष दिन बित्दा नि , आफ्नो क्षमाता बिस्तार नगर्नु, ब्यबस्थापकीय सुधार नगर्नु भनेको  आम जनाता प्रति उदासिन सरकार र कर्मचारी हुनु हो | दैनिक माग झन्डै ५-७ हजार भए पनि २ हजार मात्र पासपोर्ट बनाउन सक्ने भएकोले २४ औ घण्टा नारायणहिटी मा भिड भाको हो |

हामी डब्बल दस्तुर तिरी बनाउने र काठमाडौ बाहेक देश भरिकाले आबेदन दिने ठाउँ एकै ठाउँमा राखिनु अर्को अब्यबस्था हो |  सके सम्म नियम कानूनमा चल्ने मान्छे म , आज बेनियम मा चल्न फोन घुमाउन थालेको छु | जसो तसो नारायणहिटी प्रबेशिन र दर्ता स्थल सम्म पुग्ने ब्यबस्था मिलाइयो | यसमानेमा मैले बेइमानी गरेको हु |

दर्ता स्थल रण भूमि जस्तो थियो – मान्छे नै मान्छे ... धुलो ..|  लाग्छ देश छोड्न  अधैर्यपूर्बक बसेका युवाहरु | मानौ यो देशमा एउटा भयानक प्रलय आउदै छ र छिटो भन्दा छिटो देश छोड्ने अनुमतिको लागि अनुनय बिनय गर्न नारायणहिटी जम्मा भएका छन् |

म पनि तिनै मदनवा र च्यांग्बाहरुको लाममा बेइमानी रुप लुकाएर बसें. एक डेढ घण्टा लाम लागियो | टाइम टाइम मा पुलिसले लट्ठी बजार्थ्यो | बिचरा मदनवाहरुले न त नेपाली राम्रो संग बुझ्थ्यो न त बोल्न नै सक्थ्यो | त्यै भएर बेला बेला मा प्रहरीको आदेश को अबज्ञा हुने रहेछ | अनि लट्ठी बजार्ने देखि लिएर नराम्रो संग शारीरिक एवं मौखिक झपार खानु पर्थ्यो | म पनि एक जना मदनवा मै गनीए | पालो आयो दर्ता भयो | पैसा तिरियो | ७ दिन पछी पासपोर्ट लिन हाजिर हुन फरमान जारी गरिएको कागज लिएर बिजयी भावमा घर फर्कें |

क्रमश : 


 
Posted on 01-07-14 12:03 PM     [Snapshot: 369]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई सरो दुख पाउनु भएछ .... म नि त्यो सी डी ओ कार्यालयको दोश्रो तल्लाको कहिले कुन नम्बर त कहिले कुन नम्बर को कोठा चाहार्दा चाहार्दा हैरान भाथें...तेस्मथी बस्नलाइ पुरानो सोफाको सप्पै स्प्रिंग निकालेर फल्याक ठोकेको सारो न सारो अनि चिसो ...यति भए त लौ भन्नु त्यो पाइखानाको दुषित सुगन्धले वाक्नु न निल्नु भा'थ्यो ... तेस्मथी फेरी यो भएन फलानो कोठामा जा भन्छ .... ल चिया आयो चिया खाम्ला अनि गरम्ला पख्नुस न भन्ने माथ'साबहरु .... टैत कम्ता दुख पायियेना.....

ल ठुल्दाई अर्को भाग नि पढ़ुम न.....
 
Posted on 01-07-14 3:00 PM     [Snapshot: 474]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी बासै ठुल्दाई पहिलो दिन देखि नै हण्डर खान सुरु भएछ त / हजुरको कुरा सुन्दा त बरु एतै दुताबास बाटै गर्दा सजिलो हुन्छ कि जस्तो लग्यो हौ / आफ्नो पनि अब एक वर्ष को अवधि छ, तेस्पची के गर्ने हो केहि टुंगो छैन / अर्को भागको प्रतिश्य मा छु ठुल्दाई /
 
Posted on 01-08-14 10:02 AM     [Snapshot: 624]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई को कथा बल्ल पढियो....

सारै गार्हो भयेछ त, नया नेपाल मा नया नया भोगाइ भयेछ त.....
अरु पनि लेख्दै गर्नु होला, पढ्ने हामि छौ नि ....


 
Posted on 01-08-14 6:21 PM     [Snapshot: 713]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaag 3 kaile auncha?
 
Posted on 01-08-14 7:15 PM     [Snapshot: 751]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग ३ भरे सम्म पढ्न पाइएन भने जान्याछु !!
 
Posted on 01-09-14 2:14 PM     [Snapshot: 898]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने पछी नयाँ नेपालको पुरानै चाला

छिटो पास्पोर्ट ब्नाएको धेरै शुल्क त सरकारी राजस्वो मा जान्छ ठिकै छ भनम ल तर तेस्को को लागि तेतिका झन्झट? धेरै झन्झट राखेपची मान्छे लाई दिक्क लाग्छ अनी त्यहा का मान्छे लाई पैसा कमाउने बाटो
एउटा पास्पोर्ट बनाउनको लागि सिस्टम् बसाल्न सक्दैनन अरु के गरी खालान?
जे होस् आर भि जि को लेखले भाबिस्य को नेपाली लाई पुरानो नेपाल कस्तो थियो भन्ने थाहा पाउन मद्घत गर्छ नै
अहिले हुने मनोरन्जन त छ्दै छ्।
 
Posted on 01-10-14 11:21 AM     [Snapshot: 1043]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ नेपाल को यात्रा भाग ३ 

एम आर पी (२)

अँ ! नारायणहिटी बाट निस्कंदै गर्दा फेरी अर्को धक्कम धक्का वाला लाइन देखें | उत्सुकता जाग्यो, के को लाइन होला, दर्ता र टोकनको लाइन त बिहान ५ बजे नै समापन भैसक्याथ्यो |  गेटमा पहरा दिराख्या प्रहरी भाईलाई सोध्ने बाहेक अरु सूचनापाटी थिएन |

के को लाइन हो त्यो भाइ ??

“यो त भरे २ बजे खुल्ने  पासपोर्ट लिनेहरुको लाम हो “ झर्को नमानी बताई दिए , लाग्छ गणतन्त्र पछी प्रहरीको  झोकतन्त्रमा अलिकति सुधार आए छ |

कति बेला देखि लाइन बस्या नि ?? मेरो अर्को प्रश्न |

“खै लाइन त बस्नु पर्ने हैन तै पनि बिहान ७ नबज्दै लाइन लाग्न सुरु हुन्छ “ |

 

हुन पनि हो बनी सकेको पासपोर्ट लिन किन बिहान देखि लाइन, कुनै तुक थिएन | फस्ट कम फस्ट सर्भिस भए पो पालो न आउला भनेर रात जाग्राम बस्नु को अर्थ हुन्छ, बनी सकेको निश्चित संख्यामा वितरण हुने पासपोर्ट लिन नि बिहान ७ बजे देखि लाइन ?? बुझिनसक्नु छ | संभवत गाउँ देहात बाट विदेशिने रहर बोकेका र बिना कुनै ज्ञान र सूचना शहर पसेका मदनवा र च्यांग्बाहरुमा अझै असुरक्षाको अनुभूतिले खाएको हुनु पर्छ| अब लाग्यो पासपोर्ट लिन पनि त्यति कै गाह्रो हुने रहेछ, दर्ता गर्न जति नै | 


सात दिन भो, बिहानै टेन्सन | फेरी फोन गरु कि न गरु भो | फोनले काम त गर्छ तर ..............ती मदनवाहरुलाई बेइमानी गरेको ठहर्छ | त्यसो त दिन दिनै  जसो त्यो बाटो हिड्दा देख्ने भीड तन्त्र र जाम तन्त्रले त्यो लाइन कतिको पीडादायक हुन्छ भन्ने अनुमान गर्थें | २ बजे पछी लिन आउने सूचना थियो | ७ बजे देखि त्यो चिसोमा हतार हतार कतार जान लाग्या जस्तो लाइनमा उभिने न त हिम्मत थियो न त सामर्थ्य नै | फोन घुमाएँ |

 

“भन्दिन्छु, के  भन्छ हेरुम “ उताबाट दरो आश्वासन प्राप्त भयो |

भातको लन्च गरी साढे १० तिर घरबाट निस्कें- गृहमन्त्रीको आन्तरिक खरिददारी कार्यक्रमको लागि असन बजार तिर | घरीघरी फोन हेर्दै, एउटा पसल पछी अर्को पसल चहार्दै |

“साहुजी थ्व प्लेट दर्जन या गुली” ( त्यो प्लेट दर्जन को कति )?

साहुजीलाई बाल छैन | बाल नभएको साहुजी परेर होला शायद | ३ पल्ट सोधे पछी बल्ल जवाफ फर्काए झर्को मानी मानी – छपा या १७५ | ( एउटाको १७५)

मानौ हामी ग्राहक हैनौ म्राहक हो अर्थात हक अधिकार माग्न आएको |

अर्को बुट्टाको छैन , साहुजी ??

छैन छैन |


असनको साहुजीको पसलको साइज किन साँघुरिदै छ र छिमेकी मुलुकका साहुहरूको पसल किन बिस्तारित हुँदै छ ? त्यसको कारण खोज्न असन बजार वरिपरी खरिददारी गरे स्पष्ट हुन्छ |


त्यतिकै मा फोन बज्यो | १.३० बजे भित्र तपाईं नारायणहिटी पुगीहाल्नुस | रमिताजी लाई भेट्नुस सेक्सन सी मा | १.४५ बजे भित्र पासपोर्ट काउन्टरमा जान्छ , लाइन लाग्नु पर्छ |

हस, प्रभु , प्रभु को जय होस् , म हिडीहालें |

यसो घडी हेरेको १.०९ | झन्डै २१ मिनेट छ, पुगी हाल्छ नि भन्दै  गृहमन्त्रीलाई सूचना दिइ हिडें |

 

असन देखि नारायणहिटी सम्म, अस्कल पढ्दा १० मिनेट नि लाग्दैनथ्यो | अलि छिटो  हिड्न खोज्यो , पाइला न सर्ने बाई .... मान्छे नै मान्छे .. हिड्न खाली जमिन समेत नभेटिने |  जमलको आकाशेपुल तल यति पसल कवल निकालिएको छ कि एक व्यक्ति भन्दा बढी हिड्नलाई ठाउँ छैन | सडक चौडा पारेर फूटपाठ यति संघुरिसक्यो कि २ व्यक्ति एकै लाइनमा हिड्न मिल्दैनथ्यो | त्यसमाथि लेभल न मिलेको खाल्डाखुल्डी | हस्यांग फस्यांग गर्दै नारायणहिटी अगाडी केशर महलको गेट मै पुगियो| साढे १ बज्न १ मिनेट बाँकी थियो | सडक काट्न कुरेको कुरेई ... ट्राफिकले हात हल्लाएको छ गाडी, बाइक आएको छ, रोकिंदैन | ट्राफिकले रोक्ने नाम लिदैन मानौं त्यता बाटो काट्न मनाही छ | साढे ४ मिनेट बाछी बल्ल सिट्टी बज्यो.... सिट्टी बजे पछी पनि १० ओटा जति गाडी र ३० जति बाइक ले चानस लिइ हाले |


नारायणहिटी छिर्न अर्को झमेला, बाहिर लाइन नियन्त्रण भन्दा बाहिर जान लागि सकेको थियो | प्रहरीले लाठी बजार्न सुरु गरि सकेको थियो | बल्लतल्ल सोधपुछ बाट नै रमिता म्यामलाई फोन लगाई , पास गलामा झुन्ड्याई भित्र प्रबेश गर्ने साहसिक काम गरियो | रमिता म्यामलाई फोन गर्न एक मिनेट मात्र ढिला भएको भए पासपोर्ट राक्खिएको टोकरी “हारालुछ” सेक्सनमा गैसक्थ्यो|


पुरानो पासपोर्ट दिइ , रद्द गरिएको छाप हाली, निबेदनको तल तिर “ बुझी लिएँ “ भन्ने ठाउँ मा दस्तखत गरी पासपोर्ट बुझी लिएँ |


बाहिर निस्कें,  हातमा त्यो पैसा तिरेको रसिद लिएका अघि बिहान ७ बजे देखि भोक प्यास नभनी लाइन बसेका देशका कर्णधारहरु भित्र छिर्न संघर्षरत थिए | अजिबको दृश्य,  मानौं- आउ येह  युवाहरु, मरुभूमिमा  रगत बगाउन सरकारले प्रोत्साहन भत्ता सहितको रोजगारीको ब्यबस्था गरिदिएको छ र आज त्यसको खुशियालीमा नारायणहिटी भित्र भब्य दिवा भोजको आयोजना गरिंदै छ | 

क्रमश: 

Last edited: 10-Jan-14 03:29 PM
Last edited: 13-Jan-14 11:26 AM

 
Posted on 01-10-14 4:12 PM     [Snapshot: 1118]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पहिलेको बाँकी भाग नि पढियो.... अर्को भागको पर्खाई मा
 
Posted on 01-10-14 8:19 PM     [Snapshot: 1199]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै मिठो लेख.. पढेर मन आनन्द भयो..नेपालमा हुदा गरिएको दौड धूपको याद ताजा भयो..अब आमा बुबा आउनु हुदा खेरि टर्किस इअरबाट टिकट लिन नहुने पनि बुझियो... Thank you for sharing..eagerly waiting on the next part...
 
Posted on 01-10-14 8:38 PM     [Snapshot: 1205]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिन भाग पढियो अब आरु हाल्नु पर्यो ठुल्दाइ !!
तेती धेरै हण्डर खाएर पाएको एम आर पी त अजिबको चिज लाग्यो होला बाहिर निस्कदा ? धेरैले यस्तै खाले अनुभूति भोगेका होलान तर तपाइको प्रस्तुति बेजोडको छ !!
 
Posted on 01-10-14 10:15 PM     [Snapshot: 1230]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

oho dukha laayo dai ko yatra bibran sunera.. phurti launey hikmat chaina tara aafu ta 1300 ma singapore airlines ko two way ticket kaatiyo, sfo bata udiyo, 17 ghanta ko yetra ma paricharika haruley 2-2 ghanta ma veg/non-veg khana khuwai khuwai po hairan paarey. sutney samaya ma ni khuwako khuwakai cha.. nai bhanna ni sakina, deshi khana pani mitho banayerai mareka..kasari bhanu naai.. yeso ghadi herinthyo, sutney samaya.. tara ankha aagadi hasilo muhar liyera..' would you like to have chicken or beef lunch?'.. pura samaya kasari bitiyo thahai bhayena... singapore ko seat ma entertainment screen tesma pani latest hollywood and bollywood movies, 3 ta naya movie haru ta sakai nai diye.. bhannu hola kasari paye mailey 1300 ma singapore airlines ko ticket tara chineko manchey ko karan ley pani dherai farak pardo rahecha. tehi ticket online ma 2200 bhanda ghati kahi ni dekhina, janney bhayera aafai ley kinna khojya tehi tara tehi purano chineko manchey bata ticket keenda nikai nai sasto ma paiyo jasto laagyo.

ma pani mission MRP kai laagi aaja bholi yetai chu tara, 4-5 din ko basai ma .soch paribartan bho...aha.. aba yeha basinna... thula bada sanga sallah gariyo, aagum saal nai amricaney bhayera desh/bidesh ghumney chu...amricaney passport bhidney chu... malai mero kathmandu pyaro , ek dammai pyaro cha ajhai pani..,kura katney haru sanga matlab chaina malai..,.... kathmandu ghumda atit ka mitho/amilo pal haru .ajhai pani taajai cha, pyaro cha....

traffic ko asta-besta ma ajhai pani ek thopa sudhar chaina.. manchey haru sawari yesari haaki rahecha chan, jastai sadak ma hidney haru manchey hoina kunai jantu haru huun. yo golmaal mai hurkey, tara ali kati pani yetro barsa ma pariwartan nadekhda saarai dukha laayo. din ko 12 ghanta loadsheddin.. kantipur dainik ma dr. prakash chanda lohani ko kasari bidhyut samasya hal garney guff, kaam garney koi hoina..dekhiyeko hoina.. bhabya dekhini departmental store tara samaan haru sab chinese.., cashier haru sab mabadi ka ladaku jasta... .. americane dekhne baani, nepali haru sab sana/masina matra dekhiyo.. distri bram hola sayad.. taxi haru lai mannai parcha.. boudha dekhi ko jawalakhel yatra 450 matrai, karauna saknu matra parney rahecha, ghatdo rahecha.. natra malai dekhera moro haru 600-700 bata suru.. aafu lai jyalakka dekhney haru korean bhan thando rahechan.. nepali bolda ankha thula thula paari herney..

12 ghanta ko loadshedding ma building complex khandahar haru jasta dekhiney.. plane bata ali farak dekheko teti matra ho..

jharda ani airport bata niskada, aajhai laagyo ma 50 barsa pachadi kunai time machine ko yatra taya gari euta chan anubhav gardai chu..

ranjana hal ko soda, peepalbot ko thaali, ani 14 din ajhai baaki.


 
Posted on 01-13-14 10:26 AM     [Snapshot: 1497]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

नयाँ नेपालको यात्रा भाग ४

फेसबूक र फेस टू फेस

धेरै दिन बेरोजगार भएकोले होला फेसबुके नशाले गाँजेको | नेपाल भ्रमणको केही समय अघि देखि नै फेसबुकमा/च्याटमा कुरा भएका पुराना तथा नयाँ मित्रहरुलाई छोटो  नेपाल भ्रमणको जानकारी गराएको थिएँ | हामीले सोचेको नेपाल भन्दा अहिलेको नेपाल व्यस्त र बिजी दुवै छन् | ब्यस्त यसमानेमा कि साँच्चै नै काममा र दाम मा व्यस्त छन् कोइ कोइ भने , कोइ कोइ चाहि बिजी मात्र | 

“ दाई भेट्नु पर्छ है, नेपालमा आउनु भए पछी फोन नम्बर दिनुस, रमाइलो गर्नु पर्छ “

“ भाइ, नेपाल पुग्ने बित्तिकै फोन गर्नु,  साँझ रंगिन बनाउनु पर्छ “

“ धेरै बर्ष पछी संगै पढेका साथीहरुको गेट टुगेदर गर्नु पर्छ, टाइम मिलाउ है “

हस प्रभु भन्दै नेपाल बसाइको साँझहरुको मन मनै भागबण्डा गर्न थालेको थिएँ |  गृहमन्त्रीलाई खुशी भएर सुनाउँदा – “ती सब भन्ने कुरा हुन् है , बुरुक्क उफ्रिनु पर्दैन” भन्दै थचारेकी थिइन् |


नेपाल पुगेकै दिन एउटा सिमकार्डको बन्दोबस्त गरी फेसबुकमा “ ९८१८ -*६*६ *५ “ सार्बजनिक गरी दिएँ | लाटो हिसाबले फोनको घन्टी बजेको बजेई हुनु पर्ने , एउटा नि कल आउंदैन बाइ .... घरीघरी फोन हेर्छु , चार्ज पनि छ , सिग्नल पनि | धैर्यको बाँध टुट्यो – आफै पुराना साथीहरुलाई नम्बर खोज्दै फोन लागाउन थालें |

“कहिले आइस, कहिले जाने “  “ भेट्नु पर्छ है , अहिले बिजी छु , पछी कल गर्छु | संभवत एन्सेल भन्नेको सेल फोन लिएर होला, गर्ने नि त्राहिमाम त्राहिमाम , उठाउने नि त्राहिमाम | ट्याक्सीको मिटर घुमे जस्तो फोनको मिटर घुम्ने रहेछ | यसमानेमा गल्तीले मिस्टेक गरेछु , एन्सेल लिएर |

 

केही आश्चर्यजनक र सुखद कल न आएको हैन, जस्तो पोखराबाट साझा डट कम का पुराना मित्र डा. गौतमजी ले फोन गर्नु भयो | बडा खुशी लाग्यो | जजसले भेट्नु पर्छ है , फोन नम्बर दिनुस भनेर फेसबूक भरि पोत्या थिए, ती प्राय अन लाइन देखिन्थे तर फोन नम्बर देखेनन् वा देख्न चाहेनन् , थाहा भएन |


पर्सि पल्ट फेरी राखें “............. नम्बरमा घण्टा बजाई पुण्य कमाउनु होला” भनेर  | त्यसो त पारिवारिक र केही प्रशासनिक काम लिएर आएकोले दिनमा अड्डा अफिस र साँझ पारिवारिक र मित्रगणको भेलामा व्यस्त नै थिएँ | तै पनि केहीलाई भेट्ने रहर थियो, केही भेट्न आओस भन्ने चाहना थियो | आफुले भेट्न चाहेको, मनले खाएको अग्रजहरुलाई आफैले सम्पर्क गरी भेट्न गएँ | पुराना कबि, गजलकार – रबि प्रान्जल , बलराम बन्जरा संगको भेटघाट र भलाकुसारीलाई शब्दमा उतार्न सकिन्न | उच्चास्तरीय लेखकहरुको सादा ब्यतित्व | नयाँ जोगीहरुले न त सम्पर्क गरे , न मैले नि गरें |


तर ३१ दिन बसुन्जेल न त भेट्नु पर्छ भन्नेहरुको फोन आयो न त भेट्न नै  | गेट टुगेदर गर्नु पर्छ , म अर्गनाइज गर्छु भन्नेहरु पनि नेपथ्य मै बिलाए |  फेसबूक्मा अनेक तर्कना गरेर न थाक्ने प्राय मित्रहरुले फेस टू फेस , फेस गर्न किन हिच्किचाएको होला, रि-सोचको बिषय नै बनेको छ | त्यसैले मैले फेसबुक मै लेखें “ यसपाली नेपालि भ्रमणको सारांश – कोइ आफ्ना पराइ देखें , कोइ पराइ आफ्ना भेटें |

साझा बाटै चिनजान भएको आशुजीले एउटा भब्य पार्टी आयोजना गर्नु अर्को सुखद साँझ रह्यो | इलाहाबादका मित्रहरुले आश्चर्यजनक पार्टी र उल्लेख्य उपस्थितिले आल्हादित बनायो नै | |  फेसबूके साथीहरु भन्दा आफ्ना अनि पुराना साथीहरुको फोन भने आइरह्यो |

साझाका हालका  जल्दाबल्दा मित्रहरु संगको भेटघाट बारे अर्को इपिसोडमा बर्णन गर्ने नै छु |

”शनिबार के छ ? सांझ यसो मेरो घर आउनु नि” सबको आग्रह यहि हुन्थ्यो |  ४ शनिबार थियो म संग, कति जनालाई शनिबारे साँझ बाडुं म ??

“शनिबार भ्याउँदिन, अर्को ठाउँमा निम्तो छ “

“एह म भन्दा ठुलो अर्को मान्छे भे छ हैन, अम्रिकाबाट फर्के पछी मान्छे चेन्ज भए छ , ठुलो मान्छे भए छ ठिकै छ” |

ए बाबा , एक आग्रह स्वीकार गरिसके पछीको बाध्यता न बुझेका हुन् कि आफ्नो रवाफ देखाएका, एउटा पेटलाई दलीय भागबण्डा गर्न सकिन्न, त्यो पनि पुष महिनाको जाडो याम मा |

धेरै संग कुरा भो, सबको एकै स्वर थियो, देश खत्तम भो | कसै कसैले चाहि तिमीहरु जस्तो मान्छे बिदेशमा बस्ने अनि देश खत्तम न भए के हुन्छ भनेर घुर्की सुनाए | भन्नाले देश खत्तम पार्न ती महाशयको हात खुट्टा रहेछ नै |

विदेशमा बस्ने,  मोज गर्ने  अनि देशको बारेमा चिन्ता लिएको ढोंग गर्ने भनेर नि खाइयो मनग्य  सम्बाद | धुलो खाने हामी , अँध्यारो सहने हामी, महंगी साट्ने हामी – तिमीलाई के को चिन्ता भन्दै हकार्ने नि आए |

तर धेरैको भित्री आशय चाहि .... अमेरिका जान पाए हुन्थ्यो झल्किन्थ्यो... भित्र भित्र | जसले अनेक पल्ट असफल प्रयास गरे वा डिभी भर्दा भर्दा आजित भए तिनले भने  भन्नु न भन्नु सुनाए ..........” अमिलो अंगुरको झुसिलो डकार “ खोके |

मोरल अफ दी इपिसोड “ फेसबूके गफ मा बिश्वास गरे झ्याल धोका सब पाइन्छ “

क्रमश :

 


 
Posted on 01-13-14 10:39 AM     [Snapshot: 1507]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पनि पढियो,

गज्जब को अनुभव. "कोइ आफ्ना पराइ देखें , कोइ पराइ आफ्ना भेटें".....त्यस्तै हो ठुल्दाई......
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
We live in precarious times
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters