fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ग्रहण

[Please view other pages to see the rest of the postings. Total posts: 60]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 26032 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 03-25-09 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



 



भनिन्छ अनुभव मान्छेको सबैभन्दा ठुलो हतियार हो
तर कहिले काहिँ आफ्नो हतियारले आँफैलाई क्षति पुर्याउँछ ।कहिले काहिँ मान्छेले म यो विषयमा अनुभव हिन भएको भए कति रमाइलो हुन्थ्यो होला भनेर सोच्दछ । उसलाई यसबेला त्यस्तै लागिरहेको थियो ।पण्डितले उच्चारण गरेका प्रत्येक मन्त्रहरु उसका लागि दोहोरिएका मन्त्र थिए । त्यो हवनको तापपनि पहिले को जस्तो रापिलो थिएन ,त्यो आगो दाउरा नभएर खरानीनै जलिरहेछ जस्तो लागेको थियो उसलाई , अनि रहरले भरिनुपर्ने मनमा एउटा अनौठो चिन्ता थियो ।

दोस्रो विवाहको लागि उ पहिले राजी थिएन ।सात वर्ष बसेकी उसकी संगिनि भनाउँदी त  अचानक एउटा रात उसको कोठाबाट हराई एउटा चिठ्ठि छोडेर भएभरका गालीहरु गरेर, उसको पुरुषत्वको अपमान गरेर ,नयाँ अनुहारमा उ विश्वास गरोस् पनि कसरि ?दुनियाँ स्वार्थी छ !!!!!!!तर
उसको राजीखुशिको धेरै मोल हुन छाडेको थियो उसको परिवारमा !

बजारमा उसकी पहिलेकी स्रिमतिले छोडेको हल्ला फैलिन धेर बेर पनि लागेन जहिले जहिले उ बजार बाट गुज्रियो उ सबैकोलागि चहकिलो विषय बन्यो मसला भएको ,, बेरोजगारहरुको चियाको गफ बन्यो त्यो टोलको उ हट केक बन्यो ।दुइ चार दिन बाहिर घुमेर आयो ,सोच्यो टोल बदलिदिन्छु , घर बेच्न चाह्यो ।पुर्ख्यौलि घर बेच्नुभन्दा दोस्रो विवाह नै एउटा उत्तम उपाय निक्लियो ।आमा ले निकालेको ,खोजि शुरु भयो पहिला कलिला विधुवा छन् छैनन् त्यसबाट ,उसलाई अचानक आफु दोस्रो दर्जामा
झरेझैँ लाग्यो जब विवाहको लागि विधुवा जो उमेरमा उ भन्दा थोरै मात्र कम हुनेछन् त्यस्ता उसको लागि खोजि हुँदैछन् भन्ने सुनेर !!!!!!!!!!!!!!

      उ घोत्लिरह्यो आफैँसँग सम्झौता गर्दै । उसको भाग्य बलियो निस्कियो । केटी कन्ने
निस्किई ।उ भन्दा करिव पन्ध्र वर्ष कान्छि । उसलाई विश्वास लागेन ।

आमा म गर्दिन यो केटी सँग त बिहे !

त्यो दिन उसले बिस्तारै भनेको थियो ।शक्तिहिन उसले उपमा पाएको थियो त्यसैले होला उसका शब्द शब्द कमजोर थिए ,लुते र लड्न आँटेका वाक्यहरु बोल्द्थ्यो उ जसलाई अरुको मौनताले नै पनि परास्त गरिदिन्थ्यो ।

किन?

धेरै नै कान्छि छे ,फेरि कलिला बिधुवी खोज्ने भनेको होईन ?

हरे शिव कन्ने केटीमा खोट लाउँछ ,धेरै नसोच ।उसकी आमा भन्दा ब्यवहारिक निक्लिईनकन्ने केटी पाउनु उसको भाग्य दह्रो भएको निर्क्यौल निकालेको थीयो उसको परिवारले !उसकी फुपुकि खोज थिइ माया ,धेरै सम्झाई बुझाई गरेर मात्र मायाको परिवार राजी भए भनेर पनि सुनाएकी थिइन् फुपुले जित पछि किल्लामा झण्डा गाढे जस्तो गरेर !

तैपनि आमा मेरी छोरी भएकी भए त्यत्तिकै उमेर की हुन्थि !

छोरि भएको भए तैँले उ सँग बिहे गर्नै पर्दैनथियो ! आमा ले कुरा टुंग्याईदिईन् । उसलाई सम्झाएको वा उसको आपमान गरेको उसले बुझ्न सकेन ,उसले बुझ्न पनि चाहेन । उसले निश्चय गर्यो जीवनले उसलाई जता जता डोर्याउनेछ उ त्यतै त्यतै डोरिईनेछ ।

ल अब उठ्नुहोस् ,अनि
अघि अघी लाग्नुहोस् !
उ फेरि विवाहको मण्डपमा नै फर्कियो ।घुम्टो को बिचबाट उठ्दै गरेकी उसकी नयाँ अर्धांगिनिलाई नियाल्यो । अनुहार चन्द्रमा जस्तै थियो । उसले आजै बिहान दुइ चारवटा कोरिन लागेका रेखाहरुलाई फेसियल गरेर मेटाउन खोजेको थियो ,टोपिले छोप्न नसकेको तालुको भाग बिहान देखिनै उसको चिन्ताको विषय बनेको थियो । कसैले उसलाई सम्झाएको थियो ,

टाउको खुइलिनु  बुद्दिमानीको निशानी हो नि भनेर !!!!

बिहाको बेलाकी केटी खुलिहाल्छे नि चन्द्रमा जस्ती ,फोटोमा त त्यत्ति गोरी थिईन मन मनैँ सोच्यो । जे भए पनि आफ्नै हो आज देखि ,सुरुची भेट भइछे भने देखाउनेछु मैले दोस्रो बिहे गरेँ भनेर , म मा पनि हिम्मत छ , हेर मेरी चन्द्रमा मेरो समिपमा अझ फक्रिएकी छे भनेर मन मनैँ सोच्यो ।

पुगिसक्यो त सात फन्को !’ पण्डितजिले उसलाई रोके । उसले सोच्यो उ रोकिए पनि त घुमिरहेको छ । हरेक मान्छे लामो यात्रा तय गरेँ भन्ने भ्रममा गोल गोल घुमिरहन्छ र तिँ यात्राको टुंगो लगाउँछ जहाँ बाट उसले शुरु गरेको हुन्छ ।

फुर्सद जुटाएर उसले वरपर हेर्न भ्यायो । केहि नाक खुम्चिएका अनुहार हरु देख्यो ।शायद कत्ति बुढो रहेछ बेहुलो त भन्दै थिए होलान् । गाउँका केहिलाई त यो उसको दोस्रो बिवाह भनेर पनि त थाहा भइसकेको होला । नभएपनि उमेरको फरकले धेरैले अड्कल काटे होला । उसको पहिलो विवाहको बारेमा के भयो भनेर पनि त कुरा भइराखेको होला ।

कसरि मानी उसकी बेहुलि मायाले उ सँग बिहाको लागि ?यो प्रश्नले उसलाइ नसताएको पनि होइन । त्यसपछि उसले आफुमा भएका गुणहरुको अनुसन्धान शुरु गरेको थियो । उसले त्यसपछि उसका धेरै गुणहरु पत्ता लगाएको थियो । उ परिवार को एक्लो छोरो थियो , कमाउथ्यो उ बिदुर थिएन ,उसका छोराछोरि हुन भ्याईसकेका थिएनन् । छोराछोरि नहुनुलाई उ आफ्नो ईच्छा अनुरुप कहिले आफ्नो गुणको रुपमा कहिले अवगुणको रुपमा प्रयोग गर्थ्यो ।

बिहा सिद्दियो एउटा ठूलो बोझ पन्छिए झैँ लाग्यो । मायाका परिवार का आँखामा आँशु थिए । मायाको आँखामा पनि आँशु थियो । परिवार छोड्दा यस्तै हुन्छ ।सुरुचीका आँखामा पनि त आँशु थिए उसले सम्झियो । तर माया त जोड जोड ले रोईरहेकी थिई फेरी । के मायाको ईच्छा बिपरित भएको थियो त बिहे ? उसले मायालाई फोनमा कुरा गर्दा सोधेको त थियो । उसले त्यतिखेर त होइन नै भनेकी थिई ,केटिहरुको के विश्वास र ! कहिले हो लाई पनि मस्किएर होइन भनिदिन्छन् ,कहिले
होइनलाई पनि ठुस्किएर हो भनिदिन्छन् । उ फेरि आफ्ना गुणहरु जसले गर्दा मायाले उ सँग राजीखुशि बिहे गरेको हुनुपर्छ भन्ने उसको निर्क्योल थियो उ त्यहि केलाउन तल्लिन भयो ।

क्रमश:



 

Last edited: 25-Mar-09 11:25 AM

 
Posted on 03-25-09 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो सुधालाई भेंडेटारमा छोडेर माया र सुरुचिको कथा शुरु भएछ। कथाले एउटा भिन्न पाटो सँगालेको छ। नभन्दै हो है, पुरुषको भाग्य र स्त्रीको चरित्र दैबले जाँदाइनन् भन्छन् नि। लौ, अब अर्को भाग छिट्टै पढ्न पाउने आशामा।    


 
Posted on 03-25-09 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

interesting cha...arko bhag ko sighra pratikshya ma!

 
Posted on 03-25-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



फुच्चे उता सुधालाई क्रमश: मा अल्झाएर यता मायालाई बोलाइदेको?


रमाइलो छ त्यो त भन्नै पर्दैन। यस्लाई चै धेरै नकुराउ है? अब त फुच्चेले क्रमश: लेख्यो कि तर्सिनु पर्ने बेला भईसक्यो


 
Posted on 03-25-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे को अधुरो छाड्ने बानी चै कैले सुध्रिने हो खै। उता सुधा लाई भेडेटारमा छाडेर एता माया लाई लेराईसकेछौ, खैर फुच्चे को कथा आछ भनेर डौडिदै आईपुगे नि।


ल प्रभु सधैं झै पारीलो छ् सुरुवात। बरु छिट्टै लेराउँ है जन्ती। एता कुरिराका छौ हामी।


 
Posted on 03-27-09 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पुर्ण साझा बासीलाई अपुरो कथाको लागि माफि माग्न चाहन्छु !!!
चिप्लेढुंगा,पर्फेक्सनिस्ट,दिपिका,बिष्टे लाई प्रतिकृयाको लागि धन्यवाद!!!
दोस्रो भागलाई त्यति धेरै कुराइन होला भन्ने आश गर्दछु !

 
Posted on 03-27-09 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



उ बिस्तारै कोठा भित्र छिर्यो ,कोठाको पहेँलो प्रकाशमा स्त्री आकृति देखियो ।त्यो सुरुचि जस्ति लाग्यो उसलाई फेरि झस्कियो होईन यो त माया पो हो त ! माया खाटको एक कुनामा खुम्चिएर बसेकी थिई माया मायालाग्दि भएकी थिई , सुरुची पनि त त्यसरि नै खुम्चिएकी थिई नी पछि सुरुचीको अहम ले सुरुचि जति जति फुक्दै गई आफ्नो ठाउँ खोसिएको पायो उसले , उ कतै कुनामा कोचिए जस्तो लाग्थ्यो कतै फोहोर फ्याल्ने कुनामा प्रत्येक रात पल पल उसलाई कहालिलाग्दो लाग्थ्यो जब जब सुरुचिले उसलाई सिंगो निलेको भान हुन्थ्यो !!!

उ अचानक झस्कियो , उ अहिले त वर्तमानमा छ नि ,छोडेको अध्यायको के कुरा?

उ नजिकै गयो पुरानो खाट फेरिएको रहेछ , नाँ खाट नयाँ शरिर जसमाथि बिराजमान थियो । पुरानो खाट त रित्तो हुँदा प्रत्येक दिन उसलाई जिस्क्याउन थालेको थियो तैँले केहि दिन सकिनस् र त सुरुचीले तँलाई छोडि भनेर !!!

सुरुचिले छोडेपछिका धेरै रातहरुमा उसले पुरानो खाट सँग झगडा गरेको थियो अनि जित्न नसकेर बाहिर टिभि रुम मा गएर सुतेको थियो । उसलाई सन्तुष्टि भयो थोरै अब उसले त्यो खाटमा सुतिरहेकी सुरुचिलाई देख्ने छैन ।उसलाई जिस्क्याउने खाट आज आँफै बिस्थापित भएको थियो । उसले एउटा युद्द जितेको थियो ।

उसलाई केहि सम्झना आए जस्तै भयो बाहिर निस्कियो सिँढि बाट तल झर्यो । सिँढिकै तल स्टोरको ढोका खोल्यो पुरानो थन्क्याएको खाटलाई हेर्यो ,युद्द हारेपछि आँखा जुधाउन नमाने जस्तो लाग्यो उसलाई । त्यो खाट अब महत्वहिन भएको छ ,थोरै दिनमा नै बिर्सिनेछन् सबैले त्यो खाटलाई ! उ अनायसै मुस्कायो अनि फेरि बाहिर निस्केर आफ्नो कोठाभित्र छिर्यो ।

माया ढोका तिरै अचम्म मानेर हेर्दै थिई ।

थोरै काम सम्झेर गएको तल ! उसले आफुलाई साधारण देखाउने प्रयास गर्यो ।मायाले उत्तर फर्काइन ।

      तिमीलाई अचम्म लाग्दैन यो आधारातमा तिमीभन्दा महत्वपुर्ण के थियो भनेर ? उसले मायालाई प्रश्न गर्यो ।

      मायाले मात्र टाउको हल्लाई !

      थिई कोहि जो तिमी भन्दा पनि महत्वपुर्ण थिई ,त्यहि महत्वलाई घटाउन खोज्दैछु !

      तँपाई मलाई यो किन भनिरहनु भएको छ? मायाले उसलाई सोधि ।

      किनकी मलाइ बुझ्नु छ ,तिमीले मलाई किन रोज्यौ ,तिमी त मेरो लागि वाध्यता थियौ ,म तिम्रो लागि के थिएँ?

      मलाई त्यस्तो छुट्याउन आउँदैन ,म त मात्र मेरो बुवाआमा ले मेरो लागि तँपाईलाई रोजिदिएको भनेर थाहा पाउँछु ,मैले तँपाई जति जीवन देखेकी छैन !  उ हाँस्यो

      तैपनि मैले पनि त बताउनु पर्छ धेरै कुरा तिमीलाई !

मायाले पुलुक्क आफ्नो आँखा उठाई , उसलाई एक टक नियाली ,पहिलो रात पक्कै पनि सोचे जस्तो रात थिएन ,मधुर हुनुको साटो गम्भिर थियो । उसको पो यो दोस्रो चोटि हो त मेरो त यो पहिलो चोटि नै हो उसले मनमनै सोची ।

      सुरुचिले मलाइ बुझ्न सकिन ! उ एक्कासि भक्कानिए जस्तो भयो !

      म तँपाईकी बर्तमान हुँ ! अतित कै उपज भए पनि !  माया एक्कासी आवेशमा आई ।

      मलाई थाहा छ !

बत्ति झ्याप्प निभ्यो ,उसले बत्ति तिर हेर्यो फेरि बत्ति बल्यो ,कोहि बाहिरबाट उसलाई जिस्क्याउँदै थिए शायद !

      उ बाहिर निस्कियो यताउता हेर्यो ! फेरि भित्र छिर्यो !

      माया तिमीलाई लाग्दैन जुन सम्झौता हामी दुवैले गरेका छौँ त्यो कटाउन समय लामो छ ?

भन्नाले ?

मलाई थाहा छ तिम्रो म सँग बिवाह गर्ने कम्तिमा रहर चाहिँ होईन !

किन ?

मैले तिम्रो मन पढेको छु !

मायाले फेरि उसलाई नियाली । उसको अनुहार भरी  स्त्री प्रति आवेग पोतिएको थियो । उसले माया गर्न जानेको छैन ।उसले निष्कर्ष निकाली ।
रात ढल्किन थालेको थियो निसासिँदै ,बेरोजगार भएर केहि चिहाउन प्रयत्नरत चन्द्रमाले अहिले सम्म केहि पनि त नियाल्न पाएको थिएन !

  बत्ति फेरि निभ्यो !

      को हो त्यो बाहिर ,रात भरि काम नपाउने ? उ झोक्कियो ,बत्ति बल्यो । उ बाहिर निस्कियो मेन स्विच निकालिदियो भित्र छिरेर मैन बत्ति बाल्यो ।

      म सम्बन्ध बनाउनु भन्दा पहिले तिमीलाई बुझ्न चाहन्छु । उसले प्रस्ताव राख्यो । मायातिर हेर्न चाहेन त्यसपछि । उसले के को लागि समय मागेको थियो उसलाई स्वयं थाहा थिएन अनि खाट को एउटा कुनामा पल्टियो । माया बिस्तारै उठी उसले भख्खर नै जलाएको मैनबत्तिलाई सुस्केराले निभाई ।

क्रमश:

Last edited: 27-Mar-09 07:41 AM

 
Posted on 03-27-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्है ध्यान देर पढ्दै, visualize गर्दैछु। एक्दम राम्रो लाग्दै छ, अब अगाडि बधुम, वीकेन्द छ, कथाले बल्ल आफ्नो मोड लिन्दैछ जस्तो लाग्दैछ। नयाँ भागको लागि धन्यवाद

 
Posted on 03-27-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 फुच्चे को कथा मा सधैं पुरुष किन नारीपीडित हुन्छ हँ?


बिचारोलाई सुरुची ले बेहालै पारेर छाडेकी जस्तो छ्। माया लाई नि माया दिन सक्ला जस्तो छैन।
कस्तो बिचमै रोकेको,ल अर्को भाग छिट्टै लेर आउम।


 
Posted on 03-27-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sajha bharkhar bharkhar chaluna thalya ek dam addictive rayecha.. kahani daroo cha .. kaam ma busy bhyeni time didai padhdai chu aaja beluka ghar ma basera daroo jane chaa.. weekend ko suruwaat sahi hune bhayo
 
Posted on 03-27-09 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"माया बिस्तारै उठी उसले भख्खर नै जलाएको मैनबत्तिलाई सुस्केराले निभाई ।"


अब यो उ भन्नेले फेरी बाल्ला मैनबत्ति, नदीम है प्रभो।


 
Posted on 03-27-09 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब!


यो 'ऊ' भन्नेले मैनबत्ति यो रात त नबाल्ला अब, तर जीन्दगीको उज्यालो मैनबत्ति चाहिँ निभाऊनै खोजेको जस्तो छ!


 
Posted on 03-27-09 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो उ भन्ने सोम कस्तो ठीस रे छ त जिम्माल? फेरी मैनबत्ती बालेर, "सुनन माया, त्यो सुरुची -- "भन्दै सुँक्क सुँक्क गर्न बेर लाउँदैन। अब आजा रात पनि तल तिर लगेर कोच्या थोत्रो खाट जित्न जाने हो के त?


"तर जीन्दगीको उज्यालो मैनबत्ति चाहिँ निभाऊनै खोजेको जस्तो छ!"


यै ताल हो भने यो उ भन्नेले ननिभाए मायाले निभाउँछे अनि फेरे अर्कीलाई निभाई सक्या बत्ती बालेर "सुन न सुरुची र माया भएर मलाई --- " भन्दै भक्कानीने होला -- खत्तम गर्ने भो यो उ ले जिम्माल।


अनि फुच्चे प्रभो, कथा लेख्यो अनि क्रमस: भन्यो कुम्भको मेलाँ लगेर छोड्यो गर्दै गर्न भएन --


अब भेडेटारकी सुधा खै? कि सोमे प्रभोले उद्धार गर्या भए बेग्लै नत्र हामी पनि यसै छम।


 


 
Posted on 03-27-09 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त प्रभो! हाम्रो 'ऊ' सोम लास्टै हाई छ जस्तो छ यो रात!


 


 
Posted on 03-28-09 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist धन्यवाद सकेसम्म रमाईलै रमाइला मोडहरुबाट लान खोजौँला !!!
बिष्टेजी अनुसन्धान को लागि धन्यवाद त्यो त मलाई पनि थाहा भएन प्रभो , जे फुर्छ त्यहि लेखिदिएको मात्र हुँ !!!!
बैरे धन्यवाद अनी साझा मा स्वागत छ !
माहिला दाई ,दिप ब्रो यो उ साह्रै साइको लाग्यो मलाई पनि के के गर्ने के के गर्ने हेर्नु न लेख्ने म नै हैरान भइसकेँ!
  आउँदो भाग शिघ्र राख्ने प्रयास गर्ने छु धन्यवाद!!!!!!!!!!!!!!!!!!!!!

 
Posted on 03-29-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



उ कोल्टे फर्कियो माया बिस्तारै उसको छेवैमा लडेको उसले अनुभव गर्यो  ।आखिर किन उ समानान्तर रुपमा मायासँग दुरि साट्दैछ । माया त उसको समिप आउन चाहन्थि त ! उसले सोच्यो । हैन नहतारिएकै ठिक छ , उ बिस्तारै बिस्तारै मात्र मायाको मनमा माया पलाएको हेर्न चाहन्छ । सुरुचीकोमा उ हतारिएर नै सुरुचीले उसको महत्व बुझ्न नसकेकी हो । माया जब उसको एक स्पर्शको लागि पनि ब्याकुल हुनेछे तब मात्र उसको आचित्य बुझ्नेछे र वास्तविक युद्ध उसले त्यतिबेला जित्नेछ ।त्यतिखेर उ बिजयोत्सव मनाउनेछ एक्लै पिएर उ मातेर स्टोरमा थन्क्याएको खाटमा गएर लड्नेछ । उ त्यहि लाशमाथि बिजयोत्सव मनाउनेछ ।



      झिसमिसे उज्यालो उषाका किरणहरु नउदाए पनि आफ्नो साम्राज्य फैलाउन खोज्दै थियो उसले उठेर पल्टिरहेकी मायालाई नियाल्यो ।मायाको अनुहारको सन्तुष्टि उसको अनुसन्धानको बिषय बन्यो ! उसले त मायाको अनुहारमा आफ्नो लागि ब्यग्रता हेर्ने चाहेको थियो , उसको अनुहार मा उद्वेग हेर्न चाहेको थियो ।तर माया उसलाई सन्तुष्ट लागी , उ आफु असन्तुष्ठ भयो ,आखिर माया किन सन्तुष्ठ
भई ?

      हुनसक्छ उसको सामिप्यताले ,उसका बोलिले मायालाई बिना स्पर्श नै सन्तुष्ठि दिन्छ ,सुरुचीले सात वर्षमा उसलाई जति बुझिन मायाले क्षणमा नै पाना पाना पल्टाइदिई र त उ सन्तुष्ठ छे ,जुन कुरा सम्पुर्ण रुपमा आफ्नो हो भन्ने थाहा हुन्छ त्यो त आखिर ढिलो आओस् चाँडो आओस् नजिक अवश्य आउँछ ,त्यसमा ब्यग्रता किन ?त्यो त एउटा चिन्तन पछिको ग्यान जस्तो हो ,एउटा दत्तदित्त भएर गरेको समाधि हो जसमा माया लिन भएकी लागि !!!! माया उसलाई क्षणमा नै महान लागी ,सुरुचि
साँच्चै केटाकेटी छे मायाको अघि , उ गजक्क पर्यो बाहिर झ्यालको पर्दा खोल्यो बिहान गुलाबि हुँदै थियो किरणहरु अवरोध चिर्न खोज्दै थिए यस्तो राम्रो मौसम उसले देखेको थिएन ।

      माया !!!!!!!!!!!

  बिस्तारै मायाको नजिक गएर बोल्न चाह्यो नजिकै गयो पनि तर शब्दहरु कता कता अड्के जस्तो उसले खुशि पचाउन नसके जस्तो लाग्यो , उ फेरि खाटमा गएर नजिकै बसी । माया उसलाई नजिकै देखेर झस्किई थोरै सकपकिई अनि फेरि एकटक हेरीरही !

कति चाँडो उठेकी ?

       मायाको अचम्म यथावत रह्यो । उसले सोच्यो हिजो राति देखि भावना हरु मात्र उसलाई परिवर्तन गरिरहेका छन् , उ आफूलाई मात्र पेन्डुलमजस्तो घरि यता घरि उता घुमाइरहेछ जसले गर्दा उसका सम्पुर्ण ध्रुव घुमिरहेका छन् !!!!!

शाश्वत सत्य माया त यथावतै छे , उ किन यथावत छे ,जसरि मायाले उसको भावना मा छाप बनाउँदै छे त्यसरि नै उसले मायाको भावनामा छाप बनाउन नसकेको हुन सक्छ कि सक्दैन ? त्यसो भए उसले अघि बसेर त्यत्रो निर्क्यौल गरेर निकालेको निषकर्ष मायाले उसलाई धैर्यताका साथ पर्खिरहेकी छे भनेको के त ?

आज आँखा चाँडै खुल्यो ! उसको उत्तर साधारण थियो , उसले म रात भरी सुत्न सकिन ,तिमीले मलाई झस्क्याईदियौ जस्ता शाब्दिक फुलबुट्टा भरिन !

      उसले सोच्यो अघि म बेक्कारमै खुशि भएछु  माया ब्याकुल छैन किनकि मायालाई हिजो रातदेखि नै उसको अपेक्षा छैन । उ मायाको लागि सुरुचिले हराइसकेको युद्द हो तर मायाको हार त
फेरि उसैको हार भयो त्यसो भए त !!!!!!!!!!!!!

      म बाहिर निस्किन्छु एकछिन घुम्न ! उसले माया लाई जानकारी दिएको वा अनुमति
मागेको उसले आफैँ निर्क्योल गर्न सकेन !!!

      हामी मेरो घर कति खेर जाने ? मायाले  प्रश्न राखि । आज त साँचि दुल्हन फर्काउने दिन पो त ! कति खेर जाने आमाले तय गरिदिनुहोलानी उसले मनमनै सोच्यो ।

      त्यो तिम्रो घर हैन माइत हो ,अब त यहि हो
तिम्रो घर , आमालाई सोध न कति खेर जाने , म एकछिन बाहिर घुमेर आउँछु अनि !


       उ बाहिर निस्कियो । बिहानै बादल धुम्म भएछ ,पानी पर्ला जस्तो लाग्यो फर्किएर छाता
लिन जान चाह्यो । घरलाइ नियाल्यो फेरि सोच्यो आज हेरौँ न भिजेरै , म नभइसकेका
सम्भावना लाई काखि किन च्यापौँ ? बरु भिजिदिन्छु !!!

      आज टोल मौन थियो किनकि टोल पनि त हारेको थियो , आज उसले छाति फुकाएर हिँड्न पाएको थियो ।सोच्यो छाता नबोकेको ठिकै भएछ नत्र छाता भित्र को स्वाभिमानी हिँड्दैछ कस्लाई के थाहा संसारले उसको उठेको टाउको भन्दा माथिको छातामात्र त देख्दथ्यो ! पानी स्वाभिमानको लडाईँ पो रहेछ आफ्नो टाउको भन्दा माथि पनि केहि ओत राखेर बच्ने वा स्चाभिमान बन्दगि नराखिकनै भिज्ने भनेर !!!! उसलेनिर्णय गर्यो उ कहिल्यै छाता ओढ्नेछैन अब आजै आप्नो छातालाई पनि खाट थन्किएको स्टोरमा लगेर थन्क्याइदिनेछ ।

      उ घुमेर आयो , धेरै पछि उसले टोल यसरिघुमेको थियो । उसलाई गल्लि गल्लि आफ्ना लागेका थिए ।भित्ताका पोष्टरहरु होर्डिंग बोर्डहरु केहि नयाँ थिए केहि पुरानै भए पनि उसलाई राम्रा लागेका थिए , उसले हरेक भित्ता नियालेको थियो ,किनकि त्यो बाटो गुज्रिदा धेरै दिन पछि उसले टाउको उठाएको थियो । पछिल्ला दिनमा उ हतारमा गुज्रिदाँ मासु पसलेको मासु काटेको ठ्याक ठ्याक
आवाज बाहेक उसलाई केहि याद छैन , उ आफु परिवर्तन हुँदा पुरै टोल परिवर्तित थियो अब
टोल नछोड्ने उसको निर्णय थियो !!!!

क्रमश:

Last edited: 29-Mar-09 10:28 AM

 
Posted on 03-29-09 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह, कस्तो टक्क-टक्क मिलेको शब्दावली, transition बहुत कमालको छ।

यो त अती नै उत्कृष्ट लाग्यो, "आज टोल मौन थियो किनकि टोल पनि त हारेको थियो , आज उसले छाति फुकाएर हिँड्न पाएको थियो ।सोच्यो छाता नबोकेको ठिकै भएछ नत्र छाता भित्र को स्वाभिमानी हिँड्दैछ कस्लाई के थाहा संसारले उसको उठेको टाउको भन्दा माथिको छातामात्र त देख्दथ्यो ! " वाह

सार्है चित्त (पित्त पनि) बुझ्यो। जुम जुम अघी बधुम

 
Posted on 03-29-09 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Double posting!!!
Last edited: 29-Mar-09 12:22 PM
Last edited: 29-Mar-09 12:22 PM

 
Posted on 03-29-09 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 गजब छ , निकै गहिरो छ । मनग्गे कुराहरु खोदल्दै छौ, हतार नगर्नु  है ।

तिमीले प्रभावित पार्न कहिले छोडेनौ!!  कुनै दिन तिमी संग दिन भरि बात मार्न मन छ ।
शैलि र लेखाई बिशिष्ठ छ,  कुरो अगाडि कसरी बढ्छ,त्यसले निकै चाख बोकेको छ  !!

(by the way... माया भन्ने नाम ले मलाई पनि तान्दछ । कता कता आत्मिय र अथाह माया बोकेर आएकि नारी प्रतिनिधि!!  )

-somewhereondearth

 
Posted on 03-30-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गहिरो अनि captivating छ कथा। अर्को भाग छिट्टै पढ्न पाइयोस्।
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters