chanaa_tarkaari
Replies to this thread:

More by chanaa_tarkaari
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

desert_rain
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चुनावको चर्चा र मेरो भोट

[Please view other pages to see the rest of the postings. Total posts: 39]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 13320 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 04-03-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होला होला, नहोला नहोला भन्दा भन्दै नेपालमा संविधान सभाको चुनावको दिन नजिकै आइसक्यो । अबको ६ दिन पछाडि त संविधान सभाको चुनाव -  ६ दिन भन्या के हो र ? त्यसो त धेरैभन्दा धेरैले केहि समयअगाडि सम्म पनि यो चुनाव यहि मितिमा किमार्थ हुन सक्तैन भन्ने कुरो गर्ने गरेका थिए । अनुमान गर्न सकिएका वा नसकिएका कुनै कारण निस्कने छ र चुनाव भाँडिने छ भन्ने मतमा प्रचण्ड बहुमत थियो । तर त्यसको मतलव चुनाव हुनसक्तैन भन्नेहरुले यो चुनाव नचाहेको भने हैन । कस्तो बिरोधाभाष ? हामी चुनाव होस भन्ने चाहन्छौ, तर चुनाव होला भन्ने विश्वास गर्न सक्तैनथ्यौं । अब एकैछिन किन चुनाव हुँदैन भन्ने पक्षमा उठ्ने गरेका तर्कहरुको समिक्षा गरौ । 

 
(१) मधेशको समस्या नै समाधान हुनै सक्तैन भन्ने सोचाइ थियो, त्यो समस्या पछाडि दरबार, भाजपा, हिन्दुबादी इत्यादि रहेको र कुनै हालतमा तिनले चुनाव हुन दिँदैन भन्ने थियो । झन महन्थ ठाकुर समेत फुटेर गएपछि त्यो मुद्दा जबरजस्त अगाडि बढेको थियो, तर भारतीय दुतावासले जसोतसो मिलाइदिए । 

 
(२) त्यसपछि माओबादीले बखेडा झिक्नेछ भन्ने सोचाइ थियो, जनस्तरमा माओबादीले कुनै सम्मानजनक उपस्थीति जनाउन नसक्ने तथा हार्ने चुनाव नलड्ने माओबादि योजनाको संकेत मनग्य थियो । तर अनुमान बिपरीत अहिलेसम्म माओबादी यो चुनावमा प्रतिबद्धता ब्यक्त गर्न चुकाएको छैन । 

 
(३) मधेशबादि दलले तराइको भोट काट्ने सम्भावना बढ्यो भने काँग्रेसले नै कुनै बहानामा चुनाव हुन दिँदैन भन्ने सोचाइ पनि बलियो तर्क थियो । तर सुजातालगायत कोइराला खलककै सदस्यहरुले समेत दह्रो प्रतिस्पर्धात्मक चुनौतीको सामना गर्नु पर्दा पनि काँग्रेस पछि हटेको छैन । उम्मेदवारहरु गाँउमा छिर्न नसक्दा पनि चुनाव भने गराउनै पर्ने नीतिमा काँग्रेस अडिग देखिन्छ ।

 
(४) माओबादिको उपस्थितिले एमालेको भोटब्याङकमा दह्रो पहिरो जाने हुनाले माओबादि हावि हुँदै गए एमालेले पनि चुनावमा ब्यबधान खडा गर्नेछ भन्ने सोचाइ थियो । अनुमान मुताविक चुनाव प्रचारको क्रममा कतिपय ठाउँमा एमालेका प्रभावशाली नेताहरु समेत आफैले उम्मेदवारी दिएको चुनावि क्षेत्रमा भ्रमण गर्न नसकि पुलिस प्रशासनको सुरक्षाको सहारामा रहनु पर्ने स्थिति आयो, तर पनि चुनाव रोक्न एमाले इच्छुक देखिएको छैन । 

 
(५) चुनाव सम्पन्न हुनु अगाडि नै कुनै प्रभावशाली नेताको हत्या वा मृत्यु हुने आशंकाले दह्रै जरो गाडेको थियो । यस्तो कुरा सार्वजनिक रुपमा नभनेपनि सबैजसोको मनमा यस्तो त्रास थियो नै । तर शारीरिक रुपमा कमजोर भनिएका गिरीजा अहिले झन तगडा देखिएका छन, भने देशी बिदेशी प्रतिक्रियाबादीले ज्यान लिने खतरामा रहेका प्रचण्ड दिनपरदिन खतरामुक्त देखिदै छन ।

 
(६) षडयन्त्रकै भरमा पुस्तौपुस्ता शासन गर्न सफल दरवार चूप लागेर नबस्ने र कुनै न कुनै षडयन्त्र द्वारा सैनिक समेतको सहयोगमा अन्तरीम सरकारलाइ अपदस्थ गर्ने सम्भावना रहेको तर्कहरु पनि बेला बेला उठ्ने गर्थे । बंगलादेश मोडेलको सैनिक शासन लागू गर्ने तैयारी रहेको भन्ने सार्वजनिक आरोपहरु पनि चर्को सुनिए । तर दरबार अनपेक्षित रुपमा मौन बसेको तथा चुनाव भाँड्न खासै सक्रिय भएको देखिएन । यद्यपि आरोप लगाउनेहरुसित दरवारी चलखेलतर्फ औल्याउने तर्क र आशंकाहरु भने छन, जसलाइ पुष्टी गर्ने भरपर्दो आधार छैन ।

 
(७) बिदेशीहरुको अस्वाभाविक चलखेल र तिनीहरुको स्वार्थको टकराव उत्पन्न हुन जाने हुनाले त्यहि टकरावले चुनाव भाँडिने आशंका बलवान थियो । तर अहिले चुनाव गराइछाड्ने भारतीय बचनबद्धता बाहेक अरु शक्तिहरु खासै सक्रिय र प्रभावकारी देखिएन । 

 
जम्मा ९ दिन मात्रै बाँकि रहेता पनि यो चुनावको निश्चिततामा अझै थुप्रै शंकाउपशंकाहरु छन । विशेषत: ल्याण्डस्लाइड पराजय भोग्ने क्रममा रहेको माओबादीहरु वाइसियल मार्फत उद्दण्ड हर्कतहरु गरेर समस्या चर्काउने स्वभाव छोडेको छैन भने, तालमेलको अभावमा प्रचण्डले दुबै क्षेत्रबाट हार्ने निश्चित जस्तो छ । उता आफ्ना उम्मेदवार र प्रचार अभियानलाइ गाँउ पस्न नदिएको कारणले काँग्रेस एमाले तथा राप्रपा/राजपाले ठाउँ ठाउँमा चुनावि अभियान स्थगित गर्दै रहेका छन । यस्तो परिस्थितिले गर्दा कतै अन्तीम समयमा गएर चुनाव रोकिने पो हो कि भन्ने डर पूर्णत: निर्मुल भएको छैन । उता क्यान्टोनमेन्टका माओबादि सेना चुनाव प्रचारको निमित्त पछाडिको ढोकाबाट निस्कने क्रम जारी छ भन्ने समाचारहरु पनि आइरहेको छ । इयान मार्टिनले यस्तो अराजक गतिविधि भइरह्यो भने चुनावलाइ अन्तर्राष्ट्रीय मान्यता नदिने धम्कि दिएका छन । यदि यो ९ दिन भित्र चुनाव कुनै कारणवश चुनाव भाँडिए पहिले देखि नै चुनाव हुँदैन होला भन्ने अनुमानमा रहेकाहरु आफ्नो अनुमान सहि निक्लेको कारण भित्रभित्रै जीतको महशुस गर्ने अथवा चुनाव भैहाले त्यस्तो मनोभाव दमित राखेर टिकाटिप्पणी गर्ने होला कि भन्ने मेरो अनुमान छ ।

 
पूर्वनिर्धारित मितिमा चुनाव भैहाले पनि भोट हाल्ने मामिलामा बिदेशमा रहेका दुतावासका कर्मचारी बाहेक अरु कोहि पनि सहभागि हुन नसकिने स्थिति छ । हामी बिदेशमा बस्ने नेपालीका लागि यो चुनाव दूरदर्शन गर्ने भाग्य मात्रै जुरेको छ । लौ चुनाव भएछ, फलाना जितेछ, फलाना हारेछ भनेर गन्थन गर्नेमै सिमित हुने छ, किन कि हामी भोटर भएता पनि भोट हाल्न असक्षम जमात हौ । एक भोट हाल्न कामकुरो छोडेर प्लेनको टिकट काट्ने सामर्थ हामीमा छैन । त्यसैले हामी न यसलाइ जितायौ भनेर खुशी हुन सक्छौ न यसलाइ जिताउन सकेनौ भनेर दु:खि हुन सक्छौ । बचेखुचेका समयमा हेर्दा सुन्दाखेरी बौद्धिकजस्ता लाग्ने शब्दछन्दहरु ओकलेर थोरै बिश्लेषण, थोरै मनोवाद र थोरै आकांक्षा मिश्रण गर्दै ब्लगहरुमा शब्दमैथुन गर्नुभन्दा पर हामी केहि गर्न नसक्ने अवस्थामा छौ । एकातिर दु:ख लाग्छ, देशमा "एक जुगमा एक दिन एक पल्ट आउने - उलटपुलट ल्याउने" महायज्ञमा सहभागि हुन नपाएकोमा , भने अर्कोतिर निराशा लाग्छ - देशको मुहार फेर्ने मसिहा बन्न उद्यत उम्मेदवारहरुको कुरुप बिगत दानवि स्वभावहरु देख्ता ।

 
तर पनि चुनावको रन्कोले हामीलाइ छोडेको छैन । भोट हाल्न नपाए नि यसले जिते हुन्थ्यो यसले नजिते हुन्थ्यो भन्ने आग्रह हामीमा पनि पक्कै छ । काठमाडौ उपत्यकाबासि भएको नाताले मेरो पनि आग्रह पक्कै छ । हुन त यस्तो आग्रह त्यो पनि भोटको मामिलामा आफ्नो रोजाइ को हुने हो त्यो सार्वजनिक गरिन्न तर म यो ब्लगमा मेरो रोजाइका उम्मेदवारहरु सार्वजनिक गर्दै छु । साथीहरु पनि इच्छा भए सार्वजनिक गरौ, हेरौ बिदेशिएका काठमाडौबासिको रोजाइमा कुन कुन उम्मेदवार अब्बल निस्कनेछन ।

 
काठमाँडौ 
१ - प्रकाशमान सिंह          (काँ)
२ - माधव नेपाल              (ए)
३ - मनु हुमागाइ              (मा)
४ - सुप्रभा घिमिरे            (काँ)
५ - नरहरी आचार्य          (काँ)
६ - हितमान शाक्य         (मा)
७ - राजेन्द्र श्रेष्ठ               (ए)
८ - नविन्द्रराज जोशी      (काँ)
९ - कृष्णगोपाल श्रेष्ठ        (ए)
१० - सानु श्रेष्ठ                  (ए)

 
ललितपुर
१ - उदय शमशेर राणा     (काँ)
२ - सिद्दिलाल सिंह          (ए)
३ - रघु पन्त                   (ए)

 
भक्तपुर
१ - नारायणमान बिजुक्छे (रो)
२ - गणेशबहादुर खत्री       (ए)

 
(नोट: छनोटको आधार नितान्त निजि हो । यसलाइ अन्यथा नलिनु होला । यो लेख दौतरी ब्लगमा पनि पढ्न सकिने छ । )

 
Posted on 04-03-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What a  analysis Chaite congres
 
Posted on 04-03-08 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ha Ha Ha Gure, where have you been when someone in sajha saw my posting aligned to maoists.    Now you saw this a Chaite congres analysis - yeah may be true for makkare (followers of Gyane-Parase!!!).

 

 


 
Posted on 04-03-08 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-03-08 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chana, Good one . May this "chunaw"  fulfill all   of our dreams of " naya Nepal". ahile samma ta just seen horrible picture of NAYA NEPAL. 
 
Posted on 04-03-08 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Posted on 04-03-08 3:59 PM     Reply | Notify Admin
 

Ha Ha Ha Gure, where have you been when someone in sajha saw my posting aligned to maoists.    Now you saw this a Chaite congres analysis - yeah may be true for makkare (followers of Gyane-Parase!!!).

 

 


 
Posted on 04-03-08 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो माओवादीले केही नपाएर चैते कङ्रेसी भनी घोच हानी हाल्यो .
त माओवादी भन्दा उपल्लो दर्जाको हो कङ्रेसी , तेही भएर श्री को ठाउमा चैते राखी जदौ
गर्या हो?
 
 
Posted on 04-03-08 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना तरकारि,

 के गर्ने भोट हाल्न पनि नपाइने अनि के कसो भयो भनेर खोजिनिति पनि गर्नु पर्ने। त्यसो नगरि बस्न पनि नसकिने। धन्यबाद यति धेरै लेखेको मा।
अनि काठमान्डुमा क-कस्ले जित्छ भन्ने त आयो अब देशभरिमै कुन पार्टीले कति ल्याउला यस्मा पनि जावसन त।

मेरो छेत्रमा त पहिले खुम बहादुरले जितेको हो। अहिले खुम मात्रै होला जस्तो छ भन्ने खबर आथ्यो। उनको बहादुर अहिले अलि कमजोर छ रे। पहिले थारुहरुले भोट हालेका थिय। अहिले त यो मुला पहाडेलाई हाल्दैनौ भन्छन रे। तेस्ले एमाले लाई यसपाली चिठ्ठा पर्ला जस्तो छ रे। यहाहरुको छेत्रमा क् हुदै छ एसो सुनौ न त।

यो गुरेलाई फेरि फ्याट्ट अरुको नाम राखीहाल्नु पर्ने? कतै पुरोहित परिवारको पो पर्नु भो कि? कि पेसा नै यस्तै छ? कुन चाहि कुरो चित्त बुझेन? आफ्नो मत राखेको भए भैहाल्थ्यो नि। किन खगेन्द्र सङ्रौलाले झै के-के नाम राखेको।


 
Posted on 04-04-08 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pops,

मैले माथि लेख्या भोटको कुरोले फरक अर्थ दिए जस्तो लाग्यो - त्यहाँ मैले जित्ने उम्मेदवारको नाम लेखेको होइन, बल्कि यदि मैले भोट हाल्न पाउने भए मेरो भोट तिनेरुलाइ जाने थियो भनेर लेखेको हो । निजि छनोटको आधारमा ती चुनाव क्षेत्रका तुलनात्मक राम्रा उम्मेदवारहरु रोज्ने चेष्टा गरेको मात्रै ।

 

अनि कसले कति सीट जित्ला भन्नु हुन्छ भने, आम अनुमान सरह मेरो अनुमान पनि त्यस्तै त्यस्तै हो - काँग्रेस १०० देखि १०५ सीटसहित सबभन्दा ठुलो दल हुनेछ, एमाले ९२ देखि ९७ सीटको हाराहारीमा हुनेछ, तराइ मधेशले १० देखि १४ सीट जति ल्याउला, मधेशी फोरमले ८ देखि १० सीट ल्याउला, माओबादीले २४ देखि ३० ल्याउला (तर उनीहरुले जित्ने चुनाव क्षेत्रमा बल प्रयोग अधिक हुन गइ त्यहाँको नतीजा धेरै जसो विवादास्पद हुने छ होला, तर अरु दलले पछि गएर शान्तिको लागि भैगो मिलम भनेर कुरो मिलाउँछन होला, नत्र शुरुवाति नतीजामा १५ देखि २० सीट मात्रै हुन्छ होला माओबादीको भागमा ), जनमोर्चा ५ देखि ७ सीट, नेमकिपा २ देखि ४ सीट, सद्भावना आनन्ददेवि २ सीट, राप्रपा (पशुपति शमशेर॒) ले ५ सीट जति, ल्याउँछ होला ।

 

समानुपातिकमा काँग्रेसले ३४%, एमालेले ३२%, माओबादीले २५%, तराइ मधेशले १४% राप्रपा ले १२%,  मधेशी फोरमले १०% जनमोर्चाले ३%, को हाराहारीमा ल्याउँछ होला (+ / - २% मार्जिन) । बाँकि अरुको १% भन्दा कम भोट आउँछ होला ।

 


 
Posted on 04-05-08 1:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चनाज्युको अन्क तालिका ठिकै लाग्यो मलाई पनि। तर पनि नेपालको चुनाब हो यसै भन्न सकिन्न।
 
Posted on 04-05-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Online Vote halne ho bhanne yesma jannus!!!!!ONline Vote


 
Posted on 04-05-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Online Vote halne ho bhanne yesma jannus!!!!!ONline Vote


 
sYaKuuRiolAKU_nchImb
Posted on 04-05-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lioshi, you take care of your online voting we will stick to this thread

and i would also go with chana jee for most results except that UML will lead NC with slight majority this time


 
Posted on 04-05-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चनाज्यू,

 

नेपालको अहिलेको आवश्यकता भनेको कुनै एक दलको पूर्ण बहुमत नभएर बढी भन्दा बढी समुहहरुको प्रतिनिधित्व हो । नेपाली मतदाताहरुले विगतमा सामुहिक चेतनशिलता (collective wisdom) देखाएको कुराले (उदाहरणार्थ: 1994 को चुनावमा नेपाली कांग्रेसलाई अलिकति सजाय दिएका छन्) यसपालीको चुनावमा पनि आजको आवश्यकता जे हो त्यही नजिकको निर्णय दिनेछन् भन्ने कुरामा म आशावादी छु । तपाईको आफ्नै मतमा पनि त्यही भावना प्रतिबिम्बित भएको देख्छु ।

 

परिणामको हकमा, नेपाली कांग्रेस र एमाले मध्ये एउटाले केही झिनो अन्तरले सर्वाधिक बहुमत लेराउला भन्ने लाग्छ मलाई । बहुमत जसले लेराए पनि, सत्तामा वर्चस्व यो वा त्यो रुपमा नेपाली कांग्रेसकै रहनेछ । त्यो अरु कारणले भन्दा पनि एमालेले वा वाम सामुहिक मोर्चाले आजसम्मका हकमा राज्यलाई नेतृत्व दिन आत्मविश्वास नभएकोले वा हिच्किचाईरहेकोले हो । नेतृत्वको चिठ्ठा पर्‍यो भने लिने नत्र भने ज्यानै दिएर नलाग्ने मनस्थिति वा परिस्थितिमा छन् सम्पूर्ण वामपन्थीहरु । माओवादी पनि नेतृत्वमा कांग्रेसलाई नै राखेर राज्य-रुपान्तरण चाही आफुले भने जस्तो गराउँदै लैजाने रणनैतिक वाध्यात्मकता र मनस्थितिमा छ ।

 

सारमा भन्नुपर्दा, अन्य द्वन्दग्रस्त मुलुकका तुलनामा हामी एउटा गौरवै गर्नुपर्ने र पूर्ण आशावादी हुनुपर्ने सौभाग्यपूर्ण सकारात्मक सन्तुलनको अवस्थामा छौं । र यो चुनावमा कुनै नाटकिय परिणाम आएन भने त्यो सन्तुलन र त्यसै अनुसारको अग्रगमन जारी रहनेछ ।

 

नाटकिय परिणाम आएछ नै भने पनि केही समयको आश्चर्य-शोषण अवधी सकिएपछि दलहरु, जनता र मुलुक सामान्यिकरण र अनुकुलीकरणतर्फ अगाडि बढ्नेछन् । गणतन्त्रको संस्थाकरण हुदै जाने हो अब । सबभन्दा ठूलो बहस र विवाद चाही संघात्मक स्वरुपमा हुनेछ । मेरो विचारमा, अहिले प्रादेशिक संघात्मकतामा जुन दबाब छ, त्यो विस्तारै कम हुँदै जानेछ र त्यसको ठाउँमा स्थानिय स्वशासनमा बढी जोड दिने खुकुलो वा आलंकारिक प्रादेशिक संघात्मकताले बहसको ठाउँ लिनेछ । माओवादीले पनि उसको घोषणापत्रमा घुमाउरो पाराले यही कुराको वलालत गर्न शुरु गरेको छ । जातिय र क्षेत्रिय गणराज्य र आत्मनिर्णयको शब्दावली त्यागै त गरिसकेको छैन, तर त्यसलाई स्थानिय स्वशासन र राष्ट्रिय अखण्डतामा जोड दिएर धूमिल (ambiguous) बनाउन शुरु गरेको छ । यस्तो लाग्छ, माओवादी अहिलेसम्म सिकाउने भूमिकामा थियो भने अब सिक्ने ठाउँमा आईपुगेको छ ।

 

समष्टिमा, चुनाव, शान्ति प्रक्रिया र राज्यपुनर्संरचनाका बहस, सबै कुरा सकारात्मक र गतिमान देख्छु म ।

 

मैले यो चुनावमा नाटकिय परिणाम आउने आशा गरेको छुईन । पुरानै शक्ति सन्तुलनमा सामान्य जोडघटाउ हुने आशा गरेको छु । पुराना तीन आमनिर्वाचनको परिणाम र प्रवृत्ति पूर्वानुमानको लागि धेरै सहयोगी हुनेछ ।

 

 

Results of previous general elections:

 

 

No. of seats won:

 

 

1991

1994

1999

NC

110

83

113

UML

69

88

69

RPP

4

20

12

Janamorcha

9

0

6

Sadbhavana

6

3

5

Bijukchhe

2

4

1

 

 

 

Percentage of votes secured:

 

 

1991

1994

1999

NC

37.75

33.38

36.14

UML

27.98

30.85

30.74

RPP

11.94

17.93

10.14

Janamorcha

4.83

1.32

1.37

Sadbhavana

4.10

3.49

3.13

Bijukchhe

1.25

0.98

0.55

 

 

Nepe


 
Posted on 04-05-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chana Tarkari,

Aru le j bhane pani bhanna dinus...bhukne kukur laai kasle po k bhanne bhuki raakhna dinus...but your analysis should be around 95% correct. Except for Kathmandu 3 and 6, I think you are correct. Its again my personal...I think UML will win in both the constituencies...Its just my guess...Ani NEPE jee, I really appreciate your evaluation and thinking....Whatever you mentioned should also be correct.....Thoug tired with old politicians....I still think Congress and UML are two biggest parties and will remain the same even after this election....its my guess....Let people decide their candidate and their party freely (without any fear and intimidation).....This is the only thing I want...Oh yeah, If I were given chance, I would have voted Congress in Samanupatik and UML candidate in my constituency.....he is good leader.....


 
Posted on 04-05-08 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pyari-kt-jyu,

 

सबभन्दा पहिले त तपाईको यति शिष्ट र सन्तुलित उदगार पढ्न पाउँदा खुशी लाग्यो । म अचेल सबै थ्रेडहरु चाहार्न त भ्याउँदिन, तर एकाध ठाममा देखेको तपाईको उदगारले अर्कै impression परेको थियो । त्यसको लागि क्षमा चाहन्छु ।

 

थोत्रा नेताहरुबाट आजित भएको भन्ने जुन भावना व्यक्त गर्नुभयो मेरो पनि भावना त्यही हो । वास्तवमा यस्तो भावना नभएको मान्छे मैले कोही पनि भेटेको छैन आजसम्म । र यसबाट मलाई खुशी र उत्साह आउँछ । किनभने यो असन्तुष्टिमा खासमा हाम्रो अधिक राम्रो कुराको खोजी र चाहना लुकेको छ । यो अत्यन्त सकारात्मक, आवश्यक र उपयोगी कुरा हो ।

 

त्यो बाहेक थुप्रै शिर्ष नेताहरुको व्यक्तिगत योग्यता (बौद्धिक, नैतिक र आचरणगत) खत्तम छ । यिनीहरुबाट मुक्ति पाउन र त्यस ठाउँमा योग्य नेताहरु देख्न चाहनु एकदमै स्वाभाविक र उचित कुरा हो । यसमा पनि कुनै विवाद रहेन ।

 

मेरो विवाद के कुरामा छ भने, थुप्रै (अझ सबै नै भने पनि मेरो विमति हुने छैन) नेताहरु व्यक्तिगत रुपमा (individually) नालायक र खत्तम भए पनि सामुहिक रुपमा (collectively) विश्वभरका कुनैपनि द्वन्दग्रस्त मुलुकको भन्दा कता हो कता धेरै बुद्धि, नेतृत्व-क्षमता र भिजन भएका छन् ।

 

अन्य मुलुकमा भएको र हाम्रो मुलुकमा भएको हिंसा, विध्वंस र परिवर्तनलाई दाँज्ने हो भने हाम्रो सामुहिक राजनैतिक नेतृत्वलाई सलाम गर्नुपर्छ, तिरस्कार होईन ।

 

त्यसैले नेपालको राजनीतिको नैतिक यथार्थलाई यसरी राखेको हुँ:

 

Nepali politicians: individually incompetent, collectively competent.

 

अब के कुरा व्याख्या गरिरहन परोईन भने नेपाली राजनीतिलाई सामुहिक रुपमै खत्तम भनेर साझामा रातोदिन मुख छाडी छाडी सरापेर बस्ने नेपाली युवाहरु स्वयं आफै खत्तम हुन्, अल्पसूचित हुन्, अल्परचनात्मक हुन् ।

 

डर छ, मेरो यो निर्क्योल नै कतै खत्तम त छैन ?

 

Nepe

 

  


 
Posted on 04-05-08 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाजि,

Nepali politicians: individually incompetent, collectively competent.

यो कसरी हुन सक्छ र ? मेरो बिचारमा individually incompetent कै नतीजा स्वरुप देश भताभुङ्ग बनेको हो । , यदि द्वन्द निवारणको निमित्त गरेको हालसालै भएगरेका प्रयासहरुतिर इंगित गरेर collectively competent भन्न खोज्नु भएको हो भने पनि त्यहाँनिर "परिस्थीतिले ठेलेर बाध्यताबश सहि ठाउँमा पुगेको" भन्दा अर्थोक हैन जस्तो लाग्छ ।


 
Posted on 04-06-08 1:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe jee,

Baastav maa tapaaile bhaneko kura feri pani saarai nai chitta bujhyo....ani mero baarema dristikond bhannu bhayo..tyo ta aba jasto maanchhe chha ma tyastai pesh huna chaahanchhu....


 
Posted on 04-06-08 5:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

collectively competent may be true if you consider:
1.out of 22 department 28 secretary were elected
2. distributed 10 lakhs among all unelected lawmakers themselves
3.Neharuism with Sujata's ministership
4. 22 lakhs citizenship distributed in terai with approval from claimed nationalist party like Maobadi
5. first time in history we saw ethnic cleansing in kapilvastu and elsewhere
6. open meeting about Madeshi conflict in Indian Embassy and Netas defending it.
7. Indian ex general directly threatened  to present with army in Nepal and no objection at all from these Netas.
8. Each ministry corrresonding to parties is filled with their relative, cadres and chamchas
9. ishwor Ballav died without proper treatment. Pragya prathisthan is all about congress, emale, maobadi not intellectuals.
10. around 500 people killed, but "janata ko choro" girija never spoke a word about condolences directing them.
 I'm tired.gotta go. you guys add hehe

 
Posted on 04-06-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mr. Truth-jyu,

 

तपाईले राजनैतिक अकर्महरुको लामो सूची प्रस्तुत गरेर मेरो दावी (समर्थ सामुहिक राजनीति) को पक्षमा बहस गर्न झण्डै धौधौ बनाईदिनुभयो !

 

तर पनि म अझै के भन्न चाहन्छु भने अन्य द्वन्दग्रस्त मुलुकमा भईरहेका द्बन्दनिवारण र राजनैतिक परिवर्तन भन्दा हाम्रो आफ्नो केसमा धेरै पक्ष उत्तम श्रेणीको छ ।

 

तपाईले जुन "परिस्थीतिले ठेलेर बाध्यताबश सहि ठाउँमा पुगेको" भन्नुभयो, त्यो सही हो । तरै पनि त्यो के अर्थमा समर्थतामै गनिनुपर्छ भने कतिपय मुलुकमा त्यहाँको राजनैतिक समुहलाई सही ठाउँमा पुर्‍याउन परिस्थितिले ठेल्दाठेल्दै पनि उनीहरु त्यसको विपरित दिशामा गएर देशलाई पुनर्द्वन्दमा फसाएका छन् । मेरो बहस यत्ति हो ।

 

अनि तपाईले गलत राजनैतिक कर्महरुको जुन सूची प्रस्तुत गर्नुभयो त्यसमा कुनै व्यक्तिविशेषको, कुनै दलविशेषको र कुनै चाही परोक्ष वा आंशिक मात्र दोष भएका छन् ।

 

जहासम्म केही सामुहिक राजनैतिक अकर्म छन्, तिनीहरुलाइ पनि जटील समयमा भएका त्रुटीहरुको रुपमा हेर्ने कि भन्ने मेरो आग्रह छ । जस्तै:

 

1. नागरिकता:

 

नागरिकता नीति अति उदार भएको पनि हो ( 1990 लाई cutoff year मानेको) । नागरिकता वितरण उदारतापूर्वक (साक्षी-प्रमाणमा खासै कडाई नगरेको र कतिपय केसमा भौतिक दबावमा परेको) गरेको पनि हो । तर मलाई यो खासै गम्भिर त्रुटी लाग्दैन । तपाई र मेरो अन्यत्र पनि कुराकानी भएकै हो, मैले सुनेसम्म 22 लाख नागरिकता तराईमा मात्र वितरण भएको होईन । तराईमा 10 लाख र पहाडमा 12 लाख वितरण भएको हो । यो तथ्यांक गलत नभएसम्म म यसलाई समस्याको रुपमा देख्दिन ।

 

2. सांसदलाई रु. 10 लाख

 

मैले बुझेसम्म कमसेकम निर्णय हुँदाखेरि यो सांसदले आफुखुशी खर्च गर्न पाउने नभई सांसदको क्षेत्रमा कुनै प्रकारको सर्वदलिय समितिको निर्णय अनुसार त्यहाको विकास-निर्माणमा खर्च गर्ने गरी भएको हो । यसको पालना नहुने वा दुरुपयोग हुनसक्ने सम्भावना त सर्वज्ञान नै हो । तर मौलिक रुपमै गलत निर्णय भने होईन यो ।

 

अहिलेलाई यत्ति ।  

 

Nepe


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters