world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९६ --

[Please view other pages to see the rest of the postings. Total posts: 716]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 244799 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 01-25-08 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९६  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 96 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 25-Jan-08 10:18 PM

 
Posted on 01-25-08 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hurrrrrrrrrrrrrrrrrrrrrrrrrrayyyyyyyyyyyyyyyy

Ma first

 
Posted on 01-25-08 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-25-08 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो फोटो कस्तो च्वाँक आको यार
 
Posted on 01-25-08 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-25-08 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अघी मैले लेखेओ कहा गयो?

:)


 
Posted on 01-25-08 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन एकै छिन अगाडि देखेको ऐले हुँदैन, दिम्सो नि के जाती कथा थ्यो रे तेस्को नि नामो निशान छैन, चित्रे नि सान झैँ गर्नि यार

बरु यो अगाडिका पाँचौटा नि मेटाइदेउ न अनि म फस हुन्छु।

ए कस्तो बिर्स्या, यो दाँत देखाम्न हुन्न, भउते भाँड फेरि सुक्या पाखुरा सुर्किँदै डाँडा तिराट कटुवाल करा झैँ कराउन थाल्च।

 


 
Posted on 01-25-08 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे पर्भू!!!!!!!!!!!!!
जिन्तखीमा कहिलेइ बोर्ड फस नहुने भइयो। कहिलेइ?????????????????

 
Posted on 01-25-08 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल रात्रीकालिन नमस्ते है सप्पैलाई !

चित्रेलाइ धेरै धेरै धन्यबाद, नयाँ चौतारी बनाएकोमा।

ओइ झिल्के ब्रो। हिजो त जिम्मालले निकै चाटे रे तिम्लाई भन्ने सुन्छु त। के हो कुरो ? लु मलाई भन त।

रिठ्ठेसान, सलामअलेकुम्। लहरे बौचा नमस्कार। भाभी-जी दर्शन अरेँ है।

हा हा अन्तरेदा' फेरि शुरुमै किन निहु खोज्न पर्ने होला नि।  नमस्ते है। कहिले काहीँ त यसो मीठो-मसिनो गफ गर्न पाए पनि हुनि हो के रे।

राहुलदा' तारेमाम्।

Last edited: 25-Jan-08 10:42 PM

 
Posted on 01-25-08 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सांच्चै नमस्ते भन्या हो त? मनबाटै भन्या हो त? लौ त हो भनि म नि नडराई दाँत देखाम्न परो अब। क्यार्नि बुडो भएसि तरुनाहेरुसँ डराम्नै पर्नि बाबै।
 
Posted on 01-25-08 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु न नि आइपुगें नया चौतारीमा।

सबैलाइ नमस्ते टक्राए है।

स्वस्थानी पारखीलाइ दौंतरीमा निम्ता छ के रे।


 
Posted on 01-26-08 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सनीबारको बिहानी जदौ सब्बै गाम्ले हरु लाई
ए गाम्ले हो कत्ती पस्सारिन सक्या हो, बेसी मा मेला जाने हैन ,सप्पै गाउँ उतै ओिहिरिरछन आज
म चै गये दात मल्न, एह बुढी गोल को टुक्रो लेउ त लेउ

 
Posted on 01-26-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सनिश्चरे जदौ
सबै को सन्चर्बार् सुखमय होस्

 
Posted on 01-26-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सनिश्चरे जदौ
सबै को सन्चर्बार् सुखमय होस्

 
Posted on 01-26-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मेरो पनि सबैलाई नमस्कार। हिजो बूङूर धेरै भएछ आझ बिहानपो थाहा भयो। केटाकेतिले अपर्त्मेन्त नै फोहोर गरेर हिंडेछन, बियरको बोटल नै बोटल छ भुइभरी अब दीप फ्रीज पनि रित्त्यएछन, एक्छिनमा ग्रोसरी जानु छ। आझ चै मासु हेर्न पनि मन छैन। चाइनिजकोमा गएर साग किनेर लेर आउछु। अनी ततो साग भात् खानु पर्छ पकार। लु हिजोकोले टाउको झर्लाझै भएको छ, यस्हो फ्रेश हुनु पर्‍यो अब। अल्का सेल्जेर खानु पर्‍यो।
 
Posted on 01-26-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सनिश्चरे जदौ
सबै को सन्चर्बार् सुखमय होस्

 

चौतारी स्वस्थानी व्रतकथा - १२
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

अगस्त्य उवाच
कुमारजी हिजो सुन्नमा पाइयो तपाईंको आफ्नै कथा
चाकरी गरी चाप्लुसी गरी फाल्देछन् त नि बिचरा।

कुमार उवाच
अगस्त्य तिमी पूराना कुराले नगराऊ टेन्सन
गणेशको नाम त, झन् मेरा अघि नगर मेन्सन॥
ती तिता कुरा, रिसका पुरा, सम्झनाबाटै हटाऊ
ल बरु आज, कुन कुरा सुन्न इच्छुक् छौ बताऊ।

अगस्त्य उवाच
बिहानैदेखि खुल्दुली लागेको छ एउटा बातको
कसरी लाग्यो महादेवलाई दशा यो साँढे सातको
आफ्नै बसाहा साँढेको गोबर कुरेर नब्बे मास
बस्नलाई किन परेछ प्रभो? कुरा पर्यो के खास?॥

कुमार उवाच
हे अगस्त्यमूनि! कुरा जो तिम्ले ल्यायौ ज्यादै असल
साँढे सातको प्रवचन सुन्न तयार भई बस ल
साँढे सात वर्ष गोबरमा लुक्ने कुरा हुन् ढाँटीको
म भन्छु अब, एकचित भएर सुन कथा खाँटीको॥

त्रिसुलको भाला सर्पको माला बाघको पर्यो छाला
दिनभरि भाँङ् धतुरो गाँजा साँझ परेपछि प्याला
यिनकै भरमा बस्दामा घरमा चिलाउन थालेछन् चर्म
एक दिन पट्यार लागेर मर्त्य झरेछन् बिहार गर्न ॥

नेपाल देशमा शिवको भेषमा नमीठो अनुभव थियो
त्यसैले भेष विष्णुको लिई गरेछन् कन्याको चियो
गौशाला चोकमा असाध्यै राम्री शोडषीलाई देखेछन्
मोहित भई, लठ्ठ परेर तिन्को बाटो छेकेछन् ॥

एक् अजंगको पहलमान आई उनको हात मर्कायो
नाकका पोरा ठुल्ठुला बनाई बेस्सरी थर्कायो
"हे साधु! को हौ? कहाँबाट आयौ? लाग्दछौ बिहारी
नचिन्ने केटी जिस्क्याउँछौ किन? यी हुन् मेरी पियारी"

एकान्त भए फुच्चे केटोलाई ठिक पार्ने अवस्य थिए
भेष खुल्ने डरले मधुर स्वरले त्यसलाई सम्झाउँदा भए
"हे भक्त! म हुँ, स्वर्गको विष्णु, आफ्नो मन्दिर खोज्दैछु
यी कन्यालाई, थाहा पो छ कि, रोकेर सोध्दैछु"

त्यो केटो पनि रहेछ जर्रो पत्याएन उनको कुरा
जेबमा हात हालेर तत्काल् देखायो ठुलो छुरा
शिवको त्यसले कपाल समाई दुई कदम अघि तान्यो
सबैको अघि झन् ठुलो स्वरमा शिवलाई यसो भन्यो

"पापिष्ट विष्णु, लाइदिम्ला सिस्नु, कचकच नगर
एक किक् मैले दिएमा पुग्लाऊ बागमती बगर
ब्रुस् ली सँ' सिधै, मार्सल आर्ट, छु मैले सिकेको
दूध खाने उमेर देखि नै मान्छे छु मैले पिटेको॥"

अनर्थ भयो के गरौं भनी शिवजी भाग्दा भए
रोकिराखेको साँढेमा चढ्न गौचरन लाग्दा भए
बागमती पुलमा मान्छेको हुलमा ढिलो भो भनेर
उफ्रिंदा कस्ले धकेलिदिएछ झरेछन् बगर

चिन्नु न जान्नु ढुंगाले हान्नु, बेकाममा अघि सरे
उठ्दा त हस्पिटल्, हड्डीका टुक्रा नि, हजार भएछन् हरे!
ती हड्डी गाँसी प्लास्टर लगाई रिह्याबिलेसन् गर्दैमा
नब्बे मास पुरा, लागेछ त नि, आज भोलि भन्दैमा

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे द्वादशोध्याय॥१२॥

उपनयतु मंगल -- ततो जयमुदिरयेत्।

शब्दार्थ:
उवाच - भन्नु (भन्हुन्छ)
टेन्सन - tension :D
मेन्सन - mention :D
मास - महिना (नब्बे मास - हिसाब गर्दा साँढे सात वर्ष)
खाँटी - सत्य
चर्म - छाला
बिहार गर्नु - घुमफिर गर्नु
मर्त्य - पृथ्वी (अर्थात् जन्मेपछि मर्नै पर्ने ठाउँ)
शोडषी - सोह्र वर्षकी केटी, अर्थात् जवान् केटी
नाकको पोरा ठुल्ठुला बनाउनु - रिसाएर नाकबाट ठुल्ठुलो सास फेर्नु


 
Posted on 01-26-08 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

लु न नि आइपुगें नया चौतारीमा।

सबैलाइ नमस्ते टक्राए है।


 
Posted on 01-26-08 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईईईईईईई!

गुड मार्निङ्!

आच्या! गुड आफ्टर्नुन् भइसकेछ!


 
Posted on 01-26-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शनिबारे जदौ।

लु म नि आइपुगें नया चौतारीमा। जम्मै गाम्लेलाई नमस्ते टक्राए है।


 
Posted on 01-26-08 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही छ गाम्ले हरु
लौ जदौ है


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters