Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 naalmaliu - Deep

[Please view other pages to see the rest of the postings. Total posts: 86]
PAGE:   1 2 3 4 5 NEXT PAGE
[VIEWED 36385 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 08-07-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो यो दीप भनेर नअलमलिउ न, तिमीले बालेर छोडेको एउटा दियो हुँ म ---

सम्झेर बिर्सेको तिमीले
एक सपना हुँ म
बिर्सेर सम्झेको तिमीले
एक जमाना हुँ म

मन्दीरमा बालेको तिमीले
एक धुप हुँ म
नेपथ्यमा सुनेको तिमीले
एक धुन् हुँ म

भावमा उठाएको तिमीले
एक लहर हुँ म
कल्पनामा रचेको तिमीले
एक रहर हुँ म
 
Posted on 08-07-06 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपजी, गजब छ!:)

पहिलो हरफले त कुनै सटिक गजलले जसरी हान्दो रहेछ...

सम्झेर बिर्सेको तिमीले
एक सपना हुँ म
बिर्सेर सम्झेको तिमीले
एक जमाना हुँ म

 
Posted on 08-07-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा ! कस्तो राम्रो हो ।
 
Posted on 08-07-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gajjab cha Deep. Could be an excellent ghazal like Birkhe said.


सम्झेर बिर्सेको तिमीले एक सपना हुँ म
बिर्सेर सम्झेको तिमीले एक जमाना हुँ म

WOW ! antimetabole
 
Posted on 08-07-06 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै राम्रो कविता दीपजी, साँच्चिकै मन्त्रमुग्ध पार्न सक्ने, छोटो-मिठो-गहिरो!
 
Posted on 08-07-06 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे दीपजीको पहिलो टुक्रा साह्रै मन परेर एउटा छ्यास्स शेर थप्न मन लाग्यो :)

सम्झेर बिर्सेको तिमीले एक सपना हुँ म
बिर्सेर सम्झेको तिमीले एक जमाना हुँ म

टिप्न किन खोज्यौ म मिल्किएको टुक्रालाई
काटेर फालेको तिमीले एक खतना हुँ म

 
Posted on 08-07-06 11:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपज्यु,
तपाइ को रचना मा
मह को मीठास् छ रे
कुसुम को मधूर शुभास् छ रे
अनि
प्रेमी लाई प्रीत् को आभाश छ रे।

कहिले नमेट्ने मृग्तृश्ना जस्तो
ज्योत्सना लाग्दै छ फिक्का येस्तो
प्रेरणा को रङ हेरन
दीप को अन्त्यहीन् रहर जस्तो
अवीरल अनि अबिस्मर्णिय कस्तो।
 
Posted on 08-08-06 1:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलिकति थपिदियुं न हामिपनि -

सम्झेर बिर्सेको तिमीले
एक सपना हुँ म
बिर्सेर सम्झेको तिमीले
एक जमाना हुँ म

अरु कसैको बाहुपाश मा पायौ भने आफूलाई,
फेरी बिर्स् मलाइ मह्ज एक दुर्घटना हुं म
 
Posted on 08-08-06 2:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया खोज्ने दौड छ दुनियामा
विष्थापित पुरानो गहना हुँ म।
 
Posted on 08-08-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थपिदीम त म पनि?


लुकाएर बिर्सेको तिमीले
एक प्रेम पत्र हुँ म
सम्झेर लुकाएको तिमीले
एक अचुक अस्त्र हुँ म

लेखेर मेटेको तिमीले
एक चाहना हुँ म
मेटेर लेखेको तिमीले
एक बहाना हुँ म

क्षितीजमा बोलाएको तिमीले
एक तुफान हुँ म
प्रतिबिम्बमा देखेको तिमीले
एक उफान हुँ म
 
Posted on 08-08-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho ek se ek gajal raichha yaha ta, sarai ramro chha ...
 
Posted on 08-08-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताली ताली ताली, यसको लागी,

को हो यो दीप भनेर नअलमलिउ न, तिमीले बालेर छोडेको एउटा दियो हुँ म।

सम्झेर बिर्सेको तिमीले
एक सपना हुँ म
बिर्सेर सम्झेको तिमीले
एक जमाना हुँ म

लुकाएर बिर्सेको तिमीले
एक प्रेम पत्र हुँ म
सम्झेर लुकाएको तिमीले
एक अचुक अस्त्र हुँ म

अलिकती थपथाप।

घुमाएर सोझ्याएको तिमीले
एउटा अविरल नदी हुँ म,
तिमीले जिउन चाहेको
एउटा सिंगो शदी हुँ म।

मण्डली हानेको तिमीले
काटिएको एउटा चंगा हुँ म,
डुबुल्की मारेको तिमीले
एउटा तेजधार गंगा हुँ म।
 
Posted on 08-08-06 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा John Galt यो लिने त सार्है मन् पर्यो ल --

अरु कसैको बाहुपाश मा पायौ भने आफूलाई,
फेरी बिर्स् मलाइ मह्ज एक दुर्घटना हुं म
 
Posted on 08-08-06 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाइन**
 
Posted on 08-08-06 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

paisa le paisa tancha bhanne ta suneko thiyen...yaha ta ek se ek gajal...:)...gajal le gajal po taniraheko cha ta! keep it up! aafulai ta gajal ko G pani aaundaina:(

nk
 
Posted on 08-08-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटो शेर त मुलाई नि थप्न मुन लाग्यो । :-)


मन्दीरमा बालेको तिमीले एक धुप हुँ म
मरेर हैन, मर्नै नसकि बाँचेको भुत हुँ म। :p :p


:-)
-भउते
 
Posted on 08-08-06 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न सब् एक् से एक् ,सबै कति राम्रो लेख्ने फेरि ।
बरु एउटा गजल् अन्ताक्षरि धागो सुरु गर्ने कि?
 
Posted on 08-08-06 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त मैले नि थपेँ!!

लेखेर च्यातेको तिमीले
पहिले प्रेमपत्र हुँ म!

घोकेर बिर्सेको तिमीले
गणितको सुत्र हुँ म!!

बिर्सेर टिकट घरमा तिमीले
स्टेशनमा परेको "अलपत्र" हुँ म!!

जेपिटी, :पि,:@ :डि
he he he!!
 
Posted on 08-08-06 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-08-06 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म पनि थपी हालु न


प्रेमी प्रेमिका को बिछोडा को आशु हु म
प्रेमिका को दोली उठेको देखि उथ्न नाशएकेको हासो हु म
 



PAGE:   1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters