fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ध्वाँसे

[Please view other pages to see the rest of the postings. Total posts: 38]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 34396 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 04-18-14 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     9       ?     Liked by
 

(ध्वाँसे,मलाई सवै भन्दा मन नपर्ने विध्यार्थि – रामप्रसाद काफ्ले(स्वास्थ्य तथा शारिरिक शिक्षक), सरस्वति माध्यामिक विध्यालय)

"ह्या सर छोड्दिनु न !" उसले आफ्नो हातले कैँची हटाउन खोज्दै अन्तिम चोटी प्रयास गर्यो। उसको कपाल,उसको लागि सवै भन्दा प्रिय थियो।मलाई भने सवैभन्दा रिस उठ्ने उसको कपाल!

सरकारी नै भए पनि हामी अनुशासन पालनमा निक्कै अव्वल थियौँ।मैले आफुमाथी गर्व गर्न त उचित हुन्न, तर यस स्कुलको अनुशासनलाई यत्तिको राख्नुमा मेरो ठूलो हात थियो।म हफ्ताको एक चोटी सवैको नंग,कपाल हेर्थेँ लाइनमाँ राखेर!कपाल लामो भएको मलाई मन पर्दैन थियो।कहिलाई अफिसमा अरु सरहरु मलाई जिस्क्याउँथे पनि मेरो कपाल खुइलिन थालेको भएर अरुको कपालमा म डाहा गर्थेँ भनेर ! तर कुरा त्यस्तो थिएन । मलाई त मात्र मेरो स्कुलका विध्यार्थी अनुशासनमा रहुन र सँधै अव्वल रहुन भन्ने ध्याउन्न थियो।
ध्वाँसे हाम्रो स्कुलको अटेँर विध्यार्थी मध्येको एक, आज उसको व्योहोरा ठिक पार्नलाई मैले हजाम लिएर आएँ आफ्नै पैसा तिरेर। पहिला त आफ्नो खैनी खाएको टाट्ने दाँत देखाउँदै हजामले भनेको थियो " सर विस रुपैयाँ त कम्तिमा लाग्छ !" मैले पनि आफ्नो मोलमोलाईको पावर देखाउँदै भने " अरु विध्यार्थीलाई पनि पर्यो भने तँलाई नै वोलाउँछु नी !" हजामले कान कन्याउँदै भन्यो "ध्वाँसेको कपाल त लामो छ हजुर ,मिलाएर काट्न त टाइम लाग्छ !" मलाई रिस उठ्यो " जस्तो काट्दे पनि हुन्छ, छोटो चाहिँ पार्दे न !" उसले पनि स्विकारोक्तिमा टाउको हल्लाएको थियो।

"आफूलाई सन्जय दत्त सम्झिन्छस् होला हैन?" मैले फेरि ध्वाँसेलाई गाली गरेँ।ध्वाँसेलाई देख्ने वित्तिकै रिस उठ्छ। सानो उमेरमै कत्ति फुर्ति देखाउनु पर्ने यसलाई।

"हैन सर राहुल रोय, आशिकीको हिरो के !" उसले आफ्नो फिल्मी ग्यान छाँट्यो। म भने आशिकी भनेको कुन फिलिम हो सोच्न थालेँ।अनि को हो यो राहुल रोय भनेको? अहिले सम्म त खासै नाम सुनेको हिरो त हैन। मैले सुनेको त सन्जय दत्त, अमिताभ वच्चन अझ पुरानोमा दिलिप कुमार ! को हो यो राहुल रोय भनेको?

"सर कति छोटो वनाइदिम ?" हजामको प्रश्नले मलाई ध्वाँसेमै दिमाग फर्कायो।
"अझै छोटो वनाइदे!"
"सर के आर्मीमा पठाउन आँट्नु भको मलाई ?" ध्वाँसेले रुन्चे स्वरमा मलाई हेर्दै भन्यो।मैले उसको लुगा हेरेँ। उ अझै घुँडा टेकी नै राखेको थियो।छेउ छाउका कक्षावाट केटाकेटीहरु उसलाई चियाउँदै थिए। ध्वाँसे वास्तवमा त्यो स्कुलको हिरो नै थियो। चिल्लो तेल दलेको कपाल ,पछाडीको गोजीमा काइँयो,शिवजीको फोटो भएको लकेट,अनि माथीको दुइवटा वटन खुलेको शर्ट!! अरु भन्दा भिन्न देखिन्थ्यो ध्वाँसे।

ध्वाँसे सँग हिँड्ने दुइ चार जना चम्चा थिए उसका । फुटानि चोकको चियापसल छेउमा वसेर क्यारेम खेल्दै गरेको देख्थेँ म! तर मलाई देखेपछि साहिँलीको त्यो चिया पसलमा लुक्थे।मलाई साहिँलीकोमा छिर्न अलि लाज लाग्थ्यो । साहिँलीको वोल्ने सोमत थिएन। एक दिन "दुध हालेको चिया खान्छु " मात्र भनेको थिएँ "भैँसी थाकेको तिन महिना भयो, म थाकेको तिन वर्ष , कहाँ वाट ल्याउँ दुध !" भनी । म अलमल्ल परेँ। लाजले रातो भएँ। उसको वुढो छेउमा हुन्जेल केहि वोल्दिन। वुढो यताउता हुने वित्तिकै उसले लोग्ने मान्छे देख्नै हुन्न। त्यसमाथी उसको वुढो मातेर टिल्ल भएर त्यहि फुटानि चोक छेउकै चौतारोमा सुतिरहन्छ। त्यसपछि त साहिँलीलाई के र , कहिलेकाहिँ त चिया पसल दिउँसे वन्द!! त्यसपछि साहिँलीको दोकानमा चिया खान जान डर लाग्न थाल्यो अनि छोड्देँ जानलाई। तर जुन दिन म केटाहरुलाई त्यहाँ देख्थेँ तिनीहरुलाई भोलिपल्ट केहि न केहि निहुँमा विहानको लाइन वाट वाहिर निकालेर छडी लाउँथे।

"चुपचाप वसिराख! फेरि कान काट्ला तेरो!"

उसले पुलुक्क म तिर हेर्यो।मलाई कुट्न हुने भए कुट्थ्यो ध्वाँसेले। कहिलेकाहिँ त डरै लाग्छ मोरो देखी । नौ क्लास पढ्ने भनेर के गर्नु। मोरोको पाखुरा अहिल्यै राँगा ढाल्ला जस्तो छ।

"अव काटी नै सकेपछि कान पनि किन वाँकी राख्ने र सर!" छेवैका केटाहरु गलल्ल हाँसे।

"तिमीहरु आ आफ्नो क्लास जाओ!" शायद ति केटाहरु ध्वाँसेको हारवाट सन्तुष्ट थिए। त्यहि भएर त हाँसी राखेका थिएँ। ध्वाँसेले रिसाएको नजरले उनीहरुलाई हेर्यो।ध्वाँसेको कपाल को कालो थुप्रो वन्दै थियो तलतिर भुईँमा। मलाई आफ्नो जित भुईँ भरि छरिए जस्तै लाग्यो। भित्र भित्रै गदगद भएँ।

"यो सफा गरेर आइज अफिसमा पैसा त्यहिँ दिउँला !" त्यति भनेर म त्यहाँ वाट हिँडे। उसका चम्चाहरु म हिँड्ना साथ भेला भए। उसको कपालको मलामी जानलाई भेला भए जस्तो....

ध्वाँसेको आवाज छ्यास्स कानमा छिर्यो " खुइलेले मेरो राम्रो कपाल देखि सहेन, हेर न आर्मी वनाइदियो मलाई !"



 
Posted on 04-18-14 11:11 AM     [Snapshot: 1]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dedicated to Sir Nayan Raj Pandey , and special thanks to his writing style of his novel
"लू"
 
Posted on 04-18-14 11:18 AM     [Snapshot: 5]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हैन सर राहुल रोय, आशिकीको हिरो के !"   --- बाsssss ! कत्ति पुरानो कुरो रैछ त .... अब त ति हराई सके ....

"अव काटी नै सकेपछि कान पनि किन वाँकी राख्ने र सर!" 

"खुइलेले मेरो राम्रो कपाल देखि सहेन, हेर न आर्मी वनाइदियो मलाई !"

- लोल फुच्चे साथि ... हँसायो .. अर्को भाग को प्रतीक्षा

- थाहा छैन 

 
Posted on 04-18-14 11:21 AM     [Snapshot: 8]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuche, little different than your normal writing style, but I like it. If you ask me though, I like your own style better. But as they say opinions are like an asshole, everyone has one. ;-)
If you have not read yet, read his another book called 'Ulaar', its short but equally good. :-)
 
Posted on 04-18-14 2:41 PM     [Snapshot: 126]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

like it.
malai man pareko character is sahili..lol..

"भैँसी थाकेको तिन महिना भयो, म थाकेको तिन वर्ष , कहाँ वाट ल्याउँ दुध !"
 
Posted on 04-20-14 2:37 AM     [Snapshot: 300]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

थाने- कथा पुरानै हो, प्रतिकृयाको लागि धन्यवाद, विस्तारै present मा ल्याउँछु है कथालाई ? ;)
juggy- for once I tried this, and I finished "उलार" just yesterday night , liked it :)
sojoketo- thanks , मलाई पनि मन परेको क्यारेक्टर "साहिँली" hahahhahaha...
अन्य पढिदिनुहुने, मन पराइदिनुहुने साथीहरुलाई धन्यवाद

ध्वाँसेले माया गर्न जान्यो तर देखाउन जानेन-शान्ती

तिन छोरा पछि म छोरी जन्मेँ। आमा वाउले छोरी खोजेका, छोरी जन्मेँ।दुवैजनालाई शान्ती भयो, अनि मेरो पनि नाम राखिदिए शान्ती। खासै ठूलो आम्दानी थिएन वाउ आमाको। खेत वारी थियो सँधैको कामले जेनेतेने खान पुग्थ्यो।खेतवारीमा गएर काम गर्न मलाई खासै राम्रो त लाग्दैन थ्यो तर पनि कहिलेकाहिँ काम गर्नु पर्थ्यो। तिनैजना दाजु मलाई माया गर्थे,त्यहि भएर धेरै जसो मेरो भागको काम पनि गरिदिन्थे। आमावुवालाई भने मेरो काम सघाएको पुल्पुल्याएको जस्तो लाग्थ्यो।दाजुहरुलाई गाली पनि गर्नु हुन्थ्यो "हैन यसलाई घर गरी खाने गरी त काम सिकाउनै पर्छ!"। म सोच्थेँ मलाई लिन त राजकुमार आउँछ घोडामा, मैले त केहि काम गर्नु पर्दैन, मेरो जीवन आलिशानको हुनेछ।निन्द्रामा पनि म फिलिमका हिरोहरु देख्थेँ ,फिलिम जस्तै नाच्थे उनीहरु मेरो सपनामा।त्यो दिन विहान उठेपछि मलाई झर्को लाग्थ्यो ,किन सपनाहरु टुट्छन्। किन विपना सपना जस्तो हुँदैन?


स्कुलका अरु केटीहरु भन्दा मेरा हात गोडा सलक्क परेका थिए। अनुहार पनि मिलेको छ भनेर डाह गर्थे साथीहरु। मलाई उनीहरुले डाह गरेको रमाइलो लाग्थ्यो।आफ्ना हात गोडा खेलाइ रहन्थे।अरु साथीहरुको खुट्टा फुटेको हुन्थ्यो। मेरो गोडामा म नरिवलको तेल लाउँथे खेत गएको दिन, त्यहि भएर मेरो खुट्टा फुट्दैन थियो। वुवाले आमालाई ल्याइदिएको नेल पोलिश म चोरी चोरी लगाउँथे।आमाले थाहा पाएपछि गाली गर्नुहुन्थ्यो" यति सानै उमेरमा कति नक्कल पारेकी, यो पक्कै पोइल जान्छे!"। मलाई रिस उठ्थ्यो तर म केहि वोल्दिनथेँ।आमा थाहा पाएपनि नेलपोलिश चोरेको वुवालाई भने सुनाउनुहुन्नथ्यो। मलाई त्यो आमाले मलाई माया गरेको हो जस्तो लाग्थ्यो।दंग पर्थेँ।


ध्वाँसे म भन्दा दुइ कक्षा माथी थियो। यसपालि नौ मा ध्वाँसे फेल भयो। म आठमा पुगेँ। आठ कक्षा नौको छेउमा थियो।उ आफ्नो क्लासमा छिर्ने वेलामा मलाई पुलुक पुलुक हेर्थ्यो।साथीहरुले जिस्क्याउँथे "तेरो फिलिमको हिरो उ त्यहि हो हेर, कपाल हेर त हिरो जस्तो छैन ?" म रिसाए जस्तो गर्थेँ, तर मनमनै रमाइलो लाग्थ्यो।
त्यो दिन ध्वाँसेले मलाई हेरेन। उसको कपाल काटिदिएको मैले देखेँ। मलाई त्यो खुइले राम सर सँग रिस उठेर आयो। त्यति राम्रो मान्छेलाई विरुप पारिदिए। मनमा लाग्यो "त्यो कपाल सवै जम्मा पारौँ ।अनि भेला पारेर जोडिदिउँ फेरि ध्वाँसेको टाउकोमा । तर वाहिर निस्किँदा हजामले सफा गरिसकेछ।त्यसपछि ध्वाँसे एक हफ्ता स्कुल आएन।

स्कुलको पछाडीपट्टि वयरको रुख थियो। मलाई वयर खुव मन पर्थ्यो।अमिलो वयर, सम्झिँदै मेरो मुख रसाउँथ्यो।म तलवाट ढुँगा हान्थेँ। धेरैजसो मेरो निशाना लाग्थ्यो। तर एउटा वयरको लागि त्यति ठूलो मेहेनत।मलाई कहिलेकाहिँ रिस उठ्थ्यो।एक दिन म त्यहाँ पुग्दा ध्वाँसे पनि त्यहि वयरको छेउमै थियो।

"वयर खान आकी ?" उसले मलाई हेर्दै सोध्यो।

"हैन सुन्तला, वयरको रुखमा फलेछकि भनेर हेर्न आको !" मैले ध्वाँसेलाई जिस्क्याएँ।म एक्लै थिएँ,स्कुल छुट्टि भई सकेको थियो।

"म त तँलाई वयर टिपिदिउँकी भनेर पर्खेको !" उसले आफ्नो कपाल कन्याउँदै भन्यो

"किन नी?"

"अव तारा झार्न सक्दिन,त्यहि वयर भए पनि टिप्नै पर्यो नि!"

मलाई हाँस उठेर आयो।मोरोलाई वोल्न पनि आउँदैन। त्यो दिन मैले थाहा पाएँ । म एक्लै थिइन ध्वाँसे तिर तानीएकी, ध्वाँसे पनि मेरो नजिक हुन चाहन्थ्यो।

"टिप्दे न त !"

उसले स्कुलको वेरावाट भाटा झिकेर लिएर आएको रहेछ।

"मार्लान तँलाई राम सरले !" मलाई डर लागेर आयो।

"त्यो खुइलेले जे विगार्नु थियो विगारी सक्यो !" ध्वाँसेको अनुहार अझ्झ कालो भयो। मलाई अचानक ध्वाँसेको माया लागेर आयो। हो उसको कपाल साँच्ची नै राम्रो थियो।

उसले भाटाले हिर्कायो। एक्कै चोटी वरर झरे वयर।टिपेर मलाई दियो। मैले फ्रकको खल्तिमा हालेँ दंग परेर।हाल्दै गर्दा उसले मेरो हात च्याप्प समात्यो।

"छोड !" मलाई अचानक डर लागेर आयो।
उसले छोड्दियो।
"कस्तो दुख्यो !" म रिसाए जस्तो गरेँ।

"तँलाई दुखाउन खोजेको हैन !"

"के गर्न खोजेको त ?"

"खै किन किन तेरो हात समातुम् समातुम् लाग्यो !"

मोरोलाई वहाना वनाउन पनि आउँदैन। आँट पनि छैन।

"अव देखि नगर है !"

उसले टाउको हल्लायो। मलाई अचम्म लागेर आयो। कस्तो जे मा टाउको हल्लाउँछ। मोरो, ध्वाँसेलाई माया गर्न आउँछ,देखाउन आउँदैन।


 
Posted on 04-22-14 11:25 AM     [Snapshot: 450]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok, now I see which direction you are going. Very interesting Fucheketo! I am looking forward to other viewpoints. Kudos to writers like you who decorate the Sajha. :-)
 
Posted on 04-22-14 11:49 AM     [Snapshot: 462]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा कता गैरहेको छ त थाहा छैन तर ध्वाँसेको मलाइ नि माया लगेर आयो ....

माया लागेर आयो मलाई त्यो मोरो ध्वाँसे को
बिचरो मुटु भित्र पुज्थ्यो तर अगाडी अवाक भो
शायेद प्रेम कहिले कहिँ अव्यक्त मिठो हुन्छ
केहि नभन्दा नि त्यो अबोध आँखाले मुटु छुन्छ
नहेर्दा पो उकुसमुकुस छटपटी हुँदो रहेछ
मुडुले मुटुले सुकुमारी मनमा राज्य पो गरेछ

लु अरु नि पढ्न पाम फुच्चे साथि .....

- थाहा छैन
 
Posted on 04-22-14 3:04 PM     [Snapshot: 528]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very nice Phucche... Waiting for more..
 
Posted on 04-23-14 11:02 AM     [Snapshot: 643]     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 

Juggy- Thank you, It is my first attempt to try something like this and I am glad you liked it.
थाने- ध्वाँसे साँच्चै नै मायालाग्दो छ है? ;)
yacc - thank you very much, and here goes the third part.
अन्य पढिदिनुहुने ,लाइक गरिदिनुहुने सवैलाऐ धन्यवाद

ध्वाँसे, मैले उसलाई केटावाट पुरुष वनाएँ- साहिँली मगर्नी

अठार वर्षको वैँश,मेरो कसिलो शरिर अनि लोग्नेमान्छेका आँखाहरु। टाँसिन्थे चुम्वक वनेर उनीहरुका आँखा! नजर पनि फरक फरक कसै कसैको हेराईले रिस उठ्थ्यो, कसै कसैकोले काउँकुति लाइदिन्थ्यो।

"हर्के , यहाँ सम्म देखिने वना है !" मैले मेरो छाति देखाउँदै लुगा सिलाउने हर्केलाई भनेकी थिएँ।

उसले पुलुक्क मलाई हेर्यो।

"अलि वढी हुन्छ ,दिलु वहिनी !" उसले डराउँदै मलाई जवाफ फर्कायो।

"वना,वना केहि वढी हुन्न !"

त्यसपछि उसले केहि वोलेन। त्यो टिपिक्क परेको चोलो मैले धेरै समय लगाएँ। म गाउँकै सवैभन्दा राम्री भनेर त भन्दिन। तर सवैका आँखा तान्ने खुवी भने ममा थियो।

************* ************** **************** **************** ************* ****
साहिँलो मगर ले जंगलका वुढा रुख काटेर छेवैको चउरमा थुपार्ने जिम्मा पाएको थियो। म घाँस काट्न जानेवेलामा साहिँलो मगरलाई हेरीरहन्थेँ । मोरोको पाखुरा कति दह्रा , उ रुखका टुनाहरु एक्लै वोक्थ्यो। साहिँलो मगरले वोके जत्ति त दश जनाले पनि वोक्न सक्दैनथे होला। कति दह्रो मान्छे!! एक दिन मैले सपना देखेँ ! सपनामा साहिँलो मगर मलाई वोकेर हिँड्दै थियो। त्यो रुखको टुनाको सट्टा! मलाई भने डर लागेको थियो उसले छेवैको चउरमा मलाई पनि ड्याम्म फ्यालिदिने हो कि भनेर । तर हैन उसले त मलाई वोकेर सिधै घर गयो। परालको छानो भएको घर । छेवैमा फूलवारी, दुइवटा वाख्रा , चार पाँचवटा कुखुरा । उसले मलाई अह्रायो "आज देखि यो कुखुरालाई तिमीले नै चारो दिनु!" मैले टाउको हल्लाएँ।

आमा रिसाउनु भयो हैन किन टाउकोले हिर्काउँछे मलाई भनेर ! सपनामैँ मैले आमाको चिउँडोमा टाउकोले ठोक्काइदिएछु। लाज लागेर आयो । केहि पनि भनिन साहिँलो मगरको वारेमा !

***************** ******************** ******************* **********************

"साहिँला दाजु, काठमात्रै वोक्न सक्छौ कि अरु चिज पनि वोक्न सक्छौ?" मैले घाँस लिएर आउँदा जिस्क्याएँ

"के वोक्दिनु पर्यो भन न !"

" यो घाँस वोकेर घर सम्म पुर्याइ देउ न !"

"घाँस त तैँ सहित वोक्ने भए मात्रै वोक्छु, नत्र भारी नै पुग्दैन मेरो !" साहिँलो पनि जिस्किने नै रहेछ। मैले सपना सम्झे ! मनमा काउँकुति भएजस्तो लाग्यो।

"छ्या कस्तो छिलिएको !" मेरो साथीले साहिँलो लाई गाली गरी । मलाई मन अमिलो भयो। गाली नगरेको भए नै हुन्थ्यो । भोलि देखि वा नजिस्काउने पो हो कि !

"तेरो साथीको रुपले पो त , जिस्किने वनाको !" साहिँलोले पसिना पुछ्यो। मन मा लाग्यो गएर उसको पसिना पुछ्दिउँ।एक अम्खोरा पानी पनि ल्याइदिउँ , मोरो तिर्खाको होला !

भोलिपल्ट देखि म घाँस काट्न एक्लै जान थालेँ। वाटोमा केहि वेर साहिँलो सँग गफ गर्ने समय पनि जुर्यो।

****************** ********************** ***************** *********************
"भाग्छेस् म सँग , तराई जानुपर्छ !" एक दिन साहिँलो मगरले अनायसै मलाई सोध्यो। म आकाशलाई हेरी रहेँ। के भन्ने जवाफ फुरेन।

"मलाई नपत्याकी ?"

"हैन त्यस्तो !"

"त्यसो भए हिँड न त म सँग , मलाई यो गाउँमा वस्दा वस्दा दिक्क लागि सक्यो !"

मैले नाइ भन्ने ठाउँ पाइन। एउटा मन्दिरमा उसले मलाई सिन्दुर पोते लाइदियो।

*********** ****************** ******************* *************** **************

विहेको शुरुको दुइ तिन महिना उसले मलाई खुव माया गर्यो। तर पछि मेरो ठाउँ रक्सिले लियो। उसले काम गर्न छोडेपछि मैलेँ चियापसल शुरु गरेँ। साहिँलो त्यहि चियापसल अगाडी सुति रहन्थ्यो। विहान विहान रक्सी खान जान्थ्यो। घाम लागुन्जेलसम्ममा उसले आफ्नो भाग खाइ सकेको हुन्थ्यो। त्यसपछि सुतिरहन्थ्यो। खाना पनि खाँदैन थियो। मलाई दिक्क लाग्थ्यो। उसले गरेको मायाको फल पनि भेट्टाएँ मैले । एउटी छोरी जन्मी! मेरो शरीर सँधै साहिँलोलाई खोजिरहन्थ्यो। उसको पसिनाको गन्ध अचम्मको थियो। उसलाई रक्सी लागे जस्तै मलाई उसको पसिना लाग्थ्यो। तर साहिँलोलाई त रक्सीले खाएको थीयो। साहिँलो पहिलेको साहीँलो रहेन। प्रत्येक रात मलाई खोइ के नपुगेको के नपुगेको जस्तो लाग्थ्यो।दिक्क लागेर आउँथ्यो। साहिँलोलाई मैले एक दिन लात्तले हानेर खाट वाट लडाइदिएँ। त्यो दिन देखी साहिँलो अर्को कोठामा सुत्न थाल्यो।

छेवैको स्कुलका केटाहरु मेरो चियापसलमा क्यारेम खेल्न आउँथे। मैले पाँच सय हालेर वोर्ड किनेकी थिएँ। एक चोटी खेलेको पाँच रुपैयाँ लिन्थेँ।त्यहि क्यारेममा पल्केको थियो ध्वाँसे।एक दिन ध्वाँसे सँग पैसा थिएन,क्यारेमको वाजी पनि हार्यो।कपाल कन्याउँदै नजिकै आएर भन्यो

" भाउजु आज पैसा छैन भोलि दिँदा हुन्छ ?"

मैले उसलाई नियालेर हेरे । छोह्र सत्रको ठीटो, गज्जपको , साहिँलोको जस्तै पाखुरा वडेमानका! सिलित्त पारेर कोरेको कपाल! कपालमा नरिवलको तेलको वासना !

"खेल्ने वेलामा खेल्छस्, अहिले पैसा छैन भन्छस् ?" म थोरै रिसाएँ

"भोली दि हाल्छु नी !"

"भोलि चाहिँ के वाउको खल्तिवाट चोरेर ल्याउँछस् ?"

"कत्ति किचकिच गरेको हौ , पाँच रुपैयाँ नै त हो नि !"

"कमाको छस् ,कहिल्यै पाँच रुपियाँ !"

"अव पाँच रुपैयाँकै लागि नोकर राख्छौ त भाउजु ?"

किन किन मलाई त्यो दिन पाँच रुपैयाँ छोडिदिउँ जस्तो लाग्यो।

"ल भैगो जा ! तर तेरो स्कुलको एक मुठ्ठी वयर खुवाउनु पर्छ सक्छस्" ध्वाँसेले खुशी भएर टाउको हल्लायो। आखिर उसले चोरेर ल्याउने न हो त्यो। मैले साँच्चै नै त्यो दिन पाँच रुपैयाँ छोड्दे। त्यो दिन राती धेरै वेर सोचेँ यस्तो तालले मेरो व्यापार चल्दैन।

भोलिपल्ट वेलुका वेलुका उ वयर लिएर आयो।

"भाउजु वयर लिएर आको छु !" उ वाहिर वाटै करायो। त्यो दिन दोकानमा मान्छे थिएनन्।साहिँलो कोठामा सुतिराखेको थियो।

"तँ त वचनको पक्का रैछस्, भित्रै आइज !"

मेरो कोठामा नरिवल तेलको वासना चारै तिर छरियो। म तरकारी काट्दै थिएँ।

"काँ राख्दिम ?" उसले वाहिर जान हतार गर्यो।

"किन शान्तीलाई भेट्न हतार भो ?" मैले उसलाई जिस्क्याएँ । क्यारेम खेल्दा केटाहरुले जिस्क्याएको मैले पनि सुनेको थिएँ।

"कसले भन्यो ?" उ रातो भयो।

"थाहा पाइ हाल्छु नि ! सवै गाउँलाई नै थाहा छ" मैले उसलाई अझ रातो वनाउने विचार गरेँ।

"भाउजु कसैलाई नभन्नु ल !" उसले मेरो हात समात्यो, डरले । म खित्का छोडेर हाँसे।
"किन हाँसेको ?" उ रिसायो।
"मोरो लाछि ! थाहा पाए के हुन्छ त ?"
उसले घोसे मुन्टो पार्यो । छेवैको कोठावाट साहिँलो घुरेको आवाज आउँदै थियो।उसले पुलुक्क हेर्यो, पछाडी फर्केर !
"ढुंग्री खान्छस्? तेलमा फुराइदिन्छु !" मेरो दोकानको ढुंग्री खान स्कुलका धेरै केटाकेटीहरु आउँथे।

उसले हुन्छ भनेर टाउको हल्लायो।

"मलाई उचाल्नुपर्छ, उ त्यो माथीको खोपामा छ !सक्छस् ?" मैले उसको मन वुझ्ने प्रयास गरेँ। उ एकछिन अलमलियो।

"लाछि !" मैले उसलाई जिस्क्याएँ।

"सक्छु !" उसले अनायसै जवाफ फर्कायो।

उसले मलाई जुरुक्कै वोक्यो। म फेरि पुरानो सपनामैँ फर्किएँ। सपनामा साहिँलोले मलाई वोकेको थियो। घर थिए,फूलवारी थियो।

मैले वट्टा झिकेँ। उसले मलाई सुस्तरी उतार्यो। उसको हात हल्का मेरो छातिमा ठोक्कियो। उ हच्कियो।

"तैले छोएको मन नपराउने त कोहि हुन्नन् वुझिस् !" मैले उसको हात फेरि मेरै छातिमा लगेँ।मेरो धड्कन उसको हातले थाहा पाएको हुनुपर्छ। उसले हात विस्तारै भित्र घुसार्यो। म जुरुक्क उठेँ, उ डरायो।

मैले चुलो वाट दाउरा वाहिर झिकेँ।

"भित्र आइज !" म अर्को कोठामा छिरेर उसलाई वोलाएँ। उ खुरुखुरु भित्र आयो। पहेँलो टुकीको प्रकाशमा उसले स्कुलकै शर्ट लगाएको मैले याद गरेँ।एक छिन उसको शर्टका टाँकहरु सँग खेलिरहेँ।उसले पनि आफ्नो हात सलवलाउने ठाउँ पाएकै थियो।धेरै पछि मेरो जिउ रापिएको थियो ।मैले खेलिरहन सकिन, उसका शर्टका टाँक च्यातदिउँ जस्तो लाग्यो। तर स्कुलको शर्ट , जतनले टाँकहरु खोलेँ।

"भोलि स्कुल जान चाहिन्छ !" उसले शर्ट भुईँमा फाल्न पनि दिएन।आँफै छेउको डोरीमा झुन्ड्यायो। मैले टुकी निभाइदिएँ। साहिँलो छेउको कोठामा सुतिरहेको छ, उसको निन्द्रा पुग्नुपर्छ।

जानेवेलामा मैले ध्वाँसेलाई जिस्क्याएँ " भोली पनि वयर लिएर आइज है !" उ खिस्स हाँस्यो।

 
Posted on 04-23-14 5:09 PM     [Snapshot: 707]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

एक स्वाशमा पढेर सकियो यो पनि.
अर्को भाग कुर्दै /
 
Posted on 04-24-14 12:02 AM     [Snapshot: 779]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाले मेरो बीतेको घटना लाई छर्लङ आँखा सामु ल्याइदीयो। एकछेण को लागि येस्तो लाग्यो म नै ध्वासे हुँ र बानेश्वोर को चिया पसले साउनी चै साहीली। lol.
erotic story.
nice one. like it.

 
Posted on 04-24-14 6:45 AM     [Snapshot: 829]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल कथा आएर ३ भाग भैसकेछ मैले बल्ल पढ्दै छु…
अलिक फरक स्वाद फुच्चे ब्रो को कलमबाट
तर सदा झैं उत्कृस्ट ..

 
Posted on 04-24-14 8:18 AM     [Snapshot: 858]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर झन् सोझो लजालु ठिटो भनेको त साहिँलीको गएर नानाभांती पो गरेर हिंदेछ... त्यो नि मधुर मुस्कानका साथ्

मायाको प्यास शान्तिबाट पुरा गर्ने , शरीरको साहिँलीबाट .... 'स' अक्षर फापेकै हो त ध्वाँसे लाइ ....

फुच्चे , लेखन शैली परिवर्तन भए नि रस एक रत्ति कहीं खेर गा'छैन ... एक दम रसिलो कथा ....

अर्को भागको व्यग्रताका साथ् कुराई

- थाहा छैन
 
Posted on 04-24-14 12:33 PM     [Snapshot: 885]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो पहिलो भागमै लागेको यो फुच्चेको नौलो शैली कसरि अघि बढ्ने होला भनेर !! यस्पटक म पात्रहरु जिवन-दर्शन नछाटि बास्तबिक पात्र टपक्क टिपे झैँ लाग्छन् ( तर फुच्चेका म पात्रका गहन बिचार, दर्शन , शिद्धान्त र आदर्शले बिछट्ट मोहित गर्छन )

कथा बुनेको पनि कति साह्रो कलात्मक हो ? कथा सलल बगेको छ तर फरक फरक पात्रको दृस्टीबाट

ल अरु भाग पनि चाडै पढ्न पाइयोस प्रभो !!

 
Posted on 04-26-14 11:35 AM     [Snapshot: 1077]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

kalikopoi- thank you, here comes my next part.
sojoketo-नाम चाहिँ सोझो,अनि साहिँलीको पछि लागि राख्ने ?;)
Akinchan- thank you
Thaney- मोरो ध्वाँसेलाई क देखी ग्य सम्मका सवै अक्षर फाप्ने हुन, हुन चाहिँ ;)
Bhaktedai- धन्यवाद प्रभो, लेखिदिएँ मैले अर्को भाग पनि !!!
अन्य पढ्नुहुने , लाइक गर्नुहुने सवैलाई धन्यवाद...


ध्वाँसे डराएको दिन- शान्ती


चियावारी सिजनमा हरियो हुन्थ्यो।मैले घाँस काट्ने ठाउँ, रमाइलो देखिन थालेको थियो।जीवन पनि त त्यहि मौसम जस्तै नै भएको थियो ध्वाँसेको आगमनले हरियो, आँखामा अटाउन्जेल अटाउँ लाग्ने!पर ध्वाँसे देखेपछि म घाँस काट्न हिँडेका साथीहरुवाट थोरै छुट्टिन्थे। उनीहरु मलाई जिस्क्याउँथे "उ आयो तेरो भमरा" भनेर ! म लाजले राती हुन्थे । उनीहरु मलाई पर्खिरहन्थे घर जाने वेला सम्म! घरमा शंका नहुनु पनि त जरुरी थियो। ध्वाँसे विस्तारै विस्तारै गफ गर्न जान्ने भएको थियो।कहिले मेरो कपालको तारिफ गरेर समय विताइदिन्थ्यो, कहिले मेरो वुद्दिको ! उ आफुलाई वुद्दु तर भाग्यमानी ठान्थ्यो। वुद्दु यो मानेमा कि उसले अस्ति भख्खर नौ फेल गरेको थियो र भाग्यमानी यो मानेमा की उ सँग म थिएँ। उ मेरो कपाल सुम्सुम्याइरहन्थ्यो । मलाई उसको छातिमा ढल्किन खुवै रमाइलो लाग्थ्यो।कत्ति चाँडो समय वित्थ्यो थाहै हुँदैन थियो। फर्किँदा साथीहरुको गाली खाइन्थ्यो ।

" कत्ति ढिलो गरेकी, आज त भागिस् कि भनेर डर लागेको !"

म सुस्तरी जवाफ फर्काउँथे " ध्वाँसेले मलाई भगाउँदैन अरे, मलाई विहे गरेर लैजान्छ अरे !" कति विश्वास मलाई उसको मायामा ! जव मायामा विश्वास हुन्छ, मायामा शक्ति पनि हुन्छ।

****************** **************** ****************** ********************* ****
"आज एक्लै आइज न , कत्ति साथी हरु सँग आउँछेस् ?" ध्वाँसेले अनायसै विहान स्कुलमा मलाई भन्यो। म चार वजे पछि खाजा खाएर घाँस काट्न जान्थेँ साथीहरु सँग । मलाई उसको प्रस्तावले अनायसै काउँकुति लगायो।

"मन्दिरको पछाडी आउँछस् त ?" मैले प्रश्न राखेँ। उसले खुशी हुँदै टाउको हल्लायो। कत्ति चाँडो हल्लेको मोरोको टाउको!

त्यो दिन ध्वाँसे नयाँ शर्ट लाएर आयो।पेन्ट पनि जिनिसको । अनि वासना आउने भएर आयो !

"कहाँ वाट ल्याइस वासना ?" मैले उसलाई जिस्क्याएँ।

"हामी पनि हिरो पो त !" उसले आफ्नो कलर उठाउँदै जवाफ फर्कायो।

साँझको बेलामा त्यो मन्दिर छेउको खोलामा घामको किरण टल्किन्छ । पश्चिममा डुविरहेको घामले खोला सँग विदा माग्ने वेलामा अँगालो मारे जस्तो लाग्छ।

ध्वाँसे मेरो कपाल सुम्सुम्याइ रह्यो। चुपचाप, मौन ! कहिँलेकाहिँ मुटुको ढुकढुकी सुन्न दुवै जना मौन हुनुपर्छ। दुवै चुप वसे मुटुले वोलेको सुनिन्छ। उसको हात मेरो कपाल हुँदै काँधमा झरे, म केहि वोलिन तर मेरो मुटु भने जोडले धड्कियो। तर काँध वाट अझ तल झरे पछि भने म हिच्किचाएँ, मलाई अनौठो रमाइलो लाग्दा लाग्दै हिच्किचाएँ, अनायसै कराएँ ।
"के गरेको ?"

"तँलाई ममा विश्वास छैन ?" उसले कामेको स्वरले सोध्यो।

"छ न त छ तर !" मैले सुस्तरी जवाफ फर्काएँ।

"तर के ?"

"हामी सानै छौँ ध्वाँसे !" मैले उसलाई सम्झाउने प्रयास गरेँ । तर मलाई स्वयं आफुले सम्झाएका शव्दहरुमा विश्वास थिएन।

"तँलाई सँधै आफु सानी छु जस्तो लाग्छ!"

ध्वाँसे रिसाएर उठ्यो। मलाई के गर्ने के गर्ने पत्तो भएन। उ गएको म चुपचाप हेरिरहेँ।
******************** ****************** *************** **************** ********
त्यसको दुई तिन दिन ध्वाँसे म सँग स्कुलमा पनि वोलेन।म उसलाई हेर्थेँ, उ आँखा लुकाउँथ्यो। हाम्रो कक्षा छेवैवाट हिँड्दा उ अर्कै तिर फर्केर हिँड्थ्यो।मलाई आफु गलत छु जस्तो लाग्यो, उसको नजिकै गएर सुस्तरी सोधेँ।

"रिसाको छस् ?"

उसले टाउको हल्लायो उ रिसाएको छैन भन्ने जनाउन।

"भरे मन्दिरको पछाडी आइज है !" मैले उसको ताप सहन सकिन। म पग्लिएँ।
************* ***************** ***************** **************** **************
म कुरेर वसेकी थिएँ । ध्वाँसे अलि ढिलो पुग्यो।ध्वाँसे पुग्ने वित्तिकै मेरो मुटुको धड्कन वढ्यो । जीवनमा पहिलो पल्ट थियो मेरो लागि! हुन त म भख्खर चौध नै त पुग्दैछु।फेरि केहि भइ हाल्यो भने , तर ध्वाँसेले विहे गर्छु भनेको छ।मेरो मनमा रोमान्च सँगै यी प्रश्नहरु पनि खेलि रहे। ध्वाँसे नजिकै आयो। तर उ मलिन थियो। उ चुपचाप सिँढीमा वस्यो।मैले ध्वाँसेलाई यति चुपचाप कहिल्यै देखेको थिइन।

"म राम्री देखिएकी छैन र त्यति टाढा वसेको तँ ?" म थोरै लाडिएँ।उ नजिकै आयो। मेरो कपाल सुम्सुम्यायो। म उसको छातिमा ढेसिएँ। उसको शर्टको माथील्लो वटन खुलेकै थियो।मैले उसको छातिमा हात लगेँ। उसले हात हटायो।

"के भयो तँलाई ?" मैले टाउको उठाएर सोधेँ।

"हिजो हाम्रो घरमा चन्दा माग्न आका थिए,चन्दा नभए घरको एक जना मान्छे चाहिन्छ भन्थे !"

उसले मलिन भएर भन्यो।

"कति मागे ?" मेरो रोमान्च अचानक डरमा परिणत भयो।

"वा कतार गएर कमाकोले पचास हजार रे !"

"अनि छ त तेरो वा सँग पचास हजार ?"

उसले ओठ लेप्र्याएर टाउको हल्लायो।मैले देखेको मेरो स्कुलको हिरो,सवै केटाहरु सँग झगडा गर्न सक्ने, आँपको गाछिमा टुप्पोमा चढेर भए पनि मेरो लागि अमिलो आँप झार्न नडराउने पहिलो चोटी डराएको थियो। कहिलेकाहिँ हिरोलाई पनि डर लाग्छ, पसिना आउँछ।

 
Posted on 04-26-14 11:55 AM     [Snapshot: 1089]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sojoketo-नाम चाहिँ सोझो,अनि साहिँलीको पछि लागि राख्ने ?;)
fuccheketo- नाम चाहिँ फुचे केटो कथा चै पुरै प्रेम अनी कामबाश्णा ले भरिपूर्ण! :)

katha le kun mod lirako hunca anuman garna nai sakinna tara kati saral ani utam hunca.
wonderful. mind blowing.
super like.

 
Posted on 04-27-14 4:56 AM     [Snapshot: 1178]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँची भन्नु पर्दा पहिलो भाग पढ्दा यो नया शैली मन परेको थिएन.. फुच्चेको पुरानै style का कथा हरु मिस भए... तर पढ्दै जादा यो शैली पनि मन पर्दै जान थाल्यो ... धन्यवाद नया स्वाद दिएकोमा ... तर कुनै दिन "एक रात दुइ कथा" जस्तो कथा फेरी एउटा लेख्नु है...
मज्जा आउदैछ यो कथा पढ्न पनि ... as usual fuchcheko lekhai nai mitho ...
 
Posted on 04-28-14 8:09 AM     [Snapshot: 1303]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तिम वाक्यले तेही अमिलो आँप जस्तै भो मन ..... कता कता कुंडिएको जस्तो.....

कथा सललल बगेको देखेर लोभै लाग्छ.... नयाँ ढंगको कथा लेखन झन् राम्रो लाग्दै छ मलाई चाहिं .... अर्को भागको फेरी पनि ब्यग्रताका साथ् पर्खाई मा

- थाहा छैन
 
Posted on 04-30-14 10:52 AM     [Snapshot: 1388]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

sojoketo, akinchan and thaney- thanks a lot, I ll ttry to meet up ur expectations from this new style.
अरु पढ्नुहुने लाइक गरिदिनुहुनेहरुलाई धन्यवाद

ध्वाँसे हरायो- साहिँलि मगर्नी

रंगकाठको रुखमा दुई जोडी ढुकुर वसेँ। म तिनलाई हेरिरहेँ।दुई घण्टासम्म हेरीरहेँ।आज के भयो तिनीहरुलाई? उडेनन्।रंगकाठको रुखमा के नै भेट्टाउलान र ? ठाडो रुख ,कडा अनि छहारी कम। किन किन मलाई रंगकाठको रुख देख्यो कि ध्वाँसेको सम्झना आउँछ। उ सँग उद्दन्डता छ, मलाई वगाउने छाल छ।डुवाउने गहिराई छ। कडा छ, ठाडो छ तर किन हो किन छहारी कम छ। अव त अभ्यस्त पनि भइसकेकी छु।ध्वाँसे प्रत्येक साँझ आउँछ।साहिँलो निदाएकै हुन्छ पल्लो कोठामा ,उ भने एक छिनको वसाईमा मलाई रातभरका सपना छोडेर जान्छ। म ध्वाँसेकै सुगन्ध काखि च्यापेर निदाउँछु।

तिन दिन अघी हुनुपर्छ, उ आएर मेरो छेउमा वस्यो अनि भन्यो,
"भाउजु थोरै लगाएँ भने केहि भन्दिनौ हैन ?" साहिँलोको गन्हाएको सासले दिक्क भएकी मलाई उसको अनुरोधले कन्पारो ततायो।

"पर्दैन लगाउन ! नभए जा लगा अनि घर जा !" म रिसाइदिएँ।

"भइगो त , मन पर्दैन भन न , म वुझ्छु ! हुन त तिमीमा पनि त नशा छ !" उ लाडियो।

"मोरो गफ गर्न सिक्दैछस् ! तेरै शान्तीलाई भन् त्यसो चाहिँ !"

उ लजायो अनायसै, अनि निराश पनि भयो सँगसँगै !

"मोरी.....मान्दै मान्दिन !"

मलाई हाँसो उठ्यो। उसले वुझेको छैन स्त्रीलाई। को चाहिँ पो नमान्ने होला र उ सँग। शान्ती त मात्र माया जाँच्दै छे उसको ।उ त प्रत्येक परिक्षामा नजानी नजानी पास हुँदैछ। मोरो ध्वाँसे को गाँठिएको शरिर शान्तीको कलिलो उमेर, सपनाभरी नै ध्वाँसेलाई देख्दी हो।

"घुर्की लगा न एक चोटी, नवोल्दे त !"

"त्यसो गर्यो भने मान्छे त ?"

"मेरो ग्यारेन्टी भो तँलाई !"

"वावावावा.... भाउजुलाई अंग्रेजी पनि आउँदो रैछ !" उ जिस्कियो।

"नहाँस मोरा , अहिले साहिँलो उठेर मार्ला तँलाई !"

"दाजुको त केहि पनि उठ्दैन अव !" उ खितित्त हाँस्यो फेरि। यसपालि मलाई पनि हाँस उठ्यो।

"तेरो चाहिँ उठ्छ त ?" मैले उसलाई च्याप्प समाते। वोल्न दिइन।मलाई थाहा छ ध्वाँसे छहारी होइन तर आगो वाल्ने काठ त हो। ताप भएको, राप भएको।

************** **************** *************** ************** ****************
तर त्यसपछि ध्वाँसे आएन । दुई दिन आएन। न दिउँसो क्यारेम खेल्न आयो न रातमा म सँग। कहिलेकाहिँ म झुक्किन्छु उसलाई क्यारेममा वढी आकर्षण छ वा म सँग जव आफ्ना एकत्रीत आँखाले उ सेता,काला राता गोट्टीहरु हेर्ने गर्छ। मलाई ति गोट्टि वनुँ लाग्छ।तिनै चार अँध्यारा दुलामा छिरिरहुँ, गिरिरहुँ एक एक गर्दै। ध्वाँसे मलाई सोध्छ ,

"भाउजु क्यारेम को कति भो !"

म खिस्स हाँसेर भन्छु

"छोड्दे, भरे मिलाउँला !"

तर दुई दिन भयो ध्वाँसे आएन। म व्यग्र वन्दै गएँ।आखिर खप्न नसकेर मैले उसैको एउटा साथिलाई सोधेँ

"ओई तेरो साथी विरामी छ कि के हो ?"

उसले अचम्म मान्दै सोध्यो ।

"को साथि भाउजु ?"

"के पो हो नाम त्यसको !त्यो सँधै तिमीहरु सँग आउँछ नि !" म किन पो देखाउँ हामी नजिकिएको दुनियाँलाई ?

"ध्वाँसे?"

"अँ अँ ध्वाँसे!"

"तँपाईलाई थाहा छैन ?" उसले अचम्म मान्दै मलाई हेरेर सोध्यो।

"के भयो र ?" अचानक मेरो ढुकढुकी वढ्यो। ध्वाँसेलाई केहि नहोस् भनेर त्यहि क्षण मैले प्रार्थना गरेँ।

"त्यो............पार्टीका छन् नी , चन्दा माग्न गका थिए रे ध्वाँसेको घरमा , उसका बा वाहिरवाट आको भनेर पचास हजार मागे रे !"

"अनी ?"

मलाई खलखल पसिना आयो।

"ध्वाँसेको बा सँग थीएन अरे!"

"अनी ?" मैले मात्र अनी अनि भन्न सकेँ।

"त्यसपछि कि त्यति देउ ,कि एउटा सिपाहि लान्छौँ भनेर ध्वाँसेलाई लिएर गए रे !"

उसले ध्वाँसेको कथाको विट मार्यो । म छेवैको कुर्सीमा गएर वसेँ। के सोच्ने ,के नसोच्ने पत्ता लाउन सकिन। ध्वाँसे मन भरी खेलिरह्यो, तर ध्वाँसे त हराएको थियो मेरो संसारवाट अव , कतै टाढा !!!!!!!







 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters