[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी ~१७०~

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 256933 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-23-09 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७०~


नयाँ बर्ष तथा क्रिस्मस पर्ब बिशेष



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 170 editions.



Last edited: 23-Dec-09 08:31 AM

 
Posted on 12-31-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aaraamai harke daa. tapai lai ni. yeso fursad paera aafno puraano sathiharulai bhetna aaeko


 


 
Posted on 12-31-09 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेलो ठुलि के छ सञ्चै


न्हुँ द २०१० या भिन्तुना


 
Posted on 12-31-09 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks lahare timlai ni bhintuna :)
 
Posted on 12-31-09 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरानो साथीहरु त सप्पै लाखा पाखा लागि सके हैन र भन्या अनी मिक्स छ क्यारे पुरानो नयाँ तेही हो हैन ?


अनी अचेल साग बेचिन्छ कि बेचिन्न ?


 
Posted on 12-31-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सप्पै एउटै कोठामा भएर के भो त, रमाईलै भएछ नि। ल बधाई छ लहरेलाई।

ठुलि, प्रणाम। माछा मन नपर्ने रे, अनी के खान्छउ त, माछा त मेरो बेस्ट हो। पेट यस्तो कराइसक्यो के भन्नु र, बिस्कुट खाँदैछु म त
 
Posted on 12-31-09 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब को दुई हप्ता साझा अनी चिच्याउने बाकस बाट सन्यास लिनु पर्ने जस्तो देखिन्छ


हरे शिव के गर्ने होला त लौ - एस्तो दिन नि आउने रैछ


छु याउ छु याउ का


 
Posted on 12-31-09 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि Hi,

हाम्रो त परिचये भएको छैन है । म नेपाल, राम्रो नेपाल ।
नयाँ बर्षको शुभकामना .

अरुलाई त बालै भएन नि ।

 
Posted on 12-31-09 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्यान्विच खान भनेर निस्क्या कामबाट, माछा झल्झलि सम्झना आएर खतम पार्यो। अनि यसो सोचेको, आजको दिन अपिसका को कतिबेला कता गयो कसैलाई पत्तो हुन्न त्यसमाथि मान्छे नै धेरै छैनन्, तेसइले भन्या जस्तो ठाममा ग'र भन्या जसरि खाईयो...ढ्याssssऊऊऊ!


ओहो ठूली आईछिन्। ठूलीलाई माछा मन पर्दैन, तितौराको रेसिपी पनि भन्म्ला तर यतातिर लप्सि पाइन्न के गर्नु। बरु आँपको बनाऊ न।


हाहाहा हर्के अब लेऊ लाग्या पानीको झोल खाए नि खाउन्जेल माछा भन्ठाने त के भयो र? बरु तिर्सुली कतातिर गइयाथ्यो?


हाहाहाहा अब भने लहरेले साउटबक्समा कति साउट गर्छ थाहा हुन्छ। यसको त भर छैन फेरि, कोठामा काम गर्ने सबैलाई साउटबक्सको बानि लगाईदेला भन्ने डर।


 
Posted on 12-31-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1/1/2010 12:00:00 NST
happy new year everyone


 
Posted on 12-31-09 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हाम्रो देशमा नयाँ वर्ष लाग्यो! नयाँ वर्ष २०१० को शुभकामना-


बुडुम.....बुडुम्....बुडुम्...


 
Posted on 12-31-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठिटाठिटि हो स्वस्थानी आजबाट हो? हो भने प्रथम अध्याय भन्नु पर्यो भनेर। गाले हराइहाल्यो।


 
Posted on 12-31-09 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

ल हाम्रो देशमा नयाँ वर्ष लाग्यो! नयाँ वर्ष २०१० को शुभकामना-



बुडुम.....बुडुम्....बुडुम्...


 
Posted on 12-31-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल हाम्रो देशमा नयाँ वर्ष लाग्यो! नयाँ वर्ष २०१० को शुभकामना-


बुडुम.....बुडुम्....बुडुम्...


 
Posted on 12-31-09 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नेपालाँ नयाँ बर्ख लागेछ, खोलम् खोलम् तीनपाने। हेरी एतिन्जेलसम्म त दूष्ट राष्ट्र हुँदी पनि लागिसक्यो। हाम्रो सीमा नमिचोस्, हाम्रो मामिलामा हस्तक्षेप नगरोस्, बिखन्डनबादीहरुलाई नपालोस्, क्षेत्रीय आतंकबाद फैलाउन छोडोस्, एस् एस् बिले सीमामा ज्यादति नगरोस्।    
 
Posted on 12-31-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हाम्रो देशमा नयाँ वर्ष लाग्यो! नयाँ वर्ष २०१० को शुभकामना-




बुडुम.....बुडुम्....बुडुम्...


 
Posted on 12-31-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्केजी आज्ञा गर्नुहुन्छ हे बिर्खेन्द्र मुनि तहाँ उपरान्त, माघ शुल्क पूर्णिमाको दिन आउँदा चौतारी नगर षोडषिहरुको चहलपहलले शुशोभित हुँदा, जसरी असंख्य भँगेराहरु बसेको बृक्षमा ढुङ्गा हान्दा एउटा न एउटा भंगेरा तल खस्छ त्यसैगरि, षोडषि नै षोडषि बसेका साउटबक्स नगरी वा चौतारी नगरीमा लहरेमुनिले नजरवाण हान्दा एउटि न एउटि षोडषि मोहित हुने आकांक्षा राखि लहरेमुनी श्री स्वस्थानी परमेश्वरीको व्रत गर्दा भया। माघशुल्क पूर्णिमा दिनदेखि नै हातगोडाको कहिल्यै नकाटिएका नङमा खाक्सि दलि,साइबाबातुल्य कपालमा सेम्फू नामक तरल लेपन गरि,ढलगंगा स्नान पश्चात लहरेमुनी शायरी नामक भजन गुनगुनाउँदै ल्यापटप अगाडिराखि आफ्नो क्युबिकलमा बिराजमान भया। यस्ता लहरेमुनीले नानाभाँति हाउभाउ कटाक्ष गरि साउटबक्स नगरमा भएका षोडषिहरुलाई 'हाइ' गर्दा भया। हाइ गर्दै लहरेमुनिले बत्तिस दन्त देखाउँदा यस्तो लाग्दथ्यो मानौँ शौच गर्न जाँदा पुरानो पँहेलो शौचस्थान टल्किरहेछ। उक्त टल्काईले तिन त्रिलोक चौध भुवन हल्लाउँदा भया। सम्पूर्ण चौतारी जगतभरि पँहेलो प्रकाश परावर्तबन हुँदा जगत नै पँहेलपुर देखिन पुग्या। उक्त टल्काईको प्रकोपले फिलादेफिया नगरिमा रिसोच गरिपाउँ,डाउडर लेखिपाउँ, तारेमाम् भन्दै तारेमाम्को जापसहित तपस्यामा लिन भएका ठूल्दाईमुनिको आशन डग्मगाउन पुग्या। डग्मगाईरहेको आशनदेखि त्रसित हुनपुग्दा ठूल्दाईले मदत पाउने आकांक्षामा 'त्राहिमाम्' भन्न खोज्दा अनुभवी प्रकोप हावि हुन पुगि केवल 'तारेमाम्' मात्र जाप गर्दा भया। आसन डग्मगाउँदै जाँदा गगनबाट पनि नानाभाँतिका असलि ममका डल्लाहरुका वज्रपात हुन पुग्या। उक्त वज्रपातबात अत्यन्त मर्माहत हुनपुगेका ठुल्दाईमुनीले फलस्वरुप गजल नामक भजन गुन्गुनाउन पुग्या। "आकाशबाट मम झर्नै पर्छ भन्ने के छ, झरेको ममले मेरो टाउको ठोक्नै पर्छ भन्ने के छ" भन्दै गजल गुनगुनाईरहेको अवश्थामा फेरि अचानक पहिलेभन्दा अलिक श्वेत प्रकाशले जगत ढाक्न पुग्यो। पँहेलो प्रकाशको प्रकोपबाट पार नपाउँदै आएको श्वेत प्रकाशको कारणले ठूल्दाई त्रसित थिए। त्यत्तिकैमा ठूलो अट्टाहसले संसार फेरि गुञ्जायमान हुन पुग्यो। एउटा ठूलो सुर्य उत्तरतिरबाट आएको देखिन पुग्दा ठूल्दाई एकैपटक दुई सुर्य भएर प्रलय हुनसक्ने आसंकामा फेरि 'तारेमाम्' 'तारेमाम' भन्न पुग्या। जसै उत्तरतिरबाट आउने प्रकाश नजिक पुग्या ठूल्दाई त्यहाँबाट अन्तर्ध्यान भइ मरुटोलनगर प्रश्थान गर्दा भया। उत्तरतिरबाट आउने प्रकाश अर्को सुर्यको नभै,एउटै सुर्यको प्रकाश पुन्टेन्द्र दैत्यको तालुमा टल्कन गई आएको रहेछ। हे बिर्खेन्द्र मुनी, पुन्टेन्द्र दैत्य कस्ता थिए र उनले के के बिघ्न बाधाहरु गरे, र उनको पतन कसरि भयो भन्ने कुरा अर्को अध्यायमा कहन्छु।


ईति श्री हर्केन्द्र पुराणे
चौतारी खन्डे,उटपट्याङमहात्म्यये
हर्काबिर्खैन्द्रोसंवादे प्रथमअध्याय


 
Posted on 12-31-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



मरेँ हाँसेर, साइडको कुइरिले बैरेको कथा हो भनेर सोधी, त्यो त जसो तसो बुझाउँथे, अब यो कसो गरी बुझाउने प्रभो! मरें म हांसेर। लोल लोल महालोल 
 
Posted on 12-31-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol ............. lol............. lol

 
Posted on 12-31-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम तारेमाम।



बिर्खे पुराण देखी त्राहिमाम त्राहिमाम।



लोल जिम्माल बा लोल ।


तारेमाम चिप्ले गुरु, ठुली, रामपुरे ।


 
Posted on 12-31-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल लोल महा लोल लोल लोल
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
Leave messages on US congressman's facebook to support TPS
2020 : Why No Trump !
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters