[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १६५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 295]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-biggrin.gif
[VIEWED 185245 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 11-20-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

   ~ चौतारी १६५~




कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 165 editions.
 
Last edited: 20-Nov-09 04:09 PM

 
Posted on 11-25-09 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रा पापी मन जस्तो हाँरो हो त? तिम्रा घराँ आम्दा, तो ब्लाक लेबल को बोत्तलाँ चिया पानी भरेर राख्या जस्तो? कोसैले पिउला र था पाउला भनेर त्यो नि खोल्दैनन पातकी बुढा। "जतन अरेर नातीको न्वारन्को दिन खोल्न पर्छ" भन्दै बहाना बनाउँछोउ। थुइक्क बेशरम!

 
Posted on 11-25-09 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्ल्याक लेवल रे, रतन्धे बुडाको जालो लाग्या आँखोले निलोलाई नि कालो देखेछ अब। ब्लु लेवल हो बुडा ब्लु लेवल! अन्खेरुन नातीको न्वारन रे, परारै नाती जन्मेर न्वारन स्वारन अरिसकेँ, टाउकाँ कपाल भ' पो कति बर्ख बितेछ, कति बुडो भइछु भनेर फुल्या कपाल गनेर था' पाउँथेऊ, ठिटै छु भन्ठान्दै अर आफूलाई, कुन दिन भुक्लुक्क हुने बेलाँ था पाऊलाऊ ए रात्तै बुडो पो रेछु भनेर।


 
Posted on 11-25-09 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाजे बाजे बाजेका ब्यामा सारै बाजे अरे, क्यान बाजेका होलान् बाजे ?
 
Posted on 11-25-09 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया पानी भरेर राखेसी बोत्तल ब्लाक को होस् कि ब्लु को नि अब? तिम्लाई पर्पल नै सही। लु जा त!

 
Posted on 11-25-09 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कस्तो कुरा नबुझ्या हो यता? जिम्माल र पुन्टेब्रो ले यस्तरी भट्टी पसल अघि कराउनुको मतलब, "ल ल भित्र छिरम् -- म तिरम्ला भन्ने कोही आउछ कि भनेर  हो --" यत्तिका बेर भैसकेछ ल हेर --

बिचराहरु नाई नाई भन्दै कराको सुन्छु अचेल के भएछ भन्या जिन्दगीले जीवनको अपरान्ह तिर घिच्च्याउँदो रे छ- -- कठै!

ल ल -- छीर भट्टी भित्र --म तिरम्ला --- राहु र केतुको दशा मन्साउनु भन्थे पुरेतले पनि ---
 
Posted on 11-25-09 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे- " हन ए पुन्टे बुडा २२ गिलास भै सको चैन्जो अब पुएन भन्या? फेरी भुक्लुक्कै होलाऊ!"
पुन्टे - " च्......च्...चुप लाग बिर्खे.....दीपले पैसो दिन्छ भनेसी खाईन्छा...तेरो बाउको खा छु?"
बिर्खे- "हराम देखि दैब डराए!....ल सबैलाई धन्यवाद दिबसको शुभकामना!"

 
Posted on 11-26-09 7:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर कस्तो गुम्सार राखेको चौतारी , लौ झ्याल ढोका खोलिदिए मैले एसो फ्रेश हावा त पाउनु पर्‍योनी ।


गीतान्जली त पोइले गाई सकी क्यारे , नितिशा लु एक दुइटा सुनौन त जे पर्ला पर्ला ।


 
Posted on 11-30-09 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


सोमबारे शिवमय जदौ ।


लामो सप्ताहन्त मा अन्त गएका होलान गाम्लेहरु। आउँदै गर्लान। चौतारी त रोक्नु भएन नि , मखुला ??


 
Posted on 11-30-09 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ


अरु खोइ त अहिले सम्म नि सुतिरा हो त -


कुम्भकर्ण का औलाद हरु उठ हो


 
Posted on 11-30-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो झ्याक्नी लहरे ब्यान ब्यान देखुन के खान च्याठिन्छ हँ? सुतेम त सुतेम, तिम्रा तो गोल्ठाँडे खप्पर लाई किन खस खस? आ~
 
Posted on 11-30-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
सोमबारे शिवमय जदौ ।


ठुल्दाइ र बौचा लाई प्रणाम अरु कता हराए , आज नि छुट्टी मा हो कि के  हो ?


 


 
Posted on 11-30-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई पुन्टे बुढा बिहान बिहान देखी घुट्काएर आएको हो कि क्या हो


अहिले फेरी त्यो बाल नभा टाउको मा टुपी रोपेर फेरी उखेली दिउँला 


 


के छ बैरे - के हुँदैछ त - बिजी हुने दिन सक्यो कि नाइ


 
Posted on 11-30-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ सकिन्छ यार , टन्नै बिजी , नयाँ प्रोजेक्ट को देलीभरी टाईम थोरै छ । फेरी आफु सँग ३-४ प्रोजेक्ट बुझाउनु छ


बरु बधाई दिन मा को को ले के के किन्यो सुनु न


 
Posted on 11-30-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, बैरे अनी पून्टे दाई ।


गे फ्लु ले छोड्यो कि अझै टाँसेटासेइ छ ??


कस्तो रह्यो धन्यवाद लिने दिने छुट्टी ?



बौचा को फोटो त देखेको हो ? मस्ती गरेछ लहरे ले ।


 
Posted on 11-30-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेपछी बैरे को कथा अझ पनि अघी बढ्ने भएन हैन - झुरै हुने भो त


ठुल्दाइ ले कस्को फोटो हेरेछ कुन्नी - आफुले त फोटो सोटो नि केही टाँस्या छैन -


कता हेर्नु भो ठुल्दाइ फोटो


 
Posted on 11-30-09 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो कुन फोटो ?
 
Posted on 11-30-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही भन्या मैले नि कुन फोटो भनेर


ठुल्दाइ पनि, हल्ला फैलाउदै जिन्दगी बित्ने भो ठुल्दाइ को


 
Posted on 11-30-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गांजर मुला लहरे, सेफद झूठ बोल्ने?


 बोल्नै परे इष्टमेन कलर झूठ बोल्नु नि ।



थुतुनो किताब भरी लहरे कै फोटो छ अझ कता टाँसे छ भन्छ बा , त्यस्तो आपत्तिजनक फोटो छैन है ।


 
Posted on 11-30-09 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्को फोटो के फोटो - केही बुझ्या होइन मैले


कहिले हाले मैले फोटो - के के हो के के


ठुल्दाइ को आँखा कम्जोर भो कि के हो - होला होला


 
Posted on 11-30-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि सबैलाई सोमबारे जधौ है .......
के गर्नु बिदा त मनायियो तर बिदा पछी को काम ........
मेरो त धन्यवाद दिबस खासै उल्लेखनिये रहेन ...... केही गरिन .... कहिले माइली कहाँ ........ कहिले साहिली कहाँ गएको सम्झिन्दै घरैमा बसेर १-२ जना औतारी हरु सँग जाँड खायियो ..........

किन्न नि केही किनिएन ......... केही चाहिएको थिएन .... बेकारमा सेल भनेर पैसा मात्र खर्च ....

बरु त्यो पैसाले त अर्को बोटल आउन्छ नि होइन त पून्टे दाई .......

ल अरुको पनि सुनाउ है कस्तो रह्यो ...
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters