[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी ~१७०~

[Please view other pages to see the rest of the postings. Total posts: 322]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 256954 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-23-09 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७०~


नयाँ बर्ष तथा क्रिस्मस पर्ब बिशेष



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 170 editions.



Last edited: 23-Dec-09 08:31 AM

 
Posted on 12-31-09 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<त्यो ७४० पोस्टो भा बुट्टे हल्दार चाहिँ को नि? >>>

त्यो बैरे पाट हुन पर्छ, हैन साँची, बैरे काँ मुन्ट्यो हँ? कसैलाई केइ खबर छ?

 
Posted on 12-31-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्या जिमालबा याँ माछा नपा बेलाँ बंदेलको कुरो रे। बच्चे कि जान लोगे क्या

अनी लहरे ल हेरम त चौतारीको मात्र निकाल त झ्याम्मै, हेरी हालम्

 
Posted on 12-31-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मात्र त मेरै हो ब्यारे - तिमी हरु को आउने चान्स नै छैन


आश नगरे हुन्छ तिम्हरुले


बरु बङुर नखाको नि धेरै भो - खानु पर्‍यो कि के हो


अनी पुरे पनि बङुर खाने भन्दैथियो - ल आउ पुरे बङुर खाम


हर्के दाई अनी रम्बहादुर लाई नि तारेमाम


 


 
Posted on 12-31-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बदेल तारेको भन्दा सादेको मिठो हैन र जिम्माल , बनेल लाई उमाल्ने अनी ५ देखी ६ सिठ्ठी लगाउने अनी झिक्ने र मशिनो गरेर काट्ने, तेशपछी काटेको बनेल लाई , नून र खोर्सानीमा डुबाउने अनी एक हातमा चिसो बियर लिने अनी अगी त्यो नून र खुर्सानीमा डुबाको मासुलाई मुख्मा हाल्ने अनी चिसो बियरले निल्ने ।


तारेमाम पुरे, लहरे , रामे , ठुल्दाइ लाई चै ठुलै तारेमाम ।


सप्पैलाई झ्याप्प लार न्यू एअर इभमय जदौ अनी नमस्ते फेरी ।


 
Posted on 12-31-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी माछा चै त्यसरी ग्रेवी बनाको भन्दा , कालो कराइमा तारेर झोल हालेको मिठो हैन र जिम्माल, सर्सेउ हालेर झोल माछा बनाउनु  हुन्थ्यो आमाले उही तराइ इस्टाइलको क्या , त्यो सँग भात आहा , भात त छिरेको छिरेकै गान्ठे , के भन्छ पेट हो कि इनार हो इनारमा पानी हालेको जस्तै , जती भात हालेनी गाको गै गर्ने है ।


लौ म पनि टप टेन मा परेछु नि है ।


 
Posted on 12-31-09 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा! हर्केले लेख्या पढेर मुखै रसायो गाँठे। त्यो नुन-खुर्सानीको धुलोमा हलिकता टिमुरको धुलो नि मिसाएसि गजब हुन्छ।


ल भुराभुरि हो, पार्टि नै गर्छौ  भन्देखुन, बजारमा नपाईए पनि बँदेल मात्र हैन, मृग,जंगली भैँसि, खसि जे जे खान मन लाग्छ त्यहि त्यहि मगाऊन सकिन्छ जुनसुकै ठाउँमा भए पनि, ईभन आयोवाको खेतको बिचमा भए पनि। तर अलि धेरै मगाऊनु पर्ने हुन्छ, यो वेवसाइटमा हेर। एक पटक बँदेल खाइया थ्यो एक हप्ताभरि यसैगरि-


http://www.exoticmeatsandmore.com/


 


 
Posted on 12-31-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्केले यो भन्या होला, अमिलो अमिलो झोल सरस्यूँको राग आउने।


 



 
Posted on 12-31-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो तेही हो ल जिम्माल ले खोजेर टासेछ , मुखै रसायो के गर्ने होला अब , एस्को त मलाई गन्द मात्रै भए हुन्छ , तीन माना भात त गन्दले रुच्छ ल साच्ची हो ल ।

 
Posted on 12-31-09 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरु ज्यान निकालेको भये हुन्थ्यो नि, यो बुढाहरुले के गर्या, बिहीवार ब्यान ब्यान यस्तो यस्तो लिन्क अनी फोटो राखेर।
 
Posted on 12-31-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शीतलु माथि नि शीतलु भयो नि
लौ लौ लौ बरैको छाँयाले
माहूरी घुम्छ नि रसैको लागि नि
लौ लौ म घुम्छु मायाले


कुहिरोमय बिहिबारे बिहानीको जदौ।


पूरे, के त्यो हिउँ थुप्रिने ठाउँमा बसेको, झर यतै बरु।
जिम्मालबा, त्यो माछा बनाउने बिधिमा "मुसुक्क हाँस्ने" त लेखेको कतै देखिएन नि।
पोस्टिङ् संख्यामा बोर हान्ने औतारिहरुलाई बधाई। केलीचा त अचेल बेपत्ता भएर समेत लिस्टमा परि त।
अरु सबैलाई तारेमाम।


नयाँ बर्ष २०१० को सबैलाई शुभकामना छ।
पूरे र बाउचालाई राम्री राम्री मैचा अनि मदनवालाई लरकी मिलोस्।
बिर्खे बुढा, नली खुट्टा नदुखोस् अनि फोन उठाउने बानी लागोस्। माहिली बुढीको झटारो धेरै खान नपरोस्।
ठुल्दाइ, बिद्यावारीधी समापनको शुभकामना। तासमा जीत होस्, ओखलढुङ्गा जान नपरोस्।
brandy, तिम्रो कारणले भोली कसैलाई ह्याङोभर नहोस्।
हर्के, बङ्गूर खाने बानी नछुटोस्, रिक्सा पञ्चट नहोस्।
रामे, हेटौंडे साहूनीसँग पुनर्मिलन होस्।
              


 
Posted on 12-31-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ती हस्तिनापुरमा ५ पाथी भात खाको पनि एसैले गर्दा त हो नि

कि-बोर्ड भिज्ने गरी व्हाल व्हाल पानी आयो मुखबाट
 
Posted on 12-31-09 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले खै एक दुइटा फोटो हेरौन ।


पुरे हस्तिनापुरमा के सँग तेत्रो धेरै पाथी भात खाको तिम्ले , बनेलको मासु सँग हो ?


 
Posted on 12-31-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""एस्को त मलाई गन्द मात्रै भए हुन्छ , तीन माना भात त गन्दले रुच्छ""""


हाहाहाहाहाहा......हो भन्या! एक पटक सिलिगुडि गैया थ्यो। पानि ट्याङ्कि देखि नै अत्ति भोक लागिराथ्यो बिहान १०-११ बज्या हुँदो हो। सिलिगुडि पुगेसि, एउटा भात पसलमा छिरेको, हेरि यस्तै माछा र भात झोलसिt यति खाएछु कि पछि माछा बाँकि हुँदा खानै गाह्रो भाको। खाइसकेपछि त मेरि बास्सै पेट दुखेर हिँड्नै नहुने भा। यति भन्दै अझ नजिकबाट एकजनाको भाग-


 



 
Posted on 12-31-09 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुत् कुरा गर्दा गर्दा लाग्नु भोक लागेर आयो। स्यान्डविच खान जान परो


 
Posted on 12-31-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nai nai nai malai macha man pardaina :(
 
Posted on 12-31-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि एस्तै रमाइलो काहानी छ , कुरा धेरै अगाडिको हो , कामको सिल्सिलामा त्रिसुली तिर जानु परेको थियो , अनी हिड्दा हिड्दै रात परो , तेस पछी म र मेरो साथी त्रिसुलिकै किनरमा एउटा माझी दाइको घरमा बास बस्ने निदो गरेउ, अनी के भन्छ पहिलो झुप्रो देखिने बित्तिकै , बास पाईन्छ भनेर सोधेउ , पाईन्छ भनेर बुडा माझिले बस्ने ठाउँ देखाइदिए।


भोकले मर्ने बेला भको थियो , खान पाईन्छ भनेर कसरी सोध्ने ? बास दि सकेको थियो , भोक्कै सुत्नु पर्ला भनेर सोच्दै थियौ हामी ।
अनी एक छीन पछी माझिले भात खाने हो भनेर सोधे , हामी त के खोज्छश कानो आँखा भने झै जर्याक जुरुक उठेउ । गैयो भात खान , भात र झोल दिए बुडाले , झोल निक्कै मिठो थियो अनी माछाको गन्द पनि आउथ्यो तर माछा भने थिएन ।


पछी थाहा भो त्यो माछाको झोल नभर लेउ लागेको ढुङ्गाको झोल रैछ भनेर , तर पनि माछाको जस्तो गन्ध आउने निक्कै मिठो टेस्ट थियो ।


 
Posted on 12-31-09 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बर्बाद लौ बर्बाद 


अब अर्को हप्ता देखी मेरो टिम को सबै मान्छे एउटै कोठा मा बसेर काम गर्नु पर्ने रे - अब को दुई हप्ता


के गर्ने होला अब लौ - लौ बर्बाद सत्यानाश


 
Posted on 12-31-09 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe daa titaura banaune tarikaa lekhnus...


 
Posted on 12-31-09 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-31-09 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी के भन्छ कुरा गर्दा गर्दै पेट त भोकले क्वाँ गर्न थाल्यो , जानु परो चाइनिज नूडल खान ।


ठुलि आरामै हैन त धेरै पछी देखियो नि है ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters