[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 699366 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-27-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो मामाले मेरो अपरेसन गर्दा नि - कोही बोल्न आएन मेरो सपोर्ट लिएर अहिले आएर केही नभन रे -


बाङो मामा हो तिम्रो बुझिराखे हुन्छ - हुन त मैले भनेको के पत्याउछौ र तिमी


अब झन त्यस्तो राम्रो   नाम राख्द्या पनि भएन रे - दुई हप्ता भइसक्यो नआएको - बेला बखत भनेको एही हो -


अहिले त अनुहार नै नचिन्ने भइसक्यो - यस्तै ताल हो भने त को दिपिका भन्ने टाईम नि आउछ होला


मेरो त के कुरा गराइ भो र - गाउले हरुले बस्न टिक्न दिएको छैन - के गर्ने होला


आज फेरी यहाँ पनि हिउँ परेर मर्यो -चिसो त छैन - हिउँ चाँही परिराखेको छ


अनी तिम्रो सुनाउ के छ नयाँ नौलो - के छ त 

 

Last edited: 27-Jan-09 01:23 PM

 
Posted on 01-27-09 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डा राजभण्डारीले अस्ती आउरेशन गरेर नि ठिकै भको जस्तो छैन ।
बेलां बेला बेसुर्को कुरो गर्छ चाउरे !
बिरेन्को तार ठिक्सँग जोडीएन जस्तो छ, फेरी खोल्ने पो हो कि पेच्किला?
टैम्मा ओखती खाने गर्‍या छ कि छैन त्यो पनि नर्स नानीहरुले बुझिदिनुपरो ।
 
Posted on 01-27-09 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>डा राजभण्डारीले अस्ती आउरेशन गरेर नि ठिकै भको जस्तो छैन ।
बेलां बेला बेसुर्को कुरो गर्छ चाउरे !
<<<


 



 
Posted on 01-27-09 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन चाँही नर्सले बुझ्छ पाने? जम्मै लरकी नर्सहरुलाई होस् खुल्ने बित्तिकै आइ लोप यु भनेर हैरान। कोइ नि लहरेको नजिक जान मान्दैन। पुरुष नर्स को हात बाट ओखती खाँदैन। ट्याब्लेट न खाएकोले नै फुट्या हेल्मेट जस्तो भाहो लहरे।

 
Posted on 01-27-09 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको पुन: जदौ सबैलाई।
रिट्ठे, बाउचाले केको कार्टुन पठाउनु नि, दुई बट्टाले धानेको हो दुई महिना।
दीपू, के सारो माया मारेको हौ हामीलाई? अनि सन्चो बिसन्चो के कस्तो छ, नयाँ नौला खबर के कस्ता छन् सुनाइहाल न।
ठुल्दाइ चाँही मजाले मुकदर्शक भएर अरु कामचोरहरुको चर्तिकला हेरिरहनु भएको रहेछ। बिष्टेले भने झैं टिरेनको चक्का पञ्चट भएको जस्तो लागेको त थिएन, रबरको चक्का हुने भए पो होस् त। लोड्शेड्डिङ्ले गर्दा जमीन मुनि टिरेन अड्कियो होला  केही बेर। त्यतिन्जेल ठुल्दाइलाई गार्हो चाँही भयो होला एकदमै। चिलिम तान्न नि पाउने होइन, गृह मन्त्रिलाई फोन गर्न सेल फोनको सिग्नल छैन, चौतारी आउने कुरा त परै जाओस्, मखुला ठुल्दाइ?     

"कुन चाँही नर्सले बुझ्छ पाने? जम्मै लरकी नर्सहरुलाई होस् खुल्ने बित्तिकै आइ लोप यु भनेर हैरान। कोइ नि लहरेको नजिक जान मान्दैन। पुरुष नर्स को हात बाट ओखती खाँदैन। ट्याब्लेट न खाएकोले नै फुट्या हेल्मेट जस्तो भाहो लहरे।
lol lol lol

Last edited: 27-Jan-09 01:50 PM

 
Posted on 01-27-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न बखताँ ओखती खाएन भने त बर्बाद भाईगो नि त
तेस्भे बरु त्यो अस्तिको आसी मम भित्र हालेर भे नि ख्वौनुपर्‍यो ।
मम भनेछी त फेरी हुरुक्कै हुन्छ नि त । बरु पचौनी पो हो कि होइन .
फेरी अर्को रोग बल्झेला !


आफ्ले हात हाल्या काम आफ्ले निगरानी गर्नुपर्‍यो नि त डाङ्डर् साप !
फेरी तल माथि केही भो भने आजकाल त शाहीद घोषणा गरेर क्षेतिपुर्ती दिनुपर्ने होला !


 
Posted on 01-27-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लन्च पछीको नमस्कार जम्मैलाई ।
 
Posted on 01-27-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा सारंश हुल्ने काम सकियो, भर्खरै । त्यसइ उपलक्षमा चि-चु ब्रेक।


मार्च महिनाको मध्य तिर त्यो सारंश लाई पोस्टर बनाइ भित्ता मा टांस गर्न दुम्सी गाम जानु छ। दुम्सी दुम्साहरु कोइ छन भने हात उठाम है, भेट गर्न आउँला, पेट भरी खाउला।



कुमारीगाल, बाल्टिनफोर का भए नि कोइ बात् छैन, गाडी लिएर लिन आउनु, बात् भन्ने बानी छैन।


 
Posted on 01-27-09 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मैले नि दबाएर आए, आज त कौली भात खाइयो, लौ सबै लाई दिउसो को तारेमाम है

 
Posted on 01-27-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la aaja gannu puraan aayeraicha ni ta...kya funny..jimmal ba ekdam jhakas!!!


baaucha.. piya ke lyako chiya nakhane....aba dimla


Taaremaam namaste  feri


sannoooooooooo..kaisi hai re


 
Posted on 01-27-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई बधाई छ , चाडै गरम है , जती चाडै सकियो तेती आफु ढुक्क भयिन्छ कि कसो।


जम्मै गाम्ले गाम्ली आएछन हल्ला गरेछन , हिंडेछन जस्तो छ ।


 
Posted on 01-27-09 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम छैन कोही नपार बुढा लाई लिना जाउ म -
चान्स नै भएन नि - त्यो पनि ठुल्दाइ लाई -


पाने लाई त ठीक नपारी भएन - बिस्टे को मुकुन्डो नै हो यो -
बाँकी बचेँको अली अली कपाल नि झार्नु पर्‍यो अनी बनेको चिल्लो टाउको मा
खोट्टा हान मजै आउछ -


एउटा खोट्टाको एक रुपैयाँ  - बाइ टु गेट वन फ्री


ढाड मा किक हान्न पनि मिल्ने - कन्फु किकको एक रुपैयाँ, सोलिड किक को दुई


आउनु पाने को ढाड मर्काउनुस् - टाउको मा खोट्टा बजाउनुस् - एही छ मौका हानौ चौका


आउनुस् आउनुस् आउनुस्


 
Posted on 01-27-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अरु केही भा हैन यो लहरे लाई अस्ती ठुल्दाइ ले औरेसन गर्ने बेला,ठुल्दाइ ले कान्मा च्यापेर राख्या चुरोस खसेर लहरे को दिमाग भित्र
पर्या थ्यो,निकालुला भन्दा भन्दै ठुल्दाइ ले खप्पर सिलाइदिनु भएचै तेसैको असर हो।
तेस्को लागि लहरे लाई फेरी अनेस्थेसिया दिएर नाक वा कान को प्वाल बाट सलाई कोरेर त्यो चुरोट सल्काइ खरानी पारेमा सो खरानी ले
लहरे को राम्ररी उब्जाउ हुन नसकेको दिमाग मा कम्पोस्ट मल को काम गर्छ अनी ठीक होला
हैन भने लहरे गया काम से।

बौचा अपोइन्ट्मेन्ट लिए भो ठुल्दाइ सँग।

 
Posted on 01-27-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिया ले के भनेको फेरी -


किन रिसाकी


चिया नखाने पिउने भनेको के


कस्तो रिसाकी योमाअsssssसा


 
Posted on 01-27-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gafadi baucha...kura garna kati aaucha...


timro gafadi  jodi aka lahari ko k cha haalkhabar?


aru kata gaye?


 
Posted on 01-27-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरी छैन मेरो - साची भनेको छैन
अनी मैले गफ दिएको होइन -


तिमी रिसाको देखेर ताप कसे जस्तो छ अरु


अनी कता गायब त एतिका दिन


मोटा को हेर कस्तो हिही


 
Posted on 01-27-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिष्टेकाजी,
कत्ती न गन्यमान्य बसेर गरेको औरेशन भन्या त त्यस्तो गाईजततत्रा गर्‍या रेछ भित्र, त्यस्तो कुरा नि सर्वजनिक गर्ने हो त?


त्यस्तो भएको कुरा अब लहरे परिवारले थाहा पएपछी तिम्रो अस्पातलको जागिर चेट् । कत्ती टायर् बल्नी भो अब चौतारीमा ।
बरु तुरुन्तै चौतारीलाई ग्रीन घोषणा गर्नुपर्‍यो ।
तिमी थाहा भाको मान्छेले तुरुन्त सर्वदलिय बैठक बोलाई तुरुन्त बिदेश पठाउने तार्तम्य मिलौनु पर्ने नि त , हाम्रा कतिलाई भिषा लग्ने यस्तो महान मौकामा ।
बिगारेउ काम कुरो ।


 
Posted on 01-27-09 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ani tyo sab guff afai deko ho ta lahari ko naam ma? lol


chaina risako...risako bhaye aauthe ra yetika din pachi... yeta uta gayab bhako ni..


motako re..jhan kasto silim bhaira bela....


snow pareko cha baucha ko ma ni?


 


 
Posted on 01-27-09 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्न मन लागिराथ्यो भन्देको नि अरुको नाम मा हाहा


स्लिम भएर आको रे - ए हो त - जाडो मा धेरै लुगा लगाएर आएकोले मोटी देखिएको होला


आज परेको छ म कहाँ नि हिउँ


यो विन्टर को पहिलो हिउँ परेको आज


अनी यता उता नि गायब हुने हो त


खुरुक्क चौतारी आएर कुरा नगरि कन - अब नहोउ है गायब


 


पाने र बिस्टे को बङरा नझारी कहाँ छाड्छु र म


 
Posted on 01-27-09 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



पानेकाजी गाइजात्रे को अउरेसन कसरी अर्नु त अब, त्यो रमेश कसाइ को पसला त गर्या अब

लहरे :पैला आफ्नो गिदी भित्र को चुरोट को ठुटो झार अनी झार्न आउनु हाम्रो बङारा। 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
where are Hunter Biden and Biden got 40k maga hounds?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters