[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १८६ (Summer Special)

[Please view other pages to see the rest of the postings. Total posts: 342]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 259634 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 05-07-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*  चौतारी १८६ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 186 editions.

Last edited: 07-May-10 10:50 AM

 
Posted on 05-13-10 9:08 AM     [Snapshot: 1596]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया मात्र के ल्याथे हुल का हुल मान्छे जम्मा भइसकेछ


तारेमाम रामे रिट्ठे पुरे


 


 
Posted on 05-13-10 9:10 AM     [Snapshot: 1594]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, रिट्ठे , रामे ।



हिजो चिया लिन गाको लहरे, आज बल्ल ल्यायो । केटोले केही गर्ला जस्तो छ । चिया ल्याइदिए वापत, जिया सिया किया पिया जो भे नि मिलोस ( रिया भन्नु भेन, बैरेको बैरिपन हेर्नु पर्ने हुन्छ )।



रामे धेरै पढ्नु भेन, भाको अलिकती दिमाग नि खिएर जाला।



लहरे सँग के को झगडा हो रिट्ठे ? नेपालको संगत गाको छैन ??



पुरे भाई त आफ्नै पर्‍यो, के भन्नु खै ??
 


 
Posted on 05-13-10 10:26 AM     [Snapshot: 1623]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaskaar sabai lai
 
Posted on 05-13-10 10:28 AM     [Snapshot: 1621]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हैन सधैं मेरो सवारी हुने बेलाँ सप्पै का जान्छन हँ ??
एक घण्टा देखी चरो मुसो छैन?
लहरे ले च्या मा के घोलेर ल्यायो हँ सप्पै ढले कि क्या हो ?
जदौ गरे है सप्पै लाई
माते ले हामी सप्पै को रक्षा गरुन।
जय चौतारी।
 
Posted on 05-13-10 10:30 AM     [Snapshot: 1620]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्योवन गयो बैंस त गएन लै लै
केश फुल्यो मन अझै तरुनो लै लै
यो ज्योवनलाई सलाम त्यो बैंसलाई सलाम
चालीस बर्षे ज्योवनलाई मेरो पनि सलाम


सिन्दूर पोते गरेको मलाई हिंजो नि जस्तो लाग्छ है
आज एक दुई तरुनीलाई जिस्काउँ जिस्काउँ लाग्छ है
नाती नातिनी खेलाउने बेलैमा लै लै
तरुनीको के यस्तो रहर नै लै लै
यो ज्योवनलाई सलाम त्यो बैंसलाई सलाम
चालीस बर्षे ज्योवनलाई मेरो पनि सलाम


बिहीवारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई


ठुल्दाइ तारेमाम, तेस्रो भाग छिट्टै पढ्न पाम्।
बाउचा, फिक्का चियाले टार्न पाइंदैन। टन्न दूध र अलैंची अलिकति अनी चिनी ठीक्क हालेको बाहेक अरु चिया खाइंदैन।
रामे, उठेको ४ घण्टासम्म चिया नखाएर कसको सपना देख्दै बसेको हो
रिट्ठे सर, आरामै?
पूरेसँग त के बोल्नु, जवाफ दिने भे पो। थुतुने किताबमै ब्यस्त होला।       


 
Posted on 05-13-10 10:35 AM     [Snapshot: 1630]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन चिप्ले दाई, के भन्या त्यस्तो, कैले बोलेन र मैले? सोझो देखेर हेप्न त पायिन्दैन हौ, किन होला है सप्पैले मै बिचरोलाई हेप्नी। कुरो बुझे त मार्दिनु ल (अब कस्लाई भनेर चाइँ नसोध्नु, म भन्न सक्दिन)। बिस्टे दाईलाई नि प्रणाम है। अब चाइँ म खेत जोत्न गएँ है त, भरे आउम्ला 

 
Posted on 05-13-10 10:36 AM     [Snapshot: 1632]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे मान प्रणाम 
 
Posted on 05-13-10 10:38 AM     [Snapshot: 1631]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चिया त्यही त - खाने भे खाउ नखाने भे ह्या बालै भेन


चार कप ल्याएको ३ कप सकिसक्यो - १ कप बाँकी छ - त्यो कसैले नखाने भे मै खाइदिन्छु


खेर फाल्नु हुँदैन के


 
Posted on 05-13-10 10:45 AM     [Snapshot: 1640]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ नेपालको यात्रा भाग ३ पनि बजारमा आयो।


 
Posted on 05-13-10 11:10 AM     [Snapshot: 1648]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खानाँ कालहरु अहिले सम्म च्या कै कुरा गर्दैरछन ! आफुले कत्ती काम भ्याइसके ह्या !


ओहो बिस्टे, चिप्ले, पुरे, बैरे, !


पुरे को प्रनाम पाये !
चिप्ले ले गाको गीत मैले नि गाये !
अनी त खै कता छिन् कता छीन
आज त एक्लै बगलामुखी धाये !


ठुल्दाइ को यात्रा पढ्दैछु ! अझ इन्टरेस्टिङ (ठट्योउलीपूर्ण)होला भन्ने आश गर्दैछु ! तारेमाम !


चिप्ले सर, म त आरामै छु ! अनी हामी नि?


१२ नि हानिसकेछ मेरो सिपियु क्लकले ! खाना तताउन स्टोव मा दम दिने बेला नि हुन लागेछ फिस फिस गर्दै ! 


 


 


 
Posted on 05-13-10 11:16 AM     [Snapshot: 1661]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है सोझो रिठ्ठे को सलाम मैले सुइकारेँ ...

ओ गफाडी पुरे ...... १० बजे नि भर्खर ब्यान हुन्छ? ब्यानै उठेको प्रमाण चाहियो ?..... आज त छैन .... भोली देखी उठ्न साथ फोन गरौला .. ब्यानको ५ बजे फोन उठाउन तयार हुनु (त्याहाको ४ बजे होला ) अनी बेलुका १-२ बजे तिर गूड्नाइट नि भनम्ला ..... तयार भएर बस्नु ....

ठुल्दाइ ....... त्यही त खियिन्दा खियिन्दा मोरा पुरे जस्तो भइएला भन्ने दर भइसक्यो .

ओहो ठुल्दाइ ले सम्झाएपछी रिया याद आयो ........ हैन बैरे रिया नानी कता चाइना अजेल? सञ्चै छीन ?

बिस्टे को पनि सवारी भइसकेछ त ....... कुन माते ले हो हाम्रो कल्यान गर्ने ? अनुहार हेर्न पाये हुन्थ्यो .........

थुतुनो किताबको फोटो हेर्दाइ लागेको थियो, चिप्ले गुरुको हेराइ त्यही जवानी मै हो भनेर ........

ल ठुल्दाइको ३ भाग पनि पढियो ......

लहरेको चिया लाई धन्यवाद ....

ब्यान चान्डै उठेर ब्रेकफास्ट नि नखाएको ...... ऐले चान्डै भोग लाग्यो ....... ल म एसो वाइ-वाइ चाउचाउ छ त्यो उमालेर खान्छु ...

अनी New Year  मनाइरहेका कोइ कोइ लाई "Happy New Year" है ...........
 


 
Posted on 05-13-10 11:27 AM     [Snapshot: 1664]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै क्रीकेट हेर्दै मस्त होला - 


इन्ल्यान्ड जित्छ कस्तो छ है अहिले सम्म त - तर खेल हो पछी के हुन्छ थाहा छैन - कुच भी हो सक्ता है


खाने बेला भो अरु को - मेरो त अझै आधा घण्टा बाँकी छ


 


 
Posted on 05-13-10 11:30 AM     [Snapshot: 1669]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
Last edited: 13-May-10 11:33 AM

 
Posted on 05-13-10 12:58 PM     [Snapshot: 1692]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै हसुर्दै हुन् कि रिट्ठेको कार्टुन देखेर ट्वाँ पर्या हुन्? रिट्ठे चाँही अझै दम दिंदै हो कि इस्टोभाँ? के गर्ने, मट्टितेलमा मिसावट बेस्सरी हुन्छ।
रामे र पूरेको के हो यस्तो? बिहान उठ्नसाथ पनि अनि सुत्ने बेलामा पनि हरेक दिन फोन हान्ने कुरो चलिरहेकोछ।
अनि सरले थुतुने किताबको कुन चाँही फोटोको कुरा गर्नु भएको? सरलाई चित्त बुझ्ने खालका दुई चार फोटो त सरले प्रतिकृया लेखेकै अल्बममा पनि त रहेछन् नि
अनि रिया त कहाँ चाइनामा हुनु नि, नयाँ खर्कतिर भने जस्तो लाग्या थियो। 
 
Posted on 05-13-10 1:05 PM     [Snapshot: 1701]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन चिप्ले मार्ट्साब - त्यो नयाँ खर्क मा भाको रिया चाँही अर्कै रिया हो


यो रिया चाँही तराइ मा भाको रिया के -


खै कुर बुझ्या


 
Posted on 05-13-10 1:10 PM     [Snapshot: 1702]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम दोस्रो राउण्डको ।
तारेमाम चिप्ले सर, बिस्टेकाजी , बैरे ब्रो।


क्रिकेट हेर्दाइ बस्या। लंकाको पंखा चेट ।



सप्पै को हसुर्‍याइ कार्जेक्रम सकेको मानेकोछु । धेरै न खानु, मोटायो भने दुब्लाउन नेपाल जानु पर्ला है । 


 
Posted on 05-13-10 1:17 PM     [Snapshot: 1710]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले गुरु लाई उता द्खेर छिर्या त कुन सड्को एता आईसकेछौ। उता के ठुल्दाइ को टोलतिर।
पुरे त्यस्तो स्ट्यान्ड्बाइ मा हुने केटो अचेल के भो हँ,कस्ले मोहनी लायो हाम्रो पुरे लाई।
रिट्ठे लाई चाइ आउने हो है गफ गर्न, मट्टितेल सकेर,भट्टितेल ले पकाउन ला त हैन खाना?
रामे: अगिन ब्यान त माते को थानाँ लाइनाँ देख्या थे त, कि किरेजी माते को कुरा गर्या हो तिउले


लहरे: आ..कत्ती गालाँ हात राखेर बसिरा। निकाल त्यो हात,
रिट्ठे को नि कम्प्युटर डाउन भर सप्पै म्यानुअल गर्दै हो।
ठुल्दाइ कता हराए?भन्या त आईसकेछन,जाम दाई एस्पाली त आछ होला नि टन्नै,


 


 
Posted on 05-13-10 1:24 PM     [Snapshot: 1720]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सोचिराछु के बिस्टे सर - अब सुपर ग्लु ले चिप्काको भन्न मिलेन के गर्ने
 
Posted on 05-13-10 1:25 PM     [Snapshot: 1715]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त बिस्टे कम्प्युटर डाउन भएर त्यो फ्री-सेल नि म्यानुअली खेल्नु पर्या छ मुटु माथि ढुङ्गा राखी हास्नु पर्या छ !


इङ्ल्यान्ड जिते जित्छ त ए असत्ती बौचा तिम्लाई के को टन्टन? साँडे लाई डामे जस्तो डाम्न नपुग्या बज्जे लाई !


ठुल्दाई टरक को काजु भात फरक लाकी सङै बसेर खाको हो आज?


हन यो रामे लाई इन्सोम्निया नै भा हो त चिप्ले सर?


 
Posted on 05-13-10 1:30 PM     [Snapshot: 1724]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुला गोज्याङ्रो रिट्ठे - तिम्लाई त तिम्रो जुल्फी समातेर फन फनि घुमाउने हो -


क्या निहुँ खोज्ने भाको यो बर्गन्डी त -


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters