|
[VIEWED 185280
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-20-09 12:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
~ चौतारी १६५~
  
 कलिजुगको बेलैमा ,जोशमा हुन्न होश उनकै छोरी तरुनी, हामिलाई केको दोस!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics , workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 20-Nov-09 04:09 PM
|
| |
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 11-24-09 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-24-09 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त्यो रेसिपी त मिठो चाँही हुन्छ गज्जब तर सजिलो चाँही छैन ! समय पनि धेरै लाग्छ ! अहिले हर्के ले भन्छ
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-24-09 2:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पुरेले के गर्यो? (भाग-२)
टाढा पसल देखेपछि पुरे मोडमै टक्क अडियो। उसले शंका गरे जस्तै पसलमा भिड थियो। ऊ अलिकता अगाडि बढ्यो। पसलमा २ जना आइमाई,एउटा करिब ४-५ वर्षको बच्चा जुन शायद दुई मध्ये कुनै आईमाईका थिए र एकजना बुढा मान्छे थिए। ऊ पसल भन्दा केहि पर पसलका मान्छे जाने प्रतिक्षा गरेर उभियो। "खुरुखुरु गएर किने पनि हुन्छ नि, म अलि धेरै डराउँछु!" ऊ मनमनै आफैँसंग बात मार्न थाल्यो। "के भन्लान यिनिहरुले फेरि, भर्खर त जुंगाको रेखि बस्या छ किन्न हतार भैसक्यो भनेर हल्ला गर्लान फेरि। यिनिहरु जाऊन अनि किन्छु। बेकारमा किन दुनियाँ हँसाऊनु!" ऊ पसलतिर हेर्दै प्रतिक्षा गर्न थाल्यो। पसलबाट एकजना महिला बच्चा डोर्याऊदै फर्किईन र पुरे नजिक पुगेर पुरेलाई हेर्दै भन्न थालिन-" हैन तिमी पुरे हैन,ठुलोमाड्सापको छोरा?" पुरेले अक्मकाउँदै जवाफ दियो- "हजूर हो!" "ल हेर कति कल्कलाउँदो भैसकेछौ....केहि किन्न आयौ कि?" आईमाईको प्रश्न सुनेर पुरे भित्र भित्रै रिसायो। "कल्लकलाउँदो रे,जो जे सुकै किन्न आएको होस,यो भैँसिलाई के को चासो!" मनमनै भनेता पनि प्रत्यक्षत: उसले भन्यो-"कापी किन्न आएको आन्टी!" आन्टि गइन्। पुरे फेरि पसलतिर हेर्न थाल्यो। अर्कि आईमाई गैसकेकि थिइन र अझै एउटा बुढो अवरोध पसलमा थियो। ऊ बिस्तारै पसलतिर गयो। ऊ अब पसल भित्र प्रश्टसंग देख्न सक्थ्यो। पसलेसंग पसलेको स्वास्नी पनि रहिछिन्। उसलाई अप्ठ्यारो लाग्यो। पसलेसंग त उसले लाज पचाउन सक्थ्यो तर पसलेकि स्वास्निको अगाडि उसलाई किन्न सक्छु जस्तो लागेन। ऊ अलिकता निराश देखिन्थ्यो। बुढो मानिस उसलाई टाउको देखि पैतालासम्म हेर्दै गयो। ऊ पसलको नजिकै थियो र उसले केहि सोच्न नभ्याउँदै पसलेले उसलाई देखेर प्रश्न गरिहाल्यो-"के चाहियो भाई?" उसले पुलुक्क पसलेलाई हेर्यो। पसलेको स्वास्नी पनि उसैलाई प्रश्नवाचक दृष्टीले हेर्दै थिइन्। उ अक्मकायो। मनमनै सोच्यो- "यस्तोमा त किन्न सकिन्न, बरु बा कै लिएर गर्ने हो कि?...आबुई हुन्न बा ले थाहा पाए भने बरबाद हुन्छ!" "ए भाई निदायौ कि के हो? के चाहियो भनेको?" पसलेले फेरि उसलाई प्रश्न गर्यो। "म्..म्..मलाई...साहुजी ग्लुकोज बिस्कुट एक बट्टा दिनुस न!" हडबडाएको बेलामा उसको मुखबाट फुत्त 'ग्लुकोज बिस्कुट' निस्कियो। पसलेले बिस्कुट दियो, उसले पैसा दिएर बिस्कुट लिएर अलि पर आयो, र आफैँसित भुन्भुनायो!" "त्यहि कुरो माग्या भए नि हुनि नि, थुक्क म!" ऊ अलि पर उभिएर बुगुल्टो बिस्कुट मुखमा हुल्दै मनमनै बोल्न थाल्यो। त्यत्तिकैमा पसलेकि स्वास्नी पसलबाट निस्किएर उतातिर हिँडेको उसले देख्यो। उसको साहस बढ्यो। ऊ फेरि पसलतिर गयो। पसले मुखभरि बिस्कुट चपाईराखेको भर्खर फर्केर गएको ग्राहकलाई देखेर वाल्ल पर्दै हेर्दै थियो। पुरेले पसलमा हतार हतार यताउता आँखा डुलायो। केहिबेर पछि उसले आफूले खोजेको कुरो देख्यो। उसलाई मुटुको धडकन बढ्न थालेको आभाष भयो। "स्..स्..साहुजी!" उसले अक्मकाउँदै बोलायो। साहुजीले प्रश्नवाचक दृष्टीले ऊ तिर हेर्यो र सोध्यो- "के चाहियो अब?" पुरेले एकातिर दाहिने हातको चोर औँलाले देखाउँदै भन्यो- "ऊ त्यो पाउँ त!" बोल्नासाथ उसलाई शरीरभरी खल्खली पसिना आएको आभाष भयो। पसलेले पुरेले देखाएको दिशामा हेर्दै साबुनको बट्टा छामेर सोध्यो- "यो भनेको?" "हैन साउजि..त्यसको देव्रेपट्टि तलपट्टिको!" पसलेले पुरेले देखाएको कुरा चिन्यो। अचानक खितितिति हाँस्न थाल्यो। पुरेलाई झन अप्ठ्यारो पर्यो। उसको अनुहार पसले हाँसेको देखेर कालो भयो। 'यहि किन्न खोज्दा लाज लागेर अगि ग्लुकोज बिस्कुट किन्या हो भाई तिम्ले?" पसलेलाई हाँसो थाम्न गाह्रो भैरहेको थियो। पसलेले भर्खर सोह्र सत्र वर्षको केटोको कुरो बुझ्यो। "भाई तिमी केटाकेटि हैनौ अब,यत्रो जुङ्गाको रेखि बसिसक्यो, झुसे दाह्रि पलाई सक्यो, अब त लाठे भयौ लाठे, शानसंग घच्चिले मागेर किने हुन्छ, किन लाज मान्छौ। सबैले ठिटो भएसि गर्ने कुरा तिम्ले गर्न लाएछौ के को लाज?" पसलेको कुरा उसको मनको कुरासंग मिले पनि उसको लाज र धक र डर भने झन बढेको थियो। उसले पसलेसंग सामान लिएट हत्त न पत्त पैसा फाल्यो र लगभग दौडिएर त्यहाँबाट हिँड्यो। पसले मुसुमुसु हाँस्दै पुरे गएको हेरिरहेको थियो।
(बाँकि भाग पछि)
Last edited: 24-Nov-09 02:07 PM
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-24-09 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 11-24-09 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-24-09 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ए लौन पुरेले त गर्नु गरेछ मैले सोच्या भन्दा चौबर पो गरेछ लौन सम्धी ज्यु कती छिट्टो दिमाग अनी ति आउँला चल्या हुन... आटँ गरेर त माग्यो पुरेले अब कसरी प्रयोग गर्यो त ।।त्यो कहनु पर्यो प्रभो ..
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-24-09 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल जिम्माल बा लोल । कथा त "केवल वयस्कों के लिये " भन्ने प्रमाण पत्र टास्नु पर्ला जस्तो छ । भुराभुरी पनि छन चौतारी मा। बेलुकी बेलुकी ( लुकी लुकी ) सुन्नु पर्ला जस्तो छ। 
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 11-24-09 2:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-24-09 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अब पुरे ले किनेर प्रोयग गरिसकेपछी के टँवा पर्या नि कती न सोझो पल्टेको होला अहिले अर्को भाग पुरा डिटेल मा छिटो राख्नु ल  
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-24-09 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तेसो भये न्वारन कैले ख्वाउनी त अब? 
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-24-09 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पुरेले के गर्यो?(अंतिम भाग) पसलबाट निकै पर पुग्दासम्म पुरेको लाज र डर धेरै हदसम्म कम भैसकेको थियो। सडकको मोड काटेपछि पुरेले प्लास्टिकको थैलाभित्र राखिएको सामान निकै पटक बाहिरबाटै हातले छामछुम पारेको थियो र ऊ खोलेर हेर्नमा व्यग्र देखिन्थ्यो। अर्को मोडमा एउटा पसलको सटर बन्द थियो र बाहिर र सडकमा मान्छेहरु त्यति थिएनन्। पुरेले पल्याक पुलुक यताउता हेर्यो र सटर तल सिमेन्टको पेटिमा धुलो फुकेर बस्यो। प्लास्टिकबाट सामान निकाल्यो,दुईवटा बट्टाहरु थिए। ऊ सामानको बट्टमा लेखिएको कुराहरु पढ्न व्यस्त भयो। दुवै बट्टाहरुमा,सजिलो,ढुक्क र आरामदाई काम गर्न सक्ने ग्यारेन्टि थिए भने, एउटा बट्टामा उचित तरिकाले प्रयोग नगरेमा हुनसक्ने दुर्घटनाहरुको बारेमा पनि उल्लेख गरिएका थिए। उसलाई थाहा थियो सावधानिपूर्वक प्रयोग नगरेमा दुर्घटना घट्न सक्छ भन्ने, तर ऊ अहिले दुर्घटना भन्दा पनि काम सकाऊने कुरामा तल्लिन देखिन्थ्यो। पुरेले घडि हेर्यो। १० बज्न लागेको रहेछ। अबको केहि बेर पछि उसका बुबा आमा शहरको बजार जान्छन् र त्यसको केहि घन्टा भित्रमा कुनै अवरोध नआएमा ऊ अहिले भन्दा भिन्न, बेग्लै मानिस बन्ने छ। सोचेर उसको जिऊ सिरिंग भयो। ऊसले सुन्तलीलाई सम्झियो। उसलाई प्याकेट भित्रको सामान खोलेर हेर्न मन लाग्यो। ऊ केहि सोच्दै थियो, त्यत्तिकैमा माथि सडकबाट उसको बुबा र आमा आउँदै थिए। ऊ हडबडायो र हतपत प्याकेटहरुलाई प्लास्टिककै थैलामा हाल्यो र हिँड्न थाल्यो। बुबा आमा नजिकै आईपुगे। "बाबु हामि भात-सात खाएर हिँड्न लागिसक्यौँ तँ कता गा' थिस ब्यान ब्यानै? ल घर गएर भात खा हामि शहर हिँड्यौँ!" उसकि आमाले भनिन्। उसका बुबा कालो र ठाडो जुङ्गा लिएर कहिले पुरेलाई त कहिले पुरेले लिएको प्याकेट भएको प्लास्टिकको झोलालाई हेरिरहेका थिए। पुरे फेरि व्यग्र देखिन थाल्यो। "के किनेर ल्याईस नालायक?" बाबुको कडा स्वर सुनेर यसै त डराऊने पुरे झन डरायो। केहि भन्न खोज्दै थियो, त्यत्तिकैमा उसकि आमा बोलिन- "ह्या हिन्नुस जाउँ, हतार भईसक्यो...ल्यायो होला नि केहि उसको सरसामान!ल बाबु छिटो जा घर!" उनकि आमा बुबालाई लगभग तानेर हिनिन्। बुबा भने अलिक आँखा च्यात्दै प्ला्सटिकभित्रबाट हल्का देखिएको बट्टाको लेवल पढ्ने प्रयास गर्दै थिए। पुरे लगभग दौडिएको जसरी घरतिर हिँड्यो। पुरेका बुबाले शायद त्यति प्रश्ट नदेखिएको भएता पनि प्लास्टिक भित्रको प्याकेटको लेवल राम्रोसंग चिनेछन क्यार,पर आमासित खुसुक्क बोलेको कुरा पुरे हिँड्दा हिँड्दै कानमा पर्यो! "ओइ बुडि...पुरेले त...किन्या जस्तो छ..!" यो भन्दा बढि पुरेले सुनेन। पुरे र बाबु आमा बिचको सडकको दूरी बढ्दै थियो। पुरेले फर्केर हेर्यो। पुरेका बुबा पनि फर्केर यतै हेर्दै रहेछन्। पुरेको सातो गयो। एउटा बस रोकियो। पुरेले देख्यो पुरेकि आमाले पुरेको बुबालाई केहि भनेर बसमा चढाईन्। बस गुड्यो। पुरेको सास आयो। ********** पुरे घर पुग्यो। घरको ढोका खोल्ने बेलामा पुरेले अर्कोघर तिर हेर्यो। सुन्तली शायद भित्र थिइन्। ढोका खोल्नुभन्दा पहिला उसलाई फेरि एकपटक किन हो प्याकेट हेर्न मन लाग्यो। ऊ टुक्रुक्क ढोका अगाडि बस्यो र प्याकेट झिकेर फेरि पढ्न थाल्यो। अगाडिको घरमा घुरुक्क गरेको आवाज आयो। उसले आवाजको दिशा तर्फ हेर्यो। सुन्तली घरको ढोकामा उभिएर उसलाई उत्सुक भावले हेर्दै थिइन। पुरेसित आँखा जुध्नासाथ सुन्तली फेरि भित्र पसिन्। पुरे हत्त न पत्त ढोका खोलेर भित्र छिर्यो। ------------------------(लगभग १ घन्टा पछि)----------------------------------------------- पुरे संतुष्ट थियो। जिवनमा पहिलो पटक यस्तो गरेको थियो उसले। उसले प्याकेटमा लेखेको निर्देशनहरु पालना गर्दै प्रयोग गरेको थियो जसले गर्दा कुनै दुर्घटना हुन पाएन।उसलाई निकै भिन्न अनुभव भैरहेको थियो। उसले ऐना हेर्यो। आफ्नो गाला तथा नाक मुनि चिल्लो र सफा लाग्यो। उसको आत्मबिश्वास बढ्यो। धेरै पहिलेदेखि उसले सेभ गर्न खोजेको थियो र आज बल्ल मौका मिलेको थियो। उसले आफैँमाथि गर्व गर्यो। "यति जावो सेभ गर्ने रेजर र क्रिम किन्न पनि यस्तो डराईराको म" उसले आफैँसंग भन्यो। अब ऊ पहिले जस्तो सोह्र बर्षे झुसे थिएन, ऊ त सेभ गरेको दाह्रि-जुङगारहितको राम्रो तथा चिल्लो ठिटो थियो जसलाई नहेर्ने र दिल नदिने दुश्शाहस सुन्तलीले गर्न सक्दैनथिइन। बडो आत्मविश्वासका साथ उसले मुल ढोका खोल्यो र बाहिर निस्कियो। सुन्तलि आँगनमा रहिछिन्। उसले सुन्तलीलाई हेर्यो। पहिले जस्तो हिनभावनाको शीकार ऊ भएन,उसको ओठबाट सुन्तलीलाई हल्का मुस्कान निस्कियो। सुन्तली अवाक भएर पुरेलाई हेर्न थालिन्। अनुहारमा अझै विस्मयको भाव ल्याउँदै सुन्तली पनि जवाफत: मुस्कुराईन्। आँगनमा गाग्रि थियो, सुन्तलीले पुरेतर्फ फर्केर केहि झुक्दै गाग्रिबाट जगमा पानि सार्न थालिन्। यसपटक सुन्तलिले घाँटिमा लगभग बेरिएको सललाई अगाडि तानिनन्।झुकेको झुक्यै पुरेतिर हेरेर मिठो हाँसो हाँसिन्। हाँसो अनि सुन्तलीको सल हटेको निर्विरोध झुकाई; पुरेको संसार फेरि उज्यालो भयो। (बाबु नानीहो, यसरी पुरेले गर्नु गर्यो, भन्नेलाई जाँडको माला, सुन्नेलाई बियरको माला) लोल!
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-24-09 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओ एम जि कत्ती हसाउन सक्या हो लौन सम्धी बुढा। प्रयोग त गरेछ केटो ले तर के भन्दा रेजर ...लोल... लोल..... हासियो अत्ती पुरे ले खौरी छाडेछ लोल लोल लोल   
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-24-09 3:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 11-24-09 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
<<< "यति जावो सेभ गर्ने रेजर र क्रिम किन्न पनि यस्तो डराईराको म">>>
                                                                              हा हा हा हा, मरें नि लौ न, एक्छिन त बुढाले चुरोट ख्वाउन लागे भनेर सराप्न ला थेँ, कस्तो खग्गु जिम्मालबा तिमी त, अैया, हाँसेरै मुर्छा भएँ। पेट मिची मिची हाँसियो। जय हो, जय हो। क्या सेव गर्या जस्तै फील भो भने नि, वाह वाह वाह                                                                               भन्नेहरु ले भन्न हुने नहुने भने, म बिचरो बारे के के मात्र सोचे भने नि, जान्या छु मैले नि एक एक लाई, भनेर भन्न भएन, सबसे कान्छो परियो क्यार्नु 
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 11-24-09 3:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल आफु काम मा ब्येस्त भएको बेला यता त एती लामो पुरेको चर्तिकला पोखिसकेछ ...... कथाको पहिलो भाग को : "पुरे झन हेरेको हेरेई भयो, उसको झन्डै अँध्यारो हुन लागेको सानो संसार झन उज्यालो भयो।   " अनी कथाको लास्ट मा : " पुरेको संसार फेरि उज्यालो भयो।     " माने बिर्खे बुढा माने ... त्येतीकै हामीले भन्दा बढी सुरुवाल च्यातेका त होइनौ तिमीले   ...... पुरे मेरो पनि एही सुझाब छ है ..... "तेस्भये हाकु छोइला बनाउ, पानीले पखालेर लग " 
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 11-24-09 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
" एक्छिन त बुढाले चुरोट ख्वाउन लागे भनेर सराप्न ला थेँ, " हेर्न पुरे ले सोचेको रे ...... होइन पुरे को सोझो दिमाग चल्दैन कि क्या हो? आफुले त साँच्चीकै त्यही सोचेको हो ? के ढाट्नु ......  
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-24-09 3:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
" एक्छिन त बुढाले चुरोट ख्वाउन लागे भनेर सराप्न ला थेँ, "
खै सोझो दिमाख भन्ने कि बाङो आफुले त तेइ सोच्या जुन लहरे रिट्ठे र ठुल्दाइ ले सोच्या हे हे हे ... हुन त सम्धी ले मोड्न पनि यू टर्न नै हाने पुर्या कथाँ तर रमाइलो भयो .. सप्पै लाई जिल्ल्याएर ....
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-24-09 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पुरे को दिमाग सुस्त स्थिती मा पुग्या छ रे राम्पुरे अनी चाहिने कुरा सोच्दैन - नचाहिने कुरा सोचेर बस्छ क्या मुखबाट र्याल निकालेर हात खुम्चाएर माथि हेर्दै बसिराछ पुरे टँवा परेर बसिरा छ  
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-24-09 3:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल जिम्माल बा लोल । औतारिको पनि औतारी जिम्माल बा। मखुला? सोच्ने ले के के सोची सक्याथ्यो। जिउ सिउ पनि सिरिङ्ग भैसक्याथ्यो। पुरे आँफै चार छक्क पर्यो।

|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-24-09 3:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हन के भा'का हुन चौतारीका ठिटाहुर? तेसै तेसै तेसै तिघ्रामा बोसो भरिएर नारन! बिचरो बालखा पुरेले जाबो दारि काट्न खोज्दा नि नानाभाँति भन्ठान्ने? तिमेरु जस्तो हो र कति सोझो छ बरा पुरे!
""लहरे- अर्को भाग पुरा डिटेल मा छिटो राख्नु ल ""
हन ए लहरे बज्जे! के सोचेर के कुरो डिटेलाँ सुन्न मन लाग्या हँ?
हन बिउरिन नि कति बिउरिया हुन अचेलका ठिटाहरु?
Last edited: 24-Nov-09 03:57 PM
|
| |