|
[VIEWED 185254
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 11-20-09 12:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
~ चौतारी १६५~
  
 कलिजुगको बेलैमा ,जोशमा हुन्न होश उनकै छोरी तरुनी, हामिलाई केको दोस!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics , workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 20-Nov-09 04:09 PM
|
| |
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-24-09 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पुरेले गर्नु गर्यो तर के गर्यो? पुरेले आज बिहान के गर्यो भर्खरै हामिलाई थाहा भएको छ। पुरेले के गरेको, किन गरेको,अब गर्छ कि गर्दैन सबै कुराको उत्तर मिलाऊनुहोस र पुरेले जस्तै गर्ने मौका पाउनुहोस। यसको सहि उत्तर नआएमा पुरस्कार कसैले पनि पाउने छैनन तर उत्तर भने थाहा हुने छ। हिन्ट: पुरेले अहिले सम्म नगरेको तर गर्ने भनेर बारम्बार सोचेको, सोच मात्र नभएर रिसोच सम्म गरेको, र जे पर्ला पर्ला भनेर गर्नु गरेको, र गरेको थाहा पाउँछन् भनेर पसलमा मुख छोपेर कुलेलम ठोकेको।
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 11-24-09 11:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल हेर! जिमालबा के भन्या नि लौ न। म बिचरो बालख के नै गरौँला र भन्या, त्यो लहरे को हल्ला मात्र हो क्या, खै के हो, के गरेँ भनन त भन्दा नि भन्दैन। अब बुढा-पाकाहरुलाई के जवाब फर्काउनु भनेर मात्रै पो चुपो लाएर बस्या त। नत्र म सोझो साझो आम जनताले के नै गर्नु र भन्या। केइ गर्ने नै भये नि चौतारीका बुढा-पाकाहरुलाई नसोधी गर्थें होला त। भन्न पायो भन्दै म तथा-नाम त नभनौँ न। ल रेसिपी चाइँ भन्देउ बरु, भोली के ख्वाउनु याँकाहरुलाई
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 11-24-09 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल आज त पुरे दिबस पो रहेछ । गर्नु गरेछ नि पुरे ले ......... स्कुल कि मिस पनि मुख छोप्दै हाँस्दै थियी   । ल पुरे दिबस को बिदा मा के गर्ने त ...... ल पुरे लाई पनि सजिलो ...... भोली को लागि रेसिपी... आलु उसिन्नी होइन, पोलेर लाने ।।।।। सम्झेको छ ? बच्चामा आगो बल्यो कि घर भित्र गएर आलु लेराएर पोलेको? हो कती मिठो हुन्थ्यो ....  यि खैरेले कैले खान पाउनु त्यो  .... ल त्यही बेस हुन्छ है मेरो तर्फ बाट सुझाब त । "पुन्टे बुडाले गर्या भए गर्नु भन्दा एक बर्ख अगाडि देखुन भन्न थाल्थे। रिट्ठेले 'गर्या भए गर्दै छु है गर्दै छु' भन्दै फलाक्थो। ठूल्दाईले गर्या भए 'गर्नु गरियो, गति परियो, तारेमाम्' भन्दै हाम्लाई भनिहाल्थे। बिस्टे सम्धीले गरेको भए धुर्ब्या पसलमा बल्ने चुरोटको खरानि खरानिलाई थाहा हुन्तो। लहरेले गर्या भ, एउटा आफ्नै एउटा पोस्टो बढाउँथ्यो। "
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-24-09 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल जिम्माल बा लोल । पुरे ले गर्नु गरे नि , ठुलदाई लाई भन्नु न भन्नु को कारण के हो लहरे ?? लहरे पोल खोली दिएकोले होला। ठुलदाई सँग पंगा लियो भने दंगा होला। पोल मात्र होइन, पोल सँग झाँगिएको तार पनि खोली दिन्छु । पुरे ले गर्नु गर्यो, पुरे ले दिल चोर्यो , डिलमा बसेर लहरे आफै सँग जिल पर्यो। 
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 11-24-09 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बिर्खेले गर्या भे चै सुचना जो निकालेर गर्नेको नि नगरनेको नि घोर आपत्ति जनाउन्थ्यो के रे। तेस्किम्या सैतान बिर्खे मुसुन्दे! तिम्लाई त पशु को रूप धारण् गराएर गढिमाइ तिर हुल्दिन नपुगेको! जिम्दै रछोउ के रे। कालको रहर भा भे हाम्तिर आउ के रे, गढिमाइ नि पुग्न पर्दैन। तिम्रा गर्धन हामी नै च्यात्दिन्छम
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-24-09 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गर्नु सम्म गरेपछी अहिले आएर बालक रे लौ बालक ले त्यस्तो काम गर्छ र - बालक ले गरेको भए पनि कस्तो गरेको त ध्रुत बालक पो निस्केछ - अब सानै देखी एस्तो रैछ त पुरे - अहिले आएर सोझो भाको हो त - सानै देखी दुष्ट हुन्छ दुष्ट मनिस को मती घोच्ने ति जङली काँडा पहिले नै तिखा कती यस्तै यस्तै भन्छ क्यारे होइन लेखनाथ पौड्याल ले - क्या मिलार पुरे कै लागि भन्या रैछ - अहिले आएर थाहा भो जय होस् लेखनाथ बाजे को
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 11-24-09 11:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 11-24-09 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रामपुरे ले भन्या पनि ठिकै हो तर याँ आलु काँ पोल्ने पैले पैले पो बाजेको मकल हुन्थ्यो, जिमालबालाई बज्यै ले सलाई लाइटर केइ छुनै दिन्न रे, बुढा सुरुवाल प्वाल पर्छन भनेर आलु बाहेक अरु केइ रेसिपी पाये हुन्थ्यो भनेको अनी ठुल्दाइ, दिलको कुरै नगर दिल माया धेरै भयो सिसा झैँ फुटेको भन्ने यौतो गीत नि छ क्यारे, भरे कोन्फमा सुनाम्ला आउनु क्यारे त्यो लहरे जस्तो दिल चोर्न जान्ने भा भे तSSSSSS के भन्नु र, न आफु हर्के जस्तो डोले-सोले भा परियो, न त रिट्ठे जत्ती हान्सोम नै, न त लहरे जस्तो बात मार्न जान्नी परियो, न त जिमाल जस्तो versatile , न त ठुल्दाइ जस्तो बात-कुमार। भनी हालेँ नि सिधा-साधा-आम्-नेपाली-जन्ता परियो, क्यार्नु
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-24-09 11:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"लेबल नभा सिसी मा भाको कोदो को झोल ले लाग्छ भन्थ्यो ठीक राइछ"
पुरे ले हसायो क्या जोक मारा पुरे हाहा हिही हुहु BMLB   
क्या सोझो त - कस्तो केही गर्न नजान्ने त - बाबा
हामी पनि त्यती सोझो भाको भए यो दुनियाँलाई कहाँ देखी कहाँ सम्म पुर्याइसक्थ्यो होला
पुरे जस्तो सोझो हुन सकिएन के गर्ने 
लोल पुण्टे दाई लोल    
Last edited: 24-Nov-09 11:58 AM
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-24-09 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। एउटा रेसिपी छ, " चिकेन चटपटे " । काम लाग्ने भए भन्छु क्या रे ।
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 11-24-09 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सुनम त दाई सुनम! मिल्नी भये ट्राइ गर्छु केरे, तर धेर पीरो पनि बनाउन भएन र पो त, नत्र त हाकु छ्वेला बनाउने प्लान थ्यो
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 11-24-09 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तेस्भये हाकु छोइला बनाउ, पानीले पखालेर लग
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-24-09 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पुरेले के गर्यो? (भाग-१)
पुरे बिउँझियो। बाहिर चराहरु कराईरहेका थिए र पर कुनै मन्दीरमा घन्टबजिरहेको थियो। मान्छेहरुको कल्याङमल्याङ अश्पष्ट स्वरहरु पनि वातावरणमा फैलिएका थिए। एक पटक हाई गर्दै जिऊ तन्कायो र फेरि सिरकमा गुटुमुटु भएर घुँडा खुम्च्याउँदै कोल्टे फर्कियो र भित्तामा टुलुटुलु हेर्न थाल्यो। उसको मनमा र दिमागमा सधैँ झैँ सुन्तली छाइन्। उसलाई आफ्नो सम्पूर्ण शरीरमा मदकता भरिएको आभाष भयो। हल्का मुस्कान ओठमा ल्याउँदै उसले सुन्तलीलाई टाउकोदेखि पैताला सम्म सम्झियो। रेशमी सल्सलाउँदो कपाल,सुलुक्क परेको जिऊ,रसिला गाला तथा ओठहरु...सोच्दा सोच्दै उसको शरीरमा रोमांच भरियो। ऊ जुरुक्क उठ्यो र ट्वाईलेट गयो। ऐनामा आफ्नो अनुहार हेर्यो,एकपटक आफ्नो हातले आफ्नै निधार,नाक र गाला सुमसुम्यायो र दैनिक कर्मतिर लाग्यो। भर्खर सोह्र सत्रको उमेर थियो र सबै किशोरहरुमा जस्तो पुरेको दिमागमा अनेकन प्रश्नहरु, कौतुहलताहरु र उत्सुकताहरु व्याप्त थिए। उसलाई अब केटिहरुसंगको सम्बन्ध दिदि बहिनीहरु र साथिहरु भन्दा अरु पनि हुन्छन भन्ने थाहा हुन थालिसकेको थियो। सुन्तली उसको छिमेकि थिइन र उसकै उमेरकि थिएन्। पुरेले आफ्नो सम्पूर्ण वाल्यकाल सुन्तली र ऊ संगैका साथिहरुसंग खेलेर बिताएको थियो। पहिले त सुन्तलीले उसलाई पछ्याउँथिन र लगभग हरबखत उनिहरु संगसंगै हुन्थे, तर बिगत १-२ वर्ष देखि उसले सुन्तलीमा परीवर्तनहरु देख्न थालेको थियो। परीवर्तनहरुका साथसाथै उसलाई सुन्तलीसित नजिकिने चाहना बढ्दै थिए र यसको ठिक विपरित सुन्तली ऊ संग टाढा टाढा हुँदै थिइन्। उसले निकै लामो समयसम्म बुझेको थिएन कि किन सुन्तली ऊ संग आजभोली खेल्दिनन्। उसलाई थाहा छैन तर केहि समय भयो शायद उसले केटि र केटाबिचको फरक थाहा पाउँदै आएको थियो। नित्यकर्म सकेर ऊ बाहिर निस्कियो। पारी घरको आँगनमा सुन्तलि कुचो लगाउँदै रहिछिन्। ऊ आफ्ने घरको आँगनमा टक्क अडिएर सुन्तलीलाई हेर्न थाल्यो। सुन्तली उसको विपरीत दिशातर्फ फर्केर कुचो लगाउँदै थिइन र उनि हिँड्दा उनको जिऊ सल्वलाउँथ्यो र प्रत्येक सल्वलाईसंगै पुरेको मुटु हल्का जोडले धडकिन्थ्यो र सम्पूर्ण शरीरमा उसले रोमांच महशुस गर्थ्यो। सुन्तली सिधा भएर यता फर्किइन्। पुरेका आँखा संग सुन्तलीका आँखा जुधे,केहि पलको लागि पुरेको संसार उज्यालो भयो। पुरेले एकोहोरो हेरिरह्यो, सुन्तलीले केवल एक उपेक्षित नजर पुरेतिर दिएर तत्कालै झुकेर कुचो लगाऊन थालिन्। पुरे झन हेरेको हेरेई भयो, उसको झन्डै अँध्यारो हुन लागेको सानो संसार झन उज्यालो भयो। तत्कालै सुन्तली केहि सजग देखिईन्,उनले तुरन्तै आफूले ओढेको सल घाँटिमुनि केहि तानेर खसालिन्। पुरेको संसार अब फेरि अँध्यारो भयो। पुरे हेरिरहेको थियो। सुन्तली आँगन बडारेर एकपटक पनि पुरेतिर नहेरि घर भित्र छिरिन्। पुरै दौडिएर आफ्नो घर भित्र छिर्यो र ऐना खोजेर एकपटक फेरि आफ्नो अनुहार हेर्यो। लगभग दौडिएर झ्यालतिर गयो र सुन्तलीको घरतिर हेर्न थाल्यो। सुन्तली बाहिर आँगनमा आएर फेरि भित्र छिर्दै रहिछिन्। सुन्तलीको जिऊको सलवलसंगै पुरेको मन सलवलायो। पुरे नजिकैको कुर्सिमा बस्यो,केहि सोच्यो र मनमनै बोल्यो-"गर्न पर्छ कि क्या हो?" यति भन्दै ऊ फेरि आत्तिएको जस्तो देखियो। "धत्..मान्छेले थाहा पाईहाल्छन नि!" उसले फेरि मनमनै बोल्यो। "लुकाऊन मिल्दैन होला फेरि, गरेको र गरेपछि कसैले देख्यो वा थाहा पायो भने सबैतिर हल्ला चल्छ!" उसको एकपछि अर्को मनमा तर्कनाहरु खेल्दै थिए। "ह्या अब म बच्चा हैन नि,सबैले बच्चा भन्ठान्छन। जे पर्ला पर्ला गरेरै देखाउँछु अब त!पहिलेदेखि नै गर्ने गर्या भए अहिले सुन्तली मसंग मस्केर बोल्ने गर्थिन्।" "तर...गर्ने कसरि? बाले थाहा पाए भने?" बाउको डरलाग्दो जुंगा सम्झेर उसको मुटु हल्का उफ्रियो। "लौ गर्छु गर्छु,बा आज दिउँसो बजार जाने कुरा छ, आमा पनि संगै जाने रे, बेलुका सम्म आउँदैनन्। घरमा कोहि नभएको बेला पारेर गर्छु!" अब ऊ अलि दृढ देखिन्थ्यो।
(बाँकि भाग पछि)

Last edited: 24-Nov-09 01:03 PM
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-24-09 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बरु पुरे हाम्लाई नि ट्रेनिङ दिने हो कि पुरी कसरी बनाउने भनेर बरु पुरे मास्टर भनेर बोलाउला - बनाउ न आर नि खुब दुख्ख पाइयो - ल एसो सिकाइदिम न पुरे मास्टर 
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-24-09 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-24-09 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 11-24-09 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-24-09 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ए लौन पुरे ले के गर्यो हँ?  पिरो चिल्लो केही हुन्न रे त खैर्या सन्तान हरुलाई ! नभये त अस्ती हर्के बज्जे लाई ख्वाये जस्तै गरी चिकेन सुकुटी बनाम्न सिकाइदीहाल्थे नि म

|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-24-09 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कथा को पुरे र पुरे प्यारे लाल पुँइक्क एउटै ब्यक्ती हो पुरे ले के गर्यो त - ल गेस मारौ
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-24-09 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ बाह्र बर्ष रामायण सुनायो, सीता कस्को जोइ भन्दा ट्वाँ परे जस्तो कुरा पो गर्छ पुरे त । हेर्दा हेर्दै कथा बनीसके छ, अझ पुरे ले के गर्यो पो भन्छ बा।  लोल जिम्माल बा लोल।
|
| |