[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 हैन कि हो? ----- खै के हो के हो?

[Please view other pages to see the rest of the postings. Total posts: 162]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 180887 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 03-10-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हैन कि हो?----खै के हो के हो


 


"! उठ्छस कि लात्तले दिम?" घाम झुल्किन भ्याको थिएन बाङ्गे मेरो कोठामा झुल्क्याथ्यो ब्यान ब्यानै त्यस्ता शब्द हुर्याउँदै।


 


"आज एउटा घाघ ज्योतिषी नखोजी छोडदिन" मैले पनि मुरमुरीँदै कोल्टे फेरेर सिरकले मुख छोप्नु अघि भनें।


 


"यस्तो तरुनी खोज्ने उमेराँ नी ज्योतिषी खोज्ने हो के ? के गर्न चाहियो नी तँलाई ज्योतिषी?" ओछ्यानमा बस्दै अलिकति सिरक तानेर सोध्यो उस्ले।


 


"कैले घिच्याउने रे तँलाई कालले भनेर नी?" उस्ले मज्जाले सुन्ने गरी भनें मैले, टाउको बाटो सिरक हटाईकन।


 


"तँलाई भन्दा पैले मलाई घिच्यायो भने बाबु तँलाई तर्साएर नी खान बस्न दिन्न--यस्तो तर्साउँछु तँलाई --यस्तो तर्साउँछु --- बरु मर्न पा भए नी हुन्थ्यो जस्तो पार्छु तँलाई" उस्को घुँडा सिरक भित्र घुसाउँदै, ओछ्यानको भित्तामा अढेस लागेर भन्यो उस्ले अनि थप्यो, "जा माथि गएर चिया लिएर आईज, स्वास्नी नभा यस्तो खडेरी ओछ्यान छोडन पनि कस्तो गार्हो हो?"


 


"आधारातमै हिनीस कि के हो मसान? कति बज्यो अहिले?" मैले झर्किंदै सोधें।


 


"बज्यो होला नी दश जति" उस्ले सजिलै भन्यो।


 


"बज्छ दश तँलाई भनेर, घाम झुल्क्या छैन होला" मैले भित्तामा झुण्ड्याको घडी तिर हेर्दै भनें। साढे  ६ हुँदै रे छ। " हेर, भरखर लाई साढेले हान्दै रे --अझै दुई घण्टा बाँकि बिहान हुन लाई --" थपें।


 


"यता नबजे नी कतै कतै बज्यो होला नी दश, तैंले यहाँ कति बज्यो भनेर सोध्या थिएन केही थिएन -- अब उठ लामो कुरा गर्ने होईन। चिया लिएर आईज जा -- पेटै उमठन लाई सक्यो अब त।" तिर बाट सिरक तानेर उस्को माथि मिलाउँदै भन्यो उस्ले।


 


अब नउठी धरै थिएन। उठें अनि निस्किएँ कोठा बाट।


 


चिया लिएर आउँदा बाङ्गे कोठामा थिएन। "सित्तैमा मेरो निन्द्रा बिगारेर मर्यो" दुई कप चिया ओछ्यान छेउको टेबलमा राख्दै झर्किएँ आफै सँग, अरु को थियो त्यहाँ झर्किन? अनि छिरेँ फेरी ओछ्यानमा।


 


चियाको कप आधा पनि सकिएको थिएन, बाङ्गे छिर्यो कोठामा "क्या चिसो यार" भन्दै।


 


मैले केही नभनी उस्लाई हेर्या देखेर होला चियाको कप समात्दै उस्ले भन्यो "तलतल लागेर उता हलुवाबेदको बोट मुनी दुई चार सर्को तानेर --के गर्ने अब बानी लागि हाल्यो--आदत राम्रो होईन नी--एउटी राम्री तरुनीले माया गरेर चुरोट छोड भने देखि छोडदीन्छु।" ओछ्यानमा त्यति फलाकिसकेर काखमा सिरक राख्दै पलेटी मारेर बसे पछी उस्ले सोध्यो " किन ब्यान ब्यानै भन्न तँ कहाँ?"


 


सोध्न मन थिएन जिन सुकै भए नी -- नसोधे नी भनी हाल्थो भन्न -- "किन कृपा गरीस ब्यान ब्यानै?" तै पनि सोधें।


 


"आज सुरेश अंकलले बोला के" उस्ले दंग परेर भन्यो।


 


"ह्या तरुनीले बोलाको भए नी लौ भन्नु, सुरेश अंकलले बोलाउँदैमा के खान मेरो निन्द्रा बिगार्न ?" मैले खासै चासो नलिई भनें। फेरी को सुरेश अंकल को?


 


"खै कुरा बुझेको तैले? सुरेश अंकल को भन्न?" उस्को खुसीमा कुनै कमी थिएन।


 


"को?" मैले सोधें जो सुकै होस भन्ने लागे पनि।


 


"हुने वाला ससुरो हो बाबु, हुने वाल ससुरो" गदगद भएर भन्यो बाङ्गेले।


 


त्यस्ता हुनेवाला ससुराहरु दिनमा एक दर्जन जति हुन्थे, अनि धेरै जसो दिन दिनै फेरीन्थे पनि, मलाई केही वास्ता नी लागेन।


 


"हिंजै भन्न आउनला थिएँ तलाई, बाउले राती राती बाहीर जाने होईन भनेर उर्दी लाए अनि कति बेला ब्यान होला भनेर क्या छटपटी आफुलाई।" उस्ले भन्यो। अझै दंग थ्यो।


 


"को सुरेश अंकल यो?" मैले रित्तो कपलाई झ्यालमा राख्दै सोधें।


 


"त्यो आशिषेको घरको उता पट्टी के -- चाईनीज ईट्टाको घर नी हो त्यै"


 


"को आशिषे? ज्ञानेश्वरको?" मैले फेरी सोधें।


 


"अँ" बाङ्गे अझै दंग थ्यो।


 


"त्यस्को घर छेउ दुईटा छन चाईनिज ईँट्टाका घर--दुईटै घच्चीका छन तर" मैले भनें।


 


"तरुनी पनि दुईटै घच्चीका छन त्यहाँ--" बाङ्गेले अरु खुसी भएर भन्यो।


 


दुईटा भनेर बाङ्गेले सम्झाए पछी झिनो आश पलायो मलाई पनि।


 


"दुईटै तेरा होईन होलान नी?" मैले अहिले चै मुसुक्क हाँसेर सोधें।


 


"एउटी तेरी हो नी --नभए नी बनाउनु पर्छ अब-- त्यै भएर आको यहाँ-- अब तयार हो--जानु पर्छ" बाङ्गेले जोस्सीदै भन्यो।


 


मलाई नी एक राउण्ड हलुवाबेदको बोट मुनी जान मन लाग्यो अहिले चैं। घर देखी तलको बारीमा कुना तिर थ्यो त्यो बोट, धुप हाल्न त्यति खतरा थिएन तै पनि चनाखो चै हुनु पर्थ्यो।


 


"धुप बाँकी?" मैले ओछ्यान बाट उठ्दै उस्लाई सोधें।


 


"किन हुँदैन थ्यो?" पनि उठेर हाँस्दै बाटो लाग्यो।


 


"हलुवाबेद फल्नु पर्ने हो यस्पाली टन्नै" भन्दै पनि पछी लागें।


 


धुप ध्वाँर गरेर आए पछि, चिटीक्क परीयो। ससुराली जस्तो ठाउँ जानु पर्ने, त्यै अनुसारको तयारी गर्नै पर्यो।


 


"बाटो लागे पछी मैले सोधें, सधै तरुनीको तर्फबाट बाउ चिनिन्थ्यो, यस पाली बाउको तर्फबाट तरुनी चिनीने भैयो ?"


 


"तैंले चैं , हाम्रो पुरानो चिनजान हो" बाङ्गेले सुनायो।


 


"पुरानो भन्या?" मैले सोधें।


 


"बाउको साथी सुरेश अंकल, त्याँ तरुनी देख्या दुई बर्ष जति भो, अनि पुरानो भएन?" उस्ले भन्यो। अनि थप्यो, "घराँ नी आछन ती सुरेश अंकल हाम्रो।"


 


"छोरी लिएर?" मैले सोधें।


 


"काँ छोरी लिएर? छोरी लिएर भए भै हाल्थ्यो नी--एक्लै आउने भएर यो बिघ्न टाईम लाग्यो नी" उस्ले भन्यो।


 


"मलाई तरुनी भा घर जान मन लाग्दैन, तरुनी भा घरबाट आउन मन लाग्दैन, तँलाई थाहै छ। कसरी सुरेश अंकल अहिले सम्म बचेछन, आफै छक्क पर्दैछु" बाङ्गे अलि चिन्तित भए झै भयो।


 


"ज्योतिषी एउटा खोज्नै पर्ने भो" मैले भनें।


 


बाङ्गेले पुलुक्क तिर हेर्यो।


 


"तेरो काल सोध्न होईन" मैले हाँसेर भनें। उस्ले पनि हाँसेरै सोध्यो, "के लाई ? कैले पर्ने रे लभ, को सँग पर्ने रे , कता तिर की सँग पर्ने रे त्यै सोध्न?"


 


"त्यस्तो थाह पाउला ज्योतिषीले?" मैले सोधें।


 


"जान्नेले थाह पाउला नी" उस्ले भन्यो अनि फेरी चुरोट सल्कायो। मैले पनि तानें। जाडोमा चुरोट तान्दाको मजै बेग्लै। गहना पोखरीबाट अघि लागेर दाईने तिर टंगाल स्कुल छोडेर अलिकति अघि लागे पछी बालमन्दीरको उत्तरपूर्बी ढोका आउनु अगाडीको गल्लीबाट दाईने लागि सक्या थिएम हामी।


 


"कसरी थाह पाउनु कुन् चैं जान्ने हो? कुरा भोलीको सोध्नु पर्ने, भोली नभै मिल्या नमिल्या थाह हुन्न? आजै कसरी जान्नु मिल्छ कि मिल्दैन?" मैले आफुलाई लाग्या कुरा भनें।


 


"त्यो अब हिंजोको कुरा सोध्नु पर्छ नी , जान्ने रे भने मिलाउँछ" उस्ले भन्यो।


 


"अब हिंजोको कुरा के खान सोध्नु पर्यो ज्योतिषीलाई, त्यो हामी आफैलाई थाह छदै नी, भोलीको कुरा जान्ने पो जान्ने " मैले भनें।


 


अघि अघि थिए पछी। गल्ली सानो थ्यो दुबै जना संग संगै हिन्न। उस्ले बालमन्दीरको पश्चिम अर्थात मुख्य ढोका नेर पुगे पछी सोध्यो, "हैन हामी ज्ञानेस्वर जाने मान्छे किन यता बाट आएको?  उता मालीगाउँ हुँदै जानु पर्थेन? सानोगौचर अगाडीको बाटो बाट छिर्नु पर्ने---"


 


त्यै हो नी -- भगवती वहाल तिर लाग्दै मैले भने "चारधाम गर्ने बानी लागेर हो <SPAN style="FONT

 
Posted on 07-17-09 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sakyo bhaneko ta ajhai ghachhi jandai raichha. Pelum pravu pelum tannai pelu;. Jai hos.

 
Posted on 07-17-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछि दीपको कथाले साझामा बसन्त ल्याएको छ। यो क्रम जारी रहोस् भन्ने कामना गर्दै एकचोटि पुन: धन्यबाद चढाँउछु।


दीप प्रभु कि जय!


 
Posted on 07-17-09 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो !!! लौ लौ छोटो भए नी मीठो गयो ..... कुन बेला सक्यो पत्तो नै पाइएन ...... लौ न गुरु यस्लाई छिट्टै निरन्तरता दिनु होला..... म अर्को भागको प्रतिक्ष्या मा छु
 
Posted on 07-18-09 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोमादीदी चिया लिएर आईन। --

चिया उनले हामी सबैलाई लिएर आएकी रहीछन, बुझाईन, अनि हामी र तरुनीहरु प्रति बिशेष लक्षणको हेराई हुर्याईन मानौ उनको हेराईले भनेको यही हो "चर्तिकला नदेखेको छैन मैले"। गोमादीदी ओर्ले पछी, सायद उनको अघिको हेराई प्रति सतर्क भएर होला तरुनीहरु पनि चिया लिएर कौसीबाट ओर्लीन भर्यागं तर्फ लागेको देखे पछी उनीहरुले समेत सुन्ने गरी बाङ्गेलाई मैले भने "यार, तँ त अन्तिम बस स्टप जस्तो भईस नी -- तँ आए पछी त जम्मै ओर्लिन लागे"।

तरुनीहरुले पछाडी फर्केर हामीलाई हेरे, मुस्कुराए अनि ओर्लिए। बाङ्गेले थप्यो "अन्तिम बस स्टप त ओर्लिनेहरुको लागि मात्रै हो, चड्नेहरुको लागि त सुरुवात नै त्यही हो" यस पटक उनीहरु पछाडी फर्किएनन् तर उस्को कुरा सुनुन्जेल ओर्लिने क्रमलाई भने रोके।

चिया सकेर हामी तल ओर्लिदा तरुनीहरु हामीलाई पढाउने कोठा अगाडी भेटीए। "जान लाको?" एउटीले लच्केर सोधी। त्यो सोधाईमा प्रश्न थिएन तर।

हाम्ले जबाफ दिनु अघि नै अर्किले अरु लच्केर बोली "भुजा ज्युनार भएर सवारी होस न"।

बाङ्गे र म किला गाड्या जस्तो ठिङ्ग उभीए रा थिम त्यहाँ। 

"अघि बसको कुरा गर्या होईन? ड्राईभर चै को नी?"

"पैला बसमा काम गर्ने गर्या थ्यो हो?"

"एक जना ड्राईभर एक जना ढ्याङ्ग ढ्याङ्ग गर्ने हो?" 

उनीहरुले पालै पालो सोधे --- अनि हामीलाई त्यहीँ किलामा छोडेर उनीहरु हाँस्दै एउटा कोठामा पसे। हाम्रो पनि किला फुस्कियो, ओर्लिएम भर्यागं। आन्टी सँग बिनम्रता पूर्बक बिदा भएर लागियो बाटो।

घर बाहीर निस्कीए पछी मैले भनेँ "यार बाङ्गे, भित्र त अघि असिनाले दरो चुट्यो  ---ठीटीहरु त दर्कीए नी"

"खडेरीमा मर्नु भन्दा त दर्केर बर्सेको असीना नै खप्नु बेस " उस्ले चुरोट झिक्दै भन्यो अनि थप्यो, "खडेरी सकिन्छ सकिन्न ठेगान हुन्न, तर असिना धेरै बेर पर्दैन"

मैले सलाई कोरेँ अनि सल्केको ज्वालालाई हत्केलाले छेकेँ निभ्ला भनेर, उस्ले चुरोट सल्कायो ---पिचकारीले पानी तानेको जसरी तान्यो धुवाँ अनि म:म पाक्दो भाँडोको बिर्को खोल्दा फैलीईने बाफ जसरी धुबाँ छोडेर चुरोट म तिर तेर्सायो। जाडोमा चुरोट तान्दाको मजै बेग्लै।

"अघि शिबदाईको गफ त गज्जब दिईस नी" बालमन्दीरको पश्चिम तिरको ढोका आईपुग्दा मैले भनेँ बाङ्गेलाई।

"हेर बाबु केटीलाई आईडिया त दिनु पर्यो नी -- तिम्रो जग्गेमा आउने मै हो --- तिमिले पारेउ ट्र्याजिडी भनें ट्वाँटले हुर्‍रीदैं हैन भने जन्ती सँग सुर्‍रीदैं आउँछु भन्ने जानकारी गराईदिनु परेन? तँ पनि के गरेर हुन्छ दे संकेत तेरीलाई-- आफ्नी पनि अनि तेरी पनि दुईटैलाई जानकारी दिन सक्दिन म--आफ्नो ब्यबस्था आफै गर--खोला सम्म ल्याईदेको छु, मेटाउने हो तिर्खा भने भर अंजुलीमा हैन भने मलाई थाह छैन" बाङ्गेले भन्यो।

"अंजुलीमा हैन पाए त म त अंगालोमा चै भर्थें नी" मैले भनें अनि थपें तर अंगालोमा लिनु पो कस्लाई----मेरी चैं कुन हो कुन?"

हामी टंगाल स्कुलबाट गहना खोज्ने पोखरी तिर लाग्दै थिएम।

बाङ्गेले म तिर हेर्दै भन्यो "हामीले यो मेरी यो तेरी भनेर केई न केई --अब उनीहरुलाई नै छान्न दे--उनीहरुले छाने पछी चै फाईनल नी फेरी--चोखे सोखे लाउने हैन--अहिले नै भन्देको छु मैले"

लाम पोखरी पुग्दा शिबदाई भेट भो, झुसिलकीरे आँखि भुईँ उठाएर आलुबखडाका बिया झैँ आखा पिर्लिक्क पल्टाउँदै सोधे "चुरोट छ?"

बाङ्गेले ५५५ को बट्टा शिबदाई तिर बढायो। उनले दुई खिल्ली झिकेका थिए, "बट्टै राख्नुस दाई" बाङ्गेले अस्तिको गुन तिर्दै भन्यो।

शिबदाई एक पलको लागि छक्क परे तर फेरी बाङ्गेले सोच बदल्ला भनेर होला बट्टा खल्ती तिर हाल्दै चुरोट ईतरको कुरा गरे "तिमीहरुलाई कसैले छोयो भने मलाई भन्नु, टडकले ट्वाक किच्या जसरी चेप्टाईदिन्छु"।

"ह्स दाई" हाम्ले स्वर मिलाएम। चुरोट सल्काए शिबदाईले अनि भगबतीथान तिर बाटो लागे गाउँदै "मधुबन खुसुबु देता है ---"

"अब सुरेश अंकलहरुलाई घरमा खान बोलाउने बन्दोबस्त मिलाउँछु म -- सपरीवार। तँ पनि आईज। कति हामीहरु मात्रै ससुराली गैरहने, उनीहरु पनि घर आउन न"। बाङ्गेले उस्को घर अगाडी टक्क रोकीएर भन्यो। ...





 
Posted on 07-19-09 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो प्रभु हिजोनै पोखिसक्नु भएको रहेछ मैले त भर्खर देखे अनी पढे पनि ... अरुले जस्तो कती छोटो कती मिठो भनेर प्रभु को इन्सुल्त गर्दिन, म त कती मिठो तर कती छोटो भन्छु .......
हे हे हे हे "भित्र त अघि असिनाले दरो चुट्यो  ---ठीटीहरु त दर्कीए नी"

हैन कती सम्म बयान गर्न सकेको भन्या "पिचकारीले पानी तानेको जसरी तान्यो धुवाँ अनि म:म पाक्दो भाँडोको बिर्को खोल्दा फैलीईने बाफ जसरी धुबाँ छोडेर चुरोट म तिर तेर्सायो।".... एसो पढ्नेलाई पनि पढदा पढ्दा तल तल लागेर कस्तो....... सँगै सुतेकी बुढी लाई पनि छोडेर बाहिर गएर तानौ तानौ जस्तो ........

प्रभो अली फुर्सद बढीनै भएको ले गर्दा घुम्दा घुम्दा हजुरको मेसेज को रिप्लाई गर्न नभ्याएको मा माफि माग्छु है .... अनी चान्डै रिप्लाई गर्छु भनेर पनि कसम नगरौ क्यारे ...... फेरी भ्ययिएन भने अर्को आपत ..... के गर्नु बाङे ले जस्तो कसम जती खाए पनि केही नाप्दैन भनेर बस्न पनि सकिएन ...... ल त हजुर एकै छिन्मा अर्को भाग पनि टांसे अहिले नै पढेर सकाउनेथिए क्यारे ..... 

 
Posted on 07-19-09 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर तरुनिहरुले त बाङे र प्रभुलाई त ड्राइभर र खलासी नै बनाएछन है ।


चाडै घर तिर बोलाम है चाडै , नत्र बाङेले भनेको शिभदाइ ताल होलानी फेरी।


 
Posted on 07-20-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>>दुईटै तरुनीहरुले उस्को कुरा ध्यान दिएर सुनेका थिए। म चै अचम्म मा परें। शिबदाईलाई पनि थाह नभाको कुरा आज बाङ्गेले उनीहरुलाई सुनायो।

"गफाडी बाङ्गे" मैले मुस्कुराउँदै मन मनै भनें।<<<<<<<


 


ahile chai milyo...lol........asina wala line ni dami cha.


 
Posted on 07-20-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लास्टै रमाइलो भयो ल यो भाग पढेर - बाङ्गे ले क्या गफ लाइद्या तरुनी हरुलाई शिव दाई को बारे 


तरुनी दुबै फ्याल्ट, बरु लास्टाँ दुबै तरुनी हरु बाङ्गे चाँही मेरो भन्दै झगडा गर्ने हो कि 



 
Posted on 07-22-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समय फर्काएर लान मिल्ने भा फेरी ज्ञानेश्वर जान्थें टिकस काटेर त्यो पनि अहिलेई जस्तो लाग्या भन्या अस्ती राती  --- तर के गर्नु -- समय फर्काउन नमिल्ने, यत्तिकै जाम भनेँ --- के भनाइ भो र अब अरु त --
 
Posted on 08-04-09 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अब सुरेश अंकलहरुलाई घरमा खान बोलाउने बन्दोबस्त मिलाउँछु म -- सपरीवार। तँ पनि आईज। कति हामीहरु मात्रै ससुराली गैरहने, उनीहरु पनि घर आउन न"। बाङ्गेले उस्को घर अगाडी टक्क रोकीएर भन्यो। ...


बाङ्गे मान्छे त बोलीको दरो हो कैले काईँ भए पनि। बिहान बोलाउँछु भन्थ्यो बेलुका भेटदा अर्को शनिबार सुरेश अंकलहरु आउने भए भनेर सुनायो।


बिहान हामी तरुनीहरुकहाँ पढन जाने बेलुका उनीहरु बाङ्गेकहाँ आउँदा एउटीलाई मैले अर्कीलाई बाङेले पढाउनु पर्ने निधो गर्यो बाङ्गेले अनि थप्यो "अब पाठ चैं के पढाउने हो सोचेर तेरो तँ तय गर्नु मेरो मै गर्छु।" किस्न मन्दिरको सिंढीमा बसेर बाङ्गेले प्रेमशास्त्रमा एक पछी अर्को महानबाणी पोख्दै गयो। महानबाणीको बिच-बिचमा उपदेश पनि उत्तिकै दिदै थ्यो। निकै बेर मैले सुनीरहें केही नभनी।


 उ थामीएला की भन्या मैले चुपचाप सुनेको भएर होला उस्को हौसला झन बढेको, झन झन चम्किन थाल्यो अनि मैले भनें "बाँकी चैं तेरो पनि लभ परे पछी भन्न, भट्टाउन त के गार्हो छ र?"


बाङ्गे झ्याप्पै रोकियो। चुरोटको ठुटो चप्पलले किच्दाको जस्तो हेराई म तिर फ्याँकेर मलाई श्राप होला दीन ठिक्क पर्या थ्यो ट्वाक र सुपारी आईपुगे उता ओरालो तिर बाट। सन्दर्भ फेरीयो।


"भगवतीबहालको पुराण कुन अध्यायमा पुर्याईस?" मैले ट्वाकलाई हेर्दै सोधें।


ट्वाकले मुस्कुराएर भन्यो "एकान्त अध्यायमा पुर्याएँ"।


म र बाङ्गे झस्किएम। सुपारीले टाउको हल्लाउँदै पिच्च थुक्यो।


बाङ्गे सिंढीबाट उठ्यो, म पनि उठें। उ मन्दिरको पछिल्तिर लाग्यो, हामी सबैले पछ्याएम। मन्दिर पछाडी प्रायश: दुईटा काम हुन्थ्यो, एउटा चुरोट सल्काउने, अर्को -- भैगो नभनम पाप लाग्ला फेरी।


बाङ्गेले खल्तीबाट चुरोट झिक्यो, चुरोट झिक्दा दश रुप्याको नोट पनि खस्यो खल्तीबाट। खसेको त्यो नोट टिपेर दीन सुपारी बाङ्गेको खुट्टा तिर निहुरीएको मात्रै के थियो बाङ्गेले आफ्ना हात आशिर्बाद मुद्रामा उठाएर भन्यो "चिरन्जीवी भएस"।


ट्वाकले भगवतीबहालको पुराण बाचन गर्यो निक्कै बेर। सुपारीले ट्वाकको चाल चलन ठिक छैन भनेर आफ्नो मनसाय दियो।


"अनि तिमेरु बादल बनेर ज्ञानेश्वराँ मडारीन गा पनि निक्कै भैसक्यो, तितर बितर भैसक्या हो कि बिजुली चम्काउँदै छौ?" ट्वाकले चुरोटलाई दाहीने हातको बुढी र माझी औलाले च्यापेर चोर औंलाले चुरोट ट्याप ट्याप पार्दै सिट्ठी झार्दै सोध्यो।


"अब अर्को हप्ता तरुनीहरुलाई लिएर उनीहरुका बाउ आमा हाम्रा घराँ आउँदैछ्न कुरा कानी गर्न -- दीपलाई पनि बोलाको छ" बाङ्गेले म तिर पुलुक्क हेर्दै चुरोटको अन्तिम सर्को तान्यो।


"सत्ते?" सुपारीले सोध्यो।


"मरीजाम, यै किस्न मन्दिरले भस्म" बाङ्गेले थप्यो।


"एस एल् सी त देको छैन, आउँछन अब तरुनीका बाउ-आमाहरु छोरी जिम्मा लाउन तँ काँ --" सुपारीले नपत्याएर भन्यो।


"छोरीनै जिम्मा लाउन आउने त कस्ले भन्या छ र?" बाङ्गेले भन्यो।


"त्यै त --यी दुईटाको नियत ठिक छैन, पढाउन सक्दिन अब म ---- किताब भनेर बल्छी बोकेर आउँदा रे छन--- छोरीहरुलाई दिक्क पारी सके ल भन त छोरी हो यिनीहरुको चर्तिकला --" भन्न आउन ला होलान। ट्वाकले हाँस्दै थप्यो। चुरोट तानेर सकिए पछी मन्दिर पछाडी बसीरहने काम भएन। अगाडी सडकमा आईयो। अनि किस्न मन्दिरबाट डबली, डबलीबाट बाट फेरी किस्न मन्दिर एक दुई चोटी दुई पैसामा काम नलाग्ने कुरा गर्दै ओहोर दोहोर गरीयो अनि घर घर तिर लागियो।


बाङ्गे र मेरो निकै चोटी बैठक भयो तरुनीहरु आउँदा के गर्ने के भन्ने जस्ता बिषयमा। कैले म किताब बोकेर उस्काँ पुग्थें, कैले उ म कहाँ आउँथ्यो। पढाई भने पनि छलफल भने पनि उही एउटै बिषयमा हुन्थ्यो।


आखिर त्यो दिन आयो। बिहान हामी उनीहरु कहाँ जाने, बेलुका उनीहरु हामी कहाँ आउने।


बिहानको चिसोमा बाङ्गे र म तरुनी-चिन्तनको धुनी मन भित्र दन्काएर हिनीम ज्ञानेश्वर तिर।


सुरेश अंकल कहाँ पुग्दा उनी तयार भएर बसी सक्या हुन्थे प्राय:जसो त्यो बिहान उनी तयार रहेनछन।


"बुबा हुनुहुन्न" एउटी चै तरुनीले भनी। उ सँग आँगन मै भेट भा थ्यो। बाङ्गे र म टक्क उभीएम। अब के गर्ने के -- बाउ छैन भन्दा भन्दै सुन्या नसुनेई गरेर घर भित्र छिर्ने कुरा नी भएन --अरु भए पनि नभए पनि हामीलाई मतलव नभाको कुरा -- बाउ सँग पढ्न आएका हामी --


बाङ्गेले सोध्यो "कहाँ जानु भा? एक छिनमा आउनुहुन्छ होला नी--हामी पर्खिन्छम" यसै त के छोड्थ्यो बाङ्गेले पनि।


बाउ भएर बरु तरुनीहरु छैनन भन्या भए हामी पनि एउटा निउँ बनाएर फर्किन्थिम होला तर तरुनीहरु भएर बाउ नभाको त राम्रो। यत्तिकै फर्किने त कुरै भएन।


आँगनकी तरुनीले केही भन्नु अघि नै अर्की तरुनी आई भित्र बाट। हामी सबै तिर हेरी कुरा नबुझ्या जस्तो गरेर। अघि बाउ छैनन भन्ने तरुनीले भनी "बुबा हुनुहुन्न बाहीर जानु भा छ भन्या-- पर्खिन्छु रे"


पछी आउने तरुनीले मुस्कुराएर भनी "त्रिशुली जानुभा बुबा त -- "


अब त्रिशुली गा मान्छेलाई के भनेर पर्खिने?  "फर्किम त उसो भए" मैले बाङ्गे तिर हेर्दै भनें।


"हामी दुई जनालाई एक एक जनाले छानेर पढाईदिन मिल्दैन? जाडोमा ह्याँ सम्म आईयो" बाङ्गेले भन्यो।


तरुनीहरुले एक अर्कालाई हेरा हेर गरे। मुस्कुराए। अनि एउटीले हामीले बोकेका किताब तिर ईशारा गर्दै भनी "हामीलाई त्यस्तो किताब पढाउन आउँदैन"।


मलाई पनि के सुर चल्यो जाडोमा त्यो बिहान, ह्वात्तै भन्दीएँ "मन पढाई दिए ठुलो गुन लाग्थ्यो ---किताब त कस्लाई पढ्न मन छ र? "


"त्यै त किताब त नपढ्ने म पनि" बाङ्गेले थप्यो।


"हैन भित्र आउने साईत कुन बेलाको छ?" सुरेश अंकलले माथि झ्यालबाट मुन्टो निकाल्दै सोधे।


हामी अलमलिएर सम्हालिईसकेकै थिएनम, एउटी तरुनीले बाउले सुन्ने गरी भनी "खै नपढने रे, बुबा"


"किन?" बाउले छक्क परेर सोधे झ्यालबाट। उता बाउ छक्क परे यता हामी।


फेरी अर्की तरुनीले थपी "खै के जान्नु --मन छैन रे---भन्या त्यही हो"


अलपत्र परेका हामीहरुलाई चोकाँ छोडेर हुरुक्कै हुने गरी नजरबाण बर्षाएर तरुनीहरु बगैंचा तिर लस्किए। ----


 
Posted on 08-04-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ फसाए तरुनी हरु ले प्रभु लाई , अहिले सम्म ससुरो बा सँग राम्रै बनी रहा थियो प्रभु ले एक शब्द पेच हान्या आँफै खाल्डो मा पुरिने भयो , अब पढ्ने मन नि मन पढ्ने के गर्ने हो लौ न प्रभु अली चाडो गरुम यहाँ आफुलाई नै उल्लहा भईसक्यो ।
 
Posted on 08-04-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<एउटा चुरोट सल्काउने, अर्को -- भैगो नभनम पाप लाग्ला फेरी।>>>> हा हा हा हा हा हा हा हा हा, जय सम्भो, क्या मज्जाले भन्यो भने नि। हाँसेर फ्ल्याट भैयो।

<<<"मरीजाम, यै किस्न मन्दिरले भस्म" बाङ्गेले थप्यो।>>> बबाल! बबाSSSSSSSSSSSSSSSSSSSSSSSSSल!!

<<<अनि एउटीले हामीले बोकेका किताब तिर ईशारा गर्दै भनी "हामीलाई त्यस्तो किताब पढाउन आउँदैन"।>>> योमाSSSSSSSSS अनी कस्तो किताब आउँछ त, मरें म त! मैले तलको लाइन नपढी यो कमेन्ट लेख्या, ल है यो बङगेको संगतमा आफ्नो नि मती भ्रस्त भो जस्तो छ बाSSSS!

वाह वाह वाह वाह वाह, क्या घच्ची मुर्गा हान्न ला रेछन केटी गाङ्गले, ल है केइ केइ त उता पनि छ जस्तो छ, बाङगेले केइ आइडिया गर्ला जस्तो छ अब चाँही 

 
Posted on 08-04-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन  हो प्रभु!!! एस्तो मन पढ्नेपढौने काइदा पनि हुदो रहिछ? नसकिने भैयो प्रभुलाई। अरु चाँही थाहा छैन , तर कृष्ण मन्दिरको अशिर्बाद चाँही पक्का लागे जस्तो छ।

 
Posted on 08-04-09 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep Bro,
"हैन भित्र आउने साईत कुन बेलाको छ?" सुरेश अंकलले माथि झ्यालबाट मुन्टो निकाल्दै सोधे।  aba jada chai sayet herer matra janu hai natra suresh uncle le padauna chodnu hola. katha ramro sanga jadai cha aba ke ramdhulai nai khane hoki ??? arko part ko parkhaima

 
Posted on 08-04-09 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या फसाइद्या के तरुनी हरुले -

जाल मा आँफै गएर फसेपछी के लाग्छ र -

घच्ची गैराछ कथा - अली चाडो चाडो लेख्नु पर्‍यो दीप ब्रो

 
Posted on 08-05-09 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्ञानेश्वरकाहरुले पनि क्वाँटी पकाए होलान आज, निम्ता छैन र मात्रै नत्र जान हुन्थ्यो --
 
Posted on 08-06-09 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलपत्र परेका हामीहरुलाई चोकाँ छोडेर हुरुक्कै हुने गरी नजरबाण बर्षाएर तरुनीहरु बगैंचा तिर लस्किए। ----


एक एक क्विन्टलको ढक तरुनीहरुले गर्धनमा झुण्ड्याईदीए झैं भयो। दशैंको च्याङ्ग्रा चालमा घर भित्र तिर लागियो।


"भाको कुरा भन्दीने हो बुझिस, उनीहरुले बाउ त्रिशुली बत्तियो भने -- उसो भए आज के पढाई भो त भन्या हो हाम्ले भन्ना काम छ माथि---" बाङ्गेले घुमाउरो भर्याङमा खुट्टा राख्दै भन्यो।


"त्यै त --- " मैले मेरो कुरा भन्न पाईन। गोमादीदी पनि भर्याङ्ग चढ्ने सुरमा हामी पछी आईपुगेको देखे पछी मैले कुरा रोक्नु पर्यो।


माथि पढ्ने कोठामा पुगियो। अरु दिन भन्दा धेरै ज्ञानी भाको नाटक सुरु गरेम, किताब कापी कलम जम्मै झिकेम र पढ्न घोरीए झै गरेम। अरु बेला भए हामी पल्याक पुलुक गर्दै हुन्थेम। गोमा दीदीले चिया ल्याए पछी चियाको चुस्की नलिई किताब कापी खुल्दैन थिए हाम्रा। तर आज कुरो बेग्लै थियो।


सुरेश अंकल आईपुगे। "के भएर पढ्ने सुर चल्यो त फेरी?" कुरा सुरु गर्दै उनले आफ्नो आसन ग्रहण गरे।


"हैन तल अघि बुबा हुनुहुन्न, त्रिशुली जानु भा छ भन्या भएर--- ए! त्यसो भए आज के पढाई भो त भनेको ---" बाङ्गेले स्वरलाई नरम पारेर भन्यो। म चैं चुपचाप थिएँ।


"त्रिशुली रे? कस्ले भन्या म त्रिशुली गएँ भनेर?" बाउले पैला निधार गाँठो पारे अनि निधारमा तिनटा धर्का प्रस्टै देखिने गरी आँखिभौ उचालेर सोधे।


"तल --" बाङ्गेले कसैको पनि नाम नलिई त्यति मात्रै भन्यो।


"कस्ले छोरीहरुले?" यस पटक बाउले म तिर हेरेर सोधे।


"हजुर" मैले भनें।


सुरेश अंकलले एक छिन केही भनेनन्। त्यतिकैमा गोमादीदी आईन चिया लिएर। उनले चिया राखेर गए पछी कुरा पढाईमा गयो।


आज पढाई सकिए पछी सुन्दरीहरुको धुनमा अलमल गर्नु हाम्रो हितमा नहुने प्रस्टै थ्यो, कौसी तिर जाने काम थिएन आज। त्यसैले शिस्टाचार पूर्बक बिदा भैया थियो सुरेश अंकल सँग कोठामा। कोठा बाहिर निस्केर जुत्ता लाउँदै थिएम, तरुनीहरु आए। उनीहरुलाई देख्ने बित्तिकै बाउ चैंले सोधे, "ए तिमीहरुले अघि म त्रिशुली गएँ भनेको?"


तरुनीहरु रोकिए। बाउ पनि अहिले चै ढोकैमा उभिन आईपुगीसकेका थिए। बाङ्गेले एउटा जुत्ता लाईसकेको थियो, अर्को लाउन खुट्टा छिराएर चोर औला कुर्कुच्चा तिर घुमाउँदै थियो, क्रम रोक्यो। मेरा जुत्ता छै ख्वाप्प छिराउने खाले थिए, छिराई सकेको थिएँ।


अघि बुबा हुनुहुन्न भनेर सुरुमा भन्ने सुन्दरीले छक्क परे झैं गरी उल्टो सोधी "त्रिशुली?"


अर्कीले थपि "को गाको भनेको रे बुबा त्रिशुली?--त्यहाँ त र्‍याफ्टीङ्ग गर्न जाने हैन्? बरु हामी जाम न एक दिम मिलाएर --"


अब भो की -- अघि तिमीहरुले बुबा हुनु हुन्न त्रिशुली जानु भा छ भन्या हो की होईन भन्दै पाखुरा सुर्किने कुरा भएन, फेरी बाउ चैंले आफ्ना छोरीहरुको कुरा नसुनी हाम्रा कुरा के सुन्थे? उनको छोरीहरुका कुरा सँग बाझ्ने कुरा हामीले गर्नु भनेको आफै धरापमा पर्ने निउँ खोजे जस्तै हुन्थ्यो। सुन्दरीहरुलाई सोधेको खण्डमा कुरा फेर्छन भन्ने मलाई लागेको थ्यो त्यसैले मैले अघि भर्याङ्ग चढदा त्यै त भनेर कुरा सुरु गरेको थिएँ, सक्न पाको थिईन।


बाङ्गेले के हो बोल्न लागेको थियो, मैले उछीनेर भनें "हैन अंकल, हामी अघि आउँदा अस्तिन धुन्चे जाँदाको कुरा गर्दै आथेम -- त्रिशुलीको कुरा पनि निस्केको थ्यो--त्यै कुराको सुरमा त्रिशुलीको धुन लागेछ क्यारे हामीलाई।"


हामी पाँच जनाले एक अर्कालाई पल्याक पुलुक हेरेम। बाउ एक जना बाहेक हामी सबै सकेसम्म सोझो  बनेका थिएम। केही थाह नपाको जस्तो। बाङ्गेले जुत्ता लाई नसक्दै तरुनीहरु ओर्लिए भर्याङग।


सुरेश अंकलले बाङ्गे सँग उस्को बाउको कुरा गरे, घरमा सबैको सन्चो बिसन्चोको कुरा गरे। "घरमा बिशेष केही छ कि भरे?" भनेर सोधे। बाङ्गेले "बिशेष त अब अंकलहरु आउने त्यै बिशेष छ अरु केही छैन भन्यो।"


यत्तिकैमा सुरेशदाई भन्दै एक जना उक्लियो भर्याङ्ग, हामी बिदा भएर हिनेम।


चोकबाट बाहीर निस्केर देब्रे लागेका मात्रै के थिएम, सुन्दरीहरु त त्यहीँ रहेछन। एउटीले हातमा पुजा-थाली बोकेकी थिई। दुईटै मन्दमुस्कानले चम्किरहेका थिए।


बाङ्गेले भुमीका नबाधि भन्यो "कैले जाने त त्रिशुली र्‍याफ्टीङ्ग गर्न?"


एउटीले भनी "थाह छैन, कैलेई गा छैन"


बाङ्गेले जोस्सीएर भन्यो "हामी त कति गैयो कति, बाटो त कण्ठै छ"


पूजाथाली बोक्ने चै सुन्दरीले भनी "होला नी -- त्यै बाटोमा गाडी चलाउने गर्या होला--को ड्राईभर को ढ्याङ ढ्याङ्गे रे?"


दुईटै सुन्दरी धक फुकाएर हाँसे।


"हामी भगवतीबहाल जान ला --बस चाहीँदैन --हिनेरै जान्छम्---" फेरी पेच कसे सुन्दरीहरुले।


बाङ्गे र मैले केही भनेनम्। मुसुमुसु हाँसी मात्रै रहेम।


त्यो पदम बहादुर खत्रीको घर अगाडी आए पछी हामी सोझै मालीगाउँ तिर लाग्थेम, त्यो दिन हामी पनि देब्रे मोडीएम, भगबतीबहाल तिर।


एउटी सुन्दरीले हामी मालीगाउँ तिर नलागेको देखेर सोधी, "घर तिर नगएर कता नी?"


"मन्दीर जाने बेला भा रे छ, हामी मात्रै किन जाने त घर?" मैले नी भन्दीएँ।


"ए! अब हामी सँग मन्दीर जाने सुर?" पूजाथाली बोक्नेले सोधी।


"को सँग जाम् त?" बाङ्गेले पनि सोध्यो।


"के थाह? जानु नी आफु आफु" अर्की सुन्दरीले बाङ्गे र म तिर आँखाले ईसारा गर्दै भनी।


"आफु आफु मात्रै गएर ६ जोर जुत्ता १० जोर लुगा फाटी सके होलान, कति जानु आफु आफु मात्रै?" बाङ्गेले एक्लै एक्लै धेरै धाईयो, अब तिमीहरु सँग गएर धन्य हुने भन्ने आशयमा बोलेको थ्यो --- तरुनीले कुरा ट्याप्पै टीपी।


उस्ले भनी "६ जोर जुत्ता र १० जोर लुगा फाटे रे? बाँकी चार जोर लुगा चै के खाली खुट्टै गएर फटाको?"


हाँस्दा हाँस्दै पूजाथाली बोक्नेले थपी अनि "दस दस जोर लुगा फाटन के घिस्रेरै जाने गर्या छ कि के हो मन्दीर? कि त्यो अस्तिनको जड्याँ जस्तो बिहानै देखी सडकमा लडीबुडी गर्ने?"


हाम्ले त बोल्नै नसकिने भो बा! कति बेला मन्दीर पुगिएला जस्तो पो भो। केही ह्वात्तै भनीएला--तरुनीहरुलाई बिझ्ला र भरे भडकिएर घर नआउलान भन्ने पीर त छँदै थ्यो --त्यसैले पनि सहनै परेको थ्यो --फेरी उनीहरु सँग हामीलाई जित्नु पनि त थिएन, हामी त आफु हारेर भए पनि उनीहरुको जित मनाउन पाए दंग हुन्थेम।


भगबतीबहाल पुग्दा सुपारी र ट्वाक त्यहीँ रहेछन। सुन्दरीहरु सँग हामी आएको देखे। ठुलो उपलब्धी भो।


ट्वाक र सुपारी हामी तिर आए पछी, सुन्दरीहरु तर्किएर हिने।


"के छ ट्वाक? कमण्डलु लिएर आईपुगी सकीछस, भिक्षा दिने पनि आकी छ अझै दर्शानाभिलाषी हो?" मैले सोधें।


"अझै त दर्शनाभिलाषी नै हो" ट्वाकले भन्यो।


सुपारीले भरखरै तर्किएका सुन्दरीहरु तिर ईँगीत गर्दै सोध्यो "को नी?"


"भाउजुहरुलाई चिनीराख" बाङ्गेले सुपारीको ढाडमा प्याट्ट हान्दै भन्यो।


ट्वाक पनि सुन्दरीहरु तिरै हेर्दै थियो। सुन्दरीहरुले भने एक चोटी पनि फर्केर हेरेका थिएनन्।


"तिमीहरु त ट्युशन पढ्न गा हैन?" ट्वाकले तरुनीहरु तिर हेर्दै हामीलाई सोध्यो।


"हो नी -- ट्युशन बाट घर जान ला --तरुनीहरुले मन्दीर सम्म हिन न भने -- के गर्ने -- नाईँ भन्ने कुरो नी भएन ---"


"अनि ह्याँ आएसी किन तर्केका त?" ट्वाकले सोध्यो।


"तँ अब हान्ने राँगोले जस्तो हेरीराथीस अनि नतर्केर पनि के गरुन त?" मैले थपें।


"मन्दीरमा आएर नी खाली केटीको कुरा गर्याछ--थुक्क " सुपारीले भन्यो।


"त्यस्तै पर्यो भने तरुनी भगाएर लाने ठाम त मन्दीर हो -- अब कुरा गर्छ"
बाङ्गेले भन्यो।


ट्वाक की तरुनी आई, उ पनि एक छिन है केटा हो भन्दै छडकियो। सुपारी तिर हेर्दै मैले भनें "बर्मचारीको चै लभ गर्ने सुर छैन?"


सुपारीले सजिलै भन्यो "बिहे पछी गर्ने--एक जना सँग"।


मज्जाले हाँसीदै थ्यो, सुन्दरीहरु निस्किए। उनीहरु निस्केको देखेर हामी सलबलाउन लागेका थिएम, एउटा करातिलो ज्यान भाको नबयुबक उनीहरुको छेउ पुग्यो, अनि पूजाथाली बाट झिकेर टीका लायो, फुल पनि। हामी हेरेको हेरेई भएम। ---


 
Posted on 08-06-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाँही कथा मा अर्को टुइस्ट आयो ल


को होला त्यो केटा कि केटी हरु को दाई पर्ने हो कि


कि त ...... होइन होला फेरी दीप ब्रो को सात्तो जाला


अब त्यस्तै हो भने त ट्वाक र सुपारी लाई भनेर ठेगान लगाउनु पर्‍यो


आफुले त केही गर्न मिलेन हैन र ब्रो

Last edited: 06-Aug-09 01:36 PM

 
Posted on 08-06-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<। बाङ्गेले एउटा जुत्ता लाईसकेको थियो, अर्को लाउन खुट्टा छिराएर चोर औला कुर्कुच्चा तिर घुमाउँदै थियो, क्रम रोक्यो। मेरा जुत्ता छै ख्वाप्प छिराउने खाले थिए, छिराई सकेको थिएँ।>>>
क्या बिस्त्रित बयान भो प्रभो, फिलिम हेरे सरि भो! जय हो!!

<<< सुन्दरीहरुलाई सोधेको खण्डमा कुरा फेर्छन भन्ने मलाई लागेको थ्यो त्यसैले मैले अघि भर्याङ्ग चढदा त्यै त भनेर कुरा सुरु गरेको थिएँ, सक्न पाको थिईन।>>>
हा हा हा हा

<<<बाङ्गेले "बिशेष त अब अंकलहरु आउने त्यै बिशेष छ अरु केही छैन भन्यो।">>>
खतरा कुरो मिलाउँछ मुर्दार

<<<हाँस्दा हाँस्दै पूजाथाली बोक्नेले थपी अनि "दस दस जोर लुगा फाटन के घिस्रेरै जाने गर्या छ कि के हो मन्दीर? कि त्यो अस्तिनको जड्याँ जस्तो बिहानै देखी सडकमा लडीबुडी गर्ने?">>>
छप्किहरु नि कुख्यात रेछन, बङगेलाई समेटा चुप लगाइदिये, ट्युसन त यिनीहरु सँग लिन पर्नी जस्तो छ

<<<"तँ अब हान्ने राँगोले जस्तो हेरीराथीस अनि नतर्केर पनि के गरुन त?" मैले थपें।>>>
हा हा हा हा हा, कस्सो र्याल चुहाएन छ। लोल लोल महालोल

<<<मज्जाले हाँसीदै थ्यो, सुन्दरीहरु निस्किए। उनीहरु निस्केको देखेर हामी सलबलाउन लागेका थिएम, एउटा करातिलो ज्यान भाको नबयुबक उनीहरुको छेउ पुग्यो, अनि पूजाथाली बाट झिकेर टीका लायो, फुल पनि। हामी हेरेको हेरेई भएम। >>>
योमाSSSSS भाई होला, भाई, अब बङगेको रेआक्सन हेर्न पर्छ  
 
Posted on 08-06-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


<<पूजाथाली बोक्ने चै सुन्दरीले भनी "होला नी -- त्यै बाटोमा गाडी चलाउने गर्या होला--को ड्राईभर को ढ्याङ ढ्याङ्गे रे?">>


बाङ्गे को हाल के भयो होला ?


<<"हामी भगवतीबहाल जान ला --बस चाहीँदैन --हिनेरै जान्छम्---" फेरी पेच कसे सुन्दरीहरुले।>>


लौ प्रभु भगवतीले दर्शन गर्न आइज भन्दा कसरी नजानु ??


<<"तँ अब हान्ने राँगोले जस्तो हेरीराथीस अनि नतर्केर पनि के गरुन त?" मैले थपें।>>
लोल महा लोल


<<"त्यस्तै पर्यो भने तरुनी भगाएर लाने ठाम त मन्दीर हो -- अब कुरा गर्छ"
बाङ्गेले भन्यो।>>


कुरा त सत पर्तिसत सहि हो 


ओहो यो त मुखै उज्यालो गरी पढि रहेको थिए लस्टाँ गएर ढ्याच्च भयो , अब नबयुक लाई घुराइ अनी धुलाई दिनु पर्ला त्यो चाँही त्यो नबयुवक तरुनी को भाई नपरे सम्म ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Supporting issues on principle instead of blind brainwashed support
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters