[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "ईन्द्रेणी"

[Please view other pages to see the rest of the postings. Total posts: 187]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 125677 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 10-11-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ईन्द्रेणी"

 

मान्छे जाडोमा मधेस तिर जान्छन उ चै मधेसबाट काठमाडौ आउने भई छ।

खुसीको कुरा के भने नी निशा आउने पक्का भो अरे। जय होस। आउली भन्ने आश अनि नआउली भन्ने त्रासमा अल्झेर भनेको बेहाल जस्तै भै सक्या थ्यो आफ्नो। उ आउने रे भनेसी फोटो खोजी खोजी हेरें -- बुलेट थिई नी उ, नारन!

 

निशा मेरी काकीकि बैनी। उ सँग मेरो भेटघाट भा थेन। आफु काकाको बे मा जान पाईएन -- म मात्रै के धेरै जान पाएनन -- पाएनन भन्दा पनि भ्याएनन भनम न। काकाले तिब्र बे गरे के -- त्यस्तै भो -- मधेस पुग्या थे उडेर -- काकिको पानबुट्टेको माथ्लो पेचाँ परेर चेट भएछन।

 

निशा आउने खुसीमा एक सुरले खुसी हुन नी पिसाचले दि रा थेन। को पिसाच रे? तेई बाङ्गे, अरु को हुनु?

 

ठिटी त आउने भै तर बाङ्गेलाई के गरी पन्छाउनु? मुस्किल थ्यो। आफ्नो पक्का साथी भनेकै फेरी उही। भर्सेलामा परोस अघोरी भन्न पनि भएन। उस्ले चैन सँग मलाई केही गर्न देला भन्ने चैं आशै थिएन। एका तिर निशा -- आहा! कस्ती नसालु होली जस्तो लाग्थ्यो -- अर्को तिर बाङ्गे बज्या बिसालु जस्तो थ्यो।

 

आज उ आउने दिन। अहिले सम्म मैले बाङ्गेलाई ठीटी आउने कुरै गर्या छैन। हुने बेलामा अनेक हुने --निशालाई मेरै छेउको कोठा दिन ला थे। मलाई त अर्को चिठ्ठा पर्या थ्यो। यो पल्लो कोठामा निशा सुत्छे रे भन्ने दिमागमा आएर हिँजो राती मात्रै ३ चोटी निन्द्रा बिच्कियो।

 

अँ साच्ची, उस्लाई गए रात सपनामा पनि देखें। पैले पैले अमेरीका आउनु अघि मैले एक दुई चोटी न्युयोर्क पनि देख्या थेँ सपनामा। सपनामा न्युयोर्क पुग्या हुन्थें फेरी यता उती हेर्यो उनै चिन्या मान्छे --तिनै हाँडीगाँउका पाटी देख्थें--कैले न्युरोड देख्थें न्युयोर्कमा, कैले बाटो चै न्युयोर्कको रे बार्दलीमा खुर्सानी सुकाका घरहरु चैं हाँडीगाँउकै देख्थें। तेई तालमा मैले निशालाई देख्या थें गए रात सपनामा -- तरुनी देख्थेँ -- अनुहार देख्दैनथें।

 

हवाईजाहाजबाट आउने भाकी थि उ आज। काका काकी लिन जाने भाका थे। म पनि जान्छु बिमानस्थल भन्या भात खाई सक्दा नसक्दै बाङ्गे आइपुग्यो। एक छिन बसे कुरो थाह पाउला भनेर हतार हतार उ सँग निस्कें बाहीर।

 

उस्लाई बोकेर जहाज १ बजे तिर आउने हो क्यार -- मैले १२ बजे सम्म जसरी भए पनि बाङ्गे भुत मन्छाई सक्नु पर्थ्यो।

 

"के भो हँ तँलाई आज?" बाङ्गेले सोध्यो सत्तेनारन थान पछाडी चुरोटको ध्वाँ सँगै। मेरो मन उडेको देखेछ कि ठानेँ।

 

"टाउको दुखी रा छ।" भन्दें।  त्यसकै निहुँ पारेर छडकिन्छु एक छिनमा भन्ने लाग्यो।

 

"हिँजोको तेत्तीले दुख्यो त टाउको?" बाङ्गेलाई अचम्म लागेछ।

 

"ट्वाँटले दुख्या हैन।" भनेँ।

 

"के ले त?" सोध्दै उस्ले कुरो झिक्यो --"हिन माहाँकाल थान जाम-- हिँजोकी केटी कौसीमा आईहाल्छे कि?"

 

"लागी रा छ" मैले अलि झर्केर भनेँ। कस्लाई के धुन कस्लाई के धुन।

 

"आफुलाई टाउको दुखीरा बेलाँ ---" सुनाएँ।

 

एक मनले भन्दिम कि बाङ्गेलाई निशा आउने कुरा जस्तो लाग्यो फेरी जानी जानी दशा के बोलाउनु जस्तो पनि लाग्यो।

 

यता र उताको कुरा गरीयो। धेरै नाटक पनि गर्न हुन्न थ्यो। बाङ्गे संधिग्द हुन सक्थ्यो। घाघ थ्यो पातकी।

 

बल्ल बल्ल पौने बारह् बजे तिर "ल म लाँगे घर तिर --औसधी खाएर एक छिन सुते पछे ठिक हुन्छ -- अनि जाम्ला माहाँकाल तिर" भन्दै उठेँ।

 

"कति बजे तिर आउँ त म? दुई बजे तिर?" सोध्यो उस्ले।

 

उ त आज म कहाँ आउनै हुन्न्थ्यो। तेसैले भनेँ "ठिक भए पछी मै आउँछु तँ काँ।"

तँ घरी घरी आउँदा बा रिसाउलान फेरी"।

 

सरसोतीथान सम्म सँगै आएर म छुट्टीएँ। मनमा अलिकति खल्लो लाग्यो साथिलाई तेसरी अलमलाएको मा। थाह त उस्ले जसरी पनि पाई हाल्थ्यो। खाली एक दुई दिन आफ्नो सुरमा मियों गाडेर दाईँ गर्न थाल्न पा मेसो बस्थ्यो की भन्ने आश। के गर्नु।

 

छीटछीटो घर तिर लागेँ ----

       

लाग्न त लागेँ तर बाङ्गेको छायाँ परीसकेछ। काका र काकी त हुईँकि सकेछन। बिच्छुक लाग्यो की भनेर दिक्क लाग्यो। एअरपोर्टबाट आउँदा ट्याक्सीमा काका अगाडी गुरुजी सँग बसी हाल्छन -- पछाडी म अनि दिदी बैनी (काकी र निशा के)। उनिहरु त सँगै बस्नै पर्यो गफ गर्न -- एका तिर काकी अर्को तिर म--बिचाँ निशा--सम्झिदौ ज्वरो आउला जस्तो भन्या --अनि झोल्ठिङ र भद्रगोल ट्राफिक भा बाटा तिनै हुन निशा सँगै लेपास्सिन नपाए नी झाक्क झुक्क घच्च पर्या बेलाँ गती परम्ला भन्या --तुषारापात भो।

 

 

जे होस -- काका पछाडी बसेर मलाई गुरुजी सँग नराख्लान भन्ने के थ्यो? ल भैगो काका नै बसे रे अगाडी तर पछाडी निशा एका तिर म अर्को तिर --काकी बिचाँ बस्थीन अनि भेटथिस झाक्क झुक्क भनेर सम्झाएँ मन, अनि अलि मत्थर भो पिडा।

 

कति बेला आउँलान भनेर बिनिसित्ती खटपट भै रह्यो। जुन मोटर आए नी आए कि भनेर हेर्यो के को। कसैले बोले पनि रिस उठ्न थाल्यो यत्तिकै। साँच्चिकै टाउको दुख्ला जस्तो पो भो।

 

२ बजि सक्यो आएनन। २:३० भो अझै आईपुगेनन। मेरो मन बत्तिन थाल्यो। अब म तुरुन्तै बाङ्गेकाँ नपुगे उ कुनै पनि बेला आईपुग्न सक्थ्यो म कहाँ। यता बैभव आउने र उता भैरव आउने बेला एउटै पर्यो भने? बरबाद हुन्थ्यो।

 

सोचेँ -- अब उनिहरु आईहाले पनि मैले उही दर्शन सम्म गर्ने हो। उस्को मुस्कान सम्मको केही प्रसाद पाउने हो धेरै भए। त्यो त ढिलो चाँडो मैरै हो, सम्झाँए आफैलाई। अब काकीले बल्ल बल्ल भेट भाको बैनी सँग आफ्नो माईती र उताका आफन्तको कुरा गर्न छोडेर जा दीप सँग भन्छिन कि भन्ने आश गर्न त भएन नी।

 

बरु बाङ्गे आउनु अघि नै उस्काँ पुग्दे कल्याण हुन्थ्यो आफ्नो। पुगेँ बत्तेर पातकी कहाँ।

 

नभन्दै उ मै कहाँ आउन ठिक परीसक्या रे छ। उस्ले सोध्नु अघि नै टाउको ठिक भो भन्दै थपेँ "ल हिन माहाँकाल तिर जाम "।

 

उ दङ्ग पर्यो। हिँजो चाबेल गणेशथान गैया थ्यो। अनि त्याँ चोकाँ ठीटी निरिक्षणमा लाग्दा हुँदी एउटी सुन्दरी अरु दुईटी केई न कामकी सँग चुच्चेपाटी तिर लागी। फुर्सदै फुर्सद हाम्रो लागिम पछि। जो राम्री उसैमा मन बस्ने नै भो।  "त्यो राम्री चैं मेरी" बाङ्गेले पैले नै भन्यो "बच्छि मबिया" तालमा।

 

झनक्क रिस उठ्यो मलाई। त्यै झोंकमा भनें "म चैं उसो भए के खान पछी लाग्नी त?" त्यो सुन्दरीका पार्श्वबर्तीहरु ठिकै सम्म भए नी लौ भन्नु -- मैले बनाको चित्र जस्ता थिए ती -- मैले घोडा बनाउँदा स्याल जस्तो देखिन्थ्यो -- अब तेस्ताको पछी लागेर खत्तम भएन?

 

बाङ्गेले "मेरो लागि हिन न -- साथिको लागि त ज्यान पनि दिनु पर्छ बुझिस!--एउटा केटी छोडन सक्तैनस?" भन्यो।

 

 

साँझ साँझ पर्न लाथ्यो माहाँकाल तिर लाग्दा -- अलिकति दुरी राखेर पछ्याउँदै थिम के पर्छ पर्छ भनेर। यत्तिकैमा एउटा खैरे साईकलमा हुरुरु आएर हाम्रो अघि रोकियो र नक्सा झिक्यो। के भन्न लायो यस्ले भनेर हाम्ले नी नक्सा तिर हेरीम। "बौध जाने कताट?" भन्छ खैरे त। तेसलाई बौध तिर देखाई देखाई बाटो बताई दिएम-- के कति बुझ्यो कुन्नी-----उ त बाटो लाग्यो यता पछी लाग्या ठीटीहरु हराए। अब भो की? ---

 

 अब साँझ पर्न लाईसक्यो -- केटीहरु कता गए कता ---छिटछिटो पल्याक र पुलक गर्दै अघि लागिम -- डर पनि थ्यो -- कतै घर पुगी होरी हाम्रो दनकको बन्दोबस्त गरी सके की न? --

 

"उ तेई हो हो--" बाङ्गेले अलि अघि फटाफट हिन्दै गरेकी केटी देखायो।

 

"त्यो त एक्लै छे त " मलाई हैन की जस्तै लाग्यो।

 

"एक्लै छे र त पछि लाग्या त -- अर्कैको पोते झुन्ड्याई सक्याहरु को त के पछी लागि भो र?"भन्दै मारोगी जान्ने पल्टियो।

 

"हाम्ले खोज्या केटी त्यो हैन होला --" मलाई अझै बिस्वास लागेन।

"हो हो" उस्ले हो हो भन्यो।

 

नभए नी बाङ्गेलाइ त के फरक पर्थ्यो र? तरुनीको पछी लाग्या हो -- अगाडी पनि एउटी तरुनी नै थिई -- अघि पछ्याउँदै गर्या नभए पनि के?

 

"तेस्का साथी केटीहरु खै त?" मैले सोधें।

 

"मलाई नसोध न -- के था पाउनु? लस्के होलान नी घर तिर -- बरु छिटछिटो हिन -- फेरी यो हराउली"

 

ठीटी फटा फट हिन्दै थी --यस्सो पछाडी तिर पनि हेर्थी हामी तिर --- हामी पनि बढ्दै थिम -- हेर्दा हेर्दै एउटा कालो ढोका खोलेर ठीटी भित्र छिरी -- हाम्रो काम सकियो।

 

अब अहिले तेई घर तिर जांदै थिम बाङ्गे र म। हिंजो मलाई नी तेई केटी चाहिया थ्यो। आज थेन।

 

"तेरो ससुराली आउन लायो" मैले बाङ्गेलाई दम दिएँ। मक्ख पर्यो।

 

"म तँ जस्तो हैन बुझिस -- तैले "मेरो" भनी सके पछी तेस्मा मण्डली हाल्ने" मैले थपें। यो थपेको चैं मैले मेरो बचाउको लागि थ्यो। निशालाई पनि बाङ्गेले गिद्दे नजर दिने पक्का थ्यो -- तेसैले कुरो उठाको।

 

"ल ल म पनि नहालुँला मण्डली" -- बाङ्गेले मैले जे सुन्न खोज्या तेई भन्यो।

 

यही माँहाकालकी ठीटी सँग जसरी भए पनि बाँगे अल्झे हुन्थ्यो भन्ने लाग्यो मलाई। निशा अनि त एकलौटी हुन्थी मेरी।

 

त्याँ बाटा हुँदी कती मडारिनु -- तरुनी कौसीमा आकै हैन -- आफुलाई घर बेलैमा आउनु थ्यो --

 

"खै छैन जस्तो छ घराँ ठीटी -- हिन फर्किम" मैले भनें।

 

"एक चोटी नहेरी त मरे जान्न" भन्न थाल्यो उ त।

 

च्या र चुरोट कति तान्नु? च्या तान्यो अनि चुरोट तान्न चैं त्यो मोड तिर जाने गर्या थ्यो -- के था चुरोट उडाको ठीटीलाई राम्रो नलाग्ने रे छ भनें? बेलैमा बिचार पुर्याउनु पर्यो नी।

 

बल्ल बल्ल आई ठीटी कौसीमा। "ए बाङ्गे आई आई" सुनाएँ। मलाई चैं हिजो पछ्याको तेस्लाई हैन भन्ने लाग्यो तर केही भनिन। बाङ्गे खुसी भो। ठीटी सँग धेरै चोटी आँखा जुधे। एकै छिनमा अर्को को लाट्ठे पनि आयो कौसीमा -- ठीटी र लाट्ठेले के के कुरा गरे कुन्नी -- हामी तिर पनि हेरी -- लक्षण बिग्रेको हो की जस्तो लाग्यो। ठीटी पनि हराई लाट्ठे पनि हरायो कौसीबाट।

 

हामी पनि हराईम।

 

"आजको मात्रा पुग्यो बुझिस -- उस्ले थाह पाई नी अब --अब सुरु हुन्छ" बाङ्गेले सुनायो बाटोमा।

 

खै के थाह पाई कुन्नी -- पैला सुरु त उस्को दावेदार को तेई था छैन त्यो केटीलाई --  त्यै पनि भनें "हो हो -- अब था पाई -- आज हेर्न त्यो केटी पनि सुत्न सक्दिन तेती सजिलै -- तैले हरिप लुक्स दिईस यार -- बिर्सिन्न अब -- भोली पनि आउनु पर्छ" मैले उकासेँ।

 

बाङ्गे फुरुङ्ग भो -- केही खाम भन्थ्यो उ मैले भैगो भनें। ट्वाँट लाउने चानसै थे न निशालाई भेटन जानु थ्यो -- भात खान बेलैमा पुगेर कुरा सुरु गर्नुथ्यो आफ्नो।

 

उ छक्क पर्यो मैले भैगो भन्दा -- तेस्तो हत्तपत्त हुँदैनथ्यो।

 

"आज घर अलि छिटो जानु छ -- भनें।

 

"किन?" भन्छ उ फेरी।

 

घराँ मान्छे आउने कुरा भनम "को?" भनेर सोधी हाल्थ्यो -- अनि त यता र उताको कुरा गर्न थालेसी सबै उध्रिन थाल्थ्यो ध्वार ध्वार -- तेसैले भनें "बा रिसाईराछन के यत्तिकै -- तेई भएर दिउँसो तँलाई मैले म कहाँ नआईज भन्या हैन?"

 

लागिम घर तिर -- मनले निशा निशा घोक्दै थ्यो। .....

 

घर फर्किदा बाङ्गे बज्याको घर हुँदै फर्केम -- मेरो घर भएर फर्किदा त के ठेगान छिर्यो भने? धन्न उस्को घर बाहीर तेस्को बाउ उभिरा रेछन -- केही भन्नै परेन -- बाङ्गे लुरु लुरु भित्र लाग्यो म पनि घोसे मुन्टो लाएर सुरु सुरु चल्दें।

 

आफनै घर नजिक आउँदा धडकन एक्कासी चम्किए।

 

घर भित्र आएँ आफनै घरमा अलमलिए जस्तो भो। कता जाम कता। भान्छामा काकी हाँसे जस्तो लाग्यो तेतै लागेँ।

 

भान्छामा पुग्नासाथै निशा र मेरा आँखा जुधे। मनले ट्याम्को त यसै बजाउदै थ्यो -- दमाहा पनि ठोक्यो। आमा, काकी र उ रहेछन त्याँ।

 

"आज त बैलैमा सवारी भए छ नी" काकीले म तिर हेर्दै हाँसेर भनीन।

 

 

"यो मेरो छोरा, दीप" -- आमाले चिनाईन। फेरी उस्को मेरो हेरा हेर भो दमहा र ट्याम्को बजाउँदै गर्या मनले झ्याम्टा पनि थप्यो।

 

"यो मेरी बैनी, निशा" काकिले चिनाईन। उ मुसुक्क हाँसी।

 

मनले नर्सिङ्गा पनि फुक्यो।

 

निशाको अनुहार आगो अघि उभिए जस्तो उज्यालो -- ज्यान सुन्दरताको परिभाषाले समेटन हम्मे पर्ला जस्तो मनमोहक -- दुलहीको घुम्टो जस्ता आँखा आहा! उठाउँदा रहरमा रहरै घाईते होला जस्तो -- जसै उस्ले ति नयन जसको बर्षातमा म निथ्रुक्कै थिएँ म माथि बाट हटाई मनले हठात सनाईं बजायो।

 

"भात खाने बेला भो?" मैले सोधें।

"एक छिनमा" काकिले भनीन।

पुलुक्क म तिर हेरेर उ मुसुक्क हाँसी। म टिक्न सकिन। हिंडे।

 

कोठामा आएर ड्याङ्ग लडें। हे भगबान, अब के हुने हो --- मनमा कुरा आयो। घरमै यस्ती रहरलाई मात दिने तरुनी आई -- अन्त अन्त एक मुस्कान भेट्न कस्तो गार्हो यहाँ त सुरुमै दुईटा पाईयो -- केही त हुन्छ अब भन्ने भो।

 

एक छिन कल्पना सागरमा उठेका लहरहरु संगै खेल्दै यसै ढल्की रहें।

 

"खाना तयार भो" निशाले ढोका बाहीरै बाट भनी।

 

एक्कै चोटी जर्याक जुरुक उठें।

"किन आत्तेको?" उस्ले सोधी -- फेरी तेई मुस्कान। हरे!

 

म सँग जबाफ थिएन। उस्का आँखामा अनौठो चमक थ्यो।

 

उस्लाई जैले हेर्दा पनि मुस्काउँछे बा। काकीले भा नभाको कुरा सुनाईसकिन की के हो जस्तो पनि लाग्यो। आफु यता एउटा सुरा दङ्ग पर्यो तरुनी अर्कै सुरमा मेरो दङ्ग भङ्ग गर्न तिर लाग्या हो की? खै के हो के हो नी।

 

भात खाई सकेर कोठा तिर लागें। एउटा धुलो लाग्या फिजिक्सको किताब थ्यो काकाले कुन चैं लाईबेरीबाट के गर्नलाई चोरेर ल्या हुन कुन्नी तेई किताब पल्टाएँ। उ आउली र क्या घगडान किताब पढ्दो रे छ भन्ली भन्या आउँदै आईन। चाल बुझ्या टिभि तिर पो लागी छ। म पनि लाग्नै पर्यो, के गर्ने?

 

भुसुक्कै धाराबाहिक हेर्दी रैछे -- जम्मै चिनेकी कुन चै सासु कुन चै बुहारी --कुन असल कुन खत्तम--- आफुलाई अत्तो पत्तो छैन। कैलेई आफु नहेर्ने ति सिरियल अब तरुनी आई रे भन्दैमा उ आकै दिन देखी हेर्न नी भएन। नियतमा संका  गर्लान भन्ने डर। मुस्किल पर्यो। खुरुक्क फर्कें -- हेरीन उस्लाई पनि। सोझो पनि त हुनु पर्यो।

 

कोठामा फिर्ता आएँ र परालको आगो पढन थालें। मन भने गौथलीमै थ्यो।

 

धाराबाहीक हेरे पछी उ सुत्न भनेर काकी सँगै आई मलाई कोठामा पुलुक्क हेरी --  मुस्कान सुस्कान् थेन यस पटक -- खल्लो भै गो -- -- म सँगैको कोठामा सुन्तु पर्ने उ -- त्यै कुराले आफ्नो निन्द्रा बिच्केको-- अझ उ त ऐले आएर त्याँ सुत्दिन भन्छे बा!

 

किन भडकी भन्ने पिर लाग्न थाल्यो।  ----

 

पछि खै के के भनीन कुन्नी काकिले सुन्न खोजेर पनि बुझिन तर काकी एक्लै माथि तिर लाग्या देखें। भने पछी सुत्ने भैछ पल्लो कोठामा। नखरै धेर। एउटा मनमा यसो बिचार आयो पुजाकोठामा भैरबको डरलाग्दो मुखुण्डो थ्यो तेई लार आउनु पर्यो सुटुक्क अनि तर्साईदिनु पर्यो क्यारे ठीटीलाई -- बड मेरो संगैको कोठामा नसुत्ने नखरा गर्दा त -- फेरी अर्को मनले तु भन्यो -- हेर हेर बुद्धी -- अन्त त तरुनी फकाउन सक्या हैन -- अब कोठै छेउमा बल्ल बल्ल सुत्न आकि एउटी ठीटीलाई पनि पैलेई रात भैरब बनेर तर्साएर गर्न खोज्या के?

 

कुरो ठिक हो। तरुनी तर्साउन हुन्थ्यो के त? फकाउनु पर्नेमा अझ। त्यै पनि के गरम उस्लाई के भनम भै रा थ्यो। एक छिन पछी उस्को ढोका अगाडी पुगेर टक टक गरेँ। ढोका खोली आँखामा "के?" राखेर।

 

"ढोकाको छेस्किनि बिग्र्या छ" भन्देँ।

 

उस्ले केही भनीन। बुझिन की भनेर फेरी भनें "चुकुल के लक बिग्र्या छ"।

 

"आफ्नै बिग्र्या होला नी लक -- मेरो त बलियो छ" भनी र ढोका लाई अनि छेस्किनी लाको नी सुनें।

 

ठीटीले कुरा त घच्ची गरी। सोचें उस्ले लक भनेर केलाई भनी? चुकुल-ताल्चा कि भाग्गे? जेलाई भन्या भे नी  मिलाई तर। मेरो ढोकाको लक काठ पसाङ्ग्रेर लाउन मुस्किल थ्यो -- भाग्गे त झन त्यो भन्दा पैले पसाङ्ग्रेको।

 

उस्को लक बलियो नहोला भन्ने संका त थिएन मनमा।

 

निन्द्रै लागेन। छ्टपट छटपट बिनिसित्तीको।

 

उस्को र मेरो साझेदारीमा एउटै भित्ता थ्यो। यो भित्ता पारी तरुनी छे भन्ने मनमा के लाग्या थ्यो हवात्तै सिलसिलाको डाईलग सम्झें -- ए आग इधर भी है उधर भी -- दिबार गिरादें -- हाँ हमको मोहब्ब्त है मोहब्बत -- यस्तै के के भन्थ्यो -- मैरै कुरो गर्दो रे छ कि जस्तो भो।

 

उस्को सपनाको पैलो सो छुट्ने बेला भैसक्या हुँदो हो आफ्नो सुरु भा कै थेन।

 

उ सधैंको लागि त आ थिन -- पाए त राक्थें ---तर उ कुन दिन फर्की हाल्थी -- जे भन्नु गर्नु थ्यो उ फर्किनु अघि नै गर्नु थ्यो। तर के गर्ने के भन्ने कसरी भन्ने गर्ने केही था छैन। बाटाँ ठीटी जिस्काउन त सजिलो थ्यो -- तर अहिलेको परीस्थीति बेग्लै। तेसमाथि बाङ्गेको त्रास अर्को। कति तिरको चाप मलाई त्यो कलिलो उमेराँ।

 

अनेक कुरा बतास झैं चल्थे जान्थे -- कतिबेला निदाएँ था छैन।

 

निन्द्रै पुग्या थेन ढोका ढकढकाको सुनेँ -- सधैं झै च्या होला भनेर आँखै नखोली टेबलमा राखेर जान भनें -- अनि झटट सम्झें निशा होली -- हेरेको त के हुन्थ्यो -- बाफ उड्दै गर्या च्यामा एक चोटी यस्सो हेरें अनि अलि सेलाओस अनि भनेर सुतेँ फेरी--निदाएछु। 

 

"ल हेर च्या त चिसै -- ए उठ" आमाले भन्या सुनेँ।

 

"तताएर ल्याईदिनु न त अनि उठ्छु" सिरक भित्रै बाट भन्दै गुट्मुटीएँ।

 

"सधैं तताउने पर्ने यस्को च्या -- अब त उठे पछी मात्रै बनाईदिन्छु ---" यो पनि आमाले सधैं जसो भन्ने डाईलग थ्यो।

 

एक छिन पछी "चिया" भन्या सुनें। निशाको आबाज। चिया त मेरै जिउमा खन्याको जस्तो भो। तु उठें।

 

"किन मैले बोल्यो की झस्कीने नी?" उस्ले सोधी।

 

किन किन अब? के भन्नु -- केई नी भनिन।

 

फेरी सुत्ने की? च्या टेबलमा राखेर सोधी --

 

त्यो सुत्ने कुराले मनमा जबाफ त धेरै आथे तर भन्न नमिल्ने खाले, तेसैले "राती निन्द्रै लागेन -- " मात्रै भनें।

 

किन भनेर सोध्ली र कुरो उप्काम्ला भनेको त एक जोर नयन बाणले हिर्कार गै कोठाबाट।

जे होस बिहानै उस्को दर्शन त पाईयो -- अब भक्ति बलियो बनाउनु पर्छ -- भजन गाउँनु पर्छ देवी प्रसन्न नहुने त कुरै छैन -- जिउमा फुर्ती जस्तो आयो -- सधैं बाहीर तिर हुन्थे घाम आज कोठैमा देखेँ --

हुन्छ के के चाईँ त -- भन्ने लाग्यो। --

Last edited: 12-Oct-07 12:35 PM
Last edited: 12-Oct-07 12:39 PM
Last edited: 12-Oct-07 12:44 PM
Last edited: 12-Oct-07 12:48 PM
Last edited: 12-Oct-07 12:50 PM
Last edited: 12-Oct-07 01:08 PM
Last edited: 12-Oct-07 01:19 PM

 
Posted on 10-18-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aati Uttam,

Dukha ko Kura Ke bhanda yo Katha ma Pani Deep ko Nisha sanga love hudaina ke.... Yestai huncha sabai katha ma autai patra haru hale pachi. Mero Ek maan le ta thikia chha Nisha+Deep ko gharjam hos jasto lagchha tara Gharjam hune bittakai Deep, Bangey ko story ko The End hola bhanne dar lagchha...

La Deep Prabhu..yo katha ko yesari tungo lagau ki, hamlai pani mar na paros ra bichara Nisha ko pani dil na tutos. Deep ko ta ke chha ra, euta na bhaye aarko tarunai...!!!.ra kehi gari taruni nabhaye Bangya ta chadai chha...Bichara Nisha ko Ke hola...

Khoi..kina kina yo Nisha ta malai pani Maan parla thali, launa ni ba ke garne aaba..Malai Katha bhitra ghusauna mildaina half-time pachi?

 

Jai hos Deep Jee ko..


 
Posted on 10-18-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

august 25 lay bhanya jastai kassailai maar naparni gari katha tungaam...hindi filim ma jasto sapana dekhya bhandim na...ra laasta bangey ayera woothayera "M*** deep! hin Naraanthaam jaam, ghachhi ko maal lera chu, gati parchhas"..bhanna lagawuni....

ki ghachhi ko banner ma new 'story in town' dina la ho?? kunni kalley bhanya thyo ..deep lay tika ko din grand finale dini bho kuro bujhda bhanthyo..tyastai huna la jasto cha rey kya


 
Posted on 10-18-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे, लास्टाँ त 'हम आपके हैं कौन?' हेर्या पो याद आयो। ग्रेट गोइङ, माड्साप।
 
Posted on 10-18-07 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...उ निस्की। ---

उस्को बन्द ढोका सम्म पुगें। अनि फर्किएँ। मलाई पूर्ण चन्द्रको रहर भो रे भन्दैमा सप्तमीमै पुर्णीमा भो ठान्नु सरासर कमजोरी हो। रात करीब करीब छर्लङ्गै बित्यो भने हुन्छ् अनेक उतार चढावमा।

बिहान उ सँग धेरै कुरा गर्नु थ्यो तर उ छेउ नै पर्दैन थिई। कौसीमा चिया लिएर गएँ, बा पनि थिए, आमा पनि कुहीरो भित्र छेलिएका घामलाई पानी चढाउँदै थिईन। बाले घुरे जस्तो लाग्यो। हिंजो निशा कोठामा आएको थाह पाएछन कि भन्ने चिसो पस्यो मनमा। हुन त म तेत्ती छिटो उठ्या देखेर अचम्ममा परेका पनि हुन सक्छन।

काकी र उसलाई भान्छामा देखेको थिएँ।

चिया सकियो उ आईन कौसीमा। एक छिन पछी ओर्लिदै गर्दा उस्लाई काकीको कोठामा देखें। काकी त भान्छैमा थिईन्। झ्यालमा उ झोक्राको जस्तो गरी उभीईराकी थिई। काका फर्केकै थिएनन। आँट गरेर सरासर कोठामा गएँ उ त नङ्गमा पालिस लाउँदै रैछे ब्यान ब्यानै। उसै त फुल जस्ता हात झन रात नङगमा त गुलाफ झै देखिन्थे।

उस्का र मेरा आँखा जुधे -- गालामा उस्को सिन्दुर पोखीएझैं भयो। आँखा उस्ले फेरी पालिसमै पुर्याई।

"उसै त राम्रो हात झन रातो नंग पालिसमा त  --" पुलुक्क हेरी उस्ले मलाई -- मैले भन्न लाग्या कुरो अलमलियो।

"नरम फेरी फुल झै --" भन्दै थिएँ उस्ले चोर औला ती राती फर्फराएका ओठहरु अघि राखेर नबोल्न भनीँ। अनि ढोका तिर हेरी। लौ को आएछ क्यारे पछाडी भन्ने ठानेँ -- गर्धन गरुङ्गो भो -- बा हुँदा हुन अब परेँ फन्दामा भनेर यसो पछी हेर्या त कोई छैन। मधुर हाँसो छर्दै उ बाँकी औलाका नंग रङ्गाउँदै गै।

काकी आउनु अघि नै म लागें आफ्नो कोठा तिर। कोठामा हिंजो राती उ कहाँ थिई म कहाँ थिएँ के भनियो के गरीयो एक एक रिवाईन्ड गरेर हेरें। होईन झै लाग्यो।

ओछ्यानमा ढल्किदै ब्यान ब्यानै सपना देख्दै थिएँ उ आई।

"म त त्यो कोठामा नसुत्ने अब" उस्ले उस्को कोठा तिर इसारा गर्दै म छेउ आएर भनी।

"मलाई त केही छैन तर काकीलाई सोध्नु पर्ला -- काका, बा, आमा उता सबैलाई सोध्नु पर्ला नी त"

"किन?" उ छक्क परी क्यारे।

"अब उता नसुतेर यै कोठामा हाक्काहाक्की सुत्न तँ सोध्नु पर्यो होला नी त सबैलाई -- समाजले के भन्छ फेरी --" मैले नी पेलेँ।

"छ्या ---" भन्दै उ फर्की।

"कता नी?" उ जाँदा जांदै मैले सोधें।

"छतमा" भन्दै उ निस्की।

मतलब कौसीमा आईज भन्या त होला नी भन्दै म पनि ठिक परें।

नभन्दै उ कौसीमा एक्लै थिई। म त त्याँ पुग्या मात्रै थिएँ काका आईपुगे। बेलुका आउन पर्ने बिहानै आएछन। अनि काकी पनि आईन तिँ। काकाले के कारणले अहिले आए त्यो सुनाउन थाले भरे फेरी कता जानु छ तेस्को बयान दिए -- मेरो र निशाको समय खाईदीए। दुई शब्द पनि बोल्न पाईएन।

एक छिन पछी भात खाने बेला भै गो। भात खाँदा खाँदै काकाले निशालाई भात खाईसकेर तयार हुन भने -- काकिलाई पनि भने तयार हुन। घुमाउन लैजान्छन रे। मलाई केही भनेनन। म नी त पाए जान्थें। उनलाई काकी थिईन मलाई निशा हुन्थी -- आफ्नो बे गरे पछी अरुको त मतलबै छैन।

म पनि जान्छु भन्ने आँट आएन। काका संग घुम्न जाने गरेकै थिएन कैलेई -- बरु तर्की तर्की हिनिन्थ्यो।

निशाले भनी "आज जान मन छैन -- टाउको दुखी रा छ -- भोली जाने नी हुँदैन?"

ल्याई ल्याई कुरो त केटीले। आश पलाको मात्रै के थियो-- "भोली त म हुन्न-- भरे फर्किन्छु-- औसधी खाउ न ठिक भै हाल्छ नी" भने काकाले।

काकिले "म सँग छ औसधी, भात खाईसक दिम्ला भनीन।"

उस्ले केही भनीन-- उस्का र मेरा आँखा नजानीदो किसिमले  जुधे एक दुई चोटी।

आफ्नै काका काकी मिलेर बन्चरो हान्ने भए नी नारन कलिलो प्यारमा भन्ने ठानेर मन दु:खी भयो।

उस्को कोठामा तयार भएर निस्किदा म आफ्नै कोठामा बिरक्तिएर बसेको थिएँ। जाँदै जाँदै एक मुस्कान सहित आँखा नचाएर गएँ है भनी। उसै त तरुनी, राम्री उस्तै, झन सिगारीएकी, तेसमाथि मेरी भन्ने भाको -- मलाई कम्ति सकस भएन।

दिन भर लुतो लाग्या मान्छेलाई हात खुट्टा बाँधेर राख्या जस्तो भो। मन चिलाएर छुट्टी -- कन्याईदिनेलाई काका काकी मिलेर कता लग्दे लग्दे।

पाँच जति बज्या हुँदो हो आए उनीहरु। मै पुगेँ ढोका खोल्न। साँझ तिरै भए पनि घाम फेरी उदाए।

काका काकी मास्तिर लागे उ उस्को कोठा तिर। ढोका लाईसकेकै थिएन भने हुन्छ फेरी घण्टी बज्यो। को आयो फेरी भनेर खोल्छु ढोका त बाङ्गे!

अलछिना अघि सम्म अन्मरेको भए नी हुन्थ्यो नी बरु -- उ आई अनि यो अघोरी नी मुन्टीयो भनेर मन मुर्मुरीन सम्म मुरमुरीयो।

"ए बाङ्गे! आईज आईज" भनें। भन्नै पर्यो। उ मेरो कोठा तिर लाग्यो म पछि पछी।

"कैले आईस? " उस्ले सोध्यो।

एक छिन त बिर्सेछु काका सँग जान्छु घरमा हुन्न भन्या कुरा। के भनम के भनम गर्दै थें म को सँग बोल्दैछु भनेर हेर्न होला निशा निस्की कोठाबाट। उस्ले बाङ्गे अनि मलाई हेरी मैले उस्लाई अनि बाङ्गेलाई, बाङ्गेले चै धेरै उसैलाई हेर्यो अनि छ्यास्स मलाई पनि। ---

 

 

 


 
Posted on 10-18-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is getting way too interesting. Takes me way way back ....

Thanks


 
Posted on 10-18-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


very nice deep jyu

 
Posted on 10-18-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hatteri guru, parisakeko lop, tryagedy ta parna bhayena ni!!
 
Posted on 10-18-07 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ! कति रोमान्टिक भैरा'थ्यो, बांगे बजिया भिलेन टुपुल्किहालेछ!

दाऽऽमी गैराछ' दीप ज्यो, गजबको छ लेखाइ। अर्को भागको प्रतीक्षामा!
 
Posted on 10-18-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरी! बाङ्गे अन्मरिएछ फेरि!!
 
Posted on 10-18-07 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

दीप दाजै , के गर्न खोजेका हुन एस्तो हौ? त्यो बाँकी भाग पनि छिट्टो सकाउनु पर्‍यो। अब के के न हुने होला भनेर मन को कौतुहलता त मच्चे को मच्चै छ नि, सार्है मिठो  तर यो पुरा पो कहिले हुने हो भनेर कुर्दा कुर्दै!!!!!!!!!  ल ल दाजै एसो फुर्शद मिलाउनु परो भनेको , प्रतिक्षा को फल मिठो हुन्छ भन्थे के र, तर यो प्रतिक्षा लामो नै हुँदैछ दाजै। ल ल येसो समय मिलाइवरि सकाउनु पर्यो है दीप् दाजै। कुर्दै बसेका छम् है।  हजुर् निशा जि माथि बाट कति बेला आउलिन् भनेर कुरि बसे झैं।

वाउ.नेपाल्


 
Posted on 10-18-07 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङ्गे खप्पिस छ के रे चोरी सोरी गर्न नि। एउटा टेम्पो चोर्न लाउनि, अनि हाँक्न नि लाउनि, आफू र निशा पछाडि बसेर दख्खिन काली तिर सुईंकिनि! कि कसो?

कामाऽट थाकेर आम्दाको बेलुकीको खुराक नै भै सक्यो यो कथा त, परभो! अरुले जति हत्तार गरेनि मेरो लागि चैं बिस्तारै पस्किम। २-४ हउता कामाऽट आम्दा मन हलुको हुन्छ के!


 
Posted on 10-18-07 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उदारन दिन नि क्या जान्या दीपले......गजल लेखे भने त अहिले हिट हुन्छ लौ !

 


 
Posted on 10-18-07 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप दाजै, आझ लाई एत्ती नै हो कि कसो, म त अझै कुरेर बसिराको छुं है। अब फेरी बाङगेको आगमन भाको छ, के के न हुने भो भनेर मनां उत्सुकता बढ्या बढ्यै नि, ल टांसी हालम है त अलिकती भये नि।

wow.nepal


 
Posted on 10-18-07 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो मोडिन लाग्या जस्तो थ्यो फेरि बांगेदाइ ( निशा मनपर्यो के जसरी नि भाभी नबनाइ भएन ) आम्नु भएछ। अब भोलि देखि  फेरि हिन्दि धारावाहिक जस्तो ३ दिन ब्रेक हुनिहोला।

 मैले त इन्द्रेणी हेर्न थाले देखि महाभारत रामायण हेर्नै छोडेकिम के रे । तर क्यार्नु  र बाबै  दिपदा त झण  के हो के हो नेपाली टिभी हेर्दा झ्याप्प बिजुली  गा'जस्तो पार्ने  सधै :)


 
Posted on 10-19-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

---बाङ्गेले चै धेरै उसैलाई हेर्यो अनि छ्यास्स मलाई पनि। --- 

निशा लच्किदै फर्कि उस्को कोठा तिर अनि बाङ्गे र म पनि लागिम मेरो कोठा तिर।

कोठा भित्र पस्नु के थियो बाङ्गेले सोधी हाल्यो "यो उर्बसी को नी?"

"उर्बसी निशा रे" मैले भनें।

"भन्या को?" बाङ्गेले फेरी सोध्यो।
"भन्या काकीको बैनी रे" म चैं रे का रे लाएर जबाफ दिदैथें।

बाङ्गे अलमलियो। पैला त कैलेइ देख्या थे न जस्तो लाग्यो होला -- काँ बाट आई भन्ने पनि पर्या हुँदो हो। बाँगेलाई धेरै कुरा बुझ्नु पर्या म प्रस्टै बुझ्थें।

"मधेसबाट आ रे" उस्ले नसोधी मैले उस्को एउटा प्रस्नको जबाफ दिएँ।

"उग्र रै छे यार -- के रे उर्बसीको नाम?" बाङ्गेले सोध्यो।

"निशा रे" मैले भनें।

"निशा हैन यस्को नाम त उषा राख्नु पर्ने -- बिहान जस्तीलाई के को रात नी?"

बाङ्गेले यस्तो कुरा गर्छ भन्ने मलाई पैलेई थाह थ्यो -- तेसैले त उ बाट पन्छेको म।

"अनि माँहाकाल तिरको के छ त हालखबर?" मैले कुरा अर्को तिर लाँदै सोधें।

"ह्या त्यो माहाँकालमा त सङ्कटा पर्यो नी"

"के सङ्कटा?" मैले बुझिन।

"सङ्कटा भनेको सङ्कट के --- त्यो केटी त माईत आकि रैछे गै हाली नी"

"ल बरबाद, हो र?" म पनि अचम्मै भएँ। माईत आकि जस्ति त देखीन्न थिई।

"अनि के त?" उस्ले भन्न त भन्यो तर उ तेत्ती दु:खी भाको जस्तो चै मलाई लागेन।

"कस्ले भन्यो तँलाई उ माईत आकि भनेर?"

"कस्ले हुन्छ? ट्वाकले नी -- तेस्ले चिन्या रे छ त्यो केटी -- के को केटी --आईमाईलाई" बाङ्गेले सुनायो।

"कति छिटो गरीछ त यार ब्या" मलाई पनि दिक्क लाग्यो।

"दसमा पढ्दा पढदै गन्धर्ब बिहे गरेकी अरे भन्थ्यो ट्वाक त्यो अस्ति कौसीमा आको लाट्ठे थे न? -- त्यो सँग-- पछी  उता कता धरान तिर हो क्यारे दन्तकालीमा पनि बे गरी रे -- लाट्ठे सोम झापाको रे छ -- भरखर हो रे यता माईती तिर आउन देका भन्थ्यो ट्वाक"।

"ट्वाकलाई चै कसरी थाह रे छ नी सप्पै?" मैले सोधेँ।

"ट्वाक्या बाउ र त्यो आईमाईको बाउ साथी रे क्या -- ह्या छोड अब त्यो आर्का स्वास्नीको के कुरा गराई भो र --बरु यो उर्बसीको त ब्या भा छैन होला नी" ? बाङ्गे त एक्कासी म तिर पो आईलाग्यो।

त्यो माहाँकाले केटीले बेला न कुबेला ब्या गर्देर मलाई पो नोक्सान पर्ला जस्तो भो।

मैले केही भनीन।

"खै चिनान यार हाम्लाई पनि" कि तँ नै बोल्या छैनस? फेरी सोध्यो उस्ले मलाई।

मैले बोलेकै छैन भन्दा उसो भए म सुरु गर्छु मैले सुरु गरे पछी मेरी भन्ला पातकीले भन्ने सोचेर "किन नबोल्नु-- जत्ती बोल्या छ" भनें।

"अनि चिनान त हाम्लाई पनि" फेरी थप्यो उस्ले।

"पख न त एक छिन" मात्रै भनेँ। दिक्क लाग्यो के झ्याउ आईलाग्यो भनेर।

"कैले आकी रे उर्बसी ह्याँ?"

यो सोध्छ भन्ने मलाई पक्का थ्यो -- अब भाको कुरा भनम -- बाङ्गे भडकी हाल्थ्यो -- तेसैले भनें "अघि भरखर आकी रे"

"बाङ्गेले मलाई अलि घुरेर भन्यो "तँ आफै एक छिन अघि आ भन्थिस काका सँग -- उर्बसी पनि काका काकी सँग आउँदै थिई --उ भरखर आ भे तैले कसरी टन्नै गफ गरीस त?"

थुक्क, कुरा फुस्केछ  भनेर मलाई चाप पर्यो। भरखर त हो त - म पनि गा थेँ काका काकी सँग उस्लाई लिन -- बाटा भरी गफ गरेर आउँदै छु --" सके सम्म सच्याउन खोजेँ कुरो तर बिग्र्यो भन्ने लागेकै थ्यो।

"बाङ्गेले केही भनेन"

यत्तिकैमा निशा उस्को कोठाबाट माथि जान हुँदो हो मेरो कोठा अघि बाट गै। बाङ्गेले मलाई फेरी ईसारा गर्यो "चिना" भनेर।

"पख न के हतार" भनेँ। मलाई बाङ्गे चिनाउनै मन छैन।

"तैले चिनाउँछस कि चिन्ने चिनाउने काम म आफै गरम?"

चोकमा उभिएकी निशालाई मेरो कोठाको झ्यालबाट बाङ्गे र मैले देखी रा थिम। माथि गै होला भन्या त चोक तिर पो लागी छ। माथि गा भे हुन्थ्यो नी --ठानें।

बाङ्गे त्याँ बाहीर गएर कुरा गर्न सजिलै सक्थ्यो। उस्लाई सुर चढे पछी जे पनि गर्थ्यो।

"जा न त आफैं जा" मैले भनेँ -- जाँदैन की भन्ने आश।

उ त निस्कि हाल्यो कोठाबाट। म पछि पछि लागें। मैले रोक्नु अघि नै उ चोकमा पुगी हाल्यो।

"काकिको बैनी हो?" उस्ले सोध्यो।

निशाले हामी दुबैलाई हेरी।
"हो" उस्ले भनी। अब बाङ्गेले के के भन्ने हो भन्ने पिरमा पर्या थें म -- मैले तेई पिरमा परिचय सक्कि हालोस बरु भनेर बाङ्गेतिर देखाउँदै भनें "यो मेरो साथी बाङ्गे"।

बाङ्गेले बेपत्ता घुर्यो मलाई। निशाको अनुहारमा एक छिन अघिको असजिलो पनको ठाउँ अहिले मुस्कानले  लेको थ्यो।

मैले झट्ट सम्झें "मैले बाङ्गेको असली नाम भनेर चिनाउने पर्ने -- काँ बाङ्गे भनेर पो चिनाएछु -- हडबडमा"। अब बाङ्गे उफ्रीने हो की भन्ने डर लाग्यो।

बाङ्गेले फेरी प्रस्नको झटारो निशा तिर ताक्यो "कैले आ?"

ल खत्तम। म बिबस उभीईरहें। निशाले आफ्नै सुरमा "अस्ति" भन्दी।

बाङ्गेले उस्को करौती घुरानले मलाई रेटेर उ त्यै चोकै बाट एक्कासी बिदा भयो। ---


 
Posted on 10-19-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hetteri, bangey lai khulasta bhanya bhaye hunthyo ni, "mailey man parayeko chu" bhanera.  Saathi-le man paraye pachi ta kina jaai-lagthyo ni.  Tara, bhanya jasto bhaye ta katha katha nai huney thiyena, kaso?

Lau lau aru pad-dai jau.

Deep le chai Sajha ma yo serial le tahalkaa machaako cha.


 
Posted on 10-19-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la dami gairachha.
 
Posted on 10-19-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Malai thaha cha tyo Bange le overtake garcha bhanera ! Mero kura le pheri katha antai

modne hoina ni !

Afno Professional Development Day ma ee Deep ko katha padhera basiyo !!

Baru arko episode kati baje aaune ho thaha paye, teti khera matra herthe !

 
Posted on 10-19-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा बाङ्गेको करौँती घुरान रे! 

बाङ्गे नै भनेर चिनाएको बदला कतिखेर लिने हो कुन्नि बाङ्गेले? उर्वशी को अगाडि त के बदला लिन्थ्यो होला र! ल प्रभु अलि लामो थपम न यार!


 
Posted on 10-19-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाह शिरीष गुरु, प्रोफेशनल डेवेलोपमेन्ट डेमा दीप को कथा पढेर के भयो त? लेख्ने प्रोफेशन पनि छ नि! के नै भयो र? हद भए  निसा संगको दीपको अनुरागलाई बयान गरेर एउटा गजल जाला!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters