[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 296491 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-04-07 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय-नेपाल बज्जे पनि अन्मरिएछ ल हेर! यस्का बाले उ बेलाँ खुब राउनीति ग-या थे। छोराको नाम पनि गज्जब राख्या र'चन्!
 
Posted on 01-04-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गोतामे, गूड मर्निङ ।एका बिहानै कोइ रहेनछ, अगेनामा आगो ताप्दै ख्वाक्क ख्वाक हो कि सब जना ?
 
Posted on 01-04-07 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गोतामे, ठूल्दाइ!
 
Posted on 01-04-07 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ राहू बूडा, जदौ हरिबिजोग!
आफ्ना त आँखा बटारिने बेला बो के रे अहिले त! शुभ-रात्रि!
 
Posted on 01-04-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे अगस्त्यमूनि! तहाँ उप्रान्त पुन्टेले धोबिनीको पसलछेउको चौतारोको डिलमा उठेर "हे भउते! तँ पापिष्ट दिन दहाडै मेरा सालीको कोठामा पस्नी! तँलाई म श्राप दिन्छु। तँ हाम्रा गाउँदेखि २ कोशपर पनि जान नसकेस्" भनेर कराउँदा भए। गैरीको पसलबाट बस चढी पोखरातिर अलपिने बिचार गरेको भउतेकाजीका मनमा ढ्याँग्रो ठोक्न थाल्यो।

गैरीका पसलमा दिउँसो २ बजेको बस कुरेको बस नआएर भउते हैरान हुँदाभए। बस आउला भनेको त त्यसपछिको मिनिबस आइपुग्यो। मिनिबस भने नि चढुँ भनेको त ड्राइभरले रोकेन। त्यसपछि चितउनतिरबाट मुर्रा भैंसी बोकेर ल्याएको ट्रकमा चढ्छु भनेको त भैंसीले हानेर भूईंमा लडाइदियो। ट्रक नभए मिनि-ट्रक भने पनि चढुँ भनेको मिनि-ट्रकमा लोड गरेको, गिटीमा चिप्लिएर रोडमा लड्न पुगे। ट्र्याक्टर आएको देखेर ट्र्याक्टरै भने पनि चढ्ने प्रयास गर्दा भउते चढ्नी बित्तिकै बाटोछेउको ठुलो ढुङ्गामा ट्र्याकटर ठोकिएर फेरि बाटोमा लड्न पुगे।

पछि चेष्टा आउँदा आफैंलाई ढुङ्गो जस्तो पाए। उता जुरेली चाहिं "पुन्टेभेनाको पञ्जाबाट भउतेकाजीलाई फुस्काइपाउँ, मेरो भउते चाँडै घर फर्की आएस्, भउते पोई पाऊ" भनी, सुटुक्कै हात गोडाको नङ् काटी,अष्टोत्तर शय बेली पुष्प, अष्टोत्तर शर रोटी, अष्टोत्तर शय बिजुली खैनीको सरदाम तयार पारी मर्दीको तिरमा नित्य मध्यान्हकालमा मर्दी खोलाको कन्दरामा श्रीस्वस्थानीको पूजा गर्दी भइन्।

 
Posted on 01-04-07 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तथास्तु!

खै तितौरी कता हराइन् भन्छु। मसित रिसार भुनभुनिएकी जस्तो मानिचु।
 
Posted on 01-04-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-04-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Seems like match the theme of Chautari!!!
Sab ko bhalo hoos!!
जय शम्भु!!!

 
Posted on 01-04-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada malaai gudpaak manpardaina. rarai guliyo huncha. oh ho kasto ramro bhaute kasto lucky.
khai tiru r saanani kataa gai.
 
Posted on 01-04-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालेको स्वस्थानी पढियो, असली कथा यस्तो पो हुनु पर्छ, कहाँ त्यो जमानाको दक्ष प्रजापति र सती देवीको कथा सालबसाली भात्याउने होइन र ? कथाको रचना र संरचना उच्च कोटिको छ ।
 
Posted on 01-04-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hatterika!!
kati hasaunasakeko hola gaalab le . hasda hasda poonteda le bhanya jasto gala chyatiyera kaan sammai pugyo

:D
 
Posted on 01-04-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाचामा नी आगो लाग्यो खै मायालु हराको नी धेरै भो
निस्कीम बाचा तोडीने ननिस्कीम मन खरानी हुने भो

अर्को नी दीम?

आफु दमकल उ गल्ली
अब स्वागतम भनेर केइ न केइ

---उल्टयाईदीम? उल्टाएनी केइ न केइ

आफु गल्ली उ दमकल
अब साइरन सुनेर केइ न केइ

---बोरै भो? अब यस्तो बोरको अगाडी अरु त केइ न केइ

आफु पुरेत उ बेहुली
अब स्वयम्बर भनेर केइ न केइ


अभिबादन।
 
Posted on 01-04-07 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस पनि कता बेपत्ता हुनु भाको, कहीं बुर्का लाएर हज गर्न त जानु भाको होइन ? तारेमाम है ।
 
Posted on 01-04-07 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता गुल्टेच यो चौतारी ?
 
Posted on 01-04-07 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भोट हालुम्.


चौपारीको रौनक बढाउन के गर्नु पर्ला? ल तलका बुँदामा टेकेर आफ्नो भोट आँफे हालुम्.


१- हिन्दी र अउरेजी गीत सुनाम्नीलाई दिएको येलो काड फिर्ता लिनु पर्छ/पर्दैन.

२- राहुलभाइ दाइ र भउतेको संयुक्त अध्यक्षतामा "चौपारी सुधार आयोग" गठन गरिनु पर्छ/पर्दैन.

३- कुम्लेले प्रचण्डलाई चिठी चौपारीमै बसेर लेख्दा हुन्छ/हुँदैन.

४-बिसेले धागै पिच्छे कविता नहालिकन चौपारीमै कविता हाले हुन्छ/*त्रै नि हुँदैन.

५-एउटै चौपारीबासीले १२,१३ टा निकनेम लिनु पर्छ/पर्दैन तातो न छारोको.

६-चौपारी च्याटरुम यानेकि चौपारीबासीहरु च्याटरुममा हराम्नी चलन खारेजी हुनु पर्छ/पर्दैन बेकाराँ
 
Posted on 01-04-07 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, कुरो चाँही मनसिप गर्‍यो हे केटोले
तेही भएरपो चौतारी हरएको, मलाई गुहार माग्न को हत्ते, कस्सो नमेले खोजेर ल्यायो । ल नमे तलाई धन्न्याबद छ है ल के खान्छस् भन ।
 
Posted on 01-04-07 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले त भोट हाले । खास सप्पैलाइ सप्पैकुराको स्वतन्त्रा छ । चौतारी नबिगारी जे गर्ने पनि पाउनु पर्छ जस्तो लाग्छ । अब दादाले तयार पारेको मत पेटीकामा भोट हाल्न तिर लागे

१- हिन्दी र अउरेजी गीत सुनाम्नीलाई दिएको येलो काड फिर्ता लिनु पर्छ/पर्दैन.
--कार्ड जति फिर्ता सप्पैको । जे जे भाषामा पनि गित गाउन पाउनु पर्छ ।
२- राहुलभाइ दाइ र भउतेको संयुक्त अध्यक्षतामा "चौपारी सुधार आयोग" गठन गरिनु पर्छ/पर्दैन.
-- गरम गरम गठन , सुधार गर्ने कहिले पनि पछि पर्नु हुदैन ।
३- कुम्लेले प्रचण्डलाई चिठी चौपारीमै बसेर लेख्दा हुन्छ/हुँदैन.
-- ए होतनी है कुम्ले ले किन तेता राखेको होला । बरु बल्खु गाम र चौतारीमा राखेको भए राम्रो हुने नि । तर गार्हो कुर है यो त ।
४-बिसेले धागै पिच्छे कविता नहालिकन चौपारीमै कविता हाले हुन्छ/*त्रै नि हुँदैन.
-- लौ बिसे तिमी पनि तेसै गरे । बल्खु र चौतारीमा राखे राम्रो होला कि ?
५-एउटै चौपारीबासीले १२,१३ टा निकनेम लिनु पर्छ/पर्दैन तातो न छारोको.
-- यो कुरो मलाइ मन परेन । एउटै नाम राखम न , धेरै राखेर डाडा काडा ढाक्ने बिचार चै नगरम है ।
६-चौपारी च्याटरुम यानेकि चौपारीबासीहरु च्याटरुममा हराम्नी चलन खारेजी हुनु पर्छ/पर्दैन बेकाराँ
-- ठिकै हो च्याटमा गफ गर्नु त तर चौतारीमा आउननै छोडे त चौतारी विकीपिडीयामा मात्रै रहला है ।
 
Posted on 01-04-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे स्वस्थानी मै, यो संसारका पापी लाई नास् गरिदेउ । श्वास फेर्न जान्ने हरुलाई बाचाइदेउ, फेर्न वीरसनेहारुलाई सँगइ लिएर जानु ।
जस्तो भएपनि यो संसार पपिको नहोस् ।
गूड नाइटस्वस्थानी माता !!!
 
Posted on 01-04-07 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले पातकीहेर्ले नया वर्ख हुँदी बेस्मारी धोकेछन् दादा। तेइ भ'र अहिलेसम्म थला पररा'छन् रे!
 
Posted on 01-04-07 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरुको चक्करै चक्कर चलेछ अनि कहाँ आउन भ्याउनु चौतारीमा? पीर् नगर् गोतामे, यो राहुले छदै छ, चौतारि कुर्ने। जस्ले जे भने नि यो बुढाको काम् छैन। आहो ताप्नु मुढोको कुरो सुन्नु बुढोको भन्छन् क्यारे। गाले को स्वस्थानी चाहि निरन्तर् होस्, अरु सबैको जय होस्। तारेमाम् शरण।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
where are Hunter Biden and Biden got 40k maga hounds?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters