[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 हैन कि हो? ----- खै के हो के हो?

[Please view other pages to see the rest of the postings. Total posts: 162]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 180898 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 03-10-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हैन कि हो?----खै के हो के हो


 


"! उठ्छस कि लात्तले दिम?" घाम झुल्किन भ्याको थिएन बाङ्गे मेरो कोठामा झुल्क्याथ्यो ब्यान ब्यानै त्यस्ता शब्द हुर्याउँदै।


 


"आज एउटा घाघ ज्योतिषी नखोजी छोडदिन" मैले पनि मुरमुरीँदै कोल्टे फेरेर सिरकले मुख छोप्नु अघि भनें।


 


"यस्तो तरुनी खोज्ने उमेराँ नी ज्योतिषी खोज्ने हो के ? के गर्न चाहियो नी तँलाई ज्योतिषी?" ओछ्यानमा बस्दै अलिकति सिरक तानेर सोध्यो उस्ले।


 


"कैले घिच्याउने रे तँलाई कालले भनेर नी?" उस्ले मज्जाले सुन्ने गरी भनें मैले, टाउको बाटो सिरक हटाईकन।


 


"तँलाई भन्दा पैले मलाई घिच्यायो भने बाबु तँलाई तर्साएर नी खान बस्न दिन्न--यस्तो तर्साउँछु तँलाई --यस्तो तर्साउँछु --- बरु मर्न पा भए नी हुन्थ्यो जस्तो पार्छु तँलाई" उस्को घुँडा सिरक भित्र घुसाउँदै, ओछ्यानको भित्तामा अढेस लागेर भन्यो उस्ले अनि थप्यो, "जा माथि गएर चिया लिएर आईज, स्वास्नी नभा यस्तो खडेरी ओछ्यान छोडन पनि कस्तो गार्हो हो?"


 


"आधारातमै हिनीस कि के हो मसान? कति बज्यो अहिले?" मैले झर्किंदै सोधें।


 


"बज्यो होला नी दश जति" उस्ले सजिलै भन्यो।


 


"बज्छ दश तँलाई भनेर, घाम झुल्क्या छैन होला" मैले भित्तामा झुण्ड्याको घडी तिर हेर्दै भनें। साढे  ६ हुँदै रे छ। " हेर, भरखर लाई साढेले हान्दै रे --अझै दुई घण्टा बाँकि बिहान हुन लाई --" थपें।


 


"यता नबजे नी कतै कतै बज्यो होला नी दश, तैंले यहाँ कति बज्यो भनेर सोध्या थिएन केही थिएन -- अब उठ लामो कुरा गर्ने होईन। चिया लिएर आईज जा -- पेटै उमठन लाई सक्यो अब त।" तिर बाट सिरक तानेर उस्को माथि मिलाउँदै भन्यो उस्ले।


 


अब नउठी धरै थिएन। उठें अनि निस्किएँ कोठा बाट।


 


चिया लिएर आउँदा बाङ्गे कोठामा थिएन। "सित्तैमा मेरो निन्द्रा बिगारेर मर्यो" दुई कप चिया ओछ्यान छेउको टेबलमा राख्दै झर्किएँ आफै सँग, अरु को थियो त्यहाँ झर्किन? अनि छिरेँ फेरी ओछ्यानमा।


 


चियाको कप आधा पनि सकिएको थिएन, बाङ्गे छिर्यो कोठामा "क्या चिसो यार" भन्दै।


 


मैले केही नभनी उस्लाई हेर्या देखेर होला चियाको कप समात्दै उस्ले भन्यो "तलतल लागेर उता हलुवाबेदको बोट मुनी दुई चार सर्को तानेर --के गर्ने अब बानी लागि हाल्यो--आदत राम्रो होईन नी--एउटी राम्री तरुनीले माया गरेर चुरोट छोड भने देखि छोडदीन्छु।" ओछ्यानमा त्यति फलाकिसकेर काखमा सिरक राख्दै पलेटी मारेर बसे पछी उस्ले सोध्यो " किन ब्यान ब्यानै भन्न तँ कहाँ?"


 


सोध्न मन थिएन जिन सुकै भए नी -- नसोधे नी भनी हाल्थो भन्न -- "किन कृपा गरीस ब्यान ब्यानै?" तै पनि सोधें।


 


"आज सुरेश अंकलले बोला के" उस्ले दंग परेर भन्यो।


 


"ह्या तरुनीले बोलाको भए नी लौ भन्नु, सुरेश अंकलले बोलाउँदैमा के खान मेरो निन्द्रा बिगार्न ?" मैले खासै चासो नलिई भनें। फेरी को सुरेश अंकल को?


 


"खै कुरा बुझेको तैले? सुरेश अंकल को भन्न?" उस्को खुसीमा कुनै कमी थिएन।


 


"को?" मैले सोधें जो सुकै होस भन्ने लागे पनि।


 


"हुने वाला ससुरो हो बाबु, हुने वाल ससुरो" गदगद भएर भन्यो बाङ्गेले।


 


त्यस्ता हुनेवाला ससुराहरु दिनमा एक दर्जन जति हुन्थे, अनि धेरै जसो दिन दिनै फेरीन्थे पनि, मलाई केही वास्ता नी लागेन।


 


"हिंजै भन्न आउनला थिएँ तलाई, बाउले राती राती बाहीर जाने होईन भनेर उर्दी लाए अनि कति बेला ब्यान होला भनेर क्या छटपटी आफुलाई।" उस्ले भन्यो। अझै दंग थ्यो।


 


"को सुरेश अंकल यो?" मैले रित्तो कपलाई झ्यालमा राख्दै सोधें।


 


"त्यो आशिषेको घरको उता पट्टी के -- चाईनीज ईट्टाको घर नी हो त्यै"


 


"को आशिषे? ज्ञानेश्वरको?" मैले फेरी सोधें।


 


"अँ" बाङ्गे अझै दंग थ्यो।


 


"त्यस्को घर छेउ दुईटा छन चाईनिज ईँट्टाका घर--दुईटै घच्चीका छन तर" मैले भनें।


 


"तरुनी पनि दुईटै घच्चीका छन त्यहाँ--" बाङ्गेले अरु खुसी भएर भन्यो।


 


दुईटा भनेर बाङ्गेले सम्झाए पछी झिनो आश पलायो मलाई पनि।


 


"दुईटै तेरा होईन होलान नी?" मैले अहिले चै मुसुक्क हाँसेर सोधें।


 


"एउटी तेरी हो नी --नभए नी बनाउनु पर्छ अब-- त्यै भएर आको यहाँ-- अब तयार हो--जानु पर्छ" बाङ्गेले जोस्सीदै भन्यो।


 


मलाई नी एक राउण्ड हलुवाबेदको बोट मुनी जान मन लाग्यो अहिले चैं। घर देखी तलको बारीमा कुना तिर थ्यो त्यो बोट, धुप हाल्न त्यति खतरा थिएन तै पनि चनाखो चै हुनु पर्थ्यो।


 


"धुप बाँकी?" मैले ओछ्यान बाट उठ्दै उस्लाई सोधें।


 


"किन हुँदैन थ्यो?" पनि उठेर हाँस्दै बाटो लाग्यो।


 


"हलुवाबेद फल्नु पर्ने हो यस्पाली टन्नै" भन्दै पनि पछी लागें।


 


धुप ध्वाँर गरेर आए पछि, चिटीक्क परीयो। ससुराली जस्तो ठाउँ जानु पर्ने, त्यै अनुसारको तयारी गर्नै पर्यो।


 


"बाटो लागे पछी मैले सोधें, सधै तरुनीको तर्फबाट बाउ चिनिन्थ्यो, यस पाली बाउको तर्फबाट तरुनी चिनीने भैयो ?"


 


"तैंले चैं , हाम्रो पुरानो चिनजान हो" बाङ्गेले सुनायो।


 


"पुरानो भन्या?" मैले सोधें।


 


"बाउको साथी सुरेश अंकल, त्याँ तरुनी देख्या दुई बर्ष जति भो, अनि पुरानो भएन?" उस्ले भन्यो। अनि थप्यो, "घराँ नी आछन ती सुरेश अंकल हाम्रो।"


 


"छोरी लिएर?" मैले सोधें।


 


"काँ छोरी लिएर? छोरी लिएर भए भै हाल्थ्यो नी--एक्लै आउने भएर यो बिघ्न टाईम लाग्यो नी" उस्ले भन्यो।


 


"मलाई तरुनी भा घर जान मन लाग्दैन, तरुनी भा घरबाट आउन मन लाग्दैन, तँलाई थाहै छ। कसरी सुरेश अंकल अहिले सम्म बचेछन, आफै छक्क पर्दैछु" बाङ्गे अलि चिन्तित भए झै भयो।


 


"ज्योतिषी एउटा खोज्नै पर्ने भो" मैले भनें।


 


बाङ्गेले पुलुक्क तिर हेर्यो।


 


"तेरो काल सोध्न होईन" मैले हाँसेर भनें। उस्ले पनि हाँसेरै सोध्यो, "के लाई ? कैले पर्ने रे लभ, को सँग पर्ने रे , कता तिर की सँग पर्ने रे त्यै सोध्न?"


 


"त्यस्तो थाह पाउला ज्योतिषीले?" मैले सोधें।


 


"जान्नेले थाह पाउला नी" उस्ले भन्यो अनि फेरी चुरोट सल्कायो। मैले पनि तानें। जाडोमा चुरोट तान्दाको मजै बेग्लै। गहना पोखरीबाट अघि लागेर दाईने तिर टंगाल स्कुल छोडेर अलिकति अघि लागे पछी बालमन्दीरको उत्तरपूर्बी ढोका आउनु अगाडीको गल्लीबाट दाईने लागि सक्या थिएम हामी।


 


"कसरी थाह पाउनु कुन् चैं जान्ने हो? कुरा भोलीको सोध्नु पर्ने, भोली नभै मिल्या नमिल्या थाह हुन्न? आजै कसरी जान्नु मिल्छ कि मिल्दैन?" मैले आफुलाई लाग्या कुरा भनें।


 


"त्यो अब हिंजोको कुरा सोध्नु पर्छ नी , जान्ने रे भने मिलाउँछ" उस्ले भन्यो।


 


"अब हिंजोको कुरा के खान सोध्नु पर्यो ज्योतिषीलाई, त्यो हामी आफैलाई थाह छदै नी, भोलीको कुरा जान्ने पो जान्ने " मैले भनें।


 


अघि अघि थिए पछी। गल्ली सानो थ्यो दुबै जना संग संगै हिन्न। उस्ले बालमन्दीरको पश्चिम अर्थात मुख्य ढोका नेर पुगे पछी सोध्यो, "हैन हामी ज्ञानेस्वर जाने मान्छे किन यता बाट आएको?  उता मालीगाउँ हुँदै जानु पर्थेन? सानोगौचर अगाडीको बाटो बाट छिर्नु पर्ने---"


 


त्यै हो नी -- भगवती वहाल तिर लाग्दै मैले भने "चारधाम गर्ने बानी लागेर हो <SPAN style="FONT

 
Posted on 04-24-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la Deep bro ko life aru dui-char din ali rasilo bhayo hola jasto chha, taruni haru nai bahupaas ma aaye pachhi ke lagchha???? Deep ko lekhai ko pheri prashamsha garnu parla ra?? ati uttam.
 
Posted on 04-24-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त बिहानै दिप ज्ू को कथा पढ्न पाईयो।










"यत्तिका दिन एउटीलाई आफ्नी भनीयो, बिपनाको कत्ति रहर सपनामा पुर्याईयो---अब आएर आफ्नै साथीले धोका दियो, खै के हो के हो--


 

 

हा हा हा बा‍ङ्गे ले चाई सारै हसाउने के!
 
Posted on 04-24-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


एस्पाली चै एत्ती सम्म त काम बने छ्,लौ बधाई हो प्रभो। 


"यत्तिका दिन एउटीलाई आफ्नी भनीयो, बिपनाको कत्ति रहर सपनामा पुर्याईयो---अब आएर आफ्नै साथीले धोका दियो, खै के हो के हो"



एत्तिमै बिट मार्या हो त भन्या प्रभो..
क्रमस: समाप्त केही देखिएन


 
Posted on 04-24-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<"त्यो तँलाई अघि नंग गाढ्ने खासमा त मेरी हो नी --फेरी तँ उसैलाई चै किन समात्न पुग्या नी? अनि तेरीले मलाई समाई, अब के गर्ने?" उस्ले सोध्यो।>>>

वाह प्रभो, सार्है मज्जा आयो, जय होस् प्रभो। पुरा फिलिम हेरे झैं भो, हिरो भैयो, बाङगे त पैले देखीं नै हिरो थियो, अब खास भयो के त? हात समातेको आफ्नी भै कि सपना देख्या, प्रभोले भन्नि त हैन तै सोधिहाल्या।

तर त्यो शिवदाइलाई चाँही थ्यांक यु भन्नै पर्नी हो क्या, साइड हिरो रेछन।

जे होस् प्रभोले initiation लिए, सार्ही रमाइलो लाग्यो, त्यो नङको दाम त मेरै हातमा पर्या जस्ताइ भो बै, "खै के हो के हो"
 
 
Posted on 04-24-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

taruni haru chindai nachini dhai dini ta? paila ta bujhnu paryo ni ko kasko ho bhanera :-)
 
Posted on 04-24-09 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिबदाईले गीतको बोल फेरे तर हुरींदै नाच्ने ताल उही थियो--"दे दे प्यार दे प्यारे दे--"अंगालोमा लिन खोजेका हुन कि तरुनीहरुलाई झै गरी दुईटै हात उडानमा भएको चिलका पखेटा जस्तो खोलेका थिए। hahahhahah Yeti padhepachhi good friday dami manaiyo prabho.


mane prabho! hajurko lekhne lila lai.


 


 


 


 


dim prabho aruni dim 


 
Posted on 04-28-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ko kasko ho, ko kasko ho, kasley chinna sakcha ra?


Je hoch anta chaahi saarhai ramro laagyo.


Uttarottar prem badh-dai jaawos.  Bangey ra Deep ko ekai ghar-ma sasuraali hosh.  Hamro ta yahi kaamana cha hai.


 
Posted on 04-28-09 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तर एउटा कुरो चै बबाल भो यार" कौसीमा टुक्रुक्क बस्दै बाङ्गेले भन्यो।


"के?" मैले सोधें। के भन्न ला त्यो सायद मैले बुझेको पनि थिएँ।



गुरुको लीला अपरम्पार छ, बाङेले के चाल पाओस .... बिचरा जित्दा जित्दै पनि हार्यो।





 
Posted on 04-28-09 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हैन कस्तो कन्जुस्याईँ गर्या हो? एक दर्जन जति लडाईदिनु नी यसरी        -- के जान्छ र? बाङ्गे र मलाई आधा आधा दर्जनको दरले।"


launa ani rawan ko ta 10 wata matra tauko re ani mero darjan bho bhane barbaad bhaena? The twelve-faced kHusHii bhanlan, bhaigo hai?


 
Posted on 04-30-09 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यस्त भैयो साथी हो के गर्ने यस्तै रे छ जिन्नगी दिउसो हुंदा रातको रात पर्दा ब्यानको झझल्को आम्छ क्यार्नी होला त नी अब?



 
Posted on 05-07-09 6:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरुलाई मैले बिर्सेंको छैन है, त्यै निबेदन गरम भनेर उपस्थित भएको अहिले चै। यो बशन्त ऋतुले हरीयाली प्रायोजन गरे झै साथीहरुको सदभावले मेरो उत्साह प्रायोजन गर्छ।

 
Posted on 06-14-09 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो, धेरै भएको छैन .... एक महिना काटेर दुइ तिर लागेको मात्र छ.......
खाली समय को ज्ञान गरौन मात्र आएको हो है प्रभु म त ....... नत्र एस्तो सानो तिनो कुरा मा कमेन्ट गर्ने मान्छे त होइन म .......

प्रभु कथा अगाडी बढाउन ........ सार्हो कुरियो अब त..........

 
Posted on 06-19-09 11:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यत्तिका दिन एउटीलाई आफ्नी भनीयो, बिपनाको कत्ति रहर सपनामा पुर्याईयो---अब आएर आफ्नै साथीले धोका दियो, खै के हो के हो--" बाङ्गेले थ्याच्च बसेर हाँस्दै भन्यो।


 


 


 




















"हेर बाङ्गे ---  मैले सम्झाउन खोजेको झै गर्दै भनें ---"
ह्या यो कुरा त जती गरे नी यस्तै हो पैले एउटा जडुली कुरा भनी हालम न अनी अरु कुरा भन्या त गर्दै गरम्ला नी -- जडुली कुरा चै के भन्देखुन म जिम्दै छु क्या -- अरुलाई मतलब भए नी नभए नी आफुलअी चै धुनधानै मतलब हुने रे छ ज्यान को के नी -- यै एउटा छ--
छिरीक्क केई भयो भने त राम राम राम ---
 अर्को झन जडुली कुरा नी छ -- त्यो चै के भने साथीहरु प्रति मेरो हार्दिक





आभार
  
जिन्दगीले चक्कड  दाईँ गर्दै छ नी अचेल -- दाईँ मात्रै गरेर त के थ्यो र मलाई नारीरछ र पो त ---


 
Posted on 06-20-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep jee BGange lai yo chahin college ma varna garidinu parla jasto chha. Aadhi vanda badhi ta trailer mai chacchupan garna painchha.


 
Posted on 07-07-09 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gamalaa bhari fulko fota rakhera k garya ho aman prabho le?  :)


 


mero gaf ta bhassechha ni .... ukasnu parne....


 
Posted on 07-07-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुको दाईँ सिद्धियो भने एसो हल्का फुर्का चमेना पस्किउम न हो!

अनी गुरु, ति त कोपिला नै हुन नि, फुल भनेर आँखा नलगाउम है!!!   Minor  को बात् लाग्ला नि फेरी !!!

 
Posted on 07-07-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप प्रभो यसो फुर्सद निकाल्नु पर्‍यो यो -- "हैन कि हो?----खै के हो के हो" --  देग चलेन .... लौ न लौ फेरी बेली बिस्तार लाउनु परो ......... यो बाङगे पुरान पढ्न मन अधीर छ
 
Posted on 07-16-09 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यत्तिका दिन
एउटीलाई आफ्नी भनीयो, बिपनाको कत्ति रहर सपनामा पुर्याईयो---अब आएर आफ्नै
साथीले धोका दियो, खै के हो के हो--" बाङ्गेले थ्याच्च बसेर हाँस्दै भन्यो।

"हेर बाङ्गे को कस्को को कस्को अझै पक्का भैसक्या छैन नी त --" मैले कुरा पुरा गर्नै पाको थिएन उ भडकियो "पक्का त तेरै भाको थिएन होला नी, मेरो चैं उही बेलाँ पक्का गरेर तँलाई जानकारी गराको होईन?"

"तैंले मात्रै जानकारी गराएर हुन्छ्? तेरै मात्रै जानकारीको भर पर्ने हो भने त अब एक दुई बर्षमा यो काठ्माडौ भरी अरुको लागि कोई पनि तरुनी बाँकी हुँदैनन--जो देख्यो बच्छी मबिया भन्या जस्तो गर्छस तँ ---"

कौसीमा अलपत्र पर्या एउटा ईँटाको टुक्रालाई एक लात कस्यो बाङ्गेले अनि म तिर हेर्यो -- भन्नलाई केही भनेन।

फेरी अब ट्युशन पढन त जानै पर्यो। कैले पढ्न जान पाईएला जस्तो भएर उतपात। ज्ञानेश्वर भ्रमण पटक पटक गरेको पनि हो, तर लाभदायक भएको थिएन। ट्युशनको बिहान आयो आखिर। जाँदा बाटा भरी बाङ्गे र म अनेक थरी कुरा गर्दै गएम।

अंकलले हामीलाई उनीकहाँ आको गाको मात्रै पैसा लिएर पढाउने बल नगरे हुने नी -- उनलाई फेरी नपढाई नहुने --ज्यान दिएर लाग्थे। कत्ति न हामी उनी सँगनै पढ्न गाको जस्तो। घराँ दुईटी तरुनी छोरीहरु गुलाफको फुल सरी भएसी दुईटा बतासे झक्कु केटाहरु पढ्न आएको देखे पछी फुल हल्लाउने मात्रै होईन ताल परे बतासेहरुले झार्छन फुल भनेर बुझ्नु पर्छ पर्दैन?

अंकलले त्यो दिन शिबदाईको कुरा उठाए, हाम्ले पनि एक स्वरले  शिबदाईको खोईरो खनेम। ससुरा अंकलको हो मा हो मिलाएम। अनि चिया पिउँदै पढाई सुरु भो।

पढाई सकियो तरुनीहरुको दर्शन पाईएन। त्यसरी हुन्थ्यो के त? अंकल मास्तिर लागे पढाउने कोठाबाट बाहिर निस्किएर, हामी चैं तल तिर ओर्लेम।  जाने तयारी गर्दै थिएम्, ससुरो अंकल पनि आईपुगे चोकाँ। मोटर साईकलको बुई चढेर लात हान्दै मच्चिदै गर्न लागे स्टार्ट गर्न। "खै म गर्दिन्छु अंकल" बाङ्गेले उनी छेउ पुगेर भन्यो। एक दुई चोटी केही नभनी अंकलले लात हानी हेरे स्टार्ट भएन। अनि ओर्लिए। बाङ्गेले बुई नचढी दाइने खुट्टाले एक दुई चोटी हो कि होईन जस्तो गरेर लात हान्यो अनि जोडले अर्को एक लात कसेको थ्यो, मोटर साईकल स्टार्ट भो।

"चिसोमा स्टार्ट गर्ने गार्हो --" भन्दै अंकल हेलमेट लाएर मोटरसाईकलको बुई चढेर बिदा भए।

"बुढाले चिसोको कुरा झिकेर राम्रो आईडिया दिए" बाङ्गेले कौसी तिर आँखा पुर्याउँदै भन्यो।

दुईटै ठीटीहरु त कौसीमा रेछन। मैले केही भन्नु अघि नै बाङ्गे फेरी घर भित्र छिर्यो। म अलमल परें। उस्ले बोलायो मलाई, हातको ईशाराले। म पनि गएँ।

मैले सुर के हो त्यो बुझ्नु अघि नै बाङ्गे भान्साँ पुग्यो र नरम स्वरमा भन्यो "आन्टी, कस्तो चिसो रे छ बाहीर त -- एक एक कप चिया फेरी पिउन पाए, त्यसकै तातोमा घर पुगिन्त्थ्यो"

आन्टीले हाँस्दै "किन चिया मात्रै भुजै खाएर गए नी भैहाल्छ नी" भनीन। "हैन आन्टी, भुजा अलि भोक लाग्या बेला खाम्ला, अहिले लाई चियाले हुन्छ" भन्यो बाङ्गेले। मैले चिसोको कुरा बुझें।

बाङ्गेले "गोमादीदी, चिया कौसीमा ल्याईदिनु न है" भन्दै उत्तर नपर्खी उ भर्याङ्ग तिर लाग्यो। म पछी लागें।

माथि तरुनीहरु के कुरा गर्दै थिए कुन्नी हामीलाई देखेर कुरा रोके। परेलीहरुलाई ओराले।

"यस्तो जाडोमा पनि यो कौसीमा चै कस्तो न्यानो रे छ" बाङ्गेले भन्यो।

दुईटैले फेरी हाम्लाई पुलुक्क हेरे।

"अहिले सम्म नगएर किन नी?" एउटीले सोधी। अब एउटी नभनेर के गर्ने त? बाङ्गेले लाको भागमा त्यो सोध्ने केटी मेरी थिई, तर त्यो दिन मेरो हात समाउने केटी उ थिईन। को कस्को हो को कस्को ---

"जाने भनेर हिनेको त हो नी -- चिया बन्दै रे छ, आन्टीले यहीँ माथि पठाईदिन्छु भन्नु भो अनि" बाङ्गेले सुनायो।

"त्यो साथीको के छ नी हालखबर?" मेरो हात समाउने चै ले सोधी यस पटक म तिर हेरेर। हुन त उ बाङ्गेले गर्देको अंश बंडामा बाङ्गे तिर थिई।

"को साथी?" मैले सोधें।

"को अब?" उस्ले अलि झर्केको जसरी भनी।

"शिबदाईको पेच हान्या होला हामीलाई" बाङ्गेले भन्यो।

"त्यो मान्छे किन त्यस्तो नी?" बाङ्गे सँग उभीएकीले सोधी। मेरो हात समाउने मेरै नजिक थिई।

"बिचरा पैले त क्या भलादमी रे शिबदाई, पढ्ने पनि त्यस्तै रे-- बिचरा एउटी केटीलाई मन पराउने रेछन, केटीले अर्कै सँग बिहे गरीछ-- अनि त खत्तम--त्यै केटीको बिहेमा फस ट्याम रक्सी खाएर गा रे, शिबदाई ---- पुरा टिल्ल भएर गएछन अनि जग्गेमा गएर बबाल गरे रे -- दुलालाई नी बजाउनु बजाए रे -- त्यति बेला देखी टिल्ल भाको रे अहिले सम्म त्यतिकै छन" बाङ्गेले भन्यो।

दुईटै तरुनीहरुले उस्को कुरा ध्यान दिएर सुनेका थिए। म चै अचम्म मा परें। शिबदाईलाई पनि थाह नभाको कुरा आज बाङ्गेले उनीहरुलाई सुनायो।

"गफाडी बाङ्गे" मैले मुस्कुराउँदै मन मनै भनें।

"चोट परे पछी मान्छेलाई --" बाङ्गेले फेरी थप्यो।

केटीहरु केही चिन्तित देखिए। बाङ्गेको गफ मैले त बुझे उनीहरुले खै के गरे।

गोमादीदी चिया लिएर आईन।
...

 
Posted on 07-16-09 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले सम्म छिनाफानो भा छैन - को कस्को भनेर - दुइबैलाई ट्राइ हान्ने - जस्को मा आयो त्यस्को नि होइन र भन्या


खोइ केटीहरुको नाम छैन - नाम पनि होला नि - सोध्न भ्याएन कि क्या हो -


अब जे गर्छ बाङ्गे ले गर्छ ल त्यही हो - गफाडी पनि महा गफाडी रेछ बाङ्गे 


 
Posted on 07-16-09 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<त्यति बेला देखी टिल्ल भाको रे अहिले सम्म त्यतिकै छन>>>

जय होस् प्रभो, दशकौँ पछी आए तर आउन चाँही आए। आप आए हमारे बराउसर पे, हम कभी आपको तोह कभी अप्ने कम्प्युटरको देख्तें है, हो कि खै के भन्छन नि तेइ।

अरु कथाहरु आज पढे भोली बिर्सिन्थे, तर प्रभो को लीला अपरम्पार छ, यो कथा त जैले पढे पनि अघी भक्खर पढेको जस्तो लाग्नी रेछ, सब ताजा ताजा याद रेछ। ल मज्जा आयो, अब अर्को भाग आउन एस्तो ढिलो त नहोला नि है प्रभो!?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
Leave messages on US congressman's facebook to support TPS
2020 : Why No Trump !
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters