[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 296511 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-03-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शहरा'ट अराप् सा'प्निले लगौने लुगा ले'र आ'सित्यसतै हो । भउतेदाजीले सिरे भिनाजूलै पहिले डाक्टरी चेक गराउ अनि बुइनी लैजाउला भनेर घुर्काथे् के रे अब हेरुम भउते दाजीले कति दिन माइतीमै राख्ने र'छन जमुनी दिदिलै ..... हेहेहे गोठ रित्तो हुने भो :D :D
बिहान बिहान हसाएर जता गएनि हाँसो लागिर'ने भा'छ
नमस्ते गरे है सब्बै लै
 
Posted on 01-03-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साउको कामाँट फुर्सद मिलार यस्पाली मामाघर गे'को एक हप्ताआलागि गाम्मा त के के भई सकेछ गाँठे!

आज सखारै पँधेरोको बाटी भे'र गाम फिर्दै थे, टाढा'ट कालो छाँया अस्तो देखियो । लौ मार्‍यो मुन्छे छैन छाया मात्रै छ, फेरी घाम ला' भे त एउटा कुरा, झिस्मिसे उज्यालो मात्रै छ, बिहानको भाले नि बास्या थेन्, मेरो त हँसले ठाम नै छोड्यो ।

पक्कै नि किच्कन्नी हुनुपर्छ भन्ने लाग्यो । किच्कन्नी त सेतो लुगा लगाएर आउछे भुन्नी सुन्या थे । तर अब त्यो कुरो त मुलाइ पो थाहा छ त किच्कन्नी लाइ त थाहा छैन होला , फेरी लुगा त सेतो नै ला होला नि याँ त छाया मात्रै न देखिरा'छ । क्यार्ने क्यार्ने, मामाले त दिउँसो जाउ भन्दै थे नि, मै बज्यालाइ जान्ने हुनुपर्ने, फेला परिहालियो नि किच्कन्नीको ।

दुई तीन रात राम्ररी नसुतेको भेर न आँखा थाकेर कालो छाया जस्तो पो देखिएको हो कि के था!

अब जे पर्ला पर्ला सामना त गर्नै परो नि भुनेर अगाडि बढे, मुटु त ढ्याङ्रो बज्या भुन्दा नि जोडले बज्दैथ्यो ।

पँधेरो नजिक पुगेर न्वारन देखिको बल ला'र दौड्न थालेको त, 'हssन के भो ग्वाँचे बाबु किन त्यसरी भागेको ?' भुन्ने आवाज पो आयो त्यो छाँयाबाट ।

एक छिन रोकिएर हेरेको त ..... मेरी बास्सै, जमुनि भाउजु पो रैछिन ।टाउकोदेखि पैतालासम्म छोप्ने के जाती कालो कपडा ला कि रेछन !

'हन भाउजु के हो यस्तो, के लाउनु भे'को, मेरो त सातो नै उड्यो तपाईंलाइ देख्दा त' मैले सोधे!

'तिम्रो दाइ फर्किनु भो नि अरपाँट, उनले नै ल्याइ दे'का हुन यो कपडा नि । अरपको फेसन रे, साब्नीहरुले लाउने, अरपी बर्को भुन्छन यल्लाइ', एकै सासमा भट्ट्याइन जमुनि भाउजुले ।

'हुन त हो भाउजु, नयाँ फेसन होला तर यस्तो लुगा ला'र गाम्मा त काम छैन नि, मुन्छे नै नचिन्ने । यती राम्री जमुनि भाउजु नि किच्कन्नी अस्ती देखिने'

'तेइ त बाबु, मलाई नि यो काम न काजको लुगा लाउन मुन त कहाँ छ र, लाउन नि कति गाह्रो हो, फेरी हिजो त जिम्मालका बस्तु भाउ नि बिच्केछन मलाई देखेर । उसको राँगो त दाम्लो चुडा'र भागेको ऐलेसम्म भेट्ट्या छैन । तर तिम्रो दाइ त मरे मान्ने होइन्, अरपी आईमाई मात्रै हेरिर'को केइ दिन बानी नपरुन्जेलसम्म यै लुगा ला, अरपी साब्नी जस्तो, पछि मेरो बानी परेसि फेरी पैला कै लुगा लाउलिस् भन्नु हुन्छ ।' जमुनि भाउजुले कालो अरपी बर्कोको रहस्य खोलिन ।

यत्तीकैमा जमुनी भाउजुको घर नि आइ पुगो, लौ बाबु चिया खाएर जानुस् भनिन । सिरे दाइ नि उठिसक्या रैछन । सिरे दाइ त म सानै हुँदा अरप ग'का मैले त चिन्न नि चिन्दिन, तै पनि अब सिरे दाइको घर आएसि सिरे दाइलाइ चिन्दिन नि भन्नु भेन ।

सानो छँदा देखेको अनुआर नै याद थेन सिरे दाइको, भित्र कोठामा '(स)ल्लाह.......(स)ल्लाह्' हो कि के हो एकलइ फत्फताइरा' रेछन ।

'दाइ नमस्ते' मैले अभिबादन गरे ।

सिरे दाइ त माउबादी पो भे कि क्या हो, मुइले नमस्ते भुनेको, उनि त 'सलाम वालेकम ' पो भन्छन । लाल्सेना त लाल सलाम गर्छन भुन्ने था 'थ्यो, यो सलाम वालेकम भुन्या के होला ?
फेरी लुगा नि अचम्म को ला' का रेछन । टाउकाँ फेटा अस्तो बाँधेका रेछन्, कालो सेल जस्तो गोलो चिज फेटाको माथिबाट राखेका रेछन । आईमाईले लाउने मेक्सी अस्तो सेतो लुगा ला' रेछन । फेरी जुङा फालेर दारी मात्रै राखेका रेछन । हेर्दै डर लाग्दो ।

जमुनि भाउजु च्या बनाउन ग'कि, आएकै हैन्, सिरे दाइ फेरी आफ्नै (स)ल्लाह......... (स)ल्लाह..... मा लागि हाले । आफुलाइ 'सु' ले च्यापेर बबाल, च्या स्या होस् भुनेर लुसुक्क निस्के त्याँ'ट !
 
Posted on 01-03-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पैलै !

के बिधि रमाइलो भैरा'रेच।
हिजो पधेराँ जमुनी ले बिदेशाँ'ट आउदा सप्पैले के के जाति कोसेली ल्यादियाछन लिन आउ है सप्पै जना भनेको सुनिकिम । मलै त जाम कि नजाम भै'राछ । सबैले त्ये अरपाँ साहेबनी हुरले लाउने लुगा त ल्याइदिया होला :)
 
Posted on 01-03-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरेको अरपाँ" एकतर्फी लप पर्या थ्यो भन्नी हल्ला छ गाममा। कुरा के भन्देखि, काम गर्या ठामको साहुका चारोटी र'चन। साहुको गाडी र'च सानो स्पोर्टस्कार, २ जना भन्दा नअटाउनी। दिनदिनै एकोटीलाई घुमाउन लगे'नि चारदिनमा मात्तै पालो आउनी। अनि बाँकी तीनोटी चैं दिनदिनै अफिसाँ आउँदा र'चन । त्यसमध्ये एउटी चैं मन परो रे। साहुले था' पाए राहु बनेर हाउ गर्न थालिहाल्चन्। एक तर्फी त होला नि!! :)

अँ त साँच्ची, यतै चाँडै फर्किनमा यै कारन त छैन? मलाई त शंका लाउन थालिसको।

फोटा नि ल्यारचन्। उल्ले मन परा' चैं देब्रेतिरकी काला मृगनयन, लामो कपाल, चुच्चो नाक भएकी चैं रे! त्यस्तो लुगा लाउनी र'च कता'ड आफूले मन परा' चैं यै नै हो भनेर कसरी चिन्नी होला गाँठे। उनले केके अर्थ्याउँदै थिए, मैले त बुझ्न सकिन, पुरा ट्वाँ भएर कुरा सुनेर मात्तै बसें केरे।

 
Posted on 01-03-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D गौतम दाई र ग्वाँचेको कथाले हँसायो।

मिस् ले नि त्यो कालो जमुनीले ला जस्तो लुगा लार आम्नु भो स्कुलाँ भने त हामी सबै भागम् भाग् होलाम् नि फेरि।
म ठिकै छु हरि, तिम्रो चहिँ के छ नि हाल खबर?

ठुली नि आइछ नेपालबाट रमाइलो गरेर, के कोशेली ल्यायौ त ठुली?
ज्योत्स्नालाई नि नमस्ते फर्काएँ ल।
 
Posted on 01-03-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-03-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-03-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

saanani maile ta timi laai k k lyaedeko chu. timi aauna ani dinchu
 
Posted on 01-03-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ra Thuli? I am so excited!!! keke chha bhanana, kasto herna man laagisakyo ke..
 
Posted on 01-03-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीले केको धुलो ल्या' भन्नी सुन्या थें। केको हो? कसारको धुलो हो?
सुर्ती, कक्कड, गाँजाको धुलो भए त पर्दैन, खानीकुरा हो भने यसो पोको पारेर पठाइदेऊ न हो! के एक्लै आफूमात्रै खाइरा'?
 
Posted on 01-03-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटु मा चैं निलो देख्छु, कुरो चैं कालो कपडाको गर्छन, म त केहि बुज्दिन; गज्जब छ बा!
 
Posted on 01-03-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुब संग जिम्मालको सेखि झार्न छ भुनेर अरपे पैसो को धाक देखाम्दै हिंडि र'का ति सिरे, हिजो साँझ त नून खा'को कुखुरो झैं अरि झोंक्रा'र बसि रा' भेटें। म भन्दा नि चाँडै पुगे र'चन के रे धोबिनी काँ। "ए धोबिनी! भर्खर बिदेशाऽट आ'को सिरेलाई ठगुम् भुनेर के बिध्न ख्वाईस् र हो? कठै, मुन्टो उचाल्न नि सके छैन," भनेको।

"तेरिम्याऽऽऽऽ पुन्टे! कुरो सुरो नबुझी नझम्टेऊ है अरुलाई! येई सनासोले गर्धन न्ङ्याकि दिम्ला!" भुनेर च्याठ्ठी धोबिनी त!

दुई ट्वाक मत्र खा'को रे। तो भुन्दा बढी न रउसी माग्च, न खाना। तेत्ति के झोंक्रा'र बसेको बसै छ भनेर जनकरी दिई के रे धोबिनीले।

नजिकै गएं। पुलुक्क हेरेर, "नमस्ते दाजी" भन्च, अनि फेरि भित्तै तिर एकोहोरो टोल्लिन्च। सुनेको थिम् के रे, अरपे चुरोट सुरोट नि छ भनेर, मागें। एउ खिल्लीको आस अरेथेम् के रे, दाजी नै राख लौ भुनेर प्याकेटै दो! थिमी नि सल्काऊ न भन्दा, नाई भन्छ। के र'च कुरो रहेस्से भुनेर कुरो कोट्ट्याम्न थालें।

उनकी जमुनीलाई अरपे साप'नीको पहिरनाँ देखेर गामको सबै गाई वस्तु भागे रे, गाम्लेहुरले नि किच्कन्नी ठानेर तर्से रे, उनको रिस त जिम्माले माथि मत्र थो, के आईला'गो, दाजी, सपै गाम्लेहुरसंग पो दुस्मनी हुन लाओ भुनेर रोला रोला झैं अर्च!

"ह्या, तेस्ता कुराँ नि चिन्ता लिन्छौ, सिरे पनि! नयाँ फेसन आम्दा शुरु शुरुमा तेस्तै हो के रे, बानी परेसि सबैले तिम्लाई तेई लुगा मगाम्छन्, हेर! अनि त बिजनिस अर्न नि हुन्छ, बरु हामी नि मिलम्ला तो बेलाँ" भुनेर सम्जाएं।

"कुरो अरु पनि छ, दाजी...अरप छँदा ईस्क त मारेको हो के रे, तर मुसलमानहुरले गर्धन रेटिदेलान् भुन्ने डरले आँट्न सकिन। अब तेई अरपे अईमईहुरको तिर्सना मेट्टाम्ला गाम मै भुनेर जमुनीलाई एक सरो तो लुगा ल्याईदेको। हुन पनि तो लाम्दा, अर्कै राम्री देखिनि जमुनी पनि, हो कि हैन, भन त दाजी?"

हुन त आफूलाई नि तो नाक मुखै नदेखिनि लुगाले पुरै ज्यान ढाक्दा दिम्सै पुनि किचकन्नी हिन्नी जमाना आईछ जस्तो ला'थो के रे, तर झोंक्रा'को सिरेलाई के भन्नु तेस्तो भुनेर "हो, हो, सिरे, हेर्दै सुम्सुम्याउँ लाउनी कस्तो राँरो डिरेस भन्दिएं।"

"अनि सुन्नुस न, दाजी, हिजो साँझ बल्ल बल्ल भउते जेठानको हातबाट फुत्किन पाईछे, अनि मलाई नै भेट्न भुनेर तो डिरेस ला'र आई तो सेतीको बगरै। एउटो ठुलो ढुङ्गो पछाडी लुकेर चईनि २ साल भरिको बात मारम पेट भरि भुनेर लेगें। जमुनी त बोल्दै बोल्दिन बा! एउ सउद मुखाँऽट फोडे मरिजाम् ल!"

"कठै, २-२ साल पछि भेट भा'को, क्यारुम्, कसो अरुम् भ'र लाज मानी होली नि त! कि फेरि अरु संगै रंगिन थाली छे र हो?"

"के हो के, बोल्दै बोलिन, दाजी। अन्खेरुन सायद तो अरपि मेम साहिबाको डिरेस उनलाई मन लाइन छ के रे भन्ठारे, "तिमी नबोल्नी भए बरु यो बुर्का नि मिल्काईदिन्छु, अर्को पाली आम्दा जिनसको पईन्ट ल्याईदिन्छु " भुनेर बुर्का उतारेको त...

नारयण परभू! यो ज्यानको किरिपा भएन तो बखत! टुलु टुलु बालडेङ्ग्रे आँखा च्यातेका...ङिच्च दाँत देखा'र...गोमन फुल्लेको झैं अरि नाक फुल्ला'को...भउते जेठान पो!
 
Posted on 01-03-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा, गाम्ले हरु, कोही अरपबाट खरब ल्याको, कोही नेपालबाट धुलो ल्याको, के के हो के । चक्कर पनि गजब चलेछ, आफ्नो चिलिमको जोडले नि न भ्याउने भैसक्यो । पधेंरोमा जांड पसल खुलेछ, सब का सब त्यतै हुलेछ । धोबिनी को पेटिकोट देखि अरपको बुर्का, आफुलाई गाम्ले भाषा मै पर्‍यो मर्का । तारेमाम । तारेमाम ।
 
Posted on 01-03-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा, गाम्ले हरु, कोही अरपबाट खरब ल्याको, कोही नेपालबाट धुलो ल्याको, के के हो के । चक्कर पनि गजब चलेछ
 
Posted on 01-03-07 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही छ ? हैन कता लाए सप्पै?
 
Posted on 01-03-07 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू,

ठूली, मलाइ चैं के ल्याइ दिएकी छौ तिमीले? कि धूलो मात्र हो? ;)

पून्टेदाईको कथाले हँसायो। :D भौते पो बुर्का लाएर घुमिरा'? :O

लौ त गाम्ले हो, अचेल अलि भ्याइ नभ्याइ छ, भोलि भेटम्ला।

गुट नोइट
 
Posted on 01-03-07 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति बस्छौ ओडी लाजको घुम्टो
मनमा पलाएका रहरलाई छोपी
कति बस्छौ
होऽ कति बस्छौ सर्माएर ... ... ...
कति बस्छ्यौ थुन्से घोप्ट्याएर थुतुनो छोपी
 
Posted on 01-03-07 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsssssssss!
सुड्डाहरुको दह्रो जमघट भएछन्तनि!
सिरे सुड्डा घर फिर्केछ! टोटल गाउँ नै किन्छु भनेर खोक्स दिँदै हिँडिराको कि, मोइले तल तोङ्बाको सुरमा चिन्दै चिनेन नि हौ! कुन झारपार आयो गाउँमा भनेको त पुराssssनो सिरे सुड्डा पो रैछन्त नि! फिरि भाउजुलाई खत्रा काssssलो अटायर मा छोपेको कि, मो त भुत आयो भनेर डिङ्गो उचालेको नि किक हान्नलाई! भरे कुम्स ब्रो ले- " भुत हैन हौ भाउजु हो" दिए पछि पो आँखा खुल्यो हौ मेरो त!
 
Posted on 01-04-07 1:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-04-07 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन सट्को-कुन सट्को भउतेले जमुनीका आरापी लुगा फुत्काएछ हिजो। अनि बुर्काले मुख छोपेर जुरेलीका कोठाँ पसेछ। अब जमुनी त होली भनेर धोबिनी भाउजुले पनि तेत्ति मतलब गरिनछन्। भउते एक-दुई घण्टा कति बसेर गईहाल्यो के रे। पछि धोबिनी भाउजु के काम परेर जुरेलीका कोठाँ पसेकी, चुरोट-चुरोट गनाम्छ रे! "हैन ए बजिनी, तैंले पनि बाजा बजाउन थालिस्, तँ-ल्लाई----!?" भनेर हप्काउन थालिछन्। एकछिन त जुरेली पनि घोप्टेमुण्टो ला'र चूप ला'र बसिछ के रे, तर कूचै खानी बेला भ'सी भने "भउते काजी आ'थे अघि!" भनरे भनिछे। अब बाठी धोबिनी भाउजुले ते्त्तिमै कुरो बुझिहालिन्, झन रिसले मुर्मुरिएर "ए! अझ तेसो पो! तँल्लाई बेज्जती, नकचरी--" भनेर चार-पाँच कुचो हानिहालिन् जुरेलीलाई। जुरेली सुँक्क-सुँक्क गर्न थाली, धोबिनी भाउजुचैं पुण्टे दाइलाइ कुरा लाउन गइन्।
'त्यास्स्या--मा पातकी साला, तेल्लाई---' भनेर पुण्टे दाइ हान्निएर हिन्याछन् रे कुरा सुनेपछि। गाममा फेरि एउबाजी रमाईलो होला जस्तो छ है गाम्ले हो! रमिता हेर्न पाईनी भ' छ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Why Oli must go for the UML to survive?
Who are the real Sukumbaasis?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Zero Civic Sense: Indians in Nepal
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters