[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आभा

[Please view other pages to see the rest of the postings. Total posts: 105]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 121176 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 02-08-12 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     20       ?     Liked by
 

आभा


हाम्रो टोल छेउ एउटा बस स्टप थियो। जो पनि चढ्न मिल्ने बस रोकिदैन थ्यो त्यहाँ। हाम्लाई नी चढाउने भए, डाईभर र खलासी छोडेर मोटराँ भा सबैको जुत्ता पुस्दीम्ला, मोजा मिलाईदिम्ला सम्म पनि भनेको हो बाङ्गेले। तर त्यस्तो उदार स्वयमसेवकको सेवा पनि सराप्दै अस्वीकार गरेका थिए त्यो बसाँ चढ्नेहरुले। धेरै जसो गाढा नीलो फरक र हल्का नीलो सट लाएर चढथे, चढ्नेहरु त्यसमा। कैले कैले सेतै फरक, सेतै सट लाएर नी चढथे। हाम्लाई चै, बसको फल आँखा तरी मर भने जस्तो थ्यो।

"ए गुरुजी, खलासीको ठाउँ खाली छैन यो बसाँ? हुँदा यसो खबर पाम न" बाङ्गेले डाईभरलाई एक बिहान सोधेको थ्यो। गुरुजीले, "किन खलासी मात्रै? डाईभरै भए भैगो नी" भन्याथ्यो झर्केर।

"हुन त हुन्थ्यो गुरुजी तर दुईटा कुरो पर्यो के -- एक त बस चलाउन आउँदैन, अर्को सडकै मात्र हेर्ने भए त यत्तिकै ठिक छ नी -- बस सस नचलाई फुर्सदले हेर्न पाईरहीया छ --किन दु:ख गर्नु -- खलासी हुँदा चढाउन ओराल्न नी पाइने -- बस भित्र फुर्सदै फुर्सद -- कसैले भाडा नतिर्लान भन्ने झन्झट पनि छैन--मनले जता रहरहरु उतै हेर्न पाईने -- त्यै भएर खलासी हुन खोज्या। मलाई फेरी तलब सलब चाईने नी होईन, एक्स्ट्रा खलासी राख्न मिल्दैन, गुरुजी?" सोध्ने बित्तिकै डनहिलको लामो सर्को तान्यो बाङ्गेले। गुरुजीले केही भनेनन, घुरी रहे। बाङ्गेले डनहील दियो, गुरुजीले लिएनन बरु बेस्सरी एक्सीलेटर थिचेर मुस्लो धुवाँ छोडे, कानै खाने गरी हरन थिचे।

मन त उनलाई बाङ्गेको कानै खाने गरी मुख छाडन मन लाग्या थ्यो होला, तर बसाँ भाकाले उजुरी गर्लान र जागिर धरापमा पर्ला भनेर होला हरन र एक्सीलेटरले नै काम चलाए।

बस ईन्जीन जसरी गुरुजी तातेको देखेर बाङ्गे पनि छेउ लाग्यो।

एकातिर बसको "साईलेन्सर"ले धुवाँ छोड्दैथ्यो अर्को तिर बाङ्ग्याले। उ पनि त चुरोटको ध्वाँ छोडदैथ्यो नी। बसको त्यो साईलेन्सर त नाम मात्रैको थ्यो, झर्कै लाग्ने गरी कराउँथ्यो कराउनलाई।

"यस्तो कराउने पूर्जाको नाम के खान साईलेन्सर राख्या होलान?" म अलि पर सर्दै भनें।

"नाम त ठिकै छ नी, साईलेन्सर भन्या चुप लाउने होईन र? चुप लाग्ने भा पो पूर्जाको नाम मिलेन भन्नु -- यो साईलेन्सर छेउ बसेर कसले कुरा गर्छ? मान्छेलाई कुरा सुरु गर्न कि यो कि आफु अलि परै पुग्नु पर्छ, कि चुप लाग्नु पर्छ--नत्र आफुलाइ कुरा दोहोराउँदै ठिक्क, छेउको ले "के रे?" भन्दै दिक्क कसो?" बांङ्गेले चुरोटको सर्को फेरी तान्नु अघि हाँसेर सोध्यो।

"तेरो नी साईलेन्सर त चल्या चल्यै छ-- उसै त ठीटीहरु ट्याक्सीमा हुने ऐनामा देखिने कुरा जस्ता छन, हेर्दै गयो पर पर हुँदै जान्छन--यसरी साईलेन्सर चलाएसी झन झन साईलेन्स बढ्दै जाला नी " उस्ले चुरोट तान्दै ध्वाँ छोडदै गर्या तिर ईंगीत गर्दै मैले भनें।

बसमा छड्के नजरेले हेर त -- तँलाई हेर्ने र मलाई हेर्ने कुन धेरै छन? बांग्गेले भन्यो। उस्ले भन्या जस्तै गरेर हेर्या उ तिरै धेरै हेदै हाँस्दै थिए--

बाङ्गेले थप्यो, हेर बाबु--ज्ञानी केटो भन्या बाउ आमालाई चाईने हो क्या तरुनीहरुलाई होईन त -- चिल्लो तेलमा देब्रे सिँउदो कोरेर, टिलिक्क टल्क्या जुत्ता, तनक्क पर्या सर्ट, धारे पाईन्ट जखेर, पछाडी झोलामा किताब बोकेर हिन्ने केटा यी केटीहरुका बाउ-आमालाई त मन पर्ला तर यी मध्धे धेरैलाई त्यस्तो केटा चाहिएकै छैन---" बाङ्गेले जानकारी गरायो।

बस अब हिन्ने सुरसारमा थ्यो--

मैले भनें "त्यै त तै जस्तो बिग्र्या केटा पर्खेर बसीराछन ठीटीहरु--"

उस्ले भन्यो "हो नी --नभए तैले त निकै फेला पारीसक्या हुनुपर्ने अहिलेसम्म। कत्ति न भलादमी भन्ठान्छस आफुलाई। यो बेला भनेकै बिग्रीने बेला हो क्या--सुधृने बेला त पछी आउँछ--त्यै बेलाँ सुधृम्ला नी--जहिले जे को बेला हो त्यै गर्नु पर्छ--"

"सुधृने बेला चै कुन हो नी?" सोधें-- अब यसै बाङ्गेले ज्ञान बाँडीराथ्यो उसै, भेट्या बेला टीपटाप पारीराखे काम लागे लागीहाल्छ नलागे हुर्र्यईदे भैगो।

"कैले कैले अब--अहिले मलाई के थाह्--मेरो बाउ त अहिले सम्म सुध्र्या छैनन--मेरै पालो त कैले हो कैले नी--"

"के भो र तेरो बाउलाई?"

"कस्तो के भो? मलाई चुरोट नखा भन्छन, एक बट्टा दिनको उनैले तान्छन, रक्सी खाएर आईस भने घराँ छिर्न दिन्न भन्छन, बाथरुम सम्म जान उनैलाई भित्ता छाम्नु पर्छ पर्या बेला --नातेदार चिन्न टाईम लाग्छ उनलाई पप्लुका तास फ्याट फ्याटी चिन्छन, सुन्दरीहरु प्रति उनको अनुराग जग जाहेरै छ--अब तेरा पट्टीका भलादमीहरुको पनि स्वस्ती सुन्छस की?"

"ल ल भो--" मैले भनें। आफुलाई थाह नभाको नी थप्ने हो की बाङ्गेले भन्ने पीर।

"ठीटीहरुको बसले टंगाल काटीसक्यो होला--बस गाको अहिले हो? तँ चै यहीँ बसेर फलाकीराख।" मैले अलि झर्केर झैं भने।

यो त गए नी फर्केर आउने बस हो। यो बस र हाम्रो मन उस्तै हो नी, हैन भन्त? ठीटीहरु हुँदा भरीभराउ १ गतेको सत्तेनारन मन्दिर जस्तो, नहुँदा रित्तो त्यै सत्तेनारनको मन्दिर तर २ गतेको। तर सक्रान्ती मैनामा एक चोटी आउँछ, धन्न ठीटीहरु चैं दिनदिनै। उस्ले भन्यो।

"बसै भरीका ठीटी त तँलाई चाहिया होईनन होला नी?"

"बसै भरीका त होईन",-- फेरी एकै छिन सोचेर भन्यो बाङ्गेले "भए त राम्रै पनि हुँदो हो तर जती जन्ती लिएर गए पनि--जन्ती लिएर गा घरमा जती सुन्दरीहरु भए पनि दुलहा सँग जग्गेमा बस्ने त एउटै दुलही हुने हो। बिर्सीन त भएन नी।" उस्ले हाँस्दै भन्यो।

ठीटीहरु हिने पछी अन्माको जग्गे जस्तो बस स्ट्प छोडेर भिमसेनथान तिर लागीसक्या थेम हामी। ईस्कुल त फेरी हाम्रो नी जानु थ्यो।

"तर तँ जे भन बाङ्गे है यो चुरोट चिलीम तानेर चैं ठीटीहरु झुम्मेलान जस्तो मलाई लाग्दैन" लाग्या कुरो भनें।

"झुम्मीन्छन नै त कस्ले भन्या छ र--उनीहरुको ध्यान तान्ने एउटा कारण हुन्छ भन्या नी--ध्यान त तान्नु पर्यो नी फसमा जसरी हुन्छ। फेरी चुरोट त तीनीहरुको बाउले तान्छन, दाईहरुले नी तान्छन। देखेकै छन। अलि आँटी रछन भने उनैले नी तान्लान। तर जे भए नी उनीहरुलाई मन परे पनि नपरे पनि चुरोटको रेपुटेसन तैंले सोचे जस्तो खत्तम पनि छैन। बुझिनस? उस्लाई मन नपरे यो चुरोट खाने मान्छे मलाई मन पर्दैन भन्छे, लौ त तिम्रो लागि भनेर छोडदिन्छु। उ पनि उस्को असर देखेर दंग, म पनि मेरो देखेर। के बिगृर्यो र?" अरु श्लोक थप्यो उसले.

"एउटीले भनी रे भन्दैमा छोडदिन्छस चुरोट?" मलाई पत्याउन अलि सकसै परेको ले सोधें।

"उ सँग हुन्जेल त छोडदीन्छु नी--सँधै त अब उ नै सँगै हुन्छे की हुन्न" बाँग्गे निस्फिक्री हाँस्यो।

घरै छेउ आईपुगीया थ्यो। जाने सम्मको सज्जन रुप धारण गर्नु पर्ने सीमा भित्र छिरीसकेको हुनाले तामसी गफलाई स्थगन गरेर अरुले नी सुनुन भन्दै सात्वीक गफ सुरु गरीयो।

लामपोखरी पूर्ब लागीएको मात्रै के थियो, मैलो मैलो देखिने राता लुगामा पहेलो ओढ्ने ओढ्या, निधारमा तेर्सा खरानी धर्का बिच ढाडो लाम्चे आंखा बना, लट्टा पर्या कपाललाई आधि उधो जुरो पार्या, एउटा हातमा तिर्सुल, डमरु तेसैमा उन्या अनि अर्कोमा कमण्डलु बोक्या, खुट्टाकै रंग सँग मेला खाने कालो कालो चप्पल लाको ब्यक्तित्वले बाङ्गे तिर तिरसुल तेर्साउँदै भन्यो "तिम्रो भाग्गे हेर्दीन्छु म--" भाग्गे हेर्छु भन्नेले अरु पनि के के हो भन्न खोज्दैथ्यो बाङ्गेले उछिन्यो "पैला आफ्नै हेर्नु नी--के दशा लागेर हो यस्तो ताल छ--दश तिर नमागी खाने बन्दोबस्त छैन--सुत्ने कुन पाटी तिर हो--पैला आफ्नै दशाका ग्रह शान्ती गर्नु--भाग्गे बनाउनु अनि अरुको तिर लाग्नु क्या गुरु--कसो?"

तेर्साको तिर्सुल ढाडो टेकाएर चित पर्या गुरुलाई बाङ्गेले अझ नजिक गएर भन्यो, "घरै नजिक नभा भे बिदेसी चुरोट तान्नु हुन्थ्यो गुरु र म मिलेर --तर अब गुरुका दशा खत्तम रेछन-- के गर्नु र घरै अघि भेट भो--"

हामी मुस्कुराउँदै अघि बढीम--गुरु घुर्दै थिए हाम्लाई।

बाङ्गेको घरै छेउ पुगे पछी उस्ले र मैले एक अर्कालाई हेरा हेर गरीम। बाङ्ग्या कौसीमा त सुन्दरी एउटी जगमगाई रा छे बा!

"पूर्णिमा रे छ आज, आफ्नै कौसीमा चन्द्रमाको लगन रे छ--लाईट लिएर आफु चै बस स्ट्प पुगीयो। थुक्क!" बांग्गेले थुकुम्ला झैं गरेर भन्यो.

मैले बाङ्गेलाई सोधे, "को यार यो?"

उस्ले भन्यो " जो भए नी तेरो चै मेरै मार्फतको नाता हो--यति सम्झिराख बाँकी मैले बुझे पछी बुझाम्ला"

उ त घर भित्र लाग्यो म अलपत्र परें। म पनि लागुम भित्रै भने गाँस टिपेर ईस्कुल बत्तिने ट्याम भैसक्या अघि नै हो--घर तिर लखर्किम, दर्शन पाउँदा पाउँदै मन्दीर छोडने कुरा नी भएन।

म झोक्राउँदा झोक्राउँदै बाङ्गे कौसीमा पुग्यो--उ पुग्नु के थ्यो, देवी अन्तर्ध्यान। म नी बाटो लागें।
---

 
Posted on 04-04-12 8:49 AM     [Snapshot: 6458]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्सो खड्कुलो पनि बोकेर उभ्या' थ्यो' की बांगे त्यो ढोका बाहिर?
 
Posted on 04-04-12 9:14 AM     [Snapshot: 6483]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान बिहान बांगे बहिनी दान गर्न आयो जस्तो छ ल - येसो हेर्दा त दीप को लप पर्ला पर्ला जस्तो छ -

तर एसमा पनि अरु कथा मा जस्तै - दीप को हात मा लाग्यो त्यहि चुरोट मात्र हुने हो कि - कहिले हात मा लड्की हुने होला 
 
Posted on 04-04-12 9:47 AM     [Snapshot: 6493]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म भर्याङ्ग त के झ्याल र पाईप चढेर आईज कौसीमा भने पनि तयार थिएँ, बाङ्गेले हैन अब घर जानु पर्छ भन्यो। मुन्ट्याईदीम कि बज्यालाई जस्तो नलागेको त हैन तर सहनै पर्यो।"   हा हा 

झक्कास गयो यो भाग पनि !!

 
Posted on 04-05-12 3:07 PM     [Snapshot: 6717]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्यु,
यसपाली कथा पढ्दा पढ्दै आभाको नाम मेरो मानसपटलमा स्थापित भैसकेको बेलामा उनको नाम " सुकीर्ति "  लगभग मैले बिर्सिसकेको थिए l 
अनि पढाईको कुरा भन्दा चलेको स्कूलको नाम मात्र भन्नु यो चै हाम्रै स्टाईल हो नि ]
 
Posted on 04-05-12 6:04 PM     [Snapshot: 6774]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दिप-दाज्यु,

घच्चीको गयो ल यो पाली पनि तर कस्तो हिन्दि सेरिअल जस्तो ध्यांग ढोकामा लगेर रोकेको कथालाइ ..... लौन अगाडी बढोस न ..... हजुर त हाम्रो गाउले जस्तो लग्यो हजुरका कथाको लोकेशनहरु सुन्दा त ..... हेहेहे ल दाज्यु अगाडी बढोस न त ढोकाबाट कथा .........
 

 
Posted on 04-05-12 8:14 PM     [Snapshot: 6831]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 oh ho feri tyastai
deep dailai kasle samjhaune bhanya
hya manchhe kaile katha poorai padhdai basaula bhanera basirachhau...deepdailai k bhanne...

manchhelai aasa dekhaune ani 2 barsa laideene poora garnalai

 
Posted on 04-06-12 8:38 AM     [Snapshot: 6939]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप, धन्न बाङ्गे बोलेको सुन्नु भएछ। नत्र त आभाकै अगाडि बाङ्गेले सुतेको मान्छेलाई घसार्दै बाहिर निकाल्न बेर लगाउदैनथ्यो। बाङ्गे भर भएको मान्छे होइन भनेर आँफैले कती चोटि भनिसक्नु भयो।

किन लेराको रहेछ त उस्ले बहिनिलाइ एका बिहानै हजुरको घरमा?

 
Posted on 04-06-12 2:01 PM     [Snapshot: 7034]     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?     Liked by
 

खुलेको ढोका भित्र म थिएँ, बाहीर बाङ्गे र आभा…

अब भो की! ब्युँझिसक्या हो कि मस्त निन्द्रैमा हो आफु जस्तो भो। अगाडी उभिएकी आभै हो कि झझल्को हो--यस्तरी झझल्को आउने गरी रातीहुँदी पनि केही तानेको त थिएन--सोच्दै थिएँ--"हैन हिँजो तान्या गाँजाले छोड्या छैन कि क्या हो? के टोलाई रा ढोका छेकेर" भन्दै बाङ्गे भित्र छिर्यो। हिच्किचएकी आभालाई उसैले भित्र आउने संकेत गर्यो। मैले ढोका खोल्दा जुन मुस्कान आभाको अधरमा थ्यो त्यो अझै कायमै थ्यो।

मैले भनें "के नचाहीने कुरा गरी रा? त्यो पनि ठुल्ठुलो स्वरमा--नतान्दै त तान्यो कि झैं गर्छन फेरी उ चैं तानेकै हो कि झैं गर्छ--"

बाङ्गे पनि हाँस्यो, आभा पनि।

बाङ्गे र आभा दुबै उभिएका थिए। बाङ्गे अरु बेला भए त सुरु सुरु मेरो ओछ्यानमै आएर बस्थ्यो आज आभा पनि भएकोले होला उ पनि उभिएकै थ्यो। कोठामा एउटा टेबल अनि कुर्सी पनि थ्यो--पढ्न सजिलो हुन्छ रे भनेर बाउले प्रायोजन गर्देका थिए--खिया लाग्ने माल भैदेको भए कुन जमानामा खिया लागेर पत्र पत्र भैसक्थ्यो--त्यो कुर्सीमा बसेर पढेको उही बाउलाई झुक्याउन बेला बेला लाई छोड्ने हो भने बाँकी केही रहन्नथ्यो। त्यो कुर्सीमा की त फ्यात्त फ्याल्या लुगा हुन्थे--कसैले मिलाईदीईसक्या भए रित्तै हुन्थ्यो।

टेबलमा किताबहरु थिए, ती पनि बा का लागि राखेको थ्यो। अब उनैले पैसा तिरेर ल्याको टेबल, उनैले किन्देका किताब--नपढने त ठीकै छ- रीत्तै राख्दिन त भएन। टेबलको धुलो चै म पनि बेला बेला पुस्थें। त्यो एक दुई चोटी "हेर हेर टेबलमा धुलो जम्या--कैलेई बसेर पढ्ने भए पो हुन्छ" भन्ने डाईलोक सुनीसक्या भएर। टेबलका किताबहरु म दिन दिनै घुमाउँथे। पढ्न पो गार्हो त, पढ्या जस्तो गर्न त सजिलै थ्यो।

अब त्यो कुर्सीमा बसुम भन्न हामी तीन जना कोठामा, ओछ्यानमै बसुम भन्न लाई एक त ओछ्यान मिलाको पनि छैन दोश्रो सुन्दरी कोठामा छिर्ना साथ सिंधै ओछ्यानमा निम्तो दिने आँट नी राम्रो हैन जस्तो लाग्यो।

आभा चै मेरो कोठा नियाल्दै थिई। हुन ता कोठा बाउ-प्रुफ गरेको थिएँ तै पनि कतै केई चुक छ भनेर पीर लाग्या जस्तो नी भो।

टेबलमा नी किताब, र्‍याकमा बाक्ला बाक्ला अरु किताबहरु देखेर उ भ्रममा परीछ क्यारे, बोली "निक्कै पढ्न मन लाग्छ जस्तो छ"

"किन पढ्दैन थ्यो, किताबहरु त तेस्तै उस्तै हो झ्याल--झ्याल तिर, कौसीमा, बाटो हुँदी मनग्गे पढ्छ--त्यस्तरी बाहीरै पढेर आउँछ अनि फेरी घर आईसकेर पनि पढ्न त के मन लागोस" बाङ्गेले थप्यो।

मैले केई भनीन। के भन्नु? आभाले केही पल मलाई हेरीरही। मैले नी भ्याए सम्म सिधै हेराईले उस्लाई बन्धक बनाएँ, सिधै नभ्याएको बेला पनि हेराईको परीधी बाट भने उस्लाई उम्किन दिईन।

"यो खडे बाबा भएर कति बेर सम्म बसीरहनु पर्ने हो? यसो बसुम, चिया भनुम केही छैन।" बाङ्गेले स्वरलाई अलि उचाईमा पुर्याएर भन्यो।

"हो त--हत्तेरी!" मैले मन मनै भनें।

"अरु बेला त तँलाई सिंहासन चाईदैन थ्यो, राज होस पनि भन्नु पर्दैनथ्यो, आज चै किन नी?" यो चै मैले सुन्ने गरी भनें। भन्न त भनें, तर अरु केही भन्ने कुरा मनमा नआएर भनेको।

"आज म एक्लै आ होईन नी त -- देखिनस?" उस्ले भनें।

"देख्या मान्छेलाई त कुर्सी छ त यहाँ, भन्दै मैले धुलो पुस्या जस्तो नी गरें कुर्सीको"

"हैन ठिकै छ" उस्ले भनी।

" म चिया भनेर आउँछु" भन्दै म निस्किन ला थें "म त नखाने" आभाले भनी।

"यत्रो बेर उभ्याएर अझ झर्को फर्को गरेर -- च्या अब तँलाई-- त्यो पनि मागे पछी--पर्या छैन" बाङ्गेले नी दीयो दनक।

मैले उनीहरुलाई हेरें। अनुहारमा उनीहरुको कुनै उजुरी वा रोष थिएन। आभा अझै कोठालाई हेराईले समेटदै थिई।

"पख म आमालाई नी बोलाउँछु, घरमा नयाँ मान्छे आको चिनाउनु पनि त पर्यो नी" मैले भनेको बाङ्गेलाई, सुनाको आभालाई झैं गरी भनें।

"तेरो को हो र तैंले चिनाउन लाई, मेरी बैनी मै चिनाउछु नी--आमा काँ? माथि भान्छमा हो?" भन्दै बाङ्गे अघि लाग्यो। आभा पछी लागि। म चै आभाको पछी लागें। झट्ट मनमा आयो, "त्यो जग्गेमा को अघि लाग्छ हँ साच्ची?"

"अनि यति बिहान कता बाट नी? " भान्छा तिर उकालो लाग्दै गर्दा मैले सोधें।

"यति बेला सोध्या हेर न त्याँ" बाङेगे भन्यो।

"म त हिजै आ" आभाले अलि बिस्तारो स्वरमा भनी म तिर पुलुक्क हेरेर।

भान्छमा पुगीयो। आमालाई चिनायो बाङ्गेले। मेरी आमाले फेरी बाङ्गेका अलि अलि नातेदारहरु चिन्थिन।

फलाना हजुरबाका सन्तान, फलान ठाम बस्ने यता र उताको तालमेल बसाले पछी चिनीन मेरी आमाले नी आभालाई।

"किन यती झन्झट गरेर चिनीरहनु पर्थ्यो, म अलि पछी सजिलै चिनाईदिन्थे" मनमा आफ्नो चै यस्तो कुरा आयो।

त्यही आमा सँगको कुराबाट बुझियो, आभा हिंजो आईछ बाङ्गे कहाँ। म हिनीसके पछी आकी हुनु पर्छ, बाङ्गेको घरमा त म पनि थिएँ हिंजो। उ आउने थाह भाको भए पर्खिन्थे। थाह भएन। बाङ्गेलाई थाह भएर भनेन कि उस्लाई नी थाह थिएन, उही जानोस।

आभाले उ अब यतै पढ्ने स्कुलको कुरा हुँदै छ, घर बनाउने जस्ता सबै कुरा भनी आमालाई।

अहिले बिहान पशुपती जान ला भने पछी म पनि जान्छु अनि उतै बाट बत्तीसपुतलीमा उस्लाई छोड्दीनु भनी रे भन्थ्यो बाङ्गे। घराँ बस्न लाई कर गरी रा थे--पछी आउँला भनेर आई भन्थ्यो।

"म सँग जाने भनेर आएकी हो त यो?" मनले यै प्रश्न सोध्यो,  अनि तुरुन्तै "हो" मा जबाफ दियो। म दंग।

अघि तल त चिया खान्न भन्थी आभा अहिले आमाले दिए पछी सुरुप्याउनु सुरु गरीसकेकी थिई।

चिया पछी बिदाबारी भएर लागियो बाटो। बाङ्गे मालीगाउँ तिरबाट कालोपुल हुँदै जाम भन्थ्यो, मैले मानीन। म चै पुरानो भत्क्यापुल भाको तिर बाट जाम भन्न थालें। मैले नै जितें आखिर। कालो पुल तिरबाट जाँदा भण्डारखाल आउँथ्यो पहिला अनि त्यो गौसाला पनि नपुग्दै आभाले पैला मलाई घराँ छोडदीनु अनि पसुपती जानु भनी भनें? गौसालाबाट बत्तीसपुतली नजिकै थ्यो तर उता चावेल तिर बाट आउँदा उस्ले त्यसो भन्न मिल्दैनथ्यो किनकी पसुपती पैला आउँथ्यो गौसाला भन्दा। मैले आफ्नो दुनो सोझाको थिएँ।

उ सँग पसपती गएर सँगै दर्शन गर्नु परेन त, मौका पर्या बेला?

हांडीगाउको बाटोमा सुन्दरी त्यो पनि नौली सँग हिन्नु पर्थ्यो-- एक्सरे भिजन भएकाहरु बाटा हुँदी अलपत्र भएका त छँदै थिए, कुना काप्चा तिर बाट पनि निस्किन्थे। त्यो किस्नमन्दीर अघि त ब्वाँसाहरुको जमघटै रे छ। आभाले निक्कै असजिलो मानी त्यहाँ।

एउटाले मन्त्र पढ्ला र कान थुन्नु पर्ला भनेर त्राहीमाम हुँदै तरीयो भुतेस्वरको ब्वाँसा भेल। कसो मन्त्र जपेको सुन्नु परेन। एउटा वाक्य बोल्दा दुइ तिनटा जति त मन्त्र_शब्द जप्थे। अरुलाई मात्रै के भन्नु --भन्न त --चलनै त्यस्तो थ्यो भनुम न।

"यो ठाउँ किन यस्तो?" ढुङ्गेधारा तिर लाग्दै गर्दा आभाले सोधी।

किन यस्तो भन्नु अब? त्यस्तो पार्न हाम्रो पनि योगदान थियो।

"काम छैन अनि" भनीयो।

हिन्दा बाङ्गे र म सँगै, उ बाङ्गे संगैको तालमेल थ्यो तर पटक पटक् उ म र बाङ्गेको बिचमा हुन्थी। कैले उ आफै हुन्थी, कैले म पार्थे।

"नेपालगन्ज रमाईलो होला है?" मैले सोधें। अब के भन्ने के--केही न केही त भन्दै गर्नु पर्यो।

"यो भन्दा त रमाईलो छ" उस्ले भनी।

ब्वाँसाहरुले रेपुटेशन डुबाईहाले नी। हामी एक जना सुध्रेर पनि के गर्नु र?

"एक्का चल्छन त्यता" बाङ्गेले नी जान्या देख्या कुरा होला भन्यो।

"एक्कामा रमाईलो हुन्छ" आभाले भनी।

"एक्का भएनी एक्लै चढ्नु पर्ने त होईन होला नी?"

"होईन" उस्ले हाँसेर भनी।

"आफुलाई मन पर्या मान्छे सँग चढ्न पाए त म नी चढथें, एक्का" मैले ह्वात्तै भन्दें।

बाङ्गेले अलि धारीलो हेराईले हिर्कायो, आभाको भने लचकिलो थ्यो हेराई।

"दुई जना साथी साथी चढ्नु, रमाईलो भै हाल्छ नी" आभाले म र बाङ्गेलाई हेर्दै भनी।

"भो, यो सँग त यहीं भेट भै रा छा नी--त्याँ सम्म गएर नी यै सँग एक्का चढ्नु पर्या छैन" मैले भनें।

"को सँग चढ्न खोज्या त?" यस पटक आभाले सोधी।

जबाफ त उस्लाई नी थाह थ्यो होला तै पनि सोधी।

"तिमी सँग" भन्ने आँट आएन आफ्नो फेरी त्यै बेलाँ।

"त्यै टाँगा चलाउने पनि त हुन्छ नी --त्यो र यो दुई जना भैहाले नी" बाङ्गेले निस्फिक्री हाँसेर भन्यो।

धोबीखोला तरेर उकालो लागीदै थ्यो।

"यता हाम्ले यसरी घुमा जसरी उता नयाँ मान्छे आउँदा घुमाउने चलाउने छैन?" मैले आभालाई सोधें।

"छ" उस्ले भनी।

"भैहाल्यो नी त" मैले भनें।

"कैले आउने?" उस्ले सोधी।

त्यसको पक्का जबाफ म सँग थिएन। त्यै पनि "नआई त भाकै छैन" सम्म भनें।

"कैले त?" आभाले फेरी सोधी। म सँग जबाफ छैन भन्ने बुझेरै होला धरपकड गरेकी।

"त्यो टुडीखेलमा माहाँकाल अघि सुगा राखेर बस्छ एउटा, त्यस्ले जैले जा भन्छ तैले आउँछ यो" बान्ङ्गेले भन्यो।

"ए, साईत निकालेर?" आभाले मुस्कुराउँदै सोधी।

"साईत त जुराउनै पर्यो नी --पण्डीत भिडाएर-- चिना देखाएर--साईत जुराएर आउँछु नी आउन आउन परे पछी" लौजा त भनेर भन्दें मैले। भन्न त लगन पनि निकालेर भन्न मन थ्यो तर आँटले धर्म छोड्यो र भन्न सकिन।

बाङ्गे र आभा दुबैले पुलुक्क हेरे म तिर। बाङ्गेको हेराईमा "अहिले भेटलास है तैले" भन्ने भनक थ्यो, आभाको हेराईमा "साँच्चै कि ख्याल ख्याल?" भन्ने प्रश्नको छनक भए झैं।

चाबेल गणेश घुमेर अघि लागीदै थ्यो अब।

"म त अब पर्सी नेपालगन्ज गै हाल्छु" आभाले भनी।

म त टक्क रोकिएँ एक पल। बाङ्गेले त्यस्तो कुनै प्रतिकृया जनाएन। सायद उस्लाई पैलेई थाह थ्यो।

"अनि यतै पढ्ने भनेको हैन त?" मैले आभालाई सिधै हेरेर सोधें।

"हो, स्कुलको कुरा हुँदै छ--तर अब घर गएर त आउनु पर्यो नी" उस्ले भनी।

म त झन्नै, "ल बर्बाद" भन्नेमा पुगेको।

"अनि कैले आउने त?" मैले सोधें।

"खै--छिट्टै हो तर" उस्ले भनी।

खै किन हो बाङ्गे हाँस्यो। "किन हाँस्या?" भन्या "यत्तिकै" भन्यो। अनि बाङ्गेले उस्का कुरा गर्न थाल्यो, परीबारका कुरा गर्न थाल्यो। मैले नचिनेका मान्छेहरु, ठाउँको बारे गफ हुन थाल्यो। म यसो आफ्ना कुरा तिर आभालाइ ल्याउन खोज्थे, बाङ्गे पारीवारीक कुराम लगिहाल्थ्यो।

हुँदा हुँदै मित्रपार्क अघि बढीयो, बाटो काटीयो र लागियो पशुपतीका गुरुको मन्दीर हुँदै पश्चिम ढोका तिर।
पशुपती घुम्ने हाम्रो बिशेष तरीका थ्यो, दर्शन गर्ने एउटा परीपाटी बसालिएको थ्यो। त्यै अनुसारको गरीयो त्यो दिन पनि। आभाले नी त्यसै गरी।

पशपतीमा माहादेब भेटीएलान भन्ने आशमा आवत जावत थिएन हाम्रो। महादेब आए नै पनि पक्का चिलिम बोकेर उता बिष्वरुप, राममन्दीर यत्र तत्र बसेका साधु शन्त, मन देखि लागिपरेका समाजसेवी उन्का भक्तहरुलाई नभेटी हामी जस्ता तरुनी सँग चन्दन  माग्न आउनेहरुलाई किन भेटी रहन्थे। तर आभा पनि मन्दीर भित्र माझिएकी भक्त जस्ती हुँदीरैछे। ढोग्दा आँखा चिम्म गरेर ढोग्थी।  मन्दीर घुम्दा मूर्ती ढोग्दा आस्था र भक्तिमा उ समर्पीत देखिन्थे। त्यहाँ भित्र देवी देउताका बाहेक अरु कुरा गर्न उस्ले चासो राखिन। देवी देउता कुरा गर्न आफुलाई त्यस्तो चासो नाईं।

सानो साँढे पछाडीबाट पैले बाङ्गेले दर्शन गर्यो, अनि उस्लाई पनि पशुपती दर्शन गराईयो। पैला त त्यो साँढे पछाडी बाट दर्शन गर्न मानेकी थिईन--लाईन लाग्छु भन्दै थिई। लाईन लागेर अब कैले कैले। अनि अरु बेला भए चन्द्न-सुन्दरी खोजिन्थ्यो--- त्यो दिन जो ओर्लियो दर्सन गरेर सिंढीबाट उसै सँग चन्दन मागे मैले। बाग्ङेलाई नी दिनु पर्यो चन्दन भन्या एउटी फेला पारीसकेछ उस्ले।

आभा म सँग उभिएकी थिई, बाङ्गे चन्दन लाउँदै थ्यो केही कदम पर। चन्दन म सँग पनि थ्यो। बाङ्गेले देला चन्दन पैला भनेर मैले आभा तिर चन्दन तेर्साएँ। उस्ले चन्दन र म दुबैलाई हेरी।  मलाई के सुर चल्यो, मन मनै जय शम्भो! भनेर उस्ले हात लम्काउनु अघि नै चन्दन लाईदिएँ। त्यो बाङ्गेले पनि देख्यो। मैले चन्दन लाईदीए पछी उस्ले टाउको झुकाई।

"टीका लाईदिएँ--खै त भेटी?" जे पर्ला पर्ला भनेर सोध्दें।

"दिम्ला नी" उस्ले भनीं।

बाङ्गे आईपुगी हाल्यो। बाङ्गे सँग भाको चन्दन चै उस्ले घरमा नी दिन्छु, अनि नेपालगन्ज लान्छु भनेर बोकी।

पशुपतीमा दर्शन पछी चिया चुरोट तान्ने गरेको। चुरोट त आज बर्जेत थ्यो। चिया पनि उ नखाने भन्न थाली। घरै जाम भनी।

बाटोमा बाङ्गेले फेरी यो हजुर्बा र त्यो हजुर्बा, यो फुपु र त्यो फुपु भन्दै छेउ न टुङ्गाको (मेरो लागि) कुरा गर्दै लग्यो। यी मान्छे जो जो भए नी खडकुलाँ पानी खन्याउँदा चिन्छन मलाई नी भनेर चित्त बुझाएँ। के गर्नु।

बाङ्गे र मैले उस्लाई घर पुर्याईदेम। निधारमा मैले लाईदेको चन्दनले सिउँदो उस्को छुँदो थ्यो।

भात नखाई आउन दिएनन। बाङ्गेको घराँ फोन गर्दे। मेरो घराँ नी जड्या थ्यो रातो फोन हालसालै। त्यसमा नी घण्टी बजाईदीए।

दरो गोदीयो मासु भात। घरमा काका काकी हजुरबा, हजुरामाको परेड चलको चलेई। यसो केई मनको कुरा आफ्नो सुराँ गर्न पा हैन।

भात गोदे पछी हामी हिन्न ला थेम, आभाले दाई सँग एउटा फोटो खिच्छु भनी। घरमा लगेर सबैलाई देखाउँछे रे उता नेपालगन्जमा । बाङ्गे सँग उ उभिई। काकाले ल्याए क्यामेरा। म नी टाँस्सीन जान भएन। मन त थियो नी।

एउटा फोटो खिचे पछी, "दाइको एउटा खत्तम साथी पनि रे छ भनेर चिनाउन हुन्छ ल, भन्दै बाङ्गे भए पट्टी गएर उभिएँ म पनि। मन त आभा सँग उभिने थियो तर के गर्नु। काकाले हाँसेर फोटो खिचे। पछी त काका काकी हजुरबा हजुर आमा जम्मै आए फोटोमा। त्यती गर्दा नी एउटा फोटोमा आभा सँग उभिने जोहो परेन।

ठुलठुलो स्वरमा उनीहरु हाँस्दै कुरा गर्दै थिए। मैले बाङ्गे नजिकै पुगेर सानो स्वरमा "मलाई खुत्रुक्कै पार्यो ---" मात्रै लय हालेर के सुरु गरको थिएँ उ बिच्केर गयो मान्छेहरु सँग मिसिन।

यसो सेन्टी कुरा गरुम्ला आभा सँग बिदा हुँदा भन्या किन पाईन्थ्यो। तै पनि उस्को निधार तिर हेर्दै यो चन्दन भोली मेटीए पनि फोटोमा त मेटीदैन होला नी" सम्म भन्न चै मौका पारें। उस्ले एकटक हेरेकी थिई मलाई मैले त्यसो भन्दा।

आभा जान्छे भनेर मन उदास त थ्यो तर फर्किन्छे भनेर खुसी पनि।

बिदा भएर बाटो लागियो। मैले बाङ्गेलाई धन्यबाद दिएर भनें, "हेर बाङ्गे तैले ठुलो गुन लाईस -- म पनि बैगुनी मान्छे हैन-- यता आफ्नो सँगै फोटो खिच्न त्यस्तै उस्तै भयो तर अब पाण्डे सुन्दरी र तेरो चै म खिच्ने ब्यबस्था मिलाउँछु।"

बाङ्गे फिस्स हाँस्यो।

"तैले उस्लाई आभा भन्छस भनेर भन्दीएँ, मैले।" बाङ्गेले सुनायो।

"अनि के भनी त?" मैले उत्सुक भएर सोधें।

"मेरो न्वारन गर्ने त्यो को?" भनी। बाङ्गेले गम्भीर भएर भन्यो।

"सत्ते?" मैले झस्केर सोधें।

"असत्ते" बाङ्गे हाँस्यो।

-------
दुई चार महिना अघि म नेपाल गएको थिएँ। नेपाल जाने बाङ्गेलाई नभेटने कुरै भएन।

म पुगेको पहिलो शनिबार थ्यो, मैले बाङ्गेलाई फोन गरेर "आज भाटभटेनी जाम यार" भनें।

"अहिले खुल्या छैन--तँ आईस रे भन्दैमा बेला न कुबेला खोल्छ? " भन्यो।

"तँलाई भनेर--मन्दीर के को बन्द?" भन्या ए! म त सुपर मार्केट भन्ठान्या भन्यो। ल म एकै छिनमा आउँछु भन्यो।

उस्ले यत्रो अजंगको एस् यु भी किनेको रे छ --त्यै लिएर आउँथ्यो। आज त्यो देखिन।

"के मा आईस तँ?" भन्या "पैदल" भन्यो।

"किन?" भन्या "आज पुराना दिन जिउन मन् लाग्यो" भन्यो।

भाटभटेनी दर्शन गरेर फर्किदै थेम। एक ठाउँमा म टक्क उभिएँ "यार बाङ्गे, यहाँ अझै आउछ बस? तँ खलासी हुन खोज्या थिस नी?" मलाई हाँस उठ्यो।

म भन्दा जोड सँग उ हाँस्यो। "क्या सम्झाईस यार" भन्दै।

"के रे त्यस्को नाम?--- पाण्डे हैन? त्यो सुन्दरीको के छ हाल खबर अचेल?" सोधें।

"त्यो पाण्डे त अहिले के भै कुन्नी -- दुई चोटी बिहे गरी सकी यार तेल्ले त" बान्ङ्गेले सुनायो।

"दुई दुई चोटी गर्दा नी तेरो चै पाली अझै आको रैन्छ उस्को लिस्टाँ -- मैले त मामाघरमा चक्कर लाई लाई कुरा मिलाईदेको थिएँ--के गरीस तैंले?"

"गर्या त त्यै माया हो मैले नी ---पछी तँ र तेरो माया लिएर काँ जाने हो मर्न ती जा भनी" त्यस्तै भो। धेरै माया गर्न नहुने रे छ कसैलाई नी --चिनी धेरै भयो भने तीतो हुन्छ भन्थे--त्यै भाको होला" बाङ्गेले हाँसेर भन्यो।

मैले त्यो बस स्ट्पको वरीपरी हेरें। समय कहाँ बाट कहाँ पुगी सकेको थ्यो। "ती दिनहरुको सार्है माया लाग्छ यार बाङ्गे मलाई" मैले सायद भाबुक भएर भनें।

उस्ले उस्को फोन झिक्यो अनि कस्लाई हो फोन गर्यो "पूर्णदाई, के गर्दै हुनुहुन्छ?"

उताबाट कस्ले के भन्यो, बाङ्गेले त्यो पूर्णदाईलाई हामी भा ठाममा आउनु भन्यो।

"को पूर्णदाई भन्या? किन बोलाको?" भनेर सोध्या।

"पशपती जाम यार, मैले गाडी मगाको। आज दिन पनि शनिबारै हो। पुरानै दिनमा फर्किम केही बेरलाई भए पनि।" उस्ले भन्यो।

"पैला काँ मोटर चढेर जाने गरेको थ्यो त?" मैले सम्झाएँ।

"थाह् छ" उस्ले भन्यो। "तर नया दिनमा चढेर पुरानो दिन जाने क्या!"

एकै छिनमा आयो उस्को मोटर। मोटरमा उ र म पछाडी बसीम। उस्ले चुरोट सल्कायो। मैले भने "चिया खान मन लाग्यो यार"।

उस्ले एकै छिन खै के सोच्यो, अनि भन्यो "ल पख म तँलाई सलिड ठाउँमा लिएर जान्छु मेरो एउटा काम पनि छ" अनि ड्राईभर तिर हेरेर भन्यो "पूर्णदाई, कपन जाम"

गाडी बिशालनगर तिर लाग्यो। बाङ्गेले फोने झिकेर को सिद्दार्थ भन्ने सँग कुरा गर्न थाल्यो। उस्ले फोन राखे पछी मैले भनें "काँ कपन गै र नी -- एक कप चिया खान-- फेरी को यो सिद्धार्थ भन्ने?" सोधें।

"पैले एघार नम्बरमा हिन्दा पो कपन काँ हो काँ अहिले त एकै छिनमा आउँछ हेर्न--"

"अनि सिद्दार्थ भन्ने को नी? मलाई नौलो मान्छे भेटन मन थिएन।

"तैले चिन्दैनस -- धेरै बेर लाग्दैन--त्याँ कपनमा क्या खतरा चिया भेटीन्छ--तँलाई चित्त बुझेन भने मलाई भन्लास-- बरु तैले पूर्णदाईलाई चिनिनस?" उस्ले ड्राईभर तिर हेर्दै भन्यो।

ड्राईभरले ऐना मिलायो--म तिर हेर्यो अनि मुसुकुराउँदै भन्यो मैले त चिनें।

उस्ले चिनें भने पछी मैले पनि नियालें।

"दाई यता आउनु त" बाङ्गेले ड्राईभरलाई भन्यो।

मोटर बिशालनगरबाट अघि बढ्दै थ्यो। त्यो बसन्त सम्सेरको दरवार काटेर अघि लागेको थ्यो--उता कुमारी--टुण्डालदेवी जाने बाटो छुट्टीने ठाउँमा पुगेर ड्राईभरले गाडी रोकेर ओर्ले अनि मेरो छेउ आएर उभीए।

उनी मुस्कुराईरहेका थिए। मैले फ्याट्टै चिनें।

"ए, तपाईँ त्यै बसको ड्राईभर हैन?" एक्कासी मेरो आबाजमा उत्सुक्ता बढ्यो।

"अब मलाई खलासी राख्नु न भन्दा भन्दा टेर्या हैन" बाङ्गेले हाँस्दै भन्यो।

हामी सबै हाँसीम्। रमाईलो भयो।

"मैले पूर्णदाईलाई तेई भएर बोलाको क्या, पुराना दिनमा फर्किने भन्या हैन?" बाङ्गेले भन्यो। "कस्तो लाग्यो त?"

"गज्जब!" मैले भनें।

मोटर रिंगरोड तिर बढ्दै थ्यो ---"आभाको के छ हालखबर?" मैले सोधुम कि नसोधुम गर्दा गर्दै सोधें।

"अर्काकी श्रीमतीको हालखबर तँलाई किन चाहियो?" उस्ले भन्यो।

"नेपालगन्जबाट त फर्किदै फर्किन, ए!" मैले भनें।

उ हाँस्यो। म पनि।

अनेक थरी अरु कुरा भए।

बाङ्गेले सिद्दार्थ भन्नेलाई फेरी फोन गर्यो कपन पुग्ने बेलामा।

एउटा भब्य घर अघि लगेर मोटर रोके पूर्णदाईले।

"म यही बसीरहन्छु, तेरो के काम हो छीटो सक--चिया खान जाने कता हो --पशपती जानु पर्ने --फेरी घर बाट फोन आउँछ ऐले।" मैले भनें।

बाङ्गेले "हुन्छ मोटरमै बसीराख म एकै छिनमा आउँछु" भन्यो र घर भित्र लाग्यो।

पूर्णदाई मोटरमै थिए। म उनी सँग कुरा गर्न थालें। मनमा एउटा कुरा लागेको लागेकै थियो। निर्क्यौल गर्नु पर्यो भनेर पूर्णदाईलाई सोधे, "दाई यो सिद्दार्थ भन्नेको श्रीमतीको नाम आभा हो?" मुटु ढुक ढुक हुँदै थ्यो जोडले मैले यो प्रश्न सोध्दा।

पूर्णदाईले म तिर पुलुक्क हेर्दै भने "होईन"।

मन हलुम भो।

बाङ्गे आयो, संगै अर्को मान्छे पनि आयो। सिद्दार्थ भन्ने त्यै होला।

उनीहरु मोटर तिर आएको देखे पछी म पनि मोटरबाट ओर्लें। बाङ्गेले मलाई चिनायो। हात मिलाएँ त्यो मान्छे सँग। एउटी ५/६ बर्षकी केटी पनि दौडीदै आई।

बाङ्गेले, "आभा, अंकललाई पनि नमस्कार गर" भन्यो।

म त झस्किएँ।

बाङ्गेले हाँस्दै भन्यो, "ल ल हिन भित्र, सुकीर्तीले चिया बसाली सकी -- क्या खतरा चिया बनाउँछे-- यता मिठो भएनछ भनें अन्त पनि जाम्ला"।
-----------------------------------------------------------------------------------------------------------------------------------------------------------------


 
Posted on 04-06-12 3:05 PM     [Snapshot: 7080]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Superb. I salute u Deep Sir.
 
Posted on 04-06-12 3:18 PM     [Snapshot: 7090]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दीप जी, long weekend होइन हजुर को?? यो weekend मा चाही कथा को अर्को भाग पनि लेख्नु पर्छ है !!! सारै राम्रो छ ल !!
 
Posted on 04-06-12 4:18 PM     [Snapshot: 7112]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो लेख पढियो दीप जी . खोला झैँ सलल बगेको लेखन सैली, धेरै पल्ट हासे.

ranipari जी ले अर्को भाग लेख्न भंदैहुनुहुन्छ, मेरो विचारमा कथा सकियो --पहिलो भागमा आभा लै देखियो , दोस्रो भागमा आभासंगा भलाकुसारी भो - लाग्थ्यो आभा  लेखककै हुन्छिन -  तर तेस्रो भाग मा गएर तेसो भएन/

 
Posted on 04-06-12 6:09 PM     [Snapshot: 7166]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप-दाज्यु,

सारै मिठो कथा....झन् लास्टां त्यो सानु फुच्चुको नाम "आभा" भएर झनै रमाइलो लाग्यो ..... हरेक सनिबार आफ्नो होहल्ला ग्रुपसंग पशुपति गएर परि "beautiful"मा बसेर होहल्ला गरेका दिन झल्झल याद आयो दाज्यु . सकिएको हो कथा? न क्रमश छ न समाप्त नै .
धोबीखोला वारिको गाउले
थाहा-छैन


 
Posted on 04-06-12 6:22 PM     [Snapshot: 7180]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-08-12 8:17 AM     [Snapshot: 7447]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जी आर्को पटक कृपया भाग १, भाग २ गर्दै लेख्नु होला है !Superb writing!!

 
Posted on 04-09-12 9:49 AM     [Snapshot: 7692]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मैले जसरी "आभा" लेखुम्ला भन्ने सोच राखेर शब्दहरु भेला पार्दै मिलाउन थालेको थिएँ, त्यो सोचलाई मेरा अरु जिम्मेबारीहरुले लगातार अनि अझ अरु थप चुनौतीहरुले दबाबको घेरामा पार्दै गए। परीस्थीतीको बन्दी मेरो त्यो सोच फेरी उस्तै रुप र भावमा उम्केला भन्ने बिस्वासलाई म आफैले प्रश्न गर्न थालेको थिएँ। फेरी प्रस्तुती मुख्यत: काल्पनिक भएकोले दृष्यहरुको बादल कल्पनाको आकासमा खोज्नु पर्थ्यो अनि आकार दीनु पर्थ्यो। त्यसैले जसरी सोचेको थिएँ, त्यसरी प्रस्तुत गर्न सकिन। निक्कै हतारमा लेखें, फरक बाटोमा गएर लेखें। त्यसैले प्रस्तुतीमा कमजोरीहरु जता जतै प्रसस्तै भेटीन्छन। ती सबै कमजोरीहरुको जिम्मा मैले लिनै पर्छ र लिन्छु पनि।

जे जस्तो रुपमा "आभा" प्रस्तुत भए पनि, आ-आफ्ना समय यसमा खर्चीने सबै साथीहरु प्रति आभारी छु। प्रोत्साहन र सुझाबहरुको लागि हार्दीक धन्यबाद।

- दीप

 
Posted on 04-09-12 1:42 PM     [Snapshot: 7813]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप दाई , कथा लै जुन रुप मा प्रस्तुत गरे पनि सारै राम्रो लग्यो .
बरु भाग १,२ ,३ नभएको ले खोज्न सारै गारो पर्यो दिन दिने खोज्दा हरिने भैयो

सारै राम्रो प्रस्तुति


 
Posted on 04-09-12 8:58 PM     [Snapshot: 7950]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

When real emotions are evoked by a story, you know it was good in every aspect of writing a story. You have done just that to me, deep! Many emotions have erupted in me, like a volcano. Absolute nostalgia has engulfed me, not only with the mention of familiar places and trends (of my own younger days); but also with the way you have chosen to put forth your story!

भाव-बिभोर छु, ब्रो!

 
Posted on 04-10-12 1:00 PM     [Snapshot: 8089]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

साथीहरुले आफ्नो ब्यस्तता र प्रस्तुतीमा मेरा कमजोरीहरु हुँदा हुँदै पनि समय निकालेर मेरो प्रस्तुती पढीदीएको मात्रै हैन, टीप्पणी समेत गरेर लगाएको गुन मैले बिर्सीने कुरै भएन। त्यसमाथि साथीहरुका प्रोत्साहन-शब्दहरुले मेरो उत्साहमा उर्जाको काम गरेका छन। मौन पाठक र सुभ-चिन्तकहरु प्रति पनि म सधैं झै आभारी छु।

प्रस्तुतीमा टीप्पणी गर्ने तपसिलका साथीहरु प्रति भने म बिसेष अनुग्रहीत भएको स्पस्ट पार्न चाहन्छु।

*~Spring~*
???? ?
Aakinchan
adventurer
aman
Anishchit
Bachata
bhakte dai
bhustigre
Birkhe_Maila
BlurMirror
brandy
Budunk
chipledhunga
daum
dipika02
hawaflash
Juggy
Kancho
mythought
nakkali keti
namit_thapa
Nepal ko choro
Phatte
Pokhrelikanchi
Poonte
ramronepal
ranipari
ritthe
sawcheen
serial
shiva_linga
ThahaChaena
बिस्टे


 
Posted on 04-10-12 1:08 PM     [Snapshot: 8101]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-10-12 5:52 PM     [Snapshot: 8180]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप सर  ले क्या च्याट्ट  मिलाएर लेख्नु भाको रेछ, तपाइको धेरै जसो रचना तरुण तरुनी को   आकर्षण मनोविज्ञान
ले भरिएको  हुन्छ, तपैले तेसै मा बिध्यबरिधि गर्नु भाको जस्तो लग्यो मलाई त. मन खुस भयो कथा पढेर . मिहेनत का  साथ साझा मा पस्कनु भएको मा धन्यवाद

 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters