[Show all top banners]

बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सफल जिन्दगी भाग २

[Please view other pages to see the rest of the postings. Total posts: 150]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-ohmy.gif
[VIEWED 115625 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-13-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(सफल जिन्दगी भाग २ यहाँ सम्क्ष ल्याउने प्रयास मा - कथा बस्तु यथार्थ भए नि कसै सँग मिल्न गए चाँही - "लागे पागे बुढा को दोष " ....)


सेल फोन मधुरो आवाज ले बज्यो , यो त पक्कै कल होइन भन्दै सेल फोन हेरे , मेसेज आको रहेछ , इन्बोक्स मा जादा मेसेज देखे " Lets work things out ...." एक त घाम ले पारा तती रहा थियो त्यस माथि उु सँग अझै रिश उठी रहेको थियो । उसलाई म के कुरा मा रिसाउछु , कस्तो कुरा मलाई मन पर्दैन सब ज्ञान थियो,  त्यही पनि उु त्यही कुरा ले म सँग झगडा गर्न खोज्थी । माया गरी मन भित्र राखेको मान्छेले त्यो मन लाई दुखाउदा चित्त कस्को नदुख्ला र ?


समय ले कसै लाई कुर्दैन भन्थ्यो र समय को गती पनि मोड्न सक्किन्न भन्थे तर म त्यो गती लाई मोडेर अतित तिर लाग्दै छु , कहाँ के बिग्रेछ भनी हेर्न खोज्दै छु । शायद दोषी मै नै हुँ कि ?


नेपाल छोडेको नि बर्षौ भयो , नेपाली को छोरो, परिवार प्यारो कस्को हुँदैन र त्यस माथि त म एक्लो छोरो बाउ आमा को काख छोडि हुइकिए म पनि अमेरिका तिर । बाउ आमा को सपना साकार गर्ने धोकोले अमेरिका आको आज जिन्दगी लाई तराजु को तौलो मा तोल्दै छु । अब उु सँग को भेटको , कथा त , पहिले नै लेखी सकेको छु । त्यो अन्तिम दिन लाई डेढ बर्ष अघी लग्यौ भने आज को दिन आउछ , तर हाम्रो यो नयाँ यात्रा १ बर्ष अघी सुरु भएको हो, त्यही सुरु गरु होला ...............


हाम्रो त्यो दिन को बिछोड पछी एक अर्का सँग कुरा सधैं जसो हुने गर्थ्यो , उु मलाई मन पराउथी र म उसलाई त्यो कुरा मा दुई मत हुन सक्दैन । हामी बिच केवल भौगोलिक दुरी थियो र त्यसै दुरी लाई मेटाउन हामी कोशीश गरी रहेका थियौ । उु न्यू योर्क मा थियो भने म अहिले काम को शिल्शिला मा डेन्भर सर्नु परेको थियो । मलाई न्यू योर्क को चहल पहल मन नपर्ने भएको कारण ले उस्लाई डेन्भर मै सर्ने कर गर्को थिए , तर उु मनेकी थिएन ।


सधैं झै काम पछी उसलाई फोन लगाए, म सधैं काम सकिने बित्तिकै उस्लाई फोन गर्थे , आफ्नो ६ बज्दा उसको ८ बज्थ्यो धन्न एउटै सेल फोन कम्पनी भएर आफु लाई ओवरेज नपर्ने 



फोन को अर्को तिर उसको सुमधुर आवाज ले मेरो सब थकान मेटिदियो । दिन भरी काम का कुरा हरु उसले नि बताए र मैले पनि । दिन भरी को रिपोर्ट पछी उही अब के गर्छौ , आज के खान्छौ आदी इत्यादि .....


उु - " अनी अब को कोमिङ वीक्न्ड त लोङ वीकेन्ड छ , तिमी मिल्छ भने बिहीवार नै निस्क त्यहाँ बाट , मैले शुक्रबार बिदा लिएको छु , हामी यो पाली Maine घुम्न जाउ । आईतवार फर्कौला अनी सोमबार त बिदा नै हो तिमी सोमबार बेलुका फर्क , हुन्छ  ?"


म प्राय लामो बिदा हुँदा न्यू योर्क जान्थे उस्लाई भेट्न तर अहिले सम्म उु भने यहाँ नआएकोले मैले उस्लाई यहाँ बोलाउने बिचार  गरे -


म - " सधैं म नै आएको छु , यो पाली तिमी आउन बरु यहाँ "


उु - " तिमी लाई थाहा छ त मलाई  इष्ट कोस्ट छाड्नु मन छैन , किन तिमी फेरी मलाई त्यहाँ सार्ने निउ खोज्छौ "


म - " ल यसो गरौ न , पहिला ठाउँ हेर अनी चित्त बुझेन भने बरु मै न्यू योर्क सरुला "


मैले नि जोखिम लिएर भनी दिए । यो बाजी हात पर्छ भनेर होला उसले पनि हुन्छ भनिदियो । 


अब मलाई र डेन्भर लाई केवल उस्को प्रतिक्षा थियो ।


 
Posted on 11-03-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निकै बिजी भए आज छोटो प्रस्तुती मात्रै
 
Posted on 11-03-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख्याल ठट्टा , मजाक मस्ती गर्दा गर्दै हामी कोलोराडो स्प्रिङ्गस पुग्यौ ।


कोलोराडो स्प्रिङ्गस मा गर्या कुरो हरु लेखे महाभारत भन्दा ठुलो पुराण यही हुन्छ , सन्छिप्त मा भन्ने हो भने त्यो ट्रिप साह्रै रमाइलो भयो । समय लाई अगाडी बढाएर , हामी डेन्भर फर्किने दिन मा लगुम ।


डेन्वर र कोलोराडो स्प्रिङ्गस को दुरी ४ घण्टा को थियो । हामी बिहान ९:०० बजे कोलोराडो स्प्रिङ्गस बाट डेन्वर को लागि निस्केका थियौ । कारीब ११:०० बजे हामी Mc Donalds मा खान को लागि रोकेका थियौ । रिया र केरेन Fresh हुन्छु भनी गएका थिए । च्याङ्ग्रा चाँही Order दिन लागेको थियो ।


म बाहिर बसी चुरोट तान्दै फोन गर्न लागे ।


उता बाट उसले फोन उठाइ


--  "Hey How you doing ? "


उु "Good, How about yourself ? "


-- "Doing Good .... Are you free Today ?"


उु "Yes "


-- "I was planning to come there today, will you have time ? "


उु "Yes sure, But are you sure she is fine with this decision ? "


-- "No Idea, but atleast she will have time to think about this. "


उु "Are you Sure ? "


-- "I think so. Its one of the biggest decision, I don't know how she will react but she deserves to know!! "


उु "What time will you be here !!"


-- "I think we will be there within the next 30 - 45 mins ... "


फोन राखेर भित्र जान खोज्दा मेरो अगाडि केरेन र रिया उभिएको थियो , उनिहरु एक अर्का लाई हेर्दै  थिए, कुरा उनीहरु ले केही बुझेको थिएन , अगुल्टो हान्या कुकुर बिजुली चम्कदा तर्सिन्छ भन्या जस्तै उनिहरुको मुहार मा प्रश्न हजार थिए । रिया को आँखा मा आसुँ का थोपा हरुले भरिएका थिए ।


च्याङ्ग्रा आयो - "Hey the orders , ready !!! "


च्याङ्ग्रा - " What happened, someone died ? "


-- " केही होइन , Lets go in "


खाना खाँदै थियौ , केरेन ले सोधी - "Do you want to explain anything ?"


-- "Nope " मैले जवाफ दिए ।


केरेन ले रिया लाई हेरी , उसको आँखा अझै रसाएको नै थियो , च्याङ्ग्रा ले मलाई हेर्यो , मैले च्याङ्ग्रालाई । शायद उस्ले मेरो आँखा मा त्यो भनाइ पहिले देखेको ले होला केही बोलेन ।


खाना खाएर सकिए पछी हामी फेरी डेन्वर तिर लाग्यौ । गाडी मा सुन्यता छाएको थियो । मैले आधी घण्टामा आउछु भनेको थिए फोन मा त्यो आधा घण्टा नि बित्यो मैले हाइवे बाट एक्जिट लिएर एउटा घर तर्फ लगे । उु बाहिर कुह्री रहेकी थि !!!!!!!!!!



क्रमश :


 
Posted on 11-03-09 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पातकी बैरे ले कहाँ ल्याएर कथा रोक्यो भन्देखिन


छिटो कथा अगाडि बढाउ त खुरुकन


अहिले -


एस्तो नि हो त -


हप्ता दिन कुराएर लेख्या हेरन त्याँ -


 
Posted on 11-03-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I second Serial's comment. Too short man Baire!!!!!! This is like "Flashforward", too short of an episode. Hehhehe. Good one though. 
Hey I never read Safal Jindagi-1, where is it????

 
Posted on 11-03-09 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-03-09 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ऊ को नि ??? छिटो राख्नु पर्‍यो अर्को भाग।
 
Posted on 11-04-09 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Read Safal Jindagi-1. Bajya Bairele garnu garya rachha ni pahile ta. "CK ko Eternity", you gotta be kidding me man. Reminded me of an interesting story of mine. The truth is, I still can't help myself with the smell. I would fall for anyone wearing that. hehehehe
Anyway, the things make much more sense now. Impatiently waiting for the next part. Hurry up Baire!!!!!!

 
Posted on 11-04-09 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

why does the second paragraph of my comments get samller fonts? Weird!!!!!!
 
Posted on 11-09-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उु बाहिर कुह्री रहेकी थि !!!!!!!!!!


मलाई देख्ना साथ - हात हल्लाइ - "Follow Me ?"


- "Sure "


उसले एउटा घर अगाडि रोकी । म गाडी बाट ओर्ले , अरु लाई पनि ओर्लिने संकेत गरे ।


- "These are my friends, he is च्याङ्ग्रा , she is karen, and she is Riyaa....... She is Sarah"


सेरा - "Nice to meet you. "


सब चकित नै थिए , कुरो कसैले बुझेको थिएन ।


सेरा - "Shall we go in ? I don't want you guys to wait "


हामी घर भित्र छिर्यौ । घर खाली थियो !!! म मुसुँ  मुसुँ हासी रहेको थिए । केरेन ले नि कुरा बुझी उु मेरो छेउ मा आइ - "Its beautiful " भनी । रिया को आँखा फेरी रसायो , उु आस्चर्य को साथै त्यो पल लाई कसरी समेट्ने भनी सोच्दै होला जस्तो मलाई लाग्यो ।


- " वहाँ क्या सस्पेन्स " च्याङ्ग्राले भन्यो ।


सेराले - "Isn't this just beautiful ? " भनी सोधी ।


च्याङ्ग्रा - " It is, but if you were the surprise, then there would have been a lot of explaining to do "


सेरा - "Sorry ?"


च्याङ्ग्रा ले सेरा लाई राम काहानी सुनायो । सेरा हासी , हामी सबै हास्यौ । सेरा Office मा अरु भिजिटर हरु छन भनी लागि, जाने बेला हामी लाई साचो Office मै छोडि दिन आग्रह गरी ।


- "So what do you guys think ?"


च्याङ्ग्रा - " Its nice , where is my room ?"


केरेन - "Its beautiful . I knew you were upto something but this was unexpected "


रिया चुप नै थि ।


च्याङ्ग्रा - "हेल्लो  मिस!! केही त बोल !!"


रिया - "राम्रो छ " म तिर हेरी - "सरी "


- "This is the model building, If everyone likes this I am going to put a contract on the same floor plan. It will take about 6-8 months to build. By that time you (Riyaa) will have time to think about it and make her transfer to Denver " 


रिया - "This ain't fair, I still am not sure if I want to move here."


रिया - "तिमिले मलाई फसाउन पाउदैनौ । घर लिने बहाना ले मलाई यहाँ बोलाउन पाईदैन !"


च्याङ्ग्रा - "ओह हिरोइन , धेरै नाटक नगर, तलाई किन एक्लै त्यहाँ बस्नु पर्‍यो । यही ठीक छ । "


केरेन - "I Think its about time you start plaaning for you two Riyaa. Its High Time "


- "तिमी सोच , No Pressure , Contract हाल्दै मा धेरै जाने होइन , तर त्यहाँ जती कमाउछौ , आधी भन्दा बेसी रेन्ट मै तिर्छौ , आफ्नो सम्पत्ती पनि केही त हुनु पर्‍यो , यहाँ मिली जुली गरौला ............"


च्याङ्ग्रा ले मलाई ईशारा गर्‍यो ।


- " Come on Karen , Let me show you rest of the place "


केरेन र म त्यहाँ बाट  निस्क्यौ ।


केरेन - "Its a nice place. For a time being I knew you were upto something when I heard you on the phone"


केरेन - " So you think you guys ready for the commitment ?"


म - " I think so , but the toughest part is informing the families, They do not know about us yet "


केरेन -" I am sure they will be fine with it "


- " I hope so "


हामी जादा च्याङ्ग्रा ले मेरो नाउँ पार गराउने काम गरिसकेको रहेछ । रिया दङ्ग थियो ,


केरेन - "So I guess you are fine now "


रिया - "Yes "


केरेन - "Cool this calls for a celebration !! "


केरेन  - "Do you need to put a contract Today ? "
 
- "No I can do it later in the week"


च्याङ्ग्रा - " Ok then, Why waiste time. Lets go to your place and lets get waisted, By the way how far is it "
 
- "About 20 mins"


रिया - " तलाई खाली जाँड कै पिर छ, है ?"


च्याङ्ग्रा - " हात मे सराब , साथ मे सवाब , अरु के नै चाहियो ?"


हामी त्यहाँ बाट म बस्ने अपार्टमेन्ट तिर लाग्यौ ।


(बाटोमा )


केरेन - " Does this mean that you guys will be getting married soon "


रिया  - " Well I still need to decide "


केरेन  - "Come on, I thought you already agreed to it ...... Are you guys going back home to get married or getting married here "


म  - " That is the biggest challenge,  Informing them is the first thing"


च्याङ्ग्रा  - " त्यो त ठुलो कुरा नै भएन नि, के  नै  भन्ला  बुढा  बुढीहरुले  "


ma - " भन्नु त पर्‍यो , मान्ने हो कि होइनन "


रिया तिर  हेर्दै  - " नेपालै गएर झाइकुटी गर्ने कि यही  ?"


म - " I Think getting married here saves a lot of hassle, but you have friends and family back home, we need to decide on it"


च्याङ्ग्रा - " थपक्क नेपाल गएर सान सित बिहे गर , यहाँ आएर पार्टी दे  भई हाल्यो नि  , बरु नेपाल बाट यहाँ बाड्ने कार्ड नि लेर  आइज  ....... Mr and Mrs. बैरे  ---------- invites you भन्दै "


रिया  - " अप्पुइ किन  Mr and Mrs बैरे --------- , मेरो चाँही अस्तित्व नै नहुने कि क्या हो बिहे भएपछी ?"


च्याङ्ग्रा - " के अस्तित्व भन्दै जोरी खोजी रहा ? कार्ड मा नि तेरो नाम लेख्छ ? त्यो त चली आएको परम्परा हो "


रिया - " हो त्यही भन्दै केटी हरु लाई हेप "


च्याङ्ग्रा - " तेरो नाम नै, फेर भन्या भए त के गर्थिस होला तैले ? तर भन्ने नै हो भने गर्नु पर्छ " च्याङ्ग्रा म तिर हेरेर हाँस्दै - " सुन बैरे नेपाल बाटै यस्को नाम पनि फेरिदे , फेरी यहाँ आएपछी अनेक नाटक होला "


केरेन - " That's not right, She deserves to have her own name ? Why force ? This is what needs to come from within"


च्याङ्ग्रा - "Honey !!!! आए त हो नि नआए ?"


केरेन ले केही बुझिन त्यही पनि चुप लागि ।


च्याङ्ग्रा - म तिर हेर्दै  " केही त बोल किन चुप "


म - "I agree with Keren , It has to come from within .... आफु त धान को बाला ...... गरे खुशी नगरे No Complain"


च्याङ्ग्रा - "जोइ टिङ्ग्रे हुने भईश "


रिया - " जे पायो त्यही नबोल " म तिर हेर्दै - "केही भन्न सक्दैनौ यस्लाई ?"


म - " अपार्टमेन्ट आयो "


क्रमश:

 


 
Posted on 11-09-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I knew Baire would pull off something like this. That's so sweet (ouchh!!!!! I sound like a girl). Thats the way to go. You just have to show to these girls that you are committed. They aren't too hard to please. I hope you don't mess up this time. Riya seems to be like a very nice and pretty girl. Someone I would like to have as my wife ( hope someone is not reading this post). 
 
Posted on 11-09-09 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे को कुरै बेग्लै - क्या चाल चलेको


कथा चाँही भयन्करै नै मज्जाले गैराछ -


कस्तो बैरे कस्तो भाको यार - क्या सुध्रिएको - प्यार ने बैरे को निकम्मा करदिया लोल


 


च्याङ्ग्रा - "जोइ टिङ्ग्रे हुने भईश "


रिया - " जे पायो त्यही नबोल " म तिर हेर्दै - "केही भन्न सक्दैनौ यस्लाई ?"


म - " अपार्टमेन्ट आयो "


 


यो लिने चाँही खुब मनपर्‍यो ल मलाई


"केही भन्न सक्दैनौ यस्लाई ?" भन्दा " अपार्टमेन्ट आयो " रे लोल लोल महा लोल


 
Posted on 11-09-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले अस्ती तेइ भेर गाली नगरया, यो बैरे पाट, एस्तै एस्तै केइ गर्छ भन्ने त लागिराथ्यो। यस्तो छट्टु बैर्या खप्पराँ कसरी यस्ती राम्री रिया जस्ती पर्न पुग्या भन्या, म त छक्क पर्छु भन्या, खप्पराँ लेखेर ल्याउन पर्छ भन्थे, हो रेछ कि क्या हो।

बज्येले सास्ती पाउला भनेको, हेर्दाSSS हेर्दै रिया जस्ती बुढी पो पाउन लाग्यो बै! ल बैरे, कथा घच्ची गैराछ, अब धेरै ट्वीस्ट नराखी कथा अगाडि बढाउ त! कुर्दै छु म याँ, कथा सुन्न  
 
Posted on 11-09-09 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो बैरे कथा एकदम रमाइलो भाईरा छ। अब एस पछी को भाग पनि चाडै पद्द्न पये हुन्थ्यो। साझा खोल्ने बितिक्कै बिअरे ले नयाँ पोस्ट गर्‍यो कि भनेर हेर्छु म। ल त बैरे म त तिम्रो कथा को प्रतिक्षा मा छु। चाडओ राख्नु पर्‍यो। तिम्रो कथा पद्द्नु को मज्जै अर्कै छ।  


 
Posted on 11-09-09 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी के हुन लाग्यो भनेको त घर पो किन्न लागेको रएछ, फेरी घर मा भनेको छैन भन्छ खै के के हुने हो अगाडि.....
 
Posted on 11-16-09 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oye Baire, it's already monday. Where is the next part???
 
Posted on 11-17-09 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai ta Baire katha chadai padna paye hunthyo...

 
Posted on 12-03-09 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म - " अपार्टमेन्ट आयो "


रिया को आँखा मा क्रोध थियो । त्यो ज्वाला मा मेरो ज्यान कति खेर च्वाई हुने हो त्यो चाँही थाहा थिएन तर हुने चाँही निस्चित थियो ।


हामी सब मेरो अपार्टमेन्ट भित्र पस्यौ ।


(भित्र पस्न साथ )


च्याङ्ग्रा -" लौ तेरो अपार्टमेन्टमा चोर आएछ , सब कोठा मिलाएर गएछ । "


रिया हासी , म नी मुस्कुराए


केरेन - "Impressive "


केही बेर थकाई मार्न बस्यौ , च्याङ्ग्रा र म बार्दली तिर लाग्यौ । रिया र केरेन भान्सा तिर ,


च्याङ्ग्रा - " भने पछि तिमी हरु अब sure भइश होइन त ?"


- "हुन त हो , त्यहि नी घरमा त भन्नु पर्‍यो नी, माने नी नमाने नी खबर त गर्नु पर्‍यो, रिया घर बाट मन्जुरी नभई अघि नबढ्ने भन्छे "


च्याङ्ग्रा - "त्यसको नाटक हो , म कुरा गरुला त्यो सँग "


- "खोइ के भन्ने , बिहे गर्नु भनेको ख्याल ठट्टा त होइन । हामी बीच जात को अन्तर छ , बुढा, बुढी हरु को सोचाइ पुरानो छ , भन्या जस्तो चाँही सजिलो हुदैन "


च्याङ्ग्रा - "धन्ना नमान, be positive "


रिया - "तिमीहरु चुरोट कै खाजा खाने हो की हामीले बनाको नी खाने ?"


हामी केही नबोली भित्र पस्यौ ।


रिया - "बेलुकी हुन अघि बाहिर जानु पर्छ , थकाई भन्या पछि मारुला , I want to enjoy this weather"


केरेन - "I agree"
 
- "OK"


डेन्भर शहर घुमियो , रमणिय बाताबर्ण संगै हामी नी रमायौ , तर खुट्टा र पेटले भने साथ दिएन , सुर्य को ढल्काइ संगै खुट्टाले कदम लिना छोड्यो , पेट बाट अनेक आवाज आउन थाल्यो ,


च्याङ्ग्रा - "अब त सकिन्न , कति हिड्नु जिन्दगी नहिड्या यो डेन्भर मा हिडियो , लौ अब कतै गएर चिसो बियर तानु , अनी पेट पूजा नी गरौ "


को पहीले बोल्छ भन्ने कुर्हाइ मा सबै जना थियौ , च्याङ्ग्रा ले बोल्यो सब ले सहमती दियौ ।


तरुनीहरु साथ मा थियो जता पायो त्यता लानु त भएन ! हामी भिटा तर्फ लाग्यौ ।


केरेन - "Wow this is a lovely View, I must give it to you, You know how to treat a woman and get your point across, very tactful"


वेटर लाई पहीले त चिसो बियर अनी तरुनी हरु लाई वाईन मगाइयो ।


केरेन " I can't believe that vacation is almost over. I love this place ....I don't want to go back . "


च्याङ्ग्रा - " I agree "  रिया लाई हेर्दै - ""What do you think ?"


रिया - " " Ohh my God !!! Now its you three vs me ? ......."


" Its a good place, but I still need time to think "


च्याङ्ग्रा - " तेरो नाटक अत्ती भयो ? पहीले यही बैरे नभई नहुने , अहीले सब कुरो मिल्दा चाँही किन नाटक गरि रहा ?"
 
च्याङ्ग्रा - " थपक्क घर मा इन्फोर्म गर , अनी बरु अहीले यहाँ engagement गर , बिहे भन्या पछि गरे नी हुन्छ "


रिया - " किन सब कुरा मा हतार गर्नु पर्‍यो , मैले सोच्छु भने कै छु नी "


च्याङ्ग्रा - " अब सोच्ने टाईम सकियो अब Let you action speak volume "


रिया - " घर बाट OK नभई त केही नी हुदैन ?"


च्याङ्ग्रा - " 21st century मा नी , त उहीले को कुरा नगर । मेरो पालो मा त खूब सब ठीक हुन्छ भन्थिस त , आफ्नो मा चाँही के भयो नी ? अरु लाई अर्ती दिन सबल सक्छन , फोलो गर्न चाँही गाह्रो हुन्छ "


च्याङ्ग्रा केरेन लाई हेर्दै - " What you think Honey !! Does it make sense for her to get an OK from her family ? Its simply ridiculous"


केरेन - " Give her time, that is what she is asking for , But Riyaa the time you have asked for is to think positive not to think what ifs ? Opportunities does not knock twice "


रिया चुप थी , म तर्फ हेरी , शायद उसलाई मेरो भनाइ पनि सुन्नु थियो होला ,


सधैं आफ्नो स्वार्थको कुरा गर्थे ता अहीले भने उसको साथ निभाउन जरुरी लाग्यो मलाई ।


- " You take as long as you want, No pressure from my side. We will move forward with our plans when you are ready....... As Keren said think positive "
 
रिया - "Thank You "



क्रमश:


 
Posted on 12-03-09 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एतिका दिन पछी कथा आउँदा नि एती छोटो


भएन बैरे - अर्को भाग पनि छिटो हाल त


जात मिल्दैन घर बाट प्रोब्लम हुन्छ भनेर त लोप गर्नु भन्दा पहिले नै सोच्नु पर्छ नि


अहिले आएर घर मा कसरी भन्ने भन्ने कुरै आउँदैन -


मन पराइसके पछी सँगै बसिसकेपछी - घर बाट हुँदै भन्दा अरु सँग बिहा गर्ने त


यो नमिल्ने कुरा चाँही गर्न मिल्दैन - कि त पहिले नै सोच्नु पर्छ -


च्याङ्रा ले ठिकै भन्यो पहिले एही बैरे नभै नहुने अहिले नाटक गर्न कहाँ पाईन्छ


ल अब बैरे छिटो अर्को भाग राख त खुरुकन


 
Posted on 12-03-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो बैरे ज्यु,
यो चाँही भएन नि । यतिका दिन पछी पढ्न बसियो। यती थोरै, मज्जै आएन हो।  हात्तीको मुखमा जीरा जस्तै  भयो यो त । छिट्टै अर्को भागको आशमा प्रतिक्षारत छु।

 
Posted on 12-03-09 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुला बैरे, बर्सौँ पछी आयो त्यो पनि पढ्न सुरु गर्न पा छैन सकी सकेछ, के गर्या पाट, भेन नि यस्तो त।

माया गरेछी के जात-भात नि, केटाले केटी र केटीले केटा रोजेछी भै हाल्यो नि, पुन्टे काजी र जिम्मालबा जस्तो दोस्ताना चाइँ हुन भेन क्यारे, अरु त सब चल्छ भन्छु म। बैरेले यस्तरी रोकेछी मुटु धुक धुक भेर ल्याउँछ भन्या, ट्विस्त् ल्याउँछ पाटकी, यस्सो अलिकती राम्ररी गा हुन्छ, द्वाङ्ग गरेर खाल्डोमा पार्दिन्छ बज्ये। सफल जिन्दगी छ क्यारे, ह्यप्पी एन्दिङ भेन भने खौँ हान्छु, हा गरेर। थाहा छ कि नाइ? थाहा नभे त्यो लहरेलाई सोध्नु, अस्ती तेल्लाई हान्या थिएँ, बज्ये ऐले सम्म तर्सिन्छ पुरे भनेछी। हें हें हें हें

बैरे, वीकेन्द बेला लेख न यार, तिम्लाई जाँड खान फुर्सत हुनी, कथा लेख्न नभ्याउने? हुन्छ नि एउटा तरिका भन्ने कुरो पनि। ल अब अबेला गर्नी हैन त्याँ, भन्दी सकेँ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters