[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 हैन कि हो? ----- खै के हो के हो?

[Please view other pages to see the rest of the postings. Total posts: 162]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 180879 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 03-10-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हैन कि हो?----खै के हो के हो


 


"! उठ्छस कि लात्तले दिम?" घाम झुल्किन भ्याको थिएन बाङ्गे मेरो कोठामा झुल्क्याथ्यो ब्यान ब्यानै त्यस्ता शब्द हुर्याउँदै।


 


"आज एउटा घाघ ज्योतिषी नखोजी छोडदिन" मैले पनि मुरमुरीँदै कोल्टे फेरेर सिरकले मुख छोप्नु अघि भनें।


 


"यस्तो तरुनी खोज्ने उमेराँ नी ज्योतिषी खोज्ने हो के ? के गर्न चाहियो नी तँलाई ज्योतिषी?" ओछ्यानमा बस्दै अलिकति सिरक तानेर सोध्यो उस्ले।


 


"कैले घिच्याउने रे तँलाई कालले भनेर नी?" उस्ले मज्जाले सुन्ने गरी भनें मैले, टाउको बाटो सिरक हटाईकन।


 


"तँलाई भन्दा पैले मलाई घिच्यायो भने बाबु तँलाई तर्साएर नी खान बस्न दिन्न--यस्तो तर्साउँछु तँलाई --यस्तो तर्साउँछु --- बरु मर्न पा भए नी हुन्थ्यो जस्तो पार्छु तँलाई" उस्को घुँडा सिरक भित्र घुसाउँदै, ओछ्यानको भित्तामा अढेस लागेर भन्यो उस्ले अनि थप्यो, "जा माथि गएर चिया लिएर आईज, स्वास्नी नभा यस्तो खडेरी ओछ्यान छोडन पनि कस्तो गार्हो हो?"


 


"आधारातमै हिनीस कि के हो मसान? कति बज्यो अहिले?" मैले झर्किंदै सोधें।


 


"बज्यो होला नी दश जति" उस्ले सजिलै भन्यो।


 


"बज्छ दश तँलाई भनेर, घाम झुल्क्या छैन होला" मैले भित्तामा झुण्ड्याको घडी तिर हेर्दै भनें। साढे  ६ हुँदै रे छ। " हेर, भरखर लाई साढेले हान्दै रे --अझै दुई घण्टा बाँकि बिहान हुन लाई --" थपें।


 


"यता नबजे नी कतै कतै बज्यो होला नी दश, तैंले यहाँ कति बज्यो भनेर सोध्या थिएन केही थिएन -- अब उठ लामो कुरा गर्ने होईन। चिया लिएर आईज जा -- पेटै उमठन लाई सक्यो अब त।" तिर बाट सिरक तानेर उस्को माथि मिलाउँदै भन्यो उस्ले।


 


अब नउठी धरै थिएन। उठें अनि निस्किएँ कोठा बाट।


 


चिया लिएर आउँदा बाङ्गे कोठामा थिएन। "सित्तैमा मेरो निन्द्रा बिगारेर मर्यो" दुई कप चिया ओछ्यान छेउको टेबलमा राख्दै झर्किएँ आफै सँग, अरु को थियो त्यहाँ झर्किन? अनि छिरेँ फेरी ओछ्यानमा।


 


चियाको कप आधा पनि सकिएको थिएन, बाङ्गे छिर्यो कोठामा "क्या चिसो यार" भन्दै।


 


मैले केही नभनी उस्लाई हेर्या देखेर होला चियाको कप समात्दै उस्ले भन्यो "तलतल लागेर उता हलुवाबेदको बोट मुनी दुई चार सर्को तानेर --के गर्ने अब बानी लागि हाल्यो--आदत राम्रो होईन नी--एउटी राम्री तरुनीले माया गरेर चुरोट छोड भने देखि छोडदीन्छु।" ओछ्यानमा त्यति फलाकिसकेर काखमा सिरक राख्दै पलेटी मारेर बसे पछी उस्ले सोध्यो " किन ब्यान ब्यानै भन्न तँ कहाँ?"


 


सोध्न मन थिएन जिन सुकै भए नी -- नसोधे नी भनी हाल्थो भन्न -- "किन कृपा गरीस ब्यान ब्यानै?" तै पनि सोधें।


 


"आज सुरेश अंकलले बोला के" उस्ले दंग परेर भन्यो।


 


"ह्या तरुनीले बोलाको भए नी लौ भन्नु, सुरेश अंकलले बोलाउँदैमा के खान मेरो निन्द्रा बिगार्न ?" मैले खासै चासो नलिई भनें। फेरी को सुरेश अंकल को?


 


"खै कुरा बुझेको तैले? सुरेश अंकल को भन्न?" उस्को खुसीमा कुनै कमी थिएन।


 


"को?" मैले सोधें जो सुकै होस भन्ने लागे पनि।


 


"हुने वाला ससुरो हो बाबु, हुने वाल ससुरो" गदगद भएर भन्यो बाङ्गेले।


 


त्यस्ता हुनेवाला ससुराहरु दिनमा एक दर्जन जति हुन्थे, अनि धेरै जसो दिन दिनै फेरीन्थे पनि, मलाई केही वास्ता नी लागेन।


 


"हिंजै भन्न आउनला थिएँ तलाई, बाउले राती राती बाहीर जाने होईन भनेर उर्दी लाए अनि कति बेला ब्यान होला भनेर क्या छटपटी आफुलाई।" उस्ले भन्यो। अझै दंग थ्यो।


 


"को सुरेश अंकल यो?" मैले रित्तो कपलाई झ्यालमा राख्दै सोधें।


 


"त्यो आशिषेको घरको उता पट्टी के -- चाईनीज ईट्टाको घर नी हो त्यै"


 


"को आशिषे? ज्ञानेश्वरको?" मैले फेरी सोधें।


 


"अँ" बाङ्गे अझै दंग थ्यो।


 


"त्यस्को घर छेउ दुईटा छन चाईनिज ईँट्टाका घर--दुईटै घच्चीका छन तर" मैले भनें।


 


"तरुनी पनि दुईटै घच्चीका छन त्यहाँ--" बाङ्गेले अरु खुसी भएर भन्यो।


 


दुईटा भनेर बाङ्गेले सम्झाए पछी झिनो आश पलायो मलाई पनि।


 


"दुईटै तेरा होईन होलान नी?" मैले अहिले चै मुसुक्क हाँसेर सोधें।


 


"एउटी तेरी हो नी --नभए नी बनाउनु पर्छ अब-- त्यै भएर आको यहाँ-- अब तयार हो--जानु पर्छ" बाङ्गेले जोस्सीदै भन्यो।


 


मलाई नी एक राउण्ड हलुवाबेदको बोट मुनी जान मन लाग्यो अहिले चैं। घर देखी तलको बारीमा कुना तिर थ्यो त्यो बोट, धुप हाल्न त्यति खतरा थिएन तै पनि चनाखो चै हुनु पर्थ्यो।


 


"धुप बाँकी?" मैले ओछ्यान बाट उठ्दै उस्लाई सोधें।


 


"किन हुँदैन थ्यो?" पनि उठेर हाँस्दै बाटो लाग्यो।


 


"हलुवाबेद फल्नु पर्ने हो यस्पाली टन्नै" भन्दै पनि पछी लागें।


 


धुप ध्वाँर गरेर आए पछि, चिटीक्क परीयो। ससुराली जस्तो ठाउँ जानु पर्ने, त्यै अनुसारको तयारी गर्नै पर्यो।


 


"बाटो लागे पछी मैले सोधें, सधै तरुनीको तर्फबाट बाउ चिनिन्थ्यो, यस पाली बाउको तर्फबाट तरुनी चिनीने भैयो ?"


 


"तैंले चैं , हाम्रो पुरानो चिनजान हो" बाङ्गेले सुनायो।


 


"पुरानो भन्या?" मैले सोधें।


 


"बाउको साथी सुरेश अंकल, त्याँ तरुनी देख्या दुई बर्ष जति भो, अनि पुरानो भएन?" उस्ले भन्यो। अनि थप्यो, "घराँ नी आछन ती सुरेश अंकल हाम्रो।"


 


"छोरी लिएर?" मैले सोधें।


 


"काँ छोरी लिएर? छोरी लिएर भए भै हाल्थ्यो नी--एक्लै आउने भएर यो बिघ्न टाईम लाग्यो नी" उस्ले भन्यो।


 


"मलाई तरुनी भा घर जान मन लाग्दैन, तरुनी भा घरबाट आउन मन लाग्दैन, तँलाई थाहै छ। कसरी सुरेश अंकल अहिले सम्म बचेछन, आफै छक्क पर्दैछु" बाङ्गे अलि चिन्तित भए झै भयो।


 


"ज्योतिषी एउटा खोज्नै पर्ने भो" मैले भनें।


 


बाङ्गेले पुलुक्क तिर हेर्यो।


 


"तेरो काल सोध्न होईन" मैले हाँसेर भनें। उस्ले पनि हाँसेरै सोध्यो, "के लाई ? कैले पर्ने रे लभ, को सँग पर्ने रे , कता तिर की सँग पर्ने रे त्यै सोध्न?"


 


"त्यस्तो थाह पाउला ज्योतिषीले?" मैले सोधें।


 


"जान्नेले थाह पाउला नी" उस्ले भन्यो अनि फेरी चुरोट सल्कायो। मैले पनि तानें। जाडोमा चुरोट तान्दाको मजै बेग्लै। गहना पोखरीबाट अघि लागेर दाईने तिर टंगाल स्कुल छोडेर अलिकति अघि लागे पछी बालमन्दीरको उत्तरपूर्बी ढोका आउनु अगाडीको गल्लीबाट दाईने लागि सक्या थिएम हामी।


 


"कसरी थाह पाउनु कुन् चैं जान्ने हो? कुरा भोलीको सोध्नु पर्ने, भोली नभै मिल्या नमिल्या थाह हुन्न? आजै कसरी जान्नु मिल्छ कि मिल्दैन?" मैले आफुलाई लाग्या कुरा भनें।


 


"त्यो अब हिंजोको कुरा सोध्नु पर्छ नी , जान्ने रे भने मिलाउँछ" उस्ले भन्यो।


 


"अब हिंजोको कुरा के खान सोध्नु पर्यो ज्योतिषीलाई, त्यो हामी आफैलाई थाह छदै नी, भोलीको कुरा जान्ने पो जान्ने " मैले भनें।


 


अघि अघि थिए पछी। गल्ली सानो थ्यो दुबै जना संग संगै हिन्न। उस्ले बालमन्दीरको पश्चिम अर्थात मुख्य ढोका नेर पुगे पछी सोध्यो, "हैन हामी ज्ञानेस्वर जाने मान्छे किन यता बाट आएको?  उता मालीगाउँ हुँदै जानु पर्थेन? सानोगौचर अगाडीको बाटो बाट छिर्नु पर्ने---"


 


त्यै हो नी -- भगवती वहाल तिर लाग्दै मैले भने "चारधाम गर्ने बानी लागेर हो <SPAN style="FONT

 
Posted on 04-03-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""उ दुबै जना दंग परीम। हाम्रो खुशीमा सुरेश अंकल नेपथ्यमा थिए। उन्का छोरीहरु हामी मन्चमा थिएम। बाङ्गेका मेरा बा पर्दाका डोरी समाएर उभीका थिए। बाङ्गेका बाउ पर्दा उठाउन तयार रे"""


हाहाहाहा! मलाई चाहिँ अगाडि प्रमूख अतिथीको सिटमा बसेर हेरिरहेको जस्तो लाग्यो!


अब साढुदाई साढूभाई हो हुन त तर बाङ्गेको कुरा नि हरिप हो, जो भिनाजु बन्यो उसले चिटिक्क परेकी एउटी साली पनि भेट्टायो!


 
Posted on 04-03-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kaam-ma saathi haru sanga lunch khaana chodera baru sandwich/fries monitor agaadhi raakhera ghiich-dai feri Deep-ko kathaa padhney uutsaaha jaagera aayo.


Yo line: "तँलाई चै टाटनाबाट बिहानै फुकाएर ल्याएछन बाउले, किन नी?" मैले सोधें। padhda ta haas uuthera jhandai sarkera mareko.  Najikai basney aaimai "what happened" bhandai aayeki thiyi.  "nut-n-honey" bhanera taari-diye.


Yo Deep le pani bityaashai paarcha gaathey!!


 
Posted on 04-08-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङ्गेका मेरा बा भर्याङ्ग ओर्लेको सुने पछी, हाम्रा कुराहरु फेरीए, बोली पनि, अनि चाल पनि।


 


मैले बाङ्गेलाई हेर्दै बन्द ढोका तिर हेरेर आफ्ना आँखिभुई उचाले पछी उस्ले तुरुन्तै मेरो इसाराको तामेली गर्यो। उनीहरु आउँदा हाम्रो ढोका खुलै भएको राम्रो।


 


दुबै जना पसे मेरो कोठामा। मेरा बाको भन्दा बाङ्गेका बाको निरीक्षण तिखो थ्यो मेरो कोठाको। तर मैले हिंजै आफ्नो कोठा ब्यबस्थित मात्रै होईन, सुरक्षित पनि पारीसकेको थिएँ। त्यसैले ढुक्क थ्यो।


 


शिष्टाचार प्रति पुरै ईमान्दार भएँ म। केही शब्दहरुका सामान्य ओहोर दोहोर पछी बाङ्गेका बा बाहीरीए, मेरा बा पनि साथ लागे। बाङ्गे पनि पछी लाग्यो, कत्ति ज्ञानी जस्तो।


 


यसो टेबलमा नपढे पनि किताब चै पल्टाउनै ला हो कि जस्तो देखिने शैलीको बिचारमा थिएँ, बा आए कोठामा। मैले उनी तिर पुलुक्क हेरें, अनि टेबल तिर।


 


"ट्युशन पढ्ने भन्या जाँचमा पास हुन चाहीने किताब कै पढ्ने भन्या होला नी?" उनले सोधे जसरी भनें। मैले उनलाई फेरी हेरें तर केही भनीन। उनले सोधेका पनि थिएनन। सोधे जस्तो सुनीए पनि त्यो चेतावनी थ्यो। तर त्यो चेतावनी पनि मलाई राम्रै लाग्यो। उनले पनि मेरो पक्षमा फैसला गर्ने संकेत थियो त्यो।


 


उनी कोठाबाट निस्किए पछी पनि मैले ढोका तिर हेरी रहें, उनको प्राथमिकता मेरो प्राथमिकताको संघार थियो त्यो।


 


भोली पल्ट अपरान्हको बिदाईमा साँझ उपस्थित हुँदाको बेला थ्यो, , सुपारी ट्वाक पीपलको बोटले बनाईदीएको जस्तो किस्नमन्दीरको सिंढीमा बसेर धुमील हुँदै गएको बाताबरणमा मग्न थिएम, बाङ्गे आएको देखियो। उस्लाई दिनभर भेटन सकिएको थिएन। त्यो ओईलाउँदै गएको दिनमा पनि उस्को अनुहारमा चमक प्रस्टै देखिन्थ्यो।


 


आईपुग्ने बित्तिकै ट्वाकले हात बढायो, मिलाउन हैन। चुरोट मागेको।


 


"किन दंग नी?" सुपारीले बाङ्गे तिर हेर्दै सोध्यो।


 


"ट्युशन पढ्न जाने भैयो" बाङ्गेले पैला तिर, अनि सुपारी तिर हेर्दै भन्यो।


 


ज्याकेटको भित्री खल्तिमा हात हालेर चुरोट झिक्नु अघि बाङ्गेले यसो सबै तिर हेरेको जस्तो पनि गर्यो अनि चुरोट दियो ट्वाकलाई। ट्वाकले चुरोटलाई हातमा बन्द गर्यो। उठ्यो, अनि हामी पनि। त्यो सिंढीमा बसेर धुँवा तान्नु भनेको खतरालाई जिस्काउनु थ्यो।


 


उठ्दा उठ्दै ट्वाकले सोध्यो, "ट्युशन पढ्न जाने भन्दा पनि कोई खुशी हुन्छ?"


 


"त्यै " सुपारीले नाकबाट जोड सँग हावा तान्यो घ्यारर् गर्ने गरी, घाँटीमा अडकेको खकारलाई होला हल्लायो नराम्रो सँग अनि त्यै अघि तानेको हाबालाई फेरी मुख तिर उस्तै जोडले खकार समेत धकाल्यो, जिब्रो मास्तिर मोडाएर माथिल्लो ओठमा जोड्यो, अनि सकेसम्मको बलले त्यो खकार ओठवाट जिब्रो फुस्काउँदै हुर्यायो सडकाँ। दिनमा एक दुई चोटी सुपारीले त्यस्तो गरेकै हुन्थ्यो,त्यै भएर उस्को त्यो प्रक्षेपण प्रकृया हामीलाई कण्ठै थ्यो।


 


"अन्त भए को जान्थ्यो ट्युशन पढ्न खुशी हुँदै? तरुनीहरु भा घराँ पढ्न जाने भने पछी खुशी हुनु परेन?" बाङ्गेले सुनायो।


 


"तरुनी भा घराँ गएनी तरुनी सँगै पढ्ने होईन होला नी यसरी जोस्सीनलाई?" सुपारीले भन्यो।


 


"ह्या यस्तो जवनीमा पनि यो बर्मचारीको कुरा सुनेर पनि हुन्छ? ! मलाई पनि पनि लैजा यार"  ट्वाकले सुपारी तिर ब्यङ्ग गर्दै बाङ्गेलाई भन्यो।


 


"तँलाई अब जन्तीमा लैजाम्ला ट्वाक, के गर्छस हेर बाबु, तरुनी जम्मा दुईटी रे छन् एउटी मलाई चाई हाल्यो अर्की दीपले रिजाप गरीसक्यो। फेरी तँलाई किन जानु पर्यो ट्युशन?--पैसाको नास। त्यो भगवतीबाहालकी सित्तैमा मस्किन्छे तँ सँग--" बाङ्गेले भन्यो।


 


ट्वाकले बाङ्गे भएर आफु आफु तरुनी रिजाप गर्य कुरालाई लिएर अन्यथा सोच्ला भनेर मैले पनि थपें "तेरी त्यो भगवतीबाहलकी जस्ती पाए मन डुलाउनै पर्ने थिएन, कुन अध्यायमा पुग्या अहिले तेरो पुराण त्यहाँ?"


 


"अध्याय उही हो नी, मुस्कान अध्याय -- " ट्वाकले दंग परेर भन्यो।


 


"के सोचेर मस्किन्छे कुन्नी यो ट्वाकलाई देखेर, मस्किन चैं मस्किन्छे लच्की लच्की--" सुपारीले दीक्क माने जसरी भन्यो।


 


" लच्केर तँलाई के भो ?" ट्वाकले सोध्यो।


 


"काँ नी तिमेरुको ट्युशन?" सुपारीले ट्वाकलाई जबाफ नदीई मलाई सोध्यो।


 


"ज्ञानेश्वरमा, त्यही सुरेश अंकल काँ" बाङ्गेले चै जबाफ दीयो।


 


"तरुनी सँग भेट भएन भन्या होईन ?" ट्वाकले सोध्यो।


 


"त्यै नभा भएर ट्युशनमा भर्ना हुनु पर्यो नी, धाउने बाहाना चाहिएन एउटा?" मैले थपें।


 


"उसो भए त्यो महाराजगन्जकी को बिजोग हुने भो तँ पनि ज्ञानेस्वरमा भर्ना हुने भने पछी" सुपारीले तिर हेरेर भन्यो।


 


"त्यो माहाराजगन्जकी तँलाई भो जा" बाङ्गेले भन्यो।


 


" हुँदा हुँदै किन जान्ने नी?" बाङ्गेको हस्तक्षेपको मैले बिरोध गर्दै भनें।


 


"अब तीन चोटी पुग्दा एक चोटी भेटीन्छे तै पनि बोल्दीन, के काम त्यस्ती? सुपारीले सक्छ भने गरोस " बाङ्गेले भन्यो।


 


"चाहीया छैन चाहीया छैन कसैको सेकेन ह्यान" सुपारीले भन्यो।


 


"कस्को फस ह्यान भाकी छे तेरो सेकेन ह्यान हुनलाई?" मैले सोधें। सुपारीले केही भनेन।


 


" अब घर जाम, चिसो चिसो पनि भो" ट्वाकले भन्यो।


 


"के जाने घराँ पनि--स्वास्नी भए पो -- " सुपारीले एक्कासी भन्यो।


 


हामी हाँस्दै बाटो लागेम।


 
Posted on 04-08-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""के जाने घराँ पनि--स्वास्नी भए पो -- " सुपारीले एक्कासी भन्यो।""


लोल!


बिहे गरेपछि पनि केहि समयपछि यहि डाइलग रिपिट हुन्छ तर केहि यसरी----


" के जानु घराँ, स्वास्निको थुतुनो हेर्नु पर्छ, बरु हिन् तोङ्बा तान्न जाम!"



 
Posted on 04-08-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोज छ दीप ब्रो को ससुराली मा टिउसन पढ्न जाने मिल्या छ -


त्यो पनि ससुरो सँग


खप्पर मा त लेखेरै ल्याएको रहेछ


 
Posted on 04-08-09 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुपारी ले खकार थुक्या बर्णन घच्चिको लाओ,आफै पनि ट्राइ मारे एक फेर।
अब बाङे सँग लागेर तरुनिका म्याथ ट्युसन जाने त भईयो
तेही ट्याममा तरुनी हरु फेरी अर्को ठाम्मा साइन्स ट्युसन पढ्न जाने गर्या छन कि बुझम है पर्भो  रामरी।
 
Posted on 04-13-09 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी हाँस्दै बाटो लागेम ---


 


जिस्किदा जिस्किदै ट्युशन पढ्न जाने भैयो। हाम्लाई बेलुका पढ्न जान मन लागेको सुरेश अंकलले बिहान पढाउने भए। नै बजे आउनु भन्थे रे उनले अझ, त्यसो गर्दा न्यानो सपना सिरक दुईटै हापेर जानु पर्ने, के सकिन्थ्यो? फेरी तरुनीहरु सुतीरा बेलाँ पुग्ने अनि उनीहरु उठ्ने बेलाँ हिन्ने गर्न थाले पछी ट्युशनको के मतलब भो?


 


"बाउ सँग अनेक चाल चलेर बल्ल बल्ल लाई मा धकेलेँ" बाङ्गेले बिजयभावमा सुनाएको थ्यो मलाई।


 


"पढ्न जाने भैयो है बाङ्गे ट्युशन?" मैले खुशी हुँदै बाङ्गेलाई सोधें, जबाफ चाहिएर होईन त्यसो त।


 


"हामीलाई सुरेश अंकलले के पढाउने हो, त्यो पढनु छैन, उनले पढाउलान पास हुम्ला भनेर को बस्या थ्यो ? हामी बेपारमा जाने हो त्यहाँ। सुन्दा नराम्रो सुनीन्छ तर कुरा त्यै हो। प्रेम भन्या बेपार हो नी। हामी आफ्नो मन तरुनीहरु सँग बन्धकीमा राख्न जाने हो, त्यसको बदलामा के दींदा रेछन उनीहरुले हेरम् न। चित्त बुझ्दो भेटीएछ भने राजीनाम गर्दिम्ला मन, नभए उकास्यो हिन्यो।" बाङ्गेले दरो प्रबचन दियो।


 


"उसो भए पैलेई दिन किताब कापी छोडेर, हाताँ गुलाफको फुल लिएर जाने हो कि के हो ?" मैले जिस्किदैं सोधें।


 


"अरु कुरा मलाई थाह् छैन, तर त्यहाँ सुरेश अंकलले के के आउछ तिमीहरुलाई? भनेर सोधे भनें जान्ने भएर यो पनि आउँछ त्यो पनि आउँछ भन्ने होईन। बुझिस? सुरुमै गारो बाट चेप्ट्याउलान फेरी -- जानेको पनि जान्या छैन भन्दीना काम , सिकाउन त्यै। उनले त्यै हाम्ले जान्या कुरा सिकाउँदा हो नी हाम्ले उता तरुनीहरुको फाँटाँ नसिक्या कुरा सिक्ने।" फेरी उपदेश दियो बाङ्गेले।


 


"होईन तर मलाई ज्यामिती चै सिक्नै पर्ने यार, साध्यमा पोख्त नभै भा छैन" मैले भनें।


 


"ज्यामीती बिजगणीत पनि सिकम्ला तर बेला आए पछी, बुझिनस? पैला अंकगणीतबाटै सुरु गरम ?" उस्ले जिस्किदै भन्यो।


 


सत्तेनारनथान उत्तर दुब्लाको रुख मुन्तिर बसेर सुक्दै गाको धोबीखोला हेर्दै बाङ्गे र म कुरा गर्दै थिएम। हामीले तानेर छोडेको चुरोटको धुवाँ भिमसेनपाती मास्तिर बाट हुँदै उडेर बिलाउँदै थ्यो।


 


ट्युशनको पहिलो दिन। उत्साहले बिहान तीन बजे उठाईदीए पछी देखी निन्द्रै लागेन। निन्द्रा नपुगेर आँखा राता होलान र सुरेश अंकलले आफ्ना राता आँखामा नखाको गाँजा देख्लान भन्ने बिनसित्तीको पीर फेरी।


 


सात बजे तिर बाङ्गेका जानु पर्ला भन्दै थिएँ, साढे छ मा त उ नै आईपुग्यो। चिया तान्दै गर्दा उस्ले मसिनो स्वरमा भन्यो, "चुरोट चै आउँदा मात्रै तान्ने बुझिस, जाँदा त ज्ञानी हुनु पर्यो नी अब।" त्यति त मैले पनि बुझिसकेको थिएँ।


 


लागीयो बाटो झोलामा किताब कापी, अनि मनमा अनेकौं प्रश्नहरुले घेराबन्दीमा पारेको उमंग लिएर।


 


कोटालटोल तिरबाट ओरालो लागियो, मालीगाउँ छिचोलेर ज्ञानेस्वर-कालोपुल बाटो पुगे पछी दाईने लागेर चढीयो उकालो। अनि सानो गौचर तिर नलागी ज्ञानेस्वर भैरबथान तिर बढीयो। अनि भैरबथानबाट लागियो दाईने भन्या पस्चिम तिर। ट्युशन पढ्न भनेर हिनेका हामी, बाटो भरी बाङ्गे र मेरा पढाईका केही कुरा भएनन्।


 


सुरेश अंकल कौसीमा बसेर चिया तान्दै रे छन, कम्पाउण्डवालको ढोका खोलेर उनको चोकमा दाखिल हुना साथ, चोकैबाट उनलाई कौशीमा नमस्कार ठोकियो।


 


तरुनीले खोल्छन की त ढोका अब घर भित्र पस्ने चाईँ भन्ने आशामा तुषारापात गर्दै गोमादीदीले चैं ढोका खोलीन। अस्ति आउँदै चिनेको गोमादीदीलाई। हुन त तरुनीहरु आईनपुगेको खबर बाङ्गेले देकै हो, त्यै पनि आश स्वभावैले लोभी हुने, के गर्नु?


 


बैठकमा बसियो। सुरेश अंकल आए। फेरी नमस्ते ओईराईयो। ढोका भित्र जाने सुरमा आईया छ, साँचो भाको मान्छेलाई नरीझाई हुन्थ्यो के त?  उनले हाल्चाल सोधे। आन्टी पनि आईन। आन्टीलाई पनि भक्ति पूर्बक नमस्कार चढाईयो। साँचो अंकल सँग भए पनि, दिने नदिने खटन आंटीको हुँदो हो भन्ने बुझाईथ्यो हाम्रो। सिष्टाचारका केही कुराहरु भए। जाने अनुसारको ज्ञानी भैयो। आफु नभाको कुरा हुन गार्हो हुने। झन्नै उकुस मुकुस भाको।


 


त्यसपछी सुरेश अंकलले अर्कै कोठामा लिएर गए हामीलाई।


 


त्यो हाम्रै लागी तयार पारीएको रहेछ। कोठामा थुप्रै तस्बीरहरु पनि थिए, तर आफ्ना आँखा भने तरुनीहरु भाका फोटामा ठोक्कीएर हैरान।


 


कोठामा बसे पछी पढाईका सामान्य गफ भए। चिया आयो। उनले बाङ्गेका बा ले बिशेष अनुरोध गरेकाले मात्रै हामीलाई पढाउन हुन्छ भनेका हुन नभए उनलाई ट्युशन भन्ने शब्द प्रति नै मोह नभएको कुरा सुनाए। "बिद्यार्थी भनेको यात्री हो, शिक्षकले त बाटो सम्म देखाउने हो" भने। अनि थपे "म तिमीहरुलाई सहयोग सम्म गर्न सक्छु, त्यति हो"।


 


"हाम्लाई चाहिएकै अंकलको सहयोग हो, बाँकी त हामी आफै गरीहाल्छम नी" बाङ्गेले भन्यो। बाङ्गेले भनेकै अर्थमा सुरेश अंकलले बुझ्लान भनेर डरका बादल मनमा जुधे मेरा। गड्याङ्ग भो नी। हेरेको सुरेश अंकल त मुसुक्क हाँसेका रहेछन, अनि बाङ्गे पनि। म पनि मिस्सीएँ अनि त।


 


त्यो दिन त्यस्तै भो। तरुनीहरु आईपुगेका रहेनछ्न। जाडोको बेला खोल नहाल्या सिरक ओढ्या जस्तै भो।


 


अर्को दिन पनि तरुनीहरु थिएनन्। दिक्कै भैयो। अनि अर्को दिन पुगेको सुरेश अंकल अर्कै को मान्छे सँग हो ब्यस्त रहेछ्न। बस्दै गर्नु भन्ने खबर संगै चिया ल्याईन गोमा दीदीले। "कोठामा हामी मात्रै धुमधुमती बसेर के चिया खाने हिन माथि कौसीमा जाम" बाङ्गेले भन्यो अनि अघि लाग्यो। म पछी लागें। चिया बोकेर पुगियो माथि कौसीमा। कुहीरो उठीसकेको थिएन। आकासमा घाम कुहीरो पछाडी भए पनि कौसीमा भने झलमल घाम लागेको देखियो। एउटी तरुनी त कौसीमा पो छे। उ पूर्ब तिर फर्केर उभीएकी थिई, हामी कौसीमा पुगेको उस्ले देखिन। बाङ्गे र मैले एक अर्कालाई हेरीम।


 


त्यो कौसीमा उदाएको घामका किरणहरुमा बाङ्गेको अनुहार उज्यालो देखिन्थ्यो। आफ्नो अनुहार आफैले नदेखे पनि त्यो घामको राप मैले आफ्नो अनुहारमा पनि अनुभव गरें। अनि उस्ले चै हाम्रो पदचाप अनुभव गरेकी हुनु पर्छ। हामी तिर फर्किई। उस्ले पनि हातमा कप लिएकी थिई। उस्को अनुहारमा कौतुहल र संकोचका रंगहरु चढ्दै थिए। आफ्नै कौसीमा नचिनेका दुईटा नवयुवकहरुलाई आफु छेउ पाउँदा उ झस्किनु स्वभाविक थ्यो। आकासमा सूर्य यसै पनि कुहीरो पछाडी थ्यो, अगाडी नै हुँदो हो ता पनि पनि त्यो सुन्दरीको सुन्दरताको अगाडी मधुरो हुने थियो।


 


"प्रणाम" बाङ्गेले कप समेत उचालेर दुईटा हातले कप च्याप्दै अप्रत्यासित रुपमा सौन्दर्यबन्दना गर्यो। म समेत अलमलिएँ।


 


सुन्दरीले आफ्ना हामी तिर उठेका परेलीहरु ओराली अनि कौसीबाट ओर्लिई।


 


उ ओर्लेकी हेर्दै गर्या बाङ्गे तिर हेर्दै मैले सोधें "हिंजो राती रामायण पढेर सुत्या थिस कि क्या हो? के को प्रणाम हो?"


 


सुन्दरीलाई भरखर ओरालेर स्वयं पनि उदास छ कि झै देखीने रित्तो सीँढी तिर बाङ्गे अझै हेर्दै थियो।


 
Posted on 04-13-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो भो प्रभो।
बाङे महात्म्य पढुन्जेल त आफुलाई नि 'सेवेन्टिन अगेन' भा जस्तो लाग्छ फेरी पढि सकेसी घराँ भुन्टे सम्झेर गोइन अन 'थर्टी सेवेन' यथार्त आएर झस्कीईन्छ।


जान पाइएला पर्भो त्यता तिर फेरी?


 


 
Posted on 04-14-09 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just great... I love to read Deep's stories.
 
Posted on 04-14-09 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" "प्रणाम" बाङ्गेले कप समेत उचालेर दुईटा हातले कप च्याप्दै अप्रत्यासित रुपमा सौन्दर्यबन्दना गर्यो। म समेत अलमलिएँ।

सुन्दरीले आफ्ना हामी तिर उठेका परेलीहरु ओराली अनि कौसीबाट ओर्लिई।


उ ओर्लेकी हेर्दै गर्या बाङ्गे तिर हेर्दै मैले सोधें "हिंजो राती रामायण पढेर सुत्या थिस कि क्या हो? के को प्रणाम हो?" "


 


Deep ji Do you laugh when you write these words just curious. I am just wanna be writer. I had posted one in sajha long back got mix comments but stopped after that. You kinda inspire me. Anyway Bravo.................



 
Posted on 04-17-09 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज शुक्रबार.... भरे बेल्का ओखती खान शितन पाक्यो की हेर्न आको त यो धागो देग चलेको रेनछ ..
दीपज्यु ले साझा को बाटो त बिराको होइन कतै ??
लौ दीपज्यु तथा समस्त साथी भाईहरुमा ढिलो नै भए पनि नव बर्षको मंगलमय शुभकामना
 
Posted on 04-20-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ghor annyaaya bho prabhu!


Lunch tyaam-ma cafeteria-bata soup and sandwich lyaayera, aaja computer agaadhi nai basera, Deep-ko katha padh-dai khaaulaa bhaneko.  Soup pani ke bhannu huncha bhaney, "cream of mushroom".  Baaklo baaklo, thikai-ko noonilo, jibro-ma rakhyo ko ghuluttai ghokro baata chiri-janey.


Danga parera, Deep ko kathaa monitor screen-ma raakhey.  Monitor agaadhi soup and sandwich raakhey.  Ani mookha-ma ek spoon cream of mushroom soup raakheko, aakhaa katha ko yo pankti ma paryo....


सुपारीले नाकबाट जोड सँग हावा तान्यो घ्यारर् गर्ने गरी, घाँटीमा अडकेको खकारलाई होला हल्लायो नराम्रो सँग अनि त्यै अघि तानेको हाबालाई फेरी मुख तिर उस्तै जोडले खकार समेत धकाल्यो, जिब्रो मास्तिर मोडाएर माथिल्लो ओठमा जोड्यो, अनि सकेसम्मको बलले त्यो खकार ओठवाट जिब्रो फुस्काउँदै हुर्यायो सडकाँ।


Bityaash bho!


Khau bhaney din-bhari ko sikaar, na-khau ta kaancho bau ko anuhaar bhaneko jastai... maathi ko line padhera, tyo mookhai-ma bhayeko cream of mushroom soup nilau ko okalau bho.


Hetterika!


Deep le ghor annyaaya garyo aaja malai. 


 
Posted on 04-21-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


...सुन्दरीलाई भरखर ओरालेर स्वयं पनि उदास छ कि झै देखीने रित्तो सीँढी तिर बाङ्गे अझै हेर्दै थियो।...


 


बाङ्गे तिर हेर्दै मैले फेरी भने, "गुरु, यो प्रणाम अभिबादनको बारे जान्ने उत्सुकता म मा धेरै भएको हुँदा यसमा कुनै रहस्य छैन भने सबिस्तार बर्णन होस"। उस्ले रित्ता सिँढीबाट दृस्टी म तिर फ्याँकेको मात्रै के थ्यो, कोही मास्तिर आउँदै गरेको सुनीयो। आशाको भर्याङ्ग हाम्ले हतार हतार राखेको भए पनि चढेकी गोमादीदीले रहीछन। उम्लीदो मनमा पानी छर्किईयो।


 


"एक छिन पर्खिंदै गर्नु रे" गोमादीदीले सन्देस दिएर गईन। हाम्ले हुन्छमा टाउको हल्लाईम। उनी ओर्ले पछी बाङ्गेले स्वर फुत्किन्छ कि झै गरी भन्यो "कस्को सन्देश हो पर्खिनु भन्ने--बुढाको हो भने त्यै एक छिन छ, सुन्दरीहरुको हो भने चैं जिन्दगी नै"।


 


"अघि त्यो प्रणाम गरेकी कस्की हो? आफ्नै लाई गरीस की मेरीलाई?" चियाको अन्तिम चुस्की लिएर कप कौसीको पर्खालमा राख्दै मैले सोधें।


 


"त्यो त अब अर्की हेरे पछी पक्का हुन्छ --" उस्ले हाँसेर भन्यो अनि थप्यो "अब मैले श्रीगणेश गरी हालें प्रणाम गरेकै मेरी भै, हुन्छ?"


 


मैले पनि "ल आजका मिती देखी उ तेरी भै" भन्दें। मलाई के थियो र? भन्दीनु न थ्यो।


 


उ र म दुबै हाँसीम। हामी कौसीमा पस्चिम फर्केर उभिएका थिएम, कौसीको पूर्बी पर्खालमा अढेस लागेर।  कौसीमा आउने भर्याङ्गमा हाम्रा आँखा खेलीरहेका थिए, एक्कासी खेलमा जिते झै गरे। चम्किए। हुने बेलामा अनेक हुने। पस्चिम तिर बाट घाम उदाउँदैनन् भन्थे, हाम्रै अगाडी उदाए। त्यो पनि एक्लै होईन। दुईटै सुन्दरीहरु पश्चिम तिर बाट उदाउँदै गरेका देखिए। 


 


बाङ्गेको अनौठो अभिबादनको खबर बोकेर तल पुगेकी सुन्दरीले परीस्थिती सँग साक्षात्कर गर्न अर्कीलाई पनि लिएर आएकी होली। राम्रै गरी। अर्कीलाई प्रणाम गर्ने जिम्मा सायद मेरो थियो तर मैले हात जोडेर प्रणाम गर्नुको साटो दृष्टी-स्पर्शले उनीहरुलाई अंकमाल गरी आँखाको बाटो मनमा सप्रेम बिराजमान गराएँ। हुन त बाङेले प्रणाम गरेकीलाई पनि मैले त्यसरी आफ्नो मनमा पुर्याउन नहुने तर उनीहरु सँगै उभिएकाले बिभेद गर्न सकिन। तर मेरो अनुराग मेरै जिम्मामा परेकी प्रति बिशेष थियो।


 


आफ्नो मनमा उस्लाई बिराजमान गराएको ब्योहरा सुन्दरीले पल भरको लागि म प्रति उस्का हेराई बिसाएको बेला उ समक्ष मन्द मुस्कानले बयान गरेको थिएँ। राता पुष्प-पत्रमा बिहान चुपचाप बसेको शीतको थोपामा सूर्यकिरणको चुम्बन प्रतिबिम्बित हुँदाको जसरी उस्कामा ओठ पनि मुस्कान झल्कियो।


 


अघि सम्म बिहानको कुहीरोमा चिसिएको त्यो कौशी अहिले सुन्दरीहरुको रापमा तप्त थ्यो। उनीहरु कौशीमा कहिले यता कहिले उता सानो स्वरमा केही कुरा गर्दै कहिले फुस्केको हाँसोलाई समाउन खोज्दै बरालिँदै थिए। चुम्बकको फन्दामा परेका हाम्रा बिचलित हेराईहरु पनि चुम्बक संगै बरालिने नै भए। उनीहरुले जति पटक हामीले यो पटक चै उनीहरुलाई  हेरेका छैनम होला भनेर जाँचे, फेल भए।


 


अहिले उनीहरु पनि पूर्ब तिर फर्केर उभिएका थिए, हामी पनि। हाम्रो अगाडी अघि नै उदाएको सूर्य अझै कुहीरो भित्र केबल स्वेत आकारमा बन्दी थियो, तर अलिपर उभीएका ती सुन्दरीहरुका मुहारमा भने त्यै सूर्य बादलरहीत आकाशमा उदाएको झैं देखिन्थ्यो। अदभुत मनमोहक।


 


उनीहरु सानो स्वरमा केही कुरा गर्दै थिए, बाङ्गेले "आधी उधी त सुनीयो यता पनि तर त्यै आधीमा पुरै भर पनि कसरी पर्नु--" भन्यो। उनीहरुले झस्केको जसरी हामी तिर हेरे अनि मुस्कानलाई सकेसम्म ओठबाट ओर्लिन नदिने सुरमा छिटछिटो कौसीको त्यै पस्चिम तिर भएको भर्याङ्गबाट ओर्लिए। ओर्लिदा ओर्लिदै त्यो बाङ्गेकीले चै, अब त्यसै त भन्नु पर्यो नी, एक चोटी फर्केर हेरी हामी तिर। हामी अझै नजरबन्दनामै थिएम। त्यो जानकारी उस्ले मेरीलाई पनि दिएकै हुनुपर्छ। पस्चिम आकासबाट उदाएका एक जोडी सूर्य पस्चिम आकासमै हराए। कौसीमा फेरी चिसो बढेको जस्तो भो।


 


"आउनु रे तल" गोमादीदीले बोलाईन।


 


"ससुरोले होला, कन्यादान गर्ने बेला होलवोर्क दान गर्छन बुढा नी --" बाङ्गेले सुनायो।


 


त्यो दिन पढाईमा चित्त गएन। बाईपंखेमा सुन्दरी लिएर उडेको उडेई गर्यो मन।


 


त्यसपछी अर्को दिन जाँदा पनि उनीहरु सँग भेट भयो, अनि अर्को दिन जाँदा पनि। अब मुस्कानमा त्यति लोभ गर्दैन थिए तर पनि शब्द भने अझै बचतमै राखेका थिए। चल्तीमा होईन। खर्च गर्ने साईत जुरेको थिएन होला। त्यो साईत जुराउने पण्डीत भनेको उनीहरुकै मन थियो। लक्षण हेर्दै होला भन्नेमा हामी ढुक्क थिएम।


 


आफ्नो घर बरु पाटी जस्तो लाग्न थालेको थियो अचेल सुरेश अंकलको घरको बानी परेर।


 


छुट्टीको दिन, म बाङ्गेकाँ बिहानै पुगेको थिएँ। ट्युशन पढ्न जान थाले देखि घराँ नी मान्छे नरम भाका थिए। चिया सकाएर बाङ्गे र म पशपती जाने सुरमा ट्वाक, सुपारी, छ्याक, झ्यालिन्चा, बर्मु-- को भेटीन्छन भेला पार्ने धुनमा सुपारीको घा तिर लाग्दै थिएम, अलि पर बाटामा झुरुप्प मान्छेहरु देखिए। बिहानको त्यस्तै साढे सात जति बजेको थ्यो होला। .....


 


 
Posted on 04-21-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DeepBro: Aaja pani katha agadi nabadheko bhaya America ma tyre balne dhun ma thiya. Dhanna testo habigat aayana.


This is going great. Kanya-daan vs. Homework-daan. Maane guru timilai..


 
Posted on 04-21-09 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभु के पाप गरे थे कुन्नी यो हल्का हल्का डोजले झन सिकिस्त बनायो, कुनै दिन फुर्सदमा अली लामो नै लेखुम न हो। बल्ल तरुनी भेट भयो त्यो पनि बर्णण मै बित्यो । स्वोर सुन्न पाए हाम्रो पनि जिन्दगीमा घामको न्यानो पन आउछ कि ?


"हुन त बाङेले प्रणाम गरेकीलाई पनि मैले त्यसरी आफ्नो मनमा पुर्याउन नहुने तर उनीहरु सँगै उभिएकाले बिभेद गर्न सकिन। "
- अहिले चाँही प्रभुले बोकापन देखाउनु भयो । बाङ्गेको भर छैन , तपाईकी ले अली बेसी मुस्काराई भने लौ साटम भन्ला कि भन्ने डरले प्रभुले दुबैलाई मन सम्म पुर्याको होला ?  कुरो गम्भिर छ     


पेलुम प्रभु पेलुम


 
Posted on 04-22-09 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist ,


" के भा रेछ त जान्न मन लागि हाल्यो...."


हैन कि हो?----खै के हो के हो


अब शिर्षकै यस्तो छ -- जान्ने मुन मलाई नी नलाग्या त कहाँ हो र प्रभो?


बिस्टे,


आफ्न दिन हरु याद आए"


हो नी प्रभो, अब दिनहरु त गै हाले मुयाँ मारेर त्यै यादै मात्र बाँकी छ त्यै पनि सटका छेउको पसलाँ फिरेम हालेर राख्या तसबीर जस्तो हुन लाई सक्यो -- समयको धुलो थपिएर धमिलो धमिलो जस्तो। तर जति धुलो परे पनि नी बुलबुलेकी (त्यै रातो ढोका भा घरकी के त) सम्झिदा चै बिजुली चम्क्या जस्तो परस्टै हुन्छ अझै। क्यार्नु र?


Birkhe_Maila,


"कठै क्या दिन थिए!"


त्यै त जिम्माल, उती बेला खोज्या पछी भेटीयो--भेटे पछी पैलाको बाटोमा यत्रो अक्षरले "बाटो बन्द" लेखेको देखियो जिन्दगीले-- कस्तो बर्बाद।


chipledhunga,









घटनाको पूर्ण बिवरण छिट्टै पढ्न पाइयोस्।  
 


यो पूर्ण भन्ने नै अपूर्ण भो प्रभो, के भाको के भाको ---


बैरे ,


"म त यात्राको तयारीमा थिए काहानीमा ट्विस्ट् आए छ"


चढदो जबानीको कहानीमा पनि ट्विस्ट आएन भने कैले आउँछ त प्रभो?


दशैँ तिहार,


"दुइटैलाई ट्युसन हाल्दिने सल्ला गर्न त आ हैनन? "


त्यो कुरा हुँदा प्रभो पनि झ्याल बाहीर भंगेरा हेर्या जसरी कुरा सुन्दै हो की के हो? गेस त मिल्ला मिल्ला जस्तो गर्यो नी त।


popeye,


"... आफू पनि त्यो बेलाँ घर बहिर चोखाछेँ गल्लिमा टोलका केटा हरु सँग कच्ची रखेर गुच्चा खेल्ने बेलामा धें धें भनी कराउन्दै उफ्रन्दा बाउ ठीक्क अफिस बाट फर्केको बेला पर्नु ... अनी सिधै कान समाउदै घर सम्म घिच्याऊन्दै लगेको फेरी झल झली याद आयो..... "


प्रभो त्यो कच्चीमा भल्नै टेन्सन हुने, अग्गा त भयो नी के गर्ने? ढें पनि गर्नै पर्यो -- यता गुच्चा भलेर हात हल्लाउँदै खुट्टा उठाउँदै बल गरेर कैले गुर्ली भन्यो कैले सास रोकेर अघि बढाउन खोज्यो निक्कै मुस्किल पर्थ्यो। फेरी तल कच्ची खान बस्यो, आफै कच्ची हुने -- तमासा हुन्थ्यो। दोर्हा खान पाउँदा चै मजा आउने।



 


 
Posted on 04-22-09 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bho dherai kura nagaru....................)


 

Last edited: 22-Apr-09 05:14 PM

 
Posted on 04-22-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kHusHii,



हैन कस्तो कन्जुस्याईँ गर्या हो? एक दर्जन जति लडाईदिनु नी यसरी        -- के जान्छ र? बाङ्गे र मलाई आधा आधा दर्जनको दरले।


बिस्टे,


"लौ पर्दा खोल्न लाम बाउ हरु लाई हामी याहा रेडी भर बस्या छम नाटक हेर्नलाई।"


पर्दा त तरुनीहरुले खोल्ने चै पो पर्खिनु पर्छ त प्रभो, हैन त?


serial,


 "पुरा विश्वाश नगरने - बाङ्गेले बित्यायो भनेर - बाङ्गे लाई छेड्की हान्न खोज्ने अनी - हात पर्‍यो सुन्ना "


कस्तरी पेच हान्या हो -- तल्लो ककामा धेरै पर्यो जस्तो छ -- मन घुम खाएर धुनधान छ।


 


"मोज छ दीप ब्रो को ससुराली मा टिउसन पढ्न जाने मिल्या छ -


त्यो पनि ससुरो सँग खप्पर मा त लेखेरै ल्याएको रहेछ "


खप्पराँ ससुरो र ससुराली मात्रै भएर त भएन नी प्रभो --  बस छुटी सके पछी बस पारक पुगेर के गर्ने? त्यहाँ फुर्सद भएर बस्या डाईभर खलाँसी भेटेर के गर्ने? प्रभो पनि ----तर हाम्रो बस छुट्या छैन है प्रभो--त्यस्तै लाग्छ के रे -- छाउनी देखी बिजेस्वरी तिर भन्दा नरदेबी तिर बाट त्यता ओर्लिदा फाईदा हुन्थ्यो उ बेलाँ -- अचेल नी त्यस्तै छ की? तर ससुराली जान त छाउनी तिर का घरहरु तगडा -- ईस्टाईल ईस्टाईला का थिए --


chipledhunga,


"ओहो आइडिया त गजबै निस्केको रहेछ।"


आईडिया को त कुरै नगरम् प्रभो-- साँझाँ मधेस तिर लामखुट्टे निस्क्या जसरी निस्किन्थे नी --


*~Spring~* ,


lol bhinaju........bange the daydreamer lol

बाङ्गे ट्याम अनुसार गर्थ्यो, दिनमा डे ड्रीमर, रात परे पछी नाईट ड्रीमर। तर नाईट शो को फ्यान थ्यो क्यारे। कैले त म्याटीनी शो पनि रातमै हेर्छु भन्थ्यो।




"बाङ्गेले फेरी नाउँ पार लगाउने भयो कि क्या हो ? "

 

बाङ्गे सँग त त्यै नाउ मात्रै थ्यो, पार लाउने नलाउने त अर्कैको हातमा -- उ र म त नाउ लियो हेलियो --जय शम्भो भन्दै।

 


"हानम प्रभु अरु पनि ।"

 

हस् प्रभो, धार लाउँदै छु। लडाउँछु कुन बेलाँ गफलाई भ्वाक्कै।

********

 

अब एक राउन् बिरेक लिनु परो। एउटा काम आईलाग्यो।

 
Posted on 04-22-09 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो को कथा मा कल्पिन चाइ खुबै मजा आँउछ। अनी लास्टा आर ठ्याक्क रोक्दे सि चै मिठो सपना बाट बिउझ्या जस्तै हुन्छ।


लौ प्रभो अर्को अध्याय कहिल सुन्न पाईएला।


 
Posted on 04-24-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

...छुट्टीको दिन, म बाङ्गेकाँ बिहानै पुगेको थिएँ। ट्युशन पढ्न जान थाले देखि घराँ नी मान्छे नरम भाका थिए। चिया सकाएर बाङ्गे र म पशपती जाने सुरमा ट्वाक, सुपारी, छ्याक, झ्यालिन्चा, बर्मु-- को भेटीन्छन भेला पार्ने धुनमा सुपारीको घा तिर लाग्दै थिएम, अलि पर बाटामा झुरुप्प मान्छेहरु देखिए। बिहानको त्यस्तै साढे सात जति बजेको थ्यो होला। .....


 


हुलमा भाको ठाममा हाम्लाई नपुगी हुन्थ्यो के त? पुगेम। त्यहाँको दृश्य देखेर बलि पाताल भास्सेको जसरी हाम्रो मन भासियो। शिबदाई टिल्ल परेर आँखा रातो रातो पार्दै बाटाँ भुईँचालो गाको छ जसरी यता र उता हुरिंदै थिए। अनि "हमे तुमसे प्यार कितना--ए हम नही जानते.. " भन्दै लर्बरीएको स्वरमा गीत पनि गाउँदै थिए---उनी दिन रात जाँड खान्थे। त्यो नौलो कुरा थिएन। त्यो उनले गाएको गीत उनले गाउने आठ दश वटा मध्येको थियो। सधै सुनेको हो। त्यो पनि नौलो थिएन। नौलो के थियो भने उनले त्यो गीत दुईटी सुन्दरीहरुलाई छेकेर गाउँदै थिए। हाम्रा सुन्दरीहरुलाई छेकेर।


 


सुन्दरी र हाम्रा आँखा जुधे। उनीहरुको अनुहार लाज र अपमानको आगोमा रन्केर रातै भैसकेको थ्यो। आँखामा भरीएर छचल्किन लागेका आँसुले पनि त्यो आगो निभाउन सक्ने थिएन जस्तो। सानो स्वरमा एक दुई जनाले "ए! शिब के गरेको?" भनेर सम्झाउँदै थिए, बाँकी दंग परेर तमासा हेर्दै। ती सम्झाउनेहरुलाई शिबदाईले आफ्नो मनपरी पुराणका दुईचार श्लोक सुनाए पछी उनीहरु पनि तर्किए। भिड अरु थपियो। सुन्दरीहरु शिबदाईको छेकाईमा मात्रै होईन अब भिडको घेरामा पनि परेका थिए।


 


शिबदाईले गीतको बोल फेरे तर हुरींदै नाच्ने ताल उही थियो--"दे दे प्यार दे प्यारे दे--"अंगालोमा लिन खोजेका हुन कि तरुनीहरुलाई झै गरी दुईटै हात उडानमा भएको चिलका पखेटा जस्तो खोलेका थिए।


 


बाङ्गेले मलाई हेर्यो, उस्को आँखामा क्रोध ह्वार ह्वार दन्केको थ्यो। मैले आँखाले संकेत मात्रै गरे उ एक्कासी शिबदाई माथि जाईलाग्ने निस्चित थ्यो। तर त्यसो गर्नु सरासर आफ्नो खुट्टामा बन्चरोले हान्नु जस्तै हुने मैले बुझेको थिएँ। शिबदाई माथि हात छोडनु भनेको निर्मलदाईलाई चुनौती दिनु थ्यो। उनले हामी धुलो पार्थे। निर्मलदाई भनेको शिबदाईको भाई। हाम्रो टोलको स्थापित दादा। उनका हुलमा थुप्रै हनुमानहरु थिए। हामीलाई परेको बेला निर्मलदाई भनेर गुहार माग्दा उनले सधै हाम्रो सहयोग गरेका थिए। हाम्रो जुन किसिमको चालचलन थ्यो त्यति बेला, त्यसको हिसाबले हामीलाई निर्मलदाईको आशिर्बाद चाहिन्थ्यो।


 


त्यसमाथि शिबदाई आफै पनि बलिया थिए। तीनटा पुलिसलाई कुटेर लडाको धेरै दिन भाको थिएन। उनलाई कसैले समातेन पनि। त्यो उनी नसामातिनुको रहस्य जस्ले जसरी बुझे पनि उनको तर्साउने प्रतिस्ठा झन बढेको थ्यो ती दिनहरुमा। त्यो एक तर्फको कुरा भयो, अर्को तर्फको मेरो मनमा उठेको तर्कले पनि शिबदाई प्रति रोष देखाउन जरुरत छैन भन्यो। अनि मैले बाङ्गेलाई टाउको हल्लाएर हुन्न भनें। उस्ले रीसले थुक्यो भुईँमा। त्यो थुकमा उस्ले नबोलेको शब्द मैले सुनें "डरपोक"।


 


बाङ्गेको रीसको बेग बढदो थियो, मैले उस्लाई धेरै बेर रोक्न सक्ने थिईन। उ एक्लै शिबदाई माथि आईलाग्ने संभावना बढ्दो थियो।


 


शिबदाईले एउटा गीत बढीमा तीन लाईन नभए दुई लाईनमा फेर्थे। उनी अहिले तर्सेका सुन्दरी छेउमै पुगेर कम्मर हल्लाई हल्लाई "कान्छी हे कान्छी" गाउँदै थिए। म भिड भित्र पसें र एउटी सुन्दरीको हात समाए। उ अहिले कामी रहेकी थिई। आँखाबाट एक्कासी आशु झरे उस्का। उस्ले यति जोडले मेरो हात समाई कि उस्ले गाडेका नंगले मलाई छेडी सकेका थिए। "घर हिन" मैले आक्रोशले ब्याकुल बाङ्गे तिर हेर्दै भनें। उ तिर अर्की सुन्दरी दौडेर गैइ अनि च्याप्प समाती पाखुरामा। भिड राम्रै जम्मा भएको थ्यो। हाँस्ने हाँस्दै थिए। शिबदाई मनपरी पुराणका थप श्लोकहरु हामीलाई सुनाउँदै आईलागे तर उनका लर्बरीएका खुट्टाले साथ दिएनन। लडे। भिड फेरी हाँस्यो।


 


भिड भित्रै बाट शिबदाईले फेरी गाए "सुहाग रात है घुंघट उठा रहा हुँ मै --" भिडमा जोडको हाँसो गुन्जियो। कसको घुंघट उठाए कुन्नी शिबदाईले त्यो बुझिएन।


 


भिड बाट अलि वर आए पछी बाङ्गेलाई समातेकीले उस्को हात छोडी, त्यो देखेर मेरीले त्यसै गरी। उस्ले तर मेरो हातमा उस्ले गाडेको निशाना लाई देखी, अनि म तिर बिचलित हेराई फ्याँकी। उनीहरु उभिए। बाङ्गेले जंगीदै झै सोध्यो "किन आएको यता?" बाङ्गेले घाईते मनमा नुन छर्केको थ्यो। मैले उस्लाई सम्झाएँ। उस्ले स्वरलाई तुरुन्तै नरम पारेर भन्यो, "यस्तो कुईएको ठाउँमा नी कोई आउँछ--"


 


मैले ईशाराले बाङ्गेलाई उस्को घर तिर जान भनें। आफ्नो स्वरलाई सकेसम्म नरम पारेर उ सँगै उभिएकी सुन्दरीलाई भन्यो, "ल हिन पैला घर जाम, अनि हामी पुर्याईदिम्ला काँ जान ला हो।" सुन्दरीले टाउको हल्लाएर नाईं भनी। समय त्यतिकै रोकीएको थ्यो। बाङ्गेको घर त्यहाँबाट मेरो भन्दा नजिक थ्यो एक, अर्को मेरो घर तिर जान फेरी त्यै शिबदाईको भिडबाट जानु पर्थ्यो। त्यसैले बाङ्गेकहाँ गएको राम्रो भन्ने मेरो सोचाई थ्यो। बाङ्गेका बा घरै थिए। उन्को मोटरमा सुन्दरीहरुलाई पुर्याउने ब्यबस्था सजिलै हुन्थ्यो।


 


सुन्दरीहरु भुई तिरै हेरेर उभिए, आँसु सुकेका थिएनन। अझै ओर्लिदै थिए। भिड बाट शिबदाई निस्किएर अर्को गीत गाउँदै आएका देखीए। त्यो देखे पछी भने उनीहरु हामी सँग जान तयार भए। बाङ्गेको पछी उस्की लागी। म संगै मेरी। हामी भन्दा फटाफट सुन्दरीहरु हिन्ने भएका थिए।


 


बाङ्गेको घराँ पुग्ने बित्तिकै बाङ्गेको आमाले के भयो भनेर सोधीन, चोकमै रैछिन। सुन्दरीहरुको मन्द रुवावासी फेरी सुरु भयो। बाङ्गेका बाउ पनि आईपुगे। बाङ्गे र मैले भएर बयान गरीम घटना। "वाहीयातहरु---न आफ्नो ईज्जतको मतलब छ न अरुको--जाँड खायो बौलायो" उनले पर सडक तिर हेर्दै भने। शिबदाईलाई नै भनेका हुन भन्नेमा शंका थिएन। राम्रो काम गरीयो भन्ने लागेर होला, पशपति नगै पशपति पुग्या जस्तो भो।


 



सुन्दरीहरुले बाङ्गेको आमा सँग समय बिताए। भुजा खाएर जान भनेको मानेनन। भाटभटेनी दर्शन गर्न जान लागेको रे भने सुन्दरीहरुले। ज्ञानेश्वरवाट भाटभटेनी जान हाडीगाउँ आउनु पर्दैनथ्यो।


 


त्यति त बाङ्गे र मैले पनि बुझिम। दंग परीम।


 


हाम्लाई पुर्याईदेओ भन्छन कि भन्ने आश गर्या बाङ्गेका बा आफैंले पुर्याईदिने भए भाटभटेनी अनि घर। गए उनीहरु।


 


"शिबदाईलाई चै बजाउनु पर्छ यार एक दिन।" बाङ्गेले फेरी सन्केर भन्यो।


 


मैले भनें "बजाउने हैन, पान्सेपचपन्न एक बट्टा र एक बोतल तेरो बाउको रक्सी लगेर दे बरु शिबदाईलाई"


 


उस्ले म तिर हेर्यो, मैले अघि सुन्दरीले गाडेको नंगको खत हेर्दै थपें "शिवदाईले ठुल गुन लगाए आज---हामी आफैले अध्याय यहाँ सम्म पुर्याउन कति लाग्ने थ्यो--उनले छिनमै गर्दै--सुन्दरीहरुलाई तेरो र मेरो बाहुपाशमा ल्याईदिए"


 


बाङ्गेले कुरा सुन्यो अनि मुसुक्क हाँसेर भन्यो "ससुराली ज्ञानेश्वर नै हुने भो त हाम्रो?"


 


"खै?" को बयानमा म पनि मुसुक्क मुस्काए।


 


"तर एउटा कुरो चै बबाल भो यार" कौसीमा टुक्रुक्क बस्दै बाङ्गेले भन्यो।


 


"के?" मैले सोधें। के भन्न ला त्यो सायद मैले बुझेको पनि थिएँ।


 


"त्यो तँलाई अघि नंग गाढ्ने खासमा त मेरी हो नी --फेरी तँ उसैलाई चै किन समात्न पुग्या नी? अनि तेरीले मलाई समाई, अब के गर्ने?" उस्ले सोध्यो।


 


"ह्या बाङ्गे.... " मैले झर्किंदै भनें।


 


"यत्तिका दिन एउटीलाई आफ्नी भनीयो, बिपनाको कत्ति रहर सपनामा पुर्याईयो---अब आएर आफ्नै साथीले धोका दियो, खै के हो के हो--" बाङ्गेले थ्याच्च बसेर हाँस्दै भन्यो।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
नेपाली वालमार्ट चोर
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters