[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी - ४१ *

[Please view other pages to see the rest of the postings. Total posts: 582]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 128836 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-09-07 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!


गालब कुमार स्वास्थानी भन्न लागेको, अनि पुर्व जापुन तिर गाम्ले हरु अड्डा तिर लागेका, माझ गामका गाम्लेहरु निद्राले भुष परेका र पस्चिम गामका मान्छेहरु निद्राको मुखमा पुगेकाले म अपरझट चौतारीको ढुगां मिलाउन आइपुगेको छु । धेरै छपनी भए चौतारीमात्र नभै गाम नै पैर्होमा पर्ने हुदा हस्यागं फस्यागं गर्दै ढुगांका टुक्रा टाक्री मिलार यसो बस्न हुने पारेको छ , यस पटक यहि फु्च्चे चौतारीमा बसेर स्वास्थानी सुन्नु पर्ला ।
लै सबै जना Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, र बाकी सबै गाम्लेहरु फुलमाला लिएर तयार हुनुहोला स्वास्थानी सुन्न ।

बल्झीएको जालमा स्तब्ध यो परिवेस
मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष
जोड अनि घटाउमा, तर्सिन्छ पलपल
शून्यमा गै रोकिन्छ नि सधै अचल

 
Posted on 01-15-07 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuliiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii
Thik chhaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
 
Posted on 01-15-07 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका । म:म: नै टायप हानेको माम भएछ, सच्याइ पढ्नु होला । थ्यांक यू!
 
Posted on 01-15-07 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो सारो चिच्याSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSको

के छ तआआआआआआआआआआआआआआआआआ
 
Posted on 01-15-07 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी म के को हल्ला भन्या त सबै जना चिच्याउने रे'छन् :O कम्पिटिसन् हो कि के हो ??लौ म पनि थप्दिनु पर्यो ताआआआआआआआआआआआ हुउउउउउउउउउउउउ...........!!!!!!!!!!!!
:D
 
Posted on 01-15-07 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मो चाहिँ ट्वाँआआआआआआआआ! :O:O
 
Posted on 01-15-07 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssच राहुल सुड्डा! हर्रामि पोएम गयो नि त हौ!
आबो पहिले बिग्रिसकेको मान्छे अहिले सुड्डो उमेरमा कसरि बिग्रने नि हौ? :)
 
Posted on 01-15-07 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है सबै लाई! चिलिम को सूर मा के के लेखियो के के ? कबिता पो भए छ्, ब्रो, सबिता ले थाहा पाई भने अर्को रमिता हुन्छ, चौतारीमा ।
 
Posted on 01-15-07 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरुलाई मेरो जदौ! के के छ हालखबर?

मलाई पुनि अलिकति खोक्न मुन लाग्यो। बल्ल-बल्ल फुरेको, खोकिहालौं भनेर हो। हुनत उता शिरिष गुरुबाको आँगनाँ खोकिसक्या छु। यता पनि खोक्दिन्छु, गाली गर्न मन लाग्नेले गरे हुन्छ


ल सुन गाम्ले हो, गोताएँलाई हालसालै फुरेको, अधूरो, "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"


मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
आज बल्ल देखें खाममा तिम्रो ठेगाना

थाहा छ बजारमै खोसाखोस भएको
दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

थाहा छैन के छ भित्र, तर ढुक्क छु
मैले आगत टेकें खाममा तिम्रो ठेगाना
 
Posted on 01-15-07 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा वा~!!!! लेख्ने भन्या यस्तो । रिसानि माफ है, मैले नि थपिदिएं एक् शेर। हुन त यस्तो दुस्साहस् गर्नु नहुने हो।

प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना
 
Posted on 01-15-07 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा वा~!!!! लेख्ने भन्या यस्तो ।
 
Posted on 01-15-07 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँजीलाई मान्न पर्छ। के गर्नु आफूलाई यो कविता लेख्न त परै जाओस, बुझ्न पनि ट्याम लाउँच । कविताको कुरामा चैं ट्युबलाईट नै हो भन्या :(

मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
आज बल्ल देखें खाममा तिम्रो ठेगाना


यी माथिका २ लाइनको अर्थ के हो? मैले धेरै चिठी तिमीलाई लेखें तर पहिलोपटक तिम्रो उत्तर पाएँ भन्न खोज्या हो कि जस्तो लाग्छ। सही अर्थ आज्ञा हवस्।
 
Posted on 01-15-07 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो सोस्तानी वाचन-शिरोमणि कुमारजी! बुझेर पनि बुझिनं भन्दिने के!

ठाडो अर्थ त त्यहि हो, 'तिमी'को रुपमा केटी भने हैन है! बूढीको कूचो प्रहार खाइन्छ फेरि!
 
Posted on 01-15-07 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहू बूडा, म रिसा'को छैन के रे! खुशी पो भा' छु झन्! "फलेको हाँगो नुहिन्छ" भन्ने कुरोचैं हाउँरा राहू बूडाबाट पर्माणितै भ ल!

डाउडर्नी नानीलाई पनि धन्यवाद!
 
Posted on 01-15-07 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे गोताएँजी, यो कविता बुझ्ने र लेख्ने काम चाहिं गर्न सकिएन क्या! ती दुई हरफमा चैं हावामा हानेको ढुंगा ठाममै परेछ। आफू त कविता लेख्न परे, शुरुमा प्रबन्ध लेखिन्छ। अनि जेपिटि ठाउँमा नेक्स्टलाईन (ईन्टर की) हानिन्छ। गालवकृत कविता तयार हुन्छ। आफैंले एकचोटि फेरि पढेसि चैं अनायसै Ctrl+A गरेर Backspace थिचिन्छ।

तथापि, यसो २ हरफ थप्ने दुशाहस गरेको छु। भुलचुक माफ!

अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
 
Posted on 01-15-07 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा वा~ गालब गुरु, कोटी प्रणाम । प्रतिभाको यो समागम बिरलै देख्न पाइन्छ ।
 
Posted on 01-16-07 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्ध्याकालिन जदौ!!
वा वा वा~!!!! Kuruchhetra ramro chha.
 
Posted on 01-16-07 7:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआआआआआआआआआ
 
Posted on 01-16-07 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ए ठूली के छ हालखबर? चिया पियौ?
मलाइ गणित सिकाइदेउ न। :P
 
Posted on 01-16-07 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, भट्टे, ठुली एण्ड चित्र
म त आरामै छु तपाईंहरु नि मित्र? :)

ल चित्रेलाई एउटा क्वीज सोध्न पर्यो। '2+2=5 कहिले हुन्छ?'
 
Posted on 01-16-07 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्थानी मीठो भट्ट्याउँछ गालब
कल्पना छ तिम्रो अत्यन्त गज्जब ;)

खै गाले, २‌+२=५ कहिले हुन्छ मलाइ था' छैन, बरू ठूलीले सिकाइदिन्छे कि भनेर कुरेर बसिराको म त। :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मैले नबुझेका केहि गीत का lyrics हरु
TPS Renewal Reregistration
TPS EAD auto extended to June 2025 or just TPS?
Now Trump is a convicted criminal .
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters