[Show all top banners]

jhilke_1
Replies to this thread:

More by jhilke_1
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १८२

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 209048 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 03-22-10 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८२ ~








हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८२  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर  रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता  हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत  रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र  एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"







कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||






भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!




 



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ!
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss



यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा!
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!
त्यो सुनौलो धौलागिरी,
त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल,
त्यो गैह्रो, त्यो  लाँकुरी....
कठै त्यो मेरो गाउँ!!








ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें
 



सधैंका झैं
यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे
दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली,
Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori
- नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare -
अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love-
लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton -
नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे,
बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा,
timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो
अभिवादन टक्र्याउँछौं।





Meet the world's
finest school  teachers,
unbeatable students,
mischievous  senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers ,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV
in Nepali language)




Running since 7 Sept 2005 in a total of 179 edition





Last edited: 22-Mar-10 10:25 PM

 
Posted on 03-24-10 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे, पुरे, ठुल्दाइ अनी क्रेजी


 
Posted on 03-24-10 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


चौतारीका सब औतारीहरुले तारेमाम ठोकी सकेछन्, सबै औतारीहरुलाई मेरो पनि तारेमाम! अनि रामचाले चाँही मलाई किन दु: दिएको होला? आफ्नोतिर भएको सब हिउँ मेरोतिर पठाई दिएर बर्बाद! अब कसरी काममा जानु? बसिबसी खान पाइएन पाइएन, काम गरेर खान पनि नदिने भए!


 
Posted on 03-24-10 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चितुवा ....

मेरो तिर त येस्पालि त्येति परेन भन्ने हल्ला छ ...

सबै हिउ येस्पालि राजधानी तिर परेछ ..... भन सुन गरेका होलान नि मोरा मन्त्री मण्डलले ...

यता त अहिले स्प्रिङ्ग आएको जस्तो भएको छ ...... अस्ती देखी चाँही अली अली पानी परेको छ ... भोली तिर चाँही तापक्रम अली घत्ने देखिएको छ .....

आजलाई मौसम सम्बन्दी समाचार एती नै .........


अनी चितुवा ज्यान लाई त सञ्चै छ नि होइन ......


अरु औतारी हरु कता गएछन .......

आऊनै छोडे गाँठे .....


 
Posted on 03-24-10 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Morning Gaamle haru !!!


 


Kyaa hudai chha , ma chahi busy busy chhu , Pranaam bhanna matrai aako ma !!


 


la pheri jadau !!


 
Posted on 03-24-10 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डाँका चिन्डे पाटकी, जैले केटी ढुकेर बस्छ अनी बिजी बिजी भन्छ मुर्दार। काम अर्नी चाइँ केइ नाइ, हल्लाई बेसी।

लु मेरा नि प्रणाम ठुल्दाइ, रामेचा, GT, लहरे, बैरे मान, क्रेजी पर्मात्मालाई

 
Posted on 03-24-10 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जीटी, बैरे , लहरे, क्रेजी ।


हैन आज कती सुनसान मसान जस्तो चौतारी ?? शोक सभा अहिले सम्म सकिएन भने ??


मौसम नि च्वाँक छ, मौसमी त झनी च्वाँक ।



अहिले मेरो नि सेमिनार प्लस लन्च छ, डकार्दै फेरी आउँला। अहिले लाई तारेमाम।


 
Posted on 03-24-10 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही मिठो बात गर रात त्यसै ढल्किंदैछ
भरे फेरि एकान्तमा रुनु त छँदै छ


बुधवारे बदली अपरान्हको जदौ।
ठुल्दाइ, कति बेर लाग्या हो, माछाको काँडा केलाउँदै खानु पर्‍यो कि के हो?
पूरे, थुतुने किताबमा बसिरहने तर चौतारी नआउने? भएन है यो चाला। तुरुन्तै आचरण नसुधारे कारवाहीमा परिएला।
बैरेले पनि हाटा गर्‍ेछ।
रामे, कस्तो हुँदैछ त रामनवमीको दिन? भक्तिनीहरुको दर्शन कत्तिको पाइँदैछ त?
भूगर्भ बाघ, बाउचा र क्रेजीलाई तारेमाम्।          


 
Posted on 03-24-10 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पूरे, थुतुने किताबमा बसिरहने तर चौतारी नआउने? भएन
है यो चाला। तुरुन्तै आचरण नसुधारे कारवाहीमा परिएला।>>>


लु आएँ चिप्ले दा, आग्या होस्, के कती कामले सम्झिनु भो। बस्या छैन क्या म अन्मार किताबाँ। याइँ छु।

अघी केलिचा आ थी, सप्पैलाई सोध्या छु रे।

खै त अरु कां गए, ठुल्दाइ त भोज खान गा छन केरे, ऐले आउनी कुरै भएन, त्यो मोरो रामेचा नि हरायो बा, काँ मात्र मुन्टिन सक्या होला है

 
Posted on 03-24-10 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिटिङ छ, सके सि आउछु । ५ बजे सम्म झ्यामै फुर्सद।

 
Posted on 03-24-10 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूरे, निम्न लिखित प्रत्येक प्रश्न्हरु कम्तीमा २० शब्दमा जवाफ देउ। २० भन्दा थोरै शब्दमा जवाफ दिएको कुनै पनि प्रश्नको उत्तरबाट प्रति नपुग शब्द १ अंक काटिने छ। प्रत्येक् प्रश्न २० पूर्णांकको हुनेछ।   
 
1) चौतारीमा  हरेक दिन जसो हाटा गर्ने तर दिन भरि थुतुने किताबमा देखेको भन्ने बाउचाले  दावी गरेको छ। उपरोक्त सम्बन्धमा स्पष्टिकरण पेश गर.


२) सुन्तलीको हालखबर के छ?


३) दार्ही कटाइमा हालसम्म कति चोटि घाऊ भयो?


४) केलीचासँग कहाँ संपर्क भएको हो र उनी चौतारीमा नआउनुको कारण के हो?


५) रामे हाल अनुपस्थित हुनुको कारण के हो?


बोनस प्रश्न (५ अंक)


सूर्य किन पूर्वबाट उदाउँछ? 


 
Posted on 03-24-10 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती कराएको यो पुरे ...... कती कराएको ....

भात खाएसी एसो आँखा लागेको थियो .......

मोरो बैरे त त्यही हो ........ बल्छी हान्दै बसेको होला नि ...... यता चाँही बिजी भन्छ ...

खुशी लाग्यो .... पुरे ले थुतुनो किताब बाट यता आउने समय पाएछ ......

ठुल्दाइ माछा नै हो कि भ्यागुतो हो ? त्यो भ्यागुतोको खुत्तो रहेछ भने मेरो भाग नि खैदिनुस् है ........ मिठो हुँदो रहेछ ......

चिप्ले सर को के ताल हो? मध्याननमा आउनु छ .... अनी केही मिठो बाट गर रात त्येसै ढल्दै छ रे ......... हिजोको ले छोडेको छैन कि क्या हो ?

अब भक्तिनिहरु को त दर्शन मात्र गर्ने भाग्य त रहेछ नि ....

चिप्ले सर को एउटा प्रश्न को उत्तर त पुरे ले एही बाट मिलाउने भयो .........

अनी पुरस्कार चाँही के छ चिप्ले सर ......
 
Posted on 03-24-10 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1) चौतारीमा  हरेक दिन जसो हाटा गर्ने तर दिन भरि थुतुने किताबमा देखेको भन्ने बाउचाले  दावी गरेको छ। उपरोक्त सम्बन्धमा स्पष्टिकरण पेश गर.
चौतारीमा  हरेक दिन जसो हाटा गर्ने तर दिन भरि थुतुने किताबमा देखेको भन्ने बाउचाले  दावी गरेको छ, जुन सरा-सर झूठ हो, म अन्मार किताबमा, क्रिकइन्फोमा पनि देखिने गर्दछु। कती शब्द भो कुन्नी, २० त नाघ्यो होला भन्ने मान्या छु!
 
२) सुन्तलीको हालखबर के छ?
सुन्तलीको हालखबर बारे सोध्नु भा रेछ, अब यो बारे २० शब्द घटी नगरि भन्न पर्दा यो प्रश्न लहरेलाई सोध्न पर्नी भनेर भन्न चाहन्छु। २४ शब्द भो है!!

३) दार्ही कटाइमा हालसम्म कति चोटि घाऊ भयो?
दार्ही कटाइमा हालसम्म कति चोटि घाऊ भयो भन्ने ३ नम्बरको प्रश्नमा चिप्ले दालाई नयाँ कुरो थाहै नभाको थाहा हुन आउँदछ। छोरोले जिलेट मार्क ३ किनी सकेको र तेस्ले दार्ही काट्दा कतै केइ नहुनी जानकारी सहर्श गराउन्छ चाहन्छौं!

४) केलीचासँग कहाँ संपर्क भएको हो र उनी चौतारीमा नआउनुको कारण के हो?
केलीचासँग कहाँ संपर्क भएको हो र उनी चौतारीमा नआउनुको कारण के हो भन्ने प्रश्नको उत्तरमा धेरै लामो बनाइ, छोटो उत्तर चाइँ, मेलबाट कुरो भा, त्यो पनि एइ साझाको अनी नआउनुको कारण चाइँ आर्को पत्र मार्फत सोधेर जानकारी गराउने बाचा त हैन त ट्राइ सम्म गर्ने छु.

५) रामे हाल अनुपस्थित हुनुको कारण के हो?
रामे हाल अनुपस्थित हुनुको कारण धेरै हुन सक्छन। बाटामा तरुनी रुङेर बस्या नि हुन सक्छ, तरुनीले झप्पु हान्या नि हुन सक्छ, झप्पु हन्या भे चाँही सुतेर आको भन्छ मुर्दार्ले। कम्ताको मप्पा छ र! त्यो रामेचा भन्ने कुलङार। मैले चिनी सकेँ नि। हरेक कुरोको बहाना बनाउन
माहिर पो छ त।

बोनस प्रश्न (५ अंक)

सूर्य किन पूर्वबाट उदाउँछ? 

सुर्य चाइँ त्याँबाट किन उडाको चाँही, अर्को बाटो थाहा नभेर हो कि भन्ने मान्या छु।

लु सप्पै प्रश्न को ठीक ठीक उत्तर दियियो, मिले नि नमिले नि १०० म १०० पाम्! ऐले लाई यत्ती बुझी राखम केरे
 
Posted on 03-24-10 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाँही चि-चु ब्रेक। ब्रेक पछी टन्नै चौतारी।

 
Posted on 03-24-10 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे ले बोनस प्रश्न को उत्तर २० शब्द भन्दा कममा दिएकोले केही अंक काटिने देखिएको छ ।

प्रश्न ५ को उत्तर पनि पुरै उल्टो गरेको छ ....... (आफ्नो बारेमा सोधेको होइन ..... रामे को बारेमा सोधेको हो भन्ने बिर्सेंछ क्यारे पुरे ले )
 
Posted on 03-24-10 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


लोल रामे लोल। लोल पुरे लोल। लोल चिप्ले लोल ( तारेमाम सहित)


सुन्तलिको बारे र केली को बारेमा पुरे लाई सोध्नु कारण मनासिब छ, रामे को बारे पुरे सँग सोध्नु को अर्थ बुझिएन, चिप्ले सर । भाव स्पष्ट गरी पाम।


 
Posted on 03-24-10 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसो बाहिर गर आको - एक घण्टा लाग्यो ठ्याम्मै

एसो सानो काम थ्यो - ४५ मिनट कुर्नु पर्‍यो


आज नि थ्यो त्यो पुरे थुतुनो किताब मा है अघी

जहिले नि काम मा काम मिलेन चौतारी आउन भ्याएन भन्छ - उता थुतुनो किताब मा चाँही हुन्छ

झुठो नी कती बोल्न सक्या हो


ल एसो भोक लाग्या जस्तो भो - केही छ कि हेर्छु है खानु पर्‍यो

 
Posted on 03-24-10 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुकुटी होला नि ढुकुटीमा । त्यै खाउ बौचा ।


पुरे त्यस्तो?? जहिले नि थुतुनो किताबमा ? कल्लाई हेरेर बस्ने नि त्यो किताबमा ??


 
Posted on 03-24-10 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याहूउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउ ओ बल्ले बल्ले!!१ मिल्यो भाई मिल्यो। काम मिल्यो। हाउँरो खुशीचालाई नि धन्यापात, हेल्प गर्देकोमा।

लु आउम एस्सो लस्सी सस्सी खाम केरे। मस्त घाम ला छ। लु को को छ, आउम है। म लस्सी लेर आउँछु

 
Posted on 03-24-10 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-24-10 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ हैन दाई, एस्सै पाल लाउँछन। दाईलाई त सप्पै थाहा छन्दै छ नि, मखुला? त्यो लहरे नि चिन्या हो, रामेचा नि चिन्या त हो, झन् दाइले मलाई नचिन्ने त कुरै भएन, हैन त?
यो लहरेको कुरो पत्याउने कि मेरो, लु आँफै भन्नु त। अन्मार हेरेर त्यो लहरे खुँ: जस्तै देखिन्छ। तेस्ताको कुरो पत्या'र भो त अब
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters