[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आभा

[Please view other pages to see the rest of the postings. Total posts: 105]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 121182 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 02-08-12 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     20       ?     Liked by
 

आभा


हाम्रो टोल छेउ एउटा बस स्टप थियो। जो पनि चढ्न मिल्ने बस रोकिदैन थ्यो त्यहाँ। हाम्लाई नी चढाउने भए, डाईभर र खलासी छोडेर मोटराँ भा सबैको जुत्ता पुस्दीम्ला, मोजा मिलाईदिम्ला सम्म पनि भनेको हो बाङ्गेले। तर त्यस्तो उदार स्वयमसेवकको सेवा पनि सराप्दै अस्वीकार गरेका थिए त्यो बसाँ चढ्नेहरुले। धेरै जसो गाढा नीलो फरक र हल्का नीलो सट लाएर चढथे, चढ्नेहरु त्यसमा। कैले कैले सेतै फरक, सेतै सट लाएर नी चढथे। हाम्लाई चै, बसको फल आँखा तरी मर भने जस्तो थ्यो।

"ए गुरुजी, खलासीको ठाउँ खाली छैन यो बसाँ? हुँदा यसो खबर पाम न" बाङ्गेले डाईभरलाई एक बिहान सोधेको थ्यो। गुरुजीले, "किन खलासी मात्रै? डाईभरै भए भैगो नी" भन्याथ्यो झर्केर।

"हुन त हुन्थ्यो गुरुजी तर दुईटा कुरो पर्यो के -- एक त बस चलाउन आउँदैन, अर्को सडकै मात्र हेर्ने भए त यत्तिकै ठिक छ नी -- बस सस नचलाई फुर्सदले हेर्न पाईरहीया छ --किन दु:ख गर्नु -- खलासी हुँदा चढाउन ओराल्न नी पाइने -- बस भित्र फुर्सदै फुर्सद -- कसैले भाडा नतिर्लान भन्ने झन्झट पनि छैन--मनले जता रहरहरु उतै हेर्न पाईने -- त्यै भएर खलासी हुन खोज्या। मलाई फेरी तलब सलब चाईने नी होईन, एक्स्ट्रा खलासी राख्न मिल्दैन, गुरुजी?" सोध्ने बित्तिकै डनहिलको लामो सर्को तान्यो बाङ्गेले। गुरुजीले केही भनेनन, घुरी रहे। बाङ्गेले डनहील दियो, गुरुजीले लिएनन बरु बेस्सरी एक्सीलेटर थिचेर मुस्लो धुवाँ छोडे, कानै खाने गरी हरन थिचे।

मन त उनलाई बाङ्गेको कानै खाने गरी मुख छाडन मन लाग्या थ्यो होला, तर बसाँ भाकाले उजुरी गर्लान र जागिर धरापमा पर्ला भनेर होला हरन र एक्सीलेटरले नै काम चलाए।

बस ईन्जीन जसरी गुरुजी तातेको देखेर बाङ्गे पनि छेउ लाग्यो।

एकातिर बसको "साईलेन्सर"ले धुवाँ छोड्दैथ्यो अर्को तिर बाङ्ग्याले। उ पनि त चुरोटको ध्वाँ छोडदैथ्यो नी। बसको त्यो साईलेन्सर त नाम मात्रैको थ्यो, झर्कै लाग्ने गरी कराउँथ्यो कराउनलाई।

"यस्तो कराउने पूर्जाको नाम के खान साईलेन्सर राख्या होलान?" म अलि पर सर्दै भनें।

"नाम त ठिकै छ नी, साईलेन्सर भन्या चुप लाउने होईन र? चुप लाग्ने भा पो पूर्जाको नाम मिलेन भन्नु -- यो साईलेन्सर छेउ बसेर कसले कुरा गर्छ? मान्छेलाई कुरा सुरु गर्न कि यो कि आफु अलि परै पुग्नु पर्छ, कि चुप लाग्नु पर्छ--नत्र आफुलाइ कुरा दोहोराउँदै ठिक्क, छेउको ले "के रे?" भन्दै दिक्क कसो?" बांङ्गेले चुरोटको सर्को फेरी तान्नु अघि हाँसेर सोध्यो।

"तेरो नी साईलेन्सर त चल्या चल्यै छ-- उसै त ठीटीहरु ट्याक्सीमा हुने ऐनामा देखिने कुरा जस्ता छन, हेर्दै गयो पर पर हुँदै जान्छन--यसरी साईलेन्सर चलाएसी झन झन साईलेन्स बढ्दै जाला नी " उस्ले चुरोट तान्दै ध्वाँ छोडदै गर्या तिर ईंगीत गर्दै मैले भनें।

बसमा छड्के नजरेले हेर त -- तँलाई हेर्ने र मलाई हेर्ने कुन धेरै छन? बांग्गेले भन्यो। उस्ले भन्या जस्तै गरेर हेर्या उ तिरै धेरै हेदै हाँस्दै थिए--

बाङ्गेले थप्यो, हेर बाबु--ज्ञानी केटो भन्या बाउ आमालाई चाईने हो क्या तरुनीहरुलाई होईन त -- चिल्लो तेलमा देब्रे सिँउदो कोरेर, टिलिक्क टल्क्या जुत्ता, तनक्क पर्या सर्ट, धारे पाईन्ट जखेर, पछाडी झोलामा किताब बोकेर हिन्ने केटा यी केटीहरुका बाउ-आमालाई त मन पर्ला तर यी मध्धे धेरैलाई त्यस्तो केटा चाहिएकै छैन---" बाङ्गेले जानकारी गरायो।

बस अब हिन्ने सुरसारमा थ्यो--

मैले भनें "त्यै त तै जस्तो बिग्र्या केटा पर्खेर बसीराछन ठीटीहरु--"

उस्ले भन्यो "हो नी --नभए तैले त निकै फेला पारीसक्या हुनुपर्ने अहिलेसम्म। कत्ति न भलादमी भन्ठान्छस आफुलाई। यो बेला भनेकै बिग्रीने बेला हो क्या--सुधृने बेला त पछी आउँछ--त्यै बेलाँ सुधृम्ला नी--जहिले जे को बेला हो त्यै गर्नु पर्छ--"

"सुधृने बेला चै कुन हो नी?" सोधें-- अब यसै बाङ्गेले ज्ञान बाँडीराथ्यो उसै, भेट्या बेला टीपटाप पारीराखे काम लागे लागीहाल्छ नलागे हुर्र्यईदे भैगो।

"कैले कैले अब--अहिले मलाई के थाह्--मेरो बाउ त अहिले सम्म सुध्र्या छैनन--मेरै पालो त कैले हो कैले नी--"

"के भो र तेरो बाउलाई?"

"कस्तो के भो? मलाई चुरोट नखा भन्छन, एक बट्टा दिनको उनैले तान्छन, रक्सी खाएर आईस भने घराँ छिर्न दिन्न भन्छन, बाथरुम सम्म जान उनैलाई भित्ता छाम्नु पर्छ पर्या बेला --नातेदार चिन्न टाईम लाग्छ उनलाई पप्लुका तास फ्याट फ्याटी चिन्छन, सुन्दरीहरु प्रति उनको अनुराग जग जाहेरै छ--अब तेरा पट्टीका भलादमीहरुको पनि स्वस्ती सुन्छस की?"

"ल ल भो--" मैले भनें। आफुलाई थाह नभाको नी थप्ने हो की बाङ्गेले भन्ने पीर।

"ठीटीहरुको बसले टंगाल काटीसक्यो होला--बस गाको अहिले हो? तँ चै यहीँ बसेर फलाकीराख।" मैले अलि झर्केर झैं भने।

यो त गए नी फर्केर आउने बस हो। यो बस र हाम्रो मन उस्तै हो नी, हैन भन्त? ठीटीहरु हुँदा भरीभराउ १ गतेको सत्तेनारन मन्दिर जस्तो, नहुँदा रित्तो त्यै सत्तेनारनको मन्दिर तर २ गतेको। तर सक्रान्ती मैनामा एक चोटी आउँछ, धन्न ठीटीहरु चैं दिनदिनै। उस्ले भन्यो।

"बसै भरीका ठीटी त तँलाई चाहिया होईनन होला नी?"

"बसै भरीका त होईन",-- फेरी एकै छिन सोचेर भन्यो बाङ्गेले "भए त राम्रै पनि हुँदो हो तर जती जन्ती लिएर गए पनि--जन्ती लिएर गा घरमा जती सुन्दरीहरु भए पनि दुलहा सँग जग्गेमा बस्ने त एउटै दुलही हुने हो। बिर्सीन त भएन नी।" उस्ले हाँस्दै भन्यो।

ठीटीहरु हिने पछी अन्माको जग्गे जस्तो बस स्ट्प छोडेर भिमसेनथान तिर लागीसक्या थेम हामी। ईस्कुल त फेरी हाम्रो नी जानु थ्यो।

"तर तँ जे भन बाङ्गे है यो चुरोट चिलीम तानेर चैं ठीटीहरु झुम्मेलान जस्तो मलाई लाग्दैन" लाग्या कुरो भनें।

"झुम्मीन्छन नै त कस्ले भन्या छ र--उनीहरुको ध्यान तान्ने एउटा कारण हुन्छ भन्या नी--ध्यान त तान्नु पर्यो नी फसमा जसरी हुन्छ। फेरी चुरोट त तीनीहरुको बाउले तान्छन, दाईहरुले नी तान्छन। देखेकै छन। अलि आँटी रछन भने उनैले नी तान्लान। तर जे भए नी उनीहरुलाई मन परे पनि नपरे पनि चुरोटको रेपुटेसन तैंले सोचे जस्तो खत्तम पनि छैन। बुझिनस? उस्लाई मन नपरे यो चुरोट खाने मान्छे मलाई मन पर्दैन भन्छे, लौ त तिम्रो लागि भनेर छोडदिन्छु। उ पनि उस्को असर देखेर दंग, म पनि मेरो देखेर। के बिगृर्यो र?" अरु श्लोक थप्यो उसले.

"एउटीले भनी रे भन्दैमा छोडदिन्छस चुरोट?" मलाई पत्याउन अलि सकसै परेको ले सोधें।

"उ सँग हुन्जेल त छोडदीन्छु नी--सँधै त अब उ नै सँगै हुन्छे की हुन्न" बाँग्गे निस्फिक्री हाँस्यो।

घरै छेउ आईपुगीया थ्यो। जाने सम्मको सज्जन रुप धारण गर्नु पर्ने सीमा भित्र छिरीसकेको हुनाले तामसी गफलाई स्थगन गरेर अरुले नी सुनुन भन्दै सात्वीक गफ सुरु गरीयो।

लामपोखरी पूर्ब लागीएको मात्रै के थियो, मैलो मैलो देखिने राता लुगामा पहेलो ओढ्ने ओढ्या, निधारमा तेर्सा खरानी धर्का बिच ढाडो लाम्चे आंखा बना, लट्टा पर्या कपाललाई आधि उधो जुरो पार्या, एउटा हातमा तिर्सुल, डमरु तेसैमा उन्या अनि अर्कोमा कमण्डलु बोक्या, खुट्टाकै रंग सँग मेला खाने कालो कालो चप्पल लाको ब्यक्तित्वले बाङ्गे तिर तिरसुल तेर्साउँदै भन्यो "तिम्रो भाग्गे हेर्दीन्छु म--" भाग्गे हेर्छु भन्नेले अरु पनि के के हो भन्न खोज्दैथ्यो बाङ्गेले उछिन्यो "पैला आफ्नै हेर्नु नी--के दशा लागेर हो यस्तो ताल छ--दश तिर नमागी खाने बन्दोबस्त छैन--सुत्ने कुन पाटी तिर हो--पैला आफ्नै दशाका ग्रह शान्ती गर्नु--भाग्गे बनाउनु अनि अरुको तिर लाग्नु क्या गुरु--कसो?"

तेर्साको तिर्सुल ढाडो टेकाएर चित पर्या गुरुलाई बाङ्गेले अझ नजिक गएर भन्यो, "घरै नजिक नभा भे बिदेसी चुरोट तान्नु हुन्थ्यो गुरु र म मिलेर --तर अब गुरुका दशा खत्तम रेछन-- के गर्नु र घरै अघि भेट भो--"

हामी मुस्कुराउँदै अघि बढीम--गुरु घुर्दै थिए हाम्लाई।

बाङ्गेको घरै छेउ पुगे पछी उस्ले र मैले एक अर्कालाई हेरा हेर गरीम। बाङ्ग्या कौसीमा त सुन्दरी एउटी जगमगाई रा छे बा!

"पूर्णिमा रे छ आज, आफ्नै कौसीमा चन्द्रमाको लगन रे छ--लाईट लिएर आफु चै बस स्ट्प पुगीयो। थुक्क!" बांग्गेले थुकुम्ला झैं गरेर भन्यो.

मैले बाङ्गेलाई सोधे, "को यार यो?"

उस्ले भन्यो " जो भए नी तेरो चै मेरै मार्फतको नाता हो--यति सम्झिराख बाँकी मैले बुझे पछी बुझाम्ला"

उ त घर भित्र लाग्यो म अलपत्र परें। म पनि लागुम भित्रै भने गाँस टिपेर ईस्कुल बत्तिने ट्याम भैसक्या अघि नै हो--घर तिर लखर्किम, दर्शन पाउँदा पाउँदै मन्दीर छोडने कुरा नी भएन।

म झोक्राउँदा झोक्राउँदै बाङ्गे कौसीमा पुग्यो--उ पुग्नु के थ्यो, देवी अन्तर्ध्यान। म नी बाटो लागें।
---

 
Posted on 03-06-12 8:54 PM     [Snapshot: 4449]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

...मलाई एकटक हेरीरहेको बाङ्गेले मुस्कुराउँदै भन्यो "ल पैला पशपती जाम, अनि बत्तिसपुतली जाम्ला--"

गौशालाबाट पशपती पुगीयो। प्राय:सधै झै पश्चीम ढोकाबाट छीरीयो। ढोका माथि चतुर्भुज नीलो बर्णका महादेबलाई हेरेर मन मनै "ल है" भनीयो अनि निहुरीएर ढोकाको संघारमा छोईयो। भित्र छिर्ने बित्तिकै गजुरलाई हेरेर छातीमा छोईयो, मन्दिर दाईने पार्दै केही खुडकिला चढेर बासुकी पुगियो, बासुकीको मन्दिर पछी हात घिसार्दै त्यहाँ भएको एउटा सानो प्वालमा पुर्याईयो, ढोगीयो, अनि केही सिंढी ओर्लेर देब्रे तिरको झ्यालबाट भित्र हेर्दै जय शम्भो गुन्जाईयो। बुढानिलकण्ठ-झझल्को नी घुमियो, गणेश पनि, अनि चाँगुनारायणको झझल्को पूर्ब पट्टी,  तेसपछी हेराईले सरस्वती देखी जम्मै देउदेउतालाई भ्याईयो उत्तर भित्तामा एकमुस्ट।

बार्दलीबाट पारी पट्टीका शिबालयहरु हेरीयो, बार्दली नै मुनीको कोणे गजुर, ब्रम्हनाल, सबै भ्याईयो। अनि उन्मत्तेश्वर भैरब पछी पश्चिम ढोका माथि श्री ५ महेन्द्र साहरा लेख्या संगै शिब-पार्बतीको दिब्य जोडीमा फेरी ल है को निबेदन गरीयो। बाङ्गे र मेरा बत्तीसपुतली बारे कुरा भएनन् तेती बेला। सानो सांढे पछीबाट पशपती दर्शन गरीयो। आज बिशेष जाहेरी थ्यो आफ्नो, गरीयो। यसो लाईनमा चन्दन माग्न लायक कोही छन कि हेरीयो। जो थिई, उस्लाई बाङ्गेले फेला पार्यो। चन्दन लाएर बाङ्गे हनुमान तिर लागीसक्या थ्यो मैले चै एउटा पातमा अलिकति चन्दन मागेर खल्तीमा हालें। मन्दीरबाट निस्किनु अघि जाहेरी फेरी एक चोटी दोहोर्याएँ।

अरु बेला भए, त्यतै एक कप नास्ता समेत अनि चाबेल तिर पुगेर अर्को एक कप चिया जान्थ्यो। चाबेलको बाटो नपरे गौशालाको पर्थ्यो, त्यतै एक कप जान्थ्यो। जयबागेश्वरी तिर भएर चै धेरै जस्तो निस्किने गरीएको थिएन। धुप हाल्न त अलि साबधान हुनु पर्थ्यो, जता नी मिल्थ्यो।

त्यो बिहान नास्ताको कार्यक्रम स्थगीत गरीयो। गौशालामा आएर चिया खाने काम भो। मैले चैं धुप नहाल्ने बिचार गरें तेतीबेला। बाङ्गेले चै  धर्म थाम्यो। सोपको एक फाँको संगै.

"ल बाङ्गे दाई भन्छु, अब बत्तीसपुतली जाम" चियाको कप राखेर मैले भनें।

"तैले त वाक्कै पारीस यार, कुन साईतमा आईछ उ हामी कहाँ--फेरी दशा लागेको हो कि के हो तँलाई--देखिहालिस -- नदेखेको भए कुरै सकिन्थ्यो---"  उस्ले भन्यो तर बाटो चै बत्तीसपुतली कै लाग्यो। म दंग।

बत्तीसपुतलीका ती चिल्ला अग्ला रुखहरु पछी पार्दै अघि बढीयो। केही अघि बढे पछी दाईने लागियो। त्यो बाटो नछोडी गए  दखिन  दखिन हुँदै बानेस्वरबाट मैतीदेबी जाने पुल छेउ निस्किन्थ्यो सेपीलो घुम्ती पछी। तर बाङ्गेको काका बाजेको घर तेती पर थिएन। राम मन्दिरको हाराहारी थ्यो भन्दा हुन्छ। अग्लो पर्खाल, अनि त्यो नीलो ढोका भएको घरमा म पटक पटक पुगेकै हो बाङ्गे सँग।

गौशालाबाट यता लागे देखि नै धडकनको गती तेज हुँदै थ्यो, अहिले त्यो गती अरु तिब्र भएको थ्यो। बाङ्गेले म तिर पुलुक्क हेर्यो। हाँसेको हो कि जस्तो गर्यो र ढोकामा भएको घण्टीको स्वीच थिच्यो। भित्र बजेको घण्टी बाहीरै पनि सुनिन्थ्यो। ढोका तुरुन्तै खुल्यो। एउटा हातमा कुटे बोकेका हजुरबा ढोकाको अर्को तिर उभिएका थिए। हामी भित्र छीरीम। बाङ्गेले टाउको निउरायो, हजुरबाले आशिर्बचन बोले। मलाई नी आज चैं ढोग्दीम कि जस्तो लाग्या थ्यो तर ह्वात्तै सधै झै नमस्कार मुद्रामा हात उठीहाले।  उनले मेरो पनि नमस्कार फर्काए। बाहीरी ढोका र घरको मूलढोका सम्मको भागमा २० फिट जति फराकिलो, ४० फिट जति लामो ढलान गरीएको थ्यो।

त्यै ढलानको दायाँ बायाँ लहरै गमलाहरु राखिएका थिए। गमलाहरुमा फुल झपक्क। त्यै ढलानमा एउटा कुर्सी, कुर्सीमा एउटा पत्रीका, र कुर्सीको खुट्टा छेउ एउटा रित्तो कप थ्यो। ढलान बाहीर दुबोको चौर थ्यो फुलका बिरुवाहरुले घेरीएको। अरु बेला पनि त्यहाँ पुगेकै हो। तर आज जसरी सबै तिर यसरी हेरीएको थिएन। त्यो घरको पूर्ब पट्टी २/४ फिट गहीरोमा अर्को झण्डै चारपाटे जग्गा थ्यो, जस्मा तरकारी लगाईएको देखिन्थ्यो। आभाहरुको जग्गा तेई हुनु पर्छ। अग्लो कम्पाउण्ड पर्खालले त्यो जग्गा र यता हजुरबाको घर सबै घेरेको थ्यो। हेराईको घेराई भित्र आभा अझै परेकी थिईन।

"आज त अचम्मै गरीस तैलें। के कति कामले आईस?" हजुरबाले बाङ्गेलाई हेर्दै सोधे।

"काम त केई नी छैन, यत्तिकै हजुरबाहरुलाई भेट्न आ" बाङ्गेले भन्यो।

"यत्तिकै त तँ आउँदैन थिईस, तेरो बाउ बरु बराबर आउँछ--ल जे भए नी राम्रो गरीस आफ्नो घरमा आउन काम चाहीदैन नी--अरुहरुको घरमा पो काम पर्दा जाने हो त--कसो?" हजुरबाले कुटो बोकेको हात पनि अलि माथि उठाउँदै सोधे। फुल गोडदै रेछन क्यारे उनी अघि घण्टी बजाउँदा। कुटो अझै बोकेकै थिए।

"काँ हजुरबा, आज पनि के गर्थ्यो कुन्नी यस्ले त--मैले जाम हजुरबा काँ भनेर ल्याको।" मैले भन्दीएँ।

"ठिक गरेउ, आउनु त पर्छ त--अनि के पशपती पुगेर?" हजुरबाले भने।

"हजुर" जबाफ बाङ्गेले दियो।

"खै त चन्दन?" हजुरबाले कुटेलाई छेउ लगाएर सोधे।

बाङ्गे अकमक्क परेको थ्यो, मैले अघि पातमा ल्याको चन्दन हजुरबा तिर तेर्साउँदै भनें "म सँग छ चन्दन हजुरबा"।

बाङ्गेले म तिर पुलुक्क हेर्यो तर केई भनेन।

यत्तिकैमा बाङ्गेकी काकी बाहिर निस्किन, उनलाई पनि प्रणाम गरीयो।

"को आयो भनेको त भि आई पी रे छ। हतपत दर्शन पाईदैन थ्यो।" उनले हाँस्दै भनीन। हामी पनि मुस्कुराईम।

"खै यो चन्दन लाउनु पर्ने, एक चोटी हात धुनु पर्यो" हजुरबाले भनेका मात्रै के थिए, सुनीता दिदी पानीको जग बोकेर आईपुगीन।

प्रसाद लाए, आभालाई नी दिम्ला भनेको चन्दन, हजुरबाले काकीलाई दिए, काकीले पात ढोगेर बाँकी चन्दन जम्मै लाईदिईन। हुन त तेती धेरै पनि थिएन।

"ए, बलेलाई भनेर कुर्सी पठाईदेउ त सुनीता बाहीर" काकीले भित्र तिर हेरेर कराईन।

"पर्दैन कुर्सी, यत्तिकै ठिक छ" बाङ्गे र मैले एकै चोटी जस्तो भनेम।

"खै त काका?" बाङ्गेले काकीलाई हेर्दै सोध्यो।

काका र सुकीर्ती मैतीदेबी दीदी काँ--स्कुलको कुरा गर्न--भिनाजुले गर्दा नहुने केई छैन" काकीले भनीन।

"ल खत्तम" मनमा एउटा पैरो गै गो। तर नाम त कस्तो मीठो रे छ, सुकिर्ती। पैरोको गती अलिकती सुस्तायो, त्यै नामको भरमा।

यत्तिकैमा दुईटा कुर्सी आए बाहीर।

अब मैले कतिबेला आउने, काका आए पनि नआए पनि सुकिर्ती मात्रै भए नी फर्किने कुन बेला भनेर सोध्न नमिल्ने। बाङ्गेले फ्याट्टै सोध्ला भनेको सोधेन।

यसो कुर्सी तिर हिन्दै गर्या जसरी उस्को कुममा आफ्नो कुम धसेर आँखिभुई उठाए पछी बल्ल बोल्यो बाङ्गे "ए, काका र सुकिर्ती सँग त भेट नहुने भो कि क्या हो--"

"आईहाल्छन नी एकै छिनमा अब--बिहानै गा--भिनाजुलाई शनिबार होस कि आईतबार आठ बजे पछी भेट हुँदैन" काकीले भनीन।

पैरोमा बाँध बाँध्न सुरु गर्यो मनले।

बाहीर कुनै मोटर आए पनि उ नै आईकी जस्तो हुने, मोटरसाईकलको आबाज सुन्यो त्यस्तै लाग्ने, मान्छे बोलेको सुन्यो उही बोलेकी हो कि जस्तो। मन झस्केको झस्केकै। तर खै उ आईपुगीन। आएका चिया र बिस्कुटमा अलमलिईयो एकै छिन।

"हजुरआमा खै त?" मैले फुल गोडने सुरमा फर्किन लागेका हजुरबालाई सोधें। मनलाई त अलमलाउनै पर्यो। बाङ्गे खास बोलेकै थिएन। यल्लाई लहै लहैमा लागेर ल्याउन नहुने भन्दै सोचिराथ्यो कि कुन्नी।

"हजुरआमा त पूजामा--- ११/१२ नबजी के सकिन्थ्यो उनको पूजा--मान्छे बैतरनी गाईको पुच्छर समातेर तर्छन अरे म चै तिमीहरुकै हजुरआमा समातेर तर्ने हो -- उ त पक्कै स्वर्ग जान्छे मेरो ठेगान छैन" यति भनेर हजुरबा हाँसे। हामी पनि मुस्कुराईम।

"अब यतै भुजा खाएर जाने --बल्ल बल्ल आको मान्छे म घरमा फोन गर्दीम्ला" काकीले बरण्डामा आएर सुनाईन।

म त "हस" भन्न तयार थिएँ, बाङ्गेले प्वाक्क "हैन काकी घर जानु पर्छ, मासु किनेर ल्याउन भन्या छन--यतै खाएर जान त हुन्थ्यो---अर्को दिन आउँला नी" भन्यो।

काकीले एकछिन ढीपी गरीन। बाङ्गेले मानेन। मलाई त दिक्कै लाग्यो। बाङ्गे र म कुर्सीमा बसेर भुईँको पत्रीका पढे जस्तो गरीम। उस्ले ईशाराले मलाई जाम भन्यो। मैले बिस्तारै पख न एकै छिन भनें। म सोच्दै पनि थिएँ-- यो अघोरीलाई कस्ले मासु किनेर ल्या भन्यो। तेती बिहान त हिनेको घरबाट। मान्छेहरु सुतीरा थिए।

"आज एकादशी के को मासु किन्नु?" भन्दीम कि जस्तो लाग्या थ्यो फेरी हजुरबा त्यै थिए। मैले हावाको भरमा एकादशी भनेर के चल्थ्यो।

आकासमा हल्का बादल थ्यो। बिशेष गरी पूर्ब तिर। यत्तिकैमा ढोकाको घण्टी बज्यो। तिहारको रकेट जसरी मन एक्कै चोटी उचाईमा पुग्यो। हजुरबाले ढोका खोले। काका र सुकीर्ती भित्र पसे।

उनीहरु भित्र पस्दा पस्दै म भने कुर्सीबाट उठीसकेको थिएँ। बाङ्गे पनि उठ्यो। बाङ्गे र मैले काकालाई यथोचित गरीम। काकाले पनि बाङ्गेको उपस्थितीमा आस्चर्य जनाए। सुकिर्ती मुस्कुराएर हाम्रो अघि उभिई। हेराई चै उस्को बाङ्गेमा टीकेका थिए। मलाई चै हेरेको हैन झै गरी हेरेकी थिई उस्ले। उ हाम्रो अघि उभिएकी थिई पूर्ब तिर। सूर्य बादल भित्र छेकिएको थ्यो, मानौ सुकिर्तीको आभामा उ तेजोबध भएको थ्यो।

सातवटा घोडाहरुले तानेको रथमा बसेर सूर्य आकासमा बिचरण गर्छन भन्थीन हजुरआमा ---आभालाई देख्ने बित्तिकै मेरो मनमा त्यही कुरा आयो। सौम्य, मोहक, दिप्त, चंचल, दिब्य, मादक, अनि बिहगंम् घोडाहरुको लगाम हातमा लिएर त्यो सुन्दरताको अबिस्मरणीय ईन्द्रेणी रथमा उस्लाई मैले बिराजमान देखें। मेरो अकिन्चन मन अधिर भयो। बिचलित हुन पुग्यो साथै पुलकित पनि। ...



 
Posted on 03-06-12 9:41 PM     [Snapshot: 4488]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 येतिका दिनपछि बल्ल आज आभाको दर्शन गरैदिनु  भएकोमा दीप ज्युलाई मुरी मुरी धन्याबाद.
अब चै छोड्नु हुन्न है.
 
Posted on 03-06-12 9:56 PM     [Snapshot: 4480]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो, दीप प्रभुको पशुपतीनाथको दर्शन बर्णन पढ्दा, पशुपतीनाथलाइ त्यही गएर आफैले दर्शन गर्न गाको जस्तो भो | धेरै कुराहरु सम्झनाका पानाहरुबाट आएर आखा अगाडी नाच्न थाले: कहिले बाउ आमा संग पछि लागेर पशुपती गइयो, कहिले जाँच पछि प्राथना गर्न गइयो, कहिले कोइ कोइ गाको सुइंको पाइएर देख्न पाइन्छ कि भनेर गइयो, कहिले गजेडी साथीहरुपछि लागी बाबाजीहरु भेट्न गइयो भने एकचोटी कहिले न बिर्सने गरी हजुर आमालाई सधाको लागी बिदा गर्न गइयो | खैर, दिप प्रभुको आभा एकै सासमा पढियो | कुरो पनी काहाबाट आको भन्या, "............आभालाई देख्ने बित्तिकै मेरो मनमा त्यही कुरा आयो। सौम्य, मोहक, दिप्त, चंचल, दिब्य, मादक, अनि बिहगंम् घोडाहरुको लगाम हातमा लिएर त्यो सुन्दरताको अबिस्मरणीय ईन्द्रेणी रथमा उस्लाई मैले बिराजमान देखें। मेरो अकिन्चन मन अधिर भयो। बिचलित हुन पुग्यो साथै पुलकित पनि। ..."

अझै यस्तै चर्को भाग चाडै आउने आशमा...........

फत्ते
 
Posted on 03-07-12 6:26 AM     [Snapshot: 4562]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आभाको त के भनम, पर्भो...उनको भक्त सेवक पर्भो आफैं...हाम्ले दर्शन पाए नि पर्भो सम्झी एस्सो पन्छिदिन बाध्य छम...
तर, पस्पतिको दर्शन चैं ठ्याक्र्याक्कै पाएम आज! कुना काप्चा! पर्भोको स्मरण अपरम्पार! आज बुधबारै पनि...जय शम्भो! लु जा त!

 
Posted on 03-07-12 7:21 AM     [Snapshot: 4580]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

By reading recent post i feel like i in love with Sukriti urfff Aabha.
 
Posted on 03-07-12 8:45 AM     [Snapshot: 4609]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 प्रभो सारै घच्चिको गयो त यो पाली पनि... कति राम्रो बर्णन गरेको हो आभा को ... पढेरै मुघ्ध भैयो...
पशुपतिको बर्णन पनि सारै राम्रो गयो प्रभु... दर्शन नै गरे सरि भो.. 

 
Posted on 03-07-12 10:46 AM     [Snapshot: 4655]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ए बाबा हो ........ कती सकेको हो पशुपती को बयान गर्न .. आफु जाँदा नि त्येति धेरै याद गरिन्न थियो ... प्रभो ठ्याम्मै त्यही गएको जस्तो भयो ..... जय होश । 
 
 
सुकिर्ती को बयान ...... के भनम  ........

 
Posted on 03-07-12 11:00 AM     [Snapshot: 4666]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुकीर्ति नाम त मलाई नि मन पर्यो है - 

दीप ब्रो लाइ नहेरे जस्तो गरेर एक लूक्स त देछ नि है - कल्याण नै गर्देछन

त्यो दिन त दीप ब्रो को झक्कास भयो होला - बिहान बिहान देखि देवी को दर्शन पाएर

 
Posted on 03-07-12 11:34 AM     [Snapshot: 4704]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-07-12 1:22 PM     [Snapshot: 4748]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सौम्य, मोहक, दिप्त, चंचल, दिब्य, मादक, अनि बिहगंम् घोडाहरुको लगाम हातमा लिएर त्यो सुन्दरताको अबिस्मरणीय ईन्द्रेणी रथमा उस्लाई मैले बिराजमान देखें। मेरो अकिन्चन मन अधिर भयो। बिचलित हुन पुग्यो साथै पुलकित पनि। ..."


Wow... ....... दामी .....म त speechless
 
Posted on 03-07-12 1:27 PM     [Snapshot: 4718]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बल्ल दर्शन पाइयो !! अब भने खाना खायरै जाने सोच्दैमा बांगे बांगेर घर जाने भन्ने होला !!

ल अरु भागको पर्खाइमा भनि रहनु त नपर्ने हो क्यार !!

 
Posted on 03-08-12 1:25 PM     [Snapshot: 4994]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो सुरु गरे देखी अन्त्य सम्मै अधरमा मुस्कान लेराउने लेखाइ। मलाई त सुकिर्ती हेर्न मन लाग्यो।

त्यसरी घर नै पत्ता लगाएर बाङे लाई तेत्रो ज्यु ज्यु गर्दा त कती अभिबादन पछी हजुरले भेट्न पाउनु भएको होला अब मैले यहाँ बसेर हेर्न मन लाग्यो भनेर कहाँ पाउनु?  तर सुकिर्तीको बर्णन चै साह्रै मिठो। 
 
Posted on 03-14-12 10:30 AM     [Snapshot: 5326]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो  आभाको सुन्दरतामा मग्न भयर कथा अगाडी बढाउने बिर्स्यो जस्तो छ
 
Posted on 03-15-12 11:45 AM     [Snapshot: 5500]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lala bro chado lekhnu paro...pratyak 1/1 ghanta ma sajha kholera kati khojnu...chado garum chado...

 
Posted on 04-03-12 10:52 AM     [Snapshot: 6067]     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

सौम्य, मोहक, दिप्त, चंचल, दिब्य, मादक, अनि बिहगंम् घोडाहरुको लगाम हातमा लिएर त्यो सुन्दरताको अबिस्मरणीय ईन्द्रेणी रथमा उस्लाई मैले बिराजमान देखें। मेरो अकिन्चन मन अधिर भयो। बिचलित हुन पुग्यो साथै पुलकित पनि। ...

भावहरुको अघि शब्दहरु निशस्त्र थिए। आकसिदा धडकन, झुक्दै उठ्दै गर्दा ती परेलीहरु, फक्रीदा ती अधरहरु, परीधी बाहीर पारे झै गरी परीधी भित्र पार्दा ती हेराईहरु निश्चित शब्दका पहुँच बाहीर थिए तर अमुक थिएनन। उ सूर्य थिई, उस्को बयान सायद गर्न सकिन्थ्यो पनि होला, तर सूर्य किरण झै छरीएका उस्का भावहरुको स्पर्श अनुभव त गर्न त सकिन्थ्यो तर भेला पार्न सकिन्नथ्यो। शब्दले समेटने त झन कुरै भएन।

 

बाङ्गे र उस्का कुरा हुन थाले, म चुपचाप छेउमै थिएँ। आभा बेला बेला हजुरबा तिर हेर्थी अनि कुरा गर्थी। कुरा औपचारीक नै थिए तै पनि उस्ले कौसीमा जाने मन गरी। बाङ्गेलाई भनी, म भर्याङ्ग त के झ्याल र पाईप चढेर आईज कौसीमा भने पनि तयार थिएँ, बाङ्गेले हैन अब घर जानु पर्छ भन्यो। मुन्ट्याईदीम कि बज्यालाई जस्तो नलागेको त हैन तर सहनै पर्यो।

 

हैन भुजा खाएर जानु पर्छ, उस्ले बाङ्गेलाई भनी। बाङ्गेले काकीलाई अघि नै त्यो आज नहुने जानकारी गराएको सुनायो। त्यसो भए चिया नखाई त जान पाईँदैन भनी, बाङ्गेले त्यो कर्म पनि सकेको सुनायो। अहिले मलाई खान मन छ नी त, ल आउनु कौसीमा भन्दै उ बाटो लागि। बाङ्गेले म तिर हेर्यो, देख्यो होला दर्शन ढुङ्गामा दर्शन ढुङ्गा जुधेको अनि फिलुङ्गाहरु। हजुरबाले पनि जान त जा--बैनीले भनेको पनि मान्नु कैले काहीँ त भने। उस्ले केही भनेन-- पछी लाग्यो। मैले पनि फ्याँके दर्शन ढुङ्गा र लागें भर्याङ तिर बाङ्गे पछी पछी। आभाले चियाको अनुरोध भान्छमा जिम्मा लाईसकेकी थिई।

कौसीमा पुगे पछी बेग्लै रमाईलो भो। मैले बाङ्गेलाई देखेकै थिईन भन्दा पनि हुन्छ। उ अस्तित्व बिहीन थ्यो त्यहाँ मेरो लागि। उ त्यो खोला जस्तो थ्यो जो नदी सम्म पुग्थ्यो, नदीको अस्तित्वलाई स्थापित गर्थ्यो तर स्वयम् भने अस्तित्वहीन हुन्थ्यो।

दाजु-बैनीको कुरा हुँदो थ्यो। आभा र मेरा हेराई धेरै चोटी जुधेका थिए तर औपचारीक परीचय ओझेलमा परेको थ्यो।

बाङ्गे र उ मैतीदेबीको भिनाजुका कुरा गर्दै थिए, उ पस्चिम फर्केर उभिएकी थिई, बाङ्गे र म पूर्ब फर्केर। मेरो दाईने तिर उभिएको थ्यो बाङ्गे। कुरा हुँदै थ्यो उनीहरुको, म जात्राको खट जस्तो ढल्किदै दाईने तिर बाङ्गेको कुममा आफ्नो कुम अढेस लाउन पुगें। उ अलि छिटो कतै सरेको वा हटेको भए म नभएको खम्बामा जड्याँ अढेस लाग्या जसरी डंग्रगै हुने। तर उ उभिएकै थ्यो तर मेरो अढेसमा उस्को पनि सन्तुलन् बिग्र्यो, मेरो त बिगारेकै थ्यो। उ अलि पर हुत्तियो, म पनि सम्हालिएँ। आभाले केही बुझिन छक्क परी।

"के गर्या तैले यो?" बाङ्गे झर्कियो।

"हैन म त भुत भै छु कि क्या हो--आफुले हेर्दा छु जस्तो अरुले हेर्दा छैन जस्तो--अदृस्य भैयो कि भनेर टेस गर्या--" मैले भनें। भन्न सुरु गर्दा बाङ्गे तिर हेरेको थिएँ, सकाउँदा आभा तिर हेरें।

उस्ले सायद बुझी क्यारे, उ हाँसी। नबुझेको त बाङ्गेले पनि कहाँ हो र, अहिले बुझे जस्तो गर्यो।

"ए, यो मेरो साथी -- दीप, तर मान्छे खत्तम छ" उस्ले हाँसेर मेरो परीचय गरायो आभालाई।

"संगत गतीलो नभएर हो -- हुन त टोलमा म बिग्रेको यस्को संगतले, यो सुध्रेको मेरो संगतले भन्ने हल्ला ब्यापक छ" मैले नी थपें।

"हल्लै मात्रै हो की?" बल्ल उस्ले म तिर हेरेर मेरै लागि शब्द खर्च गरी। मन त तुरुन्तै खजान्ची भैगो। उस्का शब्द जम्मा पारीहाल्यो।

"अलि अलि त हल्लै पनि हो--मैले भन्या जति यो सुध्र्या अलि छैन, यस्ले चाहे जति म बिग्र्या पनि छैन" थप्दें भेट्या बेला।

"हो हो यो एकदम सज्जन छ" बाङ्गेले पेच हान्यो।

"त्यो पनि हुने रहर छ, त्यै उत्तम दर्जाको संगत पाएँ भने हुन्छु त्यो पनि एकदिन। त्यो दिन पनि त्यति पर छैन जस्तो छ।" अहिले पनि भनाई आभा तिर हेर्दै सकाएँ।

केही गुलाफी रंगले उस्को अनुहार केही पल सजाए अनि त्यस्मै लिन भए झैं देखें मैले।

"म सुकीर्ती" उस्ले म तिर हेर्दै भनी। अधरबाट उस्का मुस्कानका पुस्प-पत्रहरु झैं बर्षिदा थिए। मनले ती सबै पत्रहरु जतनले भेला पार्यो, भुइँमा एउटा पनि खस्न दिएन।

उस्ले आफ्नो परीचय दीईरहनु त पर्ने थिएन, तर दीनुको अर्थ मैले मेरै हिसाबले बुझें।

उस्ले दुई पल मेरा आँखमा सिधै हेरी अनि बाङ्गे तिर हेर्द सोधी, "दाई कुन स्कुलमा रे? पढाई राम्रो छ?"

"बाङ्गेले स्कुलको नाम भन्यो, पढाईको कुरा गरेन। हुन त स्कुल नाम चलेकै थ्यो--त्यतिले नै पुग्छ भन्ने सोच्यो कि थाह छैन"

त्यै बेला आयो चिया, केही निम्कीहरु पनि थिए।

"पढाई त गज्जब राम्रो छ होला है?" उस्ले बाङ्गेलाई हेर्दै फेरी सोधी। हातमा चियाको कप लिएकी थिई। मैले चै एक सुरुप लाई सकेको थिएँ। बाङ्गे सुरुप लिने क्रममा थ्यो। त्यसैले जबाफ मैले नै दिएँ।

"अब पढाईको बारे त पढ्नेलाई सोध्नु पर्च, यस्को काम त भर्ना भए पछी सकिगो नी"।

"आफु नी आफु--तँ छस नी बोर्ड हान्लास जस्तो" बाङ्गेले सुरुप लिएको चियामा भएको तापक्रममै झोस्यो मलाई पनि।

"हो त" मैले भनें।  बाङ्गेले झोसेको राम्रै लाग्यो मलाई।

"किन हुँदैन थ्यो --मास्टरहरु त्यै कुरा गर्दा हुन दिनदिनै--एस् एल सीको रिजल्ट भा दिन कुन कुन बोर्ड चै ध्वस्त पार्छ एल्ले फेल भा झोकाँ भन्दा हुन" यस पटक बाङ्गेले हाँसेर कुरा सकायो।

त्यै बेलाँ काकी आईन माथि। कुराका भाका फेरीए। उन्ले फेरी भातको राग अलापिन, बाङ्गेले मासुको। मासुको राग अलाप्नु के थियो, यसो घडी हेर्दै ओहो! भुसुक्कै ढीलो भैसकेछ भन्यो अनि छिट्छिटो चिया तान्न थाल्यो। मैले नी त्यै गर्या-- जिब्रोको एक तह एउटा सुरुपमा खुईलिया जस्तै भो। अब घराँ मासु भात खानु पर्ने होला, शनिबारको दिन-- स्वाद बाङ्गेको हतारले बिगार्ने भै गो--खुईलिया जिब्रोमा पीरो मासु--स्वाद त धरापमा पर्ने नै भो। तर जे होस, आभाको छत्र छायाँमा परीयो। जीब्रोको स्वाद अहिले धरापमा परे पनि मनको स्वाद भने झन तिखो भएको थ्यो।

बिदा भएर बाटो लागीयो। आभाले बाङ्गेलाई शब्दले मलाई भावले बिदा गरी। धोबीखोला हुँदै घर आईयो। बाटोमा बाङ्गेलाई मैले मासु किन्ने कुरा गर्दा त्यो त भन्द्या पो त भन्यो। थाहै थ्यो। किन तुषारापात तिर लागिस भन्दा किन किन यो काम गर्नु नहुने हो कि जस्तो लागीराछ मलाई भन्यो। मैले उस्लाई, "एक चोटी बिहे त हुन दे --तेरो भ्रम सबै हटछ" भन्दें। उस्ले घुर्यो मात्रै। अब सुकिर्तीको कुरा बन्द आजलाई। फेरी कुरा गरीस भने, उस्लाई यस्तो यस्तो कुरा भन्दीन्छु, अर्को भेट अघि नै तेरो सराद गर्दिन्छे उस्ले" भन्यो।

म चुप लागें। अहिले उसैले जितेको ठिक थ्यो।

त्यस पछी केही दिन बिते। बस स्टप जाने क्रम चलेकै थ्यो। मैले अरु बेला बाङ्गेको साथ मात्रै दिन्थे, अचेल उस्को लागि मेहनत पनि गर्न थालेको थिएं। बिशालनगरकी पाण्डे सुपत्री मामाघर तिरको सम्पर्कमा छे भन्ने पत्ता लगाएर माराजगन्ज दुई चोटी पुगीसकेको थिएँ। एक चोटी त बाङ्गेलाई समेत लिएर। पाण्डे सुन्दरीको हेराईमा अचेल निक्कै लचकता थियो। "यो चुरोट सुरोट भन्ने तान्ने कुरा चै होईन रे छ" भन्दै बाङ्गे वाक्दान गर्थ्यो--बिसेष गरी पाण्डे सुन्दरीलाई सुनाउथ्यो। बसको छेउछाउ चुरोट खान छोडेको थ्यो।

बाङ्गे मान्छे बैगुनी थिएन। आभालाई उस्को घर बोलाएको बेला मलाई घरमै लिन आएको थियो। कत्रो रहर थ्यो--के के न भनुम्ला--के के न सुन्न पाईएला--अनुभव गरीएला भन्ने थ्यो--बाङ्ग्या बाउले त्यै दिन बाङ्गे र मलाई बालाजु खेदे। आउदा आभा गैसकीछ। बाङ्गेले केही छैन, म यस्को क्षती पूर्ती गराम्ला भनेको थ्यो र भर परेको थिएँ। भर पर्नु पर्ने कारणमा त्यो बिशालनगरकी सुन्दरीले पनि योगदान गरेकी थिई।

शनिबारको बिहान थ्यो। सात जस्तो बजेको हुंदो हो। पशुपती जान बाङ्गे कुनै पनि बेला आईपुग्ने थ्यो। तयार हुँदै थिए। नभन्दै एकै छिनमा बाङ्गेलाई कोठा बाहीर बोलेको सुनें मैले। म त्यति बेला दोस्रो तलामा बस्थें। मुल ढोका बन्द भए मात्रै नत्र उ सुरु सुरु मेरै कोठामा आईपुथ्यो। काका बाहीर निस्कीन लागेका रे छन, उनी सँग दुई शब्द बोलेको सुनें। ढोका टक टक गर्यो। किन सुध्रेछ आज भन्दै थिएँ, उसैले खोल्यो ढोक्या। ढप्क्याको मात्रै थियो। चुकुल लाको थिएन। ढोका सम्म त म पनि पुगेकै थिएं। खुलेको ढोका भित्र म थिएँ, बाहीर बाङ्गे र आभा।
...

 
Posted on 04-03-12 11:03 AM     [Snapshot: 6075]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ह्यत्तेरी कती छोटो हो ? र कस्तो ठाउमा गएर रोकेको ? 
 
जे भने नि सुन्ने हैन ..... छिटो अर्को भाग रखम है दिप जिउ । परेको म बेहोरुला । 

 
Posted on 04-03-12 12:42 PM     [Snapshot: 6159]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

After a long time...was desperately waiting for this. Thnx.

 
Posted on 04-03-12 1:11 PM     [Snapshot: 6174]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 प्रभो कुर्नु कुरेपछि सुकीर्तिको कथा आको ... कस्तो ठाउँमा लगेर रोकेको नि? के होला के होला भैरछ छिटो टसुम आर्को भाग पनि ... 
 

 
Posted on 04-03-12 2:48 PM     [Snapshot: 6225]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yasto lamo break paachi aako AABHA lai ka nira lyayera break hannu bhako... Aba Kati break line ho ...
 
Posted on 04-03-12 6:06 PM     [Snapshot: 6300]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gajjab cha la...
 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
where are Hunter Biden and Biden got 40k maga hounds?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters