|
[VIEWED 137601
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-07-09 12:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
"चौथौ वार्षिकोत्सव बिशेष"
समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ
  
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
तिमी यसरी नै सधैं मुस्कुराइ रहनु चौतारी चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु तिमी मुसुक्क मुस्काउनु चौतारी म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु
~रिट्ठे राएमाझी~

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
चौतारी - वार्षिकोत्सव विशेष "चौथौ वार्षिकोत्सव बिशेष" अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ तथा धन्यवाद !
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस् यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला।
२) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
Last edited: 08-Sep-09 12:05 PM
|
| |
|
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 09-08-09 11:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भाई चा म त ठीक छु तिमी ज्ञानी नै छौ हैन?  रित्ठे तेइ त तिमी रैछौ एउटा सम्झिने हाम्लाई :) लौ न यो नानु लाई कती कुरा आउने? धोती को सुर्किनो रे? के हो त्यो? अनी आफ्नो बालख काल सम्झ्या नि नानु तिमी हुँदा त रमाइलो नहुने कुरै भएन नि लाटी
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-08-09 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नेपाली नारी नै परिछ त सुफल चिने हजुर मैले चिने हजुर लाई ल न्वारन गर्दिने हो कि नक्कली केटी अनी सुफल उर्फ नेपाली नारी दुबै लाई फेरी प्व्नी स्वागत अनी रिसाउन नपाई पहिले नै FYI गर्देको नि - जिस्काउन चाँही भोली देखी शुरु गर्नु पर्ला  फेरी आउन पाछैन जिस्काउन शुरु गर्यो भन्लाउ  अनी दिपिका जि - आफ्नो आँगनको हात्ती नदेख्ने अनी अरुलाई राँगा भन्ने 
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-08-09 11:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दिदी चा - आफु त जहिले नि ज्ञानी - नपत्याए यो चौतारी को कसैलाई नसोधे हुन्छ
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-08-09 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाम्रो प्यारो चौतारीको ह्यापी बर्थ डे-को सुखद उपलक्ष्यमा मेरो तर्फबाट सबै ज्ञात-अज्ञात अवतारीहरुलाई प्रणाम!
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-08-09 12:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठूल्दाई, रिट्ठे, लहरे, दीपीका नानू, सुफे, सान्नानी, नक्कली, पुरे लगायत सबैलाई जदौ! दीपीका नानू, दर खान त बोलाऊन साह्रै मन लाग्या थ्यो, के गर्नु बैनीको अत्तो पत्तो नपाएर छटपटिएर बसेँ! लु बात मारम को को छौ!
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-08-09 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
छन त म छु तर हामी सँग के बात मार्थौ र अनी जिम्बाल को गुप्तबास कि बन बास सकेको हो हो भने कथा चौतारी को दोश्रो भाग खै त ट्रेलर आको नि एक बर्ष भइसक्यो
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-08-09 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। जन्मोत्सब त भब्य भैराख्या रैछ । बिर्खेबा को गन्नु पुराणले चौतारी पवित्र भएको छ भने नयाँ नयाँ नक्कली र सक्कली नारिहरु नयाँ नयाँ सारी मा उपस्थित भएको देख्दा यो बुढो तन तर तन्नेरी मन अल्हादित भएको छ । तारेमाम सान्नानी, नक्कली केटी , सुफला , पुरे अनी आउँदै जादै गरेका अनाम बटुवाहरु । चौतारीमा स्वागत छ । दोसल्ला सम्मान कार्यक्रम स्थगित गरिएको सूचना।
भोली नव आगन्तुक चौतारीयनहरुलाई दोसल्ला ओढाइ स्वागत गर्ने कार्यक्रम फिक्सड भैसकेको मा दोसल्ला किन्न गएका लहरेकान्त लहरे ले पैसा हरायो भनी झुठा बिबरण पेश गरी बिहे को मरमसला जोडेको भन्ने अपुष्ट सम्चार प्राप्त भएको हुंदा , सो दोसल्ला को कार्यक्रम पछी सल्लाह बमोजिमा हुने गरी हाल अनिश्चित कालको लागि स्थगित गरिएको सूचना दु:खपूर्बक अबगत गराइन्छ । 
|
| |
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 09-08-09 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
साझाको आदिम फ्रेटर्निटीको स्पिरिट घुम्ने कुनै ठाम छ भने त्यो साझाको चौतारी नै हो । चौतारीको चौथो वार्षिक उत्सवमा के लिएर आम भनेर सोच्दा सोच्दा सोच्दा मलाई के सुझ्यो भने किन साझाको आदिमयुगको कुनै अविस्मरणिय कविता लिएर नआम ।  एक जुग अगाडि जिराले टाँसेको एउटा अद्भुत मुक्त कविता टाँसें । यसको अद्भौतिकता के हो भने यो नबुझ्ने कोही छैन तर यसको व्याख्या गर्न सक्ने पनि कोही छैन । भि एस नयपालका उपन्यासको पनि शल्यक्रिया गर्ने र लण्डन स्कूल अफ ईकोनोमिक्सका ग्य्राजुयट एक प्रतिभाशाली साझा पोस्टरले यी शब्दहरुमा यस महाकविताको व्याख्या गर्ने कोशिस गरेका थिए – “never has anyone summarized better the ways of the world so crudely, yet sweetly, by turning eight simple and clichéd Nepali words into a masterpiece.” नि:सन्देह एक मास्टरपिस ! Nepe
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-08-09 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दोश्रो राउन्डको जदौका साथमा तारेमाम सित्तैमा (ठुल्दाइ स्टाईलमा) ठुल्दाइको दोसल्ला ओढ्याउने सल्लाह त हल्ला मात्र भएछन्त !  लहरे लाई त किन्मेल को जिम्मा देको अब के आश गराइ भो र ! सबै जना ठुल्दाइ जस्तो थोडी हुन्छन र सरकारी भटभटे मा आफ्नो पेट्रोल हाल्ने ! मखुला?  नेपे दाई लाई एउटा सानदार सलाम ! दाईले जिरा दाई ले उहिले राखेको मुक्तक लाई खोजेर ल्याएर टास्नु भएछ अन्त त्यो पढेर रिट्ठे हास्नु भएछ !  सुरुको दुई लाइन पढ्ने बित्तिकै हास उठ्यो त्यस्प्छी त पढ्दै पढिन मैले ! जे होस् नम्बर वान छ मुक्तक चाँही !  अनी अर्को प्रश्न धेरै अगाडि देखी नै सोध्छु भनेर सोचिराथे, दाई को त्यो प्रोफाइल पिक्चर मा देखिएको फोटो के को हो? पक्कै कुनै गजल को टेक्स्ट हुनु पर्छ !
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-08-09 2:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दिन ढल्दै गए पछी औतारिहरु गल्दै जाने रहेछन - नयाँ रिसोच ।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-08-09 3:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
राहुल भाई भनिने हुल्याहाले चौतारी को मान मर्यादा माथि असर पर्ने गरी म लहरे लाल लाकौल माथि लगाइएको आरोप गलत भएको जानकारी गर्दछौ। पैसा निल्ने हो भने चौतारी ढुकुटी को साँचो आफ्नै हात मा भएको र सो ढुकुटी मा पैसा कती छ भनेर विवरण कसैलाई पनि बुझाउने नपर्ने गरी जिम्मेबारी आँफै मा रहेको ले - १०० ५० रुपैयाँ निल्नु नपर्ने कुरा पनि अवगत गराइन्छ। यो सबै डाहा गर्ने हरुको साजिस भएको र एस्ता हल्ला ले लहके कान्त को बाल पनि उडाउन नसक्ने कुरा को पनि जानकारी गराउन चाहन्छु। साथ साथै आफ्नो क्रेडिटकार्ड को बिल पनि एही ढुकुटी को पैसा ले नै तिरेको हो भनेर पनि खबर गराइछ। जे गर्न मन लागे गरे हुन्छ। बालै मतलब। लौ जा त। 
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-08-09 3:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
<<साथ साथै आफ्नो क्रेडिटकार्ड को बिल पनि एही ढुकुटी को पैसा ले नै तिरेको हो भनेर पनि खबर गराइछ।>> ढाँटेको कुरा र काटेको कुरा कहिलेइ मिल्दैन भन्ने कुरा यही हो । प्राप्त जानकारी अनुसार ढुकुटी को सांचो को दुरुपायोग गरी सुकुटी खाएकोले अनुहार पनि काटिकुटी सुकुटी कै शेप सँग मिल्न गएको रे । यो रे मा कत्तिको सत्यता छ, बिस्तारै आँफै पोल्ने र खोल्ने छ । 
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-08-09 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
वार्षिकोत्सव समाचार:ठूल्दाईले डुल्दै डुल्दै हामि चौतारीमा आएको कुरा भुल्दै दिन ढल्दै गर्दा औतारीहरु गल्दै जाने कुरा खैनि मल्दै मल्दै बताएका छन्। रसरंग प्रधान लहरेकान्त लाकौलले, पैसा निल्नु भन्ने कुरा मिल्नु पानी भित्र कमिलाले चिल्नु जस्तै इल्नु न बिल्नुको कुरा भएको अवगत गराएका छन्। रिठाराम रायमाझिले दोसल्ला ओढाऊने होहल्ला भुइँतल्लामा बसेर मच्चाउँदा पल्लाघरका झल्ला काका कुनै सल्लाह बिना नै वल्लाघरको गल्लावाललाई आफ्नो चल्ला जत्रो छाति नपाउँदै दोसल्ला आफ्नै पल्लामा पार्ने हल्ला फिँजाउँदै हिँडेको समाचार प्राप्त भएको छ। बाँकि समाचार केहिबेरको बिश्राम पछि---
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-08-09 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाहा लोल जिम्माल लोल !  भ्रान्तिपुर समाचार अरु नि जावोस ! 
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-08-09 3:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-08-09 3:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दाइ भन्निने हुल्याहाले अब मुल्याहा कुरा पनि गर्न थालेको छ। फूल को आँखा मा फूलै संसार काँडा को आँखा मा काँडै संसार भन्ने गीत ठुल्दाइ लाई ठ्याक्कै मिल्न जाने कुरा पनि अवगत गराइछ।। आनालाइज आँफै गर्नु होला
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-08-09 3:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आनालाइज भनेको के हो ता ???  बिष्लेशण भनेको भयो माथि को कुरा आँफै स्पष्ट छ, क्रेडिट कार्ड को पैसा समेत ढुकुटी को पैसा ले तिरेको भनेर कसैले भनेको हैन क्या रे । मैले पनि भनेको होइन। आँफै पोले पछी, आफ्नै पोल खोले पछी , भगवानले पनि राम राम -लहरे लहरे बाहेक भन्न सक्दैन ।

|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-08-09 3:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
छाप्दा छाप्दै...... मधुमासको आश गर्दा गर्दै सास मात्र बाँकि भएर कन्या क्याम्पसको बास बनाएका लहरेकान्त लाकौलको त्रास बारेको खास कुरा प्रवासमा बसेका हामिलाई खुल्न आएको छ। आसपासका सबै तरुनिहरुको पास चान्स मार्ने प्रयास गर्न जाँदा थप्पडको रासले घाँसमा ढल्न पुगि नास भएका निज लाकौलले, गाँस बाँस कपास र तरुनिसंगको आसले निजलाई सत्यानाश बनाएको कुरा बताएका छन्।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-08-09 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-08-09 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल जिम्बाल लोल 
|
| |