[Show all top banners]

बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सफल जिन्दगी भाग २

[Please view other pages to see the rest of the postings. Total posts: 150]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-ohmy.gif
[VIEWED 115635 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-13-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(सफल जिन्दगी भाग २ यहाँ सम्क्ष ल्याउने प्रयास मा - कथा बस्तु यथार्थ भए नि कसै सँग मिल्न गए चाँही - "लागे पागे बुढा को दोष " ....)


सेल फोन मधुरो आवाज ले बज्यो , यो त पक्कै कल होइन भन्दै सेल फोन हेरे , मेसेज आको रहेछ , इन्बोक्स मा जादा मेसेज देखे " Lets work things out ...." एक त घाम ले पारा तती रहा थियो त्यस माथि उु सँग अझै रिश उठी रहेको थियो । उसलाई म के कुरा मा रिसाउछु , कस्तो कुरा मलाई मन पर्दैन सब ज्ञान थियो,  त्यही पनि उु त्यही कुरा ले म सँग झगडा गर्न खोज्थी । माया गरी मन भित्र राखेको मान्छेले त्यो मन लाई दुखाउदा चित्त कस्को नदुख्ला र ?


समय ले कसै लाई कुर्दैन भन्थ्यो र समय को गती पनि मोड्न सक्किन्न भन्थे तर म त्यो गती लाई मोडेर अतित तिर लाग्दै छु , कहाँ के बिग्रेछ भनी हेर्न खोज्दै छु । शायद दोषी मै नै हुँ कि ?


नेपाल छोडेको नि बर्षौ भयो , नेपाली को छोरो, परिवार प्यारो कस्को हुँदैन र त्यस माथि त म एक्लो छोरो बाउ आमा को काख छोडि हुइकिए म पनि अमेरिका तिर । बाउ आमा को सपना साकार गर्ने धोकोले अमेरिका आको आज जिन्दगी लाई तराजु को तौलो मा तोल्दै छु । अब उु सँग को भेटको , कथा त , पहिले नै लेखी सकेको छु । त्यो अन्तिम दिन लाई डेढ बर्ष अघी लग्यौ भने आज को दिन आउछ , तर हाम्रो यो नयाँ यात्रा १ बर्ष अघी सुरु भएको हो, त्यही सुरु गरु होला ...............


हाम्रो त्यो दिन को बिछोड पछी एक अर्का सँग कुरा सधैं जसो हुने गर्थ्यो , उु मलाई मन पराउथी र म उसलाई त्यो कुरा मा दुई मत हुन सक्दैन । हामी बिच केवल भौगोलिक दुरी थियो र त्यसै दुरी लाई मेटाउन हामी कोशीश गरी रहेका थियौ । उु न्यू योर्क मा थियो भने म अहिले काम को शिल्शिला मा डेन्भर सर्नु परेको थियो । मलाई न्यू योर्क को चहल पहल मन नपर्ने भएको कारण ले उस्लाई डेन्भर मै सर्ने कर गर्को थिए , तर उु मनेकी थिएन ।


सधैं झै काम पछी उसलाई फोन लगाए, म सधैं काम सकिने बित्तिकै उस्लाई फोन गर्थे , आफ्नो ६ बज्दा उसको ८ बज्थ्यो धन्न एउटै सेल फोन कम्पनी भएर आफु लाई ओवरेज नपर्ने 



फोन को अर्को तिर उसको सुमधुर आवाज ले मेरो सब थकान मेटिदियो । दिन भरी काम का कुरा हरु उसले नि बताए र मैले पनि । दिन भरी को रिपोर्ट पछी उही अब के गर्छौ , आज के खान्छौ आदी इत्यादि .....


उु - " अनी अब को कोमिङ वीक्न्ड त लोङ वीकेन्ड छ , तिमी मिल्छ भने बिहीवार नै निस्क त्यहाँ बाट , मैले शुक्रबार बिदा लिएको छु , हामी यो पाली Maine घुम्न जाउ । आईतवार फर्कौला अनी सोमबार त बिदा नै हो तिमी सोमबार बेलुका फर्क , हुन्छ  ?"


म प्राय लामो बिदा हुँदा न्यू योर्क जान्थे उस्लाई भेट्न तर अहिले सम्म उु भने यहाँ नआएकोले मैले उस्लाई यहाँ बोलाउने बिचार  गरे -


म - " सधैं म नै आएको छु , यो पाली तिमी आउन बरु यहाँ "


उु - " तिमी लाई थाहा छ त मलाई  इष्ट कोस्ट छाड्नु मन छैन , किन तिमी फेरी मलाई त्यहाँ सार्ने निउ खोज्छौ "


म - " ल यसो गरौ न , पहिला ठाउँ हेर अनी चित्त बुझेन भने बरु मै न्यू योर्क सरुला "


मैले नि जोखिम लिएर भनी दिए । यो बाजी हात पर्छ भनेर होला उसले पनि हुन्छ भनिदियो । 


अब मलाई र डेन्भर लाई केवल उस्को प्रतिक्षा थियो ।


 
Posted on 09-03-09 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

serial
<<गज्जब रमाइलो भयो बैरे यो भाग -


डाइलग त झक्कास् को छ - हाँसी हाँसी पढियो
ल अरु नि थप्दै जाउँ >>


के गर्नु बौचा मुख धेरै चल्छ अनी उल्टै फसिने हो कि भन्ने डर पो नि


perfectionsit
<<<<<फोन निकालेर कतै फोन गर्न लागेको झै गरे , टेक्स्ट मेसेज थियो - " २:०० "  >>>


<<< उु शायद गीत सुनेर मग्न भई रहेको हुनु पर्छ , मैले उु झसँङ भएको देखे , शायद उस्ले मेरो आपेक्षा गरेको थियो तर उसको नजर मा म होइन अरु कोही थियो । उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो ।>>>


हैन प्रभो के हुन थालयो यो? २:०० बजे भनेर कल्लाई लेख्या? अनी को गीत सुनेर बसिरा? कोल्ले कल्लाई के देख्यो? हैन म त रनभुल्ल्लमा पो परें भन्या। ल बैरे पाट, अर्को भागको लागि पिलिज अर्को वीक सम्म नपुराउ है, नत्र त्याइं आएर खौँ हान्छु  >>


प्रभु म नि त्यही रमिता हेरी रहा छु , खै अरु के भनु । अर्को भाग मा सब थाहा होला भन्छु , जे हुन्छ राम्रै हुन्छ भन्नु बाहेक केही छैन म सँग , त्यो खौ चाँही अन्तै लानु पर्ला जस्तो छ भन्या , प्रभु ले खौ भन्यो कि नभाको टुटुल्को नि टाउको मा पलाउछ ।


Sufal
<<कथामा twist आए जस्तो छ।


लौन बैरे! एस्तो मोडमा आएर क्रमश गर्ने। अन्याय भयो।


<< उु शायद गीत सुनेर मग्न भई रहेको हुनु पर्छ , मैले उु झसँङ भएको देखे , शायद उस्ले मेरो आपेक्षा गरेको थियो तर उसको नजर मा म होइन अरु कोही थियो । उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो ।>>>


तर मैले धोकेबाज प्रेमिको गन्ध पाएकी छु है यस्मा। त्यस्तो चाँही नहोस्। >>


प्रभु यो ट्विस्ट् ले कहिले नछोड्ला जस्तो छ । खै प्रभु धोका त नहोला जस्तो लाग्छ , तर मेरो मात्रै मन कपटी नभै उसको नि हुन सक्छ तर अर्थ को अनर्थ चाँही अहिले लगाउन चाहन्न ।


perfectionist
<<<<<उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो>>>


मैले पचास चोटि जती पढें होला यो लाइन, म पनि सुफल जि ले भने जस्तै सोच्दै थिएं तर बैरे पाटको लेभेलको कथाकारले यस्तो भाषिक गल्ती त नगरला भन्ने सोचेर चित्त बुझाको छु, रियालाई फेरी धोका त नदेला भन्ने मानेको छु, तर twist चाँही पक्कै छ जस्तो लाग्दै छ >>


प्रभु त्यो अङ्रेजी मा भनाइ छ नि "Beauty Lies in the eyes of the Beholder " भन्या झै म जस्तो नाथे कथाकार लाई यत्रो मान तपाईं हरु ले नै दिएको हो । तर कापेको वा कापेकी र आँखा रसाएको चाँही उसकै नै हो । अब व्याकरण S.L.C मा चोर्दा नि उत्तर एउटै हुन्छ भन्ने डर ले चोरिन अब यस्तो गल्ती त हुँदै जान्छ ।


KAledai
<<बैरे जि,


कथा सारो मिठो लाग्यो, सफल जिन्दगी भाग-२ पनि आईसकेको रहेछ। सबै भाग एकै चोटीमा पढेर सिध्ध्याए, रमाइलो लाग्यो।>>


काले दाई तपाई ले कथा पढिदिनु भएको मा म निकै आभारी छु । तपाईं हरु को प्रोत्साहन ले नै २-४ शब्द कोरेको हुउ मन पराइदिनु भयो, क्रितज्ञता को ऋणी बनाइदिनु भयो ।


Sufal
<<Perfectionist जि,



मेरो बुझाईमा भाषीक असुद्ध जस्तो लाग्छ। बैरे आँफैले  लिएर आयो कि कोही? के थाहा। उसलाई message आएको थियो २ बज्ये भनेर। बैरेले कस्लाई लिएर आयो  त्यही भएर उ तर्सेकी होली।


<<<मेरो यो नयाँ रूप देखेर उु दङ्ग थियो , तर उस्लाई के थाहा उु मेरो जालो भित्र फस्दै गएको थियो भनेर । >>>



यो line यस्तो हुनु पर्ने होइन र?
मेरो यो नयाँ रूप देखेर उु दङ्ग थिई, तर उस्लाई के थाहा उु मेरो जालो भित्र फस्दै गएकी छ भनेर ।


यो पनि
<<<उु मुस्कुरायो , मेरो हात लाई आफ्नो हात ले समाइ र मलाई फकाको झै फेरी मेरो काध लाई सिरानी बनाउन पुगी । >>>


 उु मुस्कुराइ, मेरो हात लाई आफ्नो हात ले समाइ र मलाई फकाको झै फेरी मेरो काध लाई सिरानी बनाउन पुगी ।


********म गलत पनि हुन सक्छु है फेरी। मेरो Evaluation मात्र हो यो।**********>>


प्रभु ब्याकरण मेरो सौता हो , त्यो नि कान्छी भनेर ल्याको उल्टै मलाई नै डुबायो , अर्थ को अनर्थ नलगाउ , अरु पात्र गाडी मा उभिएको मान्छे बाहेक अरु कोही थप्या छैन ।


perfectionist
<<सुफल जि, तपाईंले भनेको जस्तो हो भने त बैरे लाई खौँ हान्नु पर्छ, द्वाङ-कि-द्वाङ गरेर  >>


होइन यो कथा भन्दा नि खौं निकै भारी पर्ला जस्तो छ


boulevard dreams
<<ल बैरे यो चै एेक्दम राम्रो लाग्यो है । तर आन्तिम म आएर चै अलिअक्ती बोर लाग्यो , अरु साथी हरुले भनेको जस्तो काहानी मा twist औंला जस्तो छ , तर ठिकै छ कथा म उथल्पुथल भनेको भएन भने कथा को महत्व नै भएन नि । ल ल बैरे जे रमाइलो हुँदै छ । तर साथी म नेपाल जआदै छु छिट्टै नै । प्रभु को कथा चै एेक्दमै मिस्स होल जस्तो छ , हेरौ सके सम्मा उप्डेट हुन ट्राइ गर्छु । >>


त्यही भन्या प्रभु कहानी मा ट्विस्ट् भन्या हुनु नै पर्छ , प्रभु को यात्रा सफल होस्, प्रभु कथा पढेर गुण लगाउनु भयो, भयो , नेपाल जादा त्यो होन्चा को मा गएर बैरे को नाम मा एक प्लेट छोइला , कचेला, चटामरी र बाह्रा खाइदिउ न लौ ।


saanu_fren
<<बैरे कथा पढेर त मज्जा आयो तर यो केटा भन्ने मान्छे किन यस्तो हुन्छन भन्ने पो लाग्यो त, कस्तो होला त, केटेीलाए जसरि नि फकऔन नै पर्ने, तो नि झूठो बोलेी बोलेी,यो केटा को त जातै नहुने कया...मनमा कत्त्ति कपट राखन सक्ने जात होला त भने नेी के भन्नु र खै...>>


साथी , केटा , केटी भनेर छुटाउनै मिल्दैन नि , अब लैला मज्नु हेरेर- " सब केटा मज्नु जस्तै हुन्छ" भने नि हुने हो नि , त्यही वाक्य को अगाडि "किन " र अन्तिम मा "हुदैन " थपेर केटा को जात लाई बेजात गर्न पाएन नि ? कठोर  मन केटा हरुको मात्रै हुन्छ र भन्या ?


अब जो झुठो को सवाल छ , त्यो चाँही "Every Thing is fair in Love and war " तर मेरो झुठ मा चाँही कपटी पना चाँही छैन जस्तो मलाई लाग्छ । अब नफस्या चरी भए पो कपटी भन्ने , फसी सक्या माछो हो , त्यो नि झुठो त उसलाई डेन्भर ल्याउन मा हो । अब त्यस्को ब्रिस्त्रित reasoning आउँदो भाग मा खुल्ने छ ।


NitiSa
<<लौ को आयो फेरी रियानै झसँग हुने गरी। मलाई लाग्छ त्यो सफल जिन्दगी part one मा रियासँग च्यङ्राको wedding मा आउनु पर्ने मान्छे जस्तो लाग्यो। Waiting to see what happens next........ >>


खै आफ्नो जिन्दगी सफल होस् भन्ने कामना कसै बाट देखिएन , च्याङ्ग्रा को विवाह मा त च्याङ्ग्रा र उु जिस्क्या जस्तो लाग्छ , साचो हो भने त ठहरै हुन्छु म त ।


NitiSa
<<मेरो भनाइ पनि तेही हो Saanu_fren. बैरे ले पेट्भरि जवाफ दियो तेसैले चुप लगिरहेको छु।>>


कहाँ त्यस्तो जवाफ दिए साथी मैले ? मैले त मेरो सोच बिचार  यहाँ अगाडि राखेको मात्रै हो । जान अनजान मा चोट पुराए ब्ने माफि चाहन्छु ।


RajaHarischandra
<<एकै शासमा पढे, फुर्सद लिएर| साह्रै राम्रो| "अब चाँही अलिक काम ढाट्ने गर्नु पर्‍यो प्रभु" फेरी चित्रगुप्तले हाम्रा भागका  इट्टा चलाऊलान पनि | हुन त "यभ्री थिंग ईज राइट इन वार एंड लभ" भन्छन| पेलौ पेलौ|>>


प्रभु हेर्नु न फुर्सद नपाएर जमुनि को २-३ भाग छुटिसकेको थियो । काम ले धेरै नै पेल्या छ , ढाटु भने ताउके यही अगाडि नै बस्छ , समय समय मा के गर्दै छ भनी हेर्न आउछ , त्यस्को बाउ को पैसो खाको जस्तै , आच्या हो नि !!! के भा मलाई ? 



 


 
Posted on 09-03-09 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याSSSSSSSS कथा आयो भनेर कुड्दै आ त रिप्लाई पो आ रेछ, ह्याँ कस्तो खुल्दुली भै सक्यो मान्छेलाई। ल छिटो राखुम न बैरे पाट

 
Posted on 09-03-09 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योम्मा! म त बैरे र रियाको अस्तिनै बिहे भैसक्यो भनेर बसेको त। फेरि भाग-२ पनि आएको रैछ।


पढ्नै पाको छैन, पछि पढ्छु है बैरे!


 
Posted on 09-03-09 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 
क्रेजिले के भन्या त्यस्तो  भाग दुई म! नि ब्या हुँदैन जस्तो छ यिनिहरुको
बैरेचा कम्ता छत्तु छ

म नि पदै छु है बैरेचा



 
Posted on 09-08-09 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

First of all thanks...


Baairie Ji hajur fatha nai ho vhanayar thaha thioye, aba ta jhan proove vhaoye. Bichari ko maan katti dukhaue na sakay ko?...


Looks like she saw the text message from his another........girl


 
Posted on 09-29-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु पुरानै धागो आएछ । यसैमा थप्नु पर्ला
 
Posted on 09-29-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही बेर पछी म आए , उु शायद गीत सुनेर मग्न भई रहेको हुनु पर्छ , मैले उु झसँङ भएको देखे , शायद उस्ले मेरो आपेक्षा गरेको थियो तर उसको नजर मा म होइन अरु कोही थियो । उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो ।


 


उसले हत्त न पत्त गाडी को ढोका खोलेर च्याङ्ग्रा लाई अंगालो हाली र पछी केरेन लाई -


 


उु - " What a Surprise !!!!!!!!!!!!!!!!!!!! "


 


च्याङ्ग्रा - " के छ तेरो खबर , मलेवा जोडी हाम्रो बाल नै छैन "


 


उु - " कहाँ त्यस्तो हुनु , म त तिमी हरु बिजी भन ठान्या नि "


 


म - च्याङ्ग्रा लाई हेर्दै  " खै अघी सम्म, तलाई कवाफ मा हड्डी भनी रहा थि "


 


उु - मलाई घुरेर हेरेर - " आमा ..... केही नहोश अझै आफु ले भन्या कुरा मलाई भन्ने "


 


( तरुनीको "आमा" ........ भन्ने बानी घातक हुने के गर्नु )


 


केरेन - " You guys want to stay here all day , or shall we get moving "


 


च्याङ्ग्रा र केरेन को समान गाडीमा राखेर हामी निस्किन तयार भयौ ।


 


च्याङ्ग्रा - " बाटो भरी अगाडि बस्या थिस् , जा अब पछाडि बस "


 


एक बर्ष ढाड नपड्क्या आवाज फेरी सुनियो ।


 


च्याङ्ग्रा - "सल्काउने हो "


 


- "नाइ त भन्नै जान्या छैन "


 


एस्पेन को त्यो चिसो हावा लाई केही डिग्री ले तताइयो अनी आफ्नो लक्ष तिर लागियो ।


 


रिया केरेन सँग कुरा गर्दै - " Oh my God , tomorrow  is your Anniversary ! How has this idot treated you "


 


केरेन - " You Know all Guys are the same, after they get married, they all lose interest "


 


च्याङ्ग्रा - " Hey Baby , that is not what you have been saying for the past year " , च्याङ्ग्रा ले आँखा झिम्कायो , केरेन लजाइ ।


 


रिया - " So you guys had this trip planned before ?"


 


केरेन - " I guess these two made the plans, I did not know until the last moment "


 


च्याङ्ग्रा - " त यहाँ आउने थाहा भयो अनी लौ एनिभर्सरी हीउँ मा मनाइ दिउ न , जाडो ले अनेक काम गर्छ भनेर नि " हाँस्दै


 


रिया - " बिहे भई सकेर नि कस्तो छिल्लिन सक्या , तलाई त्यतिकै मान्छे ले बोका भन्छ "


 


च्याङ्ग्रा - " लौ मैले के नै भने र ? "  म तिर हेर्दै - "बैरे, मैले केही भने त त्यस्तो "


 


म उनी हरु को कुरा सुनी हासी रहेको थिए - " मलाई किन बिच मा पार्छस तिमी हरु को कुरा मा ....... No Comment "


 


केही बेर मै हामी होटेल पुग्यौ , चेक इन गरेर आ-आफ्नो कोठा मा लाग्यौ । ३० मिनट पछी निस्किने खाली फ्रेश हुने अनी स्की गर्न जाने निधो भयो ।


 


फ्रेश भएर हामी लबी मा भेटी लन्च खान तिर लाग्यौ ।


 


केरेन - " So Whats the plan for the day and the week "


 


केरेन को एउटा नासो म सँग थियो , फर्काउने बिचार  गरे - " Plans for the week , let time take its toll , as for the day we'll go skiing "


 


केरेन - " For some reason, I knew it would come back to hunt me, You guys are alike, even he does the same thing , whenever I say something to him, I know he is going to use it against me in the near future "


 


- " He learnt from the best "


 


खाना खाएर हामी स्की रेन्टअल तिर लाग्यौ । खासै स्की त कसै लाई आउँदैन थियो त्यही पनि लडी बुडी गरियो एकै छिन । म र च्याङ्ग्रा केटा भाको देखाउन अली चाडो चाडो अगी बढ्दै थियौ , केरेन र रिया पछी पछी आउँदै थिए । दुरी अली धेरै भएको लागेर हामी उनी हरु लाई कुर्न बस्यौ । उनी हरु हामी भए ठाउँ मा आए ।


 


रिया - " Are you guys here by yourself on vacation ?"


 


केरेन च्याङ्ग्रा लाई हेर्दै - " Baby I fell and hurt my hands "


 


च्याङ्ग्रा केरेन को हात मा चुम्दै - " Hope this feels better "


 


केरेन - " It Does "


 


(तरुनीहरु को नाटक नै अनेक , फकाउन कती नाटक गर्नु पर्ने )


 


रिया च्याङ्ग्रा लाई हेरेर हाँस्दै - " When she feel she hurt her @$$ too , why don't you kiss it as well "


 


हामी सब हास्यौ , च्याङ्ग्रा ले रिया लाई लखेट्न थाल्यो , छुट्टाउने मा म रे केरेन परे ।


 


स्की गरेर थाकेका थियौ , खुट्टा दुखेर थाम्नै गाह्रो भयो , लडेर घुडा र पछाडि नि निलो भई सक्या झै लाग्यो ।  हामी स्की फिर्ता गरी क्याफे तिर लाग्यौ ।


 


क्याफे मा हल्का फुल्का नास्ता अर्डर गर्यौ , च्याङ्ग्रा बाथरूम गएर फर्कियो , उु हात ले आफ्नो पछिल्लो तिर सुम्सुमाउदै थियो । आ गर्दा अलन्कार बुझे झै , उसको आउने वाक्य मैले बुझे को थिए , नभनोश जस्तो लाग्या थियो , बोली हाल्यो - "लड्दा लड्दा , दुई टुक्रै भए छ "


 



केटी मान्छे कस्तो सोझो हुदो रहेछ , केरेन र रिया दुबै ले - "व्हाट" भनी सोधे , च्यङ्ग्राले लाजै पचाएर के टुक्रेको भनी दियो ।  तरुनी हरु को मुख हेर्न लायक को थियो । आफ्नो वाक्य सकिए पछी म तिर हात उठाउदै हाइ फाइभ दिन खोज्यो , कसरी नकारु आफ्नै साथी लाई , मैले नि उठाइदिए के नै जान्छ र ।


 


" तिमी किन दङ्ग ?" रिया को प्रश्न


 


उत्तर - " नो कमेन्ट "


 


कमेन्ट गरेर नि किन आफ्नै खेदो खन्नु , बरु नो कमेन्ट भने कम से कम, उसको प्रहार बाट त बचिन्थ्यो ।


 


एक छिन त्यही बसेर , कफी पिउदै , द्रिश्य सँगै मान्छे हरु स्की गरेको हेर्यौ ,  को लड्छ को लड्दैन भन्दै बाजी नि खेलियो , समय बितेको पत्तो नै भएन । सुर्य को प्रकाश लाई निलुला झै गरेर सन्ध्या छाउन थाल्यो , हामी पनि होटेल गएर बेलुकी को तयारी गर्न लाग्यौ ।


 



 


 


क्रमश :


 


 


 
Posted on 10-14-09 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरेजी दसैं सकियो अब तिहारको तयारी मा हो? अर्को भाग कहिले पोस्ट गर्ने?? हप्पी तिहार अनी चाडै नै अर्को part पोस्ट गर्नु है।


 
Posted on 10-20-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यो चाँही अर्को धागो बाट टास्या है मैले


riTThe


<<लामो अन्तराल पछी बैरे को सफल जिन्दगी पढेर फेरी एक पटक मुसु मुसु हासे !


रमाइलो छ ब्रो !
अब चाँही साझा बिग्रिदैन होल, छिटो छिटो हात  चलाऊ है ! >>


रिट्ठे सान के गर्ने यो काम र दशै तिहार को बिच मा केही थप्नै पाईन


perfectionist
<<माकुरी, बबाल, हा हा हा हा हा हा हा हा हा हा, ब्'बाल प्रभो, माने मैले माने, ग्रु, च्याङ्ग्रा र केरेन आउँलान भन्ने त सपनामा पनि सोचेको थेन, dat indeed was a pleasant surprise. खै कती खुशी लाग्यो भनेर भनी साध्य छैन, लौ प्रभो खै के गरौँ, खुशीको सीमै रहेन बाSSSSSS >>


पुरे पाट सप्पै ले अर्थ को अनर्थ लगाको थिए । मेरी बिचरी लाई


 


NitiSa
<<बैरेजी दसैं सकियो अब तिहारको तयारी मा हो? अर्को भाग कहिले पोस्ट गर्ने?? हप्पी तिहार अनी चाडै नै अर्को part पोस्ट गर्नु है। >>


लौ तिहार नि सकियो अब त हात चलाऊनै पर्ला जस्तो छ


 


 
Posted on 10-20-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक छिन त्यही बसेर , कफी पिउदै , द्रिश्य सँगै मान्छे हरु स्की गरेको हेर्यौ ,  को लड्छ को लड्दैन भन्दै बाजी नि खेलियो , समय बितेको पत्तो नै भएन । सुर्य को प्रकाश लाई निलुला झै गरेर सन्ध्या छाउन थाल्यो , हामी पनि होटेल गएर बेलुकी को तयारी गर्न लाग्यौ ।


७:३० - ८:०० बजे तिर होटेल बाट निस्किएर हामी खाना खान गयौ । केरेन र च्याङ्ग्रा को एनीभर्सरी भएको ले ट्रिट हाम्रो तरफ बाट थियो । सुरुवात स्यापेन बाट गरियो , टोस्ट भन्दा नि बोल्ने मौका सबै ले पाए , आफु लाई कहिले एक घुट्को लगाउ जस्तो भाको थियो । रोमान्टिक मूड रे हरेक चोटि ग्लास मुखा छेउ लाने बित्तिकै , खुट्टाँ हिल को घोचाइ भेटियो । लौ अरु ले न पिए सम्म पिउदिन भन्दै हात उठाइ मात्रै राखे ।


च्याङ्ग्रा केरेन तिर हेर्दै - " Although we have stayed together for many years now, the past year as husband and wife has been special. You bring the best out of me . For a year gone by and many more to come - I Love You "


अनी हामी तिर - "Thankx for a special day .... "


केरेन , च्याङ्ग्रा को तर्फ - "You are the smartest and by far the funniest person . You make fun of me , but support me. You sometimes get annoyed by me but take pride in our relationship . You still smile at me the same way you first smiled at me. You bring flowers to me just because you had no reason to make a reason . You regard me as a woman, a person, a friend and your life partner, and I fall back in love with you again. Happy Anniversary "



उनी हरुले  एक अर्को मा आफ्नो स्पर्श साटे , इमोसन धेरै बगी रहेको थियो । त्यसै ले मूड अली लाईट बनाउन मै बोल्नु पर्‍यो - " What about us ?"


- " You guys have embraced me like your family. I am very proud to have friends like you "


अब त सकियो झै लागेर हात अली माथि उठाको थिए , रिया फेरी बोली - " Now it's your trun "। अब कस्को पाली भन्या हो भन्दा त म तिर पो हेर्या रहेछ ।


बोल भने सि बोल्नै पर्‍यो - "Well, let me quote a word of wisdom that I heard, - If you can fit a cube in a round hole, that is a perfect match... In this case it shows that you guys were meant to be and are a perfect fit for each other. Hope You guys grow old and be a rude old couple. I love you guys "



अब कुर्नु त पर्ने नै थियो उसले नि बोल्ने चान्स पाउनु पर्‍यो नि ।


रिया - "Let me also speak some words of wisdom -  They say strike an average between what a couple think about each other a month before they marry and what they think a year afterward, and you will have the truth about them..... Well you guys are still madly heads over hills about each other and I hope you stay like this forever . Happy Anniversary "


म तिर हेर्दै - " I hope I feel the same about you after we get married "


आयो पेच ..... जवाफ त दिनै पर्‍यो


- " I hope your husband and my wife understands your emotions towards me "


केरेन - "Thats bad "


म च्याङ्ग्रा तिर हेर्दै अघी मैले देको सप्पोर्ट फिर्ता मागे , हाम्रो हात हावा मा गई मिल्यो । रिया थचक्क बसी ।


उस्लाई उठाउदै म नि उठे - " Sorry , Now jokes aside ... I hope you guys have a very happy life in the coming years, our blessings are always with you . Hope to do it every year, or until you guys get bored "

 

केरेन र च्याङ्ग्रा - " Thank You "

 

रिया र केरेन एक अर्का लाई अंकमाल गरे ।

 

बल्ल घुट लगाउन पाईयो , एक घुट मै सकियो । जाड खान नपा जड्या झै खररेर बस्या थिए । एक घुट मा तल पार्दा आको बायु राक्नै गाह्रो भई रहेको थियो । च्याङ्ग्रा ले पो आवाज निकाल्यो - "Ohh That felt Good " भन्दै ।

 

रिया - "ए फोरी , अली कती सोमत त राख । There are ladies in the Table "

 

च्याङ्ग्रा - "Where ?"

 

केरेन - " Hon, Behave "

 

- "Ok "

 

केरेन - "Ok Now lets cut the chase and see what are we going to do for the next few days... I do not want to spend all my time here in Aspen, I want to see Colorado in Fall "

 

म - " Yes we will leave by afternoon tomorrow lets see around Aspen, We shall go on towards Colorado Springs and then back to Denver I got to treat you to my new home town "

 

केरेन - "Sounds Like a Plan"

 

अब त हाम्रो खाना नि आइ सकेको थियो , पेट पूजा नि गरियो । केही बेर त्यही नै बसी एक बर्ष को बिछोड को कुरा हरु भयो । रिया लाई उडाउने क्रम भने छोडिएन, केरेन उसको सप्पोर्ट मा बोल्थी तर अर्जुन र कर्ण को अचुक बाण झै हाम्रो बयङ्ग ले आफ्नो लक्ष चुक्न चाँही छोडेको थिएन ।

 

समय नि निकै बिती सकेको थियो । अब जिउ लाई थकान मार्ने समय नि दिनु पर्ने थियो । घडी ले आउने दिन को समाप्ती पनि जनाई सकेको थियो । रिया ले आउने दिन को तयारी गर्नु पर्ने कुरा जनाइ । मन त मानेको थिएन तर च्याङ्ग्रा को जोडी को दिन, केही क्षण दुबै लाई पनि एकान्त दिनु पर्ला झै लागेर मैले नि सहमति देखाए ।

हामी त्यो दिन लाई पूर्ण बिराम गर्न आफ्नो कोठा तिर लाग्यौ ।

 

क्रमश :

 
Posted on 10-20-09 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बल्ल आयो कथा -


घच्ची को गाछ


यो बैरे यो वन लाइनर हरु त झन के भन्ने - ब'बाल नै छ


क्या हँसाउने


 
Posted on 10-20-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयो आयो, पाटकी बैरे!!

तर बैरेले चाँही धिलाई ल्याये नि छोरै ल्यायो बज्ये!

हैन यो कुरो भन्ने कुरो नि कत्ती आ यो बैरेलाई? हे प्रभो, एस्सो ट्युसन पायिन्छ कि भन्या, अलिकती सिक्न पर्‍यो जस्तो छ। काँबाट मात्र आउनी भन्या, कि DBA हुन पर्नी हो भने भनुम केरे, जिन्दगीमा सब कुरो सकिन्छ होला, तर यो बैरे जस्तो मिठो गफ चुट्न चाँही कैले नआउने भो जस्तो छ बाSSSSSSS।

ल च्याङ्रा र केरेनलाई पनि बधाई। अब अर्को भाग चाँही धिला नगर है, भन्द्या छु

 
Posted on 10-20-09 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Had fun reading the post. Waiting for more soon.
 
Posted on 10-21-09 6:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खतरा छ यो part त। कुरा त कत्ती आउछ बैरेलाई .  Superb writing.
 
Posted on 10-22-09 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

serial
<<ल बल्ल आयो कथा -
घच्ची को गाछ
यो बैरे यो वन लाइनर हरु त झन के भन्ने - ब'बाल नै छ
क्या हँसाउने >>


बौचा वन वन लाइन ले गर्दा त पुरा सेन्तेन्स हुन्छ नि कसो ??


perfectionist
<<आयो आयो, पाटकी बैरे!!


तर बैरेले चाँही धिलाई ल्याये नि छोरै ल्यायो बज्ये!


हैन यो कुरो भन्ने कुरो नि कत्ती आ यो बैरेलाई? हे प्रभो, एस्सो ट्युसन पायिन्छ कि भन्या, अलिकती सिक्न पर्‍यो जस्तो छ। काँबाट मात्र आउनी भन्या, कि DBA हुन पर्नी हो भने भनुम केरे, जिन्दगीमा सब कुरो सकिन्छ होला, तर यो बैरे जस्तो मिठो गफ चुट्न चाँही कैले नआउने भो जस्तो छ बाSSSSSSS।


ल च्याङ्रा र केरेनलाई पनि बधाई। अब अर्को भाग चाँही धिला नगर है, भन्द्या छु >>


पुरे पाट ट्युसन त ठुल्दाइ ले दिन्छ हामी जस्तो झार पात त पाको बेलामा बाण हान्ने मात्रै हो अब कोड नै कोड प्रभु हरु सँग DBA भएर के नै हुन्छ र त्यो कोड मा हासँ भन्ने हास्छ रो भने रुन्छ DATABASE आफ्नो हात मा त केही छैन । अर्को भाग थपुला चाडो नै


santosh1984
<<Had fun reading the post. Waiting for more soon. >>


पढिदिनु भएको मा धेरै धेरै आभारी छु ।


NitiSa
<<खतरा छ यो part त। कुरा त कत्ती आउछ बैरेलाई .  Superb writing>>


यो Superb writing भन्दा नि Superb Reading को बात छ भन्छु । कुरो गर्दै जादा आउने रहेछ के गर्ने हड्डी नभाको जिब्रो Control नैहोता


 
Posted on 10-28-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी त्यो दिन लाई पूर्ण बिराम गर्न आफ्नो कोठा तिर लाग्यौ ।


आँखा लाग्या मात्रै के थियो , भाले बास्या झै पोथी बासी , उठ कत्ती सुती रहा होला ६:०० बज्यो । आँखा खोली बिदा को बेला ६:०० बज्या नि देख्न पाए, - "कम से काम ७:०० बजे सम्म त सुत्न देउ , ७:०० बजे त उठ्न नि सकिन्छ यो ६:०० त अत्ती गाह्रो हुन्छ , दिन खराब हुन्छ "


रिया - " ल म केरेन लाई उठाउछु " भन्दै फोन तिर लागि


- " थाक्या होलान् किन डिस्टर्ब गर्छौ ?" हाँसो फुस्कियो मुख बाट , थाम्नै सकिन ।


रिया - " के भन्न खोज्या ?"


- "केही होइन , गर गर "


उस्को फोन लाग्यो , अब उता बाट त के कुरा भयो कुन्नी यता चाँही सुन्या यती मात्रै हो -


" ओये उठ, कत्ती सुत्न सक्छस "


....... (यो चाँही उता बाट केही भन्या )


" त बिहान देखी नै यस्तै सोच्छस हो ?"


.......


" सब त जस्ता कहाँ हुन्छ ?"


........



"खै केरेन लाई दे फोन "


......


"Hey"


...........


"Really, so...."


.......


" Guys !!!!!!! you know thats all they care about "


.........


"So What Time will you guys be ready "


..........


"OK , see you in a bit "


फोन राखेको आवाज सुनियो ।


Blanket को स्पर्स अचानक शरीर बाट हट्यो , ल उठ अब, उनिहरु नि तयार हुदै छ , तिमी पनि तयार हौ अनी Breakfast गर्न जाम । त्यो एस्पेन को चिसो शरीर मा परेसी कसरी नउठी भयो र उठे । - "के कुरा भयो र किन च्याङ्ग्रा लाई बिहान देखी गाली गरी रहा ?"


रिया - " तिमीहरु केटा हरु सब एउटै खाल को छौ "


- "लौ मैले के गरे, अर्का को रिश म सँग किन पोख्ने होला " भन्दै म Bathroom तिर छिरे ।


तयार भएर निस्किदा केरेन र च्याङ्ग्रा कोठा मा आइ सकेको रहेछ ।


च्याङ्ग्रा - " यस्तो नि हो honeymoon को भोली पल्ट कोही ६:०० बजे उठ्छ ? तेरो बिहे मा अलार्म क्लक दिन्छु त्यो नि ५:०० को टाईम सेट गरेर , तेरो कोठाको हरेक कुना काप्चा मा हालिदिन्छु घडी नै घडी अनी थाहा पाउछस , तैले " रिया तिर हेर्दै


रिया - "नकरा धेरै , कत्ती honeymoon तेरो "


च्याङ्ग्रा केरेन को हात सुम्सुमाउदै - " Everyday I Spend with you is another Honeymoon for me Baby "


रिया - " Karen , Don't fall in his traps , He does not think with his ......"


वाक्य सकिनु भन्दा अघी नै च्याङ्ग्रा मरी मरी हास्यो , कुरो त मैले नि बुझे तर आफ्नो मायालु को डाइलग मा आफु नै कसरी हास्नु त्यो नि दिन को सुरुवात मा , मध्यानन र अन्त मा भाको भए अर्कै कुरो , अहिले त support देखाउनै पर्‍यो


- " लौ लौ धेरै नहाँस दिन बाँकी नै छ फेरी रोको रोइ होलास नि दिन भरी , हिड बरु Breakfast खान जाम "


केरेन - "That's a First, Didn't see That coming "


- "You Don't know many more Things about me, " भन्दै केरेन लाई लिई म लागे Breakfast खान , दुई कुकुर बिराला झगडा गर्दै आउँदै थिए ।


म र केरेन , निकै अगाडि थियौ उनिहरु भन्दा , त्यही देखेर होला केरेन ले मलाई हेर्दाइ सोधी - " च्याङ्ग्रा , has told me so much about you , that I feel like I know you from long before . You have something planned for the entire weekend, and I want to know what it is . Please don't give me one of your punch lines "


अब पर्‍यो फसाद , डाइलग नहान भन्या छ कसरी हानु , आउने दिन हरुको प्लान त छ तर कसरी भनु ?


- "Trust me on this , if I tell you what I have planned for us , it wouldn't be a surprise would it ? but don't give her any ideas about this . Just roll with the flow "


केरेन - " If you say so "


हामी breakfast खान गयौ


आउने दिन को प्लानिङ सुरु भयो ?


च्याङ्ग्रा - " So Whats the Plan "


- " Lets take a tour of Aspen for atleast half a day and head towards Colorado Springs ! What do you say?"


रिया र केरेन खुस फुस गर्न थाली , आफ्नो प्लान सब भाडी देला भन्ने डर ..


केरेन - " Its too cold to be taking a stroll lets just drive around and stop by if we see something interesting ! How about that , If not lets head towards Springs "


- " Sounds like a plan "



जाडो मा तरुनी हरु के निस्किन्थे गाडी बाट बाहिर त्यसै  गाडी बाट नै घुमियो र केही क्षण मै हाम्रो Destination कोलोराडो स्प्रिङ्गस हुन पुग्यो ।


४ घण्टा को दूरी साथी भाई हरु साथ मा कती चाडो बित्ने रहेछ ।


ख्याल ठट्टा , मजाक मस्ती गर्दा गर्दै हामी कोलोराडो स्प्रिङ्गस पुग्यौ ।


क्रमश :


 
Posted on 10-28-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



माकुडी, त्यो .................. सब बुझियो बाSSSSSSSS मरें म हासेर, अ बज्ये बैरे, अङ्रेजी भर्जन हाला याँ साइदको कुइरीले बस्न नदिनी भो अब मलाई। त्यो पनि हाँस्ने रे, लौ भो अब!!!

हा हा हा, प्रभो माने भन्या, पेट मिची मिची पढियो, दिन झक्कास भो, काम आ थ्यो, तर ऐलेलाई होल्ड अब, यो कमेन्ट नटाँसी त देग चल्दैन छोरो

ल बबाल मज्जा आयो प्रभो, अझ ढिलो नगरम केरे
 
Posted on 10-28-09 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पनि घच्ची को गयो -


कुरा पनि कहाँ बाट मात्र आको यो बैरे चा लाई


ल अर्को नि राख ल


 
Posted on 10-29-09 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dude Baire I am your fan!!!!!!! Loving it!!!!!!
 
Posted on 11-03-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist
<<माकुडी, त्यो .................. सब बुझियो बाSSSSSSSS मरें म हासेर, अ बज्ये बैरे, अङ्रेजी भर्जन हाला याँ साइदको कुइरीले बस्न नदिनी भो अब मलाई। त्यो पनि हाँस्ने रे, लौ भो अब!!!


हा हा हा, प्रभो माने भन्या, पेट मिची मिची पढियो, दिन झक्कास भो, काम आ थ्यो, तर ऐलेलाई होल्ड अब, यो कमेन्ट नटाँसी त देग चल्दैन छोरो


ल बबाल मज्जा आयो प्रभो, अझ ढिलो नगरम केरे >>


हेर बजिया हासेको, नेपाली सँग खैरेनी बसे त खैरे ले नेपाली बुझ्छ , खैरे ले नेपाली बोल्छ , नेपाली ले अङ्रेजी बोल्दैन ।


serial
<<यो भाग पनि घच्ची को गयो -
कुरा पनि कहाँ बाट मात्र आको यो बैरे चा लाई
ल अर्को नि राख ल >>


कुरो त गर्नु नै पर्‍यो नि सर , ज्यु ढाल हियर तरुनी बाघ्छे एउटै शस्त्र भन्या बोली हो त्यो त दिनै पर्‍यो नि कसो ?


santosh1984
<<Dude Baire I am your fan!!!!!!! Loving it!!!!!! >>


ध्नयबाद प्रभु , अङ्रेजी मा भन्ने हो भने I am highly Obliged


 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters